१. आमुख
नेपाली लोकसाहित्य र लोकपरम्परामाथि नेपाल र भारततिरबाट विभिन्न पुस्तक प्रकाशित भइरहेका छन्। अझ लोकसाहित्य विषयमा धेरै अध्ययन भएका छन् । यद्यपि लोकपरम्परासँग सम्बद्ध पुस्तक पनि केही मात्रामा देखा पर्छन्। यस सम्बन्धमा नेपाल र दार्जिलिङमा केही काम भएका छन्। यसै क्रममा सिक्किमका केही लेखहरूका कतिपय पुस्तक हाम्रो सामु देखा परेका छन्- प्रकाश भट्टराईको “नेपाली सभ्यताको परिचय” (२००८), के एन शर्माको “खस लोकसंस्कृति” देखा परेका छन्
लेखसार
प्रस्तुत लेखमा नित्सेको वैचारिक पृष्ठभूमिमा उत्तरसंरचनावादी समालोचनाको विकासक्रमलाई सङ्क्षेपमा उल्लेख गरिएको छ । उत्तरसंरचनावादका प्रमुख मान्यताहरुको निर्क्योल गर्दै उत्तरवर्ती साहित्य सिर्जनामा यसले पारेको प्रभावको अध्ययन यस लेखमा गरिएको छ । फ्रेडरिक नित्सेको दार्शनिक चिन्तनका आधारमा उत्तरसंरचनावादी समालोचनाको विकास, मान्यता र उत्तरवर्ती साहित्यमा यसले पारेको प्रभावको अध्ययन तथा विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ
‘कति हाँसेर बोल्छस् यार ? हाँसेर बोल्ने गर्नाले तेरो ओँठ फट्टिसके, कहिल्यै आराम पाएनन् । छिमेकको त्यो बूढो साला कहिले हो सरकारी अधिकारी थियो, अहिले रिटायर्ड भएर भएर छेउ लागेर बसेको छ । बिहानबिहान लौरो टेक्तै डुल्न निस्केको हुन्छ । त्यसलाई पनि बाटोमा भेटेपछि निहुरेर नमस्कार गर्छस् । नमस्कार त ठीकै हो, शिष्टाचारको कुरो भयो
"हेल्लो" मैले फोन गरेको दुई घण्टीमा नै उताबाट आवाज आयो। आवाज एकदमै चिनेको थियो।
मैले" नमस्कार" भन्नुसाथ उहाँले पनि मलाई चिनिसक्नु भएको थियो।
अलि कडा स्वरले अतालिएको जस्तो गरेर सोध्नुभयो," यो नम्बर तपाईले कसरी थाहा पाउँनु भयो ?"
" लौ ,यो नम्बरबाट दुईपल्ट सम्म मिस कल आएको थियो। त्यसैले फोन गरेको नि !"
एकछिन मौनता छायो
सिङ्गो भारतीय नेपाली साहित्यमा गीत विधा निकै उपेक्षित र आँखापाखा भएको विधा हो। गीत भन्नेबित्तिकै सङ्गीताश्रित विधा मात्र बुझ्नाले यसको साहित्य पक्ष भने कुइरो पछाड़िको पहाड़जस्तै बनेको छ। सम्पूर्ण भारतीय नेपाली साहित्यमै यस्तो विकटिलो परिस्थिति झेलिरहेको गीत साहित्यबाट अझ ‘कुलैनबारी गीत र गीतकार’-लाई अलग्गै छुट्टाएर हेर्नुपर्ने काम निक्कै चर्को रहेछ
विषय प्रवेश
खनाल रेवतीरमण नेपाली साहित्यका पाठकबीच सुपरिचित साहित्यकार हुन् । कविता, गजल र गीत लेख्ने खनालले आफूलाई उपन्यासकारको पङ्क्तिमा पनि उभ्याउन सफल भएका छन् । उनले उपन्यास विधामा पृथक विचार र प्रवृति लिएर प्रस्तुत भएका छन् । उनले जम्बुुद्विपमा प्रचलित पौराणिक ग्रन्थ रामायणमा खलनायकको भूमिका र राक्षसको संज्ञा दिइएका रावणलाई ‘रावणायन’ नामक उपन्यासमा आदर्श पात्रको रूपमा प्रस्तुत गरेर प्रचलित मूल्य र मान्यताका विरुद्ध जेहाद छेडेका छन्