डढेँलो

- रामकुमार पण्डित क्षेत्री

वन उपभोक्ता समूह, केही राजनीतिक लाउकेहरु, स्थानिय प्रशासनका केही कर्मचारीहरु, पुलिस एक दुईजना र बन मन्त्रालयका केही प्रतिनिधिहरु तराइको एउटा घरमा बसेर बैठक पास गरे। त्यही रातिदेखि भकाभक वनका रुखहरु काटिन थाले। तीन- चार दिनमै अरबौ मूल्य बराबरको रुख काटिए र तुरुन्तै सिमा पारी निकासी भयो। अब जंगलमा रुखका ठूटा र पात पटिङ्गरहरु मात्रै बाँकी थिए। त्यसमा पनि आगो लगाए। चैत्र महिनाको समय थियो, आगोले ती पात पतिङ्गर खरानी बनाउन धेरै समय लागेन। त्यसैको भोली पल्ट प्रमुख अखबारहरुमा समाचार छापियो:- तराइको एउटा गाउँमा डढेँलो लागेर जंगल सखाप भयो। त्यसको केही महिना पछि त्यस ठाउँमा आफूलाई सुकुमबासी भन्नेहरुले घर बनाउन थाले।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 श्रावण, 2068

लेखकका अन्य रचनाहरु