गजल

- आचार्य प्रभा

सुन्छु अचेल गाउँ घरमा पूजा पाठ हुन्न रे
कसैको नि बिचारलाई प्रार्थनाले छुन्न रे ।

भन्छन् अरे सबैजना आस्था सबै मर्‍यो नि
धर्म कर्म गरेर पो पाप हाम्रो धुन्न रे ।

श्रद्धा भक्ती एकार्कामा अब सकी सकेछ
सानो चोटले कसैको नि मन अब रुन्न रे ।

युवाहरु विदेशको नोकर बन्न गएर
मन सबको धर्मर रैछ असल नेता चुन्न रे ।

जँहातंही काटमार भो बग्यो खोला रगतको
खोज्या अरे धागो त्यस्तो पापी मन तुन्न रे ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 आश्वीन, 2068

लेखकका अन्य रचनाहरु