बालकथाका फाँटमा थप आयाम: भालेको देश भ्रमण

- डा. कपिलदेव लामिछाने

होक्लाबारी, मोरङमा जन्मेर काठमाडौँलाई कार्यथलो बनाइरहेका अच्युत घिमिरे (२०२८) लघुकथा, कविता, काव्य बालकथा र समालोचनाका क्षेत्रमा सक्रिय रूपमा देखापरेका छन् । तिनै स्रष्टाको ‘भालेको देश भ्रमण’ शीर्षकमा २०६९ साउनमा बालकथाहरूको सँगालो प्रकाशमा आएको छ । यस सङ्ग्रहका बालकथा कस्ता छन् र यी बालकथाले अच्युत घिमिरेलाई कस्तो बालकथाकारका रूपमा उभ्याएका छन् ? यी प्रश्नको उत्तर यिनै बालकथामा खोज्नु पर्ने हुन्छ ।
यस सङ्ग्रहमा सोरवटा बालकथाहरू छन्, जसमध्ये पहिलो कथा ‘अर्सुको बिरालो’ हो । यस कथाको कथावस्तुको स्रोत समाज हो । अर्सुको आग्रहमा ल्याएर पालिएको बिरालोले बसी–बसी मीठो–मीठो खान पल्केर ठूलो हुँदा पनि मुसा मारेन । मुसाले धान, पुस्तक र कपडा खाएर दुख दिँदा पनि बिरालाले केही गरेन । आमाबाले यस्तो अल्छे बिरालो नपाल्ने भन्दा पहिले त अर्सु मानेन । अर्सुले बिरालोलाई मुसा मारी खान आग्रह गर्दा पनि बिरालाले वास्ता गरेन अनि बल्ल अर्सु बिरालालाई हटाउन सहमत भयो । त्यसपछि बिरालालाई माहिला बाकहाँ लगेर छाडिदिए । अर्सुलाई बिरालोबिना नरमाइलो लागेकाले खेलौनाको बिरालो ल्याइदिए । खेलौनाको बिरालो साँच्चैको बिरालाले झैँ सबै क्रियाकलाप गर्दैनथ्यो । त्यसैले अर्सुको आग्रहमा फेरि माहिला बाकहाँ छाडेको बिरालो ल्याइदिए । बिरालो अलि दुब्लाएको पनि थियो र अब त उसले मुसा पनि समात्यो । यसरी यो कथा सन्देशमूलक देखिन्छ । अरूले तयार पारेर दिएको दूधभात खान पाएकाले अर्सुको बिरालो अल्छे भएको थियो भने अन्यत्र त्यो सुविधा नभएकाले मुसा मारी खान थालेको थियो । कथाले अभाव र आवश्यकताले प्राणीलाई क्रियाशील बनाउँछ भने पुगिसरी र सम्पन्नताले निष्क्रिय र अल्छे बनाउँछ भन्ने सन्देश दिएको छ । कथामा अर्सु, अर्सुका बा, आमा अर्सुको बिरालो मञ्चस्थ पात्र छन् भने मामा, माइला बा, मुसा आदि नेपथ्य पात्र छन् ।
सङ्ग्रहको दोस्रो कथा ‘साधु बाघ’ लोककथामा आधारित छ । कथा बाघको हो । जड्डलको राजा सिंहलाई खरायोले चलाखीका साथ इनारमा खसाइदिएपछि जनावरहरूले बाघलाई राष्ट्रपति चुनेर अभिभावकका रूपमा लिएका थिए, तर बाघ राष्ट्रपति भएपछि आम जनावरका सुख–सुविधालाई बेवास्ता गर्दै सुविधाभोगी हुन गयो । मनपरी गर्न थाल्यो र आफैँलाई राजा घोषित ग¥यो । बाघराजाका अत्याचारबाट आजित र पीडित भएका जनावरहरूले उसलाई राजगद्दीबाट हटाउने विचार गरे । यो थाहा पाएर बाघराजाले आफू अब फट्याइँको पश्चात्ताप गर्ने, साधु र शाकाहारी बन्ने घोषणा गर्दै गेरुवा वस्त्र लगाएर पीपलको बोटमुनि तपस्यामा बस्यो । तपस्यामा बसे पनि साधु बाघ झन्झन् मोटाएकाले जनावरहरू अचम्ममा परे । रातको अँध्यारोमा जनावर खाएर मुख पुछपाछ गरी साधु वेशमा बस्ने गरेको कुरा चियो बसेको स्यालले चाल पायो । बाघको धुत्र्याइँको पोल खुल्यो । त्यसपछि भने सबै जनावरहरू मिलेर बाघराजालाई जड्डलबाट खेदे । अनि बल्ल जड्डलमा शान्ति बहाली भयो । यसरी हेर्दा यो कथा सन्देशमूलक देखिन्छ । यहाँ एकतामा शक्ति भएको, जाली–फटाहा र सामन्तको सत्ता धेरै नटिक्ने जस्ता विचारहरू छन् । यस्तै ‘हातमा सत्ता परेपछि मात चढ्ने’ तथ्यलाई पनि कथाले औँल्याएको छ । अत्याचारी सिंहलाई खरायोले इनारमा खसाएको घटना लोककथाको हो भने त्यसपछि राष्ट्रपतिका रूपमा बाघलाई छान्नु, बाघ शक्ति हातमा परेपछि सत्तालिप्सावश राजा हुनु, र जनावरहरू माथि निरङ्कुश रजाइँ गर्नु र पछि आम जनावर मिलेर त्यसलाई पनि सŒयाच्युत गरी जड्डलबाट निकाला गर्नु जस्ता घटना लेखकले विस्तार गरेका छन् । यो विस्तारले गणतान्त्रिक नेपालको झलक दिन खोजेको छ ।
सङ्ग्रहको तेस्रो कथा ‘बाल पुस्तकालय हेर्न जाउँ है ¤’ हो । यस कथाको कथानकको स्रोत समाज हो । यसमा पुस्तकालयको परिचय गराइएको छ । मनु आÇना बाबुका साथमा शनिवारको दिन बिताउन बालपुस्तकालय जान्छ । पुस्तकालयमा चित्रसहितका राम्रा–राम्रा पुस्तक देखेर मनु आकर्षित हुन्छ र पुस्तकालयका पुस्तक घर लान नपाइने थाहा पाउँछ । बुबाले त्यस्तै चित्र साहित्यका पुस्तक बजारबाट किनेर ल्याइदिने बताएकाले मनु खुसीले रमाउँछ । यसरी यस बालकथामा बालपुस्तकालय सम्बन्धी जानकारी र सचेतता दिइएको छ ।
सङ्ग्रहको चौथो कथा ‘ठूलो बाबाले साँच्चिकै गाडी किनि दिनु हुन्छ’ भन्ने रहेको छ । यस कथाको कथानकको स्रोत समाज हो । समाजमा कोही धनी छन् र कोही गरिब । एउटै बाबुका सन्तान पनि सबै बराबरी हुँदैनन् । कथामा एउटा बालपात्र छ सुमित । ऊ खेलौना गाडी, मोटर साइकल, हात्ती, खरायो आदिसित खेलिरहन्छ । उसको ठूलो बाबा सम्पन्न छ । कथा सुमितका कोण र केन्द्रबाट प्रस्तुत भएको छ । सुमित आÇनो मामूसँग साँच्चिकै हात्ती ल्याइदिन भन्छ भने मामूले त्यत्रो ठूलो हात्तीलाई राख्ने ठाउँ र खुवाउने कुरा नभएको बताउँछ । अनि सुमित साँच्चिकै गाडीले त पेट्रोल मात्रै खाने हुँदा ठूलो बाबाले साँच्चिकै गाडी किनिदिनु हुन्छ, बालाजु जाऊँ भनी एकोहोरो ढिपी गर्न थाल्छ । कथा यहीँ सकिन्छ । कथा बालमनोवैज्ञानिक छ र सामाजिक धरातलमा उभिएको छ । बालपात्र सुमित खेलौनासित खेल्छ र खेल्दाखेल्दा उसमा साँच्चिकै गाडीको चाहना बढ्छ । घर नभएर डेरामा बस्ने उसका बाबु–आमाले साँच्चिकै गाडी किन्न सक्ने प्रश्न नै उठ्दैन, तर ठूला बाबासित धेरै पैसा छ, उहाँले किनिदिनु हुन्छ भन्ने सरल–स्वाभाविक बालविश्वास सुमितमा छ ।
सङ्ग्रहको पाँचौँ कथा ‘मुसी र खरायोको कथा भन्नु न बाबा ¤’ रहेको छ । कथाको स्रोत लोककथा हो ? जड्डलको बाटोमा मुसी र खरायोको जम्काभेट हुँदा मुसी डरले भाग्न खोजी । खरायोले डराउन नपर्ने भनी रोक्यो । मुसी र खरायोको भलाकुमारी भयो । मुसीले आमाको आँखा छलेर निक्लेको बताई खरायोले त्यसरी निस्कन नहुने, निस्केमा खतरा हुने, बिरालाले झ्याप पार्न सक्ने बतायो । मुसी सचेत भई । पछि एकदिन मुसीको बोलावटमा खरायो मुसीकहाँ एक पोको धान बोकेर पुग्यो । दुवैको पारिवारिक गफ भयो । मुसो र खरायो दुवै देख्दा पनि उस्तै र दुवै शाकाहारी भएकाले ‘मिता–मिता भयौँ’ भनी मुसीको आमाले ठट्टा गरी । अनि आइजाइ गरे मायामोह हुने हुनाले आउजाउ गर्ने प्रस्ताव पारित गर्दै बिदाइ गरे । मानवेतर पात्र भएको यस कथामा एकातिर खरायो र मुसा उस्तै–उस्तै प्राणी भएको परिचय दिइएको छ भने अर्कातिर ठूलाबडाको निर्देशन नमाने जोखिम बढ्ने र आउजाउ गरे मित्रता बढ्ने सन्देश दिइएको छ ।
सङ्ग्रहको छैठौँ कथा ‘म त वैज्ञानिक पो हुन्छु’ हो । यस कथाको कथानकको स्रोत समाज हो । बालपात्र शालीन एरोप्लेन (खेलौना) सँग खेल्छ । चार वर्ष पनि नपुगेको शालीन आफू पछि एरोप्लेन बनाउने इन्जिनियर बन्ने चाहना र क्रियाकलाप प्रकट गर्दछ । साथीहरू खेलिरहेको ठाउँमा बाहिर शालीनका सुयोग लगायतका साथीहरू पनि त्यसै गरी एरोप्लेन बनाएर खेल्दै थिए । यसरी प्रस्तुत कथाले बालमनोविज्ञानलाई देखाएको छ । बालकहरू कल्पनाशील हुन्छन्, सिर्जनात्मक काम गर्दा चाहन्छन् । कथाबाट उपयुक्त वातावरण पाए हाम्रा बालबालिका पनि ठूलाठूला वैज्ञानिक आविष्कारक बन्न सक्छन् भन्ने सन्देश पाइन्छ ।
सङ्ग्रहको सातौँ कथा ‘असल बन’ हो । यस कथाको कथानको स्रोत इतिहास हो । यहाँ सहिद वीरेन राजवंशीको विचार र चरित्र देखाएर बालबालिकालाई असल बन्ने सन्देश दिइएको छ । कोहबरा बस्तीमा बस्ने वीरेन राजवंशीले गाउँलेको दुख देखी आÇनो दस बिघा जमिन दिएर स्कुल खोलेको, गाउँलेको सुख–दुखमा साथ दिएको, छोरीहरूलाई पढ्न र पढेर असल मान्छे बन्न प्रेरणा दिएको हुँदा वीरेन राजवंशीको स्कुलमा सालिक राखिएको कुरा मामूले छोरी स्मृतिलाई बताउँछिन् । यसरी यस बालकथाले लोककल्याणकारी कार्य गरी असल मान्छे बन्नुपर्ने सन्देश दिएको छ । सालिकको महिमा, छोरीलाई पढाउनु पर्ने जस्ता विचार पनि अघि सारेको छ ।
सङ्ग्रहको आठौँ कथा ‘मित्रता’ हो । यस कथाको कथावस्तुको स्रोत समाज हो । बालपात्र समीरको आग्रहमा घरमा परेवा पालिएको र ढाडेले परेवाका बचेरा खाइदिएकाले समीर दुखी हुन्छ । परेवाहरू पनि चिन्तित हुन्छन् । ढाडे बिरालालाई तह लाउने उपाय सोच्छन् । त्यसै क्रममा उनीहरू कमजोर शत्रुलाई साथ लिई बलियो शत्रुलाई तह लाउने नीति अवलम्बन गर्दछन् । रुप्पीसित गठनबन्धन गरी ढाडेलाई ठिक पार्ने निधो भयो । रुप्पीको सहयोगबाट ढाडेलाई घेरेर–ठुँगेर घाइते बनाउँदै गाउँबाट लेखेटिछाडे । यसरी यस कथामा गठबन्धनको महŒव दर्साइएको छ । रुप्पीले पनि परेवालाई सताउँछ, तर पनि ढाडेले जस्तो होइन । रुप्पी चराकै प्रजातिको भएकाले रुप्पीसित सन्धि समझौता र गठबन्धन सम्मभव छ, तर ढाडे उनीहरू भन्दा भिन्न जातिको हिंस्रक जनावर भएकोले त्यससित कुनै किसिमको समझौता सम्भव हुँदैन । त्यसैले आÇनो जाति–प्रजातिको, वंश–परम्पराको सुरक्षाका लागि ढाडेलाई भगाउनु पर्ने अवस्था थियो । परेवाहरूले आपसी छलफल–परामर्शबाट सही बाटो पहिल्याएका छन् । यसरी यस बालकथामा छलफल, परामर्श र गठबन्धनको महŒव दर्साइएको छ र यसबाट सही बाटो पहिलिएको पनि छ ।
सङ्ग्रहको नवौँ कथा ‘रमेशलाई विद्यालय पठाउनु न आमा ¤’ हो । यसको कथावस्तुको स्रोत समाज हो । यस कथाले बालअधिकारलाई उठाएको छ । बालबालिकाले पढ्ने–लेख्ने, खाने, बस्ले, खेल्ने आदि सुविधा पाउनुलाई बालअधिकार भनिन्छ । हाम्रो समाजमा कैयौँ यस्ता मानिसहरू छन् जो आफू बालअधिकारकर्मी भएर हिँड्छन्, तर आफूले भने त्यसको पालना गरेका हुँदैनन् । प्रस्तुत कथाले त्यस्तैलाई उभ्याएको छ । सुविज्ञाकी आमा समाजसेवी हुन् । काठमाडौँमा उनको ठूलो घर छ । रमेश त्यही घरमा घरेलु कामदारका रूपमा रहेको छ । सुविधा बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्छे । रमेश भाँडा माझ्ने, लुगा धुने, जुत्तामा पालिस गर्ने, सुविज्ञाको झोला बोकेर गाडीसम्म पु¥याइदिने ल्याइदिने र घरमा आइपरेका काम गर्ने गर्छ । यस्तो काममा कहिलेकाहीँ सुविज्ञा सघाउँछे, तर उसकी आमा रमेशलाई झपार्छे । आमाको यस्तो चाला सुविज्ञालाई मन पर्दैन । एकदिन रमेश सुविज्ञाको झोला बोकेर आउँदै गर्दा पल्ला घरे दिदीले आफू समाजसेवी भएर पनि बिचरा रमेशलाई काममा लदाएकी भनेर टिप्पणी गरेको सुविज्ञाले सुनी । उसले आमासित ‘समाजसेवी’ र ‘बालअधिकारको’ अर्थ सोधी र रमेशलाई पनि पढ्न पठाउने आग्रह गरी । उसकी आमा लज्जित भई र रमेशलाई सुविज्ञाले पढ्ने बोर्डिङ स्कुलमा भर्ना गरिदिई । यसरी यस कथामा बालअधिकारको प्रश्न उठाइएको छ । बालबालिका पनि नजाँनिदो पाराले आÇना अभिभावकलाई सही बाटोमा ल्याउन सक्छन् भन्ने पनि यहाँ देखाइएको छ । घरमा अर्काको छोरालाई नोकर पाल्ने–आÇनी छोरीलाई महँगो स्कुलमा पढाउने र आफू भने समाजसेवी भई हिँड्नेलाई कथाले बडो सटिक व्यङ्ग्य पनि गरेको छ ।
सङ्ग्रहको दसौँ कथा ‘चिडियाखानाको बाँदर’ हो । यस कथाको कथावस्तुको स्रोत समाज हो । यसमा चिडियाखानाको जानकारी गराएको छ । छोराको जिद्दीले गर्दा बाबुआमा छोरालाई लिएर चिडियाखाना पुग्दछन् । छोरो चिडियाखानाका हरेक पशु–पन्छीप्रति जिज्ञासा राख्छ । ऊ एकपछि अर्को प्रश्न गरिरहन्छ । यस्तैमा एउटा बनमान्छे देखिन्छ । बनमान्छेले छोराको ध्यान बढी आकर्षित गर्छ । छोरोचाहिँ त्यो बाँदर हो भन्ने र बाबुचाहिँ बाँदर होइन, बनमान्छे हो भन्नेमा विवाद भइरहन्छ । यस्तैमा रात पर्न लागेको भनी उनीहरू त्यहाँबाट फर्किन्छन् । यसरी यस कथामा चिडियाखाना र बालअभिरुचि प्रस्तुत गरिएको छ । चिडियाखाना जाने सम्बन्धमा र बनमान्छे कि बाँदर भन्ने बारेमा बालपात्र र अभिभावकका बीचमा द्वन्द्व देखाइएको छ । कथाको कथानकको आदि भाग अनावश्यक विस्तार भएको छ भने अन्त्य सामान्य तरिकाले भएको छ ।
सङ्ग्रहको एघारौँ कथा ‘भालेको देश भ्रमण’मा कथावस्तु समाजबाट लिइएको छ । कथा एक भालेको हो । कुखुराका भालेपोथीका एक्काइस चल्लामध्ये एउटा सानैदेखि चकचके र बदमास भएर निक्ल्यो । अरूलाई सताउने दुख दिने गर्दागर्दै ठूलो पनि भयो र पल्ला गाउँकी पोथीसँग उसको बिहे पनि भयो, तर पनि ऊ सुधारिएन । आÇना चल्ला स्याहार्न पोथीलाई सघाउनुको सट्टा ऊ बरालिएर हिँड्थ्यो । जब ऊ बूढो भयो, उसलाई कसैले पनि टेरेन । कसैले पनि साथ दिएन । ऊसित डराउन छाडे । उसलाई कसैले पनि वास्ता गरेन । मौकामा बुद्धि नपु¥याएकोमा उसले पछुतो मान्न थाल्यो । अनि प्रायश्चित्त गरेर बाँकी जीवन बिताउने निर्णय गरी ऊ वैशाख १ गते देश भ्रमणमा निक्ल्यो । देश भ्रमणमा गर्दै जाँदा उसको धेरैसित सम्पर्क भयो । उसले आफूले सक्ने काम गर्न थाल्यो । सबैसँग मिल्न थाल्यो । यसरी यस कथामा एउटा गैरजिम्मेवार भालेलाई उभ्याई उसका माध्यमबाट जिम्मेवार हुनुपर्ने सन्देश दिइएको छ ।
सङ्ग्रहको बारौँ कथा ‘फुच्ची भँगेरी’को कथानकको स्रोत समाज हो । समाजमा असल र खराब दुवै चरित्र हुन्छन् । खराब चरित्र सुधारियोस् या उसलाई गाउँठाउँबाट निकालियोस् या कारबाही होस् भन्ने सबैको चाहना हुन्छ । यस कथामा यस्तै छ । एउटी फुच्ची भँगेरीका बचेरालाई रुप्पीले गुँडबाट खसालिदिएबाट ऊ दुखी भएकी छ । परेवा र ढुकुर समेत भएर सल्लाह गरे कि रुप्पी र कागलाई कसरी गाउँ निकाला गर्ने ? अन्तमा फुच्ची भँगेरीको सल्लाह बमोजिम उनीहरू मानिससित गुहार माग्न गए । मानिसहरूले दुख दिने काग र रुप्पीलाई वाण हान्न थालेपछि तिनीहरू गाउँ छाडेर भागे र फेरि कहिल्यै फर्केर आएनन् । यसरी यस कथामा अरूलाई दुख दिन नहुने सन्देश दिइएको छ । यसका माध्यम बनेका छन् फुच्ची भँगेरी, परेवा र ढुकुर ।
तेरौँ कथा ‘चुलबुले खरायो’ हो । यस कथाले आÇना अभिभावक आमाबाबुको निर्देशन–अराइ–सिकाइ नमान्दा, पूर्ण सावधानी नपुग्दा ज्यानै जान सक्ने र मान्दा पूर्ण सुरक्षित भइने सन्देश दिएको छ । जड्डलको खरायोले आफू बाहिरफेर चर्न जानुअघि आÇना आठवटा बच्चाहरूलाई ढोका खोलेर बाहिर नजान, आफू आएर ढोका खोल भनेपछि मात्र ढोका खोल्न निर्देशन गरेर आफू चर्न जाने गर्दछ । यस्तो गतिविधि बुझेको ढाडे बिरालाले ढोकामा गएर ‘नानी हो ¤ म आएँ ढोका खोल’ भनेकाले साहिँलो चाहिँले आÇनै आमा होली भनेर ढोका खोल्न गयो, अरूले होइन पर्खी भन्दा पनि मानेन । फलस्वरूप ढाडेले झ्याप पा¥यो । पछि माउ आइपुग्यो र घटना चाल पायो । साहिँलो चुलबुले र जिद्दीवाल भएकाले यस्तो हुन गएकाले यसबाट तिमीहरूले पाठ सिक्नु पर्छ, शत्रुबाट हेसियार हुनु पर्छ भनी माउले बतायो, ढाडे पछि पनि आयो, तर बच्चाहरू सचेत भएकाले ऊ निराश भएर फक्र्यो । यसरी यस कथामा चुलबुले र जिद्दीवाल हुँदा हुने खतरा र आज्ञाकारी हुँदा सुरक्षित भइने सन्देश दिइएको छ । कथाको आदि, मध्य र अन्त्यमा पनि सामाख्याता बाबा र साम्देका संवाद रहेका छन् । यस्ता संवादले कथानकलाई विस्तार गरेका छन् ।
सङ्ग्रहको चौधौँ कथा ‘राँके भूत’मा पालो मिचेर लुकी–लुकी पानी लगाउने बिर्खबहादुरलाई गोविन्द र लोकुले राँकेभूतको नाटक गरी कसरी तह लगाए भन्ने कथा छ । यहाँ यही यथार्थ घटनालाई आख्यानीकरण गरिएको छ । बुवाको खटनमा गोविन्द र लोकप्रसाद आÇना खेतमा चालनअनुसार आÇनो पालोमा पानी लगाउन कुलोमा गए, पानी लगाए, तर त्यो पानी आÇनो खेतमा नपुग्दै भाँच्चिएको पाए । खेत सुख्खा भएकाले बाबुबाट हप्कीखप्की खानुप¥यो । त्यसैले उनीहरूले रातमा कालो लुगा ओढेर ठूलो लाइट पिर्लिक–पिर्लिक बालेर अरूको पालीको पानी भाँची आÇनो खेतमा लगाउनेलाई तर्साइदिए । पानी भाँच्नेवाला तर्सेर कुलेलम ठोक्यो । भोलिपल्टदेखि त राँकेभूतले खेदेको कुरा गाउँभरि हल्ला भयो । बिर्खबहादुर थला प¥यो । मर्ने जस्तो देखेपछि उनीहरू बिर्खबहादुरकहाँ पुगे र अब आइन्दा पालो मिचेर पानी नलाउने कबुल गरेपछि आफूहरूले तर्साएको नाटक गरेको बताइदिए । यो थाहा पाएपछि बिर्खबहादुर सन्चो भयो । ‘भूत विद्या जानेको’ भनी गाउँलेहरूे उनीहरूलाई काँधमा बोकेर अबिर जात्रा गरे । यसरी यस कथामा शठे शाठ्यम् समाचरेत् अर्थात् जस्तालाई तस्तै गरी तह लगाइएको कथा प्रस्तुत गरिएको छ । कथाले भूतसुत हुँदैन भन्ने सन्देश पनि दिएको छ ।
सङ्ग्रहको पन्ध्रौँ कथा ‘रेश्माको जन्मदिन’मा जन्मदिन कसरी मनाउने भन्ने विचार प्रस्तुत गरिएको छ । रेश्माको एघारौँ जन्मदिनका लागि उसकी आमा रञ्जुले केक र एघारवटा मैनबत्ती तयार पारेकी हुन्छे, तर रेश्मा अब जन्मदिन त्यसरी नमनाउने भन्छे । दियोमा बत्ती बाल्ने, राता अक्षता लगाउने र शुभकामना दिने, उपहारमा पुस्तक दिने अनि चिया खाने–खुवाउने, यो रेश्माको प्रस्ताव हो । यसै गरी रेश्माको जन्मदिन मनाइन्छ र साथीहरू पनि अबदेखि आÇना जन्मदिन यसै गरी मनाउने प्रण गर्दछन् । यसरी यसमा दु्रत गतिमा भित्रिइरहेको पाश्चात्य संस्कृतिका विरुद्ध आÇनै संस्कृति अनुसार बत्ती निभाएर होइन, बालेर जन्मदिन मनाउनु पर्ने विचार प्रस्तुत गरिएको छ ।
सोरौँ तथा अन्तिम कथा ‘कति राम्रा पुतली’ हो । यसमा बनभोज, यसको महŒव र फूल टिप्न नहुने सन्देश दिइएको छ । नर्सरी कक्षाका साना विद्यार्थीहरूलाई लिएर गुरुमा गोदावरीमा पुग्छिन् । बालबालिकाहरू खाने, खेल्ने, रमाउने गर्दछन् । गोदावरीको जड्डलमा खोल्सोमा सानो पुल र फूलबारीमा फूल देखेर बालबालिकाहरू रमाउँछन् । फूलबारीमा एउटा बोर्डमा ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ, नच्यात्नु फूल नानी हो ¤ दया र धर्म भाग्दछ । लेखेको देखेर बच्चाहरू त्यसको अर्थ सोध्दछन् गुरुमा त्यसको अर्थ बताउँछिन् । फूलबारीमा पुतली देखेर बालबालिकाहरू पुतलीका पछिपछि दौडन्छन् । यसरी यस कथामा ससाना बालबालिकाको व्यक्तित्व विकासमा पिकनिक÷बनभोजको महŒवलाई देखाइएको छ । यसै क्रममा यस कथामा काठमाडौंँस्थित गोदावरीको परिचय पनि गराइएको छ ।
यसरी हेर्दा यी बालकथा बालोचित छन् । बालबालिकालाई ध्यानमा राखेर लेखिएका यी बालकथामा अल्छी हुन नहुने, फट्याइँ सधैँ नटेक्ने, बालबालिकालाई बालपुस्तकालय लैजानुपर्ने र बालपुस्तक किनिदिनु पर्ने, आउजाउ गरे मित्रता बढ्ने, बालबालिकाहरू सिर्जनात्मक हुने, समाजको सेवा गर्नुपर्ने, गरिबका छोराछोरीले पनि पढ्न पाउनुपर्ने, समस्याको समाधानका लागि आपसी छलफल र परामर्श गरिरहनुपर्ने, अरूलाई दुख दिनेलाई कसैले सहयोग नगर्ने हुँदा सहयोगी हुनुपर्ने, चकचके र ढिपीवाल हुन नहुने, नियम र अनुशासनमा रहनुपर्ने जस्ता कथ्यविषय र सन्देश प्रस्तुत गरिएको छ । यहाँ अन्धविश्वास र अन्धपरम्पराको विरोध छ, तर आÇनो संस्कृतिप्रति निष्ठा र प्रेम प्रकट गरिएको छ । दुष्ट, फटाहा र लुच्चाको विरोध छ, सज्जन र कर्मठलाई साथ र सहयोग हुने देखाइएको छ ।
बालपात्र हुँदा बालकथा झनै प्रभावकारी हुन्छन् । यसले बालबालिकालाई बिस्वासिलो र रमाइलो हुन्छ । यी हरेक कथामा बालपात्रहरू छन् । ‘अर्सुको बिरालो’मा अर्सु ‘साधु बाघ’मा सन्देश, ‘बालपुस्तकालय जाउँ है ¤’ मा मनु, ‘ठुलो बाबाले साँच्चिकै गाडी किनिदिनुहुन्छ’मा सुमित, ‘मुसी र खरायोको कथा भन्नु न बाबा ¤’मा अनुभव, ‘म त वैज्ञानिक पो हुन्छु’मा शालीन, ‘असल बन’मा स्मृति, ‘मित्रता’मा समिर, ‘रमेशलाई विद्यालय पठाउनु न आमा ¤’मा सुविज्ञा र रमेश, चिडियाखानाको बाँदर’मा छोरो, ‘भालेको देश भ्रमण’ सौरभ र स्मारिका, ‘फुच्ची भँगेरी’मा सुस्मिता, ‘चुलबुले खरायो’मा साम्दे, ‘राँकेभूत’मा विज्ञान र विशाखा’, रेश्माको जन्मदिन’मा रेश्मा र उसका साथीहरू, ‘कति राम्रा पुतली ¤’मा संयोग र उसका साथीहरू बालपात्रका रूपमा आएका छन् भने कतिपय कथामा परिधीय रूपमा मात्र उपस्थित भएका छन् । परिधीय रूपमा आएका बालपात्रले आÇना बाआमालाई कथा सुनाउन भन्छन् र कथा सुन्छन् । कुनै कथामा मानवेतर पात्र पनि छन् भने त्यहाँ पनि बच्चा–चल्लाहरू पात्र भएर आएका हुन्छन् ।
यी बालकथामा बालपात्र उभ्याएर मात्र होइन, अन्य तरिकाले पनि बालबालिकालाई माथि पारिएको छ । उदाहरणका लागि ‘रेश्माको जन्मदिन’ कथामा प्रमुख पात्र रेश्मा हो, जो एघारौं वर्षमा प्रवेश गर्दै छ । उसको जन्मदिन मनाउन आमा रन्जुले पश्चिमी तरिकाले तयारी गरेकोमा रेश्माले त्यसलाई अस्वीकार गर्छे र नेपाली संस्कृति र परम्पराबमोजिम जन्मदिन मनाउँछे । यस्तै हरेक मानवीय बालपात्रलाई सामान्य आदरको प्रयोग गरिएको छ । ‘रमेश .... केटा हुन् ।’ पृ.२९ र ‘... छोराले भने ...’ पृ.३१ मा यस्तो भाषिक प्रयोग गरिएको छ । यस्तो प्रयोग अस्वाभाविक लागे पनि यसबाट बालबालिकालाई यथोचित सम्मान दिनुपर्ने मान्यतालाई अघि सारिएको छ ।
बालकथामा चित्रको महŒवपूर्ण भूमिका हुन्छ । चित्रकै माध्यमबाट बालबालिका अक्षर, शब्द र सन्देशसम्म पुग्दछन् । यी बालकथामा पनि चित्र दिइएको छ । चित्रकार उमेशचन्द्र अधिकारी हुन् । पहिलो कथा ‘अर्सुको बिरालो’मा आर्सुको जुन चित्र छ, यसपछिका ‘साधु बाघ’को सन्देश, ‘बाल पुस्तकालय जाउँ है’ को मनु लगायतका सबै कथामा पनि उही चित्र छ । पात्र÷चरित्र फेरिए पछि चित्र पनि फेरिनु पर्ने हे । यस्तै ‘असल बन’ बालकथामा ‘मामू’ (स्त्रीपात्र) छ, तर चित्र पुरुषको छ । पुरुष चित्र वीरेन राजवंशीको सालिक हो कि भनी हेर्दा त्यो पृ.२१ म उभिएको र पृ. २४ मा बसेर कुरा गरिरहेको देखिन्छ । त्यसैले त्यसलाई सालिक भन्न सकिँदैन । यस्ता केही कमजोरी बाहेक बालकथाका लागि बनाइएका यी चित्र उपयुक्त छन् ।
मुख्य कथननकको अघि–पछि र कहीँ मध्यमा पनि परिधीय अतिरिक्त सन्दर्भ÷प्रसड्ड आएकाले बालकथा लम्बिन गएका छन् । बालकथा छोटोछरितो हुनु वाञ्छनीय छ । अनावश्यक वर्णन र विस्तारले बालकथा लम्बिने मात्र होइन, बोझिलो र बेस्वादिलो हुने सम्भावना रहन्छ ।
बालकथाको शीर्षक छोटोछरितो र अर्थयुक्त, विषयवस्तु र सन्देशको वाहक हुनु पर्छ । यस दृष्टिले अधिकांश शीर्षक छोटाछरिता भए पनि ‘ठुलो बाबाले साँच्चिकै गाडी किनिदिनु हुन्छ’, ‘मुसी र खरायोको कथा भन्नु न बाबा ¤’ र ‘रमेशलाई विद्यालय पठाउनु न आमा ।’ जस्ता शीर्षक आवश्यकता भन्दा लामा रहेका छन् । यिनलाई छोट्याउन सकिथ्यो ।
यी बालकथाहरू बालबालिकाका लागि पठनीय र मनोरञ्जक रहेका छन् । केही बालकथा सन्देशमूलक र विचारोत्तेजक पनि छन् । भाषा सरल र प्रवाहशील छ । कताकति लामालामा वाक्य पनि छन् । कतिपय ठाउँमा शब्दहरू गरुङ्गा छन् । बालकथाका लेखकले यसबाट बच्नु पर्ने हुन्छ । कतिपय कथाहरू वर्णनात्मक र मनोरञ्जक छन् भने अधिकांश सन्देशमूलक छन् । यहाँ बालपात्रलाई उभ्याएर उसकै आग्रह र अनुनयमा बाआमाले कथा हालेका छन् । यसले गर्दा कतिपय कथामा अनावश्यक विस्तार हुन गएको छ । बालकथामा विस्तार होइन, सङ्क्षेप पद्धति उपयुक्त मानिन्छ । यसमा पनि बालकथाका लेखकको ध्यन जानु जरुरी छ । लेखकलाई बालबालिकाको भविष्यप्रति चिन्ता र चासो छ । त्यसैले यहाँ आचरण र चरित्र सुधार, सामाजिक सुधार, देशप्रेम, अनुशासन, स्वसंस्कृति संरक्षण र परिपालन, नवीन मूल्यमान्यताको अनुसरणको सन्देश दिएर भविष्यका असल संस्कृतिनिष्ठ आदर्श नागरिक निर्माण गर्ने प्रयत्न गरेका छन् । अतः यी बालकथाबाट बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सघाउ पुग्ने देखिन्छ । यी बालकथाहरूलाई केलाएपछि अच्युत घिमिरेको बालकथाकारिताको आकलन निम्नअनुसार गर्न सकिन्छ ः
(क) अच्युत घिमिरे बालबालिकालाई ध्यानमा राखी बालकथाहरू लेख्ने जिम्मेवार स्रष्टा हुन् ।
(ख) उनका बालकथाहरू सामान्यतया छोटाछरिता छन् ।
(ग) यी बालकथाहरू ९–१२ आयुवर्गका बालबालिकाका लागि लक्ष्यित छन् । यी बालकथा यस आयुवर्गका पाठकहरूका निम्ति सहज बोध्य र उपयुक्त देखिन्छन् ।
(घ) अच्युत घिमिरे खास मनोवैज्ञानिक, सामाजिक र पारिवारिक समस्यालाई उठाई बालकथाहरू लेख्न थाल्दछन् र त्यसलाई फैलाउँदै लगेर अन्तमा एउटा ठोस समाधान दिई बालकथा टुङ्ग्याउँछन् ।
(ङ) उनका बालकथाले बालबालिकालाई मनोरञ्जन र शिक्षा सँगसँगै प्रदान गर्दछन् ।
(च) यी बालकथामा बालपात्र उभ्याई तिनका लागि आदरार्थी प्र्रयोग गरी बालबालिकालाई सम्मान दिनुपर्ने मान्यतालाई अघि सारेको छन् ।
(छ) उनका बालकथाले आचरण र चरित्र सुधार, सामाजिक सुधार, देशप्रेम, अनुशासन, संस्कृति संरक्षण र परिपालन, नवीन मूल्यमान्यताको अनुसरणको सन्देश दिएर भविष्यका असल–देशभक्त संस्कृतिनिष्ठ आदर्श नागरिक निर्माण गर्ने प्रयत्न गरेका छन् ।
(ज) उनका बालकथाको भाषा सरल र प्रवाहशील छ । कतिपय ठाउँमा लामा वाक्य र गरुङ्गा शब्दहरू भए पनि भाषाशैली सजिलो र रसिलो छ ।
(झ) उनका अधिकांश बालकथाको शैली वर्णनात्मक छ ।
(ञ) यी बालकथामा यथार्थ र आदर्शलाई संश्लेषण गर्दै मौलिक कल्पनालाई सुन्दर ढड्डले प्रस्तुत गरेका छन् ।
(ट) यी बालकथामा विविध मानवीय संवेदना र मनोभावहरू प्रस्तुत गरेका छन् ।
समग्रमा भन्नु पर्दा बालकथाकार घिमिरे एक जिम्मेवार स्रष्टाका रूपमा देखापरेका छन् । सरल भाषामा रचिएका उनका बालकथाहरू बालबालिकाका लागि पठनीय, सन्देशमूलक, विचारोत्तेजक र मनोरञ्जक पनि छन् । अधिकांश बालकथामा बालपात्रलाई उभ्याएर उसकै आग्रह र अनुनयमा बाआमाले कथा कथन गरेको देखाइएको छ । लेखकले आचरण र चरित्र सुधार, सामाजिक सुधार, देशप्रेम, अनुशासन, स्वसंस्कृति संरक्षण र परिपालन, नवीन मूल्यमान्यताको अनुसरणको सन्देश दिएर भविष्यका असल संस्कृतिनिष्ठ आदर्श नागरिक निर्माण गर्ने प्रयत्न गरेका छन् । अतः यी बालकथाले बालकथाकार घिमिरेको उज्ज्वल भविष्य देखाउँछन् । भालेको देश भ्रमण नेपाली बालकथाका फाँटमा थप नयाँ आयाम बनेर रहने देखिन्छ ।

भैरहवा

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 जेठ, 2071

लेखकका अन्य रचनाहरु