भगवान मन्दिरका टुँडालमा छन्
त्यसैले त उनी सँधै सवालमा छन् ।
आज पनि हुँदैन भाइ तिम्रो काम
सुन्छु कर्मचारीहरु हडतालमा छन् ।
समाज सुधार्छु भन्ने गर्थे मेरा बा
परिणाम ! ऐले अस्पतालमा छन् ।
आफ्नै महलमा बस्छन् लुटेराहरु
विद्वानहरु बर्षौँदेखी बहालमा छन् ।
बुढ बा चर्को घाममा खेत जोत्दैछन्
जवान छोराहरु जुवाको खालमा छन् ।
रुकुम
प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 30 बैशाख, 2074