गीत

- आचार्य प्रभा

कसोगरी आउँला माईती साइत नजुरे
तिहारमा चेलीको बाटो नकुरे ।

मन त मेरो उडिजान्छ माईती घरकै संघार
यो पालीको तिहारमा आएन है बहार ।

कल्पनामै रमिदिउँला भाइटिकाको पल
बिवसताले गर्‍यो हरे कस्तोगरी छल ।

आशिष,टिको पठाउँनेछु रुमालमा बाँधी
कसैगरी नचलोस है त्यो मनमा आँधी ।

चेलीलाई सम्झिएर आसुँ नझारे भाइ
भाइटिकामा मनलाई पिरमा नपारे दाइ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 25 आश्वीन, 2068

लेखकका अन्य रचनाहरु