गीत

- विनोद रोका

कसैका आँखामा पार्टीका चस्मा।
कसैका आँखामा जातिका चस्मा।।
एऊटै छ सत्य देखिन्छ फरक।
स्वर्गजस्तो धरती बन्दैछ नरक।।

शरिरमा पनि हात खुटृा हुन्छन।
फरक छन काम समानै हुन्छन।।
धरतीमा हुन्न भेदभावदको विऊ।।
दोषि छ नियत धरतीलाई निहुँ।।

आऊ मिलाऔ हात मिलाऔ पाऊ।
नछर्कौ नुन चहराएका छन घाऊ।।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 भाद्र, 2072

लेखकका अन्य रचनाहरु