विज्ञान कथासङ्ग्रह "विज्ञानको कैदी"

- रामकुमार पण्डित क्षेत्री

रमेश विकलका जेष्ठ सुपुत्र विजय चालिसे (वि.सं. २००८)लाई उनको समकालीन साहित्यकारको दाँजोमा अब्बल दर्जाको मानिन्छ । उनले दुईवटा उपन्यास, यो समेत गरी पाँचवटा कथासङ्ग्रह (खोसएको सपना छैठौँ कथासङ्ग्रह पाठकमाझ आइसकेको), चारवटा निबन्धसङ्ग्रह, छवटा पत्रकारितासँग सम्बन्धित पुस्तकहरू, दुई दर्जनभन्दा बढी बाल साहित्य कृतिहरू प्रकाशित गरिसकेका छन् । गोरखापत्र, मधुपर्क, युवामञ्च, मुना लगायत अन्य विभिन्न साहित्यिक पत्रिकाहरूको प्रधान सम्पादक रही पटकपटक कार्य सम्पादन गरिसकेका चालिसेले अनेकौँ मानसम्मान तथा पुरस्कार पनि पाइसकेका छन् । उनको पछिल्लो विज्ञान कथासङ्ग्रह हो, विज्ञानको कैदी ।
प्रस्तुत कथासङ्ग्रहमा नौवटा विज्ञान कथाहरू सङ्गहीत छन् । जुन कथाहरू २०४१ सालदेखि २०७० सालसम्ममा विभिन्न साहित्यिक पत्रिकाहरूमा छापिएका थिए । डा. रामप्रसाद ज्ञवालीको भूमिका रहेको यस पुस्तकमा लेखकले २८ पेज लामो विज्ञान कथाको बारेमा विस्तृत परिचय लेखेका छन् । यस लेखबाट पाठकहरूले विज्ञान कथा के हो ? किन लेखिन्छ ? कसरी लेखिन्छ ? यसमा हुनुपर्ने तŒव, यसको विकासक्रम, आदि जस्ता विषयमा जानकारी पाउनेछन् । लेखकको भनाइअनुसार विज्ञान कथालाई पश्चिमी साहित्यमा अत्यन्तै रुचाइन्छ तर नेपाली साहित्यमा विज्ञान कथा कम लेखिन्छ भने कमै मात्रामा विद्वान्हरूबाट यसको चर्चा गरिएको छ ।
यस कथासङ्ग्रहको पहिलो कथा ‘अजेय मन’ हो । यो कथा सुलेख साहित्यिक मासिक, असोज २०७० बाट साभार भएको हो । कथामा कथाकारले मान्छे र मान्छेले बनाएको रोबोटबीच केही कुरामा मात्रै फरक रहेको अथ्र्याएका छन् । जसरी रोबोटले प्रेम, यौन र सौन्दर्यलाई बुझ्न सक्दैन त्यसै गरी विज्ञानको कैदी बनेको मान्छेले पनि ती कुराहरूलाई वाहियात ठान्न थाल्छ । त्यस्ता विषयमा भन्दा नयाँ प्रविधिको विकास र निर्माणमा ध्यान दिएर आÇनो मनलाई अजेय बनाएको हुन्छ तर पनि यस कथाको पात्रले कहिल्यै नदेखेको ‘स्त्रीको नाङ्गो शरीर’ आÇनो कम्प्युटरमा जब देख्छ, तबदेखि उसको मन पराजित हुन थाल्छ । त्यस पात्रले आÇनो कम्प्युटरमा नयाँ प्रविधिको काम गर्दागर्दै छिमेकी घरको स्नान कक्षबाट नुहाएको दृश्य अकस्मात् देख्दछ । यो दृश्य कसरी आयो, प्रविधिमा के कुराको गडबडीले भयो भन्ने सोचेर ऊ छक्क पर्छ ।
यस सङ्ग्रहको दोस्रो कथा ‘कतै देखिएन विज्ञान’ हो । विकसित राष्ट्रहरूले अत्याधुनिक प्रविधिको दुरुपयोग गरेर कमजोर राष्ट्र लगायत आÇना शत्रु राष्ट्रहरूलाई शोषण गरेर आÇनो स्वार्थसिद्ध गर्ने गरेका यथार्थता यस कथाले बोलेको छ । जसरी हिजोका दिनमा गोर्खाली सेनाहरूले विकसित राष्ट्रको सेना भएर उनीहरूका लागि रगत बगाए, त्यसैगरी आजको वैज्ञानिक युगमा नेपाली शिक्षित युवाहरूले विदेशीकै स्वार्थ बमोजिम विज्ञानको काम गरिरहेका छन् । यदि यस कार्यको प्रतिकार गर्न चाह्यो भने ऊ संसारबाटै बिदा हुनुपर्ने यथार्थ रहेको छ । यो कथाको पात्रा विज्ञानले पनि यस्तै नियति बेहोरेको छ ।
तेस्रो कथा ‘रोबोरामको विद्रोह’ हो । कुनै समयमा विज्ञानले रोबोटमा पनि मानव मस्तिष्क जडान गर्न सफल हुनेछ त्यतिबेला अहिलेको मजदुरहरूले आÇनो हक र अधिकारको लागि विद्रोह गरेजस्तै रोबोटहरूले पनि आवाज निकाल्ने छन् भनेर कथाले बोलेको छ । जब रोबोटले घरेलु काम गर्न बन्द गर्छन् तब घर मालिकले हैरानी खप्नुपर्दछ । चौथो कथा ‘वानर सेना’ हो । यो २०६१–६२ को युगान्तर साहित्यिक चौमासिकमा छापिएको हो । यो कथाले त्यतिखेरको नेपाली राजनीतिक घटनालाई बोलेको छ । जतिखेर विद्रोही राजनीतिज्ञले आÇनो वरिपरि आफूलाई समर्थन गर्ने मान्छे मात्रै देख्न चाहन्थ्यो । आÇनो विरुद्धमा आवाज उठाउने कमिलालाई समेत सफाया गर्दथ्यो । हो, त्यस्तै राजनीतिज्ञलाई सुझाव दिन सक्ने कथा यहाँ बनेको छ । गर्भदेखि नै आÇनो समर्थक जन्माउन सकिने कुरा यसले कल्पना गरेको छ । बफादार मानव मस्तिष्कबाट झिकिएको भ्याक्सिन गर्भवती महिलाले लगाएपछि त्यसबाट जन्मिने बच्चा आफू अनुरूप हुनेछ । त्यसलाई देशैभरि अनिवार्य गरेपछि सारा देशभर आÇनै हनुमान्हरू जन्मनेछन् । तर कोही अभिभावकले आÇनो सन्तानलाई कसैको हनुमान बनाउन चाहँदैनन् । यस कथाको पात्र शीलाको दम्पतीले त्यस्ता राजनीतिज्ञको घीनलाग्दो कदमको गोप्य रूपमा थाहा पाएपछि त्यसको प्रतिकार आÇनो क्षमताले भ्याएसम्म गर्न थाल्छ ।
पुस्तककै नाम पाएको ‘विज्ञानको कैदी’ शीर्षकको कथा पाँचौँ शृङ्खलामा रहेको छ । यस कथाले १००० वर्ष पछाडिको काठमाडौँलाई कल्पना गरेको छ । त्यतिखेर काठमाडौँ आधुनिक संरचनाले सभ्य र सुसंस्कृत हुनेछ । मान्छेहरू हिजोको जस्तो प्राकृतिक दुनियाँमा फर्कन सम्भव हुने छैन । मान्छेले आफैले बनाएको विज्ञान प्रविधिले आफैलाई बन्दी बनाउने छ भनेर कथाले बोलेको छ ।
छैटौँ कथा ‘प्रलयको तयारीमा’ हो । ओजोन तहमा प्रदूषण जमेपछि पृथ्वीमा सूर्यको प्रकाश आउन सक्ने छैन । जसले सहनै नसक्ने गरी चिसो बढ्ने छ । मान्छेहरू मृत्युको मुखमा पुग्नेछन् । त्यस्तो अवस्था आउनुभन्दा अगावै मान्छेले विशेष तयारी गर्नुपर्छ भनेर नेपाली वैज्ञानिकको भनाई संसारका विकसित राष्ट्रका वैज्ञानिकले पत्याउँदैनन् । अन्ततः त्यस्तै भयावह स्थिति आउँछ र प्रलय हुन थाल्छ । सीमित आर्थिक अवस्थाको कारण सानो तहमा निर्माण गरेको नेपाली वैज्ञानिकले आफू र आÇनो सन्तान मात्रै भए पनि बाँचेर पृथ्वीमा मानव जीवन शेष राख्ने प्रयास गर्दछ । उसले पृथ्वीको केन्द्र तहमै पुग्न सक्ने क्याप्सुल बनाउँछ ।
सातौँ कथा ‘सायद प्रेम मरेको छैन’ हो । अत्याधुनिक प्रविधिको विकासमा तल्लीन मान्छेले प्रेम गर्दैन । उसले पे्रमलाई वाहियात विषय ठान्छ । वैज्ञानिक प्रविधिले जितेपछि अधिकांश मान्छेहरू यस्तै स्वभावका हुनेछन् । टेस्टट्युबबाट जन्मिएर प्रयोगशालामा हुर्कने मान्छेमा प्रेम नहुनु अस्वाभाविक मान्न सकिन्न । आज जसरी प्रेम नगर्ने मान्छेलाई तेस्रो ग्रहको मान्छेको रूपमा हेरिन्छ, त्यसैगरी भोलिका दिनमा प्रेम गर्ने मान्छेलाई त्यही अर्थमा हेरिन्छ । जे भए पनि यस्तै आश्चर्यको काम यस कथाको पात्रहरू रमेश र शान्तिले गरेका छन् । त्यस्तो अवस्थामा भएको प्रेमलाई ‘सायद प्रेम भएको छैन’ भनेर कथाले बोलेको छ ।
आठौँ कथा ‘सुपर अर्थ’ हो । यसले अबको एक सय वर्षपछि नेपाल विज्ञानको क्षेत्रमा अग्रणी भूमिकामा हुने कल्पना गरेको छ । अर्को ग्रहमा मानव जीवन छ कि छैन भन्ने खोजको विषय सय वर्षपछि नेपालले सिद्ध गर्नेछ । जतिखेर अर्को ग्रहमा मानव जीवन रहेको पत्ता लाग्नेछ । त्यस ग्रहलाई नेपाली वैज्ञानिकले सुपर ‘अर्थ’ नाम राखिदिनेछन् ।
सङ्ग्रहको अन्तिम कथा ‘प्रयोग÷ प्रत्यारोपण’ हो । यो उनको कथा २०४१ मङ्सिरको दिपीकाले छापेको हो । सम्भवतः उनको यो विज्ञान सम्बन्धी पहिलो कथा हुनुपर्छ । ‘वानर सेना’मा जस्तै यस कथामा पनि कुनै पनि शासकले आफूले चाहेजस्तो मान्छे निर्माण गर्न सक्ने कल्पना गरेको छ । आफूले सोचेको बफादार मान्छेको दिमागीय तन्तु अर्को जुनसुकै सोचाइ भएको मान्छेमा प्रत्यारोपण गरेपछि त्यो पनि बफादार हुनेछ । आÇनो स्वार्थअनुसार त्यसले बोल्नेछ । पञ्चायतकालमा यो कथा रचिएकोले त्यस समयको आवाज यो कथाले बोलेको छ । त्यस समयको शासकले जताततै आÇनै समर्थकको मात्रै आवाज निकाल्थ्यो । विद्रोहीलाई पनि आÇनै समर्थक बनाउने प्रयास गर्दथ्यो । जबरजस्ती त को समर्थक हुन सक्छ र ? बरु यसै गरी विज्ञानको सहयोग लिएमा विरोधीको पनि दिमाग धुलाइ हुन्छ । विज्ञान कथाको माध्यमले त्यस समयको शासकको सोच यस कथाले बोलेको छ ।
समग्रमा यस कथासङ्ग्रहले कतै विगत बोलेको छ त कतै आगत । एक हजार वर्ष पछिसम्मका घटनाहरूलाई कल्पना गरेको छ । पात्र, परिवेश, घटना, विषयवस्तुले विज्ञान कथालाई पुष्टि गरेका छन् । जति आधुनिकता थपिँदै जान्छ, उति मान्छेहरू विज्ञानको कैदी हुनेछन् । उनीहरूले आÇनो प्राकृतिक जीवन जिउन पाउने छैनन् । विज्ञान कथा भविष्यपरक कथा भएकोले यो दन्त्य कथा वा लोककथाभन्दा उल्टो हुन्छ । तर प्रस्तुत गर्ने शैली भने लेखकको क्षमता अनुसार फरक हुन सक्छ । लेखक बाल साहित्यकार समेत भएकाले यहाँ प्रस्तुत भएका कथाहरूमा प्रौढ र बाल साहित्यकारको शैली सम्मिश्रण भएको पाइन्छ । सरल भाषाशैली र कल्पनाले युक्त कथाहरू चार–पाँच पेजका छरिता छन् । रोचक तथा भविष्यपरक कथाहरू पठनीय तथा सङ्ग्रहणीय छन् ।

पुस्तक ः विज्ञानको कैदी
कथाकार ः विजय चालिसे
विधा ः कथा
प्रकाशक ः ऐरावती प्रकाशन प्रा.लि.,
काठमाडौँ
संस्करण ः पहिलो, २०७१
मूल्य ः रू.१२०।–
पृष्ठ ः १०८ 

सिमलटार, काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 आश्वीन, 2071

लेखकका अन्य रचनाहरु