आफैंलाई बरू बेस्सरी खारेको भए हुन्थ्यो,
भ्रमको त्यो पर्दा उघारेको भए हुन्थ्यो ।
कति पस्न खोज्छु, अटाउनै सकिन,
मनलाई त्यति सानो नपारेको भए हुन्थ्यो ।
भरोसा बिना द्वेषले जित्छ बाजि,
सम्बन्धलाई त्यति खुकुलो नछाडेको भए हुन्थ्यो ।
ठूलो आँधीको क्यै सुरै पाईएन,
बरू गुँड अन्तै सारेको भए हुन्थ्यो ।
यहाँ जोशले होशको खिल्ली गर्छ,
बेहोशीमै बरू माया मारेको भए हुन्थ्यो।
"ज्ञानेन्द्र " को आज पो चेत आयो
अघिनै बरू आफू हारेको भए हुन्थ्यो ।
प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075