निर्णय

- मणिका शर्मा

अब म पक्कै छोड्छु नोकरी।
खुट्टा दुख्छ,सन्च हुॅदैन,आखिर 20वर्ष त पुगीहाल्यो।पैसाको पछी कुद्दिन म,पुग्न पनि पुगीसरी कहाँ छ र!बस्ती जान्छु,बारीमा अर्काकै रजाइँ भईसक्यो,यसो खेताला खर्च पुगीहाल्छ,अब पक्कै छोड्छु यो काम भनेर एक्लै फत्फताउॅदै छन् कमला गुरूआमा।
उनलाई झन्डै दुई तीन वर्ष अघिदेखि यस्तो विचार आएको हो।
स्कूल पुगेर रेजिस्टरमा आईपुगेको समय र हस्ताक्षर दिएपछि आफ्नो सॅधै बस्ने चौकीमा बसेर टेबलमाथी राखिएको फायलबाट एउटा सादा पन्ना निकालिन् अनि लेख्न थालिन स्वेच्छिक अवकाशको विन्तिपत्र।
अलिक छिट्टै पुगीछन् आज।अफिस कोठामा पेमा,सुनिताहरू घण्टी बजाउन,प्रोक्सी बनाउने रेजिस्टर खोज्न र अरू तारतम्य मिलाउन व्यस्त थिए।
कमला गुरूआमाले अंग्रेजीमा लेखिन अनि फेरी त्यो कागज पन्साएर नेपाली भाषामा लेखिन स्वेच्छिक अवकाशको विन्तिपत्र।
दोहोर्याएर पढेपछि उनलाई ढुक्क लाग्यो यत्रो ठुलो काम गरेकोमा।
बिहानको एसेम्बली सकियो,सबै कक्षामा शिक्षक पुगे,सुनसान भयो अनि झट्ट सम्झीन अघि लेखेको पत्र।
ब्यागबाट फोन निकालेर जोडीन महिनाको हिसाब किताब,घरको लोन,परिवारका दबाई पानी र आफुलाई चाहिने खर्च।निक्कै बेर जोडीन हिसाब।

ठीक्कै दोस्रो कक्षाको घण्टी बज्यो,कमला गुरूआमाले च्यातचुत पारीन त्यो स्वेच्छिक अवकासको विन्तिपत्र र फ्याॅकिन दैलो छेउको डस्टबिनमा।
अनि हॅसिली,जोशीली भएर लागीन नवौं श्रेणीलाई पढाउन।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 बैशाख, 2075

लेखकका अन्य रचनाहरु