14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अयोग्यता

कथा हिमाल लिम्बु October 16, 2021, 3:18 pm

हिमाल लिम्बु जनता माध्यमिक विद्यालयको सप्ताहव्यापी वार्षिक खेलकुद कार्यक्रम (Annual Sports Meet)को पहिलो दिन थियो। विद्यार्थीहरूले विविध इभेन्टहरूमा भाग लिएर खेल्दै आ-आफ्नो खेलकौशल र दक्षता प्रदर्शन गर्दै थिए। शिक्षकहरू इभेन्ट व्यावस्थापन र सञ्चालन गर्नमा व्यस्त थिए। त्यो खेलकुद कार्यक्रमको संयोजक तथा विद्यालयका उप-प्रधानाध्यापक सुकबहादुर साँवा सर थिए


लकडाउनमा

कथा अर्जुन यावा October 16, 2021, 3:10 pm

अर्जुन यावा तिमी भन्छौ- घरमा बसेर दिक्क लागिसक्यो।

छोरीलाई अनलाईन क्लास गराउनु छ
त्यसैले मोबाइलमा वाट्सएप इन्सटल गरिदिएको छु
स्कूलबाट दिएको पाठ पढ़ाउनु छ
कथाको सार सुनाउनु छ
गणित र भूगोल बुझाउनु छ
कविता कण्ठस्थ गराउनु छ,
तिमी भन्छौ-
लकडाउनमा काम नभएर दिक्क लागिसक्यो।

भीडियो मै पढेंर सकेकी हुन् छोरीले कथाहरू
अर्थ सबैको खोलिदिनै छ,
जूम र गुगल-मिटबाट संगीत सिख्दैछे छोरी
नेटवर्क लो हुँदा पनि
उसलाई लिङ्क गराइदिनु छ
तिमी भन्छौ-
लकडाउनमा काम नभएर दिक्क लागिसक्यो


अपाला महाकाव्यमा दृष्टि

कृति/समीक्षा सदानन्द अभागी October 16, 2021, 2:45 pm

सदानन्द अभागी लक्ष्मीकान्त शर्मा पौडेलको साहित्यमा सुप्रसिद्धनाम हो लकास पौडेल । उहाँ बाग्लुङ न.पा. १४नारायणस्थान बलेवामा २००४÷१०÷६मा माता पञ्चकला शर्मा(आचार्य) र पिता पं नीलकण्ठ शर्मा उपाध्यायका पुत्ररत्नको रुपमा जन्म लिनु भयो ।हाल उहाँ भरतपुर नगर पालिका १० दीपेन्द्रचोकमा बसोबास गर्दै आउनु भएको छ


'बोकासाहित्यकार' मुखाँ कुभिण़्डो !

हास्यव्यङ्ग्य कृष्ण प्रधान October 16, 2021, 2:18 pm

कृष्ण प्रधान बोका मुखाँ कुभिण्डो अँट्दैन भन्या सुन्या मात्रै । तर कुनै पनि बोका मुखाँ चाइने कुभिण्डो अँट्या वा कसैले खाद्याँ सत्ते होला लु आजसम्म मैले देख्या छैन । कुन हरिलट्ठकले चाइँजो बोका मुखाँ कुभिण्डो अटाउँने वा खाँदने मूर्ख प्रयास गरे होलान् भन्ने प्रश्नले पनि बेला-बखत मलाई अलस-तलस पार्छ । कुन उपद्र्याहालाई के भनेर बोकाको मुखाँ कुभिण्डो अटाउँनु वा खादनु मन लाग्यो होला भन्ने एक राश प्रश्नले पनि मलाई अत्तलाउने गर्छ


ढाँटको निम्तो खाइपत्याउनु

हास्यव्यङ्ग्य काशीनाथ मिश्रित October 3, 2021, 3:54 pm

काशीनाथ मिश्रित सक्नुहुन्छ भने लुट्नुहोस्, सक्नुहुन्न भने चोर्नुहोस्, त्यो पनि नसके ढाँट्नुहोस् किन कि यो युग नै ढाँटको हो। सत्ते रामराम भनेर कसम खानेहरूले त ढाँट्छन् भने तपाईं हामीजस्ता ठण्डारामहरूलाई ढाँट्न के आपत्ति। लौ ढाँट्दै नढाँट्ने मान्छे मेरो अगाडि ल्याउनुहोस् मैले तपाईंकै अगाडि झुन्डिएर मरुँला


भाषा शिक्षण सिकाइमा ई-लर्निङ प्रयोग

विचार वीरेन्द्रकुमार बुढा October 3, 2021, 3:51 pm

वीरेन्द्रकुमार बुढा १.विषयपरिचय
भाषा शिक्षण भाषिक सिपहरुको शिक्षण हो । भाषाका सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा आधारभूत सिपहरुमा दक्षता प्राप्त गराई भाषाको बोध र अभिव्यक्ति कलामा निपुण बनाउनु नै भाषा शिक्षणको उद्देश्य हो । विद्यार्थीहरुमा अपेक्षित सिपहरुमा के कसरी प्रभावकारिता ल्याउन सकिन्छ भन्ने बारेमा भाषाका शिक्षकहरु निरन्तर सचेत हुन जरुरी हुन्छ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित