कवितासित रिस उठेको छ

- राजु “हिमांशु”

रिस पनि किन नउठोस् ?
भोकाएको पेटलाई खाना दिनु सकेन कविताले
नाङ्गिएको जीउलाई नाना दिनु सकेन कविताले
विदेशी वाद र शैलीको मजेत्रो ओढ़ेर
बाङ्गिएको विचारलाई सीधा पार्नु सकेन कविताले
लाखेस् गर्ने औंलाहरुको भीड़मा चेप्टिएर
कलम निसासिन्दै छ
यथार्थको स्केच मात्र के कोरेको थियो
कलम भाँचिँदै छ
अहो ! कलम भाँचिएको दिन कस्तो अन्धकार हुन्छ यो संसार ?
हो, कलम भाँचिएको दिन कुन चीज तीखो हुन्छ यहाँ ?
सोच्नै सक्दिनँ ॥

डाउहिल,खरसाङ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 माघ, 2070

लेखकका अन्य रचनाहरु