विमलका मुक्तकमा मुक्त आत्मा

- होमनाथ सुबेदी

विमल गिरीको मुक्तक सङ्ग्रह ‘स्पन्दनका छालहरु’ यो पहिलो कृति होइन । ’गोधूली’ मुक्तक सङ्ग्रह पहिलो हो । यसको प्रकाशन अनेसास बेल्जियमले वि.सं. २०६८/२०११ मा गरेको हो । यसमा १२५ वटा मुक्तकहरू छन् । त्यसमा प्रकाशकको भनाइ छ– डायस्पोरिक भाव, भाषा र शैलीमा भिजेर नेपाली साहित्यको सिर्जनामा मुक्तककार विमल गिरी सफल हुनुभएको छ । ‘मुस्कान जस्ता मुक्तक’ शीर्षकमा यसका भूमिकाकार युवराज नयाँघरे लेख्छन् ः “कविताकै एक वलशाली र उर्जाशील हाँगो हो मुक्तक । नेपाली साहित्यमा यसको पदार्पण भएको धेरै भएको छैन । अल्प आगमनका हिसाबले झन्डै सय वर्षकै मात्र भए पनि मुक्तकले आजको निकै दर्बिलो परिचय र अर्थपूर्ण चिनारी स्थापित गरेको छ ।”
यो विवेच्य मुक्तक सङ्ग्रह ‘स्पन्दनका छालहरु’ दोस्रो मुक्तक सङ्ग्रह हो । विमल हात माझिएका मुक्तकार हुन् भन्ने संकेत हो या । वर्तमान नेपाली साहित्यमा मुक्तक लेखकहरुको धुइरो लागेको छ । यसको अभिलक्षण बुझ्दै न बुझी मुक्तक लेख्नेहरु पनि छन् । तिनीहरुले गरेको प्रयासलाई शिक्षक र समालोचकहरुले सही दिशा दिएर अग्रसर बनाउदै जानु आवश्यक छ । लेख्ने चाहना मात्रै पनि ठूलो कुरा हो । खासगरी डायस्पोरामा नेपाली भाषालाई बचाउन प्रेम गरेको मात्र पनि यसले प्रमाणित गर्दछ तर मूल्याङ्कनकर्ताले यसप्रति पनि सचेत हुनु भने आवश्यक छ ।
‘मुच्’ धातुबाट ‘क्त’ प्रत्यय लगाएर ‘मुक्त’ शब्द निष्पन्न हुन्छ । यसको अर्थ हो स्वतन्त्र । मुक्त शब्दमा ह्रस्व वा लघु वा सानो अर्थ दिने ‘कन्’ प्रत्यय लगाएर ‘मुक्तक’ शब्द सिद्ध हुन्छ । यसको अर्थ यो स्वतन्त्र पनि छुट्टै अर्कोसित नगाँसिएको वैयक्तिक प्रकारको व्यक्तित्व भएको एकाइ हो । कवितामा यौटै कविताले पूर्णता दिने अर्को कविताको आवश्यकता नपर्ने पद्य रचनालाई मुक्तक भन्नुपर्दछ । यसैलाई भनिन्छ “मुच्यते इति मुक्तम् तदेव ह्रश्वं द्रव्य मुक्तकम्” अरुबाट अलग भएको सबभन्दा सानो एकाई । पद्यको सन्दर्भमा यौटा ४ पाउको पद्य मात्र हुन्छ । यो कुरालाई अग्निपुराणको यो भनाइले पनि पुष्टि गर्दछ – ’मुक्तकं श्लोकं एवैकश्चमत्कार क्षमः सताम् ।‘ पुराण भन्दा पनि साहित्यमा प्रमाण अभिनव गुप्तको नै मानिन्छ । उनले पनि लेखेका छन् ः ‘पूर्वावर निरपेक्षापि हि येन रस चर्वणा क्रियते तदेव मुक्तकम्’ अगाडि पछाडिको सहयोगविना विभाव अनुभाव संचारी भाव पद्यमा नै हुने रचना मुक्तक हो । निरपेक्ष रूपमा काव्यात्मक पूर्णानन्द दिने पद्य नै मुक्तक हो । निरपेक्षता शब्दको ऐले नेपालको सम्विधानमा विविध अर्थ लगाइदै छ । कसैले धार्मिक स्वतन्त्रता हो भन्छन् कसैले धर्ममाथि प्रतिवन्ध हैन, बेवास्ता हो । वास्तवमा निरपेक्षता शब्दले मुक्तकमा यहाँ यसको के अर्थ मानिएको छ यो यो सन्दर्भमा चाखको विषय पनि हो । ‘पूर्वावर निरपेक्षता भन्नाले अरु धेरै पक्ष थप्ने स्वतन्त्रता हो ? होइन । के यो अरु पद्य वा धर्मको लागि प्रतिवन्ध हो ? त्यो पनि होइन । प्रतिबन्ध त हो । कवि वा राज्यले मुक्तकमा त्यसको पूर्णता दिन अर्को श्लोक ल्याएर जोड्ने प्रकारको विज्नेश गर्न हुदैन । मुक्त अर्को श्लोकको अभावमा नै, त्यो न हुदा नै यसले पूर्णता पाएको हुन्छ । त्यसैले मुक्त अरु पद्यको विज्नेसबाट मुक्त छ । त्यस्तै राज्य पनि राज्य सन्चालन गर्न कुनै धर्मको अपेक्षा राख्दैन । त्यो राज्य सन्चालनको एकाइभन्दा बाहिरको कुरा हो । अर्को पद्यबाट स्वतन्त्र मुक्तक र धर्मबाट स्वतन्त्र राज्य हुन्छ । यसरी हेर्दा अभिनव गुप्तको शब्दार्थ अनुसार निरपेक्ष भनेको त्यसबाट मुक्त हो स्वतन्त्र हो निर्वाण हो निरपेक्षता । सनातनमा धर्म अफिम भएर देखा परेकोले यो मानेर आधुनिक दार्शनिकहरुले राज्य सन्चालनमा धर्मलाई राज्यबाट अलग राखेका हुन् । वास्तवमा यो रिलिजियस सेकुलर शब्द अनिश्वरवादी, अफिमवाला धर्मबाट मुक्त नास्तिक दर्शन भनौं भौतिकवादी दर्शन, नैतिकतावादी दर्शनलाई मान्नको लागि राजनीतिमा आएको हो । यसरी हेर्दा राज्यको कुनै साप्रदायिक धर्म हुदैन । धर्मबाट अगल रहेर नैतिक र यथार्थवादी समाजको कल्याणको लागि काम गर्नुपर्छ भन्ने हो । सीधा अर्थ निरपेक्षताको ऐतिहासिक अर्थ धर्म राज्यलाई आवश्यक कुरो होइन भन्ने नै हो । त्यसैले केही बुझेका बामपन्थीहरु द्वन्द्वात्मक भौतिवाद अनुसारको धर्मनिरपेक्ष राज्य चाहेका छन् भने कट्टर ईश्वरबादीहरु नेपालमा ऐले हिन्दुराष्ट्रको नारा दिएर राज्य आफ्नो कब्जामा राख्न खोजी रहेका छन् । त्यहाँ निर्णायक मध्यस्थता काँग्रेसले पाएको छ । किनकि विपी पनि सोसिलिज्म मान्थे—उनले आफूलाई डेमोक्रेटिक सोसियलिस्ट नै कानेका थिए । उनी पनि धर्म निरपैक्षताको पक्षमा थिए । जसरी भारत पनि धर्मनिरपैक्ष हो अरु कम्युनिष्ट देश त धर्मनिरपेक्ष हुने नै भए । नेपालको सन्दर्भमा ऐले निरपेक्षताको अर्थ कुनै व्यक्ति वा संस्थाले धर्म न माने पनि स्वीकार गर्छ र मान्नेले माने पनि उनीहरुको स्वतन्त्रतालाई हस्तक्षेप गर्दैन भन्ने अर्थलाई लिएर नै काँग्रेसले निरपेक्षताको बाटो लिएको त्यो सही बाटो हो । ईश्वर र धर्म मान्नु न मान्नु व्यक्ति व्यक्तिको विचार र विश्वासको स्वतन्त्रताको कुरा हो । यसमा राज्य हिन्दू राष्ट्र नै भन्नु यौटा मुक्त राज्य न हुनु हो । मुक्तकको सार्थकता अरु कविताबाट मुक्त, स्वतन्त्र हुन्छ र राज्य पनि धर्मका जंज्जिरबाट मुक्त हुन्छ । धर्म राज्यको विषय हैन त्यो व्यक्तिको हो तर नेपाललाई अरु धर्मावलम्बीले हिन्दूलाई हिन्दुको नाममा लछारपछार गरेर राज्य नै अरु धर्मावलम्बीले हत्याउने यड्यन्त्रमा लागेको पाइयो भने हिन्दु धर्म मान्ने व्यक्तिहरुले मात्र हैन यो गलत संलग्नताको अरु नास्तिक व्यक्ति वा पार्टीले पनि खुलेर प्रतिवाद गर्नुपर्छ अन्यथा धार्मिक शीत युद्धको खतरा हुन्छ । त्यसैले मुक्तकमा अर्को पद्य न जोड्नु र राज्यमा पनि धर्मको विवाद न ल्याउनु त्यसबाट निरपेक्ष रहेर सार्थक आफैमा पूर्ण मुक्तक उत्तम मुक्तक हो र त्यो श्रेणीको मुक्तक वा राज्य निर्माण गर्नमा कवि वा नेताको दर्शन, अभिवृति र सीपमा भरपर्ने कुरा हो । राज्यको कुरा यहाँ सन्दर्भ ल्याएको मात्र हो अन्यथा विमल गिरीका मुक्तहरुले ‘पूर्वावर निरपेक्षापि हि येन रस चर्वणा क्रियते तदेव मुक्तकम्’ लाई नै मानेर अगाडि बढेका छन् । मुच् धातुले व्यक्तिको वैयक्तिक स्वतन्त्रता र राज्यले व्यक्तिमाथि हस्तक्षेप वा अत्याक्रमण गर्न न पाउने अधिकार सम्पन्न मुक्तक र हाम्रो सम्विधान र राज्य बनोस् भविष्यमा कामना यति हो प्रगतिको । मुक्तकको अभिलक्षण यौटा अणुबाट खण्डकाव्य र महाकाव्यले छिचोल्न न सकेको राज्य र सम्विधानका कुरा प ियसले विषय बनाएको छ । यो मुक्त सङ्ग्रहमा भएको समसामयिकताको विशेषता पनि यही हो ।
नेपालीहरु अनेक डायस्पोरामा विभाजित भै फैलिएका छन् । तिनमा युरोपेली नेपाली डायस्पोराको नेपाली भाषा साहित्य निकै उन्नत भएर गएको अवस्था हो । युरोपका पनि ४ भाग छन् । तीमध्ये यो पश्चिमी युरोपेली नेपाली डायस्पोरा साहित्यको क्षेत्रीय डायस्पोरा साहित्यमा पर्दछ । यसभित्र अस्टिया, बेल्जियम, फ्रान्स, जर्मनी, लेच्टेरलेन्डस्, र स्विट्जरल्याण्ड पर्दछन् । यीमध्येमा यी मुक्तकार विमल गिरी बेल्जियममा बस्दछन् र यो क्षेत्रको नेपाली साहित्यको विकासक्रममा बेल्जियमको स्थान अगाडि नै छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजना र एनआरएन बेल्जियम, इनद्रधनुष क्लव, साँग्रिला समाज लुभेन, नेपाली समाज गेण्ट र हिमालयन सोसाइटी सिन्त्रोदिनको सहकार्यमामा आउदो अगस्ट १६ र १७ मा यहाँ लुभेनमा भएको युरोपस्तरीय नेपाली साहित्य सम्मेलनले पनि प्रमाणित गर्दछ । यहाँ नेपाली समाजको विविधतालाई सम्मान गर्दै अन्य मातृभाषाहरुः गुरुङ, मगर, शेर्पा, नेवारी, राई लिम्वु लगायत) का रचनाहरु वाचन गर्ने, यूरोपका यथासम्भव राष्ट्रहरुबाट नेपाली स्रष्टाहरु बेल्जियमको एउटै मञ्चमा सामेल भै परिचय, प्रवृत्ति र अनुभवको आदानप्रदान, वृहद रचना वाचन, डायस्पोरीय लेखन र नेपालको वर्तमान साहित्यिक प्रवृत्तिबारे सार्थक बहस र कार्यपत्र प्रस्तुत र विवेचना, पुस्तक बिमोचन, लेखक तथा कविहरुका साथ भलाकुसारी गर्ने गरिन्छ । त्यति नै हैन । यहीबाट क्रृष्ण बजगाईले साहित्यका प्रशस्त पुस्तक प्रकाशित गरे, समकालीन पनि चलाएका हुन् । उपन्यासकार पन्चम अधिकारीले ‘पथिक प्रबासन’ डायस्पोरिक उपन्यास यही लेखे । दीपक ज्योतिको सामान्य ज्ञानले यही फस्टायो ।
कविता लामो कविता होस, महाकाव्य होस वा छोटो मुक्तक होस्, कविता कविता नै हो र त्यसले कम्तिमा कविता त बन्नै पर्छ । पश्चिमा समालोचकका कविताबारे केही धारणा छोटोमा राख्न अप्रासाङ्गिक न होला । उनका केही भनाइ यी हुन् ः एजष्ष्उि व्बmभक द्यबष्भिथ (वैली)— एयभतक बचभ बिि धजय यिखभ, धजय ाभभ िनचभबत तचगतजक, ब्लम तभिि तजझस बलम तजभ तचगतज या तचगतजक ष्क यिखभ। विल्सनं— एयभतचथ ष्क तजभ ष्लतभििभअत अययिचभम दथ ाभभष्लिन। मिल्टन— एयभतचथ कजयगमि दभ कष्mउभि कभलकगयगक बलम ष्mउबककष्यलभम। कलरिज— एयभतचथ ष्क तजभ दभकत धयचमक ष्ल तजभ दभकत यचमभच। मैथ्यु आर्नोल्ड— एयभतचथ ष्क बत दयततयm ब अचष्तष्अष्कm या षिभ। हडसन— एयभतचथ ष्क तजभ ष्लतभचउचभतबतष्यल या षिभ तजचयगनज ष्mबनष्लबतष्यल बलम झयतष्यलक।
९जततउस्ररकजयमजनबलनब।ष्लाष्दिलभत।बअ।ष्लस्डण्डण्रवकउगष्रदष्तकतचभबmरज्ञण्टण्घरज्ञछछढद्दरछरण्छ)अजबउतभच५द्दण्ज्ञ।उमा०
अनलाइनमा पनि प्रशस्त कृति र सूचनाहरु प्रबाहित भएका छन् र ती सबै हैन केही अत्यन्त उपयोगी सिद्ध भएका छन् । यो भूमिकाको नै मैले विमल गिरीका यी तलका हरफ सामाजिक सन्जालमा पढेँ । माथिका कविका अभिलक्षणको लक्षण भएरै होला । यो मुक्तक फेसबुकमा पढ्दा मन पर्यो । लाइक गरें । उनले मैलाई यो भूमिका लेख्न मैदानमा उतारे । ती हरफ यही मुक्तक सङ्ग्रहमा छापिएका छन् । ती यी हुन् ः
“अन्तराष्टिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरद्वारा प्रकाशित मेरो तेस्रो कृतिको रुपमा मुक्तक संग्रह “स्पन्दनका छालहरु“ चाँडै बजारमा आउँदै छ ।
सम्झनामा, सग्लो तस्वीर, छोएरै बिते
कैयौँ, ती रातहरु, पर्खाइमा रोएरै बिते
हृदयभरि, धमिलो पीडाको पहाड, वोकेर
अभावग्रस्त, यी आँखाहरु, धोएरै बिते ।”
सम्झनामा तस्वीर छुनु, पीडाको पहाड र आँखाहरु धुनु, यी ३ बिम्बले यो मुक्तकलाई अणुलाई पहाड बनाएका छन् । मुक्तकको विशेषता नै यही हो ।
मुच धातुबाट ‘क्त’ प्रत्यय लगाएर मुक्त शब्द निष्पन्न हुन्छ । यसको अर्थ हो वन्धनबाट फुत्कनु, स्वतन्त्र । मुक्त शब्दमा ह्रस्व वा लघु वा सानो अर्थ दिने ‘कन्’ प्रत्यय लगाएर ‘मुक्तक’ शब्द सिद्ध हुन्छ । यसको अर्थ यो स्वतन्त्र पनि छुट्टै अर्कोसित नगाँसिएको वैयक्तिक प्रकारको एकाइ । कवितामा यौटै कविताले पूर्णता दिने अर्को कविताको आवश्यकता नपर्ने पद्य रचनालाई मुक्तक भन्नुपर्दछ । यसैलाई भनिन्छ “मुच्यते इति मुक्तम् तदेव ह्रश्वं द्रव्य मुक्तकम्” अरुबाट अलग भएको सबभन्दा सानो एकाई । पद्यको सन्दर्भमा यौटा ४ पाउको पद्य मात्र हुन्छ । यो कुरालाई अग्निपुराणको यो भनाइले पनि पुष्टि गर्दछ – ’मुक्तकं श्लोकं एवैकश्चमत्कार क्षमः सताम् ।‘ पुराण भन्दा पनि साहित्यमा प्रमाण सँस्कृत साहित्यका समालोचक आचार्य अभिनव गुप्तको नै मानिन्छ । उनले पनि लेखेका छन् ः ‘पूर्वावर निरपेक्षापि हि येन रस चर्वणा क्रियते तदेव मुक्तकम्’ अगाडि पछाडिको सहयोगविना विभाव अनुभाव संचारी भाव यौटै पद्यमा नै हुने रचना मुक्तक हो । मुक्तक एकै पद्यले निरपेक्ष रूपमा काव्यात्मक पूर्णानन्द दिने पद्य नै मुक्तक हो ।
लेखनबारे बिमल गिरीको आफ्नै पनि आत्मस्वीकृतिहरु ती कृतिभित्रै भेटाउन सकिन्छ ः
अप्ठ्यारालाई,वैचारिक विमर्शले, छेक्न सक्नु पर्छ
आफ्नो विद्वत्ताले, पारी परसम्म, देख्न सक्नु पर्छ
कसैलाई, अस्वस्थ गालीगलौज नगरी, लेखकहरुले
गहन, विषयलाई, सरल भाषामा, लेख्न सक्नु पर्छ ।
यसको व्याख्याको आवश्यकता नै छैन । विषय वस्तुमा विमल बढी समसामयिक कथा र व्यथामा रमाउँछन् । ऐले भूकम्पले महानाश गरेको बेला यस्ता कविता लेखिनुपर्छ भन्ने उनको आशय हो ः
सन्त्रास र भयलाई, छेक्न सकौ सबैले
कलमभै सत्य कुरा, लेख्न सकौ सबैले
आवेश त्यागी सद्भाव,शान्ति सहिष्णुता
हाँसो,खुसी, उमङ्ग, देख्न सकौ सबैले ।

त्यसैले त उनी यस्तो समानताका मुक्तक लेख्छन् ः
अभिमान, दम्भ त्यागेर, गरौ छानाको कुरा
भेदभावहरुको अन्त्यगर्दै गरौ नानाको कुरा
ए बुद्धिजीविहरु हो रुपान्तरणका कुरासङ्गै
सामाजिक विभेद होइन गरौ खानाको कुरा ।

यो मुक्तकले सिद्धान्त हैन व्यवहारको कुरा गर्दछ । ऐलेको महाभूकम्पले नेपालको ऐतिहासिक सम्पदा धरहरा बरबाद गरेको चिन्ता व्यक्त गर्दै मुक्तक लेख्छन् ः
प्रहार भयो,धरतीमा, नष्ट भयो हराभरा
विस्थापित भयौ है, कल्ले भन्ने कठैबरा
शृङ्गारिक, पाटी पौवा, मठ मन्दिर सबै
देशभरि नै, ढल्यो पर्खाल, ढल्यो धरहरा ।
मुक्तकका ४ हरफ हुन्छन् र त्यसमा पहिलो, दोस्रो र चौथो हरफमा अनुप्रास मिल्नुपर्छ, तेस्रोमा अनुप्रास हुदैन । यो संरचनाको अभिलक्षणमा यो मुक्तक खरो उत्रेको छ । भरा, बरा, हरा मिलेका छन् ।

रोमान्सेली मुक्तक
थोरैमा धेरै, झ्यालको यौटा आँखामा विभाजित आकाश समेट्न सक्नु मुक्त मुक्तकको खुबी हो । यसमा मुक्तककार विमल गिरी सफल छन् । भूकम्पको विपत्को बेलामा पनि रोमान्सेली मुक्तक दिन सक्छन् तर करुणाहीन भएर हैन बरु वियोगिनी छन्दमा विप्रलम्भ श्रृङ्गारका रसान्वित बिम्बसित नितम्ब दिन्छन् र नायिका कान्छीको कथा यौटै मुक्तकमा भर्न सक्छन् । त्यसको नमुनाः
आपदमा, बसाइ सरूँ कि, नभन है कान्छी
अन्धाधुन्द, जागर तरूँ कि,नभन है कान्छी
बिकराल,अप्ठ्यारा,स्थितिहरु आइलाग्दा
दुखले, पिरोलिदै, मरूँ कि, नभन है कान्छी ।

डायस्पोरेली मुक्तक
मुक्तक अणु बराबर सानो र थोरै भैकन डायस्पोरेली आकाशलाई विभाजित गर्न यी मुक्तक सफल छन् । जोखिम, पराई देश, अन्य भाषा, विभाजित मन, नौलो भूगोल, नयाँ परिवेश जस्ता डायस्पोरिक साहित्यका अभिलक्षणमा कसिने खालका यस्ता सशक्त उदाहरण पनि यसमा छन् ः
जोखिम पूर्ण हुन्छ भन्थे, अर्काको देश
धितै नमर्ने, अर्कैको भाषा अर्कैको भेष
प्रश्नै प्रश्नले, मन बिभाजित हुदोरहेछ
नौलो भुगोल, अनि सबै, नयाँ परिवेश ।

यस्ता अनगिन्ती उदाहरण छन् । आप्रबासी अझ पनि मर्न आफ्नै मुलुकमा फर्कने इच्छा राख्छ ।

डायस्पोरामा मूल देशप्रेम
धनाड्य,सुसम्पन्न,भए पनि
स्वदेश छोडि, अन्तै गए पनि
देशमै मर्ने, सौभाग्य मिलोस्
हामी,जुन भूगोलमा, रहे पनि ।

डायस्पोरामा सङ्घात
आस्थावान सपनाहरु, हरिएका छन् देशमा
सबैको आँखा आँसुले, भरिएका छन् देशमा
छरपष्ट छ देशको अनुहार, भयभित हुन्छु
हच्केको मन यत्रतत्र, छरिएका छन् देशमा ।

डायस्पोरामा अतीत स्मृति (नोस्टाल्जिया)
आँफैलाई,भरोसाले,झिजाएर जान्छ अचेल
बतासले विरहलाई,फिजाएर जान्छ अचेल
गाउघरमा,भोगेका,खेलेका,खाएका,घुमेका
यादहरुले,निथ्रुक्क,भिजाएर जान्छ अचेल ।

डायस्पोरामा अनन्यता (एकसूत्रताको खोजी)
बास उठेका चराजस्तै भयो ऐले बसै सराइ
कालो रातमा छटपटिन्छु मनमा डराइ डराइ
बिपतिको यो बेलामा यो समाजमा कठैबरी
कसलाई आफ्नो भनौ कसलाई भनौ पराइ ।

भाषाको समस्याः डायस्पोरामा भाषाको समस्याले दिएको पीडा कति गहन छ त्य सको एउटा नमुनाः
आफन्तको, न त भरोसा, मिल्छ ठुली
कसैबाट, न त केही आशा,मिल्छ ठुली
शुभ साझ, दौडधुप र वितृष्णाकै,वरपर
विदेशी भूमिमा, नत भाषा,मिल्छ ठुली ।

डायस्पोरामा एकाकीपन
तिम्रो घरमा नआएको धेरै भयो डोल्मा
छानेको जाड नखाएको धेरै भयो डोल्मा
आफन्तहरूमा भेटनहुँदा विरसिलो लाग्छ
दुस्ख साट्न नपाएको धेरै भयो डोल्मा ।

डायस्पोरामा निराशता
नैराश्य भएर, खरानी धस्नुपर्ला नेताजी
दुस्खले,कालकोठरीमा, बस्नुपर्ला नेताजी
स्वार्थीभै, ढाँटको खेतीगर्दै,बहुरूपी नबन
आतङ्कको,भुँमरीमा, फस्नुपर्ला नेताजी ।

डायस्पोरामा द्वैध मानसिकताः डायस्पोरामा द्वैध मनस्थिति र द्वैध समस्याको चित्रण गरेको नमुना योः
भोकमरी, अभावमा, बसाइ सरेका छौ हजुर
देशकोलागि, सकेको सबै, गरेका छौ हजुर
दुरदेशका, जनताहरुले आसु झार्दै, भन्छन्
दोहोरो, द्वन्द्वको मारमा, परेका छौ हजुर ।

डायस्पोराबाट भूकम्पको पीडा
भूकम्प पीडित करुणार्द्र, कल्पनाप्रवण, उनकी नायिकाको कति यथार्थ चित्र उतारेको छ यो मुक्तकले ! अनुपम उपमा बिम्बमा छ यो ः
बिनारङ्गीन नरमाइलो, साह्रै दुख, पाकी छु
झसङ्ग हुन्छु, मन भरि, हन्डर, खाकी छु
किनारमा छल्किदै, अनवरत एक्लै विवश
विरहमा, बगिरहेको नदी जस्तै, भाकी छु ।

आशावादी
समाजको ऐना नै हो मुक्तक पनि तर यो विचित्रको शैलीमा अभिव्यक्त भएको हुन्छ । त्यसैले यो प्यारो पनि छ् । विमलका मुक्तकमा आकर्षण छ । वस्तुमा जतिसुकै वेदना पोखे पनि उनका मुक्तकहरु आशावादी छन् । अन्तमा यी दुई मुक्तकबाट भविष्यका अरु सुन्दर मुक्तकको आशा गर्न सकिन्छ ः
सम्झिएर भित्रै रुन्छौ, प्राकृतिक प्रकोप हेरी
मन भरि, विचलित हुन्छौ, धुलो उड्दाखेरि
निर्माणको, दियो बालौँ, उदास भै, रुनु हुन्न
रात गै, विहानी हुन्छ, उदाउने छ, सुर्य फेरि ।
माथिका समालोचकले भने अनुसार यी मुक्तक कविता नै हुन् । जति उद्धरण गरे पनि सकिदैन । यौटा मात्र अब । शान्त्वना सबैलाई बाँड्ने यो मुक्तकले पूरा कृतिको प्रसाद गुण बोकेको छ ः
आपद र बिपद, फाड्ने बेला आएको छ
अहम् मपाइत्व, छाड्ने बेला आएको छ
को धनी र को गरिब, सबै हामी बराबर
मनसँग मन, बाँड्ने बेला, आएको छ ।

संयुक्त राज्य अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 श्रावण, 2075

लेखकका अन्य रचनाहरु