पर्यटन व्यवसायीको रूपमा नेपालका विभिन्न ठाउँ घुम्दै जाँदा राजेन्द्रमान डङ्गोलले नेपाली भूगोल र प्रकृतिको अनेक स्वरूप देख्नुभयो। विदेशीहरूले नेपाली भाषा, संस्कृति, हिमाल, नदीनालाको प्रसंशा गरेको सुन्दा खुसी हुँदै नेपाल विश्वमा साँच्चै सुन्दर रहेछ भन्नेमा विश्वस्त हुनुभयो। दाजु साहित्यकार आरएम डङ्गोलको प्रेरणाले नियात्रा साहित्य लेखनतर्फ डोरिनुभयो
साहित्य सृजनाको प्रयोजन वा उद्देश्य साहित्यकारको चिन्तन , अनुभूति र मनोयोगले तय गर्दछ । चिन्तनको सतह विस्तारित हुँदै जीवन र जगत्का पहेलीहरूमा कला , सौन्दर्य र चेतनामयी त्रिवेणीका त्रि-तरङ्गमा डुबुल्किंदै संश्लेषण र विश्लेषणहरूमा रङमङिन पुग्दछ । मानवले सृष्टिबाट पाएको अनमोल उपहार आनन्द नै हो
ऊर्जाका हजारौँ सूक्ष्म साङ्केतिक तरङ्गहरू अवचेतन मनको आकाशमा पटेकाजस्तै फुट्छन्। कविले त्यस आन्तरिक घटनाको सहजबोध पनि गर्छन्। एकपल्ट झलस्स हेर्छन्, र खुशी हुँदै मनमा भन्छन्, “आह, कति सुन्दर! मैले चिने। म त्यसलाई आकार दिन्छु, माध्यम दिन्छु, र पहिचान दिन्छु।”
त्यसपछि कवि त्यस सम्भावित सिर्जनाको ऊर्जाबाट अलिअलि गर्दै टाँढिन थाल्छन्
धेरै देश, धेरै संस्कृति र भाषासँग मानवाधिकारको कामको सिलसिलामै परिचय भएको हो । एसिया, अफ्रिका, उत्तर र दक्षिण अमेरिका र यूरोपका धेरै मुलुकहरु घुमियो । कतै कतै लामो समय पनि बसियो तर तिनका बारेमा लेखिएन । यति आनन्द विभोर भैएछ, लेख्ने जाँगर नै चलेन । अन्यत्रको बारेमा चर्चा गर्दै नेपाली पाठकलाई सरस ’जानकारी’ दिनु यात्रा स्मरणको एउटा पक्ष हो
नेपालको नेपाली भाषामा उर्दूको प्रभाव बढ्दो देखिन्छ। त्यहाँका पत्र पत्रिका साहित्यिक पुस्तक आदिमा उर्दूका शब्दहरूको प्रयोगाधिक्य देखिन्छ। यो एक प्रकारले चिन्ता र चिन्तनको कुरा हो। कुनै पनि भाषामा आगन्तुक शब्दहरूको प्रयोग हुनु भाषाको विकास मानिन्छ। एउटा भाषाको शब्दभण्डारमा जति शब्द बढ्दै गए त्यो भाषा उति नै धानी मानिन्छ
नेपाली साहित्यजगत्मा कृष्ण बजगाईंको १८ वटा छुट्टाछुट्टै पूर्ण अस्तित्व भएका नियात्रा समेटिएको छैटौं नियात्रा संग्रह ‘लन्डिनियम’ प्रकाशित भएको छ। बेलायत, नेदरल्यान्डस् र जर्मनीका भ्रमणको उपजबाट निस्किएको यस नियात्रा संग्रहले ती स्थानमा लुकेका इतिहासका जीवन्त आत्मालाई खोतलेर पाठकलाई देखाउने काम गरेका छन्