गीत

- विनोद रोका

सगरमाथा ढल्नु हुन्न तराई जल्नु हुन्न।
नेपालीले नेपालीलाई कहिल्यै छल्नु हुन्न।।

शिव, सीता, बुद्धका हौ हामी छोरा छोरी।
टुटनु हुन्न भाषा, भेष, र संस्कृतीको डोरी।।
एउटा सुन्दर बगैंचाका हामी फूलका थुंगा।
किनारामा पुग्ने हाम्रो एउटौ साझा डुंगा।।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 पौष, 2072

लेखकका अन्य रचनाहरु