हेमन्त ऋतु

- मोहन सिटौला

सन्त हेमन्तको याम तातोबाट चिसो तिर
अधवैंसेहरू प्रौढ बनी हिंडे उँभो तिर

हेमन्तको चिसो वायू , निलो आकास ब्यापक
धरती धाममा निक्कै चिसो जीवन चल्दछ ।


पवन बनमा खेल्छ, सुसाउँछ सबैतिर
प्रौढ, बंैशालुका जोडा, डुलफिर निरन्तर

चिसो छ चिस्सिदो निक्कै पाठको पालना गरी
“रुई,फुई, दुई ” सारा जुटे आपस्त बेस्सरी

थाकेका मेघका माला सेता टुक्रा रुमल्ंिलदै
निरीक्षण गरी भन्छन् –”वर्षाको भेल व्यर्थ हो”
त्यसै उर्लिन्छ , कुर्लिन्छ भांैतारिएर भेलमा –
ठेलको, पेलको रेल फेल हुन्छ विमेलमा !

भोगका.तिब्रता थाक्छन् बुढौतिका स‘घारमा ।

हड्बडाएर के हुन्छ ? चल्छ स्वतन्त्र चालमा –
सृष्टिको सत्य ; देखिन्छ , दृष्टिको सूक्ष्म चेतमा,
प्राणले ममता खोज्छ , ममता पंच भूतमा–
मिल्छ ,मिल्दैन ? के हुन्छ ?प्रकाश घुम्छ लोकमा ।

कसरी घुम्छ ? थाहा छ ? थाहा छैन, तथैपनि
थाहा पाइन्छ ः के ? कस्तो ? कसरी ? कुन चालमा ?
सभ्यता, संस्कृति हाम्रो, राम्रो मनुष्य मानको
रचना रचियो ? रंगी, वहुरंगी स्वरूपको !


साधूका साधना सारा, गृहस्थि ,युध्द वीरका ,
मनीषी लेखनी चाल्ने स्रष्टा, द्रष्टा, महर्षिका ;
सबैलाई पु¥याउने,क्रिडा–भूिम वसुन्धरा –
गाथा गाउन को सक्छ ? हेमन्त –रुपको गुरु –

गमेर बस्छ गम्भीर रहस्य–रचना ब्ुाझी –
लेख्दो हो उसकै भाषा, मात्रा, भाका र छन्दमा
“पर्खिदै, आउलान्” भन्दै,“भाका बुझी बुझाउने,
रहस्य–रमिता– घुम्टो उघारेर स्वरूपको” !

चित्तले चित्र कोर्दोछ –– उम्मादका प्रमादले
डेरा जमाउ‘छन् भित्रै, विवेक लर्खराउँछ ,
ताप, सन्तापमा पर्छ अहंकार अनन्तमा !
षड्यन्त्र–शकुनि,दम्भ–दुर्योधन विलाउ‘छन् ।

युध्दले घोषणा गर्छ–“ अन्तमा युध्द हार्दछ ,
शान्तिले शान्ति ल्याऊ‘छ ,सत्यले सत्य पाउँछ—
गाउँछ सृष्टिका गीत प्रीतको लय वाँसुरी !
सिर्जना जिन्दगी आफैं,जिन्दगीमा रमाउँछ –”।

सम्झिदै ब्यर्थका माद वर्षा,बादलका दल –
सचाल मेघ लुक्दै छन् क्षितिजका किनारमा
आलोक र कला दोटा पालेबाट समातिए –

“रंग–बुट्टा भरी छाडांंै–”भन्छ प्रकाश चम्किदै ,
कुचिकार कला भन्छ –“बेस्सरी खिप्नु पर्दछ ।”
कल्पनाले सफा पंख चाली सन्देश छर्दिदा –
चल्यो चंख भई हावा मेघ–माला बतासिए ,
हतासिदै सबै भाग,े संक्रमण नयाँ भयो ।

सबै ऋतुहरू भोग्छन् दुःख सुक्ख सँधैै भरि ।
हेमन्त्तमा हरे शम्भो ! कडा ठण्डा कतै नहोस् !

तर संशयले बास किन गर्दछ चित्तमा ?
ढुक्क मानेर बस्दैन, किन छट्पटि गर्दछ ?
“महँगो जिन्दगी छैन, चीजबीज बरू हुनन् !
झुटका, कुटका काला,श्याम–सेवा गरी नहुन् –”
भनेर कविता भित्र स्वयं जीवन बोल्दछ –
सभ्य भाव तिखारेर ; पीरले जग जल्दछ !


दौडदो ऋतुको यात्रा हेमन्तमा पुगेपछि
कक्र्रिदो मार्ग देखेर झसंग हुन्छ बेस्सरी ।
प्रकाश कोल्टिदै झर्छ, ऋतुले भेष फेर्दछ ,
भूगोल कोल्टिदै घुम्दा, जीवनी कोल्टिदै गयो ।

पाठले ढाकिदा सारा , गुरूका पाठ बिर्सिए ,
अंधकार सबै ब्याप्त हु‘दा बन्ध सबै भए !

चिस्सिदै जान्छ सर्वत्र, घाम जत्ति डुले पनि,
काँढाले घोच्न छाड्दैन,फूल जत्ति फुले पनि ,
हज्जारौं बर्षका यात्रा पार गरेर सिकने
कल्याण , करुणा, प्रेम मात्रै जीवन हो, तर
राक्षेसी कुण्डमा अज्झै किन संसार पर्दछ ?

छक्क पर्दछ हेमन्त किन यस्तो मती भयो ?
कल्याण, करुणा पोख्दा किन यस्तो गती भयो ?

हेमन्तले अरू जस्तै आफ्नै रोकन फेर्दछ ,
झस्किदै, लस्किंदै हिड्ने ऋतुका राग हाल्दछ ।
ऋतु झस्केर के हुन्थ्यो ?मान्छे पो रनभुल्ल छ !
वमन विषको आफ्नै गरेर ऊ मलीन छ ।

हलाहल सँघै हाली विष हर्दम ल्याउने
हालि–मुहालिका भेल–ठेलमा नित्य हेलिने
संचालक स्वयं मान्छे ! केही गम्दछ चित्तमा–
“सुरअसुरका माझ कर्म भूमी बनाउ‘दै
बीचबाट नयॉ फड्को मारु‘ला भनि गुन्दछ”।

शारदी दिनका मीठा, शिशिरे दिनका चिसा
बीचमा गम्छ हेमन्त, धीर,प्रशान्त चित्तले ।
पाठ सिक्दै चली चोला विचित्र चित्रकारको–
चेतना ब्य‘ूझियो साँच्चै, सफा उच्च विवेकको !

पुराना र नयाँ धेर,ै अनुभव समेटँदै ,
नवीन श्रृंखला थप्छ हेमन्तले सँघैभरी –
अनुराग मिठा, तीता सृष्टिका राग हाल्दछ ,
दिक्किदो भावकासाथ हेमन्त गुन्गुनाउँछ—

“कहाँ वोध गरौं स्रष्टा–द्रष्टाका सूचनाहरू ?
समय–मयका झिल्का, कलाका सिर्जनाहरू !
सुसभ्य भनिने मान्छे ! किन आज मलीन छ !
प्रकृतिमा स्वयं यौटा स्वच्छ संस्कृति–प्राण छ–
त्यो सत्य, समता बिर्सी किन ऊ हड्बडाँउछ ?”

यताउता बुझी राम्रो हेमन्त दूर हेर्दछ
व्यथा कष्ट खपी सारै युध्दमा नित्य हेलिदै
गर्दै अठोट ऊ गम्छ –“समय–मयको कला–
चैतन्यलाइ चालेर चौतारिमा चढाउँछ ! ”


वीणा र मुरली घण्टा, झ्याम्टा, मृदङ्ग , शङ्खका
नाद–निनादले अन्त–सलिला सल्बलाउँछ
चपला चेतना चल्छन् चम्किदै चारु चित्तमा
ब्यथा–अठोटका स्बच्छ ,न्याय र सत्य निम्तिमा
विस्मयी भाव उर्लेको प्रमिथियस उठ्दछ
पुलकित भई चेत उठ्छ र सल्बलाउँछ
आलोक लोकमा छर्ने अठोट अनि गर्दछ ;
सृष्टि–संग्रामका योध्दा युगका भीष्मजी बनी
शर–शयनले हन्त बृध्द हेमन्त बोल्दछ ः–


–“सँधै अगाडि नै जाने अठोट किन हुन्नर ?
मानबी न्याय, सन्मान सत्य– सिंचन हुन्नर !

व्यक्तिको, राष्ट्रको सम्मान गर्नु पर्दछ हैनर ?
सानो, ठूलो, शक्तिशाली समान मान हुन्नर ?
आत्म सम्मान किनिन्दा , हेपिंदा तेज घट्दछ
भन्ने बुझेर स्वदेशी, स्वाभिमान उठोस् सँधै ।

ऋतुका रागमा रम्दै, घुम्दै यात्रा सदा गरौं,
संस्कृति–सभ्यता–फूल चेतनामा फुलाइद्यू‘ ,
दीप मनुष्यको यौटै, साझा भाव फलाइद्यूँ ,
द्विप मनुष्यको यौटै ,यसैलाई गुल्जारिद्यूँ !”
सीप मनष्यको यौटै यसैलाई सिंगारिद्य‘ूँ !

अनन्त हन्त हेमन्त तपस्वी दीर्घ बिम्बित
वैराग–वोधमा सन्त पवित्र मंत्र खोज्दछ –
अन्तमा प्रौढ हेमन्त सन्त झैं मन्त्र लेख्दछ–
“गुरु ज्ञान नभै हुन्न”– कर्म, ज्ञान र भक्तिका –
नदी, जङ्घार तार्नैमा नीत हेमन्त लाग्दछ ।
अन्तमा हन्त हेमन्त सन्त झंै मन्त्र जप्दछ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 5 फागुन, 2072

लेखकका अन्य रचनाहरु