मगर पाङ (भाषा) को अध्ययन २

- लालमणि पोख्रेल

मगर पाङ (भाषा) को अध्ययन १ बाट क्रमशः....

माथि मगर पाङका क्रियामूलशब्दहरू दिइएका छन् । मगर पाङमा ‘अ–आ–इ–उ–ऊ–ए–ऐ–ओ–अं’ गरी ९ वटा स्वरवर्ण रहेको कुरा माथि उल्लिखित स्वरवर्णहरूद्वारा निर्मित क्रियावाचीहरूको विवरणले पुष्टि गर्दछ । मगर पाङमा अं वर्णबाट निर्मित क्रियामूल शब्दहरू भने उपलब्ध भएका छैनन् । त्यस्तै ‘मगर पाङ’मा ‘क–ख–ग–घ–ङ, च–छ–ज–झ, त–थ–द–ध–न, प–फ–ब–भ, य –र–ल–व–स, ज–ह’ आदि २६ वटा व्यञ्जनवर्ण रहेको पाइएको छ । मगर पाङमा देवनागरी लिपिका ञ, ट–ठ–ड–ढ–ण, श–ष–क्ष–त्र–ज्ञ’ आदि मूल तथा संयुक्त व्यञ्जनहरू पनि छैनन् । माथि उल्लिखित क्रियामूल शब्दहरूको विवरण देवनागरी लिपिमा प्रस्तुत गर्दा ‘मगर पाङ’ को आफ्नै लिपि उपलब्ध हुन नसकेकाले तथा आजसम्म उक्त भाषाको लिपि प्राप्त हुन नसक्नुले मगर पाङका ध्वनिगत यावत् प्रवृत्तिहरू देवनागरी लिपिमा प्रस्तुत गर्न अत्यन्तै असहज भएको छ । अध्ययनको सुविधाका लागि मगर पाङका शब्दको उच्चारणगत ध्वनिको प्रवृत्ति पहिचान गरी स्वरवर्णको दुई खालका (छोटो दीर्घ (.) र लामो दीर्घ (ः) तथा महाप्राण ( ं) र व्येतिरेकी (.) का रुपमा प्रस्तुत गरिएको छ ।
माथि उल्लिखित क्रियामूलहरूको विश्लेषणले के देखाउँदछ भने ‘मगर पाङमा ध्वनिको उच्चारणगत विविधताले एउटै शब्दले पनि विभिन्न अर्थबोध गराउँदछ । जस्तै ‘नान्या’ भन्ने शब्दको सामान्यरुपमा वा नान्याका रुपमा उच्चारण गर्दा ‘जानु’ भन्ने अर्थबोध गराउँछ भने यहीं नान्या शब्द लामो दीर्घ स्वरको उच्चारण सहित ‘नान्याः’ का रुपमा आयो भने ‘चोट लाग्नु’ भन्ने अर्थ बुझाउँछ । मगर पाङमा यस्ता शब्दहरू प्रशस्तै रहेका छन् । जस्तै – ङा–म, ङाः माछो, नङ–तिमी, नङः– त्यहाँ, नी–बाट, नी. पीप, (.नीन्या –भीक माग्नु, .नीन्या माग्नु.) ने–नाक, नेःं–दुई, नै–त्यस्तै, नैं–साथी, नो–त्यो, नोः– लसुन, पलेन्या–हटाउनु, पले.न्या–फट्याउनु वा निकाल्नु, पाता. पाटो, पाता –भरे, फुइ.न्या – हावा भर्नु, फुइँ.न्या– फाड्नु, फो.न्या – फोक्नु÷ छोडाउनु, फोःन्या– कोरल्नु, .फोःन्या – तिर्नु, मःलैन्या–माड्नु, .मःलैन्या–मल फिँजाउनु, मि. आँखा, मी–मानिस, मीः– आगो, या– ओहो, .याः–मुख, रङ –गला; रःङ – मुनाल, .रीःन्या–झमझमाउनु, .रीःन्या – हिर्काउनु, .रु–घुन, .रुः –हड्डी, रोः – कुरा, .रोः – एक मन्थन झरी, –या–एक मानो, ¥या.–थारल, –याः तिघ्रो, –यान्या– कुखुरा बास बस्नु, –या.न्या– चर्किनु, वान्न्या– फसाउनु, वाःन्न्या– बटार्नु .ंवान्या– बीउ छर्नु आदि ।
मगर पाङमा अर्काे नवीन प्रवृत्ति के पाइन्छ भने नेपाली भाषामा कमै मात्रामा प्रयोग गरिने ‘ङ’ व्यञ्जन यस भाषामा अधिक रुपमा प्रयोग गरिन्छ ङ वर्ण मगर पाङमा शब्दादि, शब्दमध्य र शब्दान्त तीनवटै स्थानमा प्रयोग भई यस वर्णद्वारा नाम, सर्वनाम, विशेषण, अव्यय र क्रिया शब्दको निर्माण हुन्छन् । जसको नमूना माथि नै दिइएको छ ।
‘मगर पाङमा अ हलन्त्य न वर्णको दोब्बर प्रयोग पनि पाइन्छ । मगर पाङमा न व्यञ्जन वर्णका हलन्त्य रुप दोहोरो रुपमा प्रयोग भएको पनि देख्न पाइन्छ । नेपाली भाषामा ‘कन्न्या’ शब्दको उच्चारणमा मात्र यस्तो प्रवृत्ति पाइए पनि लेख्य रुपमा प्रयोग गरिन्न । तलका शब्दहरू हेरौ–
एन्न्या – खौरनु
ज्यान्न्या – ऐंचनु
फन्न्या – जन्माउनु
फिन्न्या – पकाउनु
यान्न्या – झिक्नु
वान्न्या – फसाउनु
सछान्न्या – चोखाउनु
सघान्न्या – चोखाउनु
सजेर छोन्न्या – खुकुलो पार्नु आदि
मगर पाङमा पाइने यो नवीन प्रवृति केवल क्रियावाची शब्दहरूको निर्माणमा मात्र देखिन्छ ।‘मगर पाङमा धातुबाट क्रियामूलनिर्माण गर्दा धातुमा न्या वा न्न्या प्रत्यय लगाइने प्रचलनले यस्तो देखापरेको हो । मगर पाङमा हलन्त्य वर्णकै कुरा गर्दा ‘ल’ र ‘न’ हलन्त्य वा आधा वर्णको सँगै प्रयोग भएको पनि अधिक देखापर्दछ । उदाहरण हेरौं ।
एल्न्या – निफन्नु फेल्न्या – रोकिनु
खुल्न्या – बोलाउनु बोरोल्न्या – उस्ता उस्नै देखिनु
गल्न्या – बन्द गर्नु ब्याल्न्या – भरिनु
गिल्न्या – छिटो हिड्नु जुल्न्या – लर्कनु
गोल्न्या – बामे सर्नु हिल्न्या – सुहाउनु
किल्न्या – बाट्नु हुल्न्या – उध्याउनु
चु.ल्न्या – ठोस्नु
छिल्न्या – किच्नु
ज्याल्न्या – भरिनु
तोल्न्या – ठोकिनु ÷ टोल्नु
त्याःल्न्या – ओकल्नु
थोल्न्या – झुक्किनु
थोमःल्न्या– अकमकाउनु
.खल्न्या – कात्नु (धागा खल्न्या)
किल्न्या – बाट्नु (धागा किल्न्या)
सुल्न्या – उन्नु (धागा सुल्न्या)
धोल्न्या – घोल्नु
पीःल्न्या – फुस्कनु
पूःल्न्या – बहुलाउनु
फाल्न्या – खोल्सिनु
.फाःल्न्या – चल्नु
ंसिल्न्या – उन्नु÷ माँझ्नु
.सिल्न्या –चस्कनु
सेल्न्या – तान्नु

मगर पाङका क्रियामूल शब्दमा ल र न हलन्त्य वर्णको मात्र नभई प् र न, म र न् ब् र न् को पनि संयुक्त प्रयोग भएको पाइन्छ । तलको उदाहरण हेरौं –
प् र न् को संयुक्त प्रयोग ।
कप्न्या – ढाक्नु युङ हुप्न्या – विश्वास गर्नु
खोरप्न्या – आक्रमण गर्नु लाप्न्या – अँगाल्नु
घ्याप्न्या – कोपर्नु फूलप्न्या– घोप्टो पार्नु
च्याप्न्या – निफन्नु सछिप्न्या – पेय तयार हुनु
छिप्न्या – छिप्याउनु सुरुप्न्या – सुताउनु
तप्न्या – बजाउनु सेप्न्या – छाउनु
नुप्न्या – घाम डुब्नु हिप्न्या – पोल्नु
फुरुप्न्या–छर्कनु हूप्न्या – विश्वास गर्नु
जिप्न्या – सुताउनु
म् र न् को संयुक्त प्रयोग
खिम्न्या – खोज्नु रीःम्न्या – पार्खाल बाँध्नु
खेम्न्या–सक्नु लोःम्न्या – उसिन्नु
ङम्न्या – पल्किनु वारम्न्या – कोत्रनु
चेम्न्या – ऐंठन पार्नु वोरोम्न्या – छेर्नु
छिम्न्या – भिंजाउनु÷ चोबल्नु सजिम्न्या – होच्याउनु
थोम्न्या – गाभ्नु सिम्न्या – उठाउनु
दुम्न्या – जम्मा गर्नु सोम्न्या – उसिन्नु
नुःम्न्या – चपाउनु हुम्न्या – पिउनु
पुम्न्या – निहुरेर बस्नु हुम्न्या – ठोक्किनु
पू म्न्या – ओथ्रनु होम्न्या – तर्सिनु
पेम्न्या – दबिएर बस्नु
ब् र न् को संयुक्त प्रयोग
गब्न्या – पानी पर्नु दुब्न्या – बटुल्नु÷ जम्मा पार्नु
चेब्न्या – चढ्नु परब्न्या – पानी वर्षिनु
चोब्न्या – उदाउनु फरब्न्या – छिट्याउनु
ताब्न्या – भ्याउनु फ्याब्न्या – दुब्लाउनु
तेब्न्या – पानी पर्न थाल्नु लाब्न्या – खट्याउनु

‘मगर पाङका क्रियामूलमा देखिने यो प्रवृत्ति नेपाली भाषामा पाइन्न ।
‘मगर पाङ’मा अनुकरण शब्दहरूबाट क्रिया बनेको पनि देख्न पाइन्छ । नेपाली भाषामा पनि यो प्रवृत्ति पाइन्छ नै । मगर पाङमा अनुकरणबाट क्रिया बनेका केही शब्दसूची तल प्रस्तुत गरिएको छ ।
कत्तभुत्त जैन्या – सताउनु
करिङ करिङ गू.न्या – थरथरी काम्नु
काख्याम कुखिम तान्या – लजाउनु
कायाम कुइप तान्या – घट्नु
कराप कुरुप जैन्या – क¥याम क¥याम चपाउनु
कोघेकोघे बान्या – बरालिनु
कोतेकोते जैन्या – घच्घच्याउनु
क्याप क्याप लिन्या – बाँझ्नु ÷ झगडा गर्नु
ख्वास्स पसिन्या – ख्वास्स पस्नु ÷ अचानक प्रवेश गर्नु ।
खङरिङ लिन्या – तर्सनु
खरखर दार्सिन्या – परपपराएको अनुभव हुनु आदि ।

मगर पाङमा आफ्नै मौलिक अनुकरणात्मक शब्द पनि छन् । कतिपय अुनकरण शब्दहरू नेपाली भाषासँग समतुल्य पनि छन् ।

मगर पाङ आफ्नै मूलभूत पहिचान भएको भाषा हो तर पनि यस भाषाका क्रियामूल शब्द र नेपालीका क्रियामूल शब्दको तुलनात्मक अध्ययन गर्दा मगर पाङ र नेपालीका क्रियामूल शब्दका बीचमा अत्यन्तै निकट सम्बन्ध रहेको देखापर्दछ । माथि उल्लिखित क्रियामूलहरूको विवरणमा मगर पाङका नेपाली भाषासँग तादात्म्य राख्ने क्रियामूल शब्दहरू वा भनौं नेपाली भाषासँग मिल्दा क्रियामूल शब्दहरू अधिक रहेको देखिन्छ । मगर पाङका अधिक क्रियामूलहरू नेपाली भाषाका क्रियामूलसँग मिल्दा–जुल्दा पाइएका छन् । मगर पाङ र नेपालीका मिल्दा क्रियामूलमा पाइने भिन्नता के हो भने नेपालीका क्रियामूलमा ‘नु’ प्रत्यय लगाइन्छ भने मगर पाङमा ‘न्या’ । एउटा आकस्मिकताको भ्रम के देखिएको छ भने प्राचीन वा प्राथामिककालीन नेपाली वा त्यतिबेलाको खस भाषाका क्रियामा पनि ‘न्या’ प्रत्यय लगाइएको भेटिन्छ । यस खालको प्रवृत्ति नेपालका मध्यपश्चिम तथा सुदूर पश्च्मिाञ्चलका जुम्ला, हुम्ला दैलेख, डोटी, डडेल्धुरा आदि स्थानमा अझै पनि देखा पर्दछ । जुम्ला–हुम्लाको कुरै छाडूँ ‘‘मगर पाङ’’ भाषा बोलिने बस्ती वरपरका छिमकी जिल्ला वा गाउँहरूमा पनि कतै –कतै यस्तो खाले प्रवृत्ति देखापर्दछ । रोल्पाको छिमेकी जिल्ला प्यूठानका सारी, सोत्रे, भिंगृ आदि स्थानमा साथै रोल्पाको सदरमुकाम लिवाङ अनि त्यस वरपरका छिमेकी गाऊँ सुलिचौर, घोडागाँऊ, मैंरी, हरिगाऊँ, खुङ्ग्र्री, आदि स्थानमा पनि त्यस्तो खाले प्रवृत्ति भेटिएको छ ।
तलको उदाहरण हेरौं ।
शुद्धरुप उच्चरित रुप शुद्ध रुप उच्चरित रुप
गएको गया देखेको देख्या
खाएको खाया बसेको बस्या
हिंडेको हिड्या भुलेको भुल्या
भएको भया मुतेको मुत्या
आएको आया खेलेको खेल्या
लेखेको लेख्या दलेको दल्या
उठेको उठ्या सुँघेको सुँघ्या
सुतेको सुत्या पचेको पच्या
भनेको भन्या पुजेको पुज्या
डुलेको डुल्या आँटेको आट्या
भुलेको भुल्या माडेको माड्या
सुनेको सुन्या बुनेको बुन्या
उफ्रेको उफ्र्या ढाँटेको ढाट्या
उब्जेको उब्ज्या उभिएको उब्ब्या
बाँधेको बाँध्या बसेको बस्या आदि ।
यो प्रवृत्ति पूर्ण पक्षका क्रियाहरूको निर्माणमा भएको पाइन्छ । त्यहाँको स्थानीय नेपाली सामाजिक भाषिकामा यो प्रवृत्ति क्रियामूलको निर्माण वा प्रयोगमा भने पाइन्न । यो प्रवृत्ति शब्दको संक्षेपीकरण वा भाषाको सरलीकरणका रुपमा आएको हो । यस्तो खाले प्रवृत्तिलाई लिएर ‘मगर पाङ’ र नेपालीका क्रियावाची बीच अन्वय छ भन्न सुहाउँदैन ।
प्राथमिककालीन नेपाली वा खस भाषाका धातुमा या वा न्या प्रत्यय लागी क्रिया बनेको उदाहरण प्रशस्तै दिन सकिन्छ । जस्तै– पृथ्वीनारायण शाहको दिव्योपदेशमै प्रयुक्त नेपाली भाषालाई साभार गर्न सकिन्छ । उदाहरण हेरौं– “कुरु क्षेत्रको मेला नभै नेपाल फुट्न्या छैन । लमजुन् भन्याको गरुड हो गोर्षा भन्याको सरप हो नेपाल भन्याको भ्यागुतो हो ।
– “हिन्दुस्थान जाग्यो भन्या कठिन पर्ला भनि किल्ला षोजन आउन्या छ ।”
– “आफ्नया देशका कपरा बुन्नु जान्यालाई नमूना देखाई सघाउनु र बन्न लाउनु यस्व भया नगद विदेस जाँदैन ।”
“मेरा साना दुषले आज्र्याको मुलुक होइन, सबै जातको फुलबारी हो सबैलाई चेतना भया ।”
–“पानी भयाको ठाउँमा गाउँ भया पनि गाउँ अरु जग्गामा सारिकन पानी चलाउनु । (ओझा, गिरी लोक साहित्य, पूर्व आधुनिक नेपाली साहित्य र आधुनिक निबन्ध १६७÷६८’२०६०) ।”
त्यस्तै भानुभक्तीय रामायण प्रयुक्त भाषाको अवलोकन गरी हेरौं
एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्को गरुँ हित् भनी ।
ब्रह्मा ताहिं थिया प¥या चरणमा खुसी गराया पनि ।
क्या सोधछौ तिमी सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै ।
ब्रह्माको करुणा बुघmेर ऋषिले बिन्ति ग¥या यो तसै ।।१।।
(– आचार्य, रामायण १ः२०५२)
माथिका दिव्योपदेश तथा रामायणमा प्रयुक्त भाषाको विश्लेषणबाट के अवगत हुन्छ भने ‘मगर पाङ’ का क्रियामा पछिल्तिर प्रत्ययका रुपमा लाग्ने या र न्या प्रत्यय छुट्टै हुन् । प्राथमिक कालीन नेपाली भाषा तथा हाल पनि तत् क्षेत्रमा बोलिने नेपाली भाषामा पाइने या तथा न्या प्रत्यय छुट्टै हुन् । ‘मगर पाङ’ मा धातुमा न्या प्रत्यय लागेपछि क्रियामूल बन्दछ तर हालको नेपाली सामाजिक भाषिका तथा प्राथामिक कालीन नेपाली वा खस भाषाका धातुमा, न्या, या प्रत्यय लागेर क्रिया मूल निर्मित भएको पाइन्न । माथि दिव्योपदेशमा प्रयुक्त फुटन्या, भन्या, आउन्या, जान्या, आज्र्या, भया शब्दहरूको हालको शाब्दिक अर्थ क्रमशः ‘फुट्ने, भनेको, आउने जान्ने, आर्जिएको, भए’ भन्ने हुन्छ । त्यस्तै भानुभक्तीय रामायणको बालकाण्डको पहिलो श्लोकमा प्रयोग भएका गया, थिया, प¥या, गराया, ग¥या शब्दको अर्थ क्रमशः गए, थिए, परे, गराए, गरे, भन्ने हुन्छ । यिनै नमूना तथा प्रमाणका आधारमा पनि ‘मगर पाङ’ का धातुमा लाग्ने न्या, न्न्या प्रत्यय तथा प्राचीन नेपाली वा खस भाषाका शब्दमा पाइने न्या, या प्रत्यय छुट्टाछुट्टै हुन् भन्ने बुझिन्छ । मगर पाङ का धातुमा न्या, न्न्या प्रत्यय लाग्दाबित्तिकै क्रियामूल शब्द बन्दछन् भने नेपाली भाषामा ठीक त्यसको विपरीत संक्षेपीकृत, सामान्य भूतकालीन वा भूतकालिक अर्थात् पूर्ण कालिक क्रियाको निर्माण हुन्छ । यिनै ताŒिवक भिन्नताले गर्दा मगर पाङमा पाइने न्या, न्न्या तथा नेपाली भाषामा देखापर्ने या, न्या प्रत्यय फरक हुन् भन्न सकिन्छ । प्राथमिककालीन नेपाली भाषामा पाइने ‘न्या, या’ प्रत्ययहरू र मगर पाङका न्या, न्न्या प्रत्ययहरू एउटै हुन्, एक बखत यी एकै– एकै थिए । नेपाली भाषा मगर पाङबाट प्रभावित नभई छाडेको थिएन भन्ने जुन अवधारणा पाइन्छ त्यो वास्तविकता नभई अध्ययनको कमी तथा भाषिक सन्देह मात्र हो ।

३. स्थानीय सामाजिक नेपाली भाषिकाको अध्ययन

भाषा विचारविनिमयको सशक्त साधन हो । भाषाविना भाव या विचारहरूको सञ्चार हुन सक्दैन । आफ्ना मनका कुरा श्रोता वा पाठक समक्ष सम्प्रेषण गर्नका लागि भाषाको अपरिहार्यता रहन्छ । त्यसैले मानव सभ्यताको सर्वाेतम उपलब्धिका रुपमा भाषालाई लिन सकिन्छ । वर्तमान विश्वमा जे–जति वैज्ञानिक, भौतिक तथा आध्यात्मिक उन्नतिहरू भएका छन् यी सबै भाषाकै प्रतिफल हुन्् ।
आजको विश्व तीव्र रुपमा भू–मण्डलिकरण हुँदै छ । भौगोलिक रुपमा दूर वा विकट मानिएका स्थानहरू पनि ज्ञान र विज्ञानको उन्नति तथा अविष्कारले अत्यन्तै नजिक लाग्न थालेका छन् । मानव मस्तिष्कको परिष्कारसँगै वर्तमान विश्वले अर्कै रुप र रङ्ग पाएको छ । हाल पृथ्वीमा लगभग ७ अरब जति मानिसहरूको बसोबास रहेको छ । वर्तमान विश्वमा साढे चारहजार जति भाषा बोलिने कुरा विभिन्न खोज तजा अनुसन्धानबाट पत्ता लागेको छ । विश्वको भौगोलिक संरचना सर्वत्र समान नभए झैं हरेक भौगोलिक संरचनामा बस्ने मानिसहरू पनि भोगोलिक पहिचान झल्काउने खालका छन् । भूगोल विशेषले पनि मानिसको रुप, रङ्ग, चाल, चलन, रीतिरिवाज, धर्म–संस्कृति, बोलीचाली, भेषभूषा आदिको निर्धारण गरिदिएको छ । विश्वको पृथक्–पृथक् भौगोलिक संरचनामा बस्ने मानिसहरूका आ– आफ्नै पहिचानहरू छन् । संसारमा आफ्नै छुट्टै भौगोलिक पहिचानले चिनिएर बसेका मानिसहरूका आ–आफ्नै भाषा भए पनि हाल विज्ञान प्रविधि तथा सञ्चारको तीब्र विकासले गर्दा एक–अर्काका धर्म संस्कृति, रीतिरिवाज, चाडबाड, भाषा–भेषभूषा आदिको समिश्रण हुन थालेको छ । साइवर संस्कृति तथा भूमण्डलीकरण आदिको प्रभाव दिनप्रतिदिन विश्वभर पर्दै गइरहेको छ । जसको प्रभावले गर्दा आज कोही पनि एक – अर्काबाट अक्षुतो रहन सकेको छैन । यसको प्रभावले भाषा, संस्कृति, धर्म, आदिको साटफेर भएको छ ।
हाल नेपालको राष्ट्रभाषा नेपाली पनि देश–विदेशमा प्रचार–प्रसार भइराखेको छ । एघारौं शदीमा जुम्लाको सिंजा प्रान्तमा विकास भएको मानिने नेपाली भाषाका हालसम्म विश्वभर करिव ३ करोड जति वक्ताहरू पुगिसकेका छन् । नेपाली भाषा नेपालको १,४७,१८१ वर्ग किलोमिटरमा मात्र सीमित नभएर भारत, भूटान, मलेशिया, म्यान्मा (बर्मा), हङकङ्ग, युके, संयुक्त राज्य अमेरिका आदि देशहरूमा पनि बोलिन्छ । नेपालीहरू रोजगारीको खोजी तथा रोजीरोटीको समस्या समाधान गर्ने उद्देश्य लिएर विदेशी भूमिमा प्रवेश गर्ने क्रमसँगै नेपाली भाषा, संस्कृति, परम्परा तथा चाडबाडहरूको समेत विदेशी भूमिमा प्रभाव पर्न थालेको छ ।
भाषाको विकाससँगै तथा भाषिक वक्ताहरूको वृद्धि क्रमसँगै एउटा भाषाभित्रै पनि स्थान वा भूगोलको निकटता तथा विकटताका कारण विविध विभेदहरू देखा पर्न थाल्दछन् एउटै भाषा पनि सबै भूगोल र सबै वक्ताहरूले समान रुपले बोल्दैनन् । नेपाली भाषाको पनि यो अवस्था विद्यमान छ । नेपालकै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बोलिने नेपाली भाषामा एकरुपता पाइन्न । एउटै भाषाभित्र देखापर्ने स्थानीय वा क्षेत्रीय विभेदलाई सामाजिक भाषिका भनिन्छ । एउटै भाषा सबै वक्ताहरूले समान रुपले प्रयोग नगर्ने हुँदा भाषामा भौगोलिक तथा सामाजिक विभेदहरू सिर्जना हुन जान्छन् । नेपाली भाषाको विस्तारसँगै यसका पनि स्थानीय उपभेदहरू देखापरेका छन् । नेपाली भाषामा देखिएका यस्ता सामाजिक तथा क्षेत्रीय विभेदलाई समेट्ने गरी अझैसम्म गहन रुपमा खोजी कार्य हुन सकेको छैन । नेपालको राष्ट्रभाषा मानिएको नेपालीको यस्तो अवस्था रहनु यसको खोजी तथा अनुसन्धान कार्यमा पर्याप्त पहल नगरिनु बिडम्बना भैदिएको छ ।
नेपाली भाषाका उपभाषिका तथा सामाजिक भाषिकाको अध्ययनका लागि हालसम्म कदमै नचालिएका भने होइनन् तर सीमित व्यक्तिहरूले आफ्नै निजी प्रयासस्वरुप गरेका खोजी कार्यले अपेक्षित लाभ पु¥याउन सकिरहेका छै्रनन् । संस्थागत रुपमै केन्द्रीय स्तरमा एउटा स्पष्ट भाषिक नीति बनाई एउटा खाका वा योजना बमोजिम सम्बन्धित क्षेत्रका विज्ञहरूलाई भाषिक अध्ययनका लागि अभिप्रेरित गर्न सके नेपाली भाषालाई ठूलो राहत मिल्ने थियो तर हालसम्म सो कार्य हुन सकिराखेको छैन ।
नेपाली भाषाको भाषिकाका सम्बन्धमा बालकृष्ण पोख्रेलद्वारा गरिएका प्रयासहरूलाई हालसम्मकै उपलब्धिपूर्ण कार्य मानिएको छ । उनले नेपाली भाषिकालाई मोटामोटी रुपमा पाँच वर्ग (पूर्वेली, माझाली, ओर पश्चिमा, मझपच्छिमा एवं परपच्छिमा (पोखरेलः राष्ट्रभाषाः २०५०ः४५) मा विभाजन गरेका छन् । उनले यी पाँच वर्गमध्ये पूर्वेली भाषिकालाई अत्यन्तै समृद्ध भाषिका मात्र नभएर ठूलो भूगोलमा फैलिएको भाषिकाका रुपमा प्रस्तुत गरेका छन् । उनको यो वर्गीकरण अलि अपत्यारिलो लाग्दछ । किनकि पूर्वेली वर्गमा वर्गीकृत माषिकाहरू पश्चिम दैलेखदेखि लिएर पूर्वमा भोटाङ, आसाम, वर्मासम्म बोलिने भाषिकाहरूमा पर्याप्त मात्रामा भिन्नता छन् । यति ठूलो भूगोल समेटिएको प्रस्तुत उपवर्गका सम्बन्धमा गरिएको खोजीकार्य आफैमा अधूरो रहेको प्रतीत हुन्छ । प्रस्तुत पूर्वेली वर्गलाई उनले खसानी, पर्वती र गोर्खाली उपवर्गमा विभाजन गरेका छन् । राप्ती अञ्चलमा रुकुम, रोल्पा, सल्यान, दाङ अनि भेरी अञ्चलका जाजरकोट, दैलेख र सुर्खेत प्रस्तुत उपवर्गको क्षेत्र रहेको कुरा उनले सङ्केत गरेका छन् । उनको यो वर्गीकरण अत्यन्तै काँचो देखिन्छ किनकि राप्ती अञ्चलकै रोल्पा र प्यूठान, प्यूठान र दाङ बीचमा बोलिने भाषिकामा पर्याप्त भिन्नताहरू छन् । कतिपय शब्दहरू जो रोल्पा र प्यूठानमा बोलिन्छ ती दङालीहरू बुझ्दैनन् । एउटै जिल्ला प्यूठानमा पनि एकै खालको भाषिका बोलिन्न । रोल्पा र त्यसको छिमेकी जिल्ला प्यूठानमा बोलिने नेपाली भाषिकामा पनि मगर, बाहनु क्षेत्री र अन्य जातले बोल्ने भाषिकामा पर्याप्त मौलिकता तथा पृथक्ता छन् । नेपाली भाषिकाको वर्गीकरण गरी मोटामोटीरुपमा स्थानीय प्रवृत्ति पहिल्याउने प्रयास प्रस्तुत राष्ट्र भाषा पुस्तकमा भए पनि नेपाली भाषाका यावत् भाषिकाहरूको सूक्ष्म अध्ययन हुन नसकेको कुरा स्वतः प्रमाणित हुन्छ ।
प्रस्तुत शोधकार्यमा राप्ती अञ्चलका रोल्पा, प्यूठान र दाङ जिल्लाका सीमित क्षेत्रका भाषिकाहरूको मौलिक प्रवृत्ति झल्काउने प्रयत्न गरिएको छ । अध्ययनको असुविधा तथा समयको अपर्याप्तताको कारण प्रस्तुत क्षेत्रका सबै स्थानको मौलिक स्वरुप खोज्ने प्रयत्न त गर्न भ्याइएको छैन तर समय र परिश्रमले भ्याए जतिका कुराहरू यहाँ प्रस्तुत गरिन्छ ।
प्रस्तुत शोधकार्यका लागि नेपाली सामाजिक भाषिकाको अध्ययनार्थ रोल्पा जिल्लाका लिवाङ, घोडा गाँऊ, मैरी, सुलिचौर, खुङ्ग्री आदि क्षेत्र र प्यूठान र दाङ जिल्लाका क्रमशः धनवाङ, भिङ्ग्री, सारी, बेलबास, तापा, सोत्रे, गोठीबाङ, खैरा र दाङका भालुवाङ, लमही, घोराही, बिजौरी आदि क्षेत्रको चयन गरिएको छ । उपर्युक्त इलाकामा बोलिने सामाजिक भाषिकामा ‘मगर पाङ्’को के –कस्तो प्रभाव परेको छ सो देखाउने कार्य पनि यहाँ गरिने छ । यहाँ उल्लिखित इलाकामा बाहुन, क्षेत्री, मगर तथा अन्य जातजातिका पठित तथा अपठित ग्रामीण वक्ताहरू कस्तो रुपमा बोल्दछन् सो को झलक तल हेरौं।
–प्यूठान जिल्लाको धनवाङ, तामधारा, कोचिबाङ तथा रोल्पा जिल्लाको लिवाङ र त्यस वरपर मगर तथा बाहुन –क्षेत्री बाहेक अन्य जातिको जिब्रोबाट प्राप्त भाषिक झलक–

आफ्नो दुःखेसो पोख्दै एक ग्रामिण महिला
के गर्ने टो यस्को बा घर छैनन् । परार साल डसै मानिकिन गाका होन, ऐलेसम्म चिठी नि पठाक्छैनन्का छन् भन्ने ठा पनि छैन बो । यो भन्डा पैला बुनि पाँच सालको बल्ल आइठे । का जान्च के गर्च मटा केई पुनि बुझ्नँ । तीन भाना केराटी छ यिन्लै के गरी पराने हो । ठूल्छोरी आठ्टी पड्डापड्डै पुइल गैगो । सान्छोरी पाँचटी परच । छोरा बुनि अइले बल्ल दुइटी गाक्छ । अलि अलि आँखा देखाइडिन पा अल्लि सैलो हुन्टो क्यो । हुनटा परेर नि जागिर पाइन्नन् । आखिर लाहुर नगै हुन्नन् । असौ गेहू पनि राम्रो छैनन् । मकै पनि त्यटि राम्रो फलिन । खेटसेट छैन बो । बेसा खाइकिन हैरान भाक्छ । अइलेसम्म टा यै खोतो बोकिकिन काम चलेक्छ । यिनुर्काे वरापरि, किटाब–सिटाब किन्ने पैसा खोतो बोकिकिन आन्च । बिडा हुडारि यिनैले नि बोक्च । यी घरभरि खोताको बाकस ल्याइकिन राखेक्छ । इउता बाकसको साथी रुप्या डिन्चन् । छोरीले दुइता बोक्च, छोराले कैले कान इउता बोकिकिन जान्च । हाम्ले भैंसी पालेक्छैनम् बो । दुइता गाई छ । छ सातता कति कुख्रा पनि पालेक्छम् । यसको बा भटाजू जागव हुई हरान्च । भटाजुले पैसा नि
पठान्न । अर्की राखेक्होला र । हे बुनि जार खाइर लरेर हरान पाटा । एक मन ता ढुक्क नि भाक्छ । फिरि कैले काइटा निक्कै पीर पर्च । केराटी के गरी पराने हो । सड्डै बेसा खान पर्च के गर्ने भगवान्ले चारा ÷चाडान जे लेख्डेक्छन् त्यो नभोगिर का हुन्टो र ।
२. एउटी गोठाल्नी युवती रिसाएर कुनै युवकलाई गाली गर्दै– आफ्नी साथीसँग–
ओ को होने केता हो । माचिक्नेले हिजो नि जिस्कान्ठो आज नि जिस्काइराक्छ । जाथालाई चप्पल ठुटिकिन हिर्कान्चुु अनि स्वाडभेत्ला । भुलि अवस्ये मुजीलै लौरै लौराले बसाडिन्छु अनि ठापाला ।
३. साली – भेनाको संवाद स्थानीय सामाजिक नेपाली भाषिका र मगर पाङका रुपमा
भेनाः ओ कान्छी टिमी टा टुरुनी भइच्यौ । हिजोसम्म
(आवए कान्छी नङता धामे ताइदुना । (ज्योला समन् ता)
हिजोसम्म टा यटि सानी ठ्यौ । कटि हर्लक्क बढेकी (आवाइन्या इङन्या नलेनु । खसा हर्लक्क नबडिनु) आहा ! छाती पनि पुष्ट भएछ । (आहा ! छाती बै चान्या ताइदारैच) मान्छे पनि गोरी भइच्यौ । (रुबै पाल्न्या ताइदुना रैच) पहिला ट अलि काली काली भए जस्टो लाक्ट्यो । (पहिला ता तचि मोल्न्या, मोल्न्या ताहउमन् दारङ ।) अइले टा काखमै राखिकिन हजार चुप्पा गर्न मन लाक्ने भइच्यौ नि । (आको त घोन्लैनाइस्यू तबरबाला म्वाइँ जोन्याङमन् तइदुना रैच।)
सालीः छि ! ओ भेना पनि के–के भनेर जिस्कान्च । (छ्या इका भेनाले नैतिनैति पान्स्यू हसाइवा ।) अर्कालाई बेकारमा जिस्काइर के के गर्न खोज्डो रैच । (छुट्टैजन् बलैज नैतिनैति पान्स्यू हसान्या रैच ।) मलाइए यस्टो गरेको मन पर्दैन हय भेना । (ङाजन् ऐलेसिन्या हिङमालागिदि भेना ।) आलिख्याल गर, चप्पल भेतौला । (तचि सोरगाल्त्या चप्पल डोइना ।)
भेनाः आबुइ ! ओ साली टा कस्टो होला । (आवै (आवइ) इका सालिता कैता हाऊ ।) मैले टिम्लाई का जिस्काक्होर । (ङा नङजन् काङ ङाह साइङुका ।) मैले आफ्नै सालीलै नि राम्री छौ भन्न नपाने ? (ङा सालीजन् चान्या नलिनू अइदाउङामा डोइङुका ?) धात्या भाटा इउटा कुरा, साँचो–साँचो बटाडा नि÷बटौडा नि ओ साली टा के–के सोच्डो रैच । (ग्वार्सिन्याङन् तोलोछेन्, मच्छिऊ, मच्छिेऊ पान्स्यू भै इका सालीता नैति–नैति इङवारैच) भो मटा टिमीसँग यट्र नि बोल्डिनँ । (ताइदा ङाता नङ सकाइ यत्रैव माछेङङ्दि ।)
सालीः छिः ओ भेना त्यट्टि भन्डा नि रिसान्च । (छ्या इका भेना नकाइजा ओमनल्यूकबै बर्किया ।) मैले टा के भन्डो रैच भनिर पो भन्या टो । (ङाता कैल्यौ अइलिस्यूडि ओमन ङालिङ । ) मैले टिम्लाई किन ट्यस्टो भन्टे र ! (ङा नङजन् नैकाम ओमनधान्का ।) नरिसौ है भेना, मैले तिम्लाई कस्टो माया गर्चु । (ताभर्किन हय भेना ङा नङजन् ख्वाई निज्याना ।) म अलि ठट्यौली छु के । (ङा तचि तचि, साइहायन्या लिङालै ।)
भेनाः अ अ होला । ठा पाएँ ।(औ औ लिना सन्दङा ।)
(गौमाया पुन र मनकुमारी बुढा जलजला क्याम्पसबाट अनूदित ।)

माथि साभार गरिएका वाक्य, अनुच्छेद तथा संवादहरू रोल्पा जिल्लाका लिवाङ, गोगनपानी, सातदोबाटो, छिर्ने, सूलिचौर, खुङ्ग्रीकोट, खुङ्ङ्ग्र्री, घोडागाउँ, सैंघा, धौलाबाङ, होलेरी सुर्पालनेटा, अनि रोल्पाको छिमेकी जिल्ला प्यूठान र दाङका क्रमशः किमिचौर, सल्ले, दबन, हाम्जा, नस, खाल, कोचिबाङ, धनबाङ, तामधारा, डाँडाखर्क, गोठीबाङ, अरमखोला, बोजपोखरा, स्यूजा, आदि क्षेत्रमा घुम्ने क्रममा तत् तत् क्षेत्र र त्यसवरिपरिका गाउँ तथा बाटामा हिड्ने डुल्ने क्रममा गोठाला, घँसारु, घरबेटी, विद्यार्थी, खेतला आदिका जन जिब्रोबाट जस्तो सुनियो त्यहीं रुपमा टिपिएका हुन् । प्रस्तुत नमूनाहरू तत्–तत् स्थानमा बसोबास गर्ने मगर तथा अन्य कामी, दमाई, सार्कीका मुखबाट टिपिएको हो । प्रस्ुतत नमूनाहरू तत्–तत् इलाकामा बस्ने कुनै जाति विशेषको उपहास गर्ने उद्देश्यले नभई प्रस्तुत इलाकामा बोलिने सामाजिक माषिका के–कस्तो छ त्यसको मौलिक पहिचान पहिल्याउने ध्येयले प्रस्तुत सन्दर्भहरू नमूनाका रुपमा दिइएको हो ।
हाल नेपाली भाषा नेपालको बृहत् सेरोफरोमा बोलिन्छ । राप्ती अञ्चलको अथार मगरात प्रान्तमा पनि अधिकांश ठाउँमा मातृभाषाकै वा सो सरहकै रुपमा नेपाली भाषा बोलेको पाइन्छ । माथि उल्लिखित प्रायः सबै क्षेत्रमा मगरहरूको बाक्लै रुपमा बसोबास रहेको छ । प्रस्तुत इलाकाहरूमा मगर मात्र नभई अन्य बाहुन, क्षेत्रीको पनि बसोबास रहेको पाइन्छ । तर अचम्मको एउटा विभेद के सिर्जना भएको पाइएको छ भने एउटै बस्तीमा सँग–सँगै वल्तिर–पल्तिर अत्यन्तै घनिष्ट छिमेकीका रुपमा बसोबास गरेका मगर तथा अन्य जनजाति र बाहुन तथा क्षेत्रीको भाषिक लवज र भाषिक जनजिब्रो अत्यन्तै फरक रहेको
छ । माथि साभारित तथा त्यस वरपरका भिंगृ, सारी ्बेलबास, तिमिले, खन्नेखोला, सोत्रे, तापा बाँदीकोट, नाम्रीकोट, सानीलेक (प्यूठान) तथा खुङ्ग्री, महिन्द्री, हरिगाउँ स्यूजा आदि (रोल्पा–दाङ) इलाकामा बाहुन क्षेत्री तथा पठित वा शिक्षित जनजातिका जनजिब्रोमा पाइएको नेपाली सामाजिक भाषिकाको नमूना अनुच्छेद रुपमा यस्तो रहेको पाइएको छ –
कुनै एकजना दिदीले आफ्नो शहर पढ्न गएको भाइ आफूलाई भेट्न आएको अवसरमा संवादका रुपमा प्रस्तुत भाषिक अभिव्यक्तिको नमूना अनुच्छेदका रुपमा –
४) कइले आऊ हय कान्छा? सन्चै छौ ? घरमा बा, आमा सञ्चैछन् ? तिम्ले पढ्ने कतिमा रे ? तिम्ले ता मस्तै पढिऊ । पढाइ सिद्ध्या छैन अजै ? कइले फर्किने हौ नि उतातिर ? तिमी ता पटक्कै आउन्नौ अए यतातिर ? के हो घरको माया मारे जस्तो छ नि ! कि उतै ब्या–स्या गरेर घरजम ता ग¥या छैनौ ? शहरमा पढ्न बस्याको ता भर बुनि हुन्न हए । आजकालका केटाटीको ता विश्वासै हुन्न बो नि । घरमा बाबु आमालाई कत्रो (कत्रो) आपत् छ । आफूहरू तीन भाइ छन्, विचरा ! बा आमालै घर धान्न कत्रो सासा छ । त्यत्रो खेतीपाती फेरि ती त्यत्रा लालाबाला, विचरा ती बूडाबुडी मात्रै घरता । त्यत्रो दुक्ख गरेर छोराहरूलाई पढाएर क्यै नकेइ । ब्या गर्दे आ– आफ्ना स्वास्नी केटाटी टिप्दै हिड्दै । यस्तै ता रैच नि अइलको जमाना । छोरा पाएँ भन्यो छोरी पाएँ भन्यो बेकारको नाकको भारी । हैन कान्छा अब जे भए नि यसपालि व्या गर्न, पर्च । बा आमाको हत्ते भव । बिरामी हुँदा घरमा पानी ख्वाँउने मान्छे सम्मत छैनन् । ऊ जेठाजेठी तलै बस्ने भैगा । माइला माइली छुट्टीया बो । अब ब्या गर, ब्वारी घरमा छोड, अनि जा जाने हो जाउला । अब बुढेसकालमा बा आमालै एक्लै छोड्न भव । विचरा ! हेर्ताे कत्रो दुक्ख गरेर पाल्नु भो, ताल्नु भो, पढाउनु भो । अब सुक्ख पाम्ला भन्ने बेलामा सब्बै आ– आफ्ना तरातिप्फा । बा आमाको मन रुन्न त्यस्तो नि गर्न हुन्च । बेस्सरी बा आमाको सराप लाग्ला । जे भए बुनि अब ब्या गर । केटी जति भने नि पाउचौ। त्यत्रो पड्यालै जोल्ले नि दिन्चन् । जस्ती भने नि पाउचौ ।
माथि सभारित अनुच्छेद माथि उल्लेख गरिएका स्थानमा बाहुन, क्षेत्री तथा अन्य जातजातिका पठित वा अल्पशिक्षित मानिसहरूका जनजिब्रोमा पाइने स्थानीय सामाजिक नेपाली भाषिकाका नमूना हुन् ।
माथि साभार गरिएका नमूनाका आधारमा प्रस्तुत इलाकामा बोलिने सामाजिक नेपाली भाषिकामा बाहुन, क्षेत्री तथा अन्य जातका पठित र मगर लगायत अन्य जातका अपठित मानिसहरूका जनजिब्रोमा बोलिने नेपाली सामाजिक भाषिकामा प्रशस्तै भिन्नता छ भन्ने कुरा स्पष्ट हुन्छ ।
यी इलाकाहरूमा बोलिने नेपाली सामाजिक भाषिका तथा उपभाषिकामा मगर तथा त्यसको प्रभावमा रहेका अन्य जातिको जिब्रो तथा बाहुन, क्षेत्रीहरूको जनजिब्रोमा के–कस्ता भाषिक उच्चारणगत विभिन्नताहरू छन् सो को नमूना कालगत क्रियाका रुपमा तल प्रस्तुत गरिएको छ–
१. अभ्यस्त भूत कालिक क्रियाहरू
मानक नेपाली मगर जिब्रो, बाहुन, क्षेत्रीहरूको जनजिब्रो
क्रियाहरूमा
खान्थ्यो, जान्थ्यो खान्ठ्यो, जान्ठ्यो खान्त्यो, जान्त्यो
भन्थी, बस्नुहुन्थ्यो भन्ठी, बस्नुहुन्ठ्यो भन्ती, बस्नुहुन्त्यो
बस्थिन्, खान्थ्यौ बस्ठिन्, खान्ठ्यौ बस्तिन्, खान्त्यौ
चपाउथ्यौं, उफ्रन्थ्यौं चपाउठ्यौं, उफ्रन्ट्यौं चपाउत्यौं, उफ्रन्त्यौं
पढ्थ्यो, बस्थ्यो पर्ट्यो, बस्ट्यो पढ्त्यो, बस्त्यो
लड्थ्यो, बढाथ्र्याे लरट्यो, बराल्ट्यो लड्त्यो, बडाल्त्यो

मािथ उल्लिखित अभ्यस्त पक्षका क्रियाबाचीहरूको अध्ययन गर्दा मगर जनजिब्रोमा नेपाली मानक भाषाको ‘थ’ ध्वनि ट र ठ ध्वनिमा रुपान्तरण भएको छ । तर कतै कतै भने ‘ड–ढ–ल–न’ ध्वनिका पछिल्तिर आएको ‘थ’ ध्वनि ‘त’ ध्वनिमा समेत रुपान्तरण भएको छ । उदाहरण हेरौं–
पढ्थ्यो–पड्त्यो ÷परट्यो डुल्थ्यो –डुल्त्यो ÷डुल्ट्यो
पढ्थी –पड्ती डुल्थी–डुल्ती ÷दुल्टी
पढ्नुहुन्त्यो – पर्नुहुन्थ्यो डुल्नुहुन्थ्यो–डुल्नुहुन्टो÷दुल्नुहुन्टो
भुल्थ्यो – भुल्ट्यो ÷भुल्टो भन्नुहुन्थ्यो – भन्नुहुन्ट्यो
भुल्थी –भुल्टी भन्थी –भन्ती ÷भन्टी
भुल्नुहुन्थ्यो– भुल्नुहुन्ट्यो मान्थी–मान्ती÷मान्टी
भन्थ्यो –भन्ट्यो मान्नुहुन्थ्यो – मान्नुहुन्टो
मान्थ्यो – मान्ट्यो
कतै– कतै यस्तो देखिए पनि प्रायः ट ध्वनिमै रुपान्तरण भएको पाइन्छ ।
माथि उल्लिखित मानक नेपालीका क्रियावाचीहरू बाहुन, क्षेत्री तथा अन्य जातजातिका जनजिव्रोमा प्रयोग हुँदा मगर जनजिब्रोको ठीक विपरीत रुपमा प्रयोग भएका छन् । मगर जनजिब्रोमा ‘ट, ठ’ मा रुपान्तरण भएको ‘थ’ ध्वनि बाहुन, क्षेत्री तथा अन्य पठित वर्गका जनजिब्रोमा ‘त’ ध्वनिमा रुपान्तरण भएको छ ।
सामान्य भूत कालिक क्रियाहरू
मानक मगर बाहुन, क्षेत्री
गयो, भयो, हिड्यो गव्, भव्, हिंरो, गव्, भव्, हिन्यो
लेख्यो, देख्यो, सुन्यो लेखो, डेखो, सुनो, लेख्यो, देख्यो, सुन्यो
सुत्यो, उठ्यो, झ¥यो सुटो, उठो, झरो सुत्यो, उठ्यो, झ¥यो
प¥यो, बोल्यो, पढ्यो परो, बोलो, परो, प¥यो, बोल्यो, पढ्यो
आई, बसी, पढी, लेखी आई, बसी, परी, लेखी आई, बसी, पढी, लेखी
जानुभयो, हिड्नुभयो, जानुभव्, हिनु्भव÷भयो जानुभव्, हिड्नुभव्,
देख्नुभयो, हेर्नुभयो डेख्नुभव्, हेर्नुभो देख्नुभव्, हेर्नभव् ।

माथि साभारित क्रियावाची शब्दहरू अध्ययन गर्दा प्रस्तुत इलाकामा बोलिने सामान्य भूतकालिक क्रियावाचीहरूको प्रयोगमा बाहुन, क्षेत्री तथा अन्य पठितहरूको जिब्रो मानक नेपालीको लगभग नजिक रहेको देखापर्दछ । मानक नेपालीका गयो, भयो, आयो, लग्यो, जस्ता क्रियावाचीहरूको प्रयोगमा बाहुन तथा क्षेत्रीको जनजिब्रो “गव्, भव्, आव्, लव्” को रुपमा उच्चरित भएको पाइएको छ । मानक नेपालीको माथि साभार गरिएका क्रियाको अन्त्यमा आएको ‘यो’ ध्वनि ‘व’ ध्वनिमा रुपान्तरण भएको छ । यो अवस्था सर्वत्र लागू भएको भने पाइँदैन । जस्तैः पढ्यो, लेख्यो, उठ्यो, बस्यो जस्ता क्रियामा आएको ‘यो’ ध्वनि भने ‘व’मा रुपान्तरण हुन सकेको छैन । यो अवस्था ‘यो’ ध्वनिभन्दा अघिल्तिर हलन्त्य वर्ण नभएका (लग्यो बाहेक) क्रियाहरूमा लागू भएको पाइन्छ । यो अवस्था भाषाको सरलीकरण वा सहजीकरणका रुपमा आएको हो, भनी मान्न सकिन्छ । किनकि भाषा जहिले पनि जटिलताबाट सरलतातिर बहदै जान्छ । प्रस्तुत इलाकामा बोलिने मानक नेपालीको हिड्यो, पढ्यो, लड्यो जस्ता क्रियामा आएका हिड्योको बीचमा रहेको ‘ड्’ ध्वनि ‘न’मा (हिन्यो) पढ्यो मा आएको ‘ढ्’ ध्वनि ‘ड’ ध्वनिमा (पड्यो), लड्यो को रुप लोट्यो भई ‘ल’ ध्वनि ओकारका रुपमा र ‘ड’ ध्वनि ‘ट’ कारका रुपमा प्रयोग भएको पाइन्छ । मगर तथा त्यसको प्रभावमा रहेको जनजिब्रो माथि उल्लिखित प्रवृत्तिहरूको ठीक विपरीत रुपमा प्रयोग भएको पाइन्छ । मगर जनजिव्रोमा प्रयोग भएका गयो भयो, आयोका क्रमशः ‘गव्, भव्, आव्’ रुपहरू बाहुन, क्षेत्री तथा अन्य जातजातिका पठित जनजिब्रोवत् देखापरे पनि यिनमा ताŒिवक भिन्नता रहेको पाइन्छ । त्यो के भने बाहुन तथा क्षेत्रीहरूको जनजिव्रोमा प्रस्तुत क्रियाका अन्त्यमा आएका ‘व’ ध्वनि ह्रस्वीकरण मात्र भएको पाइन्छ तर मगर तथा त्यसको प्रभावमा रहेको जिब्रोमा अतिह्रस्वीकरण भएको पाइएको छ । त्यस्तै मगर जनजिब्रोमा मानक नेपालीका ‘देख्यो, पढ्यो, उठ्यो, हिड्यो’ पढ्यो आदि क्रियाहरू देखो, परो, उठो, हिडो’ को रुपमा प्रयोग हुन गई अन्तिमको ‘य’ ध्वनि लोप भएको पाइएको छ । मगर जनजिब्रोमा उड्यो, वुड्यो, गुड्यो, लड्यो, सड्यो, जस्ता क्रियामा आएका ‘ड’ ध्वनि ‘र’ ध्वनिमा निम्न रुपले ‘उरोः, बुरोः, गुरो, लरो, सरो’ भएका छन् । बालकृष्ण पोखरेलले राष्ट्रभाषामा राप्ती अञ्चलका दाङ, प्यूठान, रोल्पा आदि इलाकामा डाँडोको रुप–डाँरो, घुँडोको घँुरो भई समग्रमा ‘ड’ ध्वनि ‘र’ मा रुपान्तरण भएको छ भन्ने देखाएका छन् । जो सरासर गलत हो । यस्तो प्रवृत्ति मगर तथा त्यसको प्रभावमा रहेको जनजिव्रोमा मात्र पाइन्छ । अनुसन्धाताले एउटा जाति, समूह वा समाजमा रहेको भाषिक प्रवृत्तिलाई लिएर समग्र क्षेत्र, परिवेश वा जनजिब्रोलाई एउटै घानमा हाल्न मिल्दैन । मगर जनजिब्रोमा के पाइएको छ भने सामान्य भूतकालिक क्रियाको प्रयोग गर्दा एकवचन, अनादारवाची, पुलिङ्गी जस्तै– पढ्यो, हिड्यो, बस्यो, ग¥यो, देख्यो, सुत्यो, आदि रुपहरू क्रमशः ‘परो, हिरो, बसो, गरो, देखो, सुतो’ का रुपमा प्रयोग हुन गई बीचको हलन्त्य वर्ण ओकारमा परिणत भएको नभएर च् ध्वनि लोप भएको मात्र देखिन्छ किनभने ‘य +ओ’ मा ओ त बाँकी नै छ । मगर जनजिब्रोमा देख्नुभयो, दिनुभयो, दिलाउनुभयो, ढल्नुभयो जस्ता क्रियामा आएको ‘द’ ध्वनि ‘ड’ मा रुपान्तरण भई क्रमशः देख्नुभव, डिनुभव, डिलाउनुभव, डल्नुभव’ का रुपमा प्रयोग भएका छन् ।

अपूर्ण भूतकालिक क्रियाहरू
मानक नेपाली बाहुन क्षेत्रीको जनजिब्रो मगर जिब्रो
जाँदै थियो, खादै थियो जाँदैथ्यो, खादैथ्यो जाँठैठयो, खाँडैठ्यो
उठ्दै थिई, बस्दैथिई उठ्दैथी, बस्दैथी उड्डै ठी, बस्डैठी
आउदै हुनुहुन्थ्यो, आउँदै हुनुहुन्त्यो ? आउँडै हुनुहुन्ठ्यो
ओगट्दै थियो ओगड्दै थ्यो ओगड्डै ठ्यौ
सुन्दै थिएँ सुन्दै थें सुन्डै ठें ।

माथि नमूनाका रुपमा प्रस्तुत अपूर्ण भूतकालिक क्रियाहरूको प्रयोगमा उपर्युक्त इलाकाका बाहुन क्षेत्री तथा मगर जनजिब्रोमा प्रयोग भएको नेपाली सामाजिक भाषिकामा स्पष्ट विभिन्नता रहेको ज्ञान हुन्छ ।अपूर्ण भूतकालिक क्रियाको प्रयोगमा मानक नेपालीको थियो, थिई, थिएँ, जस्ता रुपहरू स्थानीय बाहुन क्षेत्रीका जनजिब्रोमा क्रमशः थ्यो, थी, थें, का रुपमा प्रयोग भएको छ भने यहीं रुप मगर जनजिब्रोमा क्रमशः ‘ठ्यो, ठी, ठें’ का रुपमा प्रयोग भएको छ । यिनै इलाकाका बाहुन, क्षेत्रीले प्रयोग गरेको नेपाली सामाजिक भाषिकाका खादैथ्यौ, जादै थी उठ्दै हुनुहुन्त्यो’ जस्ता रुपहरू नेपालका अधिकांश भू–भागमा बोलिन्छ । यस्तो खाले प्रवृत्ति लगभग राष्ट्रव्यापी नै रहको छ ।
पूर्ण भूतकालिक क्रियाहरू
मानक नेपाली बाहुन क्षेत्रीको जनजिब्रो मगर जिब्रो
गएको थियो, आएको थियो गाथ्यो, आथ्यो गाठ्यो,आठ्यो÷गैठी÷आइठी
भएको थिएँ, हेरेको थिएँ भा’थें, हे¥या थें गा’ठे, हेरी टे÷हेरी ठे
गएकी थियौ, आएकी थियौ गा’थ्यौ, आ’थ्यौ गैट्यौ, आइट्यौ÷गैठ्यौ, आइठ्यौ
देखेका थियौं, सुतेका थियौं देख्याथ्यौ., सुत्याथ्यौं देखीट्यौं, सुटी ट्यौ

माथि साभार गरिएका अपूर्ण भूतकालिक क्रियाहरूको अध्ययन गर्दा यी इलाकामा मगर तथा बाहुन क्षेत्रीका जनजिब्रोमा प्रयोग भएको नेपाली सामाजिक भाषिकामा स्पष्ट रुपमा भिन्नता रहेको जानकारी मिल्दछ । मानक नेपालीका ‘गएको, भएको, आएको, उडेको’ जस्ता रुपहरू स्थानीय बाहुन क्षेत्रीका जनजिब्रोमा क्रमशः प्रथम पुरुष र एकबचनमा गा’को, भा’को, आ’को उड्या’ आदि रुपमा प्रयोग हुन गई बीचको ‘ए’ ध्वनि लोप भएको अवस्था छ । यो प्रवृत्ति मगर जनजिब्रोमा पनि यथावत् रुपमा देखा पर्दछ । यी दुई सामाजिक भाषिकामा के अन्तर देखिन्छ भने मानक नेपालीका देखेका, भएका, हिडेका जस्ता रुपहरू स्थानीय बाहुन, क्षेत्री तथा पठित वर्गका जनजिब्रोमा देख्या, भा, हिड्या, आदिका रुपमा प्रयोग भएको छ भने यिनै रुपहरू मगर तथा त्यसको प्रभावमा रहेको जनजिब्रोमा डेख्या, भा, हि¥या आदि रुपमा प्रयोग गरिएको पाइएको छ ।
पूर्ण भूतकालिक क्रियाका रुपमा आउने एको, एका, एकी प्रत्ययहरूमा रहेको ‘ए’ ध्वनि क्रमशः अपभ्रंश तथा लोप हुने अवस्थामा पुगेको छ भन्ने कुरा माथिको सन्दर्भ तथा विश्लेषणले पुष्टि गर्दछ ।
मगर जनजिब्रोमा पूर्ण भूतकालिक मानक नेपालीका क्रियाहरू गएको थिएँ, आएकी थिई, गएका थियौ, पढेकी थियो खानुभएको थियो जस्ता रुपहरू क्रमशः गैटें÷गैठें, आइटी÷ आइठी, गैट्यौ÷गैठ्यौ, परिठ्यौ÷परिटिऊ, खानुभैटो÷खानुभैठो’ का रुपमा प्रयोग भएको छ । यस्तै–यस्तै खाले प्रवृत्ति गुरुङ्ग, तामाङ्ग, थकाली जस्ता अन्य भोट– बर्मेली परिवारका मातृभाषा बोल्ने वक्ताहरूमा पनि पाइन्छ ।
अज्ञात भूतकालिक क्रिया
मानक नेपाली बाहुन क्षेत्रीको जनजिब्रो मगर जिब्रो
भएछ, खाएछ, आएछ भएच, खाएच, आएच भैच्च, खाइच्च, आइच्च
उठिछे, बसिछे, लेखिछे उठिचे, बसिचे, लेखिचे उथिच, बसिच, लेखिच
हिड्नु भएछ, बस्नुभएछ हिड्नुभएच, बस्नुभएच हिड्नुभैंच, बस्नुभैंच
देखेछन्, बसेछन्, देखेचन्, बसेचन् डेखिचन्, बसिचन्
सुंतेछौ, हिडेछौ सुतेचौ, हिडेचौ÷ हिनेचौ सुटिचौ, हिरिचौ
निदाएछु, भएछौं निदाएचु, भएचौं निडाइचु, भइचौं

माथि उल्लिखित अज्ञात पक्षकालीन क्रियाहरूको अध्ययन गर्दा मानक नेपालीका क्रियाको अन्त्यमा जोडिन आउने एछ, एछु, एछन्, एछौंं जस्ता प्रत्ययहरूको ‘छ’ ध्वनि प्रस्तुत इलाकाका बाहुन क्षेत्री तथा मगर जनजिब्रोमा ‘च’ ध्वनिमा रुपान्तरण भएको छ । यो प्रवृत्ति भाषिका स्तरमा यति व्यापक रहेको छ कि यसै क्रममा नेपाली भाषा अगाडि बढ्दै रह्यो भने ‘छ’ ध्वनि अज्ञात पक्षका क्रियाहरूबाट विस्तापित हुने अवस्थामा छ । अझ अर्काे विश्लेषणीय पक्ष के रहेको छ भने मगर जनजिब्रोमा ‘भएछ, गएछ, आएछ, लेखेछ’ जस्ता रुपहरू भैच्च, गैच्च, आइच्च, लेखिच’ का रुपमा प्रयोग हुन गई बीचको ‘ए’ ध्वनि ‘ए’ वा‘इ’ मा रुपान्तरण भएको पनि छ । यो प्रवृत्ति म्याग्दी, बाग्लुङ, कास्की जिल्लाका अधिकांश सामाजिक भाषिक वक्ताहरूमा पनि पाइन्छ । तर प्रस्तुत शोध क्षेत्रमा बसोबास गर्ने बाहुन तथा क्षेत्री र त्यसको प्रभावमा रहेको जनजिब्रोमा पाइन्न । यो प्रकृतिलाई मगर जनजिब्रोले बढी रुचाएको छ ।

सामान्य वर्तमान कालिक क्रियाहरू
मानक नेपाली बाहुन, क्षेत्रीको जनजिब्रो मगर जिब्रो
जान्छ, खान्छ, उठ्छ, जान्च, खान्च, उठ्च जान्च, खान्चे, उठ्चे÷लेक्चे
हिड्छे, बस्छे, लेख्छे, हिन्चे, बस्चे, लेख्चे हिन्चे÷हन्च, बस्चे, लेख्च
जानुहुन्छ, उठ्नुहुन्छ जानुहुन्च, उठ्नुहुन्च जानुहुन्च÷झानुहुन्च,
गुड्छन्, बुड्छन् गुड्चन्, बुड्चन उथ्नुहुन्च, गुरचन् बुरचन्

माथि उल्लिखित सामान्य वर्तमानकालिक क्रियाहरूको अधययन गर्दा प्रस्तुत इलाकाका बाहुन, क्षेत्री तथा मगर जनजिब्रोमा मानक नेपालीको, ‘छ, छन्, छौ, छौं’ जस्तो शब्दांश वा प्रत्ययहरू ‘च, चन्, चौ, चौं,’ मा रुपान्तरण भएका छन् । यो प्रवृत्ति प्रस्तुत इलाकामा मात्र नभएर मानक नेपालीको लेख्य तथा औपचारिक उच्चार्य रुपमा बाहेक राष्ट्रका अधिकांश स्थानहरूमा प्रयोग गरिएको पाइन्छ ।
माथि उल्लिखित बाहुन, क्षेत्री तथा मगर जनजिब्रोमा प्रयुक्त सामान्य वर्तमानकालिक क्रियाहरूको प्रयोगमा लेख्यरुपमा प्रस्तुत गर्दा त्यति ठूलो विभिन्नता नपाइए पनि उच्चार्य रुपमा प्रशस्तै विभिन्नता देखापर्दछन् । जसको ध्वनितात्विक रुपमा छुट्टै विश्लेषण गर्नुपर्दछ । मानक नेपालीको ‘ड’ ध्वनि ‘र’मा रुपान्तरण भएको तथा हिड्छ मा आएको ‘ड’ध्वनि ‘न’ मा रुपान्तरण हुने कुरा माथि नै चर्चा गरिसकिएको छ ।

अपूर्ण वर्तमानकालिक क्रियाहरू
मानक नेपाली बाहुन, क्षेत्रीको जनजिब्रो मगर जिब्रो
जाँदै छ, खाँदै छ, जाँदै छ, खाँदै छ जाँडै छ, खाँडै छ
उठ्दै छ, बस्दै छौं उठ्दै छ, बस्दै छौं उड्डै छ, बस्डै छौ,
आउँदै हुनुहुन्छ, जाँदै हुनुहुन्छ, आउँदै हुनुहुन्च, जाँदै हुनहुन्च आउँडै हुनुहुन्च जाडै
बस्दै छ्यौ, सुत्दै छिन् बस्दै छ्यौ, सुत्दै छिन्, हुनुहुन्च, बस्डै छौ, सुड्डै
छिन् ।
माथि उल्लिखित क्रियाहरूको अध्ययन गर्दा सामान्य वर्तमानकालिक क्रियाहरूमा ‘च’ कारका रुपमा उच्चरित हुने छ ध्वनि अपूर्ण वर्तमानमा ‘छ’ ध्वनिकै रुपमा उच्चारण गरिएको पाइन्छ । अपूर्ण वर्तमान कालको उच्च आदरार्थी हुनुहुन्छ, जानुहुन्छ जस्ता अपूर्ण क्रियाका पछिल्तिर आउने आदरवाचीमा भने ‘छ’ ध्वनिका स्थानमा चकारकै प्रयोग गरेको पाइन्छ । तर यो अवस्था एकवचन अनादरवाची र सामान्य आदरार्थीमा भने लागू हुँदैन । एकवचन, प्रथमपुरुषीय बहुबचन र अनादरवाचीमा (छ छन्, छौं) छ ध्वनिको उच्चारण गर्दा छ र हको बीचको स्थिति ‘हः’ कण्ठस्थको रुपमा गरेको पाइन्छ ।

पूर्ण वर्तमानकालिक क्रियाहरू
मानक नेपाली बाहुन, क्षेत्रीको जनजिबं्रो मगर जिब्रो
आएको छ, खाएको छ ओ छ । आहः, खाँछ÷ खाहः आइच, खाइच
भएकी छे, उठेकी छे भा’छे÷भाहेः, उठ्या छे÷उठया हेः भैचे, उठिचे
हिडेका छौं, बसेका छौं हिड्या छौं ÷ हिन्या हौंः हिरिचौं, बसिचौं÷ बसिचम्
बस्या छौं÷ बस्या हौः सुत्नुभएको छ, सुत्नु भा’छ÷ सुत्नु भाहः सुट्नुभैंच÷ सुट्नुभैच्च
जानुभएको छ जानुभा’ छ÷ जानु भा’हः’ जानु भैंच ÷जानुभैच्च
माथि उल्लिखित पूर्ण वर्तमानकालिक क्रियाहरूको अध्ययन गर्दा प्रस्तुत इलाकामा बोलिने बाहुन, क्षेत्री तथा मगरहरूको जनजिब्रोबाट अपूर्ण वर्तमानकालिक क्रियाका पछिल्तिर जोडिन आउने–एको÷एका÷एकी’ प्रत्ययहरू अघिल्लो ध्वनिमा आकारका रुपमा प्रयोग हुन गई लोप समेत भएका छन् । हिडेका, उडेका, लडेका, बढेका, सडेका, उठेका, पिटेका, जस्ता टवर्गीय वर्णका पछिल्तिर जोडिन आएका एका÷एकी प्रत्ययहरू हिड्या, उड्या, लड्या, बढ्या, सड्या, उठ्या, पिट्याका रुपमा प्रयोग हुन गई आकार मात्र बच्न गई ‘ए’ कारको पूर्व रुपमा लोप भएको छ भने नयाँ’ ‘य’ व्यञ्जन थपिन आएको पनि छ ।
पूर्ण पक्षकालीन क्रियाहरूको पछिल्तिर जोडिन आउने एको÷एका ÷एकी प्रत्ययहरू भाषाको सरलीकरण वा संक्षिप्तीकरण हुन जाँदा त्यस्तो अवस्थामा प्रयोग हुन थालेका हुन् ।
पूर्ण पक्षकालीन क्रियाको प्रयोगमा एउटा नवीन प्रवृत्ति पनि देखापरेको छ । नेपाली भाषा वा देवनागरी लिपिमै नरहेको ‘हः’ (कण्ठस्थ छ र ह का बीचको स्थितिमा उच्चरित ध्वनि) ध्वनि पूर्ण पक्षकालीन क्रियाका पछिल्तिर जोडिन आउने ‘छ, छौं, छन् छस्’मा रहेको ‘छ’का स्थानमा ‘हः’को रुपमा उच्चरित भएको पाइन्छ । भएका छन्– भा’हःन्, गएका छन्–गा’हःन् आएको छु – आ’ हुः, जानुभएको छ– जानुभा’हः’ हेरका छन्– हे¥याहःन्का रुपमा छ ध्वनि ‘ह.’ का रुपमा प्रयोग भएको छ । यो नेपाली सामाजिक भाषिकामा देखापरेको नवीन ध्वनि हो । जसको लेख्य चिन्ह निर्धारित गर्नुपर्ने आवश्यकता देखापरेको छ ।

सम्भावना भविष्यत्कालीन क्रियाहरू
मानक नेपाली बाहुन क्षेत्रीको जनजिब्रो मगर जिब्रो
होला, भन्ला, उठ्ला होला, भन्ला, उठ्ला होला, भन्ला उथ्ला
देखुलाँ हेरौंला, पर्ला देखुँला, हेरौंला, पर्ला डेखुँला, हेरुँला, पर्ला
सुन्नुहोला, सुनौली सुन्नुहोला, सुनौली सुन्नुहोला, सुनौली
जाउला, बसौंला, जाउला, बसौंला, जौला÷झाउला, बसौंला
उड्ला, खस्ला उड्ला, खस्ला उर्ला, खस्ला

माथि उल्लिखित सम्भावना पक्षकालीन क्रियाहरूको प्रयोगमा खासै ठूलो विभिन्नता रहेको पाइँदैन । मानक नेपालीका सम्भावना पक्षकालीन क्रियाहरू स्थानीय बाहुन क्षेत्रीको जनजिब्रोमा लगभग समान रुपले उच्चरित भएका छन् । मगर जिब्रो भने केही लट्पटिएको पाइन्छ । मगर जनजिब्रोमा मानक नेपालीका ड ध्वनि ‘र’ का रुपमा ‘ज’ ध्वनि ‘झ’ का रुपमा ‘ठ’ ध्वनि ‘थ’ का रुपमा प्रयोग हुने अवस्था यहाँ पनि यथावत् नै छन् तर अन्य नवीन प्रवृत्ति भने देखापर्दैनन् । शब्दको प्रयोग समान रुपमा प्रयोग गरिए पनि बाहुन, क्षेत्री तथा मगर जिब्रोमा ध्वनिगत रुपमा प्रशस्तै विभिन्नताहरू पाइन्छन् ।

सामान्य भविष्यत्कालीन क्रियाका केही नमूनाहरू

मानक नेपाली बाहुन, क्षेत्रीको जनजिब्रो मगर जिब्रो
हुनेछ, जानेछ, आउनेछ हुनेहः, जानेहः, आउनेहः होने छ, झाने छ्, आउनेछ÷औने छ
बस्नेछे, हिड्नेछे, उठ्नेछे बस्ने हेः, हिड्ने हेः, उठ्ने हेः बस्नेछे, हिड्नेछे, उठ्ने छे
जानेछौं, बस्ने छौं, डुल्ने छौं जाने हौंः, बस्ने हौंः डुल्ने हौः झाने छौं, बस्ने छौं, डुल्ने छौं,
हिड्नुहुनेछ, भुल्नुहुनेछ हिड्नुहुनेहः, भुल्नुहुनेहः, हिर्नुहुनेछ, भुल्नुहुनेछ
पिउनेछन्, दिनेछन्, पिउनेहःन्, दिनेहःन् पिनेछन्. डिनेछन् ।

माथि साभार गरिएका सामान्य भविष्यत्कालीन क्रियाहरूको अध्ययन गर्दा मानक नेपाली र प्रस्तुत इलाकाका बाहुन क्षेत्री तथा मगर जनजिब्रोमा प्रचलित नेपाली भाषिका बीच स्पष्ट रुपमा विभिन्नताहरू रहेको देखापर्दछ । मानक नेपालीका सामान्य भविष्यत् कालबोधक क्रियाका पछिल्तिर जोडिन आउने छ, छु, छौं, छन्, छिन् जस्ता ध्वनिहरूमा रहेको छ
व्यञ्जन ‘ह.’ का रुपमा बाहुन तथा क्षेत्रीको जनजिब्रोमा उच्चारण भएको कुरा माथिको नमूनाले पुष्टि गर्दछ तर यो प्रकृया मगर जनजिब्रोमा एकाध शब्दहरूमा बाहेक त्यति सर्वव्यापी भएको पाइदैन । मगर जनजिब्रोले सामान्य भविष्यत्कालीन ‘छ’ ध्वनिलाई अतिहृस्वीकरणका रुपमा उच्चारण गरेको छ भने ‘हुनेछ’लाई होनेछ (हमा रहेको उकारलाई ओकारका रुपमा प्रयोग), ‘जानेछ’ मा रहेको ज ध्वनि लाई ‘झकारका रुपमा ‘झानेछ’, पिउनेछन्– पिनेछन्, दिनेछन्– डिनेछन्, पढ्नुहुनेछ–पर्नुहुनेछका रुपमा उच्चारण गरेको पाइन्छ ।

अपूर्ण भविष्यत्कालीन क्रियाहरूका केही नमूना
मानक नेपाली बाहुन क्षेत्रीको जनजिब्रो मगर जिब्रो
जाँदै हुनेछन्, गइरहेका हुनेछन्, जाँदै हुनेछन्, गइरहेका÷ जा“डै हुनेछन्,
गइराक् हुनेछन्
बसिरहेका हुनछौं, आइरहेका गइराका हुनेछन्, बसिराका बसिराक् हुनेछौं
आइराक्÷हुनेछन्
हुनेछन्, बस्दै हुनेछ्यौ हुनछौं, आइराः हुनेछन्, बस्डै हुनेछ्यौ
उठ्दै हुनेछस्, लेखिरहेका बस्दै हुनेछ्यौ,उठ्दै हुनेछस् उथ्दै हुनेछस् ÷होनेछस्
हुनेछौ, निदाइरहेका हुनेछन्, लेखिरा हुनेछौ, निदाइराः हुनेछन् लेखिराक् हुनेछौ,
निदाइराक् होनेछन्÷ निदाइराखेक् हुनेछन्

माथि साभारित अपूर्ण भविष्यत्कालीन क्रियाको प्रयोगमा बाहनु, क्षेत्री तथा मगर जनजिव्रोमा प्रशस्त विभिन्नता छन् भन्ने कुरा माथिको नमूनाले प्रमाणित गर्दछ । अपूर्ण भविष्यत्कालीन क्रियाको प्रयोग गर्दा प्रस्तुत इलाकामा अपूर्ण पक्षमा लाग्ने तै÷दै भन्दा ‘इरहेको’ प्रत्यय बढी प्रयोग गरेको पाइएको छ । अपूर्ण भविष्यत्कालीन पक्षमा प्रयुक्त ‘इरहेको’ इरहेका, इरहेकी जस्ता शब्दांशका स्थानमा इराको, इराका, इराकी जस्ता शब्दांश प्रयोग भएको पाइन्छ ।

पूर्ण भविष्यत्कालीन् क्रियाहरूको केही नमूना

मानक नेपाली बाहुन, क्षेत्रीको जनजिब्रो मगर जिब्रो
गएका हुनेछन्, बसेको हुनेछ गा’हुनेहःन्, बस्या
हुनेछ÷हः गाक् होनेछन्, बसेक्होनेछन्
जानुभएको हुनेछ, गएकी हुनेछ्यौ जानुभा’ हुनेछ, गा’की जानुभाक् हुनेछ, गा
हुनेछ्यौ क्, हुनेछ्यौ खाएका हुनेछौं, खानुभएको हुनेछ खा’ हुनेछौ÷हौं खानु’भा हुनेछ÷हः खाक् होनेछौं, खानुभाक् हुनेछ
पढेका हुनेछन् पढ्या हुनेछन् परेक् हुनेछन् ÷होनेछन्
आउनुभएको हुनेछ आउनुभा’ हुनेछ आउनुभाक् हुनेछ

माथि उल्लिखित पूर्ण भविष्यत्कालीन क्रियाहरूको अध्ययन गर्दा प्रस्तुत इलाकामा बोलिने मानक नेपालीका रुप र तत्–तत् स्थानका बाहुन, क्षेत्री तथा मगर जनजिब्रोमा बोलिने सामाजिक भाषिकाका बीचमा प्रशस्तै विभिन्नता रहेको अवगत हुन्छ । मानक नेपालीको गएका, खाएका, आएका जस्ता क्रियाहरू प्रस्तुत इलाकाका बाहुन क्षेत्रीको जनजिब्रोमा ‘गा’का, खा’का, आ’का’ का रुपमा प्रयोग हुन गई बीचको ‘ए’ ध्वनि लोप भएको स्थिति छ भने यिनै क्रियाहरूमगर जिब्रोमा ‘गाक्, खाक्, आक्’ का रुपमा प्रयोग हुन गई बाहुन तथा क्षेत्रीको जनजिव्रोमा पं्रयोग भएको अन्तिमको आधार ध्वनिको समेत लोप भएको छ ।
माथि काल तथा पक्षगत रुपमा मानक नेपालीका केही क्रियाहरू प्रस्तुत इलाकामा बाहुन, क्षेत्री तथा मगर जनजिब्रोमा कसरी प्रयोग भएका छन् भन्ने कुरा देखाइयो । अब प्रस्तुत इलाकाहरूमा मानक नेपालीका केही नाम, सर्वनाम, विशेषण तथा अव्यय शब्दहरू कसरी प्रयोग गरिन्छन् सो को नमूना प्रस्तुत गरिन्छ ।

मानक नेपाली बाहुन, क्षेत्रीको जनजिब्रो मगर जिब्रो
पाडो पाडो÷पाणो पारो
डाँडो डाँणो डाँरो
घैंटो घैटो घैतो
धान धान ढान
टपरी टपरी÷पत्री तपरी÷पट्री
दुना दुना डुना
डमरु डमरु दमरु
यिनीहरू यिनूरु÷यिनरु यिनुरु÷यिन्हरू
तिनी तिनी टिनी
केटाकेटी केटाटी केराती
ठाउँ ठाउँ थाँउ
ढाल ढाल धाल
घन्टी घन्टी घन्ती
ताउलो ताउलो टौलो
तल तल÷उध टल÷उढ
माथि माथि÷उँभ माठि÷उँभो
थपडी थपडी ठपरी
दान दान डान
धान धान ढान
मुनितिर मुन्तिर मुन्टेर
माथितिर मत्थिर मात्थेर
भनेर भनेर भनिकिन (क्रिया)
गएर गएर गइकिन (क्रिया)
आएको आको आक् (क्रिया)
रातो रातो राटो
कपडा कपडा कपरा
धनवाङ धनबाङ ढनमाङ
तामधारा ताम्धारा टाम्धारा
बिहान ब्यान भेन
भोलि भोलि भुलि
अस्ति अस्ति अस्टि
खुत्रुक्क खुत्रुक्क खुटु्रक्क
गमागम गमागम गेम्टागेम
वारितिर÷पारितिर वाल्तिर÷पाल्तिर वाल्टेर÷पाल्टेर
हलो हलो होलो
धेरै÷थुप्रै धेरै ÷थुप्रै÷मस्तै ढेरै÷ठुप्रै÷मस्टै
कष्ट कष्ट कस्त
काँसो काँसो काँसी ÷खासो
डँडेलो (डढेलो) डणेलो दरेलो
दमौली दमौली डमौली
हेर त हेर्ताे हेर्टो
यत्रो यत्रो यट्रो
नुमा नुमा लुमा
लगौटी लगौटी ÷धरो लगौती
माथि माथि÷उप्रि माठि÷उप्पर
मुनि मुनि÷आस्न मुनि÷आसन्
आईमाई आईमाई सुन्चरी
लोग्नेमान्छे लोग्ने मान्छे लोङछोरा
बत्ती बत्ती÷ढेब्री बट्टी÷धेब्री
सुन्तला सुन्तला सुन्टला
कटहर कटर कतर
घाँडो ÷कोले घाँणो ÷कोले घँरो ÷कोले
खल्लुक ÷ तिजू तिजू टिजू
फडियार फरेट ÷जम्मू फरेत ÷जिम्मू
जाँड जाँण जाँर
पो पो÷बो पो÷बो
गाँणी गाँणी÷गानी÷गाँए गानी÷आनी
रण्डी रण्डी रन्दी
वेश्या बेस्से÷बेत्ताल बेस्से ÷बैत्तल
पातर पातर÷लख पाटर
धारामा (विभक्ति) धारामा धारान
गाईलाई (विभक्ति) गाईलै गाइलै
माथिबाट माथिट मात्थेराट्
मुनितिरबाट मुन्तिराट मुन्तेराट
खोलामा खोलामा खोलान
घरतिरबाट घर्तिराट घर्तेराट्
हामीहरूको हामुर्को हामुन्को
तिमीहरूको तिमुरको टिमुन्को
तपाईंहरूको तपुर्को तपुन्को
बेसार बेसार बेछार
कहिले कैले कुइले
जहिले जैले जुइले
भिनाजु भिनाजु भेना
बथान बगाल बक्काल÷बकाल
गाँउतिर गाँऊतिर गाँउटेर
बिरामी बिमारी÷ मधौरु बिमार÷कस्ट÷ मदौरु
भेल भोल भोल
खबर खबर÷सोर खबर÷सोर
जातो चाकी चाखी
नाङ्लो सुपो सुपो
ढकनी ढक्कन धक्कन
खोपिल्टो खोपिल्टो खुपिल्ता
गगटो गगटो गगतो
गेडा गेणा गेरा÷गेदा
अलिकति अलिकति इल्किन्
अबेर बेर भेर
गोरु गोरु गुरु
तयार हुनु निमाज्नु निमाझ्नु
केही नवीन शब्द
अर्थः (अतिखुकुलो) होर्लाङ होर्लाङ होर्लाङहोर्लाङ
(अति खुल्ला) ह्वाङ ह्वाङ ह्वाङ ह्वाङ
(निडरताका साथ) जमजम्ती जमजम्टी
फुत्त हुत्त (ऊ हुत्त फङ्गाल्यो) हुट्ट
(फटाफट) हात्त हुत्त हाट्टहुट्ट
(छिटोछिटो) हतत हट्टट
(नडराइकन) ज्वाङज्वाङ ज्वाङज्वाङ
सिरकको खोल छेउलो छेउलो
आमा जेई जेई
मालिक गोसा गोसा
सामल खर्च खर्च
खाजा÷नास्ता अर्नि अर्नि
तमाखु खर्से खर्से
ढाड कन्नो ÷कन्डो कन्नो
प्रसिद्ध कहलिनु कहलिनु
तमतयार हुनु सत्तिनु सट्टिनु
सिंगार बटार सटरपटर सटरपट्टर
त्यतिकै अलबलै अल्बलै
शीतल÷छाँया शीत्तल÷ छ्याम शीटल छेम
हरियो हर्¥यो हर्रो
सिमल्नु छेमल्नु छेमल्नु
गोठाला ग्वाला गोला
खेतालो हेरालो हेरालो
नोकर नोकर÷बाधा कमारा बाडा कमार
छिट्टै झट्टै झत्तै
चिलिम सुल्फा सुल्फा
गोलभेंडा राम्भेंडा÷गोलभेंडा राम्भेरा
भिण्डी चिफ्लेभेडी चिफ्लेभेरी
काउली गोपी गोपी
मस्यौरा बोरी बोरी
भरिया भर्रे भर्रे
एकदमै पाकेको भरेली भरेली

माथि उल्लिखित शब्दहरूको विश्लेषण गर्दा प्रस्तुत इलाकामा बोलिने मानक नेपालीका केही शब्दहरू बाहुन तथा क्षेत्रीको जनजिब्रोमा समान रुपले प्रयोग भएका छन् भने कतिपय शब्दहरू नितान्त नवीन खालका पनि देखापर्दछन् । त्यस्तै कतिपय शब्दहरूमा वा शब्दहरूको प्रयोगमा सामान्य विभेद देखापर्दछ । मगर जनजिब्रोमा प्रयोग भएका शब्दहरू मानक नेपाली तथा स्थानीय बाहुन, क्षेत्रीको जनजिब्रोमा प्रचलित शब्दभन्दा नितान्त फरक देखापर्दछन् । मानक नेपालीका ट–ठ–ड–ढ ध्वनिहरू स्थानीय मगर जिब्रोमा त–थ–द–ध ध्वनिमा रुपान्तरण भएका छन् । डाँडो , घोडो आदि शब्दमा आएको ‘ड’ ध्वनि ‘र’ मा रुपान्तरण भएको छ । त्यस्तै तवर्गीय वर्णका त–थ–द ध’ ध्वनिहरू ‘ट–ठ–ड–ढ मा रुपान्तरण भई वर्ण विपर्यासको स्थिति पनि देखापरेको छ ।
माथि मगर जिब्रोमा प्रयोग भएका शब्दहरूको अध्ययन गर्दा प्रस्तुत इलाकाका मगर जनजिब्रो नेपाली भाषाका ‘ट र त’ वर्गीय वर्णहरूको प्रयोग वा उच्चारणमा अलि लट्पटिएको छ । यसरी त र ट वर्गीय वर्णको प्रयोगमा मगर जिब्रो लट्पटिनुको एउटा प्रमुख कारण ‘मगर पाङ’मा ‘ट’ वर्गीय वर्ण नहुनु हो । ‘मगर पाङ’मा थुकिन्या– ठोक्नु, दुलिन्या–डुल्नु तकरक–टुप्लुक्क, ताक– टाक, ताकुरा–टाकुरो, तादा–टाढा तिंबर–टिमुर, धलिन्या– ढल्नु, धलैन्या–ढाल्नु, धिलो–ढिलो, दन्दैन्या–डाँड्नु, दुलिन्या–डुल्नु, थेका–ठेको, दास–डाँस दादु–डाँडु, दोब–डोब, जस्ता नेपाली भाषाको टवर्गीय वर्णको सट्टामा तवर्गीय वर्णको प्रयोग गरिनु मुख्य कारण हो । प्रस्तुत इलाकाका मगरहरू हाल मातृभाषाका रुपमा कतै –कतै ‘मगर पाङ’ बोले पनि प्रायः अधिक ठाउँमा नेपाली भाषा नै मातृभाषाका रुपमा बोल्न थालेका छन् । ‘मगर पाङ मातृभाषा भएकाहरू पनि हाल आएर आफ्नो मातृभाषाकै स्तरमा नेपाली भाषालाई पनि प्रयोग गरेका छन् । हाल जहाँ ‘मगर पाङ’ मातृभाषाका रुपमा बोलिन्न अनि कतिपय इलाकाहरूमा बसोवास गर्ने मगरहरूले आफ्नो मातृभाषा ‘मगर पाङ’ भुलिसकेका छन् ती इलाकाहरूमा माथि साभारित प्रवृत्तिहरू देखापरेका छन् । (नेपाली भाषालाई मातृभाषाका रुपमा प्रयोग गर्दै आइरहेका मगरहरूले नेपाली भाषाको उच्चारणमा प्रशस्त त्रुटि गरेको भेटिन्छ । उनीहरूको जनजिब्रोमा रम्दै आएको नेपाली भाषा मानक नेपालीभन्दा नितान्त पृथक् रुपको देखापर्दछ । यसो हुनुको खास तात्पर्य मगर जनजिब्रोबाट आफ्नो मातृभाषा ‘मगर पाङ’ हराएर गए पनि त्यसले प्रभाव पारेको भाषिक लवज अझै हराइसकेको छैन । मगर जिब्रो हाल नेपाली भाषाका ट वर्गीय र ‘त’ वर्गीय वर्णहरूको उच्चारणमा धेरै लट्पटिएको पाइएको छ । यसरी नेपाली भाषाका ‘ट र त’ वर्गीय वर्णहरूको उच्चारणमा मगर जिब्रो लट्पटिनुको प्रमुख कारण मगर पाङमा ‘ट’ वर्गीय वर्ण नहुनु हो । आफ्नो मातृभाषा ‘मगर पाङ’ मा ‘ट’ वर्गीय वर्ण नभएकाले नै मगर जिब्रो ‘ट र त’ वर्गीय वर्णको उच्चारणमा आफ्नो मातृभाषाको भाषिक लवजले गर्दा लटपटिन गई यस्तो भूल देखा परेको हो । यो भूल नयाँ भाषाको आत्मसात् गर्दा देखिएको स्वभाविक भूल हो । यस्तो खाले प्रवृत्ति आफ्नो मातृभाषाभन्दा अर्काे भाषालाई प्रयोग गर्न थाल्दा प्रायः सबै भाषिक वक्ताहरूमा देखापर्दछ ।
माथि साभारित शब्दहरूको विश्लेषणबाट अन्त्यमा के निचोडमा पुग्न सकिन्छ भने राप्ती अञ्चलका प्यूठान, रोल्पा र दाङ जिल्लामा बसोबास गर्ने बाहुन, क्षेत्री तथा मगर जिब्रोमा प्रयुक्त नेपाली सामाजिक भाषिकामा प्रशस्त विभिन्नताहरू छन् । यी इलाकामा बस्ने जातजातिहरूको जनजिब्रोमा नेपाली भाषा समान रुपले प्रयोग भएको छैन ।

स्थानीय सामाजिक भाषिकामा प्रयुक्त केही थेगो तथा गालीवाचक शब्दहरू
आफ्नो भनाइ या अभिव्यक्तिलाई चमत्कारपूर्ण बनाउन तथा भाषामा प्रयुक्त वाक्यको अर्थलाई अझ रोचक तथा आस्वाद्य बनाउनका निम्ति थेगोको प्रयोग गरिन्छ । नेपाली भाषामा थेगोलाई ‘निपात’ भन्ने गरिन्छ । थेगोहरूको आफ्नै शाब्दिक अर्थ त हुँदैन तर यिनले वाक्यमा आफ्नो उपस्थिति दशाई एक किसिमको हिस्सी वा चमत्कार थप्ने काम गरेका हुन्छन् ।
कसैले आफूप्रति अनिष्ट व्यवहार प्रदर्शन गरेमा वा आफ्नो केही बिगार गरिदिएमा ऊप्रति कृतघ्न भई व्यक्त गरिने सराप वा अहितकारी वाणीलाई गाली भनिन्छ । यस्ता गालीवाचक शब्दहरू व्यक्ति खुुसी वा प्रसन्न भएका अवसरमा नभई ऊ अप्रसन्न, बेखुसी, वा रिसाएको या उत्तेजित भएको अवस्थामा प्रयोग गरिन्छ ।
स्थानीय सामाजिक नेपाली भाषिकामा थेगो वा निपातलाई ‘रहनी’ भन्ने गरिन्छ । प्रस्तुत इलाकाहरूमा प्रयुक्त केही रहनीहरूको नमूना निम्नानुसार रहेका छन्–
आनि, गानि, गाय, गाँठे, गाणी, बो, पो, पोर, तो, हटत्याट, नि, त, चाँहि, चाइने जो, जो, बो टै, तै, हय, याय क्या, बुनि, र, तो, गेर, कर ।
माथि प्रयुक्त थेगोहरू शालीन भाषिक अभिव्यक्तिका क्रममा आउँछन् । जसको वाक्यका स्तरमा यसरी प्रयोग गरिएको पाइन्छ ।
ड्ड म ता जान्न आनि ÷ गानी ÷गाणी ।
ड्ड म ता जान्न बो ÷ बोर ।
ड्ड रामे बुनि आएच र ।
ड्ड मात्थिर गएँ हटत्याट फर्कियाँ म ता ।
ड्ड परे बो पास भइन्च तो गाय । (प्रायः व्यक्तिबोलीमा) ।
ड्ड जाने ता भन्या हो गाँठे तर फुर्सदै हुन्न र बो ।
ड्ड मात्थिर साइली पुनि आबु चिन् र । आबोचिन् र ।
ड्ड यसपालि ता जो निक्कै फलेच नि । (प्रायः एकाध व्यक्ति बोलीमा)
ड्ड लुमा बुनि आ बोटै । (प्रायः मगर बोलीमा)
ड्ड हैन, तिमी कइले आउ हय ।(प्यूठानको बेलबासमा अधिक प्रयोग गरिने ।)
ड्ड याय, तिम्ले पनि ल्याइचिऊ गेर । (याय प्रायः प्यूठानको बेलाबास, खन्नेबोला,जुम्रिकाँडा र दाङको स्यूजा क्षेत्रमा प्रयोग गरिने । गेर थेगोको प्रयोग दाङ, प्यूठान र रोल्पाका अधिक क्षेत्रमा प्रायः सबै जातजातिले गर्दछन् ।’)
ड्ड पास भा हो नि तर मार्कसिटमा फेल पो रैंच गेर । (दङाली जनबोलीको नमूना, दाङमा अधिक प्रयोग गरेको पाइन्छ ।)
ड्ड तिमी ता कति चाडी आइयू तै । (प्रायः प्यूठान र रोल्पाका बाहुन क्षेत्रीको जनजिब्रोमा प्रयुक्त जनबोली ।)
ड्ड तेले बुनि चाइने जो केरे काम ता राम्रै ग¥यो । (प्रायःअलि शिक्षित खालका बाहुन, क्षेत्रीका एकाध व्यक्ति –बोलीमा प्रयुक्त । )
ड्ड तिमी त आइगिच्यौ कर । (प्रायः प्यूठानको बिजुवार र खलङ्गातिर ।
माथि उल्लिखित ‘रहनी’ हरूका अतिरिक्त अन्य अश्लील खालका रहनीहरू पनि प्रस्तुत इलाकामा प्रयोग भएको पाइन्छ । जसको नमूना तल प्रस्तुत गरिन्छ ।
तोरा, घण्टा, लोक्तेर, चिक्ने, चेः यत्रो, भुत्रो ।
प्रस्तुत शब्दहरू प्रायः बिखुसी भएका बखत, गाली प्रकट गर्दा प्रयोग गरिने भए पनि कतिपय अवसरमा थेगोका रुपमा पनि प्रयोग भएका पाइन्छन् । जसको उदाहरण वाक्य रुपमा हेरौं–
ड्ड पडेर मात्रै तोरा नि पुग्दैन ।
ड्ड त्यो रिसाएर मेरो घण्टा नि हल्लिन्न ।
ड्ड खाएर माट्रै लोक्टेर नि मोटाइन्नन् । (प्रायः मगर जिब्रोमा)
ड्ड म ता यत्रो नि जान्न के चिक्ने ÷ चेः । (प्रायः पिछडिएका जातिमा)
माथि प्रयुक्त थोगो वा रहनीहरूको अध्ययन गर्दा प्रस्तुत इलाकामा आफ्नै मौलिक प्रकृतिका थेगो वा रहनी प्रयोग गरिने कुराको जानकारी मिल्दछ । कतिपय थेगोहरू एउटै शब्दबाट रुपान्तरण भएको पनि पाइन्छन् । जस्तै गाँणी वा गाठे थेगा वा रहनीबाट ‘गानि, गाय, आनि’ रुपहरू निर्माण भएका छन् । त्यस्तै चिक्नेबाट चेः बनेको छ ।
माथि उल्लिखित रहनीका अतिरिक्त उपर्युल्लिखित इलाकाहरूमा निम्नलिखित गाली वा अपशब्दहरूको प्रयोग गरेको पाइन्छ ।
ड्ड इस्स यै खा, लोक्ताइस्, ख्यासिस्, रातो पारिस्, घण्टा नि हल्लिन्नन्, भुत्रो खा, मुजी, जाठा, जाठी, साले, माचिेक्ने, तेरा बाउलाई चिक्ने, साला, भेनचोत, मादर चुत, रण्डी, रण्डो, निलौटो, निलौटी, जाबो, जैरे, पिलुवा , पिल पाके, बेस्से, बैत्तल, यत्रो खा, ई ख्यासिस्, पिल्ल पारिस्, गुन्या मुनि ढाक्ने फेला नप¥या, हरिया बाँसमा कसेर तो तो पार्दै लान हुने, तेरो गैरी अपुताली जाने, तेरा बाउलाई गाड्ने (प्रायः प्यूठानको सारीमा) हया गु (प्रायः सारीमै प्रयुक्त) तेरो भस्म खरानी हुनुपर्ने, तेरा घरमा आगो पर्ने, चिर्काेले खान हुने, मरिजास, सार्कीको तिउन (पशुलाई गाली गर्दा) तँ ता मरिजास, आजको रात काट्न नपाएस्, कुलकुलानीले तेरो भस्म गरुन्, तेरो सत्यनाश हुने, तैति फुक्लुक्क परियास्÷ होइयास् ।

कसम खाँदा
ड्ड विद्या नाश, तपाईंको रगत÷मासु खाने, नास हुनु भा, कुलकुलानीले भस्म गरुन्, यत्ति बेला छन्, गाईको मासु खाने, मेरी आमाको कसम, सूर्य÷ सुर्जे भगवान्ले नाश गरुन्, यी यति बेला छन्, आज रात काट्न नपाँम् ।

कसैलाई काम अह्राउँदा अटेरी गरी नमान्दा
ड्ड यत्रो लाए च र, यत्र÷यत्रो नि जान्न, घण्टो लाए च र, यी जान्च, मरे नि जान्नँ, जे भए नि हऊस् आदि ।
माथि उल्लिखित गाली वा कसमका शब्द तथा पदावलीहरूको अध्ययन गर्दा प्रस्तुत इलाकाहरूमा आफ्नै मौलिक प्रवृत्तिका त कतिपय हिन्दी तथा राष्ट्रव्यापी प्रयोग हुने खालका श्लील तथा अश्लील शब्दको सहरा लिई गाली वाचक शब्द प्रयोग गरेको पाइन्छ । स्थानीय मानिसहरू रोजगारका रुपमा प्रायः भारतमा जाने हुनाले उनीहरूको प्रभावले गर्दा हिन्दीमूलका गालीवाचक शब्द पनि प्रयोग भएको भेटिन्छ । भेनचूत, मादरचूत, साला आदि हिन्दी गाली वाचकका ज्वलन्त नमूना हुन् । प्रस्तुत थेगो तथा गालीवाचक शब्दहरू प्रायः प्यूठान र रोल्पा जिल्लाका बेलबास, सारी, भिंmगृं, खाल, कोचिवाङ, नस, होलरी, धौलावाङ, सुर्पालनेटा, खुङ्ङ्ग्र्री, लालटिबाङ, मैरी, घोडागाँऊ, हरिगाँऊ, सातदोबाटो, लिवाङ आदि क्षेत्रमा डुल्ने घुम्ने क्रममा मगर तथा बाहुन क्षेत्रीको बसोबास रहेका र अन्य पिछडिएका जात–जातिका जिब्रोबाट टिपिएको हो । यस्ता गालीवाचक शब्द तथा अश्लील थेगो या गालीहरू प्रायः पिछडिएका वा भनौ अत्यन्तै अशिक्षित जातजातिका जनजिबं्रोमा बढी प्रयोग भएको पाइन्छ । कतिपय अश्लील शब्दहरू जो हामीलाई सुन्न तथा भन्न अत्यन्तै असहज लाग्दछ ती शब्दहरू आफ्नै परिवारका आफन्तजन, इष्टमित्रसँग पनि सहजै प्रयोग गरिएको देख्दा जोसुकैलाई अचम्म लाग्छ नै । प्रस्तुत कतिपय अश्लील शब्दहरू आफ्ना हितैषी वा समकालीन साथीहरूसँग हाँसीमजाक गर्दा यत्रतत्र प्रयोग गरिने भए पनि उल्लिखित कतिपय इलाकामा आफ्ना दिदी–बहिनी दाजुभाइ छोराछोरी ना–नातिना तथा आमा, बुबाका छेऊमा उनीहरूसँग कुराकानी गर्दा सहजै प्रयोग गरिएको पनि भेटिन्छ ।
माथि उल्लिखित श्लील तथा अश्लील थेगो तथा गालीवाचक शब्दको अध्ययन गर्दा स्थानीय सामाजिक भाषिका थेगो र गालीवाचक शब्दमा निकै सम्पन्न रहेको जानकारी मिल्छ नै तर एउटा सभ्य तथा आदर्श समाजको निर्माणका लागि माथिका कतिपय अश्लील शब्दहरू अत्यन्तै अपाच्य पनि देखा पर्दछन् । त्यस्ता खालका अश्लील शब्दहरूले सभ्य जाति तथा सु–संस्कृत भाषाको परिचय दिन्नन् यतातर्फ सचेत व्यक्तिहरूले चनाखो भई ध्यान पु¥याउनु पर्ने देखिन्छ ।

४. ‘मगर पाङ’को पदवर्गीय अध्ययन

मगर पाङका बारेमा अघिल्ला परिच्छेदहरूमा प्रशस्तै चर्चा गरिसकिएको छ । प्रस्तुत परिच्छेदमा मगर पाङको पदवर्गीय अध्ययन संक्षिप्त रुपमा गरिनेछ ।
भाषामा प्रयोग गरिने पदहरू विभिन्न वर्ग तथा समूहका हुने गर्दछन् । भाषाका वाक्यमा प्रयुक्त शब्दहरूको समूहलाई नै पदवर्गका नामले सम्बोधन गरिन्छ । मगर पाङमा नेपाली, अङ्ग्रेजी, संस्कृतका झैं नाम, सर्वनाम, विशेषण, अव्यय र क्रियामूलका शब्दवर्गहरू प्रयोग गरिन्छ । मगर पाङमा प्रयुक्त क्रियामूलका शब्दहरूको अध्ययन माथिल्लो परिच्छेदमै विशद रुपमा गरिएको छ । यहाँ ‘मगर पाङ’का नेपाली भाषासँग मिल्दा नाम, सर्वनाम, विशेषण र अव्यय वर्गका केही शब्दहरूको अध्ययन गरिएको छ ।

४.१ मगर पाङका नाम पदहरू
कुनै व्यक्ति, स्थान, वस्तु, भाव वा अवस्था बताउने पदलाई नाम भनिन्छ । नाम व्यक्तिवाचक, समूहवाचक, जातिवाचक, द्रव्यवाचक र भाववाचक गरी ५ किसिमका हुन्छन् । नाम पदलाई मानवीय र मानवेतर, गणनीय र अगणनीय, मूर्त र अमूर्त, सजीव र निर्जीव आदि आधारमा पनि वर्गीकरण गरेको पाइन्छ । नामलाई जसरी र जुन प्रकारले वर्गीकरण गरिए पनि आखिर तात्पर्य एकै–एकै हो ।
मगर पाङमा के–कस्ता नाम शब्दहरू रहेका छन् । मगर पाङका नाम शब्दहरूको संक्षिप्त नमूना तल प्रस्तु गरिएको छ –
काः – कुकुर खस¥या – खर्से, कक्कड, तमाखु
काःजा –छाउरो खार – वीर्य
काःमा – कुकुर्नी खासो –खकार, खोकी
खेपा – पुरुष खिल – खिल ÷किलो
खेपा जा – छोरा खींप –खीप
गम –माटो खुपिल्ता –खोपिल्टो
गम जा – घ्याम्पो खोर –खोर
गम पइ –गमला खोरासन – खुर्सानी
गमस्या – मसिनो माटो गगता –गगटो
गुल्याली –गुलेली गागरी – गाग्री
गेदा – गेडा गाजुल – काजल÷ गाजल
गोजर – कनसुत्लो गास्या – गाँसे÷शरणार्थी
गोथो – गोठ गित –गीत
घङगारु – घङारु गरुबा– गुरु
घुर. रा – बाबियो÷ घुर्रो ÷ खर जिउ – शरीर ÷ ज्यान
घोदा –घुँडा जिउदा –जिउँदो
घोगा – घुँगो (मकैको) जिज्यू – जिजु बुबा
घोरो – घोडो जिज्यूनी – जिजु मुमा
घोरा लास –तबेला जुथः – जुठो ÷ फोहोर
चुःला – चुलो ÷अँगेनु जुरः – ढुङ्गो
चेत. – छल–छल जुर पल्याता– सिलौटो
छाप.रा – झुपडी जुरेजुर – ढुङ्गैढुङ्गा
जुगू – युग
छा.न्या – छानु÷छानो जोर्नी – आँख्लो
जवाफ – जवाफ तरब¥या –तरबरे ÷ धेरै बोल्ने
जस – जस
जल. – ताउलो
चरिफाइँ – छाहारे ÷मृगी रोग
चाकः –चाक÷ढेल तांक – टाक
चाहा – अभिलाषा÷इच्छा तांद – टौवा
छोकरा –जाँड तांबा – ताबो
छो¥या – छोरो ताकुरा – टाकुरो
तादा – टाढा ताराः – तारो ÷ निशाना
जिथु – जेठान तिंबर – टिमुर
जुराप – मजा (स्थानीय भाषिकामा मोजालाई जुराप भनिन्छ)
जेथा – जेठो तिकरा – तिघ्रा ÷ पिंडौला
जेथी – जेठी तिखर–बलियो (स्थानीय भाषिकामा तिक्खर भनिन्छ)
जेम – यम ÷ यमराज तुसुरा– तुषरो
जैसी – ज्योतिषी थान – थान÷मन्दिर
झाङकरी – झाँक्री थाङ्ना – थाङ्ग्रा
झान – परिवार थापला – थाप्लो
झारा – झारा थाम्का थुम्की – थुम्का थुम्की
झिलूःङ्गा – झिल्को थारी – बाँझी
झीर – झीर थिती – चलन
.झी –पिसाब थिर.रो – दह्रो÷ठिहि¥याउँदो
झुमरा – झुम्रो दह – पोखरी
थुतुना. – थुतुनो ÷ चोचो÷ ओठ दास –डाँस
थुन्तुरी – लिङ्ग÷तुतुरी दाजिउ – दाजु
थुम्का –डाँडो दादर – दादुरा
थेका –ठेकी दादु – डाँडु
दखिन –दक्षिण दाना– अनाज
दमार – जङ्गल धुदी – हुस्सु
दर्ला –डल्लो धुस – ध्वाँसो
दर्बिलो –गहु्रङ्गो धुत – झूट
नाङगली– नाङ्लो ÷सुपो धुप – धूप
नाङ्ग्याउ – नाङ्गे धूर –धूर (कुकुर धपाउने शब्द)
नारा –नारा धोक –धोका
नाना – दिदी पगरी – फेटा ÷पगरी
धजा – धजा पछेंऊ – पश्चिम
धतङ्गा – केही काम नभएको, लठ्ठू पछेंवरा –पछ्यौरा
धन –धन पसेंव – पसीना
धनसार – अन्न राख्ने ठाउँ पहर – पहरो
धागा – धागो पहल्या – पहलमान
धाचा – नमूना ÷ढाँचा पाङ – भाषा÷कथन÷वचन
धा¥या – धारिलो पातर – रण्डो
धान – धान पाथा –पाठो
धिलो –दिलो फन्दालो – घुमाउरो
पादा –पाडो फरासिलो – फरासिलो, सरल
पिंपल – पीपल फाँंदो – फाँडो
पित्तर – पितृ÷कुल फिलुङ्गा – फिलुङ्गो
पिरि –वंश ÷पुस्ता फुबू – फूपू
पुन्नी –पूर्णिमा बजरथेङ्गा – त्रिशुल
पुरांदो – पुरानो बगर – बगर
पुरुस – हंस÷प्राण बगाल – बथान
प्याला –प्याला बतास –बतास
बाचा – कबूल÷वाचा बर्खा – वर्षा
बाफ – बाफ बिरवा – बिरुवा
बाला –बाला बिरालु – बिरालो
बासमती – पुदिना भुतुन – घिउ ÷भुटुन
बासि – बासी भुनदूक – बन्दुक
बिचेत – बेहोरश भोङकरा– झोक्रो÷गला
बिसाउना – बिसौनी भोङकर– भोकर
बिसोर– बिसुर मकरा –माकुरो
बिह्या – विवाह मकै – मकै
बरगत – औकात मतिङरा – मट्याङ्ग्रो
बार – बार मद – रक्सी ÷मदिरा
बास – छाप्रो मन्जर – मयुर
बूःलिउ – पागल मन्दुरु – मधौरु ÷ बिरामी
बैनी – बहिनी मल – मल
माया – माया
बोका – बोका मुत्का –मुड्की
बोकोला – बोक्रो मुराली – मुरली
व्यावला – बेहुला मूःधा –मूढो
भकल – भाकल मैना – महिना ÷ मास
भगवान् – भगवान् मोरालीः– बाँसुरी ÷ मुरली
भङगिरा – भँगेरो मोःङ्गो–महङ्गो
भतांसै – भटमास मोःरो– मुर्दा
भल – बाढी राप – राप÷ताप
भाङ्ग्रो – भाङो राम – मेला
भुंचाल – भुँइचालो रामभेंदा – गोलभेंडा
भुंन्या – भूँडे राल – ¥याल
रङ्ग –रङ्ग रिथा – रिठो
रतवा – रतुवा रिस – रिस ÷ झोंक
रह – दह ÷ पोखरी रीःपा – सेपिलो ÷ ओसिलो
रांका –राँको रेला – रेलो
रादी – राँडी सातो – सातो ÷ हंस
राग – स्वर ÷राग
राङ्ग्या – राङ्गे सायत – साइत
लपता – लपेटा ÷हत्केला साल –साल
लाता – लाटो सास्तर – कथा
लाहो¥या – लाहुरे ÷ सैनिक सा.रो – चाम्रो
लिङ्ग – बाँसको लिङ्गो ÷ खम्बा सिथ – शीत
लिहु –काई ÷लेऊ सिन्कि – गुन्द्रुक
लुभी – लोभी (विशेषण) सोगोलो – सग्लो (वि.)
लेंद्या – लेडे ÷ हठी÷ ढिपिवाल (विशेषण) सोङ्गो – सस्तो (वि.)
लेतो – लिटो सोर – खबर
सङ्गार – सङार ÷ चौकोस स्याउला –पातपतिङ्गर
सङ्रात – संक्रान्ति ÷ सकराट (स्थानीय मगर भाषिका) स्याकी –घमण्डी (वि.)
सङ्खचकर –औंठाको छाप जल –पानी
सतब्यू – सतबिउ हक – हक
सन – ऊन हत्यार – हतियार
सनसार – संसार हल – जोडा
सपत – आवाज हलिद – बेसार
समन्द्र –समुन्द्र हार –माला
सरज्याउ – लेखक ÷ सर्जक साइँदवा – ज्यानमारा
सर्ग – स्वर्ग साखा – पूर्खा
सल्ला – सल्लाह साता – सप्ताह
सहन –सनई साचो –साँचो
साँदा – साँढे
साँबल – आयु
साङगल – साङ्लो

माथि उल्लिखित नाम तथा एकाध विशेषण शब्दहरू प्रस्तुत इलाकाका ‘मगर पाङ’ वक्ताहरूका मात्र नभई मातृभाषाका रुपमा नेपाली बोल्नेहरूका पनि साझा पदहरू हुन् । प्रस्तुत पदहरू मगर जनजिब्रोमा अधिक र बाहुन तथा क्षेत्रीका जनजिब्रोमा केही कम रुपमा प्रयोग भएको पाइन्छ । माथि साभारित एक दुईवटा छाडी प्रायः सबै शब्दहरू नेपाली भाषासँग मिल्दाजुल्दा देखिन्छन् । प्रस्तुत शब्दहरूमा उच्चारण तथा ध्वनिताŒिवक आधारमा मात्र मानक नेपालीसँग विभेद देखा परे पनि अर्थताŒिवक रुपमा समान छन् । माथि साभारित नाम शब्दहरूको अध्ययनबाट स्थानीय नेपाली सामाजिक भाषिकामा मगर पाङको प्रशस्तै प्रभाव परेको छ भन्ने जानकारी एकातर्फ पाइन्छ भने अर्कातर्फ नेपाली भाषाका शब्दहरू मगर पाङमा प्रशस्तै उपयोग भएका छन् र मगर पाङमा भाषिक आगमन नेपाली तथा संस्कृतबाट प्रशस्तै भएको छ भन्ने जानकारी पनि मिल्दछ ।

४.२. मगर पाङका केही सार्वनामिक शब्दहरूः
नामको सट्टामा प्रयोग भई नामकै समानार्थी भएर कुनै व्यक्ति, वस्तु वा स्थानलाई सङ्केत गर्ने पदलाई सर्वनाम भनिन्छ । सर्वनामले स्वतन्त्र रुपमा प्रयोग हुँदा कुनै निश्चित वा लक्षित वस्तुलाई सङ्केत गर्न सक्तैन । सर्वनाम पद नामको सट्टामा प्रयोग गरिने सट्टे नाम हो । सर्वनाम पदले वाक्यमा प्रयोग हुँदा पूर्वप्रसङ्गमा व्यक्त नाम शब्दको पुनरुक्तिलाई निवारण गरी नामको समानार्थी भई केही वस्तु, भाव, अवस्था वा स्थानलाई सङ्केत गर्दछ । ‘मगर पाङ’ मा निम्न लिखित सर्वनाम पदहरू रहेका छन् ।

पुरुषवाचक सर्वनामः
वक्ता, श्रोता र विषयबोधक सर्वनाम पद पुरुषवाचक सर्वनामपद हो । ‘मगर पाङ’ मा प्रथम, द्वितीय र तृतीय पुरुषबोधक सर्वनाम पद निम्नानुसारका रहेका छन् ।
प्रथम पुरुषबोधक
ङाः –म गिन् – हामी दुई गे – हामीहरू

द्वितीय पुरुषबोधक –
नङ÷नँ–तँ जिन् – तिमी दुई जे – तिमीहरू
नङ् – तिमी जे – तपाईं

तृतीय पुरुषबोधक
होए – ऊ होः नि÷ निँ – उनी दुई हो – र ÷ या – उनीहरू
नका – उनी ओयाङ – उहाँ

दर्शक सर्वनाम
नजिक वा टाढाको वस्तुलाई सङ्केत गर्न प्रयोग गरिने सार्वनामिक पद दर्शक सर्वनाम हो । ‘मगर पाङमा दर्शक सर्वनाम निम्नाङ्कित छन् –
समीपवाचक दूरवाचक
इका – यो ÷ यिनी हुका – त्यो
इङ – यहाँ नका – तिनी ÷ती
नकाङ – तिनीहरू
हो.ङ –उहांँ
सम्बन्धबाचक सर्वनाम
वाक्यमा प्रयुक्त उपवाक्यहरूको सम्बन्ध स्थापित गराउने सर्वनाम पद सम्बन्धबाचक सर्वनाम हो । मगर पाङमा यस खालका सर्वनाम निम्नलिखित छन् ।
निश्चयवाचक – यसले ज्ञात वा निश्चित व्यक्ति वा वस्तुलाई अथवा तिनको मात्रलाई जनाउँछ । (शर्माः ८५ः २०५४)
जोः – जे÷जुन

अनिश्चयवाचक – यसले अज्ञात वा अनिश्चित व्यक्ति वा वस्तुलाई अथवा तिनको अवस्थालाई जनाउँछ । (शर्माः पूर्ववत्)
कोभा–ज– जोसुकै÷ जेसुकै

प्रश्नवाचक सर्वनाम–
कुनै व्यक्ति, वस्तु, स्थान, भाव वा अवस्थाका बारेमा प्रश्न, सोधनी गर्ने पद प्रश्नवाचक सर्वनाम
हो । मगर पाङका प्रश्नवाचक सर्वनाम पद निम्न लिखित रहेका छन् ।
काता – के
सु÷ कोचै – को
काङकाउ – कुन
काङ्का – कुन
तोबोवा – केही÷कुनै
माथि उल्लिखित सर्वनाम पदहरूको अध्ययन गर्दा मगर पाङ’मा आफ्नै मौलिक प्रकृतिका सर्वनाम पदहरू रहेको जानकारी मिल्दछ । मगर पाङका सर्वनाम पदहरू क्रिया र नामपदावली झैं नेपाली भाषासँग मिल्दा जुल्दा खालका देखा पर्देनन् ।
मगर पाङमा संस्कृत भाषामा झैं तीन खालका वचनहरू रहेका छन् । नेपाली र अङ्ग्रेजीमा वचन २ किसिमका हुन्छन् । माथि पुरुषबाचक सर्वनाम पदमा मगर पाङका तीनवटै वचनका पुरुषवाचक सर्वनाम पद दिइएका छन् ।

४.३ मगर पाङका केही विशेषणबोधक शब्दहरू
वाक्यमा प्रयोग भएका नामिक (नाम,सर्वनाम) पदहहरूको गुण, दोष, अवस्था, रीति, स्थिति जस्ता विशेषता बताउने पद विशेषण हुन् । मगर पाङमा निम्नलिखित विशेषण पद रहेका छन् ।

गुणबाचक विशेषण
विशेश (नामिक) पदको कुन कस्तो, कत्रो आदि विशेषता बताउने शब्दलाई गुणवाचक विशेषण भनिन्छ । (शर्माः ८७;२०५४) मगर पाङका गुणवाचक विशेषण निम्न लिखित रहेका छन् ।

अखत्याव – गाह्रो एलएलो – लेसाइलो
अछनद्यालो –उत्ताउलो एम एम किउ – समथर
अजइः चावो – झन् राम्रो ओ.एन मालेउ – बिरोजगार ।
अनाः गल – व्यर्थ ओतर्नु– माथिल्लो
अग्र्यालो – उल्टो ओतेल –बाँकी
अबिजाले –बदमास आखरलु –समझदार
ओहाप जावो –डरलाग्दो आजै चाउ – झन् राम्रो
ओयाः ए ओपङगैवो –कुरौटे आम्ना न चुम्ना –इन्तु न चिन्तु
कचकचः बूःव – सिकुटे इसिक – झगडालु
कनकनो – कसिएको उखुलु – अपाङ्ग
उगुल्याउ – टर्राे कन्ध्यालो – कुप्रो
कूइः स्याउ – एकलकाटे उर्चिम –सेपिलो
खावो – साह्रो उर्जिङ – गहिरो
खेम्पा – लामो गलां – तेर्साे
उपिङ – हरियो
गिन्दी – अल्छी
उफाङ्ग्या – अविवाहित गिलो – छिटो
उल्त्यावो – उल्टो गूबो – खदिलो, ठोस, भित्री कुरो
उसी माङरो – गन्धहीन गोङ – ठाडो
उस्या – उसिना घन्किउ – जाती
उरीः काःन कानो – फोहोरी घराँ – लडाकू
ऊघुरिक – भद्र घेपा – ठूलो
ऊवो – गर्मी घ्यामो –रातो
ंघ्यावो – निष्ठुरी धेमो – होचो
ङन्याङ कुरौटे प. रिवो – शिक्षित
चिर पचयाङो – कुरौटे पलाङो – गोरो
चिरिव – गिलो पाको – अनुभवी
चुमचुमो – अँध्यारो फरासिलो – मिलनसार ÷ फरासिलो
छन्चन्दिवो – बदमास ÷छचन्नाएको फन्दालो –घुमाउरो ÷फएँरो
छदवा – छाडा फर्दङ – बेकूफ
छया लेव – निकै सानो बजरावो – ठूलो
छ्यामो – निरस बाइसी – छुल्याहा
छयोँ – सङ्लो भकन्याव – मोटोघाटो
छानो – सफा भसारी – अल्छी
छिङ्तु – पछिल्लो भिराल्यावो – ओरालो
छेरो – चिसो भुंन्या – भुँडे
छेए छेए –भयङ्ककर मखन्दी – अटेरी
छे.छ.ङपसिउ – भव्य छैं छैंवो–सङलो
मजुक्क – घना ÷ मुजुक्क छैंवो – सफा
याःच¥या – कुरौटे छोङो – तीखो युःफ्या –पदुवा
चम्कीउ – सुन्दरी रुःङो – बाक्लो
युप¥या – पदुवा यु प¥या – पदुवा
जहलांदौ – तन्नेरी
जिउंदा –जिउँदो लुभी –लोभी
थ – ठाडो सरबा – बिल्कुलै
थ च्यांसीवो – भिरालो स्यामसिम – सुनसान
थाङना – झुत्रो .जगजगो – चम्किलो
थारी –बाँझी .िजमा – सानो
धतङगा – लम्फू÷ धतङ्गा .ज्याज्वावो –टिलिक्क


सङ्ख्यावाचक विशेषण
नामिक पद वा विशेष्यको कति वा सङ्ख्यात्मक विशेषता जनाउने पदलाई सङख्यावाचक विशेषण भनिन्छ । ‘मगर पाङ’ का निम्नानुसारका केही सङ्ख्यावाचक विशेषण रहेका छन् ।
तोबो – एक
नेंः बोलो – दुई
सोः मोलो – तीन
अप्जी –चार
अर्ङा – पाँच
तगव – एक अंगुल
बागाप –कुरेत
तझ्र्या – एक बित्ता
तुमुदिः – एक मूठी
तुगुङ – एक हातको नाप
दस् –दस
तबर – हजार

परिमाणवाचक विशेषण
नामिक पद वा विशेष्यको कति परिमाण या नाप तौल भन्ने विशेषता बताउने पदलाई परिमाणबोधक विशेषण भनिन्छ । मगर पाङका केही परिमाणबोधक विशेषण निम्नानुसार रहेका छन्–समसम– बराबर
लेउमालेउ – अत्याधिक
फकस्योल –प्रशस्त
पार – सबै
तोचोव – अलिकति
जामा – अलिकति
छ्या ज – अलिकति
चौमाखा – अत्याधिक
गन्था – धेरै

सार्वनामिक विशेषण
विशेष्य पदको अगाडि आई त्यसको विशेषता बताउने सर्वनाम पदलाई सार्वनामिक विशेषण भनिन्छ । मगर पाङका केही सार्वनामिक विशेषण निम्नानुसारका रहेका छन् ।
अध्यालो – यत्रो जो – जे
आखरा – यति पाइँ–ज – जो कोही
आव – यो कोभा–ज–जोसुकै
आजिरु – यस्तो आँ ज – यति
जोः मित्याउ तदिमनि– जस्तोसुकै इताउ – यस्तो माःति – जस्तै खालेका – कति
मिन – जस
मिताउ – जस्तो सिङार –जस
काता – के यन् ताउ – जस
काङकाउ – कुन जोः जै द – जसरी
सु – कुन मित्याउ – जस्तो
कोचै – कुन

माथि साभारित विशेषण पदहरूको विश्लेषण गर्दा मगर पाङमा आफ्नै मौलिक खालका विशेषण शब्दहरू रहेको जानकारी मिल्दछ । माथि उल्लिखित विशेषण शब्दहरूको अध्ययनबाट मगर पाङमा क्रियावाची र नामिक शब्दमा झैं विशेषण पदमा नेपाली भाषाको त्यति साह्रो प्रभाव परेको देखापर्दैन ।
मगर पाङमा सङ्ख्यावाचक शब्दहरू उपलब्ध हुन सकेका छ्रैनन् । एकदेखि पाँचसम्मका शब्दहरू मात्र मगर पाङमा मौलिक रुपमा उपलब्ध भए । मगर पाङमा संख्यावाचक शब्द नै नभएका होइनन् तर नेपाली भाषाका संख्यावाचक शब्दहरूले व्यवहार चलाउँदै गर्दा अहिलेसम्म आइपुग्दा मगर पाङका संख्यावाचक शब्द प्रायः लोप हुने अवस्थामा आइपुगेका छन् भने कतिपय लोप पनि भैसकेको छन् ।

४.४. मगर पाङका केही अव्यय शब्दहरू
जुन शब्दको अघि वा पछिल्तिर उपसर्ग वा प्रत्यय थपेर विविध रुपमा परिवर्तन गर्न मिल्दैन त्यस्ता वर्गका शब्दलाई अव्यय भनिन्छ । अव्यय पदहरूको रुप परिवर्तन हुँदैन । अव्यय पदलाई लिङ्ग, वचन, पुरुष, आदर, काल, पक्ष, वाच्य, अर्थ, कारक, विभक्ति आदिका आधारमा परिवर्तन गर्न मिल्दैन । मगर पाङका केही अव्यय शब्दहरू तल दिइएका छन् –
अम्त –माथि ऐदे – यता
आदा –यता ऐज –त्यस्तै, सित्तै, बेकार
आछिमपाति – अचेल ओछेउ ओदामक – छेउछाउमा
आदाङुदा – यतापट्टि ओछङनी – पछाडिबाट
आधारिल –मध्यरात ओदाक –बेलुकी
आनिहुनि – वरिपरि ओ.मल च्यानी –अकस्मात्
आनि –यताबाट खेपसार –छिनछिन
आफत –यतातिर गाङगोङ –यताउता
आर्ख – अहिले घारोसिद – मिलिजुली
आर्ख तधेसक – केही बेर पछि छुतुङो – अन्यत्र
आल – यहाँ छुरकुघा – यताउति
आलकाचा –त्यसै, व्यर्थै जाङ – अझ
आसकै – अलि यता जिङ्ल – भित्र
उपरा पापरा – भकाभक जुङल भित्र
एको¥या – सधैं जोङ – जहाँ
एमबैत – हिड्दा– हिड्दै जोङकोङ – जहाँकहीं
ऐ – यस्तरी झसुमुसु – झिसमिसे
ऐजैद – यस प्रकारले तफत – एकातिर
तोचोइ – एकपटक सगसग –यत्रतत्र
तोरतोरो –निथु्रक्क सज.स– आरामपूर्वक
थन्दन –ठिङग सिप – साथ
धुङदा – मुनि सिपसिप– स–सँगै
धीःता – ओहो नक– त्यहाँ
नकसै – अलिपर नङः –त्यहाँ
नत्त – त्यसमाथि नतिनी – त्यहाँदेखि
नदा – त्यतैतिर पाइँःदा –जताततै
पाता.क – भरेपछि पाना –बित्तिकै
फरि –फेरि बल्ल – मुस्किलसँग
भर .ज – हालै भाः भाः –भर्खर
भाःक – उहिले भाःज –भर्खरै
भाराम भोरम – मिलिजुली मेफत – मुन्तिर
मेल –तल या – ओहो

माथि साभार गरिएका अव्यय पदहरूको अध्ययन गर्दा मगर पाङमा आफ्नै मौलिक प्रकृतिका अव्यय पदहरू रहेको जानकारी मिल्दछ । मगर पाङमा प्रयुक्त ‘आनि’ पद स्थानीय नेपाली भाषिकामा निम्न रुपले ‘म ता जान्नँ आनि’ थेगोका रुपमा प्रयोग गरिन्छ । त्यस्तै माथि साभारित झुसुमुसु, तोरतोरो, या, सगसग, सिपसिप जस्ता अव्यय पद पनि स्थानीय सामाजिक नेपाली भाषिकामा प्रयोग भएको पाइन्छ ।
मगर पाङका केही अनुकरणात्मक शब्दहरू
सजीव वा निर्जीव वस्तुको गति वा चालका आधारमा त्यसै अनुरुप निर्माण गरिने शब्दलाई अनुकरणात्मक शब्द भनिन्छ । नेपाली भाषा अनुकरणात्मक शब्द भण्डारले समृद्ध छ । मगर पाङमा पनि त्यस्ता खाले अनुकरणात्मक शब्दहरू पाइन्छन् । मगर पाङका केही अनुकरणात्मक शब्दहरू तल प्रस्तुत गरिएको छ ।
आम्ना न थुम्ना – इन्तु न चिन्तु
आलाप उलुप जैन्या –छकाउनु
आल्च्या उल्ची तान्या – थाक्नु
कत्तभुत्त जैन्या – सताउनु
करिङ करिङ गू.न्या – थरथरी काम्नु
करे. केरेस – भोक भोकै
कले कले खिवो – ख्याउटे
कलेङ तोवो –कक्रक्क
क.न कनो – कसिएको
कङ चेलोलो जैन्या – खुट्टा पसार्नु
काका सोसोव – उट्पट्याङ
काख्याम कुखिम तान्या – लजाउनु
काङल्याङ कुङलिङो – घुँगुरो
कायाप कुइप तान्या –सर्लक्क घट्नु
काराप कुरुप कैन्या – क¥याम कुरुम चपाउनु
कोघेकोघे बान्या – बरालिनु
कोतो कोतो जैन्या – घच्घचाउनु
क्याःप क्याःप लिन्या – बाझ्नु÷झगडा गर्नु
खङ्रिङ छे.न्या – खङ.्ग्रङ्ग तर्सनु
खरखर दार्सिन्या –परपराएको महसुस हुनु
खरङ्गा – खरङगा (घण्टी बज्ने तरिका)
खरासिन्या – खरासिनु
खलल बगिन्या – सलल बग्नु
खसखस चोन्या – भकभक उम्लनु
खः रीन्या –खरिनु
खारलाक खरलक – खार्लाप खुर्लुप÷ दुरुस्तै, उस्तै
खाराङ खोरङ – सोहोर–साहार ÷सोर –सार
खालजाङ खलजङो – ढुङ्गै ढुङ्गाको ÷ ढुङ्गेनी
खास खुस्या – खासखुस
खासाक खुसुक – खासाक खुसुक÷ सुटुक्क
खुइँकिनान्या – दुगुर्नु÷ खुइक्किनु
खुसखुस पाङन्या – कानेखुशी गर्नु
ख्वास्स पसिन्या – ख्वास्स, अचानक पस्नु
गर्जिन्या –गर्जिनु
गाङ्ल्या गुङुली –घुमाउरो
घाइगुइ मालेद – सुटुक्क
ङाराङ ङोरोङ तान्या – सञ्चो हुनु
चगै चगै साःन्या –मुसुमुसु हाँस्नु
चङचङ बङबङ लिन्या – चनाखो हुनु
चङचङ बङबङो – चल्दोबल्दो
चतपतिन्या –छट्पटाउनु
चरचर लिन्या – बकबक गर्नु
चराङरोइ तान्या – बर्बराउनु
चापचाप ख्यान्या – आच्छु, आच्छु पार्नु ÷ चापाचाप पार्नु
चाबचाब चोबचोबो –चकचके
चराप चोरोप केउःन्या –चाराप चुरुप पक्डनु
चिउला चिउली – टुक्राटाक्री
चितल्याउ पुतल्याउ – थोप्ले
चिरचिर किन्या – चिच्याउनु
छर्लङ –छर्लङ्ग
छपक – छपक्क
झपल्याक दैसिन्या – जम्काभेट
झारजुर – झारझुर
झापजुप –झ्यापझुप
झोङ्सिन्या –तरखराउनु
झ्¥याल्सिन्या – तरखराउनु
तल्कैन्या –टल्काउनु
तातातोते – अलमल
ताना कु ताना – ताँती का ताँती
ताप तप – झ्याप्प
तोन्देरे – अड्को
तोबो नास्याउ – उस्ताउस्तै
त्याब त्याब तान्या – अभाव हुनु
थपक –थपक्क
थरथर –थरथरी
थिर. रो – दह्रो÷ठिहि¥याउँदो
धङ्गमङ्ग – ढलपल
ध्या¥या धिरि – अस्पष्ट
स्यासरा सिसरी– सिमसिमे
नारकुली बिरकुली –चकचके
नासिङ बुरुङ – उथुलपुथुल
पतपत – पतपत ÷ फतफत÷ बेस्सरी
पत्तेबल – कुलेलम
पातारा पुतुरु – झ्याट्ट झुट्ट
पातापत – टुक्राटुक्रा
पात्याङ पतिङ – हानाहान
पाःम पाःम तान्या – थुप्रिनु
पाःल्याङ पोःल्याङ .घुन्र्या – जुरुक्क बोक्नु
पोएम पोएम – ढक्ढुक्
फलिङ फलिङ – फुर्लुङ फुर्लुङ
फासफस – फसफस÷हालेको हाल्यै
फासलाङ फुसुलुङ् –ढाटढुँट ÷ फासलाङ फुसलुङ्
फुतुुफुतु – बुरुक बुरुक÷फुतुफुतु
फेल फेल – खुरुखुरु
फ्याया फ्याया तान्या – छिन्न छिन्न लाग्नु
बजबर – बरबर
बोरोम बोरोम – हलचल भकभक
भकभक – भकभक
भद भद – भतभत
भुम भुम – थरथरी
भोप भोम – भुक्क
मुलुमुलु – टुलुटुलु
मुसुमुसु –मुसुमुसु
म्या¥या मीरी – भिसमिस
दगमग – लरवर
रुःम रुःम – गुन गुन
रेल बल्यान्या – भकभकाउनु
रेलो रेलो – छ्याल्लब्याल्ल
¥याम्या रिमि – झमक्क
लङत न मङत जैन्या – ढाँट्नु
लतपत – लतपत ÷ गड्बड
ल¥याङ ल¥याङ – ल¥याङ ल¥याङ ÷ ढल्की ढल्की
लाबलाब लुबलुबो – छटपटे
लाम लुम – गमक्क÷ लामलुम
लाला लुलु – हतपत
लेःङ लेःङ – तनक तनक
बाराक वोरक – हलचल ÷ बाराक बुरुक (स्थानीय सामाजिक नेपाली भाषिका)
वोरो वोरो – चलमल
सङसङ न धङधङ – दङ्गदास
सङसङ न बङबङो –अशिष्ट (उखान)
समगम – एकनास
सलल – सुरिलो
साङसाङ फोङ फोङो – शीतलो
सारदाप सरदप – चिटिक्क
सारनतोरन – आलोपालो
सरासर – सरासर ÷ दनादन
स्यापसिप – सबै÷ स्याप्पसिप्प
स्यामसिम – सुनसान (स्यामसिम्म साँझ प¥यो, स्थानीय नेपाली सामाजिक भाषिका)
स्यालाला सेलोलो तान्या – ओइलनु
स्यासरा सिसरी – थोपा थोपा ÷ सिर्रसिर्र
.जरङ .जरङ – जरङ्ग जरङ्ग ÷ उत्तेजित हुनु
.िजरीङ मिरीङ – झिसमिस
.जुरजुर भुर भुर – भर्भराउँदो
.ज्वाङ .ज्वाङो – चम्किलो
.ज्वा.ज्वावो – टिलिक्क
माथि मगर पाङका अनुकरणात्मक शब्दहरू दिइएका छन् । मगर पाङमा नेपाली भाषाका झैं नाम, विशेषण क्रिया र क्रियाविशेषण मूलका अनुकरणात्मक शब्दहरू पाइन्छन् । माथि उल्लिखित भदभद, भकभक, बजबर, स्यामसिम, पतपत, फसफस, ¥यामारिमि, ज्वाङज्वाङो आदि नाम वर्गका अनुकरणात्मक शब्दहरू हुन् । स्यासरा सिसरी, नारकुली बिरकुली,सलल, थिर.रो, गाङ्ल्या गुङुली आदि विशेषण वर्गका अनुकरणात्मक शब्द हुन् । त्यस्तै चतपतिन्या, चरचर लिन्या चापचाप ख्यान्या, चिरचिरकिन्या, झोङ्सिन्या, झ्यालसिन्या आदि क्रिया वर्गका अनुकरणात्मक शब्द हुन् । छर्लङ्ग, चङचङबङबङो, चगै चगै, झापझुप, कलेङ तोवो, झापजुप आदि क्रियाविशेषण वर्गका अनुकरणात्मक शब्द हुन् । मगर पाङमा क्रिया मूलका र क्रियाविशेषण वर्गका अनुकरणात्मक शब्दहरू बढी रहेको पाइन्छ । क्रियाभन्दा पनि क्रियाविशेषण मूलका अव्यय शब्दहरू अझै अधिक रुपमा रहेका छन् । यो प्रवृत्ति नेपाली भाषामा पनि पाइन्छ ।

४.५. उच्चार्यगत ध्वनि साम्य तथा वैषम्यताका आधारमा मगर पाङका शब्दहरू
एउटै शब्दले उच्चारणगत ध्वनि साम्य तथा वैषम्यका आधारमा विभिन्न सन्दर्भ तथा परिवेशमा भिन्न अर्थबोध गराउने गर्दछ । शब्दमा प्रयुक्त ध्वनिको हृस्वीकरण, दीर्घीकरण, महाप्रणात्व तथा व्यतिरेकीका आधारमा एउटै शब्दले भिन्न –भिन्न अर्थबोध गराउन सक्दछ । एउटै शब्दले दुई वा सोभन्दा बढी अर्थबोध गराउँछ भने त्यस्तो शब्दलाई अनेकार्थी शब्द भनिन्छ । नेपाली भाषामा यस्ता शब्दहरू प्रशस्तै पाइन्छन् । मगर पाङमा पनि यस्ता शब्द भेटिन्छन् । नेपाली र मगर पाङमा एउटा के विभिन्नता पाइएको छ भने नेपाली भाषामा शब्दमा प्रयुक्त ध्वनिको ह्रस्वीकरण, दीर्घीकरण, महाप्राणत्व तथा व्यतिरेकीले शब्दको अर्थमा विभिन्नता ल्याउने प्रवृत्ति कमै पाइन्छ तर मगर पाङमा यस्तो खाले प्रवृत्ति प्रशस्त रुपमा देखापर्दछ । मगर पाङमा दीर्घ (.), अति दीर्घ (ः), महाप्राणत्व (ं), व्यतिरेकी () र हलन्त्य वा आधा अक्षरको प्रयोगले अर्थमा विभिन्नता आउने केही शब्दहरू तल प्रस्तुत छन्–

पदमध्यमा थपिन आउने वा परिवर्तित हलन्त्य वर्णको प्रयोगद्वारा शब्दको अर्थमा पाइने भिन्नताका उदाहरण
काप्च्या –बाज जन्न्या – बौरिनु
काप्न्या – टिप्नु ङरन्या – सुँघ्नु
किन्या – टिप्नु जल्न्या – पाक्नु
किल्न्या – बटार्नु ज्यान्या – गाली गर्नु
कुचर – लोभी ज्यान्न्या – ऐंचनु ÷दबाब पार्नु
कुच्चर – कचुर थिन्न्या – खाद्नु
केन्या –पुग्नु थिःन्या –घस्नु
केप्न्या – राख्नु दुब्न्या – बटुल्नु
खरन्या– झान्नु, दुम्न्या – जम्मा गर्नु
खरङ्न्या – सेकाउनु धूप्न्या – हिर्काउनु
खारन्या – तुर्नू÷ सिध्याउनु धूम्न्या – ठोस्नु
खान्र्या – मासु अहलाउनु फिन्न्या –पकाउनु
घान्या – डढ्नु ङन्र्या –सुँध्नु फिन्न्या – पकाउनु
घाप्न्या – नाघ्नु फिन्या –चल्नु
ङन्र्या – सुँघ्नु मीःन्या – बिर्सनु
च.न्या – चप्काउनु मीःन्न्या – पाक्नु
चःम्न्या – टुक्राउनु यान्न्या – झिक्नु
चुन्न्या – रोज्नु याःन्या – दिनु, टक्रयाउनु
चु.ल्न्या – ठोस्नु

दीर्घ, अतिदीर्घ (ः) महाप्रणत्व () तथा व्यतिरेकी उच्चारणद्वारा शब्दको अर्थमा देखिने विभिन्नताका नमूनाहरू

ओर्ना – उसको कान कब्न्या – च्याप्नु कुन्या – पुत्ताउनु
ओर्नाः चोक्टा क.न्या – बिर्काे÷लाउनु कुन्या ः – चोर्नु
एन्न्या – खौरनु क.ब्न्या – च्याप्नु केन्या – पुग्नु
एन्या – दिनु कप्न्या– ढाक्नु केःन्या –भाँच्नु
एल्न्या –निफन्नु का – पित्त, किन्या – टिप्नु
कप्न्या – ढाक्नु काः – कुकुर किन्या –बाँध्नु
खा – कति खोलेन्या – सोध्नु गांदा – चेपा गाडा
खाः –कसिङ्गर खोले.न्या – खकाल्नु गांदा. – गाँड
गाः – आवाज गुन्या – कुर्नु गोङ – लेक
.गाः – बन प्याज गूःन्या – काँप्नु गोङ् – ठाडो
घो.न्या– थुङ्नु, टोक्नु ङैः – टाउको ङा – म
घोःन्या – डस्नु ङैः – साग .ङाः – माछो
चन्या –चप्काउनु चिउःन्या– चियाउनु ÷ अवलोकन गर्नु ङाःमी – खत
च.न्या–चप्काउनु ÷ टाल्नु चिऊन्या – भिज्नु ङामी – मेरो
चोन्या – उम्लनु चिःन्या – उखेल्नु ङाः – अनुहार
चो.न्या – ठटाउनु चि.न्या– च्याप्नु चेङ्न्या–चुरोट तान्नु
छेन्या – धुनु च्यारन्या – निचोर्नु चेङन्या – तान्नु
छे.न्या – डराउनु च्याः रन्या– फुत्काउनु छा. – छाक
झाःन्या – थप्नु, हाल्नु जासिन्या – लगाउनु छा – दिन
.झाःन्या – धपाउनु जा.सिन्या– कपाल धुनु छाः – आँखी
ताः घोडा झ्यान्या – अँध्यारो हुनु जि – रगत
ता – नाइँ, अहँ, भो, भयो झ्याः न्या – नाप्नु जी –मुनाल
ता – आन्द्रा तू.न्या – ठिहिरिनु झीःन्या–आँखा तिर्मिराउनु
तान्या – हुनु, व्याउनु तून्या – विष लाग्नु झीःन्या –रजस्वला हुनु
नङः – त्यहाँ थूनया – सुरु गर्नु तोमे – टुपी
नम – आकाश थो – वर्गीकरण तोमे.. – पोथी
नो – त्यो थो. – वंश धुर – वीर्य ÷ बीउ
नोः – लसुन नान्या – जानु धूर–धूर÷कुकुर धपाउने शब्द
नःम – नाम्लो नान्याः – चोर लाग्नु नङ – तिमी
तान्या – स्वीकार गर्नु नाःन्या – झोक्रिनु परिन्या – टुसाउनु
ता.न्या – हुनु, ब्याउनु धून्या – धनु परीन्या – उम्रनु
ताःन्या – भत्कनु नी. – पीप परिन्या – बटार्नु
नैं – साथी नी – बाट पलेन्या – हटाउनु,
नै – त्यस्तै पाको. – अनुभवी पले.न्या–निकाल्नु, फट्याउनु
पिःन्या – दुहुनु पाको – सातु पति – थर, बंशज
पिन्या –चुस्नु पाली – कौसी ÷बार्दली पतीः – जुका
पालि. – कचौरा पाता – चाको, पाटो
पुम्न्या – निहुरेर बस्नु पाता. – भरे,
पुल– भुस, मृगी, क्षारे रोग पैंन्या –चाहनु
पूम्न्या – ओथ्रनु पैन्या – सिकाउनु
पूःल –

धुन्या – समर्थ वा योग्य हुनु







पो – ठाउँ .पो – झ्याउ ÷ काई
पोःन्या – पिट्नु हान्नु .मूःइँन्या – फुक्न
.पोन्या –बाँध्नु .पोसीन्या – कम्मर बाँध्नु
मूइँः– ताप
मूइँ – डन्डीफोर
मुइँःन्या – तताउनु
फाःल्न्या – खोल्सिन मोःन्या – भुट्नु
मोःन्या – भुट्नु या – ओहो
मोःंन्या – लुकाउनु पोःसिन्या –पिटापिट गर्नु
मो.न्या – ओसाउनु फाःल्न्या – चल्नु
या – उनीहरू फिन्या –चल्नु
फिःन्या – उतार्नु याःन्या – दिनु, टक्रयाउनु
फुइ.न्या – हावा भर्नु .याःन्या – खानु
फुइँ.न्या – फाड्नु युः – पाद
फोःन्या – कोेरल्नु ÷ जोख्नु .यूः – बाँदर
फोःन्या – तिर्नु रङ – गला
ब्लेन्या – नास्नु रःङ – सीङ
बले.न्या – बिग्रिनु .रःङ – मुनाल
बाछ – दोष ÷ बात बाछ. – उपनाम
रा.न्या –फि.जाउनु
मःलैन्या – माड्नु मःलैन्या – मल फिंजाउनु
राः न्या – छोड्नु
रि – रात
मि – आँखा रीः –पानी
मी – मानव ÷ मानिस रिङन्या – देखिनु
मीः – आगो
रीःङन्या – बज्नु रुः मानिस
सरान्या – रंगाउनु
.रु – घुन किरो सराःन्या – तताउनु
.रुः – हड्डी सल. – चिता
रैःसीन्या – खेल्नु सलः –फट्याङ्ग्रो
.रैसीन्या – वैवाहिक सम्बन्ध गाँस्नु सल् –छेस्को
रोः – कुरा ससान्या – सुकाउनु
.रोः – एक मन्थन झरी ससाःन्या – हसाउनु
रो.न्या – लखेट्नु सा – सम्भवतः
रोःन्या – मही बनाउनु साः बल, प्राण
सारो – साह्रो, चाम्रो, कडा
¥या.न्या – चर्किनु साः रो – नयाँ
¥यान्या – कुखुरा बास बस्नु सारो – सिकिस्त
¥या – एक मानो सिल्न्या – उन्नु ÷ माझ्नु ÷ चिप्लिनु
¥याः – तिघ्रो .सिल्न्या – चस्कनु
¥या. –थारल सिःन्या – पुछ्नु ÷ बढार्नु
ला– बाघ सीःन्या – टेक्नु
ला. –काँड÷ धनुको बाण सीन्या – मर्नु
वोइन्या – फुल्नु सी – गन्ध
वोइँन्या – छेक्नु सी. निम्ठो
वोइ – पूmल सु– को
वोइः –वान्ता .सू– हड्डीभित्रको मासी
स – साथ सूः – निगालो
सः – सास सूइ.न्या – बुजो लगाई बन्द गर्नु
सइः – फुल सूइँन्या – अटाउनु
सइं – काइँयो सोचोइन्या – उठाउनु
सोचोइँन्या – ब्युझाउनु
ज्या – खानेकुरा
ज्याः – बोक्सो
मािथ मगर पाङका दीर्घ, अतिदीर्घ, महाप्राणत्व, व्यतिरेकी, हृस्वीकरण, नासिक्कीभवनले एउटै शब्दमा पनि विभिन्न अर्थबोध हुने शब्दका नमूनाहरू प्रस्तुत गरियो । नेपाली भाषामा ह्रस्वीकरण, दीर्घीकरण, नासिक्कीभवनले शब्दको अर्थमा फरक ल्याएको पाइए पनि अतिदीर्र्र्घीकरण, महाप्राणत्वले शब्दको अर्थमा पृथक्ता ल्याएको त्यति फेला पर्दैन । मगर पाङमा यस्ता प्रवृत्तिका शब्दहरू प्रशस्तै रहेको कुरा माथिको उदाहरणले पुष्टि गर्दछ । नेपाली भाषामा नपाइने प्रस्तुत प्रवृत्ति मगर पाङको मौलिकता हो । अनि मगर पाङको अर्काे मौलिक प्रवृत्ति के पनि हो भने यस भाषामा एउटै वर्ण वा अक्षरद्वारा पनि प्रशस्त शब्दहरू निर्माण हुन्छन् । नेपाली भाषामा पनि एउटै वर्ण वा अक्षरले शब्दको भूमिका निर्वाह गरेको त पाइन्छ तर मगर पाङ झैं नेपालीमा यस्तो खाले प्रवृत्ति त्यति प्रशस्त रुपमा उपलब्ध हुन्न ।

मगर पाङका अनेकार्थक शब्दहरूः
उस्त – चीज वस्तु खर्क –कहिले
उस्त –मूल्यवान् वस्तु खर्क – खर्क, गाई भैसी चराउन प्रयोग गरिने नाङ्गो भूमि, चौर
ऐ ज – बेकार गोंइँन्या – शङ्का गर्नु
ऐज – त्यस्तै, सित्तै गोंइँन्या – दुइ माना
ओछेउ – पुछार, तल्लो भाग गोइँन्या – नाप्नु
ओछेउ – किनार, छेउ घराउँन्या – दुई माना
का – फक्रास धराउँन्या – स्थानीय
का – पित्त धाइ – नकरात्मक शब्द
को.न्या – बोक्रो सोर्नु घाइः– घाउ
कोन्या – ओधार्नु घार – बोट
ङैसीन्या – रिसाउनु घार – घ्यू राख्ने काठको भाँडो
ङैसीन्या – झ्यामिनु तील – ¥याल, थुक
चालो – केटी तील – अर्ती
चालो –नानी
तैंन्या – देखाउनु
याःन्या – थप्नु तैंन्या – बाल्नु
चाःल्न्या – छाट्नु थलिन्या – बिरामी हुनु
छान्या – चराउनु थलिन्या– थाक्नु
छान्या – चियो गर्नु थांता – बरफको ढिक्का
जोरैन्या – जोड्नु थाता – ठाँडो÷ जवान भेडो वा बोको
जोरैन्या – कमाउनु, जोर्नु दाङ – सल्लो
झाला – ढोका दाङ – सर्प
झाला – रुघा धल्का – मेसो
ताना – तान धल्का – मेलो
ताना – लहर धाः – झगडा
धूर – वीर्य धाः – काँढे झार
धुर – बीउ ÷ बीज .माःन्या – स्वर्गारोहण हुनु
.माःन्या – हराउनु
पले.न्या – निकाल्नु मुनाङ – किला
पले.न्या – फट्याउनु ÷ फट्टाउनु मुनाङ– बार बार्ने काठ
पाङ – भाषा मुल्का – नदी वा पानीको बेग
मुल्का – ज्वाला
पाङ – कुरा राता – कुमार
पाङ – वचन, कथन
पाता – पाटो रांता – राँटो
पाता – तानमा बुनेको सामानको लम्बाई
रा.न्या –फिंजाउनु
पाता – चाको रा.न्या – बिस्कनु सुकाउनु
पान्या – लड्नु
पान्या – लोट्नु ÷ लड्नु लोःलान्या – टोलाउनु ÷ लोलाउनु
पोःन्या –पिट्नु
पोःन्या – हान्नु लोः लान्या – अत्तालिनु
फे – पटक
फे –कुड्का लोःलान्या – लोलाउनु÷टोलाउनु
फेरन्या – सुँइकिनु वान्न्या – फसाउनु
फेरन्या – निफल्किनुु वान्न्या – उतार्नु
फोःन्या – जोख्नु सतेन्या – झार्नु÷खसाल्नु
फोःन्या – कोरल्नु सतेन्या – होच्याउनु
बाङ – बेंसी सरन्या – सुृक्नु
बाङ – चौंर सरन्या – लेख्नु, सिर्जना गर्नु
मानिन्या – पत्याउनु सिप – दाप
मानिन्या –उत्सव मनाउनु सिप– साथ
सिम्न्या –खन्याउनु सिप – साथ
सिम्न्या – भर्नु
सिल्न्या – माँझ्नु
सिल्न्या – उन्नु , सिउनु
सिल्न्या – चिप्लनु
सिःन्या – पुछ्नु
सिःन्या – बढार्नु
सै – हँसाइ
सै – अथवा
सोन्या – फल्नु
सोन्या – उठ्नु
सोन्या – चिलाउनु
सोन्या – जाँड उठ्न सुरु गर्नु
सोन्या – कोक्याउनु
सोः रा – सीधा माथि वा तल
सोः रा– दिशा
.जाल्न्या –भर्नु
.जाल्न्या – हुल्नु
हाइन्या – झिक्नु
हाइन्या – पस्कनु

माथि मगर पाङका अनेकार्थक शब्दहरूको नमूना प्रस्तुत गरियो । माथि साभारित अनेकार्थक शब्दहरूको अध्ययन गर्दा मगर पाङमा नाममा भन्दा क्रियावाची शब्दमा बढी अनेकार्थी रुपहरू निर्माण गरिने प्रवृत्ति रहेको जानकारी मिल्दछ ।


५.उपसंहार

‘मगर पाङ’ नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्र्तगत अथार मगरात प्रान्तका ४० देखि ५० हजारसम्मका मानिसहरूको बोल्ने राष्ट्रिय भाषा हो । मगर पाङ आफ्नै भाषिक प्रवृत्ति भएको भोट बर्मेली वा तिब्बत चिनियाँ परिवारको भाषा हो । हङ्गेरीको मङ्ग्यार भषाासँग मिल्दोजुल्दो देखिने ‘मगर पाङ’ अथार मगरात क्षेत्रमा बसोबास गर्ने मगरहरूको मातृभाषा पनि हो । मगर पाङ कहिलेदेखि बोल्न थालियो, यसको उद्गम स्थल कुन हो ? भन्ने जस्ता ऐतिहासिक विषयवस्तुहरू अझै पनि पत्ता लाग्न सकेका छैनन् । मगर पाङको आफ्नै लिपि रहेको छ भन्ने सुनिए पनि प्रमाणिक रुपमा यसको लिपि अझै पनि प्राप्त गर्न सकिएको छैन । आफ्नै मौलिक लिपिको अभावमा मगर पाङको अध्ययन गर्दा निकै कठिनाइहरू उपलब्ध भए । ‘मगर पाङ’ नेपालको अत्यन्तै विकट विज्ञान, सञ्चार र विकासबाट पिछडिएका यातायात, विद्युत र सञ्चारसमेत नपुगेका अति दुर्गम इलाकाहरूमा बोलिने हुँदा यसका बारेमा सत्य तथ्यको खोजी गर्न निकै कठिन भयो । मगर पाङ वक्ताहरूमा युगानाकूल रुपमा चेतना नआइसकेकाले साथै सधैंभरि उपेक्षित र उत्पीडित बन्दै आइरहेकाले पनि यो भाषा र यसका वक्ताहरूको स्थिति अत्यन्तै नाजुक देखापरेको छ । नेपालको राष्ट्रिय भाषिक नीति नभैदिनु र केन्द्रीय भाषिक नीतिले यसका बारेमा चासो नराखीदिनुले मगर पाङको भविष्य त्यति समुज्वल देखापर्दैन । मगर पाङ बोलिने कुनै पनि इलाकाहरूमा आजसम्म सडक समेत पुग्न सकेको छैन । ‘मगर पाङ’ को भाषिक क्षेत्र विकासदेखि वा भनौं न्यूनत्तम विकासका पूर्वाधारदेखि यसरी पिछडिए पछि ती जाति तथा यी भाषीहरूमा कसरी आधुनिक चेतनाको आविर्भाव हुने ? कुनै पनि भाषाको समुचित विकासका लागि आधुनिक चिन्तन र वैज्ञानिक दृष्टिकोणको आवश्यकता पर्दछ तर मगर पाङ यी दुबै कुराबाट अत्यन्तै उपेक्षित बनेको देखापर्दछ । मगर पाङका बारेमा खोजी तथा अनुसन्धान गर्न पनि अत्यन्तै मुस्किल छ । ज्ञान र विज्ञानजन्य चेतना नआइसकेका, भौगोलिक रुपमा अत्यन्तै पिछडिएका, सामान्य जीवनस्तर पनि गुजार्न धौ.धौ पर्ने प्रस्तुत इलाकाहरूमा पुगेर यसको अध्ययन तथा अनुसन्धान गर्न पनि निकै कठिन छ । ‘मगर पाङ’ र यो भाषा बोलिने भूगोलको अध्ययन गर्दा यो भाषा विज्ञान र विकासदेखि विकट भौगोलिक परिवेश र पिछडिएका जातिहरूमा शरण लिइरहेको अनुभव हुन्छ । मगर पाङ यतिसम्म उपेक्षित बनेको छ कि आफ्नो बास्तविक नाम ‘मगर पाङ’ हुँदा–हुँदै यसलाई कहिले समग्रमा मगर भाषामा गाँभ्ने त कहिले खाम मगर, मगर खाम, खाम कुरा भनेर नामकरण गर्ने जस्ता कार्यहरू भएका छन् । नेपालमा बसोबास गर्ने मगर जातिहरूले बोल्ने मगर पाङ, काइके र ढूट गरी तीन खालका छुट्टाछुट्टै आफ्नै निजी प्रवृत्ति तथा पहिचान भएका भाषा छन् । अब यी तीन भाषालाई कुन आधारमा मगर भाषामा गाँभ्न सकिन्छ यो हास्यास्पद विषय हो । त्यस्तै ‘मगर पाङ’ लाई डेविड इ वाल्टर जस्ता विद्वानहरूले मगर खाम वा खाम मगर भनेर नामकरण गरिदिएका छन् । यिनैले नामकरण गरेको शब्दलाई सापटी लिंदै यिनी पछिका अनुसन्धाताले वास्तविकता नपहिल्याई कागको पछि दौड्ने प्रवृत्तिले यस भाषालाई मगर खाम र मगर पाङ भाषीहरूलाई खाम मगर भनिएको पाइन्छ । वास्तवमा ‘खाम’ शब्द समग्रमा भोट– बर्मेली भाषा समूहको साझा नाम हो । यसरी भोट – बर्मेली भाषा समूहलाई जनाउने समूहवाचककका रुपमा रहेको ‘खाम’ शब्द कसरी ‘मगर पाङ’को व्यक्तिवाचक नाम बन्न सक्छ ? अर्कातर्फ ‘खाम’ भनेको कुनै व्यक्ति वा समूहले कुनै भाषामा आफूहरूले मात्र बुझ्ने गरी निर्माण गरेको कोट वा कृत्रिम भाषा भन्ने अर्थ हुन्छ । जस्तैः नेपालीमा कसैले ‘चतैचले चभाचत चखाचइस्” भन्ने वाक्य निर्माण ग¥यो भने यसलाई खाम शब्दले सम्बोधन गरिन्छ । मगर पाङ त त्यस्तो खाले भाषा हैन । यो कसैले निर्माण गरेको कृत्रिम भाषाका रुपमा विकसित भएको पनि होइन । त्यसैले वास्तविकताको खोजी गर्नुपर्ने अपरिहार्यता पनि छदै छ ।
मगर पाङको ऐतिहासिक पृष्ठभूमि खोतल्न निकै गाह्रो छ । यस भाषाका सम्बन्धमा राष्ट्रियस्तरमा कतै पनि कुनै शिलालेख, ताम्रपत्र, भोजपत्र जस्ता ऐतिहासिक सामग्री उपलब्ध हुन सकेनन् र हुन सक्ने सम्भावना पनि रहेनन् । ‘मगर पाङ’ आफ्नो इतिहास नभेटिएकोआँफै बनेर रहेको छ । यसको ऐतिहासिकता खोतल्नु अत्यन्तै जटिल छ । इतिहास पहिल्याउन कुनै गोरेटो चाहिन्छ । यस भाषाको ऐतिहासिकता पर्गेल्ने कुनै आधार नै फेला पर्दैन त्यसैले यो भाषा इतिहास नभेटिएको वर्तमानमा फेला पर्न आएको नेपालीहरूको सम्पत्ति हो भन्नुपर्ने अवस्था सिर्जना भएको छ । मगर पाङको इतिहास पहिल्याउने एउटा मात्र आधार स्थान नामकरण पाइएको छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रका अधिकांश स्थानका नामहरू र त्यस वरपरका पश्चिमाञ्चल तथा सुदूर पश्चिमाञ्चलका कतिपय स्थानको नामकरण यसै भाषासँग सम्बद्ध रहेकाले ‘मगर पाङ’ नेपाली वा खस भाषाभन्दा पनि पुरानो हो कि भन्ने अवस्था छ । ‘मगर पाङ’ मा नामकरण गरिएका स्थानहरूमा सर्वप्रथम यसै भाषाका वक्ताहरू बसे होलान् अनि यिनीहरूले ती स्थानहरूको नाम तत्–तत् स्थानको प्रवृत्तिअनुरुप आफ्नो भाषामा । नेपालका जुन–जुन स्थानका नाम मगर पाङसँग सम्बन्धित रहेको पाइएको छ ती स्थानका आदिवासी पनि मगर पाङ नै हुन् भन्ने दोस्रो आधार पनि खडा भैदिएको छ । स्थान नामकरणको आधारमा मगर पाङको अध्ययन गर्दा यो भाषा प्राचीन समयमा नेपालको पश्चिममाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलको विराट् सेरोफेरोमा बोलिने कुराको अनुमान गर्न सकिन्छ । मगर पाङ अहिले किन साँघुरो सेरोफेरोमा सङ्कुचित भयो त ? यो भाषा किन तत्–तत् क्षेत्रमा हालसम्म बोलिएन भन्दा मगर पाङका सोझा र सरल प्रवृत्तिका हुनु भएकाले साथै यिनीहरूमा आधुनिक चेतना नआउनु नेपालको भू–राजनैतिक अवस्थाले ‘एक भाषा एक देश’ नीति अख्तियारी गर्नुले मगर पाङ विस्थापित हुन पुगेको हो भन्न सकिन्छ । विगत जे–जसरी र जुन प्रकारले गुज्रिए पनि अबको नेपालको भाषिक नीतिले मगर पाङको समृद्धिका लागि यस भाषामा पाठ्यपुस्तक निर्माण, साहित्य लेखन जस्ता कार्यहरू अगाडि सार्नुपर्दछ यसका अतिरिक्त स्थानीय वा क्षेत्रीय स्तरमा सञ्चालित रेडियो, एफ.एम., पत्रपत्रिकामा सञ्चारको माध्यम पनि बनाइनु पर्दछ, साथै मगर पाङमा चलचित्र तथा, वृत्तचित्र निर्माण पनि गरिनु पर्दछ । मगर पाङ नेपालको राष्ट्रिय भाषा हो जसलाई राष्ट्रिय सम्मान दिन राष्ट्रले कुनै कञ्जुस्याइँ गर्नु हुन्न, अनि मगर पाङ वक्ताहरूमा आफ्नो मातृभाषा बोल्दा अलि पाखे भइने, अलि असभ्य बनिने भन्ने जुन संकीर्ण मानसिकता छ यसलाई पनि पूर्ण रुपमा निर्मूल पार्न मगर पाङ लगायतका नेपालका सबै राष्ट्रिय भाषालाई राष्ट्रिय सम्मान तथा गर्वको अनुभूति हुने खालका कार्यक्रम सञ्चालन गरिनुपर्छ । कुनै पनि भाषा बोल्दैमा सानो वा ठूलो भइने कुरै रहन्न । नेपाली भाषामा आवश्यक पर्ने शब्दहरू यदि विदेशी भाषाका शब्दबाट सापट लिइने गरिएको छ र नेपालका अन्य राष्ट्रिय भाषहरूले त्यसको आवश्यकतालाई परिपूर्ति गरिदिन सक्छन् भने घरको स्याऊ खान छोडी किन अर्का घरको नासपाती ताक्ने ? राष्ट्रिय भाषालाई नै राष्ट्रभाषाले आत्मसात् गर्न जान्नुपर्दछ । तबमात्र समृद्ध बहुभाषाको देश नेपाल भनेर चिनिने अर्काे आधार खडा हुन सक्छ ।
मगर पाङका क्रियावाची तथा अन्य पदवर्गीय शब्दहरू पनि आफ्नै स्वरुपका छन् । मगर पाङमा प्रयुक्त अधिक क्रिया तथा नाम शब्दहरू नेपाली भाषासँग अत्यन्तै मिल्दाजुल्दा देखिन्छन् । मगर पाङबाट नेपाली र नेपालीबाट मगर पाङ अछूतो रहन सकेका छैनन् । वास्तवमा छुट्टै भाषापरिवारका नितान्त रुपमा भिन्दै प्रवृत्ति देखापर्ने मगर पाङ र नेपाली भाषाका बीचमा यति निकटता वा दिदी–बहिनीको जस्तो सम्बन्ध देखा पर्नु आफैंमा रहस्य बनेको छ । नेपाली भाषाका क्रियामूलमा ‘नु’ थपिनु मगर पाङका क्रियामा न्या थपिनु आखिर ‘न’ ध्वनिको प्रयोग दुवैतर्फबाट भएको छ । नेपालीमा बिल्नु वा पग्लनु पाङमा बिलैन्या, त्यस्तै नेपालीका उग्लनु, चिम्लनु, छिनाल्नु, जन्माउनु जस्ता रुपहरू मगर पाङमा अगुलिन्या, चिमलिन्या, छदैन्या, जर्मैन्या भएको पाइनाले यी दुई भाषाबीच कति निकटता र कति विकटताको अवस्था छ भन्ने कुरा स्वतः जानकारी हुन्छ । मगर पाङका अधिकांश नामबाची शब्दहरू नेपाली भाषाबाटै आएका छन् । अनुकरण तथा अव्यय शब्दहरूमा समेत यो स्थिति देखापर्दछ । मगर पाङका कतिपय पित्तर, आत्मा, मद जस्ता शब्दहरू संस्कृत भाषासँग पनि मिल्दाजुल्दा देखिन्छन् । यस आधारमा पनि मगर पाङ नेपाली भाषासँग अप्रभावित छ भन्न मिल्दैन । अर्काेतर्फ नेपाली भाषाका जुर (ठूलो ढुङ्गो) चिर्काे (चट्याङ्ग) भुग्रो (अगेंनु), छाप्रो, छोप, टिमुर (तिंबर) झाक्री (झाङ्करी) झुम्रो (झुमरा) थारी (बाँझी) दमार (जङ्गल) देवथान (मन्दिर) नाङलो (नाङ्गली), नारा, नाना, (दिदी)निरस्यालो (स्वादहीन) पिंडी (पिरि) आदि शब्दहरू मगर पाङबाट आएका छन् । स्थानीय नेपाली सामाजिक भाषिकामा त मगर पाङले प्रशस्तै प्रभाव पारेको छ । विगतमा मगर पाङ बोल्ने गरेका तर कालान्तरमा आफ्नो मातृभाषा मगर पाङ भुल्न गई नेपाली भाषालाई आत्मसात् गर्नुपर्दा मगर पाङ जिब्रोले नेपाली भाषाका ट र त वर्गीय वर्णको उच्चारण तथा आदरार्थीको प्रयोगमा अन्यौलको अवस्था सिर्जना भई त्रुटि समेत गरेको पाइन्छ ।
स्थानीय सामाजिक नेपाली भाषिकाको अध्ययनबाट मगर जनजिब्रो तथा त्यसको प्रभावमा रहेको भाषिक लवजमा मगर पाङको प्रशस्त प्रभाव रहेको देखिन्छ । स्थानीय स्तरमा मातृभाषाका रुपमा नेपाली भाषालाई अपनाएको देखिए तापनि मगर जिब्रोबाट ‘पाङ’ को प्रवृत्ति अझैसम्म हट्न सकेको छैन । मातृभाषाका रुपमा मगर पाङ भुली नेपाली भाषालाई अपनाएका मगरहरूको जनजिब्रोमा मगर पाङमा प्रयोगै नहुने टवर्गीय वर्णको अधिक प्रयोग भएको पाइएको छ । स्थानीय स्तरको मगर जनजिव्रोमा प्रचलित नेपाली भाषिकामा ‘ट’ वर्गीय र ‘त’ वर्गीय वर्णहरूको विपर्यय वा विपर्यास भएको छ । ‘ट’ वर्गीय वर्णको सट्टामा त वर्गीय वर्णको उच्चारण भएको पाइनुले मगर जिव्रो ‘त’ र ‘ट’ वर्गीय वर्णको प्रयोगमा अलमल परेको जानकारी मिल्दछ । यस्तो खाले भूल स्वभाविक पनि हो । त्यस्तै मगर जनजिव्रोमा प्रचलित नेपाली भाषाको ‘ड’ ध्वनि ‘र’ मा रुपान्तरण भएको अवस्था पनि प्रशस्त भेटिन्छ । मगर पाङमा ‘ट’ वर्गीय ध्वनिको ‘ड’ वर्ण नभएकाले मातृभाषाको लवज तथा प्रभावले गर्दा यस्तो अवस्थाको सिर्जना भएको हो भनी मान्नु पर्ने अवस्था छ । तर एउटा कुरा के पनि हो भने ‘ड’ वर्णको दोहोरो प्रयोग हुँदा प्रस्तुत प्रवृत्ति देखापर्दैन । जस्तैः मानक नेपालीको डाँडु र डाँडो शब्दहरू स्थानीय मगर जिव्रोमा दारु र दाँरो वा डाँरोका रुपमा प्रयोग गरिन्छ । यहाँनेर अघिल्लो वा शब्दादिको ‘ड’ ध्वनि ‘द’ मा पछिल्ला ‘ड’ ध्वनि ‘र’ मा परिपर्तित भएको छ । ‘पाङ’ मा नेपालीमा भन्दा केही विशिष्ट प्रवृत्तिहरूरहेको देखिन्छ नेपाली जस्तै एउटै शाब्दिक संरचना भएको शब्द दीर्घीकरण हुँदा छुट्टै र महाप्राण हुँदा छुट्टै वा व्यतिरेकी अर्थबोधक भएको पाइन्छ ।
समग्रमा भन्दा मगर पाङ आफ्नै निजी वैशिष्ट्य तथा पहिचान बोकेको ेनपालको राष्ट्रिय भाषा हो । आजसम्म यस भाषाको समुचित विकास हुन सकिराखेको छैन । नेपालको नवीन भाषिक नीति निर्माण गरी यस भाषाको विकासका निम्ति भविष्यमा केही कदम चालिनेछ भन्ने कुराको अपेक्षा गरौं । यस भाषाको साहित्य पनि त्यति समृद्ध छैन । यसको अझैसम्म पनि एक भाषी शब्दकोश निर्माण तथा व्यवहारोपयोगी भाषिक पहिचान झल्काउने खालको मानक व्याकरण निर्माण हुन सकेको छैन । यस भाषामा पाठ्यपुस्तक निर्माण गर्ने कदम भने भर्खरै चालिन थालिएको छ । नेपाल र नेपालीहरूको बहुभाषिक परिचयलाई स्थायित्व दिने मगर पाङ तथा अन्य राष्ट्रिय भाषाहरूको उत्तरोत्तर प्रगतिको लागि सरकारी, निजी तथा व्यक्तिगत रुपमा प्रयासहरू चालियून् । अपेक्षा गरौं मगर पाङले आफ्नो नामलाई भोलिका दिनमा चम्काउँदै अघि बढ्ने छ ।

सन्दर्भ ग्रन्थ सूची
- अधिकारी, चन्द्रकान्त, नेपाली व्याकरणपरक शब्दकोश, गोरखा, च्यवन पुस्तकालय, २०५१ ।
- आचार्य, भानुभक्त, भानुभक्ताको रामायण, काठमाडौं, साझा प्रकाशन चौधौं सं. – २०५२ ।
- आचार्य, महेशकुमार, रोल्पा जिल्लाका खाम मगरहरूको सामाजिक संरचना (स्नातकोत्तर शोध पत्र, त्रि.वि.) काठमाडौं, २०५५ ।
-ओझा, रामनाथ र गिरी मधुसूदन, भषाविज्ञान, काठमाडौं, सनलाइट पब्लिेकसन,
२०६२ ।
- तिवारी, भोलानाथ, भाषाविज्ञान, इलाहाबाद, किताब महल, २२ सरोजनी नापडू मार्ग सन् १९९४ ।
- थापा, निर्मल, मगराँती दूर ङाकिङ, स्याङ्जा, गंंगामाया, २०५८ ।
- नेपाल मगर संघ, मगर कर्मकाण्ड, दाङ, राप्ती अञ्चल नेपाल मगर संघ कार्यदल, २०५६ ।
- नेपाली बृहत् शब्दकोश, काठमाडौं, ने.रा.प्र.प्र. पुर्नमुद्रित – २०६० ।
- न्यौपाने टंङ्कप्रसाद, भाषाविज्ञानको रुपरेखा, धरान, नेपाल बुक डिपो, २०५१ ।
- पुन, जुक्ति प्रसाद, खाम मगर पाङ–नेपाली – अंग्रेजी शब्दकोश, काठमाडौं, मगर अध्ययन केन्द्र, २०६१
- पुन मगर, टिकाराम, सआलिन्या मरु रे पोका, रोल्पा, थामासिङ बाठा मगर २०५९ ।
- पोखरेल, बालकृष्ण, राष्ट्रभाषा, काठमाडौं, साझा प्रकाशन, नवम, २०५०
- पोख्रेल लालमणि, निजी तथा आवासीय विद्यालयमा नेपाली भाषा अध्ययनको स्थिति (शास्त्री शोधपत्र, म.सं.वि.वि.) कास्की, २०६१ ।
- बन्धु, चुडामणि, भाषाविज्ञानका सम्प्रदाय, काठमाडौं, अक्षर सदन २०५३ ।
- बन्धु, चुडामणि, नेपाली भाषाको उत्पत्ति, काठमाडौं साझा प्रकाशन ।
- बूढामगर, कर्णबहादुर, नेपाली–मगर पाङ अङ्ग्रेजी शब्दकोश, काठमाडौं, अथार मगरात मगर भाषा –संस्कृति प्रतिष्ठान, २०६३ ।
- बुढामगर, बमकुमारी, पो ओल्जा छेङा, काठमाडौं, बमकुमारी बुढा, २०५५ ।
-बुढा मगर, बमकुमारी, जीतहार, काठमाडौं, बमकुमारी बुढा, २०५५ ।
- बूढा मगर, बमकुमारी, भुम्या, काठमाडौं, अथार मगरात मगर भाषा संस्कृति प्रतिष्ठान, २०६० ।
- भट्टराई, ज्ञानेश्वर, बृहत ज्ञानकोश, काठमाडौं, आशिष पुस्तक भण्डार, बीसौं सं. ०६०÷०६१
- राना मगर, सोम, लाफा मगर भाषा, काठमाडौं, लाफा परिवार, २०५४ ।
- शर्मा, मोहनराज, शब्दरचना र वर्णविन्यास, काठमाण्डौः नवीन प्रकाशन, २०५४ ।
- शर्मा, रमा, मोतीग्रन्थावली, काठमाडौं, राष्ट्रिय युवा सेवाकोष, २०४५ ।
- श्रेष्ठ, हरिबहादुर, नेपाल परिचय, वराणसी, शिवा प्रकाशन, द्वितीय, २०५२ ।
Molnar, Augusta Maupin, Flexibility And option: A study of the Dynamics of Women's Partcipation among the Khammagar of Nepal -Unpublished Thesis PHD, Submuited to university of wisconsinmadison U.S.A, 1980.

पत्रपत्रिका सूची:
ड्ड गेपो, अथार मगरात मगर भाषा – संस्कृति विकास प्रतिष्ठान रोल्पा शाखा, वर्ष – १, अंक १, २०६३ ।
रोल्पा जिल्ला एक झलक, जिल्ला विकास समितिको कार्यालय लिवाङ रोल्पा – २०६१ ।
रोल्पा जिल्लाको वस्तुगत विवरण, जि.वि.सं.को कार्यालय रोल्पा – २०६१ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 आश्वीन, 2071

लेखकका अन्य रचनाहरु