तातो रक्त बह्यो दिनुदिन यो नेपाल निर्माणमा
नेपाली र विदेशको नमन थ्यो वीरत्व सम्मानमा
ऐले ता परि लम्पसार पदमा आत्मा कतै साटियो
तातो रक्त कथावशेष हुन गो पृथ्वीसँगै माटियो
तात्तातो जनयुद्धका रगतको खोलो बग्यो देशमा
ऐले छन्, अति लम्पसार परने नानाथरि भेषमा
त्यो वीरत्व त माटियो यदि भने यो देशकै के भर ?
पर्ने आखिर लम्पसारहरुको मान्ने सधैँ के भर ?
चुँदीरम्घा, तनहुँ
प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 28 पौष, 2073