तिमी छेउमा भए जस्तो लाग्छ
तर त्यो झझल्को रहेछ
टाढा भएर माया
धेरै मलाई लाग्छ ।
यो मन जलेको हुन्छ
यो तन गलेको हुन्छ
गइसक्यौ जब तिमी
यो दिन ढलेको हुन्छ ।
मुटुको मूर्च्छनामा
यो गीत अधुरो हुन्छ
पीडा बढेर अझै
जीवन हतास हुन्छ ।।
प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 माघ, 2074