यमपुरीको महल उपन्यासको डायस्पोरिक विश्लेषण

- डा. कपिलदेव लामिछाने

१. विषयप्रवेश
म्याग्दी जिल्लाको ताकम– ३, जफदीमा २००४ साल पुस १४ मा जन्मेका होमनाथ सुवेदी एक चर्चित डायस्पोरिक उपन्यासकार हुन् । ‘अविवेक’ शीर्षकको कथाबाट साहित्यमा प्रवेश गरेका सुवेदीले कथा, उपन्यास, कविता, समालोचना, गजल आदि विधामा कलम चलाएका छन् । उनका न्याउली (२०४३), रत्ना (२०४३), त्रिमूर्ति (२०४४), नजर (२०४४), वीणा (२०४५), द्यौराली (२०५१), अङ्कुर (२०५३) र यमपुरीको महल (२०६४) जस्ता आठवटा उपन्यास प्रकाशित छन् । उनको आठौँ उपन्यास यमपुरीको महल नै पहिलो डायस्पोरिक नेपाली उपन्यास मानिएको छ । यसमा कामको खोजीमा विदेश पुगेका नेपालीले भोगेका दुख, एक्लोपन र अनिश्चितता र आफन्तसँग बिछोडिनुको गहिरो पीडा र सन्त्रासको अभिव्यक्ति छ । ग्रिसेली भाषाबाट आएको ‘डायस्पोरा’ अङ्ग्रेजी शब्द हो । प्राचीन कालमा प्यालेस्टाइनमा चालीस वर्षको कैद जीवन बिताएर छुटेका र चारैतिर छरिएका यहुदीहरूलाई बुझाउने डायस्पोरा शब्दले यता आएर कुनै एक जाति, संस्कृति र भाषा भएका व्यक्ति रहर र बाध्यता आदि कारण र परिस्थितिबाट भिन्न भाषा र संस्कृति भएको स्थानमा गएर बसेको समुदायलाई बुझाउँछ । डायस्पोरा परदेशमा निर्मित एउटा भावनात्मक एकताको सानो अदृश्य देश भएकाले उनीहरू त्यहाँ रहेर आÇनो देश, जाति, संस्कृति र पुर्खाको आधार उखेलिएको विगत वा आÇनो अतीतको स्मरण गर्दछन् । उनीहरूलाई एक प्रकारको भय, ऐकान्तिकता, द्वैध मानसिकता, अपरिचयता, परित्यक्त भाव, विच्छिन्नता जस्ता मनोभावले गाँजेको हुन्छ र उनीहरू आफूलाई असुरक्षित महसुस गर्दछन् । डायस्पोरिक साहित्यले तिनै डायस्पोराहरूको मानसिक उतार–चढाव, सङ्घर्ष र बाध्यताको चित्रण गर्दछ । डायस्पोरिक साहित्यका पात्रमा पाइने लुसोपना, अन्योल, मनोविकार, विकृति, भय, एक्लोपनको दवाव र घरको सम्झना डायस्पोरिक साहित्यका विशेषता हुन् भने पुख्र्यौली भूमि र इच्छित भूमि, विभाजित मानसिकता, अल्पसङ्ख्यक तथा सीमान्तीकृत हुनुको रोमाञ्च र चिन्ता, अस्तित्वबोधका लागि एकतासूत्रको खोजी, अतीतको मोह, ऐकान्तिकताको चिन्तन, संस्कृति भञ्जनको पीडा, अभिघातको अभिव्यक्ति आदि डायस्पोरिक रचना विश्लेषणका आधार हुन् । यहाँ यिनै आधारमा यमपुरीको महल उपन्यासको विश्लेषण गरिएको छ ।
२. पुख्र्यौली भूमि र इच्छित भूमि
यमपुरीको महल उपन्यास नेपाल र अमेरिका दुई भिन्न भूमिको पृष्ठभूमिमा खडा भएको छ । प्रेमको पुख्र्यौली भूमि नेपालको म्याग्दी जिल्लाको राखु गाउँ हो (पृ.१८)। राखु तीनमाने, मल्लाज र जाम्रुकको बीचमा अवस्थित ग्रामीण भूभाग हो । यस ठाउँको उल्लेख उपन्यासमा ठाउँठाउँमा भएको छ । यस्तै नेपाल (पृ.५), काठमाडौैँ (पृ.१२), नागार्जुन (पृ.१३), कार्किनेटा (पृ.१६), बेनी (पृ.१८), गलेश्वर (पृ.३०), पशुपतिको मन्दिर (पृ.५२), पोखरा (पृ.५२), धरान (पृ.५२), बानेश्वर (पृ.५७), न्युरोड (पृ.६६), वीरगञ्ज (पृ.८५), राहुघाट (पृ.९९), धौलागिरि (पृ.१००), बाग्मतीको किनार, आर्यघाट (पृ.१३०) आदि नेपालका अन्य स्थानहरू पनि ठाउँठाउँमा आएका छन् ।
उपन्यासको नायक प्रेम हो । उसलले बी.एड. पास गरेको छ र आÇनै गाउँमा माध्यमिक विद्यालयमा पढाउँछ । लक्ष्मीप्रिया श्रीमती, विप्लव, शिव र सुन्दर तीन छोराहरू र शान्ति र कान्ति दुई छोरीहरू गरी उसको सातजनाको परिवार छ । शैक्षिक हडतालमा लागेकोले उसको शिक्षण पेसा खोसिएपछि उसलाई परिवारको पालन–पोषण गर्न धौधौ पर्छ । भएको जागिर खोसिएका कारण उसलाई गाउँले एवम् परिवारले हेर्ने दृष्टिकोणमा समेत फरक भएको प्रेमलाई अनुभूति हुन्छ (पृ.२) । एघार वर्ष पहिले अमेरिकाबाट नेपाल फर्किँदा एक पाकिस्तानीले टुरिस्ट भिसाको लागि स्पोन्सर पठाउँछु भनेको भए पनि भिसा नआएकोले प्रेम चिन्तित छ । जापान, अरब कतैको पनि भिसा नआएकोले उसलाई समाजमा कसरी स्थापित हुने भन्ने चिन्ता रहेको छ । ऊ समाजलाई देखाउनकै लागि भए पनि केही गर्न चाहन्छ, तर केही गर्न नसकेकोमा उसलाई तुच्छताको अनुभूति हुन्छ ः म भुस्याहा कुकुर सुस्तरी भुक्नसम्म सक्तिनँ ¤ मेरो आत्मामा यौटा शीतयुद्ध उधुम मचाइरहेको थियो । (पृ.४)
गाउँले र श्रीमती समेतले उसलाई पशु जत्तिको पनि नगन्दा ऊ भित्रभित्रै आन्दोलित छ भने मदनबहादुर जस्ताले उसलाई हुतिहारामा गन्दा व्यथित बनेको छ । गाउँलेहरूको फलानाले यस्तो ग¥यो फलानाले उस्तो ग¥यो भन्ने सुन्दा ऊ आफूलाई समाजमा एक मुर्दा बराबर रहेको अनुभव गर्छ । मदनबहादुरले तेरै साथी दाँवली दिलीपले काठमाडौँमा घर बनाइसक्यो ¤ खोइ के गरिस् तैँले ? तँ त अगतिलो रहिछस् (पृ.१७) भन्ने वचनले ऊ अझ व्याकुल बन्न पुग्दछ । कैयौँ कटुवचन, साथीहरूको उन्नति र गाउँलेको घोचपेच सहनु पर्दा प्रेम पैसा कमाएर केही गरेर देखाउने अठोट गरी विदेश जान तयार हुन्छ । पैसा कमाएर समाज, नातागोता, इष्टमित्रलाई देखाउनै भए पनि एउटा महल काठमाडौँमा बनाउने सपना लिएको प्रेमले आÇनै आँगनमा पल्टिएको बेला दिवास्वप्नमा अमेरिका पुगेको देख्दछ । ऊ विपनामा पुख्र्यौली भूमि नेपालको राखुमा र सपनामा इच्छित भूमि अमेरिका पुगेको छ । (पृ.५)
डलरको देश अमेरिकामा ठूलाठूला महल, सफा बाटो र कारमा चढेर घुम्न पाइन्छ । घन्टाको हिसाबले जति धेरै काम गर्न सक्यो त्यति धेरै पैसा कमाइन्छ । वैभवशाली देश अमेरिकामा काम र मामका लागि सङ्घर्ष गर्नु पर्दैन । यस्तै सुन्दर सपना बोकेको प्रेम सपनामै अमेरिका पुग्दछ । यसर्थ प्रेमको इच्छित भूमि अमेरिका हो । यहाँ अमेरिकाका लुरेक्याभर्न (पृ.९), आलिङ्गटन सिमेन्टरीको बगैँचा (पृ.११), पानअम (पृ.१०), स्काइल्याण्ड ड्राइभ (पृ.१२), सान्दाह उपत्यका (पृ.१२), वासिङ्गटन डिसी (पृ.१३), वलस्टिन मेट्रो स्टेसन (पृ.१३), सिक्टी सिक्स हाइवे (पृ.१३), सिल्वर स्प्रिङ मेट्रो स्टेसन (पृ.१६), मेट्रो डिसी (पृ.१६), न्युक्यारोल्टन (पृ.१९), ग्लिवरोड (पृ.३४), पोटोम्याक नदी (पृ.५१) आदि विभिन्न स्थानको उल्लेख भएको छ ।
अमेरिकामा विभिन्न मनोरम स्थल र गगनचुम्बी भवनहरू छन् । अमेरिका जो कोहीका लागि स्वप्निल देश हो । नेपाल र अमेरिकामा आकाश पातालको फरक छ । प्रेम यस्तै मनोरम सपना र डलरको प्रलोभनमा परी अमेरिका पुगेको छ । अवैध रूपमा लुकेर काम गर्नुपर्दा प्रेमले ज्यादै कष्टकर जीवन बिताएको छ । उसले अमेरिकाका विभिन्न स्थलहरूलाई कहिले स्वर्ग त कहिले नरक भनेको छ । जस्तै ः
ड्ड वासिङ्गटन जस्तो यमपुरीमा पनि पोटोम्याक जस्ती पवित्र गङ्गाको धारसार प्रवाह छचल्किएको देखेर एक पटक मेरो आँखाबाट आँसु झर्छ, पुच्छु अनि हेर्छु, छाम्छु । (पृ.५१)
ड्ड यसो सोच्दा यौटा यमपुरीको महल त त्यही अस्पताल नै थियो । अर्को नरकको दुर्गन्धमा डुबेको स्वयम् म थिएँ । (पृ.१२७)
प्रेमले अमेरिकालाई स्वर्ग र नेपालकोे राखुलाई नरक भनेको छ । स्वर्गमा कमाएर नरकमा सुखभोग गर्ने लालसाले नै प्रेमलाई पुख्र्यौली भूमि नेपाल छाडेर इच्छित भूमि अमेरिकामा अवैध कामदारका रूपमै भए पनि बस्न मन लागेको हो । जन्मभूमिका घोचपेच र आर्थिक समस्याले अमेरिकामा प्रवासिएको प्रेमले त्यहाँ पनि अनेकौँ दुखकष्टको सामना गर्नु परेको छ । कामको लागि भोक र प्यास सहेर बाँच्नु परेको छ । कैयौँ रात खुला आकाशमुनि सुत्नु परेको छ । अवैध रूपमा रहेकाले प्रहरीहरूबाट डराउँदै भाग्नु परेको छ । प्रहरीहरूले समातेर नेपाल पठाइदिन्छन् कि भनेर ऊ अँध्यारो कुनामा लुक्ने प्रयास गरेको छ (पृ.२०) ।
प्रेम मृतप्रायः भएर पनि इच्छित भूमि अमेरिकामै बस्न चाहन्छ । अमेरिकामा लुकेर बस्नु पर्दा उसलाई मातृद्रोही भएको महसुस भएको छ (पृ.१०) । ऊ फाटेको कपडा खाली खुट्टा, हिमपात सही कठ्याङ्ग्रिएर बाँचेको छ । उसलाई साथ दिने कोही आफन्त छैनन् । यस अवस्थामा ऊ नितान्त एक्लो भएको महसुस गर्दछ (पृ.७२) । उसले पुख्र्यौली भूमिका घोचपेचबाट आजित भएर अमेरिका जस्तो विकसित र डलरको देशलाई इच्छित भूमि चयन गरेको हो । अमेरिका जस्तो वैभवशाली देशमा पुगेर पनि प्रेमले कामको लागि अनेक सङ्घर्ष गर्नु परेको छ । भोकले व्यथित बनेका बेलामा ऊ गाईको मासु र आÇनै मांसपिण्ड समेत खान तयार भएको छ । यसै क्रममा हटडग र मिकलब बियर चोरेर भाग्न खोज्दा ढोकामा टाउको ठोकिई उसले खानेकुरा गुमाउनु परेको छ । यसबाट ऊ अत्यन्तै दुखी बनेको छ । (पृ.२२) ऊ कैयौँ दिनरात अमेरिकाको भूमिगत रेलभित्र निराहार बसेको छ । वासिङ्गटन डिसीको रेल वे स्टेसनको फुटपाथको खम्बामा ठोकिएकी हीरालाई उठाए बापत उसले पाँच डलर बक्सिस (टिप) पाउँछ । त्यस पाँच डलरले प्रेममा उद्दाम साहस जागृत हुन पुगेको छ । उसले त्यस पैसाबाट घर बनाउने, व्यापार गर्ने, परिवार बोलाउने योजना बनाउन पुग्छ, तर एक छाक खान नपुग्ने पैसाले योजना बनाउनु व्यर्थ ठानी उसले सेलमा सो रकमबाट बेल्चा किनी हिउँ फाल्ने काम खोज्दा उसलाई कसैले पत्याएन र काम पनि पाएन । (पृ.२६)
कामका लागि भौँतारिदा प्रेमले अमेरिकालीबाट ठगिनु परेको छ भने उचित पारिश्रमिक नपाउँदा कुण्ठित बन्नु परेको छ । जति कुण्ठित भए पनि उसले प्रयास छाडेको छैन । कामकै सिलसिलामा प्रेमले हीराको घर अगाडिको हिउँ फाले बापत दस डलर पाउँछ । भरत र हीराको सहयोगमा बस्न बेसमेन्ट र काम गर्न सेभेन एलेभन स्टोर पाउँछ र ऊ केही उत्साहित हुन्छ । अमेरिकामा पसेको ८ वर्षपछि बल्ल उसले बस्ने बास र भूमिगत जागिर पाउँछ । प्रेम अवैध रूपमा अमेरिकामा बसेका कारण ऊ भूमिगत जागिर खान बाध्य छ, अन्य कर्मचारीबाट हेपिएको छ भने हीराका निम्ति यौनमनोरञ्जनको साधन समेत बनेको छ । ऊ हरेक दिन जो कोहीबाट हेपिएको छ । (पृ.४५)
हीराको डम, इडियट, सिल्ली, फुलिस, डमी जस्ता तुच्छ शब्दलाई हाँसीहाँसी पचाएको प्रेमले ईश्वरीको ‘डम’ शब्द सहन नसकी जाइलाग्दा सेभेन एलेभन स्टोरबाट रेस्टुरेन्टमा सर्नु परेको छ । रेस्टुरेन्टमा भाँडा माज्ने, मप गर्ने, ट्यास उठाउने काममा ज्यादै परिश्रम गर्नु पर्दा उसले पूर्णतः दमित प्राणी भएको अनुभूति गरेको छ । जस्तै ः
बिहान आठ बजे रेस्टुरेन्टमा पुगेर बेलुकी ११ बजेसम्म निरन्तर काम, मेरा हातमा औँला छियाछिया थिए ¤ दुईतीन तला छालाका तह खुइलिएर पलाएर पनि खुइलिइसकेका थिए । म पूर्णतः दबाइएको प्राणी थिएँ । (पृ.४६)
इमान्दारीपूर्वक दिनको पन्ध्र घन्टा काम गर्दा पनि उचित पारिश्रमिक नपाउँदा प्रेम दुखी बनेको छ । भरतले ओ.टी. समेत सित्तैमा गराउँदा उसको धैर्यको बाँध टुटेको छ । उल्टै भरतले केही नचाहिने संन्यासीको संज्ञा दिँदा उसको कन्सिरीका रौँ तातेका छन्, तर ऊ भरत विरुद्ध केही बोल्न र केही गर्न सक्दैन । प्रेम एउटा महल काठमाडौँमा बनाउन चाहन्छ, तसर्थ ऊ कष्टकर जीवन व्यतीत गर्न समेत तयार छ । उसको पारिश्रमिक अङ्ग्रेजहरूले लुट्दा ऊ पीडित बनेको छ । (पृ.५२–५३)
प्रेमलाई अमेरिकालीको छत्रछायामा बस्न मन छैन, तर पनि ऊ बाध्य छ । किनकि प्रेमलाई एउटा घर नेपालमा बनाउने इच्छाले गाँजेको छ । ऊ एकातिर आफूलाई पूर्णतः अङ्ग्रेजहरूको परवश, दास, जड भएको अनुभव गर्दछ भने अर्कोतिर सम्पूर्ण शान्ति समाप्त भएको आभास पनि गर्दछ । यसर्थ ऊ मानसिक रूपमा आन्दोलित छ । जस्तै ः
यौटा तुमुल युद्ध मेरै अन्तरतम मस्तिष्कमा खैलाबैला मच्चाइरहेछ । मलाई ध्वस्त गरिरहेछ । यौटा सानो घर बनाउने इच्छाले मेरो सम्पूर्ण धरतीलाई डगमगाइरहेछ । (पृ.६५)
प्रेम पुख्र्यौली भूमि नेपाल र इच्छित भूमि अमेरिकामा विभाजित भएर बाँचेको छ । डायस्पोरिक पात्रहरू दुई डुड्डामा खुट्टा राखेर बाँचेका हुन्छन् । उनीहरूको जीवन निर्वाह इच्छित भूमिमा भए तापनि ममता भने पुख्र्यौली भूमिमै रहेको हुन्छ । यमपुरीको महल उपन्यासको डायस्पोरिक पात्र प्रेम पुख्र्यौली भूमि नेपालबाट विच्छिन्न भएको छ भने इच्छित भूमि अमेरिकामा जोडिन सकेको पनि छैन । ऊ द्वैध भूमिमा खुट्टा राखेर बाँचेको छ । एक उदाहरण ः
मेरो टाँग कति लामो होला, यौटा पाउ स्वर्गमा छ यौटा पाउ नरकमा । मेरो कति विशालकाय होला, यौटा कुम पूर्वमा छ अर्को पश्चिममा ¤ मेरो कति महान् उचाइ होला जल र थललाई टाँगमुनि पुरी शिरले गगन छोइरहेछ ¤ म कति ठूलो हुँला, म स्वयम् मैलाई अवलोकन गर्न चाहन्छु । (पृ.६६)
यसरी यस उपन्यासमा पुख्र्यौली भूमि नेपाल र इच्छित भूमि अमेरिकाको व्यापक चित्रण पाइन्छ । प्रेमले विभिन्न बाध्यता, पीडा र आवश्यकताको परिपूर्ति गर्ने अभिलाषामा सङ्कटपूर्ण डायस्पोरिक जीवन व्यतीत गरेको छ । पुख्र्यौली भूमि छाडेर इच्छित भूमिमा जानुपर्ने बाध्यताका पछाडि आफन्त र छिमेकीको घोचपेच, पारिवारिक दायित्व, सामाजिक प्रतिष्ठा र बेरोजगारीको समस्या प्रमुख रहेका छन् । यी समस्या समाधान गर्न ऊ इच्छित भूमि अमेरिका पुगेको हो । अमेरिकामा उसले विभिन्न पीडाहरूका बीचमा आफूलाई जीवित राख्ने प्रयास गरेको देखिन्छ ।
३. विभाजित मानसिकता
पुख्र्यौली भूमि छाडी इच्छित भूमिमा बस्ने मानिसहरू विभाजित मानसिकता लिएर बाँचेका हुन्छन् । भौतिक वा बाह्य रूपबाट जति सान देखिए पनि र पुख्र्यौली भूमिमा जति प्रशंसित भए पनि उनीहरू भित्र–भित्रै असन्तुष्ट रहन्छन् । यस उपन्यासमा प्रेमको विभाजित मानसिकतालाई केलाउने काम गरिएको छ । ऊ मानसिक रूपले निर्वासित छ । उसको मानसिकता नेपाल र अमेरिका दुई स्थानमा विभाजित छ । उसको मानसिकता यथार्थ र अयथार्थ, हो र होइनमा विभाजित छ । ऊ आÇना बाबुआमा, श्रीमती, छोराछोरी, साथीसँगाती र आÇनो प्यारो पुख्र्यौली भूमिलाई छाडेर प्रवासिएको छ । मुटुभरि नेपाल र नेपालीको माया भए पनि ऊ अमेरिका जस्तो विशाल भूमिमा बाँच्न बाध्य छ । ऊ एक प्रकारको कारागारमा दुखद जीवन बिताइरहेको छ । अमेरिकामा अवैध रूपले बस्दा उसलाई अपरिचयताको भावले छोप्दै गएको छ । ऊ आफूलाई नितान्त एक्लो महसुस गर्दछ र हरक्षण मनोद्वन्द्वमा रहन्छ । ऊ द्वैध मानसिकताबाट ग्रसित छ । ऊ विभाजित मानसिकताका कारण विभ्रान्त अवस्थामा छ । जस्तै ः
ड्ड मलाई ती कोपिला सुन्दर लागे । तिनमा शान्ति र कान्ति देखेँ, विप्लव थिएन । लक्ष्मीप्रियामा न हर्ष थियो न विषाद ¤ सायद उनले मलाई चिन्दै चिनिनन् । (पृ.२३)
ड्ड मैले नगरे कसले गर्छ यस्तो काम ¤ साना कामहरूलाई काम नगन्ने मेरो संस्कारगत कुविचारको फल मैले यहीँ बेहोर्नु पर्छ । म जति पटक हिउँ फाल्थेँ, उत्ति पटक म प्रायश्चित गरेको अनुभव गर्थें । गर् तँ अझै काम ¤ मरे हुन्छ तैंले ? हिउँको ठूलो रास बाहिर थुपार्दा मेरो शरीरमा पसिनाको खोलो बगेको थियो । त्यो ठन्डी थिएन । अपराधको सजाय पाएकोमा म खुसी नै थिएँ । (पृ.२७)
ड्ड हिउँको थुप्रो हेरेर मलाई लाग्थ्यो अचम्म । गलेश्वरको हाम्रो खेतको धान भिœयाउँदाको दिन आँगनमा चालीस मुरी धानको रास लगाए जस्तो लाग्यो । हेर्दाहेर्दै देखेँ– त्यो देखेँ, ‘यो माछापुच्छ«े नै हो ।’ चालीस मुरी धानको राशि पनि तर सात भाइ बुवाले अंशबन्डा गर्दा एकजनालाई छ मुरी धानको खेत पनि आएन । (पृ.३०–३१)
अमेरिका जस्तो वैभवशाली मुलुकमा पुग्दा पनि प्रेमले सुख, शान्ति प्राप्त गर्न सकेको छैन । काम नपाउँदा प्रेम अमेरिकालाई गरिबीले भरिएको नरक ठान्न पुग्दछ । ऊ न नेपालमा सुखी र खुसी थियो न अमेरिकामा गएर नै सुखी रहन सकेको छ । उसले आÇनो जीवन दुवै भूमिमा दुष्कर रहेको ठान्दछ । ऊ हरपल विभाजित मानसिकताबाट ग्रसित रहन्छ । न त ऊ अमेरिकाबाट फर्कन चाहन्छ न नेपाललाई नै भुल्न सक्छ । ऊ मनोद्वन्द्वबाट अगाडि बढ्न सक्दैन । ऊ नेपालको बुकीमा नुनको भारी बोकेर हिँड्नु र अमेरिकामा हिउँ फाल्ने काम उस्तै ठान्दछ । अमेरिका जस्तो स्वप्निल सहरमा हिउँ फाल्ने जस्तो कष्टकर काम गर्नु पर्दा ऊ अत्यन्त दुखी बनेको छ भने नाता–गोता, इष्टमित्र, समाजलाई देखाउन काठमाडौँमा एउटा महल बनाउने इच्छाले चिन्तित छ । यस्तो अवस्थामा उसको मानसिकता विभाजित रहेको छ । ऊ परिवारप्रति यति आसक्त छ कि ऊ प्रहरीको आकृतिमा आÇनो परिवारको आकृति देख्न पुग्छ । जस्तै ः
ड्ड म निर्निमेष प्रहरीलाई हेरिरहेको थिएँ । हेर्दाहेर्दै लक्ष्मीप्रियाको आकृति देखियो । प्रहरी मलाई छडी लगाउन आएका थिए, तर उनै कसरी लक्ष्मीप्रिया बनिन् ? उनले मलाई देखेर बरर आँसु खसालिन् । पाँचवटा छोराछोरी उनकै वरिपरि थिए । सबै मलाई देखेर तर्सिएका थिए । मैले भने नडाराउ म छु, नतर्स म माया गर्छु तिमीहरूलाई ¤ गाडी चलिरहेको थियो । (पृ.२८)
ड्ड गतिलो र अगतिलोको मूल्याड्ढन के सहरमा गई घर बनाउन सक्नु वा नसक्नु मापदण्डबाट गरिन्छ र ? उच्च स्वरले भन्दै जुरुक्क उठेर मदनबहादुको गालामा झड्याम्म हानेँ । यो त पाँच सात वर्षअघि नै दुर्घटित भइसकेको थियो, तर त्यस बेला मेरो हातको मुड्की मेट्रोको भित्तामा बज्रियो । (पृ.१७)
ड्ड सदा आलोचना मात्र सुन्नु पर्छ । म हराउन पनि सकिनँ, बौलाउन सकिनँ, न मैले केही गरी लक्ष्मीप्रिया र मेरा पञ्चपरमेश्वरलाई यहाँ ल्याउनै सकेँ । (पृ.४७)
प्रेम आÇनो परिवारसँग भिन्न बस्नु परेकोमा चिन्तित छ । ऊ परिवारलाई अमेरिका ल्याउन चाहन्छ, तर परिवारलाई त्यहाँ ल्याउन अझै दस दशक प्रवासिनु पर्ने वाध्यता छ । उसलाई बाबुआमाको मुख हेर्ने तीव्र इच्छा छ र पैसा कमाएर छोरालाई अमेरिकामा ल्याउने चाहना पनि छ । यी इच्छा र चाहना तथा देशप्रेमले गर्दा प्रेमको मानसिकता विभाजित छ । जस्तै ः
ड्ड कुन हो बाटो सही ? म चौरासी पुगेका बाबुआमाको मुख हेर्न जाऊँ वा यहाँ पैसाको मुख हेर्न बसूँ । पैसोको पनि के दोष ? पैसोले मेरा सन्ततिको शक्तिलाई, सन्ततिपनलाई स्वयम्मा बोकेको छ । (पृ. ६४)
ड्ड कुन सत्य हो ? स्वर्ग वा नरक ? अमेरिका वा नेपाल ? प्राचीन वा आधुनिक ? चीन वा भारत ? जीवन वा मृत्यु ? मत्र्यमै छु म द्वन्द्वमै । पुगेर स्वर्गमा पनि म छु बाँचेको केवल नरकमै । (पृ.८२)
प्रेमले अमेरिकालाई आत्मीय ठान्न सकेको छैन र ऊ बारम्बार पुख्र्यौली भूमि र परिवारको कल्पनामा हराउँछ । समय पाउनासाथ एकालापमा हराउँछ, श्रीमती, छोराछोरी बुवाआमाप्रति आशक्त देखिन्छ । एकालापमा प्रेम हरक्षण हराउनु विभाजित मानसिकताको उपज हो । ऊ हीरा जस्ती प्रेमिकालाई चटक्क छाड्न पनि सक्दैन भने परिवारको निश्छल प्रेमबाट टाढा हुन पनि चाहँदैन । दुखमा सहयोग गरेको र काम लगाइदिएकोमा प्रेम हीराप्रति भावुक बन्दछ भने लक्ष्मीप्रियाको अतृप्त प्रेमबाट वञ्चित हुनु परेकोमा दुखी देखिन्छ । प्रेम खण्डित जीवनलाई संयोजन गर्न चाहन्छ । जस्तै ः
कसरी गरुँ संयोजन ¤ खण्डित त छँदै छु ¤ मेरा अनन्त समस्याले अझै राखुदेखि डिसीसम्म डलरको कार्पेट ओछ्याउने माग गरिरहेछन् । (पृ.८७)
प्रेम समस्यैसमस्याको भुमरीमा फँसेको छ । अमेरिकामा सञ्चित गरेको पैसाले नेपालमा महल बनाउने उसको इच्छा अधुरै छ । हरेक महिना तलब बुझेर नेपाल पठाउँछ, तर पैसा पाएको नपाएको कुनै खबर नपाउँदा ऊ झन् चिन्तित रहन्छ । प्रेम हरेक महिना पैसा जम्मा गरी नेपाल पठाउन बैंक जान्छ, तर उसको घर बनेको नबनेको केही थाहा नपाउँदा ऊ अझ चिन्तित बन्न थाल्छ र उसले गाडीमा हुइँकिइरहेको बेला नेपालको आÇनो घर खरानी भएको देख्छ । जस्तै ः
मेरा आँखा फरेनड्राÇटमै थिए । यौटा कालो झ्याल देखियो । त्यसमा आगो दन्किएको थियो । भित्ता अँगारले पोतेको, टायलको छानामा घाँस उम्रेको र ढोकामा सँघारहरू भाँचिएर खस्न आँटेको यौटा महल देखियो । अग्निज्वालाभित्रबाट केही बच्चाहरू चिल्लाइरहका थिए । ‘आम्मै ¤’ भन्दै म झस्किएँ, कारले अरू दुईवटा कारलाई गोदिसकेको थियो । (पृ.६०)
प्रेम विभाजित मानसिकताका कारण विभ्रान्त अवस्थामा नेपाल पुग्छ र त्यहाँको परिदृश्यमा रमाउँछ, दुखित हुन्छ । झस्केर हेर्दा आफूलाई गाडीमा, रेस्टुरेन्टमा बेसमेन्टमा पाउँछ । प्रेम नेपालमा घर बनाउने कि अमेरिकामा नै व्यवस्थित हुने भन्ने दुविधामा छ । जस्तै ः
त्यो आयुमा म फेरि नेपाल घर बनाउने र आप्रवासमा नै व्यवस्थित हुने मनोद्वन्द्वमा बेसमेन्टमा सोच्न थालेँ । (पृ.६०)
प्रेम नेपाल हुँदा अमेरिकाको आकर्षक कमाइ र अमेरिकामा गाउँको निश्चल मानवीय सम्बन्धको सम्झनाले द्वैध मानसिकताबाट पीडित छ । अमेरिकामा जति काम गर्दा पनि परिवारको माग पुरा गर्न नसकेको द्वन्द्वमा पनि परेको छ । सन्तानकै लागि अर्काको देशमा त्यत्रो दुख गर्दा सन्तानले उसको पीडा बुझ्न नसकेकोमा उसको चिन्ता अझ बढ्छ । उसलाई लाग्छ परिवार सबै आनन्द प्राप्ति र डलरको पछाडि लागेका छन्, तर उसलाई परिवारले कमाइको यन्त्र मानव ठान्न पुग्दा ऊ अझ प्रताडित रहन्छ । जस्तै ः
मेरा स्वयम् छोरालाई मेरो ज्यानप्रति माया छैन । मेरी बूढी लक्ष्मीप्रिया स्वयम् भोको पेट खोलेर बसेकी छन् । उनको चोली जहाँ जाओस्, उनलाई कुनै परवाह छैन । केवल डलर । केवल यमपुरीको महल । यो जीवनको सुख र आनन्दको प्राप्तिको निमित्त मेरा लागि कोही सहयोगी छैन । (पृ.१२१–१२२)
द्वैध मानसिकताका कारण प्रेम आफूलाई मजदुरीको बाटोमा हिलोमा बाँचेर पनि सोच्न सक्ने मनोरोगी ठान्दछ । ऊ हीराले आफूलाई यौन सन्तुष्टिको माध्यम बनाएकोमा दुखी हुन्छ भने हीरासँगको रतिक्रीडामा लक्ष्मीप्रियाको स्वरूप देख्न पुग्छ । उसलाई हेर्ने दृष्टिकोण र हीरासँग प्रेमको सम्बन्ध के छ भनी प्रेम दुविधामा पर्दछ । हीरासँगको यौन सम्बन्धमा पाइने प्रेम द्वैध मानसिकतामा परेको छ । जस्तै ः
ड्ड म पनि तन, मन र वचनले उनीसितको रतिमा लिप्त भई स्वयम्लाई बिर्सिएको थिएँ । त्यस बेला सेती हीरा थिइनन् । थिइन् लक्ष्मीप्रिया स्वयम् । उनको मुस्कानमा अचानक परिवर्तन देखेँ । उदासीन थिइन् । उनै लक्ष्मीप्रिया । (पृ.११६–११७)
ड्ड मलाई झन्डै उसले कामबाट निकालेन । विवाहित म, हीरासित विवाह भएको थियो, तर अवैध । सम्बन्ध थियो, तर असम्बन्ध ? परिवार थियो, तर छिन्नभिन्न । म छुसी अझै मरेको थिइनँ । (पृ.१२५)
ड्ड जीवनभर मेरो रगत दिएँ हीरालाई, मैले अहिले एक बुँद रगत औषधी पनि पाइनँ । (पृ.१२७)
प्रेम अमेरिकामा घर बनाउन चाहन्छ† व्यवस्थित हुन चाहन्छ† जागिर खान चाहन्छ† ग्रिनकार्ड प्राप्त गर्न चाहन्छ, तर भारतीय मन्दिरको पुजारी बन्न चाहन्न । यहाँ पनि प्रेमको विभाजित मानसिकता देखा पर्दछ । उसको भनाइ छ ः
म भोकभोकै मर्छु बरु, ढुड्डामुढा बोक्छु, म पुजारी बनेर पैसा खान्नँ । पूजा गरेर ग्रिनकार्ड मलाई चाहिन्न । म नफर्कुँला, तर ग्रिनकार्डको पूजामा अमेरिकामा बेचिन्नँ । (पृ.१९)
प्रेमले सिड्डो जवानी हीराको सेवामा अर्पित गरेको छ । जब ऊ मरणासन्न अवस्थामा पुगेको बेलामा प्रेमलाई हीराको साथ चाहिएको छ । ऊ रगत छाद्ने र छेर्ने रोगबाट ग्रसित बनेको अवस्थामा हीराले प्रेमलाई बीच मजधारमा छाडेर जाँदा ज्यादै दुखित बनेको छ । (पृ.१२७)
जीवनका उतार–चढाव, समस्या र सङ्घर्षका कारण प्रेम हरएक क्षण दोहोरो मानसिकताबाट प्रताडित रहेको छ । ऊ द्वैध चरित्र र विभाजित मानसिकताका कारण छट्पटी र बेचैनीको जीवन बाँचेको छ । यस उपन्यासमा प्रेम बाह्य द्वन्द्वबाट भन्दा आन्तरिक द्वन्द्वबाट पीडित रहेको छ । प्रेमको मनोद्वन्द्वमै उपन्यासको कथावस्तु अडेको छ । कथानकलाई अगाडि बढाउने काम मनोद्वन्द्वबाट भएको छ । प्रेम विभाजित मानसिकताका कारण मनोद्वन्द्वमा फँसेको छ । ऊ यथार्थ र अयथार्थ, चेतन र अचेतन, स्वर्ग र नरक बीचको मनोद्वन्द्वमै रुमल्लिएको छ । केही उदाहरण ः
ड्ड मेरो सम्पूर्ण शान्ति समाप्त भएको छ । यौटा तुमुल युद्ध मेरै अन्तरतम मस्तिष्कमा खैलाबैला मच्चाइरहेछ । मलाई ध्वस्त गरिरहेछ । यौटा सानो घर बनाउने इच्छाले मेरो सम्पूर्ण धरतीलाई डगमगाइरहेछ । (पृ.६५)
ड्ड यथार्थ र अयथार्थको मनोद्वन्द्वमै यो बेसमेन्टमा फर्केर कतिपय रात बिताइसकेँ । म अझै तन्द्रामा थिएँ क्यारे ¤ प्रतिदिन घटना दोहोरिन्थे । (पृ.१०८)
ड्ड मेरा भकभकी पाकेका श्वासप्रश्वासहरू बोलीमा व्यक्तिन नपाई उकुसमुकुसिएर तप्त ज्वाला निकालिरहेका थिए । (पृ.११०)
यसरी यस उपन्यासमा अस्पष्ट विचलित मानसिकताको चित्रण भएको छ । प्रेम विभाजित मानसिकताका कारण सुखी रहन सकेको छैन । प्रेम हरक्षण द्वैध मानसिकताबाट प्रताडित रहेको छ । ऊ हरएक क्षण मनोद्वन्द्वमा हराएको पाइन्छ ।
४. अल्पसङ्ख्यक तथा सीमान्तीकृत हुनुको पीडा
डायस्पोराहरू पुख्र्यौली भूमिलाई परित्याग गरी भिन्न भाषा र भिन्न संस्कृति भएको इच्छित भूमिमा बसोबास गर्ने समुदाय भएकाले उनीहरू सो भूमिमा अल्पसङ्ख्यकका रूपमा रहेका हुन्छन् । सो देशको कानुनमा समान अधिकार प्राप्त भए तापनि उनीहरू अल्पसङ्ख्यक समुदाय भएका कारण सधै्रँ शोषित रहन्छन् । आÇनो जातिको प्रभुत्व नहुनु र इच्छित भूमिका मूल जातिहरूबाट हेपिनु पर्ने भएका कारण उनीहरू अल्पसङ्ख्यक तथा सीमान्तीकृत हुनुको पीडाले सताइएका हुन्छन् ।
यस उपन्यास प्रेमको प्रवासी जीवनसँग सम्बन्धित छ । प्रेमले मूल थलो नेपाल छाडी इच्छित भूमि अमेरिकामा जीवन निर्वाह गर्ने क्रममा गर्नुपरेका सङ्घर्ष, झेल्नु परेका दुखद अवस्था र अल्पसङ्ख्यक रहेका कारण खप्नु परेका पीडाहरू व्याप्त छन् । अमेरिकाका बारेमा देखेका सपनाहरू त्यहाँ पुगेर पुरा गर्न नसक्दा प्रेम दुखी छ । अमेरिका जस्तो वैभवशाली देशमा काम र माम नपाउँदा ऊ पीडित छ । नेपालमा रहँदा अमेरिकामा पुग्नासाथ डलर र यश–आराम पाइन्छ भन्ने सपना देखेको प्रेमले अमेरिका पुगेर सस्तो कामदारका रूपमा पस्र्यौला फाल्ने, हिउँ फाल्ने जस्ता कठिन कार्यहरू गर्नु पर्दा उसलाई नेपालको कुनै मालिकको काम गरेको अनुभूति हुन्छ । (पृ.३६)
स्वप्लिन सहर अमेरिका पुगेर डलर कमाउने र काठमाडौँमा महल बनाउने सपना देखेको प्रेमले अमेरिकामा कठिन परिश्रम गर्दा पनि उचित पारिश्रमिक पाएको छैन । दिनभर हिउँको रास फाल्दा पनि अमेरिकनले उचित पारिश्रमिक नदिँदा उसले अल्पसङ्ख्यक तथा सीमान्तीकृत हुनुको पीडा बोध गर्दछ । (पृ.२७) आफू अल्पसङ्ख्यक भएकै कारण अमेरिकालीबाट ठगिँदा, हेपिँदा र थोरै पारिश्रमिक पाउँदा पनि ऊ केही बोल्न सक्दैन । अमेरिकनहरूले नेपालीहरूलाई सस्तो कामदारका रूपमा मात्र हेरेका हुन्छन् भन्ने अनुभव प्रेमले गरेको छ । प्रेम अमेरिकामा नितान्त एक्लो अवस्थामा अवैध रूपमा रहेको छ । अमेरिकनले जति ठगे पनि आवाज उठाउन नसक्नु नै अल्पसङ्ख्यक तथा सीमान्तीकृत हुनुको पीडा हो । प्रेम अल्पसङ्ख्यक भएकै कारण हीराले उसलाई डम, इडियट, डमी, फुलीस, सिल्ली (पृ.४४) जस्ता तुच्छ भाषाको प्रयोग गरेकी छ भने ईश्वरीको डम शब्द सहन नसकी ईश्वरीमाथि जाइलाग्दा जागिरबाट निकालिएको छ । प्रेम त्यस देशमा अल्पसङ्ख्यक समुदायको व्यक्ति भएकै कारण अनेक प्रकारका कटु वचन र अमानवीय निर्मम कठोर प्रहार सहन बाध्य छ । यस प्रकारका पीडाहरूलाई खप्नु पर्दा त्यस भूमिमा बाँच्न पनि दुष्कर भएको प्रेमले अनुभव गरेको छ । (पृ.४५)
आफू अल्पसङ्ख्यक भएकै कारण प्रेमले कठोर व्यवहारका विरुद्ध मुख खोल्न सकेको छैन । अमेरिकामा न प्रेमको आÇनो जातिको घनत्व छ न सामूहिकता । अल्पसङ्ख्यक भएकै कारण उसको आवाज सुन्ने कोही छैन । उसले अमेरिकाका सेता मान्छेहरू ठूला घरमा बसेको र काला जातिहरू कामदार भएको देखेको छ । सेता जातिहरूले अल्पसङ्ख्यक तथा सीमान्तीकृत काला जातिहरूलाई दबाएको, समान व्यवहार नगरेको पनि उसले देखेको छ । गरिबहरू किनारामा फालिएका छन्, केही स्वार्थ नभई कसैले पनि मानवताको नाताले केही सहयोग र मतलब राख्ने गर्दैनन् । त्यहाँ गरिबको आवाज सुन्ने कोही छैनन् । जीवन धान्नको लागि गरिबहरू मरीमरी काम गर्दछन् । यस्तो देशमा प्रेमले दिनको पन्ध्र घन्टासम्म इमान्दारीपूर्वक कठिन कार्य गर्नु परेको छ । ऊ ज्याक, मेरी जस्ता सहकर्मी कामदारहरूका तुच्छ, अभद्र र अमानवीय व्यवहारबाट प्रताडित छ । प्रेमले आफू सीमान्तीकृत भएकै कारण आफू पूर्णतः दबाइएको प्राणी भएको र अन्य सीमान्तीकृतहरू पनि दबिएरै बाँच्नु परेको अनुभव गरेको छ । उसले यस्तो व्यवहार एउटा मिल मालिक र मजदुर बीच भएको पनि अनुभव गरेको छ । आफू अल्पसङ्ख्यक भएका कारण ओ.टी.को पैसा समेत नपाएको पीडा व्यक्त गरेको छ । केही उदाहरण ः
ड्ड बिहान आठ बजे रेस्टुरेन्टमा पुगेर बेलुकी ११ बजेसम्म निरन्तर काम, मेरा हातका औँला छियाछिया थिए । दुई–तीन तला छालाका तह खुइलिएर पलाएर पनि खुइलिइसकेका थिए । म पूर्णतः दबाइएको प्राणी थिएँ । मुख खोल्न हुन्नथ्यो, नत्र म कुनै पनि कुरा सहन्नथेँ । (पृ.४६)
ड्ड ऊ त महान् नै भइगयो । उसैको हातमा सम्पूर्ण अधिकार निहित छ । अरू सहकर्मी साथी–भाइको फुस्रो धाकधम्कीले पो म कहिले रुन्छु, कहिले हाँस्छु, बदमास ¤ मानिसको यौटा खुट्टा डुँडो छ भन्ने थाहा पाएपछि सहानुभूति दर्साउनुको बदला माराथुन दौडाएर मजा लिन चाहन्छन् ¤ उनका दुवै खुट्टा धरतीमा छन् । उनकै नेताको प्रशासन छ भनेर हामी के अरूहरू भूमिगत भएर पनि कठोर जीवन जिउन नपाउने ? (पृ.७०)
ड्ड हरएक परिचित यात्री आउँछन्, टोलीटोली बाँधेर मलाई धक्का दिएर जान्छन् । कुनै दिनमा कुनै रातमा कहिले महिला, कहिले पुरुष ¤ म एक । निर्धालाई गाली दिएर जान्छन् । मुखाले बन्न चाहन्नँ । किनकि मेरो स्वतन्त्र विचरण गर्ने धरती नै छैन, तर कति दिन टिकूँ एक लावारिस बनेर ? (पृ.७२)
ड्ड म साधारण बन्न नै चाहन्थेँ जसबाट शासक जनताले मेरो अस्तित्वमा आँच पु¥याउन नपाऊन् ¤ म भरत र हीराको कति गहिरो विश्वासपात्र थिएँ कुन्नि कोही पनि मलाई विश्वास गर्दैन थियो । हीरा त मनका वेदना पोख्न मसित साक्खै हुन्थिन् नै, तर भरतले भने केवल मेरो पाखुराको रगत चुस्न साक्खै हुन्थ्यो । तर दासै बनाएर पनि उसले मलाई दिएको सुविधा भने आजका मजदुरको भन्दा कताकता माथि कृषि अवस्थाको जस्तो थियो, जहाँ दया र माया केही बढी नै हुन्छ । (पृ.७६)
यसरी सीमान्तीकृत भएकोले नै प्रेमले जीवन धान्नको लागि बिना पारिश्रमिक ओ.टी.सम्म गर्नु पर्ने बाध्यता रहेको छ । प्रेम अल्पसङ्ख्यक भएकै कारण एकलकाँटे र आफैँभित्र हराएको देखिन्छ । ऊ पीडैपीडाको आहालमा डुब्दै र उत्रदै गरेको देख्रिन्छ । अल्पसङ्ख्यक भएकै कारण मृत्युशैøयामा छट्पटिएका बेला उसले औषधी समेत पाएको छैन । जीवनभर भरत र हीराको सेवा गरेको प्रेमले अन्त्य अवस्थामा कुनै सहयोग नपाउनु मालिकले नोकरप्रति गर्ने व्यवहार हो । भरत र हीराले उमेर रहुन्जेल बिना पारिश्रमिक काममा लगाउनु, अस्पतालको शैøयामा छट्पटिएको प्रेमलाई बेवास्ता गरी हिँड्नु र प्रेमले अकल्पनीय पीडाको बोध गर्नु यसैको पीडा हो । प्रेमले रगत बान्ता गरेको बेला हीरा र भरतले प्रेमलाई अस्पतालमा छाडेर हिँडेपछि प्रेमको कष्ट वर्णन गरिनसक्नु रहेको छ । प्रेम हरएक क्षण अल्पसङ्ख्यक तथा सीमान्तीकृत रहनुको पीडाबाट पीडित रहेको छ । यसर्थ यमपुरीको महल उपन्यासमा प्रेमका मध्यमबाट अल्पसङ्ख्यक तथा सीमान्तीकृत रहनुको पीडाको चित्रण सजीव रूपमा गरिएको छ ।
५. परादेशीय हुनुको रोमाञ्च र चिन्ता
मूल थलो छाडी प्रवासिएका मानिसहरूमा परादेशीय हुनुको रोमाञ्च हुन्छ भने चिन्ता पनि रहेको हुन्छ । हातमा पासपोर्ट र भिसा लिएर सुनौला सपना बोकी हवाइजहाज चढेर सात समुन्द्रपारि जानु हरेक नेपालीको लागि रोमाञ्चक घटना हो भने त्यहाँ पुगेर पैसा कमाउन नसक्नु, राम्रो जागिर नपाउनु र त्यहाँको संस्कृतिमा आफूलाई ढाल्न नसक्नु चिन्ताको विषय हो । यमपुरीको महल उपन्यासमा प्रमुख पात्र प्रेम जन्मभूमि नेपाल छाडेर अमेरिकामा परादेशीय भएर बसेको छ । परादेशीय भएर बस्नु पर्दा प्रेममा रोमाञ्च र चिन्ता दुवै रहेको देखिन्छ । शैक्षिक तालिम भ्रमणमा अमेरिका पुगेको प्रेम जेवन भिसाको म्याद सकिएपछि अमेरिकामा भूमिगत जीवन बिताउने उद्देश्यले आÇनै साथीहरूबाट लुकेर बसेको छ । ऊ नेपाल फर्कन नचाही कसैले देख्ला भन्ने चिन्ताले साँगुरो गल्लीभित्र लुकेको छ । परादेशीय हुनुको रोमाञ्च र चिन्ताको चित्रण भएका केही उद्धरणहरू यस प्रकार छन् ः
ड्ड केही यात्रीहरू साँगुरो गल्लीबाट अगाडि बढे । कसैले नदेखून् भनी म अझै भित्तामा टाँसिएँ । डरले साँच्चिकै पिसाब चुहिरहेको थियो । शिवलिड्डमा दूधको धार दिएजस्तै माथिबाट मेरो शिरमा जलका धारा एकएक बुँदको रूपमा तत्किरहेका थिए । (पृ.१०)
ड्ड उनी स्काइल्याण्ड ड्राइभरको बाटो भएर आइन् । नागार्जुनको धुरीबाट डाँडैडाँडा उपत्यकाको दाहिने आवर्त गरे जस्तै गरी कारमा बसेर सानन्दाह उपत्यकाको दृश्यावलोकन र गिरिशिखरको आनन्ददायी वातप्रवाहमा गुड्दा मैले करिब सम्पूर्ण दुख बिर्सेको थिएँ । (पृ.१३)
ड्ड वारेन्ड । अरेस्टेड । डिपोर्टको मलाई त्रास थियो । कहीँ यो मृत देहलाई पुनः मातृभूमिमा लगी देखाउन नपरोस् । (पृ.२०)
ड्ड उनले प्रहरी बोलाएको भए मेरो पासपोर्टको मिति पुगेको भेद खुल्थ्यो । राज्यको सीमाले कोरिएको यस स्वर्ग र नरकको कानुन किन तोडेको ? यस प्रश्नमा म फेरि उही कुरौटेहरूको नरकमा पठाइन्थेँ । म तर्सिएँ, मुरमुरिएँ, तर जड ¤ म लुसुक्क निक्लेँ । (पृ.२२)
ड्ड मैले हिउँ फाल्ने कामबाट नै त्यो हिउँद गुजारेँ । बास मेरो सब वे नै भयो । मैले न अपार्टमेन्ट लिन सकेँ । न मैले दुई पेन्नी बचत गर्न सकेँ । म दिनभर कमाउँथे, केही किनेर खान्थेँ । कपडाले चोला फेर्ने मौकासम्म पाएका थिएनन् । (पृ.३६)
अमेरिकामा जागिर पाएपछि प्रेम नेपालमा एउटा महल बनाउने परिकल्पना गर्न थाल्दछ । ऊ एउटा यमपुरीको महल बनाउन चाहन्छ । कुनै बेला त्यस महललाई उपन्यास र आÇनै जीवनसँग तुलना गर्न पुग्छ । प्रेमले कहिले अमेरिकालाई स्वर्ग र नेपाललाई नरक ठान्दछ भने कहिले अमेरिकालाई नरक र नेपाललाई स्वर्ग ठान्दछ । प्रेम परदेश आएको आठ वर्ष भइसक्दा पनि परिवारप्रतिको कर्तव्य पुरा गर्न नसकेकोमा चिन्तित देखिन्छ । वस्तुतः प्रेममा परादेशीय हुनुको चिन्ता रहेको छ । जस्तै ः
ड्ड यति वर्षसम्म छिँडीमा सुतेँ, पिँढीमा ढुकेँ, त्यसको दुई चार पैसाले परिवारको इच्छा पुरा गर्ने गृहस्थआश्रमको कर्तव्य पुरा नगरे भोलि बिहान यमदूतले रिपोर्ट गरी यमपुरी पु¥याइदिए भने ओत कहाँ बस्ने ? यहाँ पनि यस्तै छ । (पृ.४७)
ड्ड नत्र म जीवनको चिन्तनलाई यमपुरीसम्म नपु¥याएर अमेरिकासम्म ल्याएर रोक्न सक्थेँ । पीडापुरीमा मात्र सीमित हुन सक्थेँ । यमपुरीको महल नै आफू किन बन्नुपथ्र्यो ? (पृ.५५)े
ड्ड वयर हाउसमा भएको अपार्टमेन्ट, अमेरिकामा अनडकुमेन्टेड वर्करहरूलाई कम पैसामा बढी काम लिनुपर्दा बस्न सुविधा दिने अपार्टमेन्ट हो । ... खास गरी ‘इम्प्लोयर’का विश्वास पात्र, इन्चार्ज र मैनेजरहरूलाई यो सुविधा सजिलै उपलब्ध हुन्छ । कर्मचारीको बीचमा यो गौरवको प्रमाण पनि हो । त्यसैले त म राजा र कुकुरले नखाने गाली पनि खान्थेँ, अझै खान्छु । कामको लागि हो, दुई पैसा भए पनि बचाएर त्यही आÇनो देशमा पठाउँला भनेर हो । तिनै पुर्खा, तिनै शत्रु र मित्रको लागि । (पृ.१०५)
ड्ड आप्रवासी भन्दा पनि प्रवासी नेपालीको जीवनको सास अझ बढी नेपालमा घर बनाउने कल्पनामा अडिएको हुन्छ । (पृ.६८)
ड्ड यो संसार त डलरले हत्याइसकेको छ । डलर बाहेक कसको यहाँ के शक्ति छ र ? (पृ.२१)
ड्ड जीवनभर मेरो रगत दिएँ हीरालाई, मैले अहिले एक बुँद रगत औषधि पनि पाइनँ । (पृ.१२७)
यसरी यमपुरीको महल उपन्यासमा प्रेमले नेपालबाट परादेशीय भई अमेरिकामा भूमिगत रूपमा सिड्डो जीवन बिताएको छ । यहाँ परादेशीय हुनुको रोमाञ्च पक्षभन्दा चिन्ता पक्ष बढी रहेको पाइन्छ । यस उपन्यासको प्रमुख पात्र प्रेम खुसीका क्षणहरूमा पनि रोमाञ्चित हुन सकेको छैन । ऊ हरएक क्षण चिन्तित देखिएको छ । समग्रमा भन्नु पर्दा यस उपन्यासमा परादेशीय हुनुको रोमाञ्चभन्दा चिन्ता बढी छ ।
६. अस्तित्वका लागि एकसूत्रताको खोजी
पुख्र्यौली भूमिबाट विस्थापित भई इच्छित भूमिमा पुगेका डायस्पोरिक पात्रहरूले इच्छित भूमिमा आफू बलियो देखिनका लागि विभिन्न एकतासूत्रको खोजी गरेका हुन्छन् र उनीहरू त्यसै मार्फत आÇनो चिनारी दिन चाहन्छन् । ठूलो र बिरानो स्थानमा पुग्नासाथ भारतीय, पाकिस्तानी, बङ्गलादेशी पनि नेपालीका लागि नजिकका हुन पुग्दछन् र उनीहरूबाट नै नेपालीहरूले सहयोग पनि पाएका हुन्छन् । यसर्थ नेपालीका लागि उनीहरू विश्वासपात्र रहेका हुन्छन् ।
यमपुरीको महल उपन्यासमा प्रेम भिसाको म्याद सकिएपछि पाकिस्तानीले टुरिस्ट भिसाको लागि स्पोन्सर पठाइदिन्छु भनेर नेपाल फर्किएको छ । ११ वर्ष पहिले अमेरिकाबाट फर्किएको प्रेम पाकिस्तानीले भिसा पठाइदिन्छ कि भन्ने आशामा बसेको छ । जसलाई प्रेमले यसरी व्यक्त गरेको छ ः
आज ११ वर्ष भइसक्यो म अमेरिकाबाट फर्किएको । त्यो पाकिस्तानीले फेरि टुरिस्ट भिसाको लागि स्पोन्सर पठाउँछु नभनेको भए उसै बेला म नेपाल फर्कन्न थिएँ । फर्किएँ, न त्यो पाकिस्तानीले स्पोन्सर पठायो न मैले आÇनो पैसा देखाएर भिसा पाएँ । (पृ.२)
सपनामा अमेरिका पुगेको प्रेम साथीहरूसँग छुट्टिएपछि काम नपाएर निराश भई प्लेटफर्मको बेन्चमा बसेका बेला उसलाई दुर्गादेवीको पुजारी बन्ने प्रस्ताव भारतीय नौजवानले राखेको छ भने प्रेमले अस्वीकार गरेको छ । (पृ.१९)
हिउँ सोहर्ने क्रममा भेटिएकी भारतीय नारी हीराले प्रेमलाई मध्यरातमा स्वादिष्ट खानेकुरा खान दिनु, बस्न बेसमेन्टको व्यवस्था गर्नु र जागिर खान सहयोग गर्नु एकसूत्रताको खोजी हो । प्रेम पाकिस्तानीले टुरिस्ट भिसा पठाउँछ भनी आशामा बस्नु, भारतीय नौजवानले दुर्गादेवीको पुजारी बन्ने प्रस्ताव राख्नु, हीराले प्रेमलाई सहयोग गर्नु, दक्षिण एसियाली एकसूत्रताको खोजी हो ।
यस उपन्यासमा प्रेम विसङ्गतिबोधबाट ग्रसित भएका बेला पनि उसभित्र अस्तित्वको चाह प्रकट भएको हुन्छ । जस्तै ः
यमपुरीको महल यौटा मृत्युको तयारी हो । तर यसैमा जीवन्तता पनि निहित छैन र ? पक्कै यो नारकीय भूमिमा छ । के यसैमा लोक मन्त्रमुग्ध हुन्न र ? प्रगति र अवनतिको मूल्याड्ढन भएको अनुभूति नै नभए के अस्तित्वको आभास हुन्छ र ? के तिमीले तुल्याएको यमपुरीको महल नै तिम्रो अस्तित्वको प्रमाण होइन र ? (पृ.१२८)
प्रेमले भूमिगत रहेका बेलामा पनि यमपुरीको महल उपन्यासको सिर्जना गर्नु पाठकसित एकसूत्र हुने चाहना हो, जसलाई प्रेमले यसरी व्यक्त गरेको छ ः
यी सबै केही हुने कुरा होइनन्, बरु यौटा छोटो मीठो उपन्यास मात्र नै किन खडा नगरिदिऊँ । के यही महल मेरो शान्तिको ओत दिन पर्याप्त छैन र ? ... (पृ.५०)
प्रेमले अमेरिकामा अवैध कामदार रहेका कारण उसले आÇनो अस्तित्वबोध गरे तापनि एकसूत्रताको कुनै प्रयास गरेको पाइँदैन । विश्वमा छरिएका नेपालीहरूलाई जोड्ने सही सम्पर्क सूत्र एन.आर.एन. नामक संस्था रहेको छ । प्रेम अवैध रूपमा अमेरिकामा बसेको हुनाले ऊ सङ्गठनमा र अन्य एकीकृत कार्यमा लाग्न सकेको छैन । एन.आर.एन.सँग जोडिन नसकेको अवस्थामा प्रेमले आÇनो पीडा व्यक्त गरेको छ ः
भाग्नुभन्दा बरु तिनकै बीचमा धनहीन पुरुषको प्रतिमामा एक सिड्डै यमपुरीको महल खडा गर्न सकिन्न र ? किन तिमी पितृभूमि प्रेमी एन.आर.एन. बन्न सक्तैनौ ? के तिम्रा हरएक असफलता, तिम्रा लागि ताजाताजा पौष्टिक आहार होइनन् ? (पृ.१२३)
प्रेम एन.आर.एन.को सम्पर्कमा नभए तापनि नेपालीहरूको एकताको सूत्र नेपालीपोष्ट डटकम, नेपालजापान डटकम, फ्रि नेपाल डटकम, बिबिसी, सगरमाथा (पृ.१२०) जस्ता सञ्चार माध्यमबाट भने परिचित देखिन्छ । ऊ नेपालीहरूको एकताको सूत्र विभिन्न सञ्चारका माध्यमसँग प्रत्यक्ष रूपमा संलग्न नरहे तापनि अप्रत्यक्ष रूपमा तिनीहरूसँग जोडिएको छ । जस्तै ः
सम्प्रेषणका सम्पूर्ण सम्भावनाहरूको समाप्तिको किनारामा म छु । यी अहिले देखिने सञ्चारका छिटपुट कुरा त मर्ने बेलाको बत्तीको ठूलो आकार मात्र हो । (पृ.१२०)
प्रेमले अमेरिकामा भूमिगत जीवन बिताउने क्रममा अनेकौँ सङ्घर्ष, प्रहार र हार खानु परेको छ । ऊ भूमिगत जीवनका हार र जीतबाट हृदयदेखि नै बलियो बनेको छ । प्रेमले आफू जस्तै अमेरिकाको खोजीमा भौँतारिएकाहरूलाई आÇनो अस्तित्वप्रति सचेत गराउन चाहेको छ । एक उदाहरण ः
सपनामा होइन, विपनामा बाँच्ने गर, कलाबाट कल्पिने मात्र होइन, स्वयम् कुद्ने गर । स्वर्गमा भाग्ने होइन, नरकलाई बदल्ने गर । आऊ भित्र, बाहिर अँध्यारो भइसक्यो । चराचुरुङ्गीहरू रोइरहेका छन् । शनैःशनैः भित्र पसेर दियो बोल्ने गर । (पृ.१३६)
यसरी यस उपन्यासमा प्रेमले यमपुरीको महल बनाउनु आÇनो अस्तित्वको खोजी गर्नु हो । उसले लुकीलुकी अवैध रूपमा बाँचेको हुनाले अस्तित्वबोध गरी एकसूत्रताको खोजी गर्ने कार्यमा प्रयासरत रहेको छैन । यसर्थ यस उपन्यासमा अस्तित्वबोधका लागि एकसूत्रताको खोजी गर्ने काम न्यून रूपमा भएको छ । यस उपन्यासमा अस्तित्वबोधका लागि एकसूत्रताको खोजीको चित्रण सघन रूपमा भएको देखिँदैन ।
७. अतीत मोह
आÇनो मूल थलो छाडी परदेशमा बसेका डायस्पोराहरूलाई घरको सम्झना र अतीतको मोहले सताएको हुन्छ । उनीहरू निर्वासनको पीडाले दुखित हुन्छन् । त्यस बेला उनीहरूको मुक्तिको सास फर्ने र त्यस भूमिमा अडिने टेको नै अतीतको स्मरण रहेको हुन्छ । यस उपन्यासमा प्रेमको दुखको साथी अतीत स्मरण नै हो । प्रेमले सिड्डो रूपमा अतीतलाई स्मरण गरेको छ । जीवनमा दुखको क्षण आउँदा उसले अतीतको घटनालाई सम्झन पुगेको छ । बलस्ट्रिनको सब वेभित्र पहिलो रात बिताउँदा प्रेमले अतीतलाई यसरी स्मरण गरेको छ ः
ड्ड छिः ¤ म त कस्तो ? दुई पैसाको नाफाका लागि ६५ वर्षकी बूढी फुपूलाई ... जेठ मासको प्रचण्ड घाममा .... दस पाथी नुनको भारी बोकाएर कार्की नेटाको उकालोमा हिँडाइरहेको थिएँ । उनको सारी फाटेको थियो । मजेत्रो थिएन । कुलघरानकी छोरी थिइन्, तर काम खोज्न गएका पति खोजाइमै हराएका थिए । मैले दुई पैसा बचत गर्न उनको विवशताको फाइदा उठाइरहेको थिएँ । (पृ.१६)
ड्ड मदनबहादुर ठकुरी मेरै छिमेकी हुन् । उनी आए बसे, मेरै घरको मूल ओछ्यानमा ठन्डीका दिनमा, सबै अगेनाको डिलमा बसेर आगो तापिरहेका थियौँ । म कुरै गर्न चाहन्नथेँ । मैले उनलाई केही गरी आघात पु¥याउँला वा उनले मेरो स्वतन्त्रताको हरण गरिदेलान् । ... तेरै दाँवली दिलीपले काठमाडौँमा घर बनाइसक्यो । खोइ के गरिस् तैँले ? तँ त अगतिलो रहिछस् । (पृ.१७)
ड्ड चालीस मुरी धानको राशि पनि तर सात भाइ बुवाले अंशबन्डा गर्दा एकजनालाई छ मुरी धानको खेत पनि आएन । हामी सात भाइलाई एकएक मुरी पनि परेन । (पृ.३०–३१)
ड्ड सम्झेँ–बेलुकी एघार बजे त विप्लव पनि भयले घरबाट बाहिर निक्लन्न होला । माथिको स्कुलबाट शिव सुँक्कसुँक्क गरी रुँदै झ¥यो । घरमा ढोका लगाएको थियो । लक्ष्मीप्रिया कहीँ काममा गएकी होलिन् । शिव डाडी ¤ डाडी ¤ भन्दै पिँढीमै बसेर एकोहोरो रोइरहेको थियो । (पृ.३५–३६)
यसबाट प्रेमको गरिबी र बिदेसिनु परेको बाध्यता प्रस्ट हुन्छ । प्रेम अमेरिकाको कष्टदायी पीडाबाट हतास भएको बेला उसलाई अमेरिकामा अडिने टेको नै अतीतको स्मरण रहेको देखिन्छ । अमेरिकामा हिउँ सोहोर्ने, पस्र्यौला फाल्ने जस्ता कष्टदायी कामहरू गर्दा पनि अतीत स्मरणबाट प्रेम आनन्दित रहेको छ । कैयौँ दिनरात भोक र प्यासबाट वञ्चित रहेको प्रेमले हीराको सहयोग पाउँदा पनि परिवारलाई सम्झन पुग्दछ । अत्यन्त कष्टकर काम गर्नु परे पनि प्रेम अमेरिकामा घर बनाएर बस्न चाहन्छ । उसले घर बनाउने कल्पना गर्दा उसको स्मृतिमा आठ वर्षे बाल्यकालको मीठो अतीत अगाडि आउँछ । एक उदाहरण ः
म आठ वर्षको थिएँ । गोपाल सात वर्षको । धना आठ वर्षकी । यस्तै अरूहरू केटाकेटी... हामी कान्लामुनि खेल्न गएका थियौँ । यौटा सानो जुर थियो । त्यसमुनिको ओडारमा हामीले घर, गाई, भैंसी बनाएका थियौँ । म श्रीमान्, धना, दुलही, गोपाल, छोरो । धना र म सँगै सुतेका थियौँ । गोपाल मुसुमुसु हाँसेको थियो । मैले भने– “ए धना ¤ बूढी ¤ उठ हामीले बनाएको घर त भत्किसकेछ । हाम्रै हरमुनि परेछ ¤” हामी उठ्यौँ । धनाले भनी– “यौटा नाम्रो घल बनाउ न ।” (पृ.३७)
प्रेम सुखद–दुखद हरएक क्षणमा पारिवारिक, बाल्यकालीन घटनाहरू सम्झन पुग्छ । प्रेमको सुख–दुखमा बाँच्ने आधार नै अतीत मोह रहेको छ । प्रेम अमेरिकामा सुख–दुख भएका अवस्थामा नेपालको सुख–दुखका अनुभूतिहरू सम्झन पुग्दछ । केही उदाहरण ः
ड्ड मलाई झलझली याद आउँछ, जुन बेला सामूहिक हितको लागि मैले यौटा छपानी उठाएर सार्वजनिक पर्खालमाथि राख्ने निधो गरेको थिएँ । सबै सदस्यको सहमति थियो । तर छपानी उठाउन कसले दिएको थियो हात मलाई ? कहिल्यै ठूलो भारी नबोकेको ज्यान ¤ मलाई के थाह ? ती मानुष जनावरले धोका देलान् भन्ने कसैले मुखसम्म देखाएन । शिक्षित भनाउँदा केशव त झन् लुके । म एक्लैले त्यो विशाल छपानी उठाएर ल्याई बसाल्नुपरेको थियो । (पृ.७३–७४)
ड्ड सम्झेँ– के म नेपालमै पनि नुनको भारी बोकेर बुकीमा हिउँमा हिँड्दैनथेँ र ? त्यो त ठीकै छ । त्योभन्दा यो असह्य पीडा नै भयो । (पृ.२६–२७)
ड्ड जब नारायण सिंहको बानेश्वरको घरमा गयौँ त यौटी बुहारीले भान्साकोठाबाट हेरिरहेकी थिइन् । मैले एकै नजर हेरेँ । उनका आँखा कोर्के परेका थिए, मैले बुझिहालेँ उनलाई क्रोध आइरहेको थियो । उनले भनेकी थिइन् ‘किन आइरहन्छन् यी ¤ के खान ?’ उनको अनुहार अँगारजस्तो बन्यो । कालो दाग लागेको सारी सप्को हाल्दै उनी भित्र पसिन् । म तर्सिएँ । हामीले के खान्थ्यौँ र ? बढीभन्दा बढी चियाको प्याला । उनलाई त्यसैको जलन । (पृ.७७)
ड्ड मेरा बुबा सानो पाटो फोहोटोको माया र ममताले दमनकारीको विरुद्ध लड्दा काठमाडौँ सर्वोच्चमा आई उपस्थित हुनुपथ्र्यो । ती दिनमा उहाँले बास नपाई छिःछिः गर्ने सहरिया दस पुस्ते नाता पत्ता लगाएर बस्न जानुभयो । हेलासीपूर्वक फालिदिएको छोटो पातलो दोलाइँ ओढी पुरा रात कामेर काट्नुहुन्थ्यो । त्यस बेला पिताज्यूको मनमा मेरो पनि यहीँ यौटा छाप्रो भए कस्तो हुन्थ्यो, मन कल्पिएको थियो । आज त्यही हाल मेरो यस वैभवशाली देशमा पुगेर भएको छ । (पृ.८०–८१)
ड्ड के मेरा बुवा राति एघार बजेसम्म खोलापारि डाँडापारि पुगेर घोडा खोज्नुहुन्थ्यो ¤ मलाई हिजो बिहान जस्तै मात्रै लाग्छ मेरो पढाइको समयलाई नष्टभ्रष्ट गरेर बिहानै उठी पहिलै मैदानमा बाँधेका गाईलाई फुकाएर मेलामा लगी चर्न छोड्ने भन्नुहुन्थ्यो, किन ? बर्सौँ पर्खंदा १०००।– नेपाली मुस्किलले बुवाको हात लाग्थ्यो । त्यही पनि नभए कसरी घरव्यवहार चलाउने ? अहिले मैले बर्सौँ पर्खेर हजार होइन । हरएक दिन बिनामेहनत १०००–२००० कमाइरहेको छु, त यो के खराब छ र ? (पृ.१०६)
ड्ड मेरी शान्ति ती कान्ति मनकी अनुपम सिर्जनालाई छोडेँ । त्यस बेला म भक्कानो छोडेर रोइरहेको थिएँ । छोडेँ ती चञ्चल विप्लव शान्त शिव र गम्भीर सुन्दरलाई मेरी मायामयी हृदयकी देवी हुन् लक्ष्मीप्रिया । छोडेँ सबैलाई म मरेँ । (पृ.१८)
ड्ड मेरी प्रियालाई सुन्दर, शान्त, विशाल दरबार चाहिएको थियो । मेरा सन्ततिको लागि शिक्षा, स्वास्थ्य र विविध अर्थोपार्जनका लागि एक मधिसे घोडाको टट्टु चाहिएको थियो । त्यो पनि त मैले पु¥याउन कहाँ सकेँ र ? (पृ.१३१)
यसरी यमपुरीको महल उपन्यासमा प्रमुखताका साथ अतीत मोहको चित्रण गरिएको छ । प्रेमले उसले आÇना विगतलाई सम्झिरहेको छ । प्रत्येक क्षण प्रेमले नेपाल, आÇनो गाउँ राखु, आÇनी श्रीमती लक्ष्मीप्रिया, छोराछोरी, बाबुआमा र छिमेकीलाई स्मरण गरेको छ । प्रेमले छोराछोरीलाई स्याहार सम्भार गर्न नसकेको अभावको पनि आकलन गरेको छ । अतीत मोह नै प्रेमको उदासी, एकाकीपन र विरक्तिबाट मुक्ति भएर चैनको सास फेर्न र निरन्तर क्रियाशील पारिराख्न घच्घच्याउने शक्ति रहेको छ । अतीतको स्मरणबाट प्रेमले आमाको काखको आनन्द, प्रेमी र सन्तानको मायाको आनन्द प्राप्त गरेको छ । प्रेमलाई अमेरिकामा बाँच्ने साहारा नै अतीत मोह रहेको देखिन्छ । अतीतको यात्राले नै प्रेमको डायस्पोरिक जीवनका भय र पीडालाई बिर्सन सहयोग पु¥याएको पाइन्छ ।
८. ऐकान्तिकताको चिन्तन
पुख्र्यौली भूमि छाडी इच्छित भूमिमा बसेका प्रवासीहरू हरएक क्षण एक्लोपन महसुस गर्दछन् । उनीहरूमा एक्लोपनको कारणले ऐकान्तिक मानसिकता उत्पन्न हुन्छ । उपन्यासमा प्रमुख पात्र प्रेमको ऐकान्तिकताको चित्रण गरिएको छ । प्रेम आफन्तसँग बिछोडिई अमेरिका गएको छ । ऊ भिन्न स्थान र भिन्न संस्कृतिमा आफूलाई समाहित गर्न नसक्दा एक्लोपनको अनुभूति गर्दछ । प्रेम अमेरिकामा प्रथम दिन लुरेक्याभर्नमा आफूलाई मातृद्रोही ठान्दै एकान्त स्थलको खोजी गर्दै हिँडेको छ । ऐकान्तिकताका केही उदाहरण ः
ड्ड भर्खरै म लुसुक्क लुरे क्याबिनको भित्रको यस दुलाभित्र पसेँ । यो अमेरिकाको भालुको दुलो हो । केही यात्रीहरू साँगुरो गल्लीबाट अगाडि बढे । कसैले नदेखुन् भनी म अझै भित्तामा टाँसिएँ । डरले साँच्चिकै पिसाब चुहिरहेको थियो । (पृ.१०)
ड्ड मानिसहरूको भीड थियो, तर सबै एक्लाएक्लै थिए । म भूमिगत हुन बाध्य बनाइएको थिएँ । अरूहरू मलाई खुला देख्न चाहन्नथे । म उनीहरूको भूमिमा जिउनु थियो, तर लुकेर । यस अवस्थामा बाहेक दुरावस्था कहिले हुन सक्थ्यो र ? म लुक्न चाहन्थेँ । त्यहीँ लुक्ने वृत्तिकै कारण हरएक मानिस मलाई परिचित हो कि ? कहीँ बोलाइहाल्छ कि जस्तो लाग्थ्यो । (पृ.१५)
ड्ड मेट्रोले धरतीभित्र लुकायो । मेरा लागि रात प¥यो । म रात चाहन्थेँ । मलाई कसैले नदेखोस् । म मेरा आँखा बन्द गर्न चाहन्थेँ । (पृ.१६)
ड्ड म कसैसित देखिन चाहन्नँ, मलाई अवैध भएर भूमिगत भए पनि स्वतन्त्र रूपले विचरण गर्न पाए पुग्छ । (पृ.१७)
ड्ड अँध्यारो गुफा थियो । सायद ‘इलेक्ट्रिसिटी’ले धोका दियो होला । मलाई त्यसै बेला पूर्ण स्वतन्त्रताको अनुभूति भएको थियो । के अँध्यारोभित्र उज्यालो हुँदो रहेछ कि ¤ तत्क्षण विद्यत्धारा बहे । (पृ.२८)
हीरा र भरत जस्ता साथी भेटिए पनि, बेसमेन्ट सेभेन एलेभन, रेस्टुराँ आदि स्थानमा अवैध काम गर्दा र अन्य कामदारहरूबाट अपमानित हुनु पर्दा प्रेम आफूलाई निकृष्ट ठान्दछ । प्रेम आफूलाई उनीहरूबीच नितान्त एक्लो भएको अनुभव गर्दछ । प्रेमलाई ती अपमानहरू असह्य भएको र आत्मसम्मान सुकेर मरेको अनुभूत भएको छ । ऊ उनीहरूको बीचमा बस्न चाहदैन र ऊ एकान्त स्थलमा लुक्न चाहन्छ । केही उदाहरण ः
ड्ड हामी त रुनसम्म पनि नहुने रे । न त हाँस्न हुन्छ ? हाँसे पनि छ । के हाँसेको ? नहाँसी नरोई बस्न पनि नहुने ? घोसे रे ¤ हामी त सदासर्वदा उनकै गालीगलौज र असभ्य नामहीन आतङ्कभित्र मुरमुरिइरहनुपर्ने ¤ वाह ¤ ठूलाबडाहरू हो ¤ कस्तो छ त तिम्रो संसार ¤ यो समाजको मुख हेर्न घृणा लाग्छ । छिः म कहाँ जाउँ अझै लुक्ने कहीँ अर्को दुलो पनि पाउन्नँ । (पृ.४५)
ड्ड इतिहासका पत्रमा उभिएका राखु र सब वेका बासहरू बरु सह्य हुँदा हुन् । यी नरपिचासको सङ्गत मलाई एक मिनेट एक युगभन्दा लामो छ । (पृ.४५)
आफन्तसँग बिछोडिनु परेको चिन्ताले चिन्तित रहेको प्रेम साथीहरूको दमनबाट घेरिनु पर्दा आफूलाई नितान्त एक्लो भएको महसुस गर्दछ । ऊ काम सकेपछि एकान्त स्थलमा बस्ने गरेको पीडालाई प्रेमले ठाउँठाउँमा व्यक्त गरेको छ । जस्तै ः
ड्ड म कहाँ जाउँ ? दिशा बन्द थिए । मनमा राँको लाएको थियो । मेरो लागि आउ भन्ने दुई–चार जना साथी भनाउँदा नभएका होइनन्, थिए, तर म काम सकिएपछि कहीँ जान्न थिएँ । सिधै कोठाभित्र पस्थेँ । (पृ.४७)
ड्ड म त पुगिसरी आएर बिदेसिएको ¤ मलाई कसैको मुख हेर्न मन लाग्दैन थियो । यस्ता अनन्त प्रसड्ड थिए । कोठामा बसिरहन्थेँ, मौका मिले हप्तौँ–महिनौँ भित्र बसिरहन्थेँ । गत वर्षदेखि मैले घामपानी देख्न पनि घृणा गरिसकेको थिएँ । (पृ.४८)
ड्ड म के सोचिरेको कुन्नि ? तीन दिन भयो, म यही कोठामा थिएँ बाहिरको हावा खान निक्लेको पनि थिइनँ । (पृ.५६)
नेपालमा परिश्रमपूर्वक कुनै शारीरिक श्रम नगरेको प्रेम अमेरिकामा पुगेर हरएक क्षण शारीरिक श्रम गर्नु पर्दा व्यथित देखिन्छ । यस्तै उसले दिनको पन्ध्र घन्टासम्म काम गर्दा पनि विभिन्न तनाव खेप्नु परेकोमा उसको जीवन त्रासद र ऐकान्तिक अनुभूतिहरूका बीच बितेको छ । प्रेम अमेरिकामा आÇनो कोही नहुँदा ऐकान्तिक मानसिकताबाट ग्रसित छ । ऊ प्रायः एकालाप र कल्पनामा हराइरहन्छ । ऊ काम गर्दा, गाडीमा हिँड्दा बस्दा, उठ्दा हरएक क्षण एक्लो भएको अनुभव गर्दछ र आÇनो जीवनलाई डायस्पोरामा Çयाँकिएको एक एकाकी मानव मात्र ठान्न पुग्दछ । श्रीमती र परिवारका लागि बिदेसिएर आर्थिक आयआर्जनका माध्यमबाट जीवनलाई पूर्णता दिने प्रयास गरेको प्रेम पारिवारिक गृहस्थी जीवनको पूर्णता नपाएर बेचैन समेत रहेको छ । यसरी नायक प्रेम साथीहरूको समूहमा आफैँले आफूलाई तुच्छ ठान्न पुग्छ र नितान्त एक्लो महसुस गर्दछ । उसलाई आÇनो जीवन कताकता खल्लो लाग्दछ भने ऊ प्रायः उदासीन रहन्छ । ऊ बाँचेको छ, सङ्घर्षरत छ, क्रियाशील छ, समाज भित्र छ, अरू जस्तै देखिन्छ, तर उस भित्रको एक्लोपनले उसलाई हरएक क्षण शून्यपनको आभास भएको छ । उसले आफूलाई एक्लो महसुस गरेको छ ।
९. संस्कृति भञ्जनको पीडा
डायस्पोरिक पात्रहरू आÇनो भूगोल, कानुन र धर्मबाट विच्छेदित अवस्थामा रहन्छन् भने उनीहरू इच्छित भूमिको भूगोल, कानुन र धर्मलाई पूर्णतया अड्डीकार गर्न सकिरहेका हुँदैनन् । यस अवस्थामा उनीहरूमा उत्पन्न हुने क्षयबोध र बिरानोपनले उनीहरू पीडित रहेका हुन्छन् । भिन्नभिन्न सभ्यता र संस्कृतिका मानिस एकै ठाउँमा भेट हुँदा तेस्रो संस्कृति बन्न पुग्दछ । नयाँ संस्कृति स्विकार्नु पर्दा मानिसलाई भय, चिन्ता र असुरक्षाले छोप्दछ । यही नैसंस्कृति भञ्जनको पीडा हो ।
यमपुरीको महल उपन्यासको नायक प्रेम संस्कृति भञ्जनको पीडाबाट पीडित छ । ऊ आÇनो देशको भूगोल, कानुन र धर्मबाट विच्छिन्न भएर अमेरिका पुगेको छ । ऊ एक अर्धशिक्षित व्यक्तिले अत्याधुनिक विकसित साइबर संस्कृतिले बनेको अन्तर्राष्ट्रिय बजारमा आफूलाई समाहित गर्न सक्दैन । अमेरिकाका धर्म, कानुन, भूगोल र संस्कृति उसका लागि नयाँ र अपरिचित लाग्दछन् । विकट ग्रामीण परिवेशमा हुर्केको प्रेमले अमेरिकाको अत्याधुनिक परिवेशलाई अवलम्बन गर्न सक्दैन भने ऊ आफूलाई मातृद्रोही भएको समेत अनुभव गर्दछ । ऊ अमेरिकामा पुगेर पनि देशको सपना देख्छ, घरको सपना देख्छ, संस्कृतिको सपना देख्छ, तर आफूलाई आÇनो देश, घर, संस्कृतिबाट विच्छिन्न भएको पाउँछ । अतः प्रेम संस्कृति भञ्जनबाट पीडित छ र मनोद्वन्द्वको उल्झनमा परेको छ । जस्तै ः
ड्ड म जान मानिनँ । तर उनको जबर्जस्तीले साथीलाई हार्न नसकेर गएँ । उनी ‘गोगो’ डान्स हेर्नमा व्यस्त भए । मैले बियर टन्न पिलाएँ, उनी अप्सराका चालमा तल्लीन भए । म टाप कसेर घरमा आई बेसमेन्टमै पसेँ । (पृ.५६)
ड्ड म सुत्न चाहन्छु डलरसित । म बहुलाउन चाहन्छु द्रव्यसित । मलाई त्यो मेरै समाजमा पनि बिनाद्रव्य कसले मानिस सम्झिन्थ्यो र ? द्रव्यपिशाच समाजको उत्पादन म, म द्रव्यपिशाच नै बनिदिन्छु । द्रव्यको चक्करमा यो जीवन अर्पित गरिदिन्छु । (पृ.६३)
ड्ड के गरुँ म, भूत भन्छ ‘नबिर्स जन्मभूमि’ ¤ भविष्य भन्छ नबिर्स कर्मभूमि । सायद जन्मभूमिको गरिमा आदर्श हो क्यारे, कर्मभूमि एक यथार्थ, दुवैको मिलन अति दुष्कर छ क्यारे ¤ के गरुँ म ? मसँग पैसो भए परिवार छैन । परिवार भए पैसो छैन । नेपाल फर्के कमाइ छैन । नफर्केर कति दिन एकाकी जीवन पैसाको लागि बिताइरहनु ? (पृ.६४)
ड्ड अस्तु मलाई अहिले डलर भए पुग्छ । सारा संसार छोडेर बस्न सक्छु । ढुकिरहन सक्छु । यो भन्दा ठूलो कुन ईश्वर छ र ? (पृ.१०५)
प्रेमले जति र जस्तासुकै दुखकष्ट, अपमान, बेइजत सहेर भए तापनि डलरको मोह त्याग गर्न सक्दैन । यही द्वैध संस्कृतिको मानसिकता बोकेर प्रेम बाँचिरहेको छ । प्रेमले पूर्वीय संस्कृतिलाई पूर्णतः त्याग्न नसकेको र नयाँ पाश्चात्य संस्कृति पूर्णतः स्विकार्न नसकेको स्थितिलाई उपन्यासमा देखाइएको छ । प्रेम पूर्वीय भाषा र संस्कृतिप्रति अनुरागी देखिएको छ । उपन्यासमा प्रेम द्वैध संस्कृतिको रापमा पिल्सिएको छ । प्रेमले अमेरिकामा खाने बस्ने, काम गर्ने, बोल्ने हिँड्ने सबै कुरा अमेरिकाकै सिक्नु परेको छ । उसले नेपालका सबै कुरा बिर्सनु परेको छ । उसले अमेरिकाको संस्कृतिमा आफूलाई अड्याइराख्न हीरासँग शारीरिक संसर्ग पनि गर्नु परेको छ । प्रेमले हीरासँग शारीरिक सम्पर्क राख्दा पनि घरकी लक्ष्मीप्रियालाई बिर्सन सकेको छैन र उसले हीरामा लक्ष्मीप्रियाको आकृति देख्न पुग्दछ । केही उदाहरण ः
ड्ड म पनि तन मन वचनले उनीसितको रतिमा लिप्त भई स्वयम्लाई बिर्सिएको थिएँ । त्यसबेला सेती हीरा थिइनन् । थिइन् लक्ष्मीप्रिया स्वयम् । उनको मुस्कानमा अचानक परिवर्तन देखेँ उदासीन थिइन् । उनै लक्ष्मीप्रिया । अचानक मेरो मुखबाट ध्वनि निक्ल्यो कसरी यहाँ आइपुगेकी लक्ष्मीप्रिया तिमी ? (पृ.११७)
ड्ड म बिना मेरी पत्नी बिना वासना सुकिरहेकी छिन् । मैले मात्र नियम तोड्न हुन्न । ... हो तर मेरो संस्कार त्यसमा विकसित होइन । मलाई अपराधले पोल्छ । (पृ.११७)
ड्ड म अवैध छु । न्यायको लागि मेरो वैध प्रविधि को सकार्छ ? मैले पनि अपनाउनै पर्छ अवैध तौरतरिकाहरू तर खोइ ममा त्यो साहस ¤ (पृ.७८)
यसरी आÇनो पुरानो भाषा–संस्कृतिलाई भुलेर भिन्न भाषा–संस्कृतिमा आफूलाई समाहित गर्नु पर्दा प्रेम संस्कृति भञ्जनको पीडालाई खपेर बाँचेको देखिन्छ । यस उपन्यासमा नायक प्रेम हरेक क्षण संस्कृति भञ्जनको पीडाबाट ग्रसित रहेको छ । यसर्थ यस उपन्यासमा संस्कृति भञ्जनको पीडाको चित्रण गरिएको पाइन्छ ।
१०. अभिघातको अभिव्यक्ति
यमपुरीको महल उपन्यासमा पात्रहरूको अभिघातको अभिव्यक्ति भएको छ । यो डायस्पोरिक उपन्यासको एक प्रमुख अभिलक्षण नै हो । अभिघातको तात्पर्य मानसिक चोट वा आघात हो । यस उपन्यासमा अमेरिकाको मनोलोकमा परिभ्रमण गर्ने नायक प्रेम भय, दुश्चिन्त, अपरिचितता र असुरक्षाको भावनाबाट ग्रसित छ । यहाँ अभिघात आद्योपान्त छ । अमेरिकामा पाइला टेकेदेखि नै उसलाई भयले सताउन थालेको छ । अमेरिकामा अवैध रूपले बसेको हुँदा ऊ पुलिस प्रशासनबाट लुकीलुकी हिँड्छ । रेल वे स्टेसनमा वर्ष दिनसम्म लुकेर बस्छ । विशाल महल र डलरको लोभले गर्दा उसले त्रासद जीवन बिताउनु परेको छ । अविघात सम्बद्ध केही उद्धरण ः
ड्ड त्यो भूमिगत गुफाको बाहिरपट्टिको सुन्दर बगैँचामा यात्रीहरू टन्न थिए । मानिसभन्दा धेरै कारहरू पार्क गरिएका थिए । यताउता हेरेँ । मेरा साथी कोही थिएनन् । तैपनि एक चोरको हृदय कामे जस्तै मेरो मुटु भट्याकभट्याक गरेको थियो । चारै दिशा हेरेँ । पूरै स्काइल्यान्ड डा«इभले घेरा हालेको थियो । (पृ.१२)
ड्ड करिब पन्ध्रवटा बसस्टपका छाप्राहरूले टुलुटुलु मलाई हेरिरहेका थिए । म संशयाकुल थिएँ– कहीँ यिनीहरू पक्रिन हेरिरहेका त होइनन् ? म सब वेको मुहानतिर मोडिएकै थिएँ । अरूहरू मलाई खुला देख्न चाहन्नथे । म उनीहरूको भूमिमा जिउनु थियो, तर लुकेर । (पृ.१५)
ड्ड नीलो सुटमा छातेटोपी लगाएका प्रहरी झन्डै मजस्तै थिए, तर उनी वैधको चस्मामा थिए, म अवैधताको नग्ननृत्य देखाइरहेको । वारेन्टेड । अरेन्टेड । डिपोर्टको मलाई त्रास थियो । कहीँ यो मृत देहलाई पुनः मातृभूमिमा लगी देखाउन नपरोस् । म झटपट उठेर दिशातिर लागेँ । (पृ.२०)
ड्ड उनलाई टोकूँटोटोकूँ जस्तो भएको थियो, तर म त उनकै राज्यमा थिएँ । क्राइममा म संलग्न हुनु खतरनाक थियो । उनले प्रहरी बोलाएको भए मेरो पासपोर्टको मिति पुगेको भेद खुल्थ्यो । राज्यको सीमाले केरिरएको यस स्वर्ग र नरकको कानुन किन तोडेको ? यस प्रश्नमा म फेरि उही कुरौटेहरूको नरकमा पठाइन्थेँ । म तर्सिएँ, मुरमुरिएँ, तर जड ∕ म लुसुक्क निक्लेँ । (पृ.२२)
ड्ड इमिग्रेसनका दूतहरू आए । कति ठूलो काय उनको ? म बिनामौलिक हकको नागरिक, बिनास्वतन्त्रताको स्वतन्त्रता इच्छुक, स्वर्गमा बसेर विलासी बन्नुको बदला नरकमा डलर निर्यात गर्ने एक स्मगलर म । जिउँदो समाजमा यमपुरीको महल खडा गर्ने ज्यानमारा म । (पृ.१२८)
ड्ड यमपुरीको महल यौटा मृत्युको तयारी हो । तर यसैमा जीवन्तता पनि निहित छैन र ? पक्कै यो नारकीय भूमिमा छ । के यसैमा लोक मन्त्रमुग्ध हुन्न र ? प्रगति र अवनतिको मूल्याड्ढन भएको अनुभूति नै नभए के अस्तित्वको आभास हुन्छ र ? के तिमीले तुल्याएको यमपुरीको महल नै तिम्रो अस्तित्वको प्रमाण होइन र ? (पृ.१२८)

यी उदाहरणबाट उपन्यासमा सघन रूपमा अभिघातको अभिव्यक्ति रहेको पुष्टि हुन्छ । अभिघात बेहार्ने पात्र नायक प्रेम हो र उसकै जीवनका अभिघात उपन्यासमा रूपान्तारित भएका छन् ।
११. निष्कर्ष
यमपुरीको महल डायस्पोरिक उपन्यास हो । यो उपन्यास अमेरिकामा कामको खोजीमा गएका नेपालीहरूले भोग्नु परेका दुख, पीडा, अन्योेल, एक्लोपन, अनिश्चयबाट अभिप्रेरित छ । उपन्यासको केन्द्रीय चरित्र प्रेम एकपटक टुरिस्ट भिसामा अमेरिका पुगेर फर्र्केपछि पुनः सपनामा नेपालबाट अमेरिका पुगेर उसले त्यहाँ भोगेका सङ्घर्ष र पीडाका अनुभूतिहरू र परिवार इष्टमित्र, छिमेकीसँगका आत्मीय सम्बन्धहरूको विशाल तरड्ड नै यस उपन्यासको विषयवस्तु बनेको छ । प्रेमको पुख्र्यौली भूमि नेपाल र इच्छित भूमि अमेरिका रहेको छ । इच्छित भूमिमा जानुपर्ने बाध्यताका पछाडि आफन्त र छिमेकीका छेडपेच, पारिवारिक दायित्व, सामाजिक प्रतिष्ठा र बेरोजगारीको समस्या रहेका छन् भने इच्छित भूमिमा पनि उसले चाहे अनुरूपको जीवन व्यतीत गर्न नपाउँदा उसको मानसिकता विभाजित छ । उसको मानसिकता हो र होइन, यथार्थ र अयथार्थमा विभाजित छ । ऊ अमेरिकामा कामको सिलसिलामा पुगेको र अवैध रूपमा रहेको हुनाले अल्पसङ्ख्यकको रूपमा रहेको छ । ऊ त्यहाँ अल्पसङ्ख्यक र सीमान्तीकृत हुनुको पीडाबाट पीडित छ । ऊ डलरको मोहबाट रोमाञ्चित देखिन्छ भने गास, बास कपासका लागि गर्नु परेका सङ्घर्ष र अन्योलग्रस्त भविष्यबाट चिन्तित पनि छ । ऊ अवैध रूपमा अमेरिकामा लुकेर बसेको हुँदा उसले आÇनो अस्तित्व बचाउन प्रत्यक्ष रूपमा एकतासूत्रको खोजी गरेको छैन । ऊ हरक्षण अतीतको मोहबाट आÇना जीवनका भय र पीडालाई बिर्सन चाहन्छ र अतीत स्मरण गर्दछ । ऊ परिवार इष्टमित्रबाट विच्छिन्न रहेको हुँदा आफूलाई एक्लो महसुस गर्दछ । उसमा ऐकान्तिक मानसिकता हावी भएका कारण ऊ हरक्षण एकालापमा हराउँछ । ऊ अविकसित मुलुक नेपालबाट अमेरिका जस्तो विकसित मुलुकमा अवैध कामदारका रूपमा रहँदा उसले आÇनो संस्कृति पूर्णतया बिर्सन पनि सकेको छैन भने अमेरिकाली संस्कृति पूर्ण रूपमा आत्मसात् गर्न पनि सकिरहेको छैन । यस अवस्थामा ऊ संस्कृति भञ्जनको पीडाबाट पीडित छ । ऊ नेपाल–अमेरिका दुवै स्थानमा नारकीय पीडा भोग्न बाध्य देखिन्छ । यसरी उपन्यासमा सघन रूपमा अभिघातको अभिव्यक्ति भएको छ । नायक प्रेम नेपाल र अमेरिकामा भव्य महल बनाउन चाहन्छ, जसलाई उसले यमपुरीको महल नाम दिएको छ । प्रेमको समग्र इच्छा यमपुरीको महलमा केन्द्रित छ । यिनै कारणले यमपुरीको महल एक उत्कृष्ट डायस्पोरिक उपन्यास बन्न गएको पाइन्छ ।
खख
सन्दर्भसूची
एटम, नेत्र, २०६८, नेपाली डायस्पोरा र अन्य समालोचना, काठमाडौँ ः एकता बुक्स ।
निरौला, लेखप्रसाद, २०६७, ‘यमपुरीको महल उपन्यासभित्रको डायस्पोरिकता र प्रयोगशीलता’,
शब्दसंयोजन (वर्ष ७, अड्ढ ३, पूर्णाड्ढ ७४, असार) पृ.४०–४५ ।
बराल, कृष्णहरि र नेत्र एटम, २०६६, उपन्यास–सिद्धान्त र नेपाली उपन्यास, तेस्रो संस्क., ललितपुर ः
साझा प्रकाशन ।
रेग्मी, मुरारिप्रसाद, २०६५, ‘यमपुरीको महल ः उत्तरआधुनिक मनोविश्लेषणात्मक समालोचना’,
भृकुटी (वर्ष १, अड्ढ ३, असार, साउन, भदौ) पृ.८–१६ ।
शर्मा, मन्जु, २०६९, “यमपुरीको महल उपन्यासको डायस्पोरिक अध्ययन”, त्रि.वि. भैरहवा बहुमुखी क्याम्पस,
भैरहवामा प्रस्तुत स्नातकोत्तर शोधपत्र (अप्र.) ।
शर्मा, मोहनराज, २०६३, समकालीन समालोचना सिद्धान्त र प्रयोग, दोस्रो संस्क., काठमाडौँ ः
इन्टरनेसनल पब्लिकेसन ।
शर्मा, मोहनराज, २०६६, आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना, कीर्तिपुर ः क्वेट पब्लिकेसन ।
सुवेदी, राजेन्द्र, २०६४, नेपाली उपन्यास परम्परा र प्रवृत्ति, दोस्रो संस्क., ललितपुर ः साझा प्रकाशन ।
सुवेदी, होमनाथ, २०६५, यमपुरीको महल, दोस्रो संस्क., ललितपुर ः साझा प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 2 श्रावण, 2071

लेखकका अन्य रचनाहरु