भावनाका लहरहरूको शल्यक्रिया

- सदानन्द अभागी

लेखक परिचय
महेन्द्रप्रकाश के.सी (शाही)को जन्म सन् १९५३मा पिता स्व. जीतबहादुर के.सी. र माता स्व. भीमकला के.सी.का पुत्ररत्नको रुपमा भएको हो । हिन्दी साहित्य सम्मेलन (इलाहावाद) बाट ईन्टरसम्मको शिक्ष हाँसिल गरेका महेन्द्रप्रकाश के.सी. नव चेतना (लेखसङ्ग्रह ) र भावनाका लहरहरू (कवितासङ्ग्रह) लिएर नेपाली साहित्य जगतमा उदाएका छन् । लेखक एवम् कविको साथसाथै उनी एक कुशल सम्पादक पनि हुन् । उनले नवराज क्षेत्रीद्वारा रचित ‘मेरा केही गीत र कविताहरू’ (सन् १९८९), साहित्य संगम अंक (१–४) र असम नेपाली साहित्य सभाको अधिवेशनमा प्रकाशित बुढिदिहिङ पत्रिका ( सन् २०११) सम्पादन गरेका छन् । महेन्द्रप्रकाश के.सी. बहुप्रतिभाका धनी हुनुको साथै एक समाज सेवक पनि हुन् । उनको समाजिक संस्थाहरूमा सहभागिता यसप्रकार रहेको छ – सह सचिव दुलियाजान दुर्गा मन्दिर समिति (१९८७–१९८९), सह सचिव असम गोर्खा सम्मेलन, डिब्रुगढ जिल्ला समिति (१९९९–२००२), मूल सचिव दुलियाजान दुर्गा मन्दिर समिति (१९९५–१९९७), मूल सचिव दुलियाजान नेपाली समाज (१९९७–१९९८), मूल सचिव असम गोर्खा सम्मेलन दुलियाजान शाखा (१९८७–२००८), उप सभापति असम नेपाली साहित्य सभा दुलियाजान शाखा (१९९८–२००८), सभापति असम नेपाली साहित्य सभा दुलियाजान शाखा २००८–२०१२), कार्यकारी सभापति असम गोर्खा सम्मेलन डिब्रुगढ जिल्ला समिति २००८ देखि, केन्द्रिय समितिमा असम नेपाली साहित्य सभा (२००७–२०११)केन्द्रिय सचिव असम नेपाली साहित्य सभा (उपरी असम २०११ देखि ), आँयल इण्डिया लिमिटेड स्वीकृतिप्राप्त युनियन श्रमिक संगठनमा प्रतिनिधिको रूपमा (सन्१९९२ देखि श्रमिक नेताको रूपमा), र केन्द्रिय सदस्य अन्तराष्ट्रिय साहित्य समाज, असम चेप्टरमा सन्र २०१२ दे्खि, आदि ।
कृतिको संरचना – असम नेपाली साहित्य सभाबाट प्रकाशित यस कृतिमा मझ्यौला र छोटा कविताहरू ३२ र मुक्तकहरू ३१ र लोकमुक्तक १२ ओटा समावेश गरिएका छन् । यस कृतिको मूल्य रु ५०÷ राखिएको छ । आवरण पृष्ठ सहित १११ पृष्ठमा सुसज्जित यस कृतिलाई परम पूज्यनीय माताजी स्व. भिमकला के. सी र परम पूज्यनीय पिताजी स्व. जीतबहादुर के.सी.प्रति सादर समर्पण गरिएको छ । यो कृति डम्ब।र दाहालको भूमिका ,डा. लक्ष्मीप्रसाद पराजुलीको शुभकामना, के.वी. राणको द्रष्टव्य, असम नेपाली साहित्य सभाको शुभेच्छा र खुमान सुनारको दृष्टिकोणले सजिएको छ ।
कवितामा प्रवेश गर्दा –समाजमा गरिने अन्याय र अत्याचारको बिरुद्धमा कविताको माध्यमबाट प्रतिवाद गर्न चाहाने महेन्द्रप्रकाशले प्रतिभालाई लुकाउनु भनेको जिन्दगी माथि ठूलो प्रहार गर्नु हो भन्नु हुन्छ र मानिस ठूलो कर्म र ज्ञानले हुन्छ भन्ने ठान्नु हुन्छ । स्वच्छ समाजको निर्माणको लागि तन मन र धन चाहिने त्यसमा पनि मन उज्यालो भएमात्र समाज निर्माणगर्न सजिलो हुने धारणा राख्नु हुन्छ । यस्ता गहन अभिव्यक्तिका धनी महेन्द्र प्रकाशका कविताहरूले पनि त्यस्तै त्यस्तै धारणाहरू बोलेका छन् । अब म कविताको भावसारतिर लाग्छु –
जातिको उद्धार –राष्ट्रभावले ओतप्रोत यस कवितामा कविले नेपाली इतिहासलाई स्वर्ण युगमा लान पाइला चाल्नु पर्ने ,देशप्रेमको पथमा लाग्नु पर्ने, काला रातलाई चिरेर प्रकाशको खोजी गर्नु पर्ने, जनमुक्तिको संघर्षमा वीरहरू लाग्नु पर्ने, स्वर्गको द्वार खोल्नु पर्ने, कालो कुप्रथालाई फाल्नु पर्ने, रूढीवाद र कुप्रथालाई निर्मूल पार्नु पछर्, जस्ता धारणा सहित भन्नु हुन्छ –
‘बत्ती बाल्नुछ जातिको यहाँ झिलिमिली नौलो उषा डाक्नु छ
बुट्टा भर्नुछ बुद्धिले सब मिली जातिको उद्धार गर्नु छ ।’
जागौं साथीः क्रान्ति ल्याउन –गोर्खालीमाथि अन्याय भएकोले, अस्तित्व राख्नको लागि, गोर्खा बिरोध्ी बन्धनलाई चुडालौं, मौलिक अधिकारको लागि लड्नु पर्छ, र एक भएर उठ्दा जातिको सान बढाउन सकिन्छ र शोषण बलत्कारी भ्रष्टचारको नाम मेटाउन सकिन्छ भन्ने धारणा आएको छ ।
संग्रामी योद्धाहरू–
देशका लागि मर्न तम्सनेहरू
अंध्यारोमा पनि बाटो भुल्दैनन्
श्रृजनाको बीउ रोप्नेहरू
मरुभूमिमा पनि फुल्न सक्छन्
यसरी देशभक्रिःले ओतप्रोत भएका कवितामा एकता जिन्दावादमा ‘भनौ जिन्दावाद नेपाली एकताको, भनौं मूर्दावाद देश लुट्ने फटाहाको, यस्ता देश भक्तिले भरिएका धेरै धारणाहरूलाई अध्ययन गर्न पाइन्छ । मानिसमा स्वार्थ चाहिन्छ तर त्यो स्वार्थ आफ्नो लागि हैन स्वार्थ साझा हुनुपर्छ, । साझा स्वार्थमा लड्नेहरूको लागि ‘रत्न जडित महलहरू पनि केही हैन त्याग्न सक्छन् । गरिब र न्यायका पक्षमा लड्नेहरूले पनि आत्म समर्पण गर्दैनन् । मुक्ति संघर्षका योद्धाहरू आँधी तुफानसँग लड्न सक्ने , अडानलाई बन्धकी राखेर दयाको भीख माग्दैनन् , स्वाभीमानीहरू चाकरीको कुर्सीमा बस्दैनन् । ‘खुला धती र आकाश खोज्नेहरू गोला बारुदसँग पनि डरााउँदैनन्’ जस्ता गहन अभिव्यक्ति दिएका छन् कविले ।
कारगिलमा गोर्खा सैनिक शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । तिम्रैलागि कवितामा कविले जस्ले जे गर्छ त्यो सबै तिम्रै लागि हो भन्ने धारणा पस्केका छन् । आमा कवितामा कविले आमाले जन्म दिएर दशधारा दूध पिलाएर, पालन पोषण गरेर सबैसँग चिनजान गराएको र आमाले दिएको माया ममतालाई आज देश बचाउन, जातिको गौरव धान्नको लागि विकासको गोरेटोमा कम्मर कसेर लागेको धारणा आएको छ । चेतावनी आउँदो पीढीलाई –यस कवितामा कविले आउँदो पीढीलाई विवेकशील र संवेदनशील बन्न , आफ्नो जातिलाई नेपाली र गोर्खाली मा विभाजन नगर्न, भारतबासी नेपालहरूको मानव अधिकारको रक्षा गरी मातृत्वलाई बचाउँदा रामबन्ने, सुकर्म गरे कृष्ण बन्ने, मातृ र पितृलाई आदरसत्कार र कदर गर्न सके पछिसम्म युवाशक्तिको महत्व मानवताको इतिहासमा साक्षी बनेर प्रतकि बन्न सक्ने छौ र आफ्नो जातिको उद्धार भएमात्र सुनौला संसार बन्ने छ भन्दै युवालाई आह्वान गरिएको छ । यो कविता पढ्दा मलाई वि.सं. २०२२÷२३ को याद आयो । त्यस समय टोपी लाउने नेपालीलाई नेपालका ठानिन्थ्यो र टोपी नलगाउने, असममा जन्मेका त्यही बसोबास गरेकाहरू पढे लेखेका नेपालीले आपूmलाई असमेली नेपाली ठान्दथे । यसरी असममा भएका नेपाली दूई भागमा विभाजित देखिन्थे । म जस्ता नेपाली जो नेपालमा जन्मे र असममा जागिरको सिलसिलामा पुगे तिनीहरू सबै टोपी लगाउनेमा पर्दथे । नेपालीहरूको जातीय विभाजन थियो । यो विभाजनले नेपाली भाषीहरूलाई निकै कमजोड बनाएको थियो र आज पनि कमजोड बनाएको कुरा यसकविताको कृतिको अध्ययनले जानकारी दिएको छ । एकता जिन्दावाद– यो कविता २०११मा नेपालमा संविधान बनाउँने बेलामा तराईमा उठेका तराई हाम्रो हो भन्ने आवजलाई मनन गर्दै कविले नेपालीको एकताको महसूस गरि यो कविता लेख्दै भन्छन् –
भनौ जिन्दावाद नेपाली एकताको
भनौं मुर्दावाद देश लुट्ने फटाहाको
नेपालीको लएकता र सम्बद्र्धन, जात जातिमा मेल मिलाप गरि राष्ट्रलाई सवल बनाउने धारणा राखिएको छ । केही पायौं केही गुमायौं – यस कवितामा भण्डारी दम्पतिले भाषालाई स्वीकृति दिलाएको अर्थात नेपाली भाषालाई भारत सरकारले स्वीकृति त दियो तर राशन बन्द गराएकोले दाजुभाइ जागृत भएर उठ्न प¥यो भनि आह्वान गरिएको छ । राता मान्छे – राता मान्छेहरूको एक समूह एउटा विहानी ल्याउने सङ्कल्प बोकेर, काला गोमनहरूलाई सखाप पार्दै नरभक्षीहरूको चितामा आगो सल्काउँदै पूर्वतिर बढेका छन् साथ दिन उठ, भन्दै आह्वान गरिएको छ र भनिएको छ –‘ आँसु पिएर बाँच्नु भन्दा आफ्नो जातिको हकको निम्ति लडौं ’ । हिडीरहेछु म आशाको डोको बोकेर – यस कवितामा कविले जातीय समनताको चाहना राख्दै घरघरमा खुशियाली, खेतबारीमा हरियाली गाउँ गाउँमा उज्यालो, सर्वहारा गरिपमा उन्नती, ज्ञानको प्रचार, चेतनाको संचार, घरघरमा रोजगारी, भाषाको संबृद्धि संस्कृतिको विकाश गर्नको लागि हिडिरहेछु म आशाको डोको बोकेर भनिएको छ । मेरो शुभकामना – यस कवितामा कविले मानव जातिले पाउने मौलिक हकबाट बञ्चित भए पनि, घरवाली र बाहरवाली चलचित्रले मुटु जले पनि भारतबासी दुई करोड ने्पालीको मुटु नपोले पछि, कार्गिलको युद्धमा हाम्रा भाइ मर्ने अरुले परमवीर चक्र पाए पनि, १९५० को सन्धिमा धमिरोे नलाग्दै उसको उलंघन हुने देशलाई ,मेरो पुर्खाको रगतले मुछिएको माटोलाई सिंगार्न खोज्दा म विदेशी शब्दले अलंकृत भए पनि संधी र सम्झौताको दायराभित्र रहेर भारत पसेका नेपाली लुटिए पनि, सम्पूर्ण अधिकारबाट बञ्चित भए पनि छातीमा ढुङ्गा राखि आठौं अनुसूचिमा भाषा पाएका छौं भनि गर्व गर्न परेको छ , यसरी भाषा स्वीकृति दिलाउने महायोद्धाहरूमा मेरो शुभकामना भन्ने धारणा आएको छ । उज्यालो – यस कवितामा उज्यालोको खोजी गरिएको छ । ‘सम्पूर्ण उज्यालो हुनलाई त रात ढल्नु पर्छ विहानी हुनु पर्छ र सूर्य उदाउनु पर्छ भन्ने धारणा कविको छ । वर्तमानको परिवेश – यस कवितामा कविले २०४४ ÷४५ सालतिरको विकृतिलाई समाएका छन् र तीखो प्रहार गरेका छन् । अन्याय गर्नु र सहनु पतनको सुरुवात हो । उपयुक्त मानिस उपयुक्त ठाउँमा हुनुपर्छ भन्ने कविको ठम्याई छ । कविका अभिव्यक्तिका चार पंक्तिलाई पढौं –
बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने
षडयन्त्रकारी कसाइहरू देशभक्त नेता कहलाएका छन्
प्रतिभाशाली कलाकारहरू र देशभक्त नेताहरूलाई
आँखामा पट्टी बाँधेर बन्द कोठामा थुनिराखेका छन् ।
असमेली नेपालीभााषी जनतालाई आभार –यस कवितामा असमेली नेपालीभाषी जनता भातृ संगठनहरू सबै एक भएर जुटेर एउटै बाटोमा हिडेर विकाशमा जुटेर फलोस फुलोस भन्ने आह्वान गरिएको छ ।
लोकवाणी – यस कवितामा कविले मानवतावादी धारणा, जीवनवादी सोच, संस्कृतिको संरक्षण गुलामीबाट छुटकारा, प्राप्ती कल्याण्को सिर्जना, मनमा हुने मायालाई मार्न नहुने जस्ता गहन धारणा आएक्ँ छन् । भूपेन दा तिमी अमर छौ – असमका गीतकार र संगीतकार स्व. भूपेन हजारिकाप्रति श्रद्धाञ्जलि स्वरुप लेखिएको यस कवितामा भूपिन सबैका मुटुमा बसेका, सूर्य समान प्रकाशवान छौ, समाजसेवा र समन्वयका लागि आहुति दिएका हौ जस्ता धारणाले श्रद्धाञ्जलि टक्¥याइएको छ ।
उज्यालो ल्याउनै पर्छ –यस कवितामा केही गर्नु पर्छ, राँको बालेर भए पनि अँध्यारोलाई नाशी उज्यालो ल्याउनै पर्छ भनिएको छ । शान्तिका दूतहरू–एक हातमा बुद्धको सन्देश, अर्को हातमा बन्दुक बोकर शान्ति चाहनेहरूले आफ्नो सत्ता डगमगाउन थालेपछि हिंस्रक जानवरमा परिण हुने र बुद्धलाई भ¥याङ् बनाएर रगतको खोलो बगाउँछन् । त्यसोहुँदा मानव समाजमा शान्ति विभाजित भएको धारणा आएको छ । जागउठ नेपाली – यस कवितामा भारतको संविधान बनाउन अरीबहादुर गुरुङ, आजाद हिन्दमा दुर्गा मल्ल, राष्ट्रियगीतमा धुन दिने रामसिंह ठकुरी, गोर्खा सम्मेलन र गोर्खालीगमा डम्बरसिंह गुरुङ्को योगदान छ । १८१६ को सुगौली संधि र १९५० को घाटकी सन्धिको दुरुपयोग भएको छ, त्यसको लागि बुद्ध र अर्निकोका सन्तानहरू जाग्न र उठ्न परेको छ ।
युवाहरूलाई आह्वान –स्वार्थी, भ्रष्टचारीहरूसँग लडेर, देशको पूर्वाधार कोरेर, समाजलाई बलियो बनाएर अघि बढ्न युवाहरूलाई आह्वान गरिुएको छ । मानव–मानव मानव बन्नको लागि उद्देश्य लिएर, कठिनाइलाई चुनौती दिएर, समाज र संसारलाई राम्रो बनाएर, आगोको भ¥याङमा चढ्ने साहस देखाएर , जन्मिएको माटोको भार नभएर अगाडी बढ्नु पर्छ भन्ने धारणा आएको छ । प्रवृति–यस कवितालाइ कविले जीवन दर्शनलाई प्रष्ट्याउन प्रयास गरेका छन् । यौवन, बृद्धपालाई सत्य, बाल्यकाललाई झूटो, सुन्दरता र श्रृङ्गार साँचा,े डालीको पूmल झुटो, मानिसको देह प्रकृति, मन फल हो तर जीवन महाछली हो । मानिसको चाह उसको पूजा, प्रेम प्रसाद, हो तर ‘मानिसको मिलन एक कसिंगर हो, कुहुने प्रवृत्ति यहींबाट आरम्भ हुन्छ ’ भनिएको छ । आजका बालक भोलिका कर्णधार – बालकलाई महान बन्ने आह्वान गरिएको छ । उन्नती – सिंचाइमा लम्केर विकाश गरौं भन्ने धारणा आएको छ । पूmल –यस कवितामा पूmल अति राम्री आँखालाई लोभ्याउने, सबैलाई शोभा दिन,सबैको मन जित्ने मगमग वासना छरिदिने सौन्दर्यलाई भरि दिने भनेर प्रसंशा गरिएको छ । समय नै बलवान हो – मानव जीवनका बालक यौवनता र बृद्धपामा देखिने शरीरका रुपरङ्गको वर्णन गर्दै कविले भदछन् – ‘मान्छे बलवान हैन समय नै बलवान हो र ‘हिजो जन्मेको नातिसँग बाजे डराउँछ ’ । उद्देश्य – जातिको अस्तित्वको लागि लड्ने धारणा आएको छ । मौलिक अधिकार– आठौं अनुसूचीमा भाषाको अधिकार पाएम् भन्दैमा चुप लागेर बस्नु नहुने सम्पूर्ण मौलिक हक पाउनको लागि त वर्तमान परिवेश मिल्दो संगठन जन्माउनु पर्छ भन्ने धारणा आएको छ । भावनाका लहरहरू – यसै कविताबाट यस कृतिको शीर्षक रहेको छ । कवि नेपालमा चलेको जनयुद्धमा भएका भौतिक संरचनाको नास मानवीय क्षती आदिमा आक्रोसित देखिन्छन् । देश टुक्¥याउने खेलमा लाग्नु हुन्न र समाजवाद स्थापना गर्नु पर्छ भन्ने सन्देश बोकेको छ कविताले । आस्था – आस्थालाई किन्न सकिदैन र बेच्न पनि सकिदैन । यो हृदयको धुकधुकी बन्छ अनि जिन्दगीको सर्वोत्तम आदर्श बन्छ भन्ने धारणा आएको छ । यथार्थ– कविता तर्फको यो अन्तिम कविता हो । यसमा यो संसार नाशवान छ, यस संसारमा आए पछि मृत्यु निश्चि छ त्यसो हुँदा यो संसारलाई बुझ्नु पर्ने र हाँसी हाँसी बाँच्न पर्ने धारणा आएको छ ।
यस कृतिमा मुक्तक र लोकमुक्तकहरू पनि समावेश गरिएका छन् । यी मुक्तकहरू प्रेमसँग गाँसिएका छन् । कविले कोरेका प्रेमभावले जवानी दर्शाको छ ,सालीबिना ससुराली फिका भएको जानकारी गराएको छ, मान्छे आफ्नो दुःखमा भन्दा अर्काको सुखमा धेरै रोएका कुरा आएका छन् , प्रेमिकाले पूmलको माला लगाइ दिएमा सिन्दुर पोतेले सजाइ दिने धारणा राखिएका छन् , कृति राख्न पर्ने, धर्मकर्म गर्नु पर्ने, बन्धना गरिएको, विवाह गर्दा सम्पति र अलंकार लिन नभै वर र वधुको बीचमा हुनु पर्ने, परिवर्तनको चाहना, बोलेको आगो तापिने रुनेमा सहानुभूति नदेखिने, नास्तिक हुन नहुने आदि थुप्रै धारणा आएका छन् । एक मुक्तकलाई यहाँ अध्ययन गरौं ।
सभामा स्वाद आउने ओडियन्सको ताली हुँदो रहेछ
दूधमा स्वाद आउने दूधमाथिको छाली हुँदो रहेछ
पूmल वगैंचालाई झिलिमिलि पार्ने माली हुँदो रहेछ
साली बिनाको ससुराली खाली हुँदो रहेछ
(पृष्ठ ४६)
मुक्तकलाई पनि मुक्तककारले मुक्तक र लोक मुक्तक भनि वर्गीकृत गरेका छन् । लोकले बोलिने गरेका मुक्तकहरूको सङ्कलन हो जस्तो लाग्छ । मीठो सुरिलो लयका यी मुक्तकले पनि विविधतालाई समाएका छन् । लोक लयमा सजिएका छन् । सबै लोक मुक्तक रसिला र भरिला छन् । प्रथम र अन्तिम लोक मुक्तकलाई यहाँ पस्कन चाहान्छु –
पातै राम्रो पीपलुको
छाया राम्रो वरको
माया राम्रो रहरको
छोरी ठूलो घरको
पृष्ठ ७०
सहरको झिलिमिलि
गाउँको हावा पानी
पूजागर्नु पाहुनालाई
देवी देउता ठानी
पृष्ठ ७२
माथि मैले महेन्द्रप्रसाद के.सी.का सबै कविताहरूको भावसार पस्किसकेको छु । के.सी.का कवितामा समाजमा भएका र यस कृतिमा रहेका व्याप्त कुरीति अन्याय, अत्याचारप्रति तीखो प्रहार छ । उनी स्वच्छ , न्यायपूर्ण व्यवहारको चाहना राख्ने कवि हुन् । उनी जातीय विभाजन चाँहादैनन् । भारतेली÷असमेली नेपालीहरू र नेपालबाट गएर भारतमा योगदान पु¥याउने नेपाली बीचको एकतामा जोड दिएका छन् । भारतेली÷असमेली नेपालीहरू र नेपालबाट गएर भारतमा योगदान पु¥याउने नेपालीले भारत सरकारबाट गरिएको विभेदलाई कोट्याउँदै, नेपाली भाषा र संस्कृतिको संरक्षण र सम्बर्धन, मौलिकहकको लागि संघर्षरत हुनु पर्ने, भारतमा भारतीय नेपालीको त्याग बलिदान भारतको संरक्षणको लागि गोर्खाको योगदान र कार्गिल जस्ता युद्धमा गोर्खालीहरू शहीद भएका तर शहीदको सम्मान नभएको, मानवतावादको परिभाषा, प्रकृतिको सुन्दर वर्णन, जीवन दर्शनका अभिव्यक्ति आदि थुप्रै धारणालाई संयोजन गरेर कविता कृतिको सिर्जना भएको छ ।
परिवेश–यो कवितासङ्ग्रहभित्रका कविताहरू असम (भारत) र नेपालका परिवेशमा लेखिएका छन् । कविको बसाई असममा भएकोले कविका कविताहरूले भारतका विविध पक्षमा बढी आयतन लिए पनि नेपालमा आएका वेला देखिएका विसङ्गति र विकृतिमा पञ्चायती कालदेखि लिएर माओवादी जनयुद्धकाललाई समेट्दै समाजवादलाई अङ्गाल्नु पर्ने धारणा सहित कविले धारणा राखेका छन्।
शीर्षकीकरण –‘भावनाका लहरहरू’ नामक यस कृतिको ३० सौं कविताबाट कृतिको नामाकरण गरिएको छ । कविता भन्नु नै स्वत स्पूmर्त भावना हो । राष्ट्रियताले भरिएका यस कृतिका सबै कवितामा भावनाले मौलिकता र बौधिकता दर्शाएका छन् । कविले रोजेको यो शीर्षक सार्थक छ भन्न सकिन्छ ।
भाषाशैली– कृतिलाई झट्ट नियाल्दा साधारण शब्दहरू प्रयोग गरेको देखिन्छ । कवितामा ठेट नेपाली शब्दहरूको प्रयोग गरिएको छ । कोही गद्यलयमा, कोही लोक लयमा र ‘जातिको उद्धार ’ भन्ने कविता शार्दुलविक्रीडित छन्दमा लेखिएको छ । शब्दालङ्कारहरू मिलेका छन् । प्रतीकको राम्रो प्रयोग भएको देखिन्छ । कतिपय कविता र मुक्तक गाउन सकिने खालका पनि देखिन्छन् । अतः कविले जातीय जागरणका भावनालाई गम्भिरताका साथ उठाएका छन् । मौलिक हकको लागि गोर्खाली एकजुट भएर लाग्नु पर्ने धारणा राखेका छन् । सामाजिक विकृति र विसङ्गतिमा तीखो व्यङ्ग प्रहार गरेका छन् । यस्ता राष्ट्र, राष्ट्रियता र जातीय एकताको धारणा राख्ने कविको सुस्वास्थ दिर्घायुको कामना सहित विदा चाहान्छु । धन्यवाद,
कावासोती न.पा.,वडा नं ७, नवलपुर गण्डकी प्रदेश, नेपाल

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 4 भाद्र, 2075

लेखकका अन्य रचनाहरु