यति सजिलै चल्दैन चलाउँछु भनेर ।
जिन्दगी हो गल्दैन गलाउँछु भनेर ।
ढुँगा माथि पिपलको संघर्ष हुन्छ
माटो बिनै पनि म पलाउँछु भनेर ।
गाँउमा कसैले झुटो खबर गर्देछ
परदेशमा पैसा फलाउँछु भनेर ।
उ सलाई बोकेर निस्केको थियो
तातो घामलाई जलाउँछु भनेर ।।
ईलाम, हाल मलेशिया
प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 कार्तिक, 2071