गजल

- आचार्य प्रभा

सयपत्री,मखमली गाँस्दैछु म भाइलाई भनी
रुमालमा आशिष टिको साँच्दैछु म भाइलाई भनी ।

सम्झना र कल्पनामै बित्ने भयो भाइटिका हरे
यम्दुत तर्ने फलामे पुल् भाँच्दैछु म भाइलाइे भनी ।

भैलेनी त खेलुँ कहाँ ? परदेशको आँगनिमा दाजै
मन् बेखुशी भएपनी नाँच्दैछु म भाइलाइे भनी ।

शुन्य भयो,होला मेरो,माइती घर,दाजु भाइेको मन
दु:ख पीडा मनभित्र नै नाँस्दैछु म भाइलाइे भनी ।

कस्तो साइेत् जुरिदियो तिहारमा बिछोड् हुने आज
बाटो छेक्ने काँढाहरु माँस्दैछु म भाइलाई भनी ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 कार्तिक, 2068

लेखकका अन्य रचनाहरु