अविरल बग्दछ इन्द्रवतीमा वर्गीय द्वन्द्व २

- लालमणि पोख्रेल

अघिल्लाे पेजकाे क्रमश:
३.३.१ कथानक
उपन्यासमा घट्ने घटनाहरूको योजनाबद्ध विन्यासलाई कथानक भनिन्छ । यसमा आउने घटनाहरू कार्यकारण ९ऋबगकभ बलम भााभअत० सम्बन्धद्वारा कसिएका र व्यवस्थित गरिएका हुन्छन् । (बराल, एटम, २०५८ः २२) । कथानक उपन्यासको आधारभूत तथा महत्तम तŒव हो । यसमा चरित्र, विचार, कल्पना, बुद्धिजस्ता कुराहरू समाविष्ट हुन्छन् । उपन्यासको मूल ढाँचा निर्माण गर्ने प्राथमिक तŒवको काम गर्ने कथानकमा कारण सहितको घटनाक्रम हुन्छ । यसमा धेरै कथाहरूको संयोजन हुन सक्छ । कथानकमा समयको क्रमिक गतिका साथ तर्क, बुद्धि कल्पनाजस्ता साधनहरूको उपयोग गरी पाठक या श्रोतामा भावी घटनाका बारे संशय र उत्सुकता प्रदान गरिन्छ । उपन्यासकारले कथानकको निर्माणका क्रममा हरेक घटना वा कार्यलाई नियमित वा रहस्यपूर्ण ढङ्गमा सङ्गठित गरी त्यसलाई जीवन्त बनाउँछ । कहिलेकाहीँ उसले घटनाहरूलाई नयाँ सूत्र तथा नवीन साङ्लीहरूद्वारा पुनव्र्यवस्थापन पनि गर्दछ । यस क्रममा अतीतावलोकन अर्थात् पूर्वदीप्ति ९ँबिकज दबअप० र पूर्वाभास अर्थात् पूर्वसङ्केत ९ँयचभ क्जबमयध० को पनि प्रयोग गरिन्छ (ऐजन; २४) । पूर्वाभासमा उपन्यासको अन्त्यको घटनालाई प्रारम्भमै सङ्केत गरिन्छ । कथामा रहने रहस्यको जालोले कथानकलाई गतिशील तुल्याउँछ । कथानकलाई समस्याको तार्किक समाधानका बाटामा हिडाँउन पनि रहस्यले उल्लेख्य भूमिका खेल्छ । कथानक उपन्यासलाई अगाडि बढाउने मुख्य अङ्ग हुँदै हो ।
उपन्यास लेखनका क्रममा विभिन्न स्रोतबाट कथानक ग्रहण गरिन्छ । जुनसुकै स्रोतको उपयोग गरिए पनि प्राप्त सामग्रीलाई उपन्यासकारले हु–बहु प्रयोग नगरी अन्तर्मिश्रण गर्नुका साथै आफ्नो कलात्मक चेतनाले कथानकलाई रङ प्रदान गर्दछ । वर्तमानका उपन्यासमा मुख्यतः इतिहास, यथार्थमूलक अनुभव, मिथक, रागात्मक सौन्दर्य र स्वरैकल्पनाबाट कथानक ल्याउने गरिन्छ । कथानक घटनाहरूको कार्यकारण सम्बन्धमा आबद्ध श्रृङ्खला भएकाले यसमा द्वन्द्व र त्यसबाट सृजित क्रियाको सर्वाधिक महत्व रहन्छ । आन्तरिक तथा बाह्य द्वन्द्वबाट नै पात्रहरूले अघिका क्रियाकलाप प्रस्तुत गरी कथानक श्रृङ्खलित रुपमा अघि बढ्छ । कथानकको आदि, मध्य र अन्त्यको समुचित विन्यासबाट आङ्गिक विकास हुन्छ । वृत्ताकारीय र रैखिक गरी दुई खालको कथानक ढाँचा उपन्यासमा हुन्छ । कथानकका अङ्गहरू आदि, मध्य र अन्त्यको क्रममा रेखाझैं सीधा अगाडि बढाउँदा रैखिक र त्यसो नगरी पूर्वदीप्तिका माध्यमबाट क्रमबद्धतामा विचलन गराई राख्दा वृत्ताकारीय ढाँचा हुन्छ । कथानकलाई नायकको फलप्राप्तिका आधारमा मुख्य र सहायक, सङ्गठनका आधारमा सुगठित र अव्यवस्थित, सरल र संयुक्त (आरम्भदेखि अन्त्यसम्म भएको कथानक सरल हो भने दुई वा सोभन्दा बढी कथानकको मिश्रण भएको संयुक्त हो ।), सुखान्तक, दुःखान्तक, व्यङ्ग्यात्मक, रागात्मक आदि आधारमा पनि वर्गीकरण गर्न सकिन्छ । हाल आएर मनोवैज्ञानिक उपन्यास, अधि उपन्यास, अउपन्यास, तथ्योन्यास आदिमा कथानकलाई गौण मानी उपन्यास रच्ने प्रचलनको विकास भए पनि परम्परित उपन्यासहरूमा यसको सर्वाेपरि भूमिका देखिन्छ । इ.एम् फोस्र्टरको थभक, यज मभबच थभक, तजभ लयखभ ितभििक ब कतयचथ (हो, हजुर हो, उपन्यासले कथा नै भन्छ) भन्ने कथनबाटै उपन्यासमा कथानकको कति महŒव छ सो कुरा पुष्टि हुन्छ ।
रमेश विकल कथानकको प्रधानता भएका उपन्यास रच्ने व्यक्तित्व हुन् । यिनी नेपाली समाजमा घटित घटनाहरूको यथातथ्य ढङ्गले उजागर गरी उपन्यासको कलेवर तयार गर्ने व्यक्ति हुन् यिनका उपन्यासमा नेपाली समाजका यथार्थ घटनाहरूले उपस्थिति पाउँछन् । नेपाली समाजमा देखापर्ने वर्गीय विभेदलाई उजागर गर्दै पाठकलाई आकर्षित गर्ने प्रवृत्ति यिनमा देखिन्छ । विकलले कथानकलाई पर्याप्त रोचक र रहस्यात्मक पनि तुल्याएका हुन्छन् । विकलका उपन्यासको कथानक नयाँ सूत्र वा साङ्लीबाट बुनिएको देखिन्न । सरल वा सोझो रेखामा कथानकको आदि, मध्य र अन्त्यको क्रममा विकास गराउने विकलले सामाजिक समस्याको उठान गर्दै तार्किक वा वैचारिक ढङ्गले अगाडि बढाउने गर्छन् ।
विकल सामाजिक यथार्थमूलक अनुभवबाट कथानक लिई त्यसमा पर्याप्त कल्पना र बुद्धि तत्वको अन्तर्मिश्रण गराई रोचकता प्रदान गर्छन् । विकलका उपन्यासमा द्वन्द्व तथा क्रियालाई विशेष महत्व दिइएको हुन्छ । विकल आफ्ना उपन्यासमा आफूलाई उच्च वा सम्भ्रान्त ठान्नेहरूले निम्न वर्गका पात्रमाथि गर्ने होची अर्घेली तथा थिचोमिचो र उत्पीडनलाई मिही ढङ्गमा चिरफार गर्ने स्रष्टा हुन् । रैैखिक ढाँचाका सुगठित सरल कथानक भएका उपन्यास रच्ने विकलको अविरल बग्दछ इन्द्रावती उपन्यासको कथानकमा निहित वर्गीय अन्र्तसंघर्षको कुरा गरौं ।
कथानकीय दृष्टिले सफल देखिने अविरल बग्दछ इन्द्रावती नेपाली समाजका दुई भिन्न वर्गका बीचको अन्तद्र्वन्द्व वा वर्गीय सङ्घर्ष देखाउन पनि त्यतिकै सफल छ । उपन्यासमा ज्याला, मजदुरी, श्रम र अर्काको निगाहमा बाँच्नुपर्ने गरिबहरूको शोषण गरी विलासी जीवन बिताउने शोषक वर्ग र दुई गाँस खान र एकसरो लाउन पनि निकै संघर्ष गर्नु पर्ने तथा दिनहुँ आफ्नो श्रम र पसिना विना मूल्य चुकाउनु पर्ने शोषित वास्तविक तस्वीर उभ्याउँदै त्यसभित्र रहेका कुरुपताहरूको चिरफार गर्ने यत्न गरेको छ । कृतिमा समाजका अव्यवस्थाका कुरा छन् । आफूलाई शासक वा मालिक ठान्ने वर्गका ठुल्याइँ र अहम्पनाका दृष्टान्त छन् । कृतिले समाजमा गरिवी, उत्पीडन, असहायपन तथा चरम खालको दीनहीन अवस्था त्यसै जन्मन । यसका पछाडि राज्यको अव्यवस्था र समाजको संरचना नै ठीक नभएको कुरालाई इङ्गित गर्न रचनाकार अग्रसर भएका झैं लाग्छन् । मालिक वर्गले आफूलाई हैसियतवाला ठानी तल्लो वर्गलाई मनपर्दी चुस्ने तथा हेप्ने प्रवृत्तिको पर्दाफास गर्न स्रष्टा चुकेका छैनन् । उपन्यास पढ्दै जाँदा दमन र उत्पीडनतन्त्रका नयाँ–नयाँ रुप र तिनका हृदय नै कहालिने खालका स्वरुपहरू फेला पर्छन् । उपन्यासमा अभावले पिल्सिएका गरिबहरूका कहालिलाग्दा दृश्य फेला पार्छन् । यौन शोषणका त्यस्तै भयप्रद स्थितिहरू देखिन्छन् । एउटा दृष्टान्त हेरौं– “...रात परेपछि शेरे हवल्दार, त्यै त होला नि शेरे हवल्दार भन्ने उसलाई समातेर ल्याउनेको नाइके ? ... आएर रातभरि सुतेर जान्थ्यो । रातभर ऊ उसको आङअठिङ्गलसँग खेलेर गर्नु–नगर्नु सबै गरेर उज्यालो नहुँदै जान्थ्यो । यसरी पहिलोपल्ट उसको चिरसञ्चित शील त्यो भयानक प्रहरी नाइकेले वीभत्स किसिमबाट जबरजस्ती भङ्ग गरायो (पृ.३२१)।” लालगेडीलाई गाउँबाट अपहरण गरी ऊमाथि बुट, बन्दुक र लाठीको शासन गर्नेहरू ‘सत्यसेवा सुरक्षणम्’ भन्ने नारा लगाउनेहरूले प्रशासनको आडमा मच्चाएको श्वेतआतङ्कको दृष्टान्त हो यो । यस्ता दृष्टान्तहरू कृतिमा धेरै भेटिन्छन् ।
उपन्यासको कथानकमा आदिभागदेखि नै वर्गीय सङ्घर्षको वा अन्तर्विरोधको उपस्थिति देखिन्छ । नेपाली समाजमा सामन्तवादी चिन्तन र सोचको सूत्रपात कसरी कुन रुपमा भयो ? र नेपाली समाजको रुपान्तरणसँग सामन्तवादी हैकम तथा हर्कतले कस्तो स्वरुप निर्धारण ग¥यो भन्ने कुरालाई उपन्यासले चिरफार गर्ने यत्न गरेको छ । उपन्यासमा राणाकालीन र पञ्चायतकालीन सामाजिक व्यवस्थाका कुरा छन् । शासकवर्गलाई रिझाएर बिर्ता प्राप्त गर्ने अनि त्यसैको आडमा सर्वसाधारणमाथि मन पर्दी ढङ्गले दमन र उत्पीडनको चक्रव्यूह रच्ने नेपाली समाजको सामन्तवादी प्रवृत्तिलाई पनि उपन्यासले मिही ढङ्गबाट चित्रण गरेको छ । इन्द्रावती किनारमा बसोबास गरेको मामुली परिवारको गरुडसिंह बगालले नेपाल खाल्टो छिरी पल्टनमा जागिर खानु, पल्टनको सिपाही भएपछि नियमित रुपमा राणाशासकहरूलाई चाकडीद्वारा रिझाएर जमदारीको सिंढी उक्लनु, जमदारी पद पाएपछि पूख्यौंली खरको झुप्रोलाई दुईतले घरमा अनुवाद गर्नु, गरुडसिंहको माहिलो छोरो हुकुम सिंह पनि बाबुकै पल्टनियाँ परम्पराका कारण पल्टनमा जागिर खानु, बाबुकै बिडो धान्दै नियमित रुपमा माथिका अफिसर र कमाण्डर इन चीफसम्मलाई परेका बखत मौका हेरी खसी–बोक र घ्यूका ठेकी चढाएर जमदार हुँदै ऐटनीमा पुग्नु, शिकार खेल्न गएका बखत चन्द्रशमसेरलाई काँध चढाई उनलाई खुशी तुल्याएर कप्तान पदमा पुग्नुका साथै सयौं हलको पखेरो बिर्ता पाउनु अनि आफ्नो हैसियत अनुसार पराले छानो भएको घरलाई झिंगटीको छानोमा बदली त्यस क्षेत्रमा काजी खानदानका रुपमा परिचित हुनु जस्ता कुराले सम्भ्रान्त काजी खानदानको जन्मको स्थिति र त्यसले समाजमा सूत्रपात गरेको हैकमी प्रवृत्तिका दृष्टान्त हुन् । उपन्यासले राणाकालीन हुकुमी र प्रमाङ्गी शैलीलाई पनि गहन ढङ्गले टिप्ने यत्न गरेको छ । शासकहरू रिझाएर गाउँको राजा बनी रैतिहरूलाई मुठ्ठीमा लिने राणाकालीन प्रवृत्तिलाई उपन्यासले यसरी प्रस्तुत गरेको छ ।
“हुकुमसिंह बगाल अथवा कप्तान काजी मानिस देश खाई शेषभएकाले र जन्मजातै धूर्त प्रकृतिका भएकाले उनले सुरुमै पनि त्यहाँका साना साना जग्गावाल बाहुन, क्षत्री, सन्यासीलाई क्रमशः मुठ्ठीमा पारिसकेका थिए । पछि पल्टनमा अफिसरी दर्जामा पुगेपछि त उनले एक–एक गर्दै उनीहरूलाई आफ्ना कुटनीतिद्वारा परास्त गराउँदै या त आफ्ना हैकममुिन आउन बाध्य तुल्याए या त्यहाँबाट उठीबास लागेर भाग्न विवश तुल्याए ।
यसरी आफ्ना जोरीपारिका, आफूसँग टक्कर लिन सक्नेजस्तालाई त उठीबास लाउन सके भने यहाँका रैथाने बासिन्दा, निमुखा दनुवार, माझीका त के कुरा बिस्तार बिस्तार त्यहाँका कुन जमानादेखि आएर बसोबास गरी बसेका र मल्ल राजाका पालैमा वरिपरि आँपटार, भिउँटार, भाङटार, जोगीटार आदि जग्गा तारघाट किपटका रुपमा लालमोहर सनद भै पाएका कुसुवार माझीहरूका ती किपट जग्गाहरू पनि आफ्नै खुवा बिर्ताभित्र पारेर त्यहाँका ती माझी, दनुवार र केही तामाङ गाउँलाई पनि आफ्नै रैतानभित्र पारे ।
यसरी लौ त भने इन्द्रावती वारिको यो सम्पूर्ण सेरोफेरो आवादी, बस्ती, वनजङ्गल, डाँडा–खोरिया, पर्ती–पाखो आफ्नै खुवाभित्र समेटेर कप्तान काजी यस ठाउँका अघोषित राजा नै भए । .... आफ्नो स्वार्थको बाटोमा अलिकति पनि छेकबार बन्न सक्ने जस्तो कुनै व्यक्तित्व देखा प¥यो भने उनी त्यसलाई जरोमूलोदेखि नै उखेलेर फ्याँक्ने भन्ने कुरामा चाणक्य झैं सक्रिय भैहाल्थे । ... कप्तान काजीको व्यवहार अति नै अमानुषिक क्रूर र दमनकारी हुन्थ्यो । साना साना कसूरमा कसैलाई बाँधछाँद गर्नु, बाँसमा झुण्डाएर कोर्रा लगाउनु त मामुली कुरा थियो; त्यसमाथि उनी कसैको घरबास उठाउन पनि किञ्चित् हच्कँदैनथे । मन प¥यो भने कसैका छोरी –बुहारीलाई आफ्ना खोजीमा घिच्याएर नङ्गयाउनु, हुर्मत लिनु त उनको सोख थियो । (पृष्ठ १०÷११) ।

प्रस्तुत उद्धरणमा सामन्तवादी समाजको जीवन्त तस्वीर उतार्ने प्रयत्न गरिएको छ । कृतिमा उल्लिखित यस्ता सन्दर्भहरू पढ्दा हामी पुरातन सामन्तवादी युगमा पुग्छौं । माथिका उद्धरणहरूमा सामन्तवादी युगमा मालिकहरूले आफ्ना दासदासीमाथि गर्ने अमानवीय तथा क्रूर व्यवहारका कुरा छन् । हुकुमसिंह बगाल वा कप्तान काजीमा सामन्ती संस्कार र हुकुमी प्रवृत्ति देखिन्छ । ऊ आफ्नो विरोधी वर्गलाई सिध्याउने ध्याउन्नमा देखिन्छ । ऊ तल्लो वर्गप्रति निकै अनुदार र पैशाची प्रवृत्तिको लाग्छ । विरोधीहरूलाई पाखा लगाएर एकछत्र शासन गर्ने प्रवृत्ति राणाका लीन तथा पञ्चायतकालीन सामन्तवर्गको हो । यही सामन्ती चिन्तन वा प्रवृत्ति कप्तान काजीमा देखिन्छ । अविरल बग्दछ इन्द्रावतीले नेपाली समाजका सामन्तहरूको यस्तै जीवन्त तस्वीर उभ्याउने यत्न गरेको छ । वि.सं. २००७ सालमा राणाहरूको हुकुमी शासन पल्ट्यो देशमा प्रजातन्त्रको आविर्भाव पनि भयो तर शोषण गर्ने प्रवृत्ति र रुपमा कुनै परिवर्तन आएन । देशमा प्रजातान्त्रिक व्यवस्थाले बामे सर्दै गरिरहेको बखत वि.सं. २०१७ सालमा पुनः पञ्चायती व्यवस्थाको सूत्रपात भयो । शोषण गर्ने प्रवृत्तिलाई पञ्चायती व्यवस्थाले निरन्तरता दिइरह्यो । स्वतन्त्रता वा उन्मुक्ति चाहने नेपालीहरूका चाहहरू अट्ठिइरहे, दबिइरहे । कृतिमा पञ्चायतकालकै घटनाहरू छन् । शासकहरू रिझाउन सक्नेलाई पञ्चायतकालीन अवस्था पनि निकै अनुकूल बन्यो । सत्ताको आडमा श्वेतआतङ्क मच्चाउनेहरू यस अवस्थामा पनि निकै मौलाए । यस समयमा पनि राणाकालकै सामन्त, भूमिपति वा बिर्तावालहरूकै राज्यसत्तामा हालीमुहाली भयो । सामन्तहरूले रुप बदले, प्रवृत्ति बदलेनन् । नाङगाहरूमाथि सत्ताको आडमा बुट र लाठीहरू त्यत्तिकै बज्रिरहे । ठूलाका लागि चैन नै भयो सानाहरू हरूवा र हुतिहारा नै सावित भए । समाजको रुप बदलिएको भनिए पनि सार उही नै रह्यो । कृतिले राणाकालीन कप्तान काजीले इन्द्रावती नदी किनारका माझीहरूको जिन्दगीलाई कहाँबाट कहाँसम्म पु¥याइदियो भन्ने बारे यसरी उल्लेख गरेको छ –
“माझीहरूसँग अब जीवन निर्वाहका लागि पुग्ने कुनै पनि खेतबारी रहेनन् । सबै काजीकै बिर्ता–खान्कीभित्र समेटिए । त्यसैले अब जति घर रैतीहरू बाँकी थिए, ती सबै काजीकै बँधुवा मजुरा थिए । काजीकै कुत ठेक, अधियाँमा, बेठ–बेगारीमा काम गर्थे र वर्षको चार–छ महिना यसबाट उनीहरूको निर्वाह चल्थ्यो । अनि त्यसबाट बाँकी काजीकै ज्याला बुहुनी र गाउँघरका ज्याला–बहुनीमा चल्थे । अनि बाँकी दिन उनीहरूको सम्पूर्ण व्यवसाय नदीको (इन्द्रावतीको) पानीमा निर्भर गथ्र्याे । त्यसै इन्द्रावतीमा डुुङ्गा खेल्ने, जाल हान्ने, दवाली थुनेर माछा मार्ने, तिनै माछालाई काजीको ठेकी, बेठी भरेर बाँकी बचेको बजारमा बेचेर जीविका चलाउँथे, यतिबाट पनि नधानिएको जीवन वनका ओल सिस्नु, निउरो, जलुको र भ्याकुर गिट्टो उमालेर धान्थे (पृ. १२) ।

प्रस्तुत उद्धरणमा राणाकालीन समयमा सर्वहारावर्ग कसरी नाङ्गिन पुग्थ्यो भन्ने कुरा उल्लेख गरिएको छ । इन्द्रावती किनारका रैथाने माझीहरूलाई कसरी दीनहीन अवस्थामा पु¥याइयो, उनीहरूका दैनिकीलाई कसरी कष्टमय तुल्याइयो भन्ने कुरा समेत माथिको उद्धरणले प्रष्ट पारेको छ । आफ्ना विरोधी वर्गको शोषण र उत्पीडनमा रम्ने प्रवृत्तिलाई माथिको सन्दर्भले प्रष्ट पार्ने यत्न गरेको छ ।
राणाकालीन समयदेखि नै ओरालो लाग्दै गएको माझी समुदायको अवस्था पञ्चायतकालसम्म आइपुग्दा निकै दयनीय र टीठलाग्दो बन्न पुगेको छ । हुकुमसिंहका पालादेखि घर्कन थालेका माझी समुदायका दिनहरू चतुरभुजसिंह (हुकुमसिंहको छोरो) का पालामा केही मत्थर भई त्रिलोचनसिहंका पालासम्म निकै कष्टकर बन्दै गएका छन् । आफ्नो सम्पूर्ण घरबास, पाखा–पखेरहरू हडपेर आफूहरू माथि एकछत्र शासन गर्न थालेको काजी खलकले दुई गाँस टिप्नका लागि ठूलै सघाउ पु¥याइरहेको काभ्रे पाटो पनि त्रिलोचनले हडपेपछि पाउनुसम्मको सास्ती पाएका छन् । माझीहरूको जेनतेन जीवन धान्ने आधार बन्दै आएको काभ्रे पाटो त्रिलोचनसिंहको ऐस, आराम र विलास गर्ने हबलीमा रुपान्तरण भएपछि माझी समुदायको होश राम्ररी खुलुको छ । बूढ्यौली पुस्ताले मुटुमाथि ढुङ्गा राखेरै सहन कोसिस गरे पनि आफूहरूप्रति भैरहेको दमन सहन अबको युवापुस्ता राजी देखिन्न । माझी युवापुस्तामा चेतनाको लहर फैलिसकेको छ । कृतिमा शोषणका नयाँ–नयाँ रुप र रङहरू देखिन्छन् । एक दुई सन्दर्भ नियाली हेरौं –
“ठूलाघरे काजीका घरमा विशेष उत्सव चाडपर्व, न्वारन पास्नी, विहे वर्तमान इत्यादि पर्दा त यी निरीह प्राणीले पित्त छाद्नुपथ्र्याे । जिल्ला सदरमुकामबाट वा शहरबाट कुनै हाकिम–हैकाम, सवारी, शिकारी, दौडाहा आदि आएका बेलामा त यिनीहरूका भँडार रित्तिने मात्र होइन जीउका पसिना पनि निथ्रिन्थे । काजीका हैकमले आफ्ना बारी–बगैंचाका आँप–केरा कटहरदेखि लिएर ताजा सखर, भेली र बजार बेचेर नुन, तेल गर्ने सपनामा भस्र्याउन हालेका ताजा असलाका सिलसम्म उनीहरूका हजुरमा दाखिला गरेर पनि सुख नपाएर चौबीस घण्टा उनीहरूका सामु हात जोडेर आज्ञाको तामेलीमा उभिनुपथ्र्याे ।”
(पृ.१२)
कप्तान काजीमा रुपान्तरण भैसकेको हुकुमसिंह बगालले माझीहरूलाई खेपाउने गरेको सास्तीको नमुनालाई माथिको उद्धरणले सङ्केत गरेको छ । गाउँको सामान्य रैतीबाट श्री ३ हरूको चाकरी र चाप्लुसीले कप्तान काजीमा अनुवाद भैसकेपछि हुकुमे बगाल निकै क्रूर र नृशंस बन्न पुगेको सन्दर्भलाई माथिको उद्धरणले टिप्ने यत्न गरेको छ । हुकुमसिंहभन्दा उसका छोराका पालामा इन्द्रावती किनारका माझीहरूले केही राहतको महसुस गरेका छन्, किनकि ऊ आफ्नो बुबाजस्तो क्रूर र नृशंस छैन । ऊ थाहै नदिई सर्वस्व हडप्ने ब्वासो प्रवृत्तिको सामन्त हो । उसका शोषण गर्ने शैलीहरू कस्ता छन् एक दुई सन्दर्भलाई साभार गरी हेरौं –
“चतुरभुजको चरित्र बाबुको भन्दा केही फरक देखियो । उनका बाबु जति क्रूर र धूर्त थिए, जसरी उनी सामन्तयुगका पूर्ण प्रतीक थिए, चतुरभुज काजी त्यति थिएनन् । हुन त उनले पनि सामन्ती संस्कारभित्रै आफ्नो व्यक्तित्वको निर्माण गराएका थिए र केही हदसम्म बाबुकै पदचिन्हमा हिँडेर उनी पनि मेजरीको सिंढीसम्म उक्लेका थिए, तर सायद उनको मानसिकताले युगको परिवर्तनलाई आफ्नो अचेतनमै पनि ग्रहण गरेको थियो कि कुन्नि, उनले रैतिको शोषणको तरिकामा परिवर्तन ल्याएका थिए । बाबुको जस्तो मारपिट र क्रूरता पूर्वकको दमनद्वारा रैतीमाथि दमन गर्नुका बदला उनीहरूमा आफ्नो मानवीयता, उदारता, दया र सहानुभूतिको विश्वास दिलाएर आफ्नो प्रभुत्व जमाउने कुरामा उनी विश्वास राख्थे । यस्तै मिठाईमा लपेटेको अफिम चटाएर उनले आफ्नो सामन्ती सुविधाको उपभोग गर्थे । पुरानो प्रथामा कुनै किसिमको कमी आउन दिएका थिएनन् । सनातन रुपबाटै बेठ–बेगारी, ठेकी–कोसेली, चक्रवृद्धि व्याज, बेदखली आदिको शोषणधारा अविरल प्रवाहित थियो र उनले आफ्ना जिमीदारी सान, हाँक–हैकमलाई बढाएकै थिए तर जो यस शोषणको भागी थियो, त्यसलाई शोषणको पीडाको भान नै हुँदैनथ्यो (पृ.१३) ।
चतुरभुज यसरी परिवर्तन हुनुका पछाडि समाजमा आएको आर्थिक र सामाजिक रुपान्तरणले ठूलो भूमिका खेलेका छन् । चतुरभुजले वि.सं. १९९६ सालको पर्व, २००७ सालको जनक्रान्ति र २०१७ सालको जनताको प्रजातान्त्रिक अधिकारमाथिको कुठाराघात भोगिसकेको छ । युगको गतिलाई बुझेर रङ बदल्ने छेपारो प्रवृत्तिको सामन्त हो चतुरभुज । जनतामा जागरण आइसकेका छ युगले परिवर्तनको ढोका घचघच्याइसकेको छ, जनताहरू अब पनि निर्बल र निरीह बनेर बस्नेवाला छैनन् । यही सामाजिक वस्तुतथ्यलाई बुझेर चतुरभुजले रङ बदलेको हो । चतुरभुजबाट पनि रैतीहरू अमानुषिक ढङ्गले चुसिइरहे । तर उनीहरूले मानवीय उदारता, दया र सहानुभूतिको खोलभित्र लुकेको ऊ भित्रको शोषणको क्रूर अनुहार ठम्याउनै सकेनन् । चतुरभुजलाई मालिकका रुपमा प्राप्त गरेकोमा माझी समुदाय आफैमा दङदास पनि छ । उनीहरूकै कहावत हेरौं न– “बूढा काजीजस्ता मालिक पाउनु त बाबै, ठूला भाग्य चाहिन्छ ।” (पृ.१२) लामो समयसम्म शोषण, दमन र उत्पीडन सहेका अनुभवी, बुज्रुक बूढापाकाहरूले पुछारचौरको वरको छहारीमुनि बिडीको सर्काे तान्दै भनेको कथन हो यो । बूढा काजीमा देखापरेको यस्तो खालको परिवर्तनको मुख्य कारण राणाहरूको अति क्रूर व्यवहार र थिचोमिचोका कारण जनताहरूमा थालनी भएको परिवर्तनको चाह हो । चतुरभुजले उग्र दमनले विष्फोटको सिर्जना गर्छ भन्ने कुरा राम्ररी बुझिसकेको छ । चतुरभुजले आफ्नै आँखाले जुद्धशमशेरले ‘राजर्षि’ को मुखुण्डो ओढी वनवास लागेको र २००७ सालमा मोहन शमसेर र उसका मतियारहरूले राज्यसत्ता वा सत्ताको बागडोर त्रिभुवनका हातमा सुम्पेर डाँडो काटेको देखिसकेको थियो । ऊ पनि उग्र दमनका कारण गाउँ विष्फोट हुन पुगी आफूले पनि डाँडो काटेर हिंड्नु नपरोस् भन्ने चाहन्थ्यो । यही फल थियो मानवता, उदारता र सहिष्णुताका गर्भमा रहेको उग्र दमन र शोषणको बबण्डर ।
चतुरभुजले गाउँलेहरूलाई रिझाइकन, उनीहरूको चित्त नदुखाइकन, विना अवरोध माझीहरूलाई चुसिरह्यो, झम्टिरह्यो । चतुरभुजका पालामा रैतीहरूले थोरै भए पनि उन्मुक्तिको उछ्वास छोडे । परिस्थिति सधैं एकै रहेन । राजनीति बदलियो, शिक्षादीक्षाको परिपाटी बदलियो, जमानाले कोल्टो फे¥यो । यसैको परिणामले उदण्डता, तामसी र निर्दयी प्रवृत्तिको त्रिलोचन काजीको जन्म दियो । त्रिलोचन आफ्ना बाबुको ठीक विपरीत धु्रवमा उभिएर रैती अत्याउन उद्यत भयो । त्रिलोचन सिङ्गो पञ्चायतकालीन निरङ्कुशताको प्रतिमूर्ति बनेर खडा भयो । उसले पञ्चायती व्यवस्थाको काँध चढी देशको उच्च कमानमा पुग्ने सपना देख्न थाल्यो । त्रिलोचनको राजनीतिक सिद्धान्त डण्डा र दमनमा अडेकाले ऊ आफ्नो बुबाभन्दा नितान्त भिन्दै कित्तामा उभियो ।
उपन्यासमा त्रिलोचनको उद्दण्डता, उग्रता र निदर्यीपनको उदयसँगै वर्गीय चेतना मौलाएको छ । चतुरभुजका पालासम्म आफूलाई निगाह र प्रमाङ्गीमा बाँच्ने प्राणीका रुपमा अनुवाद गरेका माझी समुदायमा वर्गीय चेतनाले झ्याङ्गिने अवसर पाएको देखिन्न । त्रिलोचनको अमानुषिक व्यवहारको प्रतिवाद गर्न, माझी समुदाय नराम्ररी जागेको छ । सत्ताको आडमा श्वेत आतङ्क मच्चाउँदै हिँड्ने त्रिलोचन काजीको अत्याचार गाउँलेहरूलाई अति भैसकेको छ । उसका क्रूर तथा अमानवीय प्रवृत्तिले माझी गाउँ नराम्रैसँग झसङ्गिन पुगेको छ । आफ्ना गाउँका माझी–दनुवारहरूलाई सुँगुर र गधा ठान्ने त्रिलोचनले शोषणको नयाँ शैली आफ्ना पिता सामु यसरी प्रस्तुत गरेको छ –”
“बुबा ! हजुरले यी सुँगुरहरूलाइ जति सुमसुम्याइबक्सिन्छ यिनले त्यति हजुरको मुख चाट्न आउँछन् । गधालाई त जति भारी बोकाउन सक्यो उति फुर्तीले हिंड्छ ।” (पृ.१७)
त्रिलोचन नयाँ संस्कृति, नयाँ सभ्यता र नयाँ राजनीतिमा रङ्गिएको मानिस थियो । उसले आफूलाई यिनै कुरामा डुबाएर सभ्य, सु–संस्कृत र शक्तिशाली बनेको अनुभव गथ्र्याे । परम्परागत आस्था नीति, निष्ठा र कर्ममा विश्वस्त चतुरभुज र तिनैको भञ्जन र विनिर्माणमा रमाउने त्रिलोचन दुई युगका दुई भिन्न विचार बोकेका परस्पर विरोधी चरित्र थिए । बूढा काजीलाई आफ्नो छोराले कुलको आचार र मर्यादा मिचेकोमा निकै पछुतो हुन्थ्यो । आफ्नो शेषपछि काजी खानदानको इज्जत जोगिने र कुलको मर्यादा बाँचिरहने कुरामा बूढा काजी आफ्नो छोराको यस्तो आचारका कारण कत्ति विश्वस्त थिएनन् । चतुरभुज मानवता, दया र उदारता देखाएर निमुखा गरिबहरूप्रति शोषण थोपर्ने पात्र हो । उसले माझी समुदायप्रति उत्पीडन मच्चाएर पनि माझहरू ऊभित्र रहेको मानवता र उदारताका कारण ऊप्रति त्यति आक्रामक र उसका विरोधी बन्न पुगेका देखिन्नन् । गाउँलेहरूमा चतुरभुजप्रति कुनै किसिमको ईष्र्या र द्वष भावना देखिन्न । उसले आफू मानवतावादी, उदार र स्नेहालु भईटोपलेर गाउँलेहरूलाई रिझाइसकेको छ । यसैको परिणति स्वरुप माझी दनुवारहरू चतुरभुजबाट जति शोषित भए पनि आफूप्रति शोषण भएको अनुभव नै गर्दैनथे । चतुरभुजको एक्लो छोरो त्रिलोचन धाक, धम्की र उच्च वर्गीय रवाफले गाउँलेहरूको मालिक बन्ने यत्नमा देखिन्छ । ऊ अति निर्दयी, कठोर, क्रूर र बन्दुके प्रवृत्तिको छ । सङ्गीनको आडमा गाउँलेहरूलाई आफ्नो अधीनस्त तुल्याउन खोज्ने त्रिलोचन अत्यन्तै पाखण्ड र परपीडक प्रवृत्तिको समेत छ ।
बूढा काजीका पालासम्म माझी समुदायमा विद्रोहको आगो त्यति राम्ररी सल्कन्न । जब चतुरभुज जीवनको उत्तरार्धमा पुग्छन् तब गाउँलेहरूमाथि शासन गर्न त्रिलोचन उद्यत हुन्छ । बुबाको प्यार र सत्ताको आडमा निकै पुलपुलिएको त्रिलोचन माझी समुदायलाई मान्छे नै ठान्दैन । उसले आफूलाई गाउँलेहरूको एकछत्र राजा ठानिसकेको छ । ऊ सारा गाउँ आफ्नै हुकुम र प्रमाङ्गीमा चलोस् भन्ने ठान्छ । त्रिलोचन त्यस्तो चरित्र हो जो आफूले देखेको र चाहेको कार्य कसै–कतैबाट विना अवरोध सम्पन्न होस् भन्ने चाहन्छ । गरिब, निमुखा माझीहरूलाई दुहेर मोज गर्न पल्किएको ऊ माझी समुदायलाई सर्वनास गराउन समेत पछि परेको छैन । गऊँमा राम्रा तरुनी वा आइमाईलाई डर, धम्की वा प्रलोभनमा फसाएर लुट्न होस् या गाउँलेहरूको सर्वस्व हरण गर्न ऊ कुनै पनि बखत कहीं चुक्तैन, चुकेको पनि छैन । त्रिलोचनको व्यवहार गाउँलेहरूलाई अति भैसकेको छ । उत्पीडनको पनि हद हुन्छ, अत्याचारको पनि सीमा हुन्छ अनि आतङ्कको पनि आफ्नै साँध हुन्छ । यी सबैलाई उल्लङ्घन गरेर त्रिलोचनले माझी समुदायमा एकछत्र राज गरेको छ ।
देशमा निरङ्कुशताले गोता खाइसकेको छ, सामन्तवाद मक्किसको छ, भूमिसुधार ऐन लागू भैसकेको छ; यसको प्रभावले विस्तार विस्तार इन्द्रवातीको किनार पनि तरङ्गित हुन पुग्छ । लटमुखा, निर्धा र सोझा माझी समुदायमा नयाँ युगको चेतनाले विस्तारै आँखा खोलिदिन थाल्छ । माझी समुदायमा आफूलाई शिक्षाप्रेमी कहलाउन बूढा काजीले शहरमा पढलेख गरी हुर्केको गरिब परिवारको गिरी मास्टरलाई गाउँ भित्र्याउँछन् । गिरी मास्टरको आगमनसँगै गाउँका युवापुस्तामा चेतनाको बीज टुसाउन थाल्छ । माझी समुदायका युवातरेलीहरूमा बूढ्यौली पुस्ताले पुज्दै आएको काजी खानदान र उसको हैकमप्रति अनास्था अघिदेखि नै जाग्दै आएको हुन्छ । अझ त्यसमाथि गिरी मास्टरको रात्रीकालीन कक्षाले झनै आँखा खोलिदिंदै लान्छ । माझी युवापुस्ताले परम्परित पेसालाई पनि उपेक्षा गर्छन् । खोलामा ढुङ्गा चलाउने, दुवाली थुन्ने, माछा मार्ने पेसाबाट जीविकोपार्जन नहुनेदेखि स्वयं माझी समूहको मिजार भूमा माझीका छोरा भीमे र जैमाने समेत कामको खोजीमा पाँचखाल र दोलालघाटसम्म पुग्न थाल्छन् ।
माझी समुदाय अन्धविश्वासी र रुढिवादी छ । उनीहरूमा माझीको छोराले आफ्नो पुस्तैनी पेसा छाडेर बाहिरतिर जानु हुँदैन भन्ने धारणा छ । सानीकाजीले प्रत्येकपल्ट सहरबाट गाउँ फर्कदा आफ्ना शहरीया साथीहरूलाई गाउँको मोज लुटाउन सँगै लिएर आउँछ । ऊ आएपछि इन्द्रावती नदीमा विष हाल्ने र बम हान्ने गरी नदीका माछाको दुहाई हुन थाल्छ । बारम्बारको बम हनाई र विष प्रयोगका कारण इन्द्रावतीमा माछा रित्तिन्छन् । यसै विषयलाई लिई वास्तविकताको छेऊ टुप्पो नबुझ्ने माझीहरू यस्तो टिप्पणी गर्छन्–
“त यसरी गङ्गा माईको नियाँ र निसाफमा विश्वास नगरेर पुर्खाले नगरेका नौला–नौला पेसा खोज्न हिंड्नेलाई जलदेवताले पनि कहाँ माया गर्छन् त ? यिनै उरन्ठ्यौला केटाका असर्धाले गर्दा पनि इन्द्रावतीले ठूला माछा दिन छोडिन् ।” (पृ.२७)

पुरानो पुस्ता काजी खानदानप्रति, आफ्नो परम्परित मूल्य र मान्यताप्रति निकै आशक्त र श्रद्धाशील भए पनि नयाँ पुस्ता काजी खानदान तथा उसको सामन्ती संस्कारप्रति एकजुट भई खनिन थालिसकेको छ । त्यसो त माझी समुदायमा पनि काजीको समर्थन गर्ने र नगर्ने; बुढ्यौली पुस्ता र युवापुस्ता बीच पनि ठूलै अन्तद्र्वन्द्व देखिन्छ । युवापुस्तामै पनि काजीखानदानको चाकरी र चाप्लुसीमै मोज गर्न पल्किएका बुदुने र हरे तिवारीजस्ता पात्र र अन्य शोभिते, हिरे, जैमाने प्रभृति पात्रमा पनि ठूलै अन्तर्सङ्घर्ष देखिन्छ ।
बुढ्यौली पुस्ताले भूमिसुधार ऐन बनेको, निरङ्कुशहरूले गोता खाएको त्यति राम्रो अनुभव नगरे पनि युवा पुस्तामा परिवर्तित राजनीतिक सन्दर्भले ठूलै प्रभाव पारिसकेको छ । पढ्नु लेख्नु अर्कै संसार र दुनियाँका कुरा ठान्ने माझी समुदायका युवा पुस्तामा शिक्षा र राजनीतिप्रति चासो बढ्न थालिसकेको छ । अबको युवापुस्ता विना ज्याला काजी खानदानको मजदुरी गर्ने वाला छैन अनि विना मूल्य आफ्ना घरका जाँड, रक्सी र खसी जुटाउन तत्पर पनि । विशेषतः त्रिलोचन शहरबाट गाउँ फर्केपछि ऊ लगायत उसका शहरिया भरौटेहरूलाई पोस्न सिङ्गो गाउँ उनीहरूको सेवा टहलमा जुट्नुपर्ने प्रचलन छ । त्रिलोचनका लागि सिकारको व्यवस्था गरिदिनु, नदीमा दवाली छेकी माछा मारिदिनु, रातदिन उसका घरमा दाखिला हुनु युवाहरूका निम्ति असह्य बन्न थालिसकेको छ । बुदुने प्रवृत्तिका केही भरौटे युवाहरू बाहेक अन्य सबै काजीखलकको अत्याचार र उत्पीडनविरुद्ध उत्रन थालिसकेका छन् । स्वयम् माझी समुदायको मिजार भूमा माझीका पुत्रहरू भीमे र जैमाने पनि आफ्ना पिताका झैं काजी खानदानको अत्याचार र उत्पीडनलाई टुलुटुलु हेरेर बस्ने र त्यसकै पक्षपोषण गर्ने वाला छैनन् । सोभिते लगायतका गाउँका युवा पुस्तामा चेतनाको बीज अङ्कुरण भैसकेको छ । उनीहरूले काजीखानदानको विपक्षमा गोप्य ढङ्गले एक आपसमा बहस गर्न थालिसकेका छन् । एउटा दृष्टान्त हेरौं –
“साना काजीका पाहुना सहरबाट आएका छन् त उनका पाहुना आएका छन्, गाउँका लागि के ?” सोभितेले रोषपूर्ण स्वरमा भन्यो ।” गाउँलेले उनका लागि बेगारमा किन खसी खेप्नु ? किन वेगारमा उनका लागि शिकारको चाँजो
मिलाउनु ? ... उनीहरूका पैसा छन् । चाहिन्छ भने पैसा तिरेर जुटाउन् न खसी र कुखुरा’ ज्याला तिरेर लैजाऊन् न शिकारका लागि घेरा गर्नेहरू !”
“तवै त, अब पनि जिम्दारका लागि हामीले बेठ–बेगारी दिनुपर्छ त
माड्साप ? “भीमेले सोध्यो, – “भूमिसुधार ऐन बनेपछि यस्ता सबै कुरा खारिद भए भन्या होइन ?”
“हो, ऐन सवालले त खारेज भयो” मास्टर गिरीले गहिरो हाँसो हाँसेर भने – “तर साना काजीका हैकमका अगाडि तिमीहरू सक्छौ त्यसलाई खारेज गर्न ? ....
“किन ? ... जब ऐनमा खारिद भयो भने हामीले खारिद किन गर्न
नसक्नु ?” हीरेले जोस्सिएर भन्यो ।” (पृष्ठ–१९÷२०)
सानो काजीको अत्याचार अति भैसकेको छ । गाउँमा भित्र–भित्रै उसका विरुद्ध आन्दोलनको आगो सल्कदो छ । गाउँका युवाहरू आधुनिक शिक्षा लिएको, देशको राजनीतिक अवस्था बुझिसकेको गिरी मास्टरबाट आँपचौरको एकान्तमा विद्यालय स्थापना गरेर रात्रीकालीन कक्षा लिन थालिसकेका छन् । युवाहरूमा परिवर्तनको उत्कट चाह छ । देशमा भूमिसुधार ऐन लागू भैसक्यो तर यसबाट इन्द्रावती किनारका माझीहरू बेखवर
छन् । सदीयौंदेखि दासता खेप्दै आएका माझीहरूमा आफ्ना अधिकार र कर्तव्यका बारे कुनै जानकारी छैन । अधिकार मागेर पाइँदो रहेनछ । राज्यले विधान बनाए पनि कानुनले मान्यता दिए पनि माझीहरूमा आफ्ना अधिकारका बारेमा न कुनै चासो छ न जिज्ञासा नै । उनीहरू सान्तहरूका खम्बाहरू ढलिसकेको वास्तविकताबाट पनि निकै अनभिज्ञ छन् । मुलुकमा भूमि सुधार ऐन बने पनि यस ऐतिहासिक घटनाबाट माझीहरू बेखवर छन् । बुढ्यौली पुस्ता जसरी हिँडोस् उसको गति जुन रुपको होस ; त्यसप्रति खासै महŒव नदिँदै युवापुस्ता अबलाई जाग्न थालिसकेको छ । माझी युवापुस्ताले तबेलामा बाँधे पनि घोडाले हिनहिनाउन जानेको हुन्छ, खोरमा थुने पनि बाघले सिकार गर्न जानेको हुन्छ भन्ने वस्तुसत्यलाई बुझिसकेको छ । माझी युवापुस्ताले युग धेरै अघि बढिसकेको, समयको गति अर्कै ढङ्गले चलिरहेको राम्ररी महसुस गर्दैछ ।
माझी युवापुस्तामा विद्रोहको ज्वाला सल्किसकेको छ । अब यो पुस्ता पुरानै धारमा हिड्ने स्थितिमा छैन । सहरबाट एक डफ्फा साथीहरू लिई गाउँ फर्केको त्रिलोचनको सेवा सुविधाका लागि पूरै गाउँलेहरू खट्नुपर्ने मिजार भूमा माझी र अन्य बुढ्यौली पुस्ताका मानिसहरूको प्रस्तावलाई ठाडै अस्विकार गरी माझी युवापुस्ताले आफूहरूलाई नयाँ युगको परिवर्तनका संवाहकका रुपमा उभ्याइसकेका छन् । एउटा दृष्टान्त पढी हेरौं ः–
“साना काजी सहरबाट आका” छन् । भूमाले भन्यो– “अरु उनका साथी पनि आका ’ छन् ।”
“त्यो त थाहा छ नि ।” तुलेले तमाखुको धूवाँ उडाएर भन्यो– “त आएर के भयो त, आउँछन् जान्छन् ।”
तुलेले स्वरमा ठट्टाको ध्वनि भरेको सबैले अनुभव गरे । तर भूमा बूढो निकै गम्भीर थियो” कुरो के भने तिमरुले एक दुई दिनका लागि सिपाघाटदेखि तल भिउँटार घुम्तीसम्म दुवाली थुनिदिनुप¥यो । काजीका साथीहरू जाल खेल्छन् रे ।”
“साना काजी र उनका साथी यस गाउँमा आएदेखि गाउँका रोजा–रोजा खसी पनि सकिए, कुखुराका खोर पनि रित्तिइसके । अब के खोलामा दुवाली थुनाएर माछा पनि रित्याउने ताकमा छन् । साना काजी ?” एउटो तीस–बत्तीसे छिचरो माझीले प्याच्च मुख फो¥यो ।
“हेर बाबै ! साना काजीका साथमा आका’ ती पाहुना साना काजीका साथीमात्रै हवैनन् । ती त साना काजीलाई मन्त्री बनाउने मान्छे हुन् । ... साना काजीको पढाइ अब सकियो नि त । त्यसैले उनी अब मन्त्रीमा जाने रे ।”
“त साना काजी मन्त्री हुन्छन् त उनै हुन्छन्, हाम्लाई के हुन्छ ?” एउटा केटोले प्वाक्क भन्यो ।
“त्यसो त भन्नु हुन्न लाटा !” बिर्खे बूढाले बोल्नेलाई हकार्दै भन्यो –“साना काजी जेभा’ नि हाम्रा गाउँका मालिक उनी मन्त्री भएभने कि नभा’ नि बेला बखताँ हेर्लान् नि !”
“अरु कुरो केही होइन, इन्द्रावतीका माछाको बैन चल्या’ छ, सहरका ठूलाबडाका ओठमा राल चुहिन्छ” तुले माझीले ओठ लेपयाएर भन्यो ।
“त अब हामीले के गर्नु प¥यो त मिजार बूढा हो” बिर्खेले सोध्यो ।
“मैले अगि नै भनेँ नि, ढुवाली थुनेर उनीहरूलाई माछा शिकार खेलाउनुप¥यो । ” भूमा बूढाले भन्योः“हेर बाबै ! यो हाम्रा माझीको इज्जत हो । फेरि, लौ फलाना गाउँका माझीले त हामीलाई माछा शिकार पनि गराएनन् भनेर सहराँ’ बैन चलाए पनि राम्रो हुन्न ।”
“दुुवानी त थुन्ने ! तर के सित्तै ?” हिरे माझीले भन्यो । “के त, राजा– मालिकका काम गरेर ज्याला खौज्छौ त तिमरु?” बूढा भूमा अलि रिसाए झैं रुखियो –“मालिकका नुन त सधैं खाएकै छौ नि ! ... अब प¥या ‘बेलाँ’ हाम्ले नगरे ... । आखिर तैंले हाम्ले उनकै धर्तीमा त शरण पा’का छौं ।”
“हो, हुन त !” बिर्खे माझीले सही लाउँदै भन्यो– “जसका जिमीमा बसिया छ, जसका निमक खाइया छ, उनै राजा– मालिकका काममा ज्याला माग्नु त ...”
“कसको धर्तीमा बस्या ? ... कसको निमक खाएको ?” त्यत्तिकै बेला एक्कासी एउटा जोसिलो तन्नेरी स्वरले सबैको ध्यान बेँसीबाट आउने ठाडो गोरेटोका टाउकातिर तानियो । भूमाको छोरो भीमे मैलोे कट्टु, कमिज, फाटेको टोपी, कम्मरमा हँसिया र डोरी– ऊ अगिदेखि कताबाट आएर त्यहाँको गलफती सुनिरहेको थियो । बूढाहरूका बातबातमा ‘नमकको सोझो ! ‘राजा मालिक’ भन्ने अभिव्यक्तिले उसको तन्नेरी रगतमा एउटा उत्तेजना उराल्यो । असह्य भएपछि ऊ एकदमै पड्क्यो– “हामीले कसैका निमक सित्तैँ खा’का छैनौं, आफ्ना दसनङ्ग्री खियाएर पाखुरी बजारेर खा’ का छौं । कसैका धर्तीमा बसेका छैनाँै, आफ्ना बुताले खोरिया खनेर मल्याएको जिमीमा बस्छौँ ।” ... धेरैजसो तन्नेरी रगतका केटाहरूले र केही अधवैंसेहरूले पनि प्रष्ट शब्दमा भने– “काजी हुन् कि मालिक, सहरे हुन् कि पर्वते, अब त्यस कुरा छैनन् । हाम्रा बाबुबाजेका हाड जति घोट्न सके सित्तैमा घोटे । अब सितैँ कसैका नोकरी गरिन्नँ । साना काजीका खुसले डाकेका पाहुना हाम्रा खुसले होइन । उनीहरूलाई रिझाउन दुवाली । होइन भने ...” (पृ.२१÷२२÷२३)

माथिको उद्धरणले नै प्रष्ट पार्दछ माझी समुदायमा दुई पुस्ताबीच आएको वैचारिक भिन्नतालाई । प्रस्तुत उद्धरणले नै बताएको छ माझी समुदायको बुढ्यौली पुस्ता कतिसम्म निरीह, सोझो र कमजोर छ भन्ने कुरा । बुढ्यौली पुस्ता अन्धविश्वासी र सामन्ती संस्कारको पूजक पनि छ भन्ने प्रमाणलाई माथिको सन्दर्भले प्रष्ट पारेको छ । बुढ्यौली पुस्ता यथास्थितिवादी छ, ऊ आफूहरूप्रति भैरहेको उत्पीडनलाई सामन्तहरूको अधिकार अनि आफ्नो कर्तव्यका रुपमा अथ्र्याउँछ । युवापुस्ता सचेत भैसकेको छ । यसले विना ज्याला कसैले कसैलाई काममा खटाउनु सरासर अन्याय हो र यो शोषणको रुप हो भन्ने कुरा े राम्रै गरी मनन गरिसकेको छ । माझी बुढ्यौली पुस्ता कति लाटो, कति कमजोर र कति सरल छ है । उनीहरूका कुरा निकै हाँसो उठ्दा र लाजलाग्दा छन् । आफ्नै पुख्र्याैली थलो तथा आफ्नै पूर्खाको (आफ्नै पनि ) जिमी हडपेर÷खोसेर आफूहरू माथि राज गरिरहेको काजी खानदानलाई मालिक र राजाको उपमा दिनु कति नाजायज र कति बेकम्मा देखिन्छ । शोषणका रुपहरू वास्तवमा यस्तै हुन्छन् । शोषितहरूका चिन्तन र स्थितिहरू यही रुप र शैलीका हुन्छन् । आफूमाथि भैरहेको थिचोमिचोलाई बुझ्नै नसक्नु कतिसम्मको सोझोपन । जसले आफ्नो ज्यानको मासु लुछेको छ, रगत चुसेको छ अनि हाड घोटेको छ त्यसैलाई राजा मानेर चाकरी पु¥याउनु कहाँसम्मको निरीहता । यही निरीहता प्रदर्शित गरिरहेको छ माझी समुदायको बुढ्यौली पुस्ताले । अशिक्षाको अँध्यारो र गरिबीको नरकमा जाकिदिएपछि कति सहज हुँदो रहेछ मान्छे कजाउन । दासयुगका दासदासीहरूको चिन्तनभन्दा कम्ती घटी छैन माझी समुदायका बुढ्यौली पुस्ताको प्रस्तुत कथन र चिन्तन ।
युवापुस्ता सचेत भैसकेको छ । गिरी मास्टरको आँपचौरमा सञ्चालित रात्री कक्षाबाट दीक्षित सोभिते र उसको विचार पछ्याउने माझी युवाहरू धेरै जान्ने भैसकेको छन् । गरिबका छोराको समय र परिश्रमको हिसाव हुन्न ? झुपडीका जीवनको मूल्य हुन्न ? नाङ्गा र थाङ्नेहरूको अस्तित्व हुन्न ? सोभिते र उसका साथीहरूले काजी खानदानबाट यसको हिसाव–किताब चुक्ता गर्ने वाला छन् । मान्छेको मुख चुकुल ठोकेर बन्द हुन्न । दमनले प्रतिरोध जन्माउँछ, प्रतिरोधले विष्फोट सिर्जना गर्छ । अत्याचार अति भैसकेको छ । मात्नुको पनि हद हुन्छ, सिर्नाउनुको पनि सीमा हुन्छ । त्रिलोचनले सीमा नाधिसकेको छ । आउरे बाउरे, धुपौरे र भरौटेहरूको भरमा शासन टिकिरहन सक्दैन । काजी खानदानको लागि माझी ठिटाहरूको यो एउटा ठूलो चुनौती हो र महान् धक्का पनि । सामन्तवादका किल्लाहरूलाई युवाहरूले नै हल्लाउन सकछन् । हल्लाउने मात्र होइन उखेलेर मिल्काउन पनि सक्छन् । माझी युवाहरूको सामूहिक प्रतिबद्धताले, उनीहरूको गोलबन्दीले त्रिलोचनकाजी हल्लिन थालिसकेको छ । जब सामन्तवादका खम्बाहरू हल्लिन थाल्छन् अनि दमनको श्रृङ्खला झनै चुलिन थाल्छ । निरीहहरूले झनै सास्ती पाउँछन् । त्यसैर त त्रिलोचन पनि गिरी मास्टर र देबु पनेरुमाथि यसरी खनिन थाल्यो ।
“ए माझीका भुराहरूका अब पखेटा उम्रन थालेछन्?” ... हुँ ! हेरौंला यी सुँगुरका सन्तानको ताइँ पनि !”
“तर साना काजी !” साना काजीको अन्तरङ्ग सहायक, उसको लँगौटीको खास जम्रो भनिने हरे तिवारीले उसको क्रोधको समिधामा झन् घिउको आहुति थप्दै खुसाखुस ग¥यो–” यसमा मुख्य हातचै त त्यो फटा मास्टर देबु पनेरुको छ है ! ... मास्टरले प्रौढ कक्षा भनेर राति–राति माझी दनुवारका केटाकेटीहरूलाई भेला गराउने गरेको छ । देबु पनेरु पनि त्यहाँ जाने गर्छ ।”
“को ? देबु पनेरु ? ” ....
“ओः त्यो काठो ?” ... ” पख त्यसको पनि औषधी गरौंला ।” (पृ.२४÷२५)
ध माझी समुदायमा साना काजीका भरौटेहरू पनि छन् । गाउँका सानातिना घटनाहरू साना काजीका कानमा पुग्न बेरै लाग्दैन । सानाकाजीका कान भरेर उसको चाकरी पु¥याउने बुदुने र हरे तिवारीले गाउँका झिना मसिना घटनाहरूलाई कान थापेर सानाकाजीसम्म पु¥याउँछन् । सामन्तहरूले आफ्नो शासन टिकाइराख्न तथा विद्रोहीहरूलाई तह लगाउन बुदुने र हरे तिवारीजस्ता सुलसुलेहरू राखेका हुन्छन् । यी सुलसुलेहरू आफूलार्ई सामन्तहरूका प्रतिरुप ठान्छन् । उपन्यासमा बुदने र हरे तिवारीले त्यही काम गरेका छन् । यिनीहरू वास्तवमा शोषित वर्ग नै हुन् तर यिनीहरू आफ्नो वर्गप्रति नै अनाशक्त छन् । यिनीहरू दास मानसिकता भएका यथास्थितिमैै रम्न चाहने सानोकाजीका भरौटे हुन् । यिनीहरूमा वर्गीय चेत र उन्मुक्तिको चाहसम्म छैन । जूठो–पूरो र कलोमा रमाउने यिनीहरू चाकरी र चाप्लुसीमै प्रफुल्ल हुन्छन् ।
माथि प्रस्तुत संवादले भविष्यमा हुने वर्गीय संघर्षको भीषण तथा भयावह रुपलाई संकेत गरेको छ । सोभितेहरू चूप लाग्नेवाला छैनन् अनि सानो काजी पनि हार्ने स्थितिमा छैन । सोभितेसँग शोषित, पीडित तथा दमित सर्वहारा वर्ग छ । यो वर्ग त्यस्तो खाले देखिन्छ, जोसँग गुमाउन केही बाँकी छैन । अर्काे सोभिते र उसको मतियार उच्च वर्ग छ । यो वर्गसँग शासन सत्ता छ, ‘सत्यमेव सुरक्षणम्’ को नारा लगाउने प्रहरी प्रशासन छ । जनताको दलबलका अगाडि सामन्तहरूका खुनी सङ्गीनहरूको केही लाग्दैन । युवाहरूको ताकतलाई विश्वका कुनै सामन्तले जितेको इतिहास छैन । तन्नेरीहरूको हुङ्कारका अघि जतिसुकै शक्तिशाली शासकहरू पनि घँुडा टेक्छन् । सोभितेको जमातले यिनै कुरालाई राम्ररी मनन गरेको छ । यो समूहले युवाहरूको बलिदानी र त्यागविना समाजले गति लिन नसक्ने कुरालाई राम्रैसँग बुझिसकेको छ । आम जनताहरूले घेराबन्दीविना आम उत्पीडितहरूको गोलबन्दीविना सामन्तहरू पराजित हुन्नन् भन्ने वस्तुतथ्यलाई सोभितेका अनुयायीहरूले बुझिसकेका छन् ।
युवाहरू सामन्तहरूको किल्ला फाल्न तम्सिए भने र सामन्तहरूको पराजय हुने सम्भावना देखियो भने परिवर्तित तथा संक्रमित परिस्थितिको फाइदा उठाउने धेरै हुन्छन् । उपन्यासमा माझी युवाहरूको गोलबन्दी तथा घेराबन्दी देखेर त्यसबाट फाइदा लुट्ने ताकमा देबु पनेरु देखिन्छ । हुन त देबु पनेरु काजी खानदानको प्रतिद्वन्द्वि हो । उसको पिता दिलू पनेरु काजी खानदानका पूर्व पुरोहित हुन् । आफ्नो छोराको स्याहार, सुसार पनि गरोस् र उसको भान्से बाहुन बनी सघाओस् भन्ने हेतुले ठूला काजी चतुरभुजले त्रिलोचनसँगै राखी देवु पनेरुलाई पढाउन पहल गरेका हुन् । देबु पनेरुलाई चतुरभुजले वास्तवमा त्रिलोचनको सुसारे बनाई पढाउने बहानामा त्रिलोचनसँगै सहर पठाएका हुन् । विद्यार्थी जीवनमा देवु पनेरुलाई त्रिलोचनले बान्ता र पिसाब समेत सोहोराएको छ । त्रिलोचनका यावत् कु–कृत्यहरू भोगिसकेको देबु पनेरु काजी खानदानबाट त्रिलोचनको छिट्टै पतन भएको हेर्न चाहन्छ । उसले त्रिलोचनको पतनपश्चात् आफू गाउँको नाइके बन्ने वा त्रिलोचनको स्थान प्राप्त गर्ने सम्भावना पनि देखेको छ । त्यसैले माझी समुदायलाई भड्काएर ऊ आफ्नो अभीष्ट पूरा गर्ने पक्षमा देखिन्छ । वर्गीय हिसाबले देबु पनेरु मध्यम वर्गको पात्र हो । उसले सोभिते लगायतका माझी युवकहरूलाई आफ्नो पक्षमा लिन सफल पनि भइसकेको छ ।
उपन्यासमा निम्न वर्गको नेतृत्व सोभितेले गरेको छ । सोभिते क्रान्तिकारी तथा जुझारु युवक हो । मिजार भूमा माझीको भाञ्ज पर्ने सोभिते परिवर्तनको संवाहक पनि हो । सोभिते भविष्यप्रति आशावादी छ । माक्र्सवादले भविष्यप्रति आशा राख्छ । सामाजिक विभेद, आर्थिक विषमता, शोषण र दमनले विद्रोहको सिर्जना गर्ने र त्यही विद्रोहबाट नौलो बिहानीको सूत्रपात हुने कुरामा माक्र्सवादीहरू आशावादी हुन्छन् । वर्गीय अन्तर्सघर्षबाटै नौलो जनवादी क्रान्तिको शुुभारम्भ भई समाज साम्यवादी युगमा पुग्छ भन्ने कुरालाई माक्र्स तथा माओवादले आत्मसात् गर्छ । सोभिते यस्तै विचारधाराबाट प्रभावित तथा दीक्षित व्यक्ति समेत हो । ऊ काजी खानदानको सामन्ती संस्कार र उसको कारण सिर्जित यावत् उत्पीडनहरूको अन्त्य चाहन्छ ।
माझी युवाहरू सङ्गठन र एकताविना सामन्तहरूसँग लड्न गा¥ह्रो पर्ने महसुस गरी विस्तारै एकजुट हुन थालिसकेका छन् । उनीहरू सबै काजी खानदानका विरुद्ध लड्न गोलबन्द हुन थालिसकेका छन् । काजी खानदानले माझी समुदायमा के–कति अत्याचार र उत्पीडन मच्चाइरहेका छ ? काजी खलकद्वारा माझीहरू कसरी शोषिदै आएका छन् भन्ने विषयमा माझी युवाहरूबीच खुला बहस हुन थालिसकेको छ । माझी युवकहरू काजी खलकले हडपेको आफ्नो पुख्र्यौली सम्पत्ति फिर्ता लिन कस्सिएका छन् । उनीहरूले ऐन सवालका कुराहरू गर्न सक्ने भैसकेका छन् । एकदुई दृष्टान्त नियालौं–
“आजसम्म हाम्रा पुरुखा, हाम्रा जातिमाथि काजीखानदानले जे–जति थिचोमिचो गर्दै, रगत चुस्तै, कमारा लदाएझँै दाएर आए, अब त्यस्तो मनलागी चल्न सक्तैन ।“ ...” अब त ऐन पनि हाम्रा पक्षमा बनिसक्यो । अब ठूलाबडाले हामीसँग त्यसरी सित्तै बेठबेगारी लिन त कसरी पाउलान् ? के ऐनले हाम्रो पक्ष लिन्न ?” (पृ.४३)

प्रस्तुत उद्धरणले नै बताँउछ । माझी युवकहरूले चेतना कुन स्तरसम्म उठिसकेको छ भन्ने कुरा । माझी युवकहरू यसरी जाग्न थालेको कुरा बूढा काजी चतुरभुजले थाहा पाउँछ । माझी ठिटाहरूलाई यसरी भड्काउने व्यक्ति को हो भनी बूढा काजीले माझी गाउँका बुढ्यौली पुस्ताका बुजु्रकहरूलाई भेला गराउँछ । बूढा काजीको भरौटे विष्णु साहुले यी सबै क्रियाकलापको भागीदार देबु पनेरु र गिरी मास्टर भएको बताउँछ । उसैले माझी युवाहरू भड्काउँन सोभितेले प्रमुख भूमिका खेलेको समेत बनाइदिन्छ । सोभिते गाउँ–सहर गर्ने र देशको राजनीतिक घटना तथा परिघटनाहरू बुझ्ने भैसकेको छ । ऊभित्र काजी खानदानको रवाफी तथा हैकमी प्रवृत्तिले भित्रभित्रै विद्रोहको आँधी सिर्जना गराइसकेको छ । सोभिते काजी खानदानका यावत् कृ–कृत्यहरूको मूल्य चुक्ता गर्ने सोचमा छ । उसले अन्याय टुलुटुलु हेरेर बस्नु नादानी हो, अत्याचारलाई पचाएर बस्न खोज्नु लाचारीपन हो भन्ने कुरा राम्रैसँग मनन गरिसकेको छ । सोभितेले आफ्नै आँखा अगाडि साना काजी त्रिलोचनले पञ्चायतको चुनावमा आफ्नो प्रतिद्वन्द्वि हरेकृष्ण तिवारीलाई गोलीले सिकार बनाई वास्तविकतालाई छोप्न हलो काट्न जाँदा कटुसेका भीरबाट लडी ठहरै बनेको भन्ने बनावटी घटनाको सिर्जना गरी वास्तविकता लुकाएको देखिसकेको छ । सोभितेलाई त्रिलोचनसँग बदला लिने भावना त त्यति बेला झनैँ जागृत हुन्छ जुन बखत कामातुर साना काजी त्रिलोचनले बिहानै पँधेरामा पानी भर्न गएकी भूमा माझिकी छोरी तथा आफ्नै प्रियसी लालगेडीमाथि बलत्कारको प्रयास गर्छ । सामन्तहरू निकै कामातुर र गतिछाडा हुन्छन् भन्ने कुरालाई त्रिलोचनको व्यवहारले प्रष्ट पार्छ । त्रिलोचनले गाउँमा एकपछि अर्का कुर्कयहरू गर्दै जान्छ । उसका कुकृत्यहरू सोझा माझीहरू मुटुमाथि ढुङ्गा राखेर सहन बाध्य हुन्छन् । त्रिलोचन आफ्ना विरोधीहरूलाई सिध्याउन बन्दूक बोकेर हिंड्न थालिसकेको छ । उसको बन्दुके खाफ र.वा.फ माझी गाउँ एकपल्ट झनै थिलथिलिन्छ, थर्कमान बन्छ र साथमा आक्रोशको ज्वाला पनि उकेल्न थाल्छ । त्रिलोचन आफ्ना विरोधीहरूलाई खुलेरै कडा चुनौती दिन थाल्छ । प्रशासनको आडमा गाउँलेहरूलाई आतङ्कित बनाउने त्रिलोचनले चुनावमा आफ्ना विरोधीहरूलाई गोलीको सिकार बनाउनसमेत पछि परेको छैन । त्रिलोचनले चुनाव जित्नका लागि हरेकृष्ण सन्नेसीलाई गोलीको निशान बनाएको छ । सामन्तहरू राज्यसत्ताको सुखभोगमा कतिसम्म लीप्त हुन्छन् भन्ने कुरालाई त्रिलोचनद्वारा गरिएका जघन्य र नृशंस हत्या र बलजफ्तीका कुराले बताउँछन् । त्रिलोचनले माझी युवाहरूमा आफूप्रति घृणा, तिरस्कार र विद्रोहको भावना जागृत भएको छ भन्ने थाहा पाएपछि उसले खुलमखुला माझी युवाहरूलाई धम्की दिने र बन्दुके रवाफले तर्साउने समेत गर्न थालिसकेको छ । तलको उद्धरणले त्यही बताउँछ –
“... एकदिन बिहानै एक्कासी हातमा बन्दुक लिएको साना काजी र हरे तिवारीलाई आफ्ना आँगनमा उभिन आएको पाएर बूढो भूमा माझी एकदमै हडबडायो । “... के हो मिजार !’ केको कुमेटी हुँदैछ ?” ...... “अँ, निकै गुप्ती कुमेटी हो कि ? आजभोलि त गाउँका घरघरमा कुमेटी जम्छ रे होइन ?” .... “भूमा !’ आफ्ना केटाहरूलाई भनिदे, पत्करले डँढेलोसँग खेल्न खोज्दा खरानी मात्र बाँकी रहन्छ ।”
“खोइ साना काजी ! मलाई त केही थाहा छैन ?” बूढोले आतङ्कले कम्पित स्वरमा भन्यो ......
“हुँ !’ साना काजी गज्र्याे–“तँँ बूढो मिजार भएर आफ्ना मान्छेको चालचलन के–कस्तो छ, विचार राख्न सक्तैनस् भने कसले राख्छ ? तेरै छोरा–भतिजा आज मेरा विरोधमा, हाम्रा खानपानका विरोधमा कुमेटी गरेर हिंड्छन्, तर तँ केही थाहा छैन भन्छस् । समाल् बेलैमा, नत्र पछि मलाइ दोष दिन पाउने छैनौ । तिमी सँुगुरहरूका पालनपोषण, हेरविचार मेरै खानदानले गरेर आयो, आज यी मेरैतिर दाह्रा तेस्र्याएर आउँछन् भने यिनका दाह्रा फुकाल्ने ओखती मसँग छ ।” (पृ.५०÷५१)

त्रिलोचन गाउँका युवकहरूलाई हाँका हाकी कडा चुनौती दिन थालिसकेको कुरा माथिको उद्धरणले बताउँछ । त्रिलोचन उच्च वर्गको पात्र हो । उसमा सामन्ती संस्कारको दम्भ र अहम् भाव निकै चुलिंदो छ । ऊ आफ्नो विरोधी वर्गलाई सिध्याउने सुरमा छ । आफूभन्दा धेरै पाको भूमा माझीलाई उसले निकै तिरस्कार गरी सम्बोधन गरेको माथिको दृष्टान्तबाटै ऊ कतिसम्म पाखण्ड र आततायी छ भन्ने कुरा छर्लङ्ग हुन्छ ।
त्रिलोचनले भूमाकी छोरी लालगेडीमाथि गिद्दे नजर हुत्याइसकेको छ । गिद्धेले आफ्ना खुनी नजरहरू सिनुमाथि हुत्याएझैँ कामवासनाले मात्तिएको बन्दुके काजीले आफ्ना बासनाग्रसित नजर लालगेडीमाथि हुत्याउन र उसको यौवनश्रीलार्ई लुट्न आतुर भैसकेको छ । उसले लालगेडीलाई भोग्न बारम्बार प्रयत्न गरेको छ । धन, दौलत, र प्रतिष्ठाको मोह देखाएर ऊ लालगेडीलाई फसाउन निकै क्रियाशील भएको देखिन्छ । उसले खिनौरी र श्यामलीलाई लालगेडीलार्ई आफूतर्फ आकर्षित गराउन उपयोग गरेको छ । लालगेडीलाई कुनै उपायले फसाउन वा भोग्न नपाएपछि साना काजी काम वासनाले मात्तिएर उसलाई बलत्कार गर्ने धृष्टतासम्म गर्न पुगेको छ । यस घटनाले सामन्तहरू राम्रा युवतीहरू भोग्न कतिसम्म नीच बन्छन् भन्ने कुराको पुष्टि गर्छ । एउटा अंश साभार गरी हेरौं–
“उसले आफ्नो कठोर पकडमा लालगेडीलाई गाँज्यो । लालगेडी आतङ्कले चिच्याउन खोजी, तर साना काजीको एउटा हातले मुख थुनिएकी ऊ राम्ररी चिच्याउन पनि सकिन । एउटा अँठिएको निसास्सिएको स्वर उसको घाँटीभित्रै च्यापियो । ऊ छुट्न छट्पटाई । (पृ.८२÷८३) ।

त्रिलोचनले गाउँका युवतीहरूलाई ललाई–फर्काइ गरेर नभए बलत्कारसम्मको धृष्टता गर्ने कुराको प्रमाण हो माथिको उद्धरण । लालगेडीमाथि ऊ कतिसम्म नीच बन्यो भन्ने कुरालाई प्रस्तुत सन्दर्भले पुष्ट्याइँ गर्छ ।
त्रिलोचन गाउँलेमाथि एकपछि अर्का जघन्य अपराधहरू गर्दै जान्छ । उसका कृ–कृत्यहरूले गाउँलेहरूमा आक्रोशको सिर्जना गराइरहेका छन् । समाजमा विद्रोह हुनुपूर्व सामन्तहरूले निमुखा तथा सर्वसाधारणमाथि यस्तै प्रकारका कृ–कृत्यहरू गर्दै जान्छन् । लालगेडीलाई आफ्ना खुनी पञ्जाको पकडभित्र पार्न नसकेपछि त्रिलोचन सोभितेसँग यसरी खनिन पुगेको छ –
“हुँ, त्यसो भए तैं होस् सोभिते ।” एक्कासी साना काजीको बन्दुकको नाल सोभितेको छातीतिर तेर्सियो ।” यो चिनेको छस् तैले ? ... यसलाई बन्दुक भन्छन् । यसले सोख लाग्यो भने मुखबाट आगो उकेल्छ । त्यस आगोले तिमरुजस्ता झुसघाँस, पत्करका ढिकुरालाई डढेलो लाएर खरानी तुल्याउँछ ।”

सोभिते विरोधी वर्गको पात्र त हुँदै हो । त्यसमाथि आफूले सिकार गर्न चाहिरहेको लालगेडीको प्रितम पनि । अझ त्यसमाथि ऊ त माझी केटाहरूलाई त्रिलोचनको खानदानको विरुद्धमा उतार्ने क्रान्तिकारी नेता पनि । त्यसभन्दा पनि दुई वर्ष अघि प्रधानपञ्चको चुनावमा आफ्नो विरोधी उम्मेदवार हरे सन्यासीलाई सघाउने पात्र पनि । त्यसैंर त त्रिलोचन उसलाई बन्दुके दम्भले तर्साउन उद्यत भैरहेको छ ।
डर, धम्की र आतङ्कले समाज झनै भड्किन्छ, झनै आक्रोशित बन्छ र तात्तिन्छ पनि । युवाहरूलाई बन्दुक र बुटले तह लगाउँछु भन्नेहरू कहीं सफल भएका छैनन् । स्वाभिमानी र स्वाधीनताका हिमायतीहरू बन्दुकको बदला बन्दुकले नै दिने गर्छन् । लालगेडीमाथिको पाशविक व्यवहार र विरोधी युवाहरूप्रतिको घृणाले माझी तन्नेरीहरू झनै एकजुट र गोलबन्द हुन थालिएकेका छन् । आक्रोश र उत्तेजनाले छिट्टै पतन निम्त्याउँछ भन्ने कुरालाई त्रिलोचनले बुझ्नु जरुरी छ । बन्दुकको भाषा बोल्नेहरू दुनियाँमा कही सफल भएका छैनन् । त्रिलोचनलाई चेतना भया ।
लालगेडीप्रति साना काजीले प्रदर्शित गरेको व्यवहार चाल पाएर सोभितेलाई सहि नसक्नु भएको छ । आफ्नी प्रेयसीप्रति परपुरुषका गिद्धे नजर पर्दा कुन मर्दलाई सह्य हुन्छ र ! त्यसैर त सेभिते बम्कदै छ नि–
“अरु कुरा त मैले आजसम्म पैतालामुनि हालेँ । उसको बुटको चोट पनि खपेँ । तर अब तँमाथि हातपात गर्न खोजेपछि म अब कसरी चुपो लागेर बस्छु । तैँ विचार गर् त । मलाई नरोक् लालगेडी ! म त्यसका सिङ पुकालेर गरिबका पनि इज्जत र हुर्मत हुन्छ, गरिबसँग पनि जुध्ने ताकत हुन्छ भनेर देखाइदिन्छु यी राक्षसहरूलाई नसिकाई छाड्दिनँ ।”
(पृ.९२)
सामन्तहरूका व्यवहारले निमुखाहरू चिढिन्छन्, उनीहरूप्रति आक्रोश व्यक्त गर्छन् । समाज परिवर्तनको महान् लक्ष्य लिनेहरूले आवेगमा आएर कुनै काम गर्नु हुँदैन । दुस्मनका किल्लाहरू भत्काउन ठूलो त्याग र बलिदान चाहिन्छ । विचार र धैर्यताले काम गरे मात्र सफलता प्राप्त हुन्छ । रिसको झोंकमा कदम चाल्दा बत्तीमा पुतली होमिएजस्तो हुनसक्छ । त्रिलोचनको बलत्कारबाट बचेकी लालगेडीले सोभितेलाई उत्तेजनामा नआउन निर्देश दिएपछि सोभितेको आक्रोशको ज्वाला तत्काललाई त निभ्छ तर ऊ साना काजीका विरुद्ध घनीभूत ढङ्गले जुँघ्न योजना बनाई अघि बढ्ने प्रयत्नमा जुद्छ । त्रिलोचनका हरेक क्रियाकलापले गाउँका युवाहरूमा आक्रोश र बदलाको भावना पैदा गर्छन् । त्रिलोचनको अत्याचार त्यस बखत झनै चुलिन्छ जतिबेला ऊ चालीस धुर माझीहरूले जेनतेनजीविकोपार्जन गर्दै आइरहेको माझीहरूको एकमात्र गाँसको आधार काभ्रेपाटो माँसेर त्यहाँ विलास र मनोरञ्जन गर्ने हबेलीको निर्माण गर्ने योजना बनाउँछ । त्रिलोचनको काभ्रेपाटो माँसेर हबेली निर्मण गर्ने योजनाले सिङ्गो माझी बस्ती एकपल्ट नराम्रोसँग तातिन्छ । काभ्रेपाटो नमाँस्न, हबेली अर्कै स्थानमा निर्माण गर्न भूमा माझीले बूढाकाजी चतुरभुज समक्ष प्रस्ताव लान्छ तर उसको प्रस्ताव बूढाकाजीले ठाडै अस्वीकार गर्छन् । बूढा काजी पुलपुल्याएर हुर्काएको एक्लो छोरो त्रिलोचनका कुनै योजना र प्रस्तावप्रति हस्तक्षेप गर्दैनन् र अर्कातिर आफू जीवनको उत्तराधर्मा हिंडिरहेकाले पनि उनी त्रिलोचनका कार्यहरूमाथि पुनर्विचार गर्न राजी हुँदैनन् । वास्तवमा त्रिलोचनको काभ्रेपाटोमा हवेली निर्माण गर्नुको मूल उद्देश्य आफ्ना विरोधीवर्गलाई तहसनहस पार्ने र त्यस वर्गलाई दुःख, भोक र पीडाको भूँमरीमा धकेल्ने हो । ऊ हबेली निर्माण गरी त्यस क्षेत्रको अघोषित राजाका रुपमा स्थापित हुन चाहन्छ । उसको भित्री ताक त अझ आफ्नो हबेलीको मोहमा लालगेडीलाई फसाएर ऊसँग मनपर्दी रासलीलामा संलग्न हुने हो । लालगेडीलाई कुनै प्रयासले भोग्न नपाएपछि ऊ हबेली निर्माण गरी त्यसको मोहले उसलाई फसाउन चाहेको छ ।
त्रिलोचनको हबेली निर्माण गर्ने योजनाले माझी समुदाय झनै आतङ्कित बन्छ । माझीहरू अब काभ्रेपाटोविना इन्द्रावती किनारमा बस्न नसकिने अनुभव गर्न थाल्छन् । काभ्रेपाटोमा हबेली निर्माण गर्ने सानाकाजीको योजना सुनेपछि माझी समुदायहरू आफ्नो जीवन नै खोसिएको महसुस गर्छन् । काभ्रेपाटो खोसिएपछि अब आफूहरूसँग गुमाउनका निम्ति केही बाँकी नरहेको महसुस युवावर्ग गर्छ । माझी युवावर्गमा नवजागृत चेतनाको प्रभाव बढेको छ । वर्गसङ्घर्षले युवाहरूको जागरणसँगै मूर्त रुप लिएको छ । आफ्नो विरोधी वर्गलाई सिध्याउने त्रिलोचनको योजनाविरुद्ध माझी समुदाय एकजुट हुन थालिसकेको छ । एकमात्र बाँच्ने आधार काभ्रेपाटो पनि गुमाएपछि माझी समुदायसँग गुमाउने कुरा केही बाँकी रहन्न यस अवस्थामा यो वर्ग काजी खानदानका विरुद्ध मुकाविला गर्न भित्राभित्रै तम्तयार भैसकेको छ । चतुरभुज काजीले काभ्रेपाटोको सट्टा इन्द्रावती किनारको बगरको खेत दिने कुरा गर्छन् । वास्तवमा बगरमा रहेको चतुरभुज काजीको खेत दशवर्ष अघि दक्षिणतिरको इन्द्रावतीले महाकालीको रुप लिई ताण्डव नृत्य गरेकाले त्यो खेत बालुवा र ढुङ्गेनी बगरमा परिणत भएको थियो । जति पानी लगाए पनि र जति धन र श्रम खर्चे पर्ने जिमी पट्टिने सम्भावना नदेखी असी, नब्बे मुरी माटोको उक्त खेत काजीले मिच मारेका थिए । तीन वर्षको कुत मिनाहा गरी उक्त ढुङ्गेनी बगर सुनको टुक्राजस्तो बीस मुरी माटोको काभ्रे पाटाका सट्टामा दिने बूढा काजीका कुरा सोझा माझीउपर गरिएको महाप्रपञ्चको नमूना हो ।
काभ्रेपाटाको विषयलार्ई लिएर माझी युवापुस्तामा निकै सनसनी पैदा हुन्छ । काभ्रेपाटोलाई हबेलीमा रुपान्तरण गर्ने त्रिलोचनको योजना बनेपछि सामाजिक वर्गीय अन्तर्विरोध वैयक्तिक असन्तुष्टिका तहबाट उठेर वर्गीय असन्तुष्टि र सङ्घर्षोन्मुख वर्गचेतनाका रुपमा विकसित हुन थाल्छ । यस घटनाले वर्गीय द्वन्द्व समाज व्यवस्थाको अमानवीय चरित्रका विरुद्धमा सङ्घर्ष गर्ने जनताका आशा–निराशा, घात प्रतिघात, विजय–पराजय तथा वास्तविकता र आकाङ्क्षाको रुपमा देखा पर्छ । प्रस्तुत उपन्यासको कथावस्तु घटनावलीको सङ्ग्रह मात्र नबनी घटनाहरूको पूर्वापर प्रसङ्गमा नै वर्गीय जीवनका जटिलताहरू उद्घाटन गर्न तथा उत्पीडितवर्ग र उत्पीडक वर्गको मनस्थिति प्रदर्शित गर्न पनि सफल बनेको छ ।
काभ्रेपाटोमा हबेली निर्माण गर्ने कुराले माझी समुदाय निकै आतङ्कित बनिसकेको
छ । सुनको टुक्राजस्तो काभ्रेपाटोको सट्टा इन्द्रावती किनारमा रहकेो बगरमा परिणत भएको खेत दिन्छु भन्ने बुढा काजीका कुरा कम्ती षड्यन्त्रमूलक र हास्यास्पद छैनन् । बूढा काजीको यो प्रस्ताव भोका नाङगाहरूप्रतिको अमानवीय व्यवहार र धोकाको प्रतीक हो । निमुखाहरूलाई सर्वस्व हरेर खेद्ने प्रपञ्च मात्र हो । यस कुरालाई सोभिते लगायतका युवापुस्ताले राम्ररी बुझिसकेको छ र यसको मूल्य कसरी चुक्ता गर्न सकिन्छ भनी दाउ खेद्न समेत थालिसकेको छ । काभ्रेपाटोको विषयलाई लिएर माझी समाज दुई खेमामा विभाजन हुन्छ । बुढ्यौली पुस्ता काभ्रेपाटोका सट्टा इन्द्रावतीको बगरलाई जिमी पट्याउने र त्यसैमा भए पनि सन्तुष्ट बन्ने मनस्थितिमा छ भने युवावर्ग यसप्रकारको धोखा र सरासर महाप्रपञ्चको खेललाई एकजुट भई ध्वस्त पार्ने योजनामा जुट्छ । काभ्रेपाटोको विषयलाई लिएर सोभिते लगायतका युवाहरू यसरी तात्न थालेका छन् ः
“यी ठूलाठालु मालिकहरूले हामीलाई कसरी लोलोपोतो देखाएर थाङ्नामा सुताएका छन्, यो कुरो तिमरु बुझ्दैनौ । खाली उनरुका चोचोमा मोचो मिलाएर उनरुका पैताला चाट्छौ ।” (पृ.१०२) प्रस्तुत उद्धरण सोभितेको कथन हो । बुढ्यौली पुस्ताको सोझोपन र लटमुखा प्रवृत्तिलाई देखेर ऊ आक्राशित बनिरहेछ । तर बिडम्बना कति निरीहता र लाटो प्रवृत्ति छ बुढ्यौली पुस्तामा । मिजार भूमा माझीको प्रस्तुत कथनले त्यही बताउँछ । “के हामी त्यसलाई गाउँको काजीको हबेली भनेर छरछिमेकमा आफ्नो छाती फुकाउन पाउन्नौँ ? ... गाउँकै इज्जत राख्ने काम त बूढा काजीले गर्दैछन् । यसमा उनको बिठ्याइँ कहाँनिर भयो ?”
कति लाटोपन, कति निरीह प्रवृत्ति । यस्तै निमुखापन र निरीह माति लिने भएकाले नै त हेप्छन् नि ठूलाठालुहरू । पेट भोकै राखेर, जिन्दगीलाई अध्रानो बनाएर अर्काको हबेलीमा के–को छाती फुलाई छ र ! युवावर्गले हबेली निर्माणको प्रयोजन र हबेली संस्कारलाई राम्रैगरी बुझिसकेको छ । सोभिते लगायतका युवापुस्ता त्यसै जुर्मुराएका छन् र ? उनीहरूले त्रिलोचनकाजीको चुरीफुरी र उसको भित्री ताक बुझिसकेका छन् । एक दुई अंश साभार गरिहालौं–
“त के भलो हुन्छ हबेलीले हाम्रो ?........... उल्टो हामीलाई दसनङ्ग्री ख्याउन लगाएर आफ्ना भकारी भरे; हाम्रा जहान बच्चा भोकभोकै मर्दा, भोग लाग्यो भन्दै कराउँदा यिनले कानमा ठेडी हाले; ... हाम्रा पोल्टामा खाली मीठा र चिल्लाबात हाले, हाम्रा डाँडाल्नामा धाप मारेर हाम्लाई भँड्खारातिर धकेले । अब पनि यी यही दाउमा हाम्रा एक टुक्रा टेक्ने माटालाई मुठ्याएर हामीलाई उठीबास गराउन खोज्दैछन् ।” .....। “यहाँ हबेली बन्छ त साना काजीका लागि बन्छ ! ........ तिमीले हामीले त्यसका बैठकमा एक रात गुजार्ने त कुरै छाडौं, त्यसका छिँडी–मझेरीसम्म पनि उनका मर्जीबेगर ढिम्कन पाउन्नौँ । त्यहाँ सरकारका मान्छे, सहरका ठूला हाकिम, वडाहाकिम आएर आफ्ना थकाइ मार्छन्, तिम्रा हाम्रा के हुन्छ ? ... हो भलो हुनुका सट्टा गाउँका मोटा खसी, मोटा कुखुरा र मोटा सुँगुर, माछाका सत्तेनास हुन्छन् । त्रिमा–हाम्रा छोरी–बुहारी, दिदी–बहिनीले आङ फुकाएर गाउँमै पानी पँधेरो, घाँस–दाउरा जान, घुम्न पाउन्नन् । .........” (पृ.१०२÷१०३)
त्रिलोचनले हबेली निर्माण गरेपछि गाउँलेहरूमाथि अझै बढी उत्पीडन र शोषण थोपर्ने कुरामा दुईमत छैन । साँच्चिकै हबेली निर्माण भएपछि त्रिलोचनले आफ्नो जिन्दगीलाई रङ्गीन बनाउने बहानामा सम्पूर्ण गाउँलेलाई दिनुसम्मको सास्ती र हैरानी खेपाउने छ । उसले राम्रो नियतले हबेलीको निर्माण गर्दै छैन । सोभिते लगायतका युवाहरूले त्रिलोचनको हबेली निर्माणको प्रयोजन र त्यसभित्रको जिन्दगीलाई राम्ररी बुझिसकेका छन् ।
त्रिलोचनले गाउँलेहरूले जेनतेन जीवन धान्दै आएका काभ्रेपाटो मासेर हबेली बनाउँदै छ, उनीहरूकै श्रमदानबाट । काभ्रेपाटोमा हबेली निर्मण गर्ने घटनाले गाउँमा एक किसिमको सनसनी पैदा हुन्छ । त्रिलोचनले सम्पूर्ण गाउँलेलाई हबेली निर्माणको कार्यमा जुटन उर्दी जारी गर्छ । पूरै गाउँलेहरूको हबेली निर्माणका लागि श्रमदान गर्नुपर्ने हुन्छ । जेनतेन तीन महिनासम्म धानिने आधार थियो काभ्रेपाटो त्यै पनि खोसिँदा गाउँलेहरू चिन्तित बन्छन् । धेरैमा यो सरासर अन्याय हो, गरीबहरूप्रति गरिएको महाघात हो भन्ने महसुस हुन्छ तर खुलेर कोही बोल्न सक्तैनन् । साना काजीको दम्भ र अभिमानका अगाडि माझी गाउँका बासिन्दाहरू निकै कायल पर्ने हुँदा उसका विरुद्ध लड्नुभन्दा सहनु नै जाती भन्ठानेर अधिकांश (विशेष गरी बुढ्यौली पुस्ताले) गाउँलेहरू हबेली निर्माण कार्यमा जुट्ने निर्णय गर्छन् युवापुस्ता भने साना काजीको हबेली निर्माणको कार्यलाई अवरोध तुल्याउने तथा साना काजीको योजनालाई फिल पार्ने प्रयत्नमा जुट्छन् । सोभितेले युवा वर्गको प्रतिनिधित्व गर्छ । साना काजीको हबेली निर्माण कार्यमा सघाउ पु¥याउन सम्पूर्ण गाउँलेलाई बुदुने र हरे तिवारीले उर्दी जारी गर्दै हिंड्छन् । साना काजीको योजना विफल पार्न जुट्नेहरूलाई पनि उनीहरू कडा चुनौती दिंदै साना काजीको निर्माण योजनाको प्रचार प्रसार गर्छन् । बुदुने र हरे तिवारी हबेलीको विषयलाई लिएर सोभितेहरूसँग झगडासम्म गर्न पुग्छन् । एउटा उद्धरण हेरौ–
“राँडीका छोरा !” बुदुने हरेका....कानमा बुदबुदायो – “ कन्डापछाडि पो झिंगाले पाखुरा सुर्केझैं सुर्कन सकिन्छ, अगाडि त ... उः देखिस् ? ठाडो मुन्टो गरेर मुखा हेर्न सक्यो । “.....“देखिस् कन्डापछाडि त निकै यो गछौं, त्यो गछौं भनेर कुर्लेर हिड्छन् बजियाहरू ! ऐले त कसरी नुन खा, कुखराजस्ता देखिएका आमा मरेका कुकुरका छाउरा जस्ता ।” .......
सोभिते र उसका साथीहरू बुदुनेका एक–एक टिप्पणी सुनिरहेका थिए । .............. तर सोभिते यो पर्वको बेला, दोस्रो अर्काका गाउँमा कुनै कलह गर्न चाहन्नथ्यो । ...........
........... तर हीरे माझी ..... एकदम जोसमा उम्लिएर पोखियो – “के आइमाईजस्तो कानमा खासखुस गरेर अर्कालाई जथानाम बोल्छस् सुगुर्नीका छोरा ! ... हुती छ भने अलि मर्दजस्तो अगाडि सरेर बोल न । तँलाई साना काजीको धाप परेको छ भन्दैमा कोही तसँग लुत्रेर हिंड्छ भन्ठान्याछस् ? तेरा बाबुले जन्माएको मर्द छोरो होस् भने ...”
“के भनिस् बजिए ?” अब बुदुने पनि उठ्यो । ... ज्यादा थुतुनो नचला । ... हामीले आफ्ना कुरा गर्न नि नपाउनु ? तँलाई कसले बाह्र हातका दाँगाले छोएको छ ?”
“तिमी सुँगुरहरू, सिस्नाका खोले र गिठ्ठेका गेडाका भरमा हाम्रा साना काजीसँग जोरी खोज्दै हिँड्न तम्सेका थारु हो ? लौ आओ, कसका छातीमा रौं छन् ? ” .... तिमरुका सिङौरी खेल्न तम्सेका सिङ्को चिलाइ मार्न साना काजीले दुःख गर्नै पर्दैन आओ, एक–एक गरी ! तिम्रा सेखी झार्न मलाई केही आइतबार लाग्दैन ।”
“के लछार्छ भन्छस् त ?” यसपटक नाराने माझी जुरमुरायो । ..... सानाकाजीको पैतला चाटेर बडो मै हुँ भन्छस् ? तँजस्ता लाउकेलाई भुसुनाजति पनि गन्दिनँ बुझिस् । हामीले तेरा साना काजीको रिन खाएका छैनौं । हामी कालोलाई कालै भन्छौं, तँजस्तो अर्काका थुक चाटेका भरमा कालोलाई सेतो भन्न जान्दैनौं । हामी गिठ्ठो र सिस्नु नै खाएर पनि लुते कुकुरजस्तो कसैका थुक चाट्न जान्नौं ।” “के भनिस् बजिए ?” बुदुने उतछ्र्याे । “कसले थुक चाट्या देखिस् ? मलाई भाते भन्ने तँ ? तेरा बाबु भाते, तेरा सातपुस्ता भाते ! (आमा चकारी गाली) थारु !” (पृ.१२९÷३०) ।

माथिको सन्दर्भले नै बताउँछ बुदुने र हरे तिवारी साना काजीका कतिसम्म भक्त छन् भन्ने कुरा । साना काजीको जूठो पुरो खाएका बुदुने र हरे निक्कै मात्तिएका छन् । आफूसँग बल नहुँदा नहुँदै गाउँलेहरूसँग लड्न–भिड्न तम्सनु साना काजीको आड भरोसा पाएरै हो ।
सानाकाजी आफ्ना भक्तहरूको संरक्षण गर्न पनि सिपालु छ आफ्नो भजन गाउनेहरूलाई ऊ अभिभावकत्व प्रदान गर्न खप्पिस छ । उसले आफ्नो हैकम जीवित राख्न बुदुने हरेहरूलाई संरक्षण दिनै पर्छ । गाउँको वस्तुस्थितिको यथार्थ जानकारी दिने तथा परिआएका बखत साना काजी नै बनेर गाउँलेहरूलाई तथानाम गर्न पनि बाँकी नराख्ने भएकाले साना काजीले बुदुने र हरे तिवारीलाई आफ्नो भजने बनाउनु अपरिहार्य जस्तै छ ।
उपन्यासमा हरे तिवारी र बुदुनेका माध्यमबाट कृतिकारले वर्गीय समाजका चाटुकारहरूको वस्तुतथ्यलाई अगाडि ल्याउने यत्न गरेका छन् । साना–साना प्रलोभनमा फसेर साना कदका मानिसहरू कसरी सामन्तहरूका मुखपत्र बन्छन् भन्ने देखाएका छन् । राजनीतिको भाषामा यसैलाई भन्छन् चम्चे र धूपौरे प्रवृत्ति ।
हबेली निर्माणको योजनाले इन्द्रावती किनारको माझी गाउँ स्पष्टतः दुई मतमा विभाजित हुन्छ । बुढ्यौली पुस्ता हबेली निर्माणको कार्यलाई सघाउने निष्कर्षमा पुग्छ भने युवा पुस्ताले साना काजीको योजनालाई विफल पार्ने प्रयत्नमा । हबेली निर्माणको विषयलाई लिएर माझी युवाहरू काजी खानदानका बिरुद्ध उठिसकेका छन् भन्ने कुरा बुदुने र हरे तिवारीका माध्यमबाट थाहा पाएको सानाकाजी आफ्ना विरोधीहरूलाई कडा चुनौंती दिन थाल्छ । गिरी मास्टरलाई आफ्नै घरमा बोलाई झपार्नुको कारण त्यही हो ।
त्रिलोचनको हबेली निर्माणको योजना अन्तिममा पुग्छ । गाउँमा व्यापक जनविरोधका बीच पनि हबेली निर्माणको योजना स्थगित गर्ने मनशायमा त्रिलोचन पटक्कै पुग्दैन । विरोधहिरूलाई ठेगान लगाएर ऊ हबेली निर्माण गरेरै छाड्ने अठोट गर्छ । बूढा काजीले परिस्थिति बदलिएको, आफ्नो जमान गैसकेको, युगले अर्के चेतना आर्जन गरिसकेको बोध गराउँदा गराउँदै पनि आफ्ना पिताको सल्लाहलाई किञ्चित् नगनी त्रिलोचन पूर्णतः हबेली निर्माण गर्ने योजनालाई सफल तुल्याउन जुट्छ । आफ्ना विरोधीहरूलाई उक्साएको नाममा गिरी मास्टरको आँपचौरको रात्री कक्षा बन्द गरिन्छ । देवु पनेरुलाई हकार्ने काम हुन्छ । त्रिलोचन शक्ति र पैसाकै बलमा हबेली निर्माण गर्ने योजनामा जुट्छ ।
हबेलीको शिलान्यास गर्ने दिन नजिकिँदै जान्छ । हबेलीको शिलान्यास गरी निर्माण कार्यमा जुट्न सम्पूर्ण गाउँलेहरूलाई उर्दी जारी गरिन्छ । रहरले, डरले, कर वा बाँध्यताले समग्र गाउँलेहरू हबेली निर्माणस्थल काभ्रेपाटोमा जम्मा हुन्छन् । युवावर्ग हबेलीको शिलान्यास रोक्न एकमत भै त्यही उपस्थित हुन्छ । बुढ्यौली पुस्ता शिलान्यास कार्य सम्पन्न गर्न तयारी अवस्थामा जुट्छ । कतिपय मध्यस्थ मानिसहरू जतातर्फ शक्तिको बर्चस्व हुन्छ जसले जित्ने सम्भावना हुन्छ त्यसैको पक्ष लिने मनस्थितिमा उपस्थित हुन्छन् ।
हबेलीको जग हाल्ने दिन निकै नजिकिंइ सकेको छ । त्रिलोचनले धुरीपिच्छेका रैतीलाई काभ्रेपाटोमा भेला हुन हरे तिवारी र बुदुनेमार्फत् उर्दी जारी गरिकिेको छ । कोदाला कोदाली चाँदेसहित उपस्थित हुन सानाकाजीको उर्दी बमोजिम सबै रैती काभ्रेपाटोमा जम्मा हुन्छन् । साना काजीले हबेलीको विलासी जीवनलाई एकपल्ट कल्पना गर्छ । बुदुने र हरे सानाकाजीले आफ्नो हबेलीमा लालगेडीलाई सैर गराएको परिकल्पना गरी राल काट्छन् । जग हाल्ने दिन साना काजीको उर्दीबमोजिम सबै रैती जम्मा त हुन्छन् तर त्यहाँ उपस्थित सबैमा हवेलीको जग हाल्ने नभई साना काजीसँग बदला लिने भावना छर्लङ्गै देखिन्छ । स्थिति निकै तनावपूर्ण र सनसनीपूर्ण हुने कुरा त्यहाँ उपस्थित माझी यूवाहरूको जमातले सङ्केत गर्छ । जग खन्न भनी कोदाला कोदाली र चाँदेसहित उपस्थित हुन जारी गरिएको उर्दी विपरीत धेरैजसो रैतीहरू खाली हात त्रिलोचनसँग बदला लिने मानसिकता बोकी हाजीर हुन्छन् । आफूहरूले सूचना प्रवाह गरेअनुसार गाउँलेहरू उपस्थित नभइदिंदा र बारम्बार आदेश दिंदा समेत कुनै पनि व्यक्ति जग खन्न तयार नभैदिंदा बुदुने र हरे तिवारी साना काजीको हप्की खाइने डरले आगो हुन्छन् । माझी युवाहरूको नेतृत्वमा सञ्चालित विद्रोहमा साना काजीको हार सुनिश्चित हुने सम्भावना देखेर परिस्थितिलाई आफू अनुकूल बनाउने मौका नचुकाउन भनी देबुपनेरु माझी युवाहरूलाई झनै भड्काएर साना काजीसँग बदला लिने मनशाय बोकी काभ्रेपाटातर्फ लाग्छ । बारम्बार आदेश दिंदा पनि माझी समुदायको कुनै व्यक्ति हबेलीको जग खन्न तयार हुन्न । बुढ्यौली पुस्ताका मानिसहरू युवाहरूको दबावका अघि अगाडि सरेर काम गर्न असफल हुन्छन् । हरेकजसोका मनमा भावी संकटको त्रास पैदा हुन्छ । माझी युवाहरू सोभितेको नेतृत्वमा साना काजीमाथि खनिन लागेको देखेर सबै मानिसहरू परिस्थितिले कस्तो मोड लिने होला भनी सशङ्कित हुन्छन् । जग खन्ने समय मध्यान्हमा जुरेको हुनाले समय टर्न लाग्दा समेत जग खन्ने कार्य प्रारम्भ हुन नसकेकाले हरे र बुदुनेहरू माझी युवाहरूसँग बाझ्न थाल्छन् । गाउँलेहरू हबेलीको जग खनी त्यसको निर्माणका लागी खट्न तत्पर हुन्छन् । पूरै गाउँलेहरू युवाहरूकै भनाइअनुसार साना काजीको हबेली निर्माण कार्यलाई असहयोग गर्न एकमत हुन्छन् । गाउँलेहरूको श्रमदानविना हबेली नठडिने भएकाले हबेली निर्माणमा जुट्न चाहनेहरूलाई पनि युवाहरू खबरदारी गर्छन् । युवाहरूकै खबरदारीका कारण हवेलीको जग खन्न भनी कोदाला ,गैटी र चाँदे बोकी गएका मानिसहरू पनि रमिते बन्छन् । हबेलीको जग खन्न गाउँलेहरूले आनाकानी गरिरहेको चाल पाएर साना काजी हबेली निर्माणस्थलमा पुग्छ । ऊ पुग्दा काम गर्न छाडी रमिते बनिरहेकका गाउँलेहरू उसको डरले थर्कमान हुन्छन् र भावी अनिष्टको परिकल्पना गर्छन् । त्रिलोचन पुगेपछि पनि हबेलीको जग खन्ने कार्य सम्पन्न नभएकाले ऊ आफ्ना विरोधीहरूसँग आगो बन्छ । ऊ पुग्दा रमिते बनिरहेका गाउँलेहरूलाई घर फर्कन सोभितेले निर्देशन गरिसकेकाले धेरै मानिसहरू जग खन्ने काम सम्पन्न नहुने भो भनेर घर फर्कन आँटेका हुन्छन् । एक्कासी सानाकाजीको आगमन र उसको हप्काइ र धम्कीले सबै मानिसहरू एकपटक स्तब्ध बन्छन् र जमातमध्येका कमजोर मानिसकता भएकाहरू काम गर्न अग्रसर पनि हुन्छन् । त्रिलोचनले को जाँदैन काममा ? कसले गरेको यो आँट ? “........... जस जसलाई काममा जानु छ , खुरुक्क जाओ । अनि जस जसलाई जोरी खौज्नु छ अगाडि सर (पृ २०४÷५) भनी धम्क्याएपछि स्वतन्त्रता र उन्मुक्तिको परिकल्पनामा रमेका माझीहरू नराम्ररी झस्किन्छन् । तीन चौथाइ मानिसहरू निर्माणस्थलको कोदालो, कोदाली, पीक, साबेल उठाई काम गर्न अग्रसर हुन्छन् । वातावरण निकै स्तब्ध र भयभीत बन्छ । माझी समुदायमा स्वतन्त्रता र उन्मुक्तिका लागि सञ्चार भएको तातो रगत त्रिलोचनको एक हप्काएमै ठन्डा बन्छ । साना काजीको त्रासले जग खन्ने काममा लाग्न थालेका मानिसहरूलाई सोभितेले हकार्छ तर उनीहरू त्यतातर्फ दृष्टि नदिई आफ्नै काममा लीन हुन्छन् । त्यसैबखत अनुकूल परिस्थितिलाई आफ्नै पोल्टामा पार्न भनी त्यही झरेको देबुपनेरु प्रतिकूल परिस्थितिद्वारा त्रसित भई सोभितेलाई सम्बोधन गर्न पुग्छ र देवु पनेरु त्यही देखापर्दा त्रिलोचनलाई खपिसक्नु हुन्न । माझी युवाहरू भड्काउने यही हो भन्ने ठानी आफ्नो चिरपरिचित शत्रु देबु पनेरुसँग साना काजी बाझ्न थाल्छ । ऊ हबेलीको जग हाल्ने कार्यमा अवरोध तुल्याउने देबु पनेरु नै हो भन्ने निष्कर्षमा पुगी उसलाई तथानाम भन्न र हकार्न थाल्छ । साना काजीको स्वभावबाट परिचित देबु पनेरु प्रतिकूल परिस्थितिबाट त्रसित भई आफ्नो घरतर्फ र्फकन आँटेको हुन्छ ।
तर साना काजीको “कहाँ भाग्छस् ए काठा । “....... हिम्मत छ भने आइज अगाडि मेरो कन्डापछाडि यी सुँगुरका पाठाहरूलाई उचाल्दै के–को भुक्छस् । (पृ २०६ ) भन्ने सवाल सुनिसकेपछि आफ्नै स्थानमा अडिएर “मैले कसलाई के उभचाल्नुपर्छ ?” (ऐजन) भन्ने जवाफ दिन्छ । उसले अझै अघि बढेर जमानाले नै मानिसलाई आफ्नो हक अधिकार सिकाएको र मानिसहरू स्वतः सचेत भएको भन्ने उत्तर दिन्छ । देबु पनेरुको जवाफ सुनेर आगो बनेको साना काजी ऊ भएकै दिशातिर अघि बढी “ हो, मलाई थाहा छ काठा । ..................... तै काठो होइन्स, यी सुँगुरका पाठाहरूलाई पुच्छर निमोठेर मतिर दौडाउन खौज्ने ? ” (पृ . २०७)
भन्दै चिर घृणाको पात्र देबु पनेरुलाई घोर घृणा र दुर्दमनीय क्रोधको हुँकार फुटाल्दै छातीमै पर्ने गरी गोली हानी सिकार बनाउँछ ।
देबु पनेरुको हत्याको घटनाले औपन्यासिक कथानकलाई चरममा पु¥याउँछ । वर्गीय समाजमा वर्गीय अन्तर्सङघर्षमा यस्ता घटनाहरू घटिरहन्छन् उच्च वर्गका मानिसहरूले वा भनौं सामन्तहरूले आफ्नो सामन्ती संस्कार तथा सामन्तवादी हैकमलाई जीवन्त राख्न समाजमा यस्ता घटनाहरू घटाउने गर्दछन् त्रिलोचलनले देबु पनेरुको हत्या धरपकड र मारपिटका शृङ्खलाहरू बढाई त्यसैको सन्त्रास फैलाएर गाउँमा एकछत्र राजगर्न चाहन्छ । देबु पनेरु त्रिलोचनको पहिलेदेखिकै शत्रु हो । देबु पनेरुले आफ्नो विरोधमा चुनावी मैदानमा उत्रेको हरेकृष्ण सन्नेसीलाई सहयोग गरेदेखि नै त्रिलोचनले उसलाई सिध्याउने योजना बनाएको हो । त्यसका लागि त्रिलोचनले हबेली निर्माणको योजनामा राम्रै ढङ्गले सफलता हात लगायो ।
देबु पनेरुको हत्यापश्चात् त्रिलोचन भागेर सहर पुग्छ । आफ्नै अगाडि देबु पनेरुको ज्यान जाँदा समेत कुनै पनि मानिस त्रिलोचनलाई समात्न अग्रसर हुन्न । त्यत्रो जमातको अघिल्तिर निरपराध व्यक्तिको ज्यान जाँदा तै चुप मै चुप बन्ने परिपाटीले त्रिलोचनको अहङ्कार दम्भ धाक र धम्कीको प्रमाण दिन्छ । त्रिलोचनले देबु पनेरुको हत्या गरेपछि गाउँमा एककिसिमको सन्त्रास र आतङ्क फैलिन्छ । हत्यारोको कारबाही हुनु कता कता उल्टो जानी न बिराई माझी गाउँका सोभिते लगायतका साना काजीका विरोधी युवाहरू समातिन्छन् । त्रिलोचनको ओछ्यान बनाउने उद्देश्यले आधा रातमा लालगेडी पनि राता टाउकेहरूद्वारा समातिन्छे सामन्तहरूको राज्यसत्तामा यस्तै खालका कार्य हुन्छन् । आफ्नो सत्ता टिकाइराख्न सामन्तहरूले निरपराध निमुखा जनताहरूलाई यसरी नै धोका
दिइरहन्छन् । त्रिलोचनले देबु पनेरुको हत्या गरेपछि पुलिस प्रशासनको आडमा आफू चाेिखन सारा आफ्ना विरोधीहरूलाई पक्राई चिसो छिंडीमा सडाउँछ । यस बखत त्रिलोचनले आफ्ना विरोधी माझी युवाहरूसँग रामै्रसँग बदला लिन्छ । वर्गीय समाजमा सामन्तहरूले शक्तिको दुरुपयोग गरी सर्वसाधारणलाई कसरी पीडा दिन्छन् भन्ने कुरालाई यस घटनाले पुष्टि
गर्छ । सामन्तहरूको हात राज्यसत्ताको बागडोर भइञ्जेल सामान्य मानिसहरू अनाहकमा पक्राउ परी कसरी झनै उत्पीडन र थिचोमिचोमा पर्दछन् भन्ने कुरालाई पनि कृतिले चिरफर गरेको छ । कृतिकारले सामन्ती राज्यसत्तामा सानालाई ऐन ठूलालाई चैन हुन्छ भन्ने कुरालाई पनि राम्रै ढङ्गले विश्लेषण गरेका छन् ।
दोष एउटाको हुन्छ सजायको भागिदार अर्को बन्छ । दोषीहरू शक्ति र सम्पतिका आडमा चोखिने प्रवृति सामन्तवादी राज्यसत्तामा देखिन्छ । सर्वसाधारणलाई मनपर्दी ढङ्गले शोषण गर्ने, आफू अनुकूल नबनेमा हदैसम्मको कारवाही गर्ने प्रवृतिलाई सामन्ती राज्यसत्ताले पश्रय दिन्छ । सामन्तहरूको राज्यमा सर्वसाधारणका मौलिक हकहरू, स्वतन्त्रता तथा अभिव्यक्तिका अधिकारहरू कसरी कुष्ठित बनाइन्छन् भन्ने वस्तुसत्यलाई उपन्यासले उदाङ्गो पारेको छ । राज्यबाट,ै राज्य सञ्चालन गर्ने व्यक्तिहरूबाटै नागरिकहरू कसरी असुरक्षित बन्छन् भन्ने यथार्थलाई कृतिले छर्लङ्गयाएको छ । कृतिमा पुलिसका दमन र अत्याचारका कुरा छन् । पक्राउ, धरपकड र जबर्जस्तीका कुरा छन् । राज्यसत्ताका भरौटेहरूद्वारा गरिएका अपहरण र बलत्कारका घटना छन् । कृति पढ्दै जाँदा सामन्तहरूको व्यवहार उनीहरूको नागरिक अधिकारप्रतिको ठाडो उल्लङ्घन देख्न पाइन्छ । यी कुराले पाठक निकै कहालिने र झसङ्गिने गर्छ । सामन्ती राज्यसत्ताका यावत् कुरुपता र फोहोरीपनले कृति बलियो बनेको छ । पक्राउ खानेहरू बलत्कार भोग्नेहरू हारेका छैनन्, निराश बनिहालेका छैनन् अनि सामन्तहरूसँग घुँडा टेकेर जीवनको भीख मागेका पनि छैनन् ।यस कराले कृतिमा आशा छ । भोलिको सुनौलो दिनको कामना छ । अनि छ, सामन्तहरूको किल्ला भत्काउने महान् प्रण पनि ।
कृतिमा निहित वर्गीय अन्तर्सङ्घर्ष विद्रोही माझी युवाहरूको धरपकड र कालकोठरीको सजायमै टुङ्गिएको छैन अनि छैन पैशाची प्रकृतिको अपहरण र भोगविलास वा बलत्कारमा । कालोकोठरीको अन्धकारभित्र युवाहरू झनै रोक्किएका छन् । अनाहकमा नेल भिर्नुपर्दा युवाहरूमा झन् बढी हिम्मत र आँट पलाएको छ । बन्दुक र बुटले जनअधिकारको डँढाल्लो कुल्चनेहरू कहाँ सफल भएका छन् र ? जनताहरू जागे भने जति ठूला सामन्त या तानाशाहहरू पनि घुँडा टेक्न बाध्य हुन्छन् । त्रिलोचन इन्द्रवती किनारको तानाशाह हो । उसले आफ्ना विरोधी सोभिते लगाएतका माझी युवाहरूलाई धरपकड गरी जेलमा जाक्न लगाएको छ । आफूप्रति अनिच्छा देखाएकी, सजिलै आफ्नो ओछ्यान बन्न नचाहेकी लालगेडीलाई त्रिलोचनले राताटाउकेका बलमा अपहरण गराई शेरे हवल्दारलाई सातादिनसम्म मस्त शील तोडाएर, भोगाएर त्यसपश्चात् निर्बाधरुपमा आफैले सुताएको
छ । कृतिमा त्रिलोचनका द्रव्यपिशाची, स्त्रीलम्पट, उन्मादी, अहंकारी, भोगी, विलासी, अमानुषी क्रियाकलापमार्फत् तानाशाहहरूको आन्तरिक व्यक्तित्वलाई नङ्ग्याइएको छ । कृतिमा तानाशाहका नाङ्गा हस्तक्षेप र ताण्डवनृत्यहरू छन् । आफ्नो डँडाल्नामाथि तानाशाही बुट र लाठीहरू जतिनै बज्रे पनि आफ्ना शरीरमाथि तानाशाहका कामुक अङ्गहरू जति छिलिए पनि सर्वहारा वर्ग हारेको छैन । हार्ने मनस्थितिमा छैन । सामन्तहरूका कुकृत्यहरू इन्द्रवतीको प्रवाहझै अविरल बगे पनि त्यसका जगहरू भत्काउन, त्यसका खम्बाहरू उखेल्न क्रान्तिपुत्र सोभितेहरू धेरै हिम्मत र आँट लिएर जागिसकेका छन् । तलको उद्धरणले त्यही कुराको पुष्टि गर्छ ।
“म एक्लो छैन मामा । यो ठूलो धर्तीमा मेरो साथमा लाखौं करोडौं छन् । हो,आज हाम्रो भाग्यमा रात परेको छ, तर रात त सधैं रहिरहन्न नि विहान पूर्वबाट सूर्य त उदाइहाल्छ .... सूर्यको साथमा उज्यालो आएपछि अन्धकारले नभागी सुक्खै छैन । अहिले जान्छु मामा, तर म आउँछु एक दिन पक्कै आउँछु ।” (पृ २४६)
सामन्तहरूका किल्लाहरू भत्काउन सोभिते हिंडिसकेको छ । त्रिलोचनद्वारा अपहरण गराएकी लालगेडीको स्थिति जान्न नपाउँदा चिन्तित बनेको, जीवनको उत्तरार्धमा पुगिसकेर पनि अर्को साहारा नपाएको राज्य व्यवस्था झनै जटिल बन्दै गएको तथा सर्वहाराको जिन्दगी झनै बेबारिसे बनिरहेको देखेर दिक्क परेको भुमा माझीलाई सम्झाउँदै त्रिलोचनले व्यक्त गरेको कथन हो त्यो । कर्मठ हातहरू, जुझारु पौरखहरू, परिवर्तनकामी सोचहरू सामन्तहरूका अगाडि कहिल्यै हार खान्नन् र अफसोसको सुस्केरा हाल्दैनन् पनि । उपन्यासको अन्त्यमा पर्याप्त सम्भावनाहरू देखिन्छन् । कृतिको उपसंहारले भविष्यप्रति आशावादी बनाएको छ । मुक्तिसङ्घर्षमा होमिदै आम सामन्तहरूको पतन गराउनका खातिर सोभिते निस्किसकेको छ । आम मजदूर, हली, खेताला, गरिब, सर्वहारा तथा शोषित वर्गको गोलबन्दीविना सामन्तहरूलाई घुँडा टेकाउन तथा सामन्तहरूको राज्यसत्तालाई पल्टाउन असम्भव देखी सोभिते देशभरका आफूजस्तै मानिसहरू एकजुट पार्न निस्किसकेको छ । सोभिते एकदिन अवश्यै अविरल बगिरहेको सामन्ती राज्यसत्ता ध्वस्त पारी इन्द्रावती फिर्नेछ र इन्द्रावती किनारका माझीहरूले सधैंका लागि उन्मुक्ति पाउनेछन् । यही आशावादी चिन्तनमा कृतिको कथानकमा निहित वर्गीय अन्तद्र्वन्द्व समापन भएको छ ।

३.३.२ चरित्र
अविरल बग्दछ इन्द्रावतीमा वर्गीय समाजका वर्गीय समाजका वर्गीय पात्र र तिनका वर्गीय चरित्रको उद्घाटन गरिएको छ । साहित्यका प्रतिनिधिपात्रहरू वर्गसङ्घर्षका उपज हुन्छन् र तिनले सामाजिक जटिलताका समग्र पक्षहरूको प्रतिनिधित्व गर्दै आ–आफ्नो वर्गको सौन्दर्यमूल्यलाई उजागर गर्छन् । यो समग्र सामाजिक अन्र्तसम्बन्धको उपज हुने गर्छ
(बराल, २०५६ः ११९) अविरल बग्दछ इन्द्रावतीमा वर्गीय समाजका विविध पात्रहरूको चरित्रचित्रणबाट यही कुरा देखाउने यत्न गरिएको छ । उपन्यासका चतुर्भुज सिंह र त्रिलोचनसिंहका सामन्तवादी क्रूर र जाली चरित्रका बाह्न्यान्तर प्रवृत्ति र वर्गीय प्रकृतिहरूको प्रारुपीकरण गरी तिनका माध्यमबाट उत्पीडक वर्गीय चारित्रिक कुरुपताहरूको अङ्कन गरिएको छ भने सोभित लगायत नवचेतना जागृत भएका उत्पीडित वर्गका माध्यमबाट शोषणका विरुद्ध क्रमशः विकसित हुन थालेको उन्मुक्तिको चाहलाई उद्घाटन गरिएको छ । भूमाको चरित्रबाट सामन्ती संस्कारमा हुर्किएका उत्पीडित वर्गको दास मानसिकता र हनिताग्रन्थिलाई उदाङ्गो पारिएको छ । त्यस्तै बुदुने र हरे तिवारीको चरित्रबाट आफ्नो वर्गका लागि घात गर्ने उच्चवर्गका परिपोषक भाट तथा चाटुकार प्रवृत्तिलाई समेत यी दुईको चरित्रले उदाङ्गो पारेको छ । यस्तो हुनु तथा देखिनुको मूल कारण गरिबी, अशिक्षा, अन्धविश्वास, अन्धश्रद्धा तथा भक्तिभाव प्रमुख छ ।
कृतिमा समाजमा जागृत वर्गीय अन्र्तविरोधी लाई देखाउन उत्पीडक वर्गको तर्फबाट नेतृत्व गर्न सोभितेलाई अघि सारिएको छ । उसमा वर्गीय चेतना भर्ने काम मुख्य रुपमा गिरी मास्टरले गरेको छ । गिरी मास्टर निरीह शिक्षक हो । शोषणका विभिन्न रुप तथा शैलीहरू देखेको गिरी मास्टर नूनको सोझो गर्ने, मालिकपनप्रति अगाध श्रद्धा भएको, जागिर खुस्कन्छ कि भन्ने त्रासले आताङ्कित पात्र समेत हो । गोप्य रुपमा काजी खानदानको विरोध गर्ने तर मौका आउँदा घँुडा टेक्ने, मालिकपनका अगाडि शिर झुकाउने पात्रको प्रतिनिधित्व गिरी मास्टरले गरेको छ । जेहोस् माझी गाउँका तन्नेरीहरूलाई काजी खानदानको तानाशाही प्रवृत्तिबाट मुक्त हुनका लागि दीक्षित तुल्याउने काम गिरी मास्टरबाटै भएको छ । कृतिमा लालगेडीजस्ता हक्की, नीडर, स्वाभिमानी र सामन्तहरूका शक्ति र सम्पतिमा नलोभिने स्त्री पात्रहरू समेत उभ्याइएका छन् । लालगेडी उपन्यासको नायिका समेत हो । यसले त्रिलोचनसिंहको आफूप्रतिको गिद्धे हेराइको पटक–पटक प्रतिरोध गर्दा अनाहकमा राताटाउकेहरूद्वारा अपहरित भई शेरे हवल्दार र त्रिलोचनको बलत्कार खेप्नु परेको छ । लालगेडीका माध्यमबाट कृतिकारले क्रान्तिकारी विचार बोकेका नीडर, जुझारु र बलिदानीभावले भरिएका सङ्घर्षशील नारीहरूको वस्तुसत्यलाई देखाएका छन् ।
कृतिमा सामन्ती समाजका यावत् विकृतिहरूलाई देखाउने यत्न भएको छ । तानाशाहरूले चिल्ला र चिप्ला कुरामा कसरी दीनहीन मानिसहरूलाई फसाउँछन् भन्ने कुराको जीवन्त नमूना चतुभुर्जासिंहको चरित्रमा देखिन्छ । चतुर्भुज समयको गति बुझ्ने, परिस्थित अनुसार आफूलाई हिडांउने, अत्यन्तै अवसरवादी, छेपारो झैँ रङ बदल्ने पात्र हो । त्रिलोचन सामन्तहरूको डरलाग्दो नाइके, उच्चवर्गीय रवाफ र दम्भले चुलिएको अहंकारी, शेखीबाज हो । शक्ति र सम्पत्तिले दुनियाँ लुडाउन सकिन्छ भन्ने चिन्तन बोकेको त्रिलोचन धन र सत्ताले मात्तिएको, कामुकताले चढेको पात्र समेत हो । यो आफ्नो विरोधी वर्गलाई सिध्याउन याव्त हरकत तथा उपायहरू लागू गर्ने कठोर तानाशाह हो । यो व्यक्तिगत स्वार्थ, सत्तालीप्सा र विलासिताले राँक्किएको चरित्र समेत हो । कृतिमा हरेकृष्ण तिवारी र देबु पनेरुजस्ता अवसरवादी, व्यक्तिगत स्वार्थ र लीप्सामा रम्ने पात्रहरूको समेत चर्चा भएको छ । परिस्थिति अनुकूल बन्दा त्यसबाट अवसरवादीहरूले के–कस्तो कदम चाल्छन् र परिवर्तित परिस्थितिलाई कुन रुपमा आफू मातहत लयाँउछन् भन्ने कुराको सङ्केत यी २ पात्रको चरित्रले देखाउँछ । यी दुवै पात्र काजी खानदानको पतन गराई गाउँको हालीमुहाली आफैले गर्ने ताकमा छन् । हुन त यी दुवैको योजना सफल त भएको छैन तर यिनीहरूको चरित्रमा मध्यमवर्गीय अवसरवादी सोच र चिन्तन हावी भएको देखिन्छ । यी दुवै माझी समुदायलाई भडकाएर परिस्थितिलाई आफू अनुकूल तुल्याउन सक्रिय देखिन्छन् । यी दुवैबाट माझी समुदायको हित हुने देखिन्न । यी दुवैमा चैते प्रवृत्ति देखिन्छ । यी दुबैको मृत्यु सानाकाजीका हातबाट भएको छ । साना काजीले यिनीहरूको भित्री ताक बुझेरै, यिनीहरूको अवसरवादी प्रवृत्ति जानेरै यी दुईको हत्या गरेको हो । आफ्नै निश्चित सिद्धान्त र अडान नभएका, वैयक्तिक स्वार्थ र लीप्सा भरिएका मध्यमवर्गीय अवसरवादी पात्रको नेतृत्व हरेकृष्ण सन्नेसी र देबु पनेरुले गरेका छन् ।
अविरल बग्दछ इन्द्रावतीमा विभिन्न प्रवृत्तिका पात्रहरू समावेश गरेर कृतिकारले नेपाली समाजको विविध स्वरुपको चित्रण गर्ने प्रयास गरेका छन् । कृतिमा नेपाली समाजका विविध प्रवृत्तिका वर्गीय चरित्रहरूलाई देखाइएको छ । कृति मुख्य रुपमा निम्न वर्ग र उच्चवर्गबीचको वर्गीय सङ्घर्ष वा अन्तद्र्वन्द्वमै केन्द्रीत छ । सामाजिक वर्ग सङ्घर्षमा देखिने यावत् विकृति तथा विद्रुपतालाई कृतिले चिरफार गर्ने यत्न गरेको छ । सामाजिक वर्ग सङ्घर्षमा समाजका हरेक व्यक्ति वर्गीय चेतनाले परिष्कृत बनेका हुँदैनन् । आफ्नै वर्गको घात गर्ने, आफ्नै वर्ग बिरुद्ध कदम चाल्ने पात्र पनि वर्गीय समाजभित्र हुन्छन् भन्ने तथ्यलाई बुदुने, हरे तिवारी, श्यामली, र खिनौरीको चरित्रले स्पष्ट पारेको छ । यी पात्रमध्ये बुदुने र हरे तिवारी साना काजीको भरौटे बनी आफ्नै वर्गप्रति घात गर्दै हिडिंरहेका छन् । त्यस्तै खिनौरी साना काजीको धन–दौलतमा राल चुहाएर सजिलै उसको ओछ्यान बनेकी छ । श्यामलीले लालगेडीलाई फकाइ–फुलाइ गरी साना काजीको पुतली बन्न प्रेरित गरेकी छ । श्यामली साना काजी र उसका मतियारहरूलाई केटी मिलाइने पात्र समेत हो । यसले आफ्नीे सँगी तथा स्वाभिमान, प्रतिव्रता र सरल स्वभावकी लालगेडीलाई त्रिलोचनसँग फसाउने भूमिका समेत खेलेकी छ । पुलिसले जबरजस्ती धरपकड वा अपहरण गरेपश्चात् लालगेडीलाई षड्यन्त्रमूलक ढङ्गले प्रहरीको पञ्जादेखि साना काजीसम्म पु¥याउने र उसको खेलौना बन्न हौस्याउने कार्य समेत श्यामलीले गरेकी छ । यसको चरित्र पनि विलासी, भोगवादी, सांसारिक, व्यभिचारी वा कुलटा प्रवृत्तिको देखिन्छ । समग्रमा यी तीनजना (बुदुने, हरे तिवारी र श्यामली) माझी समुदायका कलङ्क तथा खतरनाक शत्रु हुन् । यी तीनजनाबाट माझी समुदायको अपूर्व घात र क्षति भएको छ ।
अविरल बग्दछ इन्द्रावतीमा नायकत्वको भूमिका सोभितेले गरेको छ । यो क्रान्तिकारी तथा जुझारु युवक भए पनि र यसले माझी समुदाय तथा समग्र उत्पीडित, शोषित निम्न वर्गको हितमा कार्य गरे पनि यसका केही चारित्रिक दुर्बलताहरू छन् । बढी भावुक बन्ने, तत्कालै उत्तेजना र आवेशमा आइहाल्ने, अनुकूल र प्रतिकूल परिस्थितिलाई पर्र्गेेल्ने नसक्ने, कुशल तथा सशक्त ढङ्गले आफ्नो समुदायको नेतृत्व गर्न नसक्नेजस्ता यसका केही चारित्रिक कमजोरीहरू देखिए पनि सोभितेबाट माझी समुदायले सदीयौं देखि भोग्दै आएको उत्पीडन र दमनबाट उन्मुक्ति पाउने सुनिश्चित देखिन्छ । सोभिते भविष्यप्रति पर्याप्त आशावादी छ । तलको उद्धरणले त्यही कुरा बताउँछ –
“सोभिते इन्द्रावतीको किनारमा उभिएर बगरको एक मुठी बालुवा उठाएर इन्द्रावतीको लहरमा आहुति दिन्छ– एउटा सङ्कल्पको आहुति ऊ इन्द्रावतीको लहरमा विनाशको होइन सिर्जनाको गीत सुन्नेछ, त्यससँग आफू पनि स्वर मिलाउनेछ । ऊ एक मुठी बालुवाको आहुति इन्द्रवतीलाई चढाएर त्यस अनन्त प्रवाहलहरीप्मा हेर्छ । सूर्यको आखिरी प्रकाशको सुनौलो रङले रङ्गिएका असङ्ख्य तरङ्ग– अनगिन्ति लहर, इन्द्रावतीको वृक्षमा झिल्मिलाएर एउटा सुनौलो सपनाको नक्सा कोरिरहेछ । यस अविरल प्रवाहलहरीको अनन्त सागरको विशालतामै नगएर हुन्छ ? ..............अनि त्यो नै त्यसको विशाल परिचय बन्छ अन्त होइन । (पृ. २४७) ।
माथिको उद्धारणबाटै प्रष्ट हुन्छ सोभितेमा भविष्यप्रति कति आस्था र भरोसा छ भन्ने कुरा । सोभितेले समग्र उत्पीडित वर्गको मुक्तिका लागि आफूलाई संघर्षमा होमिसकेको छ । सदीयौंदेखि निरन्तर प्रवहित हुँदै आएको सामन्ती राज्यसत्तालाई ध्वंस गरेर नयाँ जनवादी युगको आमन्त्रण लागि सोभिते हिडिसकेको छ । ऊ साना काजीको पतन गराउने उद्देश्य बोकेर मात्र मुक्तिसंघर्षमा होमिएको छैन । ऊ त सिङ्गो समाज र समग्र राष्ट्रबाटै सामन्तवादका अवशेषहरूलाई निर्मूल पार्न आफूजस्तै उत्पीडित वर्गलाई एकजुट पार्न र उनीहरूलाई चेतना भर्न निस्किसकेको छ । कृतिले सामन्ती रान्यसत्ताका विद्रुपतालाई चिरफार गर्दै त्यसका विरुद्ध उत्पीडित वर्गलाई सोभितेको चेतना लिई जुर्मुराउन आह्वान गरेको छ । कृतिमा सामाजिक रुपान्तरणको कुरा छ । निरन्तरताको क्रमलाई भङ्ग गर्ने चेत छ । यथास्थितिवादी, अवसवादी तथा निम्नपूँजिवादी चिन्तन नभई अग्रगामी र उध्र्वमुखी दृष्टिकोण छ । अविरल बग्दछ इन्द्रावतीले यिनै चेतनालाई घनीभूत रुपमा बोक्ने यत्न गरेकाले यस कृतिलाई प्रगतिवादी भनिएको हो । माक्र्सवाद सामाजिक वर्ग र वर्ग संघर्षका कुरा गर्छ । सामाजिक वर्गीय द्वन्द्वकै कारण समाजको रुपान्तरण हुने मत राख्छ । यही मतकै प्रेरिफेरिमा कृति रचिएकाले यसलाई प्रगतिवादी रचना मान्नुपर्छ ।

३.३.३. परिवेशः
अविरल बग्दछ इन्द्रावती वि. सं. २०४० सालमा रचना गरिएको कृति हो । यसमा तत्कालीन पञ्चायतकालीन नेपालको अप्रजातान्त्रिक राज्यव्यवस्थाको चिरफार गरिएको छ । पञ्चायतकालीन अवस्थामा पिछाडिएको ग्रामीण समाजमा सामन्तहरूको प्रभुत्व कस्तो रहन्थ्यो भन्ने कुरालाई कृतिमा मिही ढङ्गले उद्घाटन गरिएको छ । कृतिमा पञ्चायतकालका अतिरिक्त राणाकालीन निरङ्कुशता र दासप्रथाका कुरा समेत छन् । त्यसो त २००७ साल २०१५ साल र २०१७ सालका एतिहासिक घटना पनि कृतिभित्र नसमेटिएका होइनन् । कृतिले मुख्यगरी पञ्चायतकालीन राज्यव्यवस्थाभित्रको विकृति, विसङ्गति र त्यसका नाङ्गा स्वरुपहरूलाई केलाउने प्रयत्न गरेको छ । पञ्चायतकालमा दुई भिन्न वर्गबीच शोषण र उत्पीडनका विषयलाई लिई के–कस्ता वर्गीय अन्तर्सङ्घर्ष हुन्थे भन्ने कुराको तस्वीर कृतिमा छ । पञ्चहरूले सत्ता, सम्पत्ति र शक्तिका आडमा निम्न वर्गमाथि के–कति अत्याचार गर्थे, उनीहरूका चुनावी शैली र सामाजिक हैकम के–कस्तो रहन्थ्यो भन्ने कुरालाई समेत कृतिले केलाएको छ ।
कृति सिन्धुपाल्चोक जिल्लाको सिपाबडहरे गाउँको पुछारमा र इन्द्रवती नदी किनारमा रहेको माझी गाउँमा घटित कथानकमा रचिएको छ । कृतिभित्र इन्द्रवती नदी किनारका दीनहीन सामन्तहरूको षड्यन्त्रको चक्रब्यूह तथा कठोर वर्गीय शोषणमा जिउँन विवश अशिक्षित, अज्ञानताले ग्रसित, उत्पीडीत माझीहरूको जीवनस्थिितिको मार्मिक उद्घटना छ । काजीकै कुतठेक, अँधिया र बेठबेगारीमा काम गर्नु रातदिन काजीखलककै हुकुममा चल्न, बचेको समयमा नदीका माछा मार्नु, ज्यालाबुहुनी गर्नु, राम्रा र ठूला जति माछा काजी खानदानलाई सुम्पनु र बचेका माछा न्यूनतम मूल्यमा बेच्नु, अठ्यारा भीरपाखामा घाँसदाउरा गर्नु, हरप्रकारका प्राकृतिक तथा दैवी विपत्ति पनि बेहोर्नु माझीहरूको दिनचर्या हो । मालिकहरूले गरेका स–साना ठट्टाहरूमा समेत तर्सनु आफ्ना पाखाबारीमा फलेका फफूलहरू मालिकलाई नै चढाउनु पर्नु, राम्रा छोरीबुहारी बारम्बार बलत्कृत हुँदा पनि बोल्न नपाइनु, काजी खानदानका विरुद्ध केही बोले वा गरे गाउँबाटै खेदिनु पर्ने जस्ता विवशताहरू एकातिर छन् भने अर्कोतिर दुई गाँस खान र एकसरो अध्रानो लाउँन पाइने मोहमा युवतीहरू स्वयम् मालिकका ओछ्यान तताउन तत्पर बन्नु जस्ता निम्नवर्गीय मानिसका निरीहता पनि कृतिमा देखाइएको छ ।
प्रस्तुत कृतिमा उत्पीडित वर्गका माझी दनुवारहरूका रहनसहन बोलचाल र व्यवहार सुझबुझ र असन्तुष्टि तथा विवशता र कुष्ठा आदिको चित्रण गरिएको छ । कृतिमा सर्वहारावर्गको जीवनसङ्घर्षलाई सामाजिक सम्बन्धहरूको समग्रतामा उद्घाटन गरिएको छ । कृतिभित्र उत्पीडित र उत्पीडक वर्गको अन्तर्सङ्घर्षलाई केलाउँदै अन्त्यत ः उत्पीडक वर्र्गकै जीत र उत्पीडक वर्गको पलायनमा पुगेर कृतिलाई टुङ्ग्याइएको छ । कृतिमा लालगेडीजस्ता नायिकाको पतन भएको छ । उत्पीडक वर्ग जति जागे पनि उसको प्रयत्न स्यालको हुइयाँ जतिकै हुने कुरालाई समेत कृतिले उदाङ्गो पार्दै सामाजिक वर्ग सङघर्षले उत्पीडित वर्ग झनै उत्पीडनमा पर्ने र जसरी पनि उत्पीडक वर्ग माथि नै पर्ने तथ्यलाई समेत उजागर गरेको छ । उत्पीडक वर्ग जति क्रूर पाखण्ड र सशक्त देखिन्छ त्यसको प्रतिरोध गर्ने उत्पीडित वर्ग निकै नै कमजोर दीनहीन र अस्तव्यस्त देखिन्छ । उत्पीडक वर्गको नायक सोभितेले सामाजिक रुपान्तरणका लागि खासै केही गर्न सकेको
छैन । उसका कारण माझी समुदाय झनै आतङ्कित भयभीत र रुग्ण बन्न पुगेको छ । सोभितेको कुशल नेतृत्वको अभावमा माझी गाउँ छिन्न–भिन्न भएको छ भने सामाजिक संरचना पनि अस्तव्यस्त भएको छ । कृतिको अन्त्यमा समस्त माझी समुदायको हकहित र स्वतन्त्रताका लागि भनेर सोभिते गाउँ छोडेर निक्लिएको छ । तर ऊ फर्कदा माझीहरूका सुनौला दिनहरू सँगै आउने हुन् वा होइनन् एककिसिमको सन्देह छ, विरोधाभास छ । कृतिको उपसंहारमा सोभितेले परिवर्तनका लागि आशा र सङ्कल्प त गरेको छ तर त्यो टुङ्गोमा पुग्छ पुग्दैन अनिश्चय वा भ्रम त्यत्तिकै छ । कृति नायक नायिकाको मुटु नै चुँडाउने खालको वियोग वा दुःखान्तकमा पुगेर समाप्त नभए पनि अन्त्यमा पाठकका आँखा रसाउने र मुटु कहालिने ठाउँ छ । कृतिमा दुःखान्तकको अनुभूती गराउने खालको परिवेशविधान छ । कृतिले वर्गीय द्वन्द्व वा वर्गीय अन्तर्सङ्घर्षको शङ्खघोष अनीभूत रुपमा गर्न सफल भएको देखिन्छ ।
वर्गीय विभेद तथा वर्गीय शोषण भएको समाजमा वर्गसङ्घर्ष अनिवार्य जस्तै हुन्छ । वर्गसङ्घर्षको स्वरुप प्रत्यक्ष र परोक्ष जस्तो पनि हुन सक्छ । प्रसिद्ध माक्र्सवादी चिन्तक लेनिनले बताएझै “आफू लाई चारैतिरबाट घेरेको उत्पीडनमय परिवेशका विरुद्ध उत्पीडित वर्गले प्रतिरोध गर्नु र आफ्ना अस्तित्वनिम्ति संघर्ष गर्नु र आफ्ना हक अधिकार र प्रतिष्ठानको स्थापनाका निम्ति कष्टपूर्ण प्रयत्न गर्नु, शोषणपूर्ण सामाजिक परिवेशका अन्तर्विरोध र वर्गद्वन्द्वका स्वरुप हुन् ( सन् १९८९ः ९५) विकलले यही स्वरुप उद्घाटन गर्न सामाजिक परिस्थितिहरूको चारित्रिक रुपदेखि निजी वर्णनको सहारा समेत लिएको देखिन्छ । असमान सामाजिक आर्थिक संरचना र यसले सिर्जना गरेको छुवाछुत भेदभाव जातीय, धार्मिक, आर्थिक विभेद अन्याय अत्याचार, भूमि र प्राकृतिक स्रोतमाथिको असमान वितरणजस्ता कारणहरूको वर्णन गरी तत्कालीन समाजमा उभिएर त्यहाँ हुर्कदै गरेको नयाँ भविष्यलाई सङ्केत गर्ने काम उपन्यासकारले गरेका छन् (ज्ञवालीः २९०ः२०६७) । उपन्यासकारले सोभिते, नाराने र भीमेजस्ता नवयुवापुस्तामा जागृत अपनत्वबोध र अस्तित्वको चेतना अनि सम्झौताहीन विद्रोह र तीमाथिका सामन्ती दमनका घटनाहरूलाई वर्गीय परिवेश र तिनको अन्तर्विरोध वा वर्गद्धन्द्वलाई मूर्त बनाएका छन् ।
प्रस्तुत उपन्यासमा सत्ताप्राप्तिका लागि गरिने सङ्घर्ष तथा त्यसको प्रभाव र त्यसकै आडमा हुने वर्गसङ्घर्षका उत्प्रेरक पक्ष र परिणामहरूको चित्रण गरेर पनि सामाजिक अन्तर्विरोध, वर्गसङ्घर्ष र त्यसका परिणमको स्वरुप प्रस्तुत गरिएको छ । निमुखा माझीहरूलाई दया गरेको नाटक गरी उनीहरूलाई पत्तै नपाउने गरी शोषण गर्ने सामन्त चतुरभुजको खतरनाक खेलबारे परिचित हरेकृष्ण सन्नेसी र देवु पनेरुहरू कुलीन प्रवृतिका मध्यमवर्गीय पात्र हुन् । यिनीहरूले चतुर्भुज र त्रिलोचनका विरुद्ध विद्रोह गरेका छन् । यिनीहरूको विद्रोह वर्गीय मुक्ति सङ्घर्षको नभई वैयक्तिक प्रतिशोध र सत्ताप्राप्तिको हो । यस विद्रोहमा माझी समुदायलाई हतियार बनाउने देबु पनेरुले त्रिलोचनको हबेली निर्माण कार्य रोकी उसका बिरुद्ध माझी समुदायलाई उतार्नका निम्ति सङ्घर्ष गरेका छन् । लालगेडीलाई त्रिलोचनले हातपात गर्नु, सोभिते लगायत युवा समूहलाई त्रिलोचन र उसका मतियार बुदुने र हरे तिवारीले धम्की दिनु र अपमान गर्नु, भुमालाई आन्तरिक रुपमा चतुर्भुजले तर्साइरहन,ु सानोकाजी त्रिलोचनले आफ्ना शत्रुहरू देबु पनेरु र हरेकृष्णलाई गोली हानी हत्या गर्नु, त्रिलोचनले आफ्नो बुबा चतुर्भुजलाई भनी गिरी मास्टरको आँपचौरको रात्रीकालीन कक्षा बन्द गराउनु, हबेली निर्माण कार्यमा अवरोध गर्ने माझी युवापुस्तालाई धरपकड गरी जेल चलान गरिनु, लालगेडीको अपहरण पछि शेरे हवल्दार र त्रिलोचनले मनपर्दो बलत्कार गर्नु तर यस्ता नकारात्मकता र सामाजिक विद्रुपताका विरुद्ध उत्पीडित वर्गले केही गर्न नसक्ने विवशताजन्य निस्सासिंदो परिवेशका माध्यमबाट प्रस्तुत उपन्यासमा वर्गीय अन्तर्विरोधका भयावह रुपहरू देखाइएको छ । कृतिमा माझीसमाजमा देखा परेको बुढ्यौली पुस्ता र तन्नेरी पुस्ताका बीचको अन्तर्विरोध वा द्वन्द्वका माध्यमबाट पनि समाजमा विकसित हुँदै गएको नवचेतनाको उद्घाटन गरिएको छ । यस्ता परिवेशको चित्रणका माध्यबाट उपन्यासकारले सामन्तवादका स्वरुप र त्यसका अवशेषहरूमाथि क्रमशः हुन थालेको वैचारिक विचलन तथा वर्गदुन्द्वको बढ्दो क्रम र नवसम्भान्यतालाई एकसाथ अगाडि सारेको देखिन्छ । नया युवापुस्तामा आउन थालेको नवीन वर्गचेतनाको लहर र सङ्गठित भई उनीहरूद्वारा सामन्तवादका अवशेषहरू ध्वंस गर्ने प्रयत्नलाई पनि सूक्ष्म ढङ्गले कृतिमा देखाइएको छ । समग्रमा सामन्तहरूको शोषण र उत्पीडन थेग्न असह्य भएपछि माझी समुदाय नयाँ जनवादी राज्यव्यवस्थाको निर्माण गर्न अग्रसर भएको छ । कृतिको सामाजिक परिवेशले निम्न वर्गको एकता र उसको घेराबन्दीले सामन्तहरूको हार र निमुखाहरूको जीत सुनिश्चित हुने देखाएको छ । तत्काललाई सामन्तहरूको अधिनायक र उनीहरूकै प्रपञ्चको जित भए पनि एकदिन अवश्यै सामन्तवादी राज्यव्यवस्थाको पतन र सर्वहारावादी नयाँ युगको उदय हुने कुरा कृतिको उपसंहार र त्यसमा पनि सोभितेको संकल्प तथा तल्कालीन परिवेशले सङ्केत गरेको छ ।
३.३.४ वैचारिकता
माक्र्सवादीहरू साहित्यिक कृतिलाई सामाजिक रुपान्तरणका लागि सहायक हतियार बनाउँछन् । साहित्यकार जहिले पनि समाज निरपेक्ष रहन नसक्ने र साहित्यकारले सधै सामाजिक परिवर्तनका पक्षमा कलम चलाउने कुरा माक्र्सवादीहरू स्वीकार्छन् । साहित्य सर्वहारावादी हुनुपर्छ । आम शोषित ,पीडीत निमुखा र सर्वहारको उन्मुक्तिका लागि हुनुपर्छ भन्ने चेतना सञ्चार गर्ने माक्र्सवादीहरू सामाजिक वर्गसंघर्ष र वर्गीय विभेदको विषय लिई साहित्यिक कृतिको कलेवर तयार गर्छन् । प्रगतिवादी साहित्यमा वर्गीय अन्तर्सङ्घर्ष र वर्गद्वन्द्वका कुरा गरिनु त्यसैको उपज हो । रमेश विकलले अविरल बग्दछ इन्द्रवतीमा यही मान्यतालाई आत्मसात् गरेका छन् । कृति वर्गीय विभेद र वर्गीय अन्तर्सङ्घर्षमै केन्द्रित छ । कृतिले मूलतः सर्वहारा बर्ग र सामन्त बर्गका बीचको वर्गीय विभेदलाई केलाएको छ । कृतिमा शोषक र शोषित वर्गको सामाजिक रहनसहन रीतिरिवाज चालचलन चिन्तन, भेषभूषा, आचार, आचरण आदि कुरा छन् शोषित वर्गले आफूप्रति शोषण भैरहेको पनि महसुस गर्न नसक्नु (विशेषत भुमा माझी लगायत बुढ्यौली पुस्ता), सामन्तहरूले आफ्नोवर्गलाई तहसनहस छिन्नभिन्न र आयलकायल पार्दा समेत त्यसैको चाकरी गर्नु, उल्टो आफ्नो वर्गलाई उसकै साहाराले आक्रमण वा प्रहार गर्नु (मुलतः बुदुने माझी हरे तिवारी र श्यामली) सामन्तहरूको लागि आम शोषित पीडित वर्गलाई गोलबन्द पार्दै त्यसको अन्त्यको लागि मुक्तिसङ्घर्षमा होमिनु (मुलतः सोभिते) जस्ता कुराहरू सामन्ती राज्यसत्ताभित्रका यथार्थ कुरा हुन् । दमनबाटै प्रतिरोध जन्मन्छ । वर्गीय द्वन्द्वकै कारण समाज अग्रमुखी तथा जनवादी दिशामा अग्रसर हुन्छ भन्ने चेतना पनि कृतिभित्र घनीभूत ढङ्गले उठाइएको छ । साहित्य र कला वर्गसङ्घर्षमा संलग्न जनता र जनयोद्धाहरूका सामूहिक मनोभावनाका प्रतिबिम्ब नै हुन् जसको मूल काम वर्गीय संवेदनालाई अधिक प्रखर प्रभावी र घनीभूत ढङ्गले अभिव्यक्ति दिनु हुन्छ (चैतन्य २०६४ः२४) वास्तवमा कलाको जन्म मानवीय विवेक र विचारबाटै हुन्छ । महान् ठहरिएका कलाकृति सदैव महान् विचारका कलाकृति रहेका
छन् । भाषा मानव चिन्तन र विचारको बाहक हो त्यसैले भाषिक कलामा सदैव विचार एउटा प्रमूख तŒव रहेको हुन्छ । (नेपाल, सन् २००५ ः ९५ ) अविरल वग्दछ इन्द्रवतीमा लेखकीय विचारहरू सोभिते गिरी मास्टर र लालगेडी जस्ता पात्रले बोकेका छन् । सामाजिक वर्ग संघर्षमा लुटपाटका कुरा हुन्छन् धेरैको त्याग र बलिदानीले मात्र नयाँ जनवादी युगको उदय हुन्छ । सामाजिक अव्यवस्था र वर्गीय खाडललाई चिर्नका निम्ति हजाराँैले ज्यानको बाजी लगाउँछन् । सामाजिक हक हित स्वतन्त्रता समानता र सुरक्षका लागि सयौँले हत्केलामा प्राण राखेर हिड्छन् । त्यही कुराहरू कृतिमा सघनरुपले आएका छन् । निम्नवर्गले निमुखाहरूले आफू बिरुद्ध धावा बोल्न थाल्यो भने सामन्तहरू अतालिन्छन् । त्यो कुरा पनि कृतिमा छ । त्रिलोचनले हरेकृष्ण सन्नेसी र देबु पनेरुको हत्या गर्नु, सोभिते लगायतका युवाहरूलाई धरपकड गर्नु लालगेडीलाई अपहरण गरी मनपर्दी ढङ्गले बलत्कार गर्नु त्यसैका दृष्टान्त हुन् यी दुष्टान्तहरूले वर्ग संघर्षका रुप र शैलीहरूलाई चिरफार गरेका छन् ।
कृतिमा शोषक वर्गले शोषणका नयाँ–नयाँ रुप र शैलीहरू अख्तियार गर्दै गइरहेको छ । सामन्तिराज्यसत्ता भूिमसुधार ऐन लागु भैसकेको सन्दर्भमा समेत झनै कठोर र निर्दयी बन्दै गएको छ । समाज जब परिवर्तनको दिशामा अग्रसर हुन थाल्छ जनताले जब सामन्ति राज्यसत्ताका विरुद्ध धावा बोल्न थाल्छन् त्यसबखत सामन्तहरू निकै कठोर र निर्दयी बन्न थाल्छन् । कृतिमा त्यही कुरा छ । परिवर्तनका खातिर, उन्मुक्तिका खातिर उचालिएका पैतलाहरू कहाँ हार्छन् र ! बन्दुकको भरमा शासन गर्छु भन्नेहरू निरीह जनताहरूलाई दबाएर कति समयसम्म राजगर्न सक्छन् र ! नयाँ बिहानीको उदय अँध्यारो चिरेरै हुन्छ । नयाँ जनवादी युगको रक्तिम बिहानी पनि त्यसैगरी उदय हुन्छ जव सामन्तका खुनी पञ्जाहरू गरिबका रगत र पसिना पिउन आतुर हुन्छन् राज्यले त्यत्तिकै घामको झुल्का देख्न कहाँ पाउँछ र ! जनताहरू त्यत्तिकै स्वतन्त्र कहाँ हुन्छन् र ? समाज परिवर्तन सजिलै सहज ढङ्गले भएको इतिहास कहाँ छ र ? नयाँ युगको रचना त्यस्ता हातहरूले गर्छन् जुन हातहरू अत्याचारबाट थाक्छन् उत्पीडनबाट आजित हुन्छन् अनि शोषणबाट अतालिन्छन् । कृतिले यिनै विचारहरू बोलेको छ । कृतिमा समाजलाई नयाँ दिशातर्फ लाने, समाजको आमूल ढङ्गमा रुपान्तरण गर्ने कुरा छ । शोषणका रुपहरू, त्यसका रबैयाहरू अविरल बगिरहन्छन् इन्द्रवतीको धारजस्तै । खुनी पञ्जाहरू मान्छेलाई चुसेर कहिल्यै अघाउन्नन् ः इन्द्रवतीको प्रवाहजस्तै तर खवरदार सामन्तहरू समाज बदल्ने अर्को हात पनि छ । समाज रुपान्तरण गर्ने बहुसङ्ख्यक निमुखाहरूलाई उन्मुक्ति दिने अर्को शक्ति पनि छ त्यो हो वर्ग संघर्ष हो यो पनि पनि इन्द्रावतीको प्रवाहझै त्यसको गति र बेगझै कही अड्दैन कहीं रुक्दैन बगिरहन्छ, बगिरहन्छ अविरल बगिरहन्छ ।
निष्कर्षः

आधुनिक नेपाली साहित्यको उन्नयनमा प्रगतिवादी चेत भिœयाई नेपाली आख्यान विधालाई नवीन गति र मोड प्रदान गर्ने रमेश विकल नेपाली आख्यान विधाका सशक्त व्यक्तित्व हुन् । नेपाली कथा विधामा विकलबाटै प्रगतिवादी चेत भित्रिएको हो । रमेश विकल कल्पना र भावुकतामा रम्ने व्यक्ति थिएनन् । यिनी परम्परित मूल्य मान्यताप्रति कहिल्यै मोहित बनेनन् न त यिनलाई नैतिक उपदेश, अतिकाल्पनिकता र कोरा भावुकता नै रूच्यो । विकल बहुसङ्ख्यक गरिब, शोषित, पीडित, मजदूर, किसान तथा ज्यामीहरूका पक्षमा साहित्यिक बहस गर्ने व्यक्तित्व हुन् । यिनले समाजका उदात्त र सम्भ्रान्त भनिने वर्गलाई कहिल्यै रूचाएनन् । यिनी तल्लोवर्गको उत्थान र त्यसैको पक्षमा लेखनीलाई गति दिने सशक्त जनवादी लेखक हुन् ।
रमेश विकलले नेपाली आख्यानमा माक्र्सेली सौन्दर्यशास्त्रको आमन्त्रण गरेका छन् । यिनमा माक्र्सको द्वन्द्वात्मक भौतिकवादी चेतनाको ठूलै प्रभाव देखिन्छ । यिनले वि.सं. २००६ सालमा प्रकाशित गरिब कथामै समाजवादी यर्थाथवादलाई खेल्ने मौका दिएका छन् । विकलले नेपाली साहित्यका कथा, उपन्यास, निबन्ध, आत्मसंस्मरण, नियात्रा, नाटक, बाल साहित्यजस्ता विविध विधामा कलम चलाए पनि यिनी मूलरूपमा आख्यानकार नै हुन् । यिनले कथा विधामा ठूलै सफलता हात लगाएका छन् । विकललाई नेपाली साहित्यमा परिचित गराउने विधा कथा नै हो । कथा पछि यिनी उपन्यासकारका रूपमा परिचित छन् । यिनलाई उपन्यास विधामा सफल तुल्याउने कृति ‘अविरल बग्दछ इन्द्रावती’ हो । यो कृति रमेश विकलको मात्र नभएर नेपाली प्रगतिवादी साहित्यकै उत्कृष्ट नमूना हो । यस कृतिमा विकलले इन्द्रावती नदी किनारमा बस्ने दीनहीन माझीहरूको दिनचर्यालाई उद्घाटन गर्ने प्रयत्न गरेका छन् । प्रगतिवादी साहित्य र प्रगतिवादी साहित्यकारले निम्नवर्गको पक्षमा लेखनीलाई गति दिन्छ । समाजमा निहित वर्गीय विभेद र आर्थिक असमानताको अन्त्यका लागि प्रगतिवादी सर्जकहरू लेखनीलाई हतियार बनाउँछन् । साहित्यकार समाज निरपेक्ष नरहने हुनाले ऊ समाजका प्रति उत्तरदायी हुनुपर्छ भन्ने अवधारणा आत्मसात् गर्ने प्रगतिवादी चिन्तकहरूले विभेद तथा सीमाहीन मानव संसारको परिकल्पना गर्छन् । राज्यका स्रोत तथा संसाधनमाथि सबै नागरिकको समान अधिकार र पहुच हुनुपर्छ भन्ने चिन्तनलाई समेत आत्मसात् गर्ने प्रगतिवादी चिन्तकहरूको मुख्य लक्ष्य वर्गविहीन समाजको निर्माण गर्नु हुन्छ । यही कारणले प्रगतिवादी साहित्यमा वर्गीय समाजका अन्तर्सङ्घर्षका कुरा हुन्छन् ।
रमेश विकल नेपाली साहित्यमा प्रगतिवादी चिन्तनलाई प्रशस्त खेलाएका सर्जक हुन् । यिनका हरेकजसो कृतिहरूमा समाजवादी यथार्थवादको कुनै न कुनै रूपमा स्पर्श भएको पाइन्छ । कहिले यथार्थवादी बनेर, कहिले आलेचनात्मक यथार्थवादी बनेर त कहिले समाजवादी यथार्थवादी बनेर रमेश विकलले नेपाली आख्यानमा प्रगतिवादी चेतलाई प्रशस्त मलजल गर्ने कार्य गरेका छन् । विकलका कृतिमा वर्गीय समाजका अन्तर्विरोध र घात–प्रतिघातका कुराहरू देख्न पाइन्छ । यिनी निम्नवर्गप्रति सहानुभूतिशील बन्दै लेखनीलाई गति दिन्छन् । विकलले आफ्ना आख्यानमूलक कृतिहरूमा वर्गीय चिन्तनलाई घनीभूत रूपमा प्रस्तुत गर्ने जमर्काे गरेका छन् र यिनको प्रयत्न सफल पनि देखिन्छ ।
अविरल बग्दछ इन्द्रावती रमेश विकलको २०४० को संक्रमणकालीन नेपाली समाजलाई आधार मानी रचना गरिएको कृति हो । यस कृतिमा पञ्चायतकालीन रूग्ण तथा जर्जर सामाजिक अवस्थालाई उद्घाटन गर्ने जमर्को गरिएको छ । त्यसो त कृतिले राणाकालीन र २००७ पछिको नेपाली समाजलाई उदाङ्गो पार्ने चेष्टा समेत गरेको छ । जेहोस् प्रस्तुत कृतिमा पञ्चायतकालीन राज्यव्यवस्था र त्यसद्वारा थिचिएका नेपालीहरूको वास्तविक जीवनलाई देखाउने यत्न गरिएको छ ।
अविरल बग्दछ इन्द्रावतीले नेपाली जनमानसमा जागृत हुँदै गरेको वर्गीय अन्तर्सङ्घर्ष वा वर्गद्वन्द्वलाई सघन रूपमा उतार्ने प्रयत्न गरेको छ । कृतिमा पञ्चायतकालीन सामन्त वा भूमिपतिहरूका उत्पीडन वा शोषणवृत्तिका कुरा छन् । कृतिले पञ्चायतकालीन मुखिया वा सामन्तहरूले सर्वसाधारणमाथि के–कस्तो हुकुमी शासन लाद्थे भन्ने कुरा टिप्पणी गरेको छ । कृतिमा इन्द्रावती नदी छेउका माझीहरुको दीनहीन अवस्था उद्घाटित छ । राणाकालीन समयदेखि नै सामन्तहरुबाट चुसिदै र डसिदै आएका माझी समुदायमा चालीसको दशकमा आविर्भाव हुँदै गरेको वर्गीय चिन्तनलाई कृतिले उजागर गर्ने प्रयत्न गरेको छ । समय परिवर्तन भए पनि युगले कोल्टो फेरे पनि सामन्तहरूका व्यवहार र शैलीमा कुनै परिवर्तन नआएको शोषणवृत्तिमा कुनै हेरफेर नभएको वस्तुसत्यलाई कृतिले उदाङ्गो पारेको छ । नेपालीहरुले राणाकालीन समयदेखि नै सामन्तहरूका किल्ला भत्काउने प्रयत्न गरे पनि उनीहरूको यत्न सफल नभएको यथार्थलाई कृतिले मिही ढङ्गले केलाएको छ । सामन्ती राज्यसत्तालाई पल्टाउन नेपालीहरूद्वारा सञ्चालित विभिन्न जनआन्दोलनहरु असफल भएको कुरालाई कृतिले अङ्कित गरेको छ ।
माक्र्सवादीहरु वर्गीय अन्तर्सङ्घर्ष वा वर्गीग अन्तर्विरोधबाटै समाज विकास हुने वा समाजको रुपान्तरण हुने ठान्छन् । आम शोषित, पीडित तथा थिचोमिचो र उत्पीडनमा परेका मानिसहरुको घेराबन्दी र गोलबन्दीबिना समाजको रुपान्तरण असम्भव छ भन्ने मान्यतालाई माक्र्सवाद उजागर गर्छ । अनि माक्र्सवादले समाजको रुपान्तरणका लागि वर्गीय अन्तर्सङ्घर्षलाई अपरिहार्य ठान्छ । शोषण र उत्पीडनमा परेकाहरुले अब यसरी काम चल्दैन अब यो शैलीले केही गर्न सकिन्न भन्ने महसुस गरेपछि समाजमा वर्गीय अन्तर्सङ्घर्ष वा वर्गद्वन्द्व जन्मन्छ । समाज विकासक्रममा परापूर्वकालदेखि नै भूमिपति वर्ग र भूमिहीन वर्ग सामन्त र दासवर्ग पूँजीपति र मजदुूवर्गबीच द्वन्द्व चल्दै आएको छ । रमेश विकलको अविरल बग्दछ इन्द्रावतीमा भूमिपति वर्ग वा सामन्तवर्ग र भूमिहीन वा दासवर्गका बीचमा द्वन्द्व देखिन्छ । अविरल बग्दछ इन्द्रवतीमा भूमिपति सामन्त वा पूँजीपति वर्गका रुपमा काजी खलक देखिन्छ भने भूमिहीन , दास वा मजदूर वर्गका रुपमा माझि दनुवार समुदाय देखिन्छ । काजी खानदानको युग परिवर्तनसँगै शोषण गर्ने वृति र शैलीमा रुपान्तरण आएको छ । यो वर्ग राणकालमा भूमिपति वा सामन्तवर्गका रुपमा र प्रजातन्त्रको प्राप्ति र त्यसको उत्तरार्धमा सामन्त र पूँजीपति वर्गका रुपमा रुपान्तरण भएको छ । त्यस्तै माझी समुदाय राणकालीन समयमा भूमिहीन तथा दास वर्गका रुपमा देखिन्छ भने प्रजातन्त्रको प्राप्ति र त्यस उत्तरको समयमा दास र मजदूर वर्गका रुपमा देखापरेको छ । कृतिमा सामन्तवादी युग हँुदै पूँजिवादीयुगसम्मका वर्गीय अन्तर्सङ्घर्ष र वर्ग द्वन्द्वका कुरा छन् । २००७ सालको जनक्रान्ति मालिक र नोकर वर्गको लडाइँ थियो । यो लडाइँमा नोकरहरुले जीते पनि २०१७ सालमा पञ्चायती व्यवस्था हावी भएपछि पुनः मालिक वर्ग सत्तासीन हुन पुगी सामन्तहरु पूँजिपतिका रुपमा अनुवाद भई दासहरुलाई मजदूर बन्न बाध्य पारे ।
अविरल बग्दछ इन्द्रावतीले नेपाली समाजमा निहित वर्गीय सङ्घर्षलाई केलाउने काम गरेको छ । नेपाली समाजमा चालीसको दशकमा आविर्भाव हुँदै गरेको वर्गीय चेतलाई कृतिले उजिल्याउने यत्न गरेको छ । कृतिमा वर्गीय द्वन्द्व वा वर्गसङ्घर्षका दृश्यहरु छन् । सम्भ्रान्त वा उदात्त र निम्न वा निमुखा वर्गका बीचको वर्गीय अन्तर्सङ्घर्ष वा वर्गघातका कुरा समेत कृतिले समेट्ने यत्न गरेको छ । कृति पढ्दै जाँदा यसभित्र उच्च वर्ग बढी बलशाली र निम्न वर्ग धेरै कमजोर देखिन्छ । कृतिको अन्त्यसम्मै यति कमजोर लाग्ने निम्नवर्गले कसरी समाजको रुपान्तरण गर्ला, यो वर्गबाट कसरी सीमाहीन मानव समुदायको निर्माण होला ? भन्ने सन्देह पैदा हुन्छ ।
अविरल बग्दछ इन्द्रवतीको केन्द्रमा वर्गीय द्वन्द्व वा वर्गीय चेत छ । नेपाली समाजमा जागृत हुँदै गरेको वर्गीय चिन्तनलाई कृतिकारले यसभित्र केलाउने काम गरेका छन् । कृतिमा सामन्तवर्गको नेतृत्व गर्दै चतुरभुज काजी र उसको छोरो त्रिलोचन आएका छन् । शोषित वर्गका रुपमा इन्द्रावती नदी किनारमा बसोबास गर्दै आएको माझी दनुवार समुदाय देखिन्छ । कृतिमा मालिक वर्ग आफ्नो शत्रु माझी समुदायलाई सिध्याउने ध्याउन्नमा देखिन्छ । हुकुमसिंह बगालले सत्ताको आडमा इन्द्रावती नदी किनारका माझीहरुको सम्पत्ति हडप्नु, चतुरभुजले ब्वाँसो शैलीले माझीहरुलाई सास्ती दिनु, त्रिलोचनले सत्ता उन्माद र बन्दूकको घङ्घङीले माझीहरुप्रति अमानवीय तथा कृत्सित कुकार्यहरु गर्नु यसैका दृष्टान्त हुन् । शोषित वर्ग पुस्तौदेखि आफूहरु माथि हुँदै आएको उत्पीडन टुलुटुलु हेर्ने पक्षमा देखिन्न । यो पुस्ता काजीखानदानबाट हिसाब किताब चुक्ता गर्ने मूडमा देखिन्छ । खासगरी चालीसको दशकमा टेकेपछि माझी युवाहरुमा वर्गीय चिन्तनले प्रभाव पार्न थालेको भेटिन्छ । आफ्ना पूर्खाहरुले सदीयौँदेखि काजी खानदानको उत्पीडन सहँदै आए पनि अबको नवपुस्ता त्यसरी आफूहरुप्रति हुँदै आएको उत्पीडन टुलुटुलु हेर्ने पक्षमा देखिन्न । न्याय र प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकार मागेर होइन खोसेर मात्र पाइन्छ भन्ने कुरालाई यो पुस्ताले राम्रै गरी मनन गरिसकेको छ । त्यसैको परिणति हो माझी युवाहरुले चुनावमा त्रिलोचनका प्रतिद्वन्द्विहरुलाई सघाउनु त्रिलोचनद्वारा थालिएको हबेली निर्माणको कार्यमा अवरोध तुल्याउने कोसिस गर्नु ।
प्रकृतिमा वसन्तको आगमनका लागि शिशिरमा झञ्झा अवतरण गर्नुपर्छ , चैतमा हुरी चल्नुपर्छ , असिना झर्नुपर्छ त्यस्तै समाजमा निहित सामन्तवादका किल्ला भत्कन आम निमुखा वा शोषित वर्ग एउटै मोर्चामा गोलबन्द हुनुपर्छ । हजारौं हातहरुल,े सयौं मुक्तिकामी काँधहरुले समाजलाई सामन्तहरुको पञ्जा र पूँजीपतिहरुको पकडबाट मुक्त तुल्याउन सक्छन् । वर्गीय विभेद सामाजिक पतकर हो । यसलाई हजारौंको सङ्ख्यामा रहेका उत्पीडितवर्गहरुले सामूहिक प्रतिबद्धता र धुरी चुम्ने एउटै लक्ष्यले मात्र पखाल्न सक्छन् । समाजको रुपान्तरणका लागि क्रान्ति अपरिहार्य छ । रक्तिम बिहानीको उदय हत्केलामा प्राण लिएर हिँडेका सोभितेजस्ता लालसेनाहरुले मात्र गराउन सक्छन् र सामन्तहरुका अविरल बगिरहने दमन, शोषण र उत्पीडनका दुष्चक्रहरु वर्गीय द्वन्द्व र वर्ग सङ्घर्षबाटै पाखा लाग्छन् । यही वर्गीय चेत अविरल बग्दछ इन्द्रवतीको केन्द्रमा रहेको छ ।





‘सन्दर्भ ग्रन्थ सूची’
अध्यक्ष माओ त्सेतुङका उद्धृत उक्तिहरू, सन् १९७२ ; पेकिङ् विदेशी भाषा प्रकाशन ।
अधिकारी, इन्द्रविलास, २०६१ः पश्चिमी साहित्य सिद्धान्त, काठमाडौं; साझा प्रकाशन ।
कँडेल, घनश्याम (सम्पा.) २०५५ः नेपाली समालोचना, काठमाडौं; साझा प्रकाशन ।
चैतन्य , २०६४ माक्र्सवादी कलाद्धष्टि र सौन्दर्य, काठमाडौँ; ऐरावती प्रकाशन प्रा.लि. ।
गौतम, कृष्ण, २०६४; उत्तरआधुनिक जिज्ञासा, काठमाडौं; भृकुटी एकेडेमिक पब्लिकेशन्स् ।
चापागाई, निनु, २०६४; माक्र्सवादी चिन्तनमा सौन्दर्य ,काठमाडौं; साझा प्रकाशन ।
चापागाई, निनु, २०६४; उत्तर आधुनिकतावाद ः भ्रम र वास्तविकता, काठमाडौँ ; विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
जोशी, रत्नध्वज, २०५०ः आधुनिक नेपाली साहित्यको झलक, काठमाडौं; साझा प्रकाशन ।
त्रिपाठी, वासुदेव, २०५८; पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा, भाग –२, काठमाडौँ ः साझा प्रकाशन
नेपाली बृहत् शब्दकोश, २०६०ः काठमाडौं; नेपाल प्रज्ञाप्रतिष्ठान ।
प्रधान, कृष्णचन्दसिंह, (सम्पा.) २०५४ः साझा समालोचना, काठमाडौँ ; साझा प्रकाशन ।
प्रधान, कृष्णचन्द्रसिंह, २०५२; नेपाली उपन्यास र उपन्यासकार, काठमाडौं; साझा प्रकाशन ।
बराल, कृष्णहरि र नेत्र एटम, २०५८; उपन्यास सिद्धान्त र नेपाली उपन्यास, काठमाडौ ः साझा प्रकाशन ।
बराल , ईश्वर ,२०५८; आख्यानको उद्भव, काठमाडांै; साझा प्रकाशन ।
बराल , ऋषिराज , २०६४; साहित्य र समाज, काठमाडौं; साझा प्रकाशन ।
बराल, ऋषिराज ,२०६३; उपन्यासको सौन्दर्यशास्त्र, काठमाडौं; साझा प्रकाशन ।


माक्र्स, एङ्गेल्स, लेनिन, सन् १९८५; द्वन्द्वात्मक भौतिकवाद, भारत, नई दिल्ली, प्रगति प्रकाशन मास्को ।
मास्के, राजेन्द्र (अनु), २०६३ माक्र्स, एङ्गेल्स साहित्य र कला, कठामाडौं; सिर्जनशील प्रकाशन प्रा.लि. ।
राई, इन्द्रबहादुर ,२०५०; नेपाली उपन्यासका आधारहरु, काठमाडौँ ; साझा प्रकाशन ।
विकल, रमेश, २०५७; अविरल बग्दछ इन्द्रावती, काठमाडौं; साझा प्रकाशन ।
................, सागर उर्लन्छ सगरमाथा छुन, २०६३; काठमाडौं; साझा प्रकाशन ।
................., मेरो अविरल जीवनगीत, २०६०; काठमाडौं; साझा प्रकाशन ।
................, सप्तरङ्ग , २०६३ ः काठमाडौं; साझा प्रकाशन ।
................, आज फेरि अर्को तन्ना फेरिन्छ, २०६४ः काठमाडौं; साझा प्रकाशन ।
रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, २०६७; काठमाडौं; रमेश विकल साहित्य प्रतिष्ठान ।
शर्मा मोहनराज, २०५५; समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौं; ने.रा.प्र.प्र ।
शर्मा मोहनराज र खगेन्द्रप्रसाद लुइटेल, २०६१; पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौँ ; विद्यार्थी पुस्तक भण्डार ।
श्रेष्ठ, दयाराम, २०६०; नेपाली कथा भाग–४, काठमाडौं; साझा प्रकाशन ।
सांकृत्यायन, राहुल, सन् १९९७ः दर्शन दिग्दर्शन, इलाहबाद; भारत ः किताब महल ।
सुबेदी , राजेन्द्र ,२०६४; नेपाली उपन्यास ः परम्परा र प्रवृत्ति, काठमाडौं; साझा प्रकाशन ।
सुवेदी, अभि, २०५४ः पाश्चात्य काव्यसिद्धान्त, काठमाडौं; साझाप्रकाशन ।
सुवेदी, राजेन्द्र, २०४९; केही समिक्षण; केही विश्लेषण ,काठमाडौं; साझा प्रकाशन ।
सेत्र्सोवा, आन्ना र अन्य , सन् १९९८; क्रान्ति क्या है , प्रगति प्रकाशन, मस्को ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 19 भाद्र, 2071

लेखकका अन्य रचनाहरु