गजल

- कोमल भट्ट

न त जिन्दगी सपारियो
न त फूलझैं सिँगारियो

उपहासले दुखेॅ निकै
मुटुमा छुरा बजारियो

सब चाहना पुगे पर
बिच मार्गमै पछारियो

पिरती गयो कताकता
अनि बेदना मडारियो

परिकल्पना धुजा भए
सुख चैन नै बढारियो

अति खिन्न भो विषादले
सपनाहरू निखारियो

पिर तापले बिते पला
शुभकामना बटारियो

किन दैवले सुनेन खै ?
अभिवन्दना नकारियो

म त सम्झँदै रमाउँथे
तर व्यर्थमा थचारियो

कसरी भयो कुभावना
दिलबाट नै लघारियो

अब के गरी खुसीहुनु
मन आज यो उधारियो

(छन्द भुजङ्गसङ्गता)

पुरानो नैकाप,काठमाडौँ, हाल:-न्युयोर्क,अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 19 चैत्र, 2072

लेखकका अन्य रचनाहरु