भाषा प्राप्ति र आर्जन

- डा. ऋषिराम शर्मा

सार
भाषा प्राप्ति र आर्जन जस्ता भाषा सिकाइसँग सम्बद्ध प्रचलित मान्यताहरूको यहाँ चर्चा गरिएको छ । मातृभाषा सिकाइसँग सम्बद्ध सिकाइ पहिलो भाषा प्राप्ति हो र यो बालकले सामान्यतया आफ्नो आमाका काख हुँदै वरिपरिको वातावरणबाट असचेत रूपमै सिक्दछ भने भाषा आर्जन भनेको पहिलो भाषा प्राप्त गरेपछि÷एउटा भाषा सिकिसके पछि सिकिने अर्को भाषा सिकाइको प्रक्रिया हो, यो सिकाइ नियन्त्रित र कृत्रिम वातावरणमा हुन्छ, त्यसैले यस लेखमा मातृभाषा÷पहिलो भाषा प्राप्ति प्रक्रियामा हुने प्रयुक्त हुने युक्ति र दोस्रो भाषा आर्जन गर्दा गरिने युक्तिलाई उल्लेख गरिएको छ । बालकले पहिलो भाषा सिक्दा भाषा प्राप्ति हुन्छ भने दोस्रो भाषा सिक्दा भाषा आर्जन हुन्छ भन्ने कुरालाई यस लेखमा प्रस्तुत गरिएको छ ।
सङ्क्षिप्त शब्द ः प्राप्ति, आर्जन, उत्तेजना प्रतिक्रिया, अनुकरण, अन्तर्दृष्टि, प्रयत्न, रुढि ।
१. विषय परिचय
भाषा सिकाइ तथा शिक्षणका सन्दर्भमा भाषा प्राप्ति र भाषा आर्जन यी दुई अत्यन्त चर्चित प्राक्कल्पना हुन् । सामान्यतया भाषा प्राप्ति र आर्जन दुवै भाषा सिकाइसँग सम्बद्ध छन् । भाषा प्राप्तिलाई पहिलो भाषाको सिप विकाससँग सम्बन्धित हुन्छ भने भाषा आर्जन दोस्रो भाषा आर्जनको भाषिक सिपसँग सम्बन्धित हुन्छ भनिन्छ । यसलाई अङ्ग्रेजीमा ँष्चकत ीबलनगबनभ ब्अत्रगष्कष्तष्यल र क्भअयलम ीबलनगबनभ ब्अत्रगष्कष्तष्यल भनिन्छ । भाषा मानव जीवनमा ईश्वरद्वारा प्रदत्त एक त्यस्तो अमूल्य उपहार हो र यो मानव जीवन सामान्य एवं निरन्तर चलिरहने प्रक्रिया हो । मानिस जन्मना साथ भाषा आरम्भ हुन्छ, भाषाका विभिन्न कौशल वा सिपहरू सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता प्रक्रियाहरू पूरा गर्दै व्यक्तिले भाषामा निपुणता प्राप्त गर्दछ । भाषामा व्यक्तिले प्राप्त गर्ने निपुर्णता असेचत वा सचेत दुवै रूपमा हुने गर्दछ । असचेत, अद्र्धचेत वा अचेतन रूपमा वा अनायास रूपमा भाषाका नियमको कुनै ख्याल नगरेरै वा भाषिक नियमप्रति वास्ता नगरेरै नैसर्गिक एवं स्वाभाविक रूपमा भाषा सिक्ने प्रक्रिया भाषा प्राप्ति हो भने भाषा सिकाइका क्रममा सचेत रूपमा र नियमहरूको उपयोग गरी भाषा सिक्ने कार्य भाषा आर्जन हो । भाषा प्राप्ति अचेतन रूपमा र भाषा आर्जन सचेत वा चेतन मनद्वारा हुने गर्दछ ।
२. भाषा प्राप्ति
भाषा सिकाइमा भाषा प्राप्ति प्रक्रियाको विशिष्ट स्थान रहेको छ । यो प्रक्रिया सामान्यतया जन्मना साथ आरम्भ हुन्छ, आमाको काख नै बालकको भाषा सिक्ने प्रथम पाठशाला भएकाले नै त्यसरी आमाबाट सिखिएको प्रथम भाषालाई पहिलो भाषा वा मातृभाषा भन्ने गरिन्छ । बालक जब विद्यालयमा प्रवेश गर्दछ तब विधिवत र औपचारिक रूपमा बालकको भाषा सिक्ने कार्य आरम्भ हुन्छ । भाषा प्राप्तिका क्रममा अनेक युक्तिले कार्य गरेका हुन्छन् ती मध्ये केही युक्ति यस प्रकार छन् ः (१) उत्तेजना प्रतिक्रिया, (२) अनुकरण, (३) प्रयत्न एवं त्रुटि, (४) अन्तर्दृष्टि ।
२.१ उत्तेजना प्रतिक्रिया
हरेक क्रियाका लागि कुनै न कुनै उत्तेजना आवश्यक पर्दछ । त्यसै उत्तेजनाकै कारण प्रतिक्रिया हुने गर्दछ । बालकको प्रारम्भिक भाषा सिकाइ यही उत्तेजना प्रतिक्रिया सिद्धान्त अनुरूप नै हुने गर्दछ । जब बालकलाई भोक लाग्दछ कुनै अस्पष्ट ध्वनि (रुवाइ, चिच्याइ आदि), प्रतीक र इशाराद्वारा आफ्नो कुरा आफ्ना बाबुआमा समक्ष पु¥याउँछ । यो तरिका सफल हुना साथ पुनर्वल हुन्छ उसका मनमा साहचर्यद्वारा शब्द र वस्तुको सम्बन्ध स्थापित हुन पुग्दछ ।
शब्द
(पाउ रोटी)
वस्तु
सङ्कल्पना
(चारपाटे खाद्यवस्तु)
बालकले भोक लागेको सूचना, ध्वनि, प्रतीक र इसारा जस्ता क्रियाद्वारा बाबुआमा समक्ष पु¥याइसके पछि उनीहरू खाद्यवस्तु लिएर आउँछन् र त्यो खाद्यवस्तुको लागि उनीहरूले ‘पाउरोटी’ शब्द प्रयोग गरेका हुन्छन्, बाबुआमाका मुखबाटछ सुनेको शब्द भाषिक रूप वा वस्तुसँग बालकले चारपाटे खान ल्याइएको वस्तुसँग साहचर्य सम्बन्ध स्थापित गर्दछ र सङ्कल्पना (खाद्यवस्तु) र शब्द (रोटी) का बिच साहचर्य स्थापित गरी भाषा सिक्दछ । यो सिद्धान्त व्यवहारवादी सिद्धान्त हो र यसले अनुभवका आधारमा भाषा प्राप्त गर्ने कुरामा विश्वास गर्दछ ।
२.२ अनुकरण
अनुकरण भाषा प्राप्तिको अर्को महत्वपूर्ण प्रक्रिया हो । अनुकरण बालकदेखि प्रौढसम्मका लागि सिकाइका लागि चलिरहने प्रक्रिया हो । बालकका लागि भने भाषा सिकाइमा अनुकरणको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । भाषा आर्जनमा मात्र होइन बालकले ठुलाबडाले गरेका अन्य कामको समेत अनुकरण गर्दछ । अनुकरणद्वारा बालकलाई केही नयाँ कुरा प्राप्त गर्ने आनन्द प्राप्त हुन्छ । अनुकरण व्रिटन (२००६ ः ४२) को कथननानुसार “बालक नक्कल (अनुकरण) गरेर भाषा सिक्छन्” यस भनाइको अभिप्राय के अभिप्राय हो भने बालक मानिसहरूले वस्तुका विषयमा भन्ने तरिकाको अनुकरण गर्दछन् ...., यस्तो लाग्दछ कि तिनीहरू जे सुन्दछन् त्यसका आधारमा आफ्नो एक व्यवस्था बनाउँछन् र बोल्ने समयमा यसको प्रयोग गर्छन् । उनी भन्छन् ः बालकहरू बक्ताले भनेका कुरा सुन्छन् र त्यस पछि तिनीहरू अनुकरणद्वारा पुनरुत्पादन गर्दछन् ९द्यभचनmबलल बलम च्यकक, द्दण्ण्ठस् घज्ञछ० । बालकले अनुकरणद्वारा जब कुनै नयाँ शब्द उच्चारण गर्दछ तब उसलाई प्रोत्साहन र हौसला प्रदान गरिन्छ । यसरी अनुकरणका माध्यमबाट पनि बालकले भाषा सिक्दछ ।
२.३ प्रयत्न एवं त्रुटि
भाषा प्राप्त गर्ने क्रममा बालक हेर्दै अनुकरण गर्दछ । यसरी अनुकरण गर्दा वा अनुकरणका क्रममा भाषा सिक्दा सुरुमा ऊ पूर्ण रूपमा सफल हुँदैन । पहिलो भाषा सिक्दा पनि बालक त्रुटि गर्दै सिक्दै जान्छ । यस्ता त्रुटिहरू भाषाका विभिन्न पक्षमा (ध्वन्यात्मक, वर्णात्मक, रूपात्मक, वाक्यात्मक वा अर्थगत) हुन्छन् (अधिकारी, २०६३ ः ४०) । यसरी त्रुटि गरे तापनि ऊ बारम्बार बोलिरहन्छ, बोल्ने कोसिस गरिरहन्छ, यसरी अनुकरण गरेर भाषा प्राप्त गर्ने प्रयत्न गर्नु र उक्त प्रयत्नका क्रममा त्रुटि हुनु, त्रुटि भए पनि पुनः बोल्ने प्रयत्न गर्नु जस्ता प्रक्रियाको निरन्तरताकै प्रतिक्रिया स्वरूप व्यक्तिले भाषा सिक्दछ । त्यसैले प्रयत्न एवं त्रुटि भाषा प्राप्तिको एउटा माध्यम हो ।
२.४ अन्तर्दृष्टि
अन्तर्दृष्टि भनेको भित्री दृष्टि वा समझ हो । हरेक बालकमा सूझ हुन्छ वा सम्झने शक्ति हुन्छ । चम्स्कीका मतमा भाषा सिकाइका क्रममा हरेक बालकको मस्तिष्क कोरा कागज हुँदैन, हरेक बालकमा जन्मजात रूपमा भाषा प्राप्त गर्ने सामथ्र्य हुन्छ, जसका कारण उसले भाषाका मूलभूत संरचना प्राप्त गर्दछ र आफ्नो त्यही अन्तर्दृष्टि, सूझ वा समझद्वारा भाषाका अनेकौं संरचनाहरू उत्पादन गर्दछ । उदाहरणका लागि बालकले ‘माम खान्छु’ भन्ने वाक्य सिक्नु भनेको कर्ता+क्रियाको संरचना सिक्नु हो । यो संरचनाका कारण बालकले ‘पापा खान्छु’ भन्ने वाक्य आपैm उत्पादन गर्दछ । यही युक्तिका कारण उसले कुन वाक्य मूल र कुन वाक्य अशल हो भन्ने सुझ पनि प्राप्त गर्दछ । बालकलाई कसैले ‘खान्छु पापा’ भने भने ऊ हाँस्न थाल्छ । बालकलाई यो वाक्य नमिलेको वा अशुद्ध वाक्य हो भन्ने थाहा हुन्छ तर त्यो वाक्य के कारणले अशुद्ध हो भन्ने चाहिँ उसलाई थाहा हुँदैन किनभने उसले अचेतन रूपमै र भाषा सिक्ने जन्मजात सामथ्र्यकै कारण सिकेको कारण उक्त वाक्य किन अशुच भयो भनी भन्न नसकेको मात्र हो । यसरी बालकले आफ्नो सामथ्र्यकै कारण शुद्ध प्रयोग गर्दै भाषा प्राप्त गर्दछ । भाषा प्राप्तिका सिकारु वा बालकको अन्तर्दृष्टिले अहं भूमिका खेलेको हुन्छ ।
३. भाषा आर्जन
भाषा आर्जन भाषा प्राप्ति प्रक्रिया भन्दा भिन्न प्रक्रिया हो र यो कत्रिम एवं नियन्त्रित वातावरणमा सचेतता पूर्वक आर्जित हुन्छ । बालकहरूले पनि भाषा आर्जन गर्दछन् र उनीहरूले गर्ने भाषा आर्जन प्रक्रियाको प्रकृति पनि महत्वपूर्ण नै छ । भाषा आर्जनमा बालकले अनेक युक्तिहरूको प्रयोग गर्दछन् । त्यस्ता युक्ति मध्ये केही युक्ति यस्ता छन् जसले बालकद्वारा गर्ने भाषा आर्जन प्रक्रियाका बारेमा जानकारी प्राप्त गर्न सहयोग गर्दछन् । भाषा आर्जनका प्रमुख युक्तिहरू यस प्रकार छन् ः सहजता, अनुकरण, अभिव्यक्तिको व्यग्रता, अभ्यास र बारम्बारता एवं सङ्क्षिप्तता ।
३.१ सहजता
भाषाको प्रयोग विशिष्ट स्थितिहरू एवं सन्दर्भहरूमा भइरहन्छ । भाषाको प्रयोग जुन स्थिति र सन्दर्भमा भइरहेको हुन्छ ती स्थिति र सन्दर्भमा प्रयोग भएका भाषा सुन्ने र सहज रूपमा ग्रहण गर्ने कार्य बालकले गर्दछ । अतः सहजता बालकको भाषा आर्जनको मुख्य कारण हो ।
३.२ अनुकरण
भाषा आर्जनमा पनि अनुकरणको महत्वपूर्ण स्थान रहन्छ । भाषा आर्जनमा अनुकरणको प्रवृत्ति प्रमुख रहन्छ । भाषा आर्जनका क्रममा बालकमा देखा पर्ने मुख्य पक्ष यस प्रकार छन् ः
(क) बालकले जब नयाँ व्याकरणिक रूप सुन्छ त्यसलाई अनायास रूपमा अनुकरण गर्दछ ।
(ख) बालकले सुनेका यी नयाँ रूपहरूलाई सहज अभ्यासद्वारा ऊ आफ्नो व्यवहारमा समायोजन गर्दछ ।
(ग) बालकले सहज रूपलाई पहिले र जटिल रूपलाई तत्पश्चात् ग्रहण गर्दछ ।
३.३ अभिव्यक्तिको व्यग्रता
बालकमा भाषिक अभिव्यक्ति गर्ने व्यग्रता हुनु पनि भाषा आर्जनको मुख्य प्रक्रिया हो । बालकले नयाँ नयाँ भाषिक प्रयोग सिक्ने क्रममा पहिले सिकेका प्रयोगहरूलाई निरन्तर दोहो¥याइ रहन्छ । फलस्वरूप ऊ आफ्नै ढङ्गले सहज अभिव्यक्ति गर्न तर्पm उद्यत रहन्छ । उसले जुन भाषा आर्जन गरेको हुन्छ त्यसै भाषाका प्रयोगहरू अभिव्यक्त गर्न ऊ आतुर हुन्छ । यही आतुरता नै अभिव्यक्तिको व्यग्रता हो र यही अभिव्यक्तिको व्यग्रता नै भाषा आर्जनको मुख्य कारण हो ।
३.४ अभ्यास
भाषा आर्जनमा अभ्यासको पनि महत्वपूर्ण भूमिका रहन्छ । परिवारमा आमाबाबु तथा अन्य सदस्यहरूका बिचमा बालक भाषिक प्रयोग दोहो¥याई दोहो¥याई अभ्यास गर्दछ । भाषिक प्रयोग दोहो¥याउने यो जुन अभ्यास छ त्यो अत्यन्त सहज हुने गर्दछ । यस प्रक्रियाबाट उसले भाषा आर्जन गर्दछ ।
३.५ बारम्बारता एवं सङ्क्षिप्तता
भाषा आर्जनका क्रममा भाषिक प्रयोग बारम्बार सुन्नाले बालकले भाषिक प्रयोग छिटो छिटो सिक्दछ । भाषिक प्रयोगमा हुने यो आवृत्तिले बालकको आर्जित भाषिक प्रयोगलाई व्यवहारमा ल्याउन आत्मविश्वास पैदा हुन्छ । बालकले लामा र जटिल प्रयोग भएका वाक्य चाहिँ ढिलो सिक्दछन् । यदि बालकले “बाबा आउनुहुन्छ र चक्लेट ल्याउनु हुन्छ” भन्ने वाक्य सुन्यो भने ऊ ‘बाबा चक्लेट” माज्ञ भन्न सक्दछ, ऊ भाषाको सङ्क्षिप्त र सरल रूपक पहिले प्रयोग गर्दछ त्यसपछि मात्र भाषाको विस्तृत र जटिल रूपको प्रयोग गर्दछ ।
४. निष्कर्ष
भाषा प्राप्ति र आर्जन दुवै भाषा सिकाइसँग सम्बद्ध प्रक्रिया हुन् । यी दुवै प्रक्रिया अन्तर्गत बालकले भाषा प्राप्त र आर्जन समेत गर्दछ । भाषा प्राप्ति प्रथम वा मातृभाषासँग सम्बद्ध छ भने भाषा आर्जन द्वितीय वा दोस्रो भाषा सिकाइसँग सम्बद्ध छ । चाहे पहिलो भाषा होस् वा दोस्रो भाषा दुवै भाषा प्राप्ति र आर्जनमा बालकले विभिन्न युक्तिहरूको प्रयोग गर्दछ र भाषा प्राप्ति र आर्जन गर्दछ ।
सन्दर्भ सामग्री
अधिकारी, हेमाङ्गराज, सामाजिक र प्रायोगिक भाषाविज्ञान, ते.सं., काठमाडौँ ः रत्न पुस्तक भण्डार, २०६२ ।
गौतम, देवीप्रसाद, नेपाली रूपान्तरण व्याकरण, काठमाडौँ ः निरञ्जीवी घिमिरे, २०५८ ।
ढकाल, शान्तिप्रसाद, प्रायोगिक भाषाविज्ञान, छैठौं सं., काठमाडौँ ः शुभकामना बुक्स एन्ड स्टेसनरी, २०६५ ।
ढुङ्गेल, भोजराज र दुर्गाप्रसाद दाहाल, प्रायोगिक भाषाविज्ञान, काठमाडौँ ः एम.के. पब्लिसर्स एन्ड डिस्ट्रिव्युटर्स, २०६३ ।
न्यौपाने, टंकप्रसाद, भाषाविज्ञान रूपरेखा, धरान ः एन.बी.डी. प्रकाशन, २०६१ ।
भण्डारी, पारसमणि, प्राथमिक (कक्षा १–३) तहका विद्यार्थीहरूको आधारभूत नेपाली शब्दभण्डारको निरूपण, मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा प्रस्तुत अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध, २०६० ।
यादव, योगेन्द्रप्रसाद र भीमनारायण रेग्मी, भाषाविज्ञान, काठमाडौँ ः न्यू हीरा बुक्स इन्टरप्राइजेज, २०५८ ।
Bergmann, A. Hall, K. and Ross, S. (EDS), (2007), Language Files: Material for an Introduction to Language and Linguistics, Coulumbus, OH: The Ohio State University Press.
Language Acquisition Theories, https//.www.researchgate.net/publiction/299657306.

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 श्रावण, 2075

लेखकका अन्य रचनाहरु