मन खोली दु:ख बाँड्नु मेरो ठुलो दोष थियो
के के भनें बेहोसीमा कहाँ मेरो होस थियो?
मनको कुरा खोल्नु भन्दा नखोलेकै जाती रै'छ
दु:ख पोख्दा सहयोगको तिम्रो मीठो जोश थियो ।
आदर्शको अर्ती भन्दा सहयोगको अभाव छ
मलाई छल्ने दु:ख माथी तिम्रो धेरै रोष थियो ।
सधैं भरी साथ दिने तिम्रो मीठो बाचा कस्तो
मेरो साथ पाउनलाई चाहा तिम्रो ठोस थियो
भन्थ्यौ तिमी मेरो माया जीवन भन्दा प्रिय लाग्छ
भुल्छु भन्ने सोंच तिम्रो बिहानीको ओस थियो ।
प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 9 जेठ, 2068