मान्छे

- बसन्त श्रेष्ठ

मैले मेरो गाउँलाई हेरें
कति मनमोहक थियो
पहाड लाई नियालें
कस्तरी मिलेर बसेका थिए
खोलालाई, रुखलाई हेरे
कस्तो सुन्दरता झल्केको थियो
प्रकृतिको सुन्दर बरदान पाएर
सबैनै हाँसीरहेका, रमाइरहेका थिए
कसैको कसैसंग इर्ष्या थिएन
कसैको कसैले दिल दुखाएको थिएन
तर यसै बिचमा एउटा
जो दुखेसो पोख्दै थियो आफ्नो रगतको
गुनासो गर्दै थियो आफ्नै वंशजको
जो कुटिल हाँसो हाँस्दै थियो आफ्नै करतुतको
जो संघर्ष गर्दै थियो आ-आफ्नै बिरुद्धको
जसले उन्मुक्त हाँसो हास्न सकिरहेको थिएन
जसको हाँसोमा कुरुपता प्रष्टै झल्कन्थ्यो
जस्ले धक फुकाएर नाच्न सकिरहेको थिएन
जसको प्रत्येक पाइलामा उचनीचको गन्ध मिसिएको थियो
यी थिए
प्रकृतिको सुन्दर फूलबारीमा हुर्केका
सुन्दर बनौटका अहम् भावनाले ग्रसित
मान्छे बिरुद्धको एउटा मान्छे
आफै आफै भित्र हराइरहेको थियो |

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 माघ, 2070

लेखकका अन्य रचनाहरु