गीत

- आचार्य प्रभा

झिरमा मलाई उन बरु, पिरमा नपार
खुशी दिने बहनामा आँसु सागर नतार

रुखो सुखो हाँसेकै छु दुनियाँको सामु
मृत्‍यु रोकी बाँचेकै छु कहाँ अब जाउँ

तीरमा मलाई निशाना साँध,डिलमा नझार
सुख दिने लालचमा लोभमा नपार

दिन रात भोगेकैछु अरु मान्छे सरि
बाहिर मुस्कान छरेकै छु पीडा मनमा भरि

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 19 श्रावण, 2068

लेखकका अन्य रचनाहरु