उत्तरआधुनिकताको फराकिलो बहस

- अच्युत वाग्ले

उत्तरआधुनिकतालाई सरलीकरण गरेर आफ्ना वास्तविकताहरूको सापेक्षमा बुझ्ने मेरो आग्रहलाई धेरै 'सिङ-जुरा' उम्रेका र 'जेरु'झैं मौलाएका विद्वानहरूले धेरै विशेषण लाइदिनुभएको छ । व्यक्तिगत रूपमा ती भनाइमाथि टिप्पणी-प्रतिटिप्पणी गर्नुपर्ने आवश्यकता छैन । तर दर्ुगाग्यवश लगभग दर्जनको संख्यामा प्रकाशित आलेख र पाठक प्रतिक्रियामा पनि साहित्य-इतर उत्तरआधुनिकतासग सम्बन्धित राजनीति, आर्थिक विकास र सांस्कृतिक पाटोहरूमा कसैले पनि केही बोलेनन् । साहित्य र्सजकका उद्भव- उन्मुख सिर्जना प्रवृत्तिका कारणबारे पनि कोही प्रवेश गर्न चाहेन । बरु यसमाथि बहस नै नगरौं, यो 'मोनोटोनस' भयो भन्ने आग्रह आए । साहित्यिक पाठ्यपुस्तकमा मात्र घोकिएका दर्जनौं चिन्तक एवं लेखकका उद्धरण साभार भए । जब बहस एकांकी हुन्छ, त्यो निरस र बोझिलो हुन्छ नै । तर्सथ बहस नगरौं होइन, यसलाई सरलीकृत र हाम्रो जीवनका भोगाइको सामिप्य बनाऔं भन्ने मेरो आग्रह छ ।

जे होस्, अहिले चलेको बहसले उत्तरआधुनिक चिन्तन स्वतन्त्रताप्रति आमपाठकमा निकै चासो जगाएको मात्र छैन, केही विषय-सारलाई छलफलको केन्द्रविन्दुमा पनि ल्याएको छ । उदाहरणका लागि, सिर्जना पहिले कि 'वाद' - भन्ने प्रश्न आयो । वास्तविक उत्तरआधुनिक बुझाइमा सिर्जनाले नै विचार र बहस जन्माउछ र त्यसको फैलावट भएर त्यो व्यापक रूपमा स्वीकार्य एवं पुनः प्रयोग -रेप्लिकेसन) भएपछि कुनै 'वाद'को रूप लिन्छ । तर साम्यवादी चिन्तकर्/र्सजक यसलाई स्वीकार्दैनन् । उनीहरूका विचारमा साहित्य प्रगतिशील वा जनमुखी हुनर्ुपर्छ, राजनीति र्सवहारा अधिनायकवाद नै हुनर्ुपर्छ, अर्थव्यवस्था राज्य निर्देशित हुनर्ुपर्छ र सांस्कृतिक पहिचान समूल नष्ट गरेर मानव पहिचानलाई नै समानीकरण गरिनर्ुपर्छ । यी सबै वैचारिक पक्षहरू मार्क्सवादको प्रसारपछि जन्मेका हुन्, जहा“ 'वाद' सिर्जनाभन्दा पहिले आएको छ ।

त्यस्तै उत्तरआधुनिक अवधारणाले झैं पाठक, दर्शक वा उपयोगकर्तालाई समग्रमा ग्राहकका रूपमा सम्बोधन गर्न नहुने आशय पनि अभिव्यक्त भएको पाइयो । यो तर्कमा उत्तरआधुनिकतालाई सहित्यमा मात्र सीमित गर्ने अभ्रि्राय वा अज्ञानता निहित छ । निश्चय नै साहित्यको मात्र कुरा गर्दा जहाभावना मनोविज्ञान, सौर्न्दर्यचेत र परायथार्थवादी चित्रणको स्थान रहन्छ, त्यहा“ 'ग्राहक' शब्द अति-भौतिकवादी सुनिन सक्छ । तर यदि यसलाई व्यापक अर्थमा, आमनागरिकलाई राजनीतिक प्रणालीको सेवाग्राही, आर्थिक प्रणालीको लाभग्राही र सामाजिक सहअस्तित्वमा भावनात्मक सन्तुष्टिको अपेक्षा गर्ने पात्रका रूपमा बुझियो भने ऊ ग्रहणकर्ता वा ग्राहक नै हो । यसका केही थप पक्ष पनि छन्, जसमाथि थप छलफल गर्न सकिन्छ, जुन यो छोटो लेखमा सम्भव छैन ।

यो बहसको क्रममा विनिर्माण, विश्वदृष्टि, महाआख्यान र त्यसको पुनःलेखनको उल्लेख पनि निकैपटक भएको छ । विनिर्माण खोज्न डेरिडा, विश्वदृष्टिका लागि क्रिश्चिय दर्शन र महाआख्यान -मेटान्याराटिभ) का लागि जा|mान्सिस ल्योर्टार्डतर्फनै मात्र फर्केर बोल्नर्ुपर्छ भन्ने आग्रह गलत छ । पर्ूर्वीय साहित्यको अद्वितीय ग्रन्थ वेदमा उल्लेख भएको ब्रह्माबाट पुरुष र प्रकृति बनेको कुरालाई विनिर्माणको सुन्दर दृष्टान्त मान्न सकिन्छ । हाम्रै घर-आगनमा झुसिलकीरा नष्ट भएर पुतली निस्कने प्रक्रिया कम रोचक छ र -

विश्वदृष्टि एउटा भ्रम हो । कृष्ण, क्राइष्ट वा अरू कसैलाई र्सवव्यापी, र्सवज्ञानी मान्नु, एउटै आर्थिक विकासको मोडलले संसारको गरिबी हटाउने दाबी गर्नु, एउटा राजनीतिक कार्यक्रम र सिद्धान्तले विश्व विजय गर्ने योजना बनाउनुका र्व्यर्थता अहिले व्याख्या गर्नु आवश्यक छैन । मानवतावादी विश्वदृष्टिको अस्तित्व रहनर्ुपर्छ भन्ने केही छन् । मृत्युलाई मानवीय समवेदनाका दृष्टिले समान मान्न सकिएला, तर कुपोषणले मृत्यु हुने र अतिपोषण र मोटाइका कारण मृत्यु हुनेहरूप्रतिको समवेदना निश्चय नै फरक हुन्छ । त्यसैले मानवतावादी विश्वदृष्टि पनि सधैं समान हुदैन ।

महाआख्यानबारे यसअघि नै धेरै लेखिइसकेको छ । सिग्मन्ड प|mायडलाई देख्ने वात्स्यायनाई नदेख्ने, एडम स्मिथ घोक्ने कौटिल्य नबुझ्ने वा युलिससबारे मन्थन गर्ने तर वेदबारे अनभिज्ञ रहने संस्कारले महाआख्यानको अस्तित्व रहेको हो । तुलनात्मक अध्ययन र स्थान वा आत्मसापेक्ष विशिष्ठ बुझाइसगै सबै तथाकथित महाआख्यानहरूको निर्रथकता स्वतः उजागर हुन्छ । नेपालमा उत्तरआधुनिकताको वर्तमान बहसमा झन्डै-झन्डै केन्द्रविन्दुमा राखेर चर्चा गरिएको विषय हो- पुनःलेखन । पहिलो कुरा, सबै महाआख्यानको विश्वव्यापी प्रभाव र अस्तित्वलाई नै अस्वीकार गरिसकिएपछि त्यसैको पुनःलेखनको सान्दर्भिकता स्थापित गर्न खोज्नुको कुनै अर्थ रहदैन । दोस्रो कुरा, पुनःलेखन, पुनःसंरचना वा पुनःनिर्माणमात्र वास्तविक जीवन र जगतसापेक्ष समस्यालाई सम्बोधन र समाधान गर्न अपर्याप्त छन् । त्यसका लागि सम्पर्ूण्ातामा नवीन लेखन र नवनिर्माण अपरिहार्य हुन्छ ।

साहित्यमा भर्जिनिया उल्फ, समाजशस्त्रमा रोबोर्ट रेडफिल्ड, राजनीतिक दर्शनमा |mान्सिस फुकुयामाभन्दा पहिलेका चिन्तनधारा र अर्थशास्त्रमा वाल्ट रोष्टोको विकासका चरणको सिद्धान्तसम्मलाई मात्र पुनःलेखनको अवधारणले समेट्छ । नयाविकसित स्वःअस्तित्वसहितको विकास अवधारणमा पुनःलेखनकोे सान्दर्भिकतामात्र मानवजीवनको परिचयलाई इतिहास र सम्पदासग जोड्ने कुरामा सीमित छ । पुनःलेखनमा भविष्यदृष्टि शून्य हुन्छ ।

पुनःलेखनको औचित्य स्थापित गर्ने होडबाजीमा केही मित्रहरूले नेपालका राजनीतिक दलले आफ्ना सैद्धान्तिक आधारभूमिको पुनःलेखन गरेको दाबी गर्नुभएको छ । वास्तवमा त्यो पुनःलेखन नभएर नवीन लेखनको सुरुवात हो । साम्यवादी सिद्धान्तको कुनै पनि कुनामा रक्तिम क्रान्तिको सट्टा चुनाव, बहुदलीय प्रतिस्पर्धा, निजी क्षेत्रको विकास, मानवअधिकार वा प्रेस स्वतन्त्रताजस्ता विषय पुनःलेखन गरेर घुसाइएका होइनन् । नत प्रजातान्त्रिक समाजवादलाई पुनःलेखन गरेर आर्थिक उदारवाद अवलम्बन भएको हो । ती अव्यावहारिक सिद्धान्त जहाथिए, त्यही छोडिए । अब समयसापेक्ष नवलेखन सुरु भएको छ, जुन कुनै ठूलो सिद्धान्त बन्नु जरुरी छैन । तर हाम्रा आवश्यकतालाई सम्बोधित गर्न सक्नेगरी व्यावहारिक हुनु बढी आवश्यक छ ।

प्रस्टै छ, हामी कुनै पनि स्वरूपको संविधानको पुनःलेखन गर्न तयार भएनौं र त्यसको समग्र नवीन लेखनको पक्षमा सिङ्गो राष्ट्र उभिएको छ, यतिखेर । संक्षेपमा, पुनःलेखनमार्फत हुने आंशिक सुधार वा टालटुलले वर्तमान विश्वले भोगेको आर्थिक असमानता, राजनीतिक अराजकता र सामाजिक पहिचानहीनताजस्ता समस्याहरूको समाधान गर्दैन । त्यसका लागि महाआख्यान, महान परम्परा, अभिजात्यताउन्मुख संस्कार वा विश्वव्यापी अवधारणाजस्ता सहजै अगम्य र बोझपर्ूण्ा अवधारणबाट डिपार्चर हुनु आवश्यक छ । अहिलेलाई यत्ति नै मात्र भनुपुनःलेखनबारे ।

अन्त्यमा, उत्तरआधुनिकताको बहसलाई केही 'मठाधीशहरू'को जिम्मा लगाएर बुद्धिविलासको मात्र हतियार बन्न दिनु   हुदैन । विषयलाई समग्रतामा बुझ्न नचाहने, आफू ठूलो विद्वान कहलिने लोभमा कुरा नबुझी उत्तरआधुनिकताको आवरणमा जे पायो त्यही लेख्ने र जे लेखिन्छ, त्यसलाई हाम्रो सर्न्दर्भसगको तादात्म्य स्थापित नगर्ने परिपाटीले यसलाई कोरा बुद्धिविलासमात्र बनाउनेछ । बसाइ, नासो वा मुनामदनका पक्षमा तर्क राख्नेहरू नै हुन्, जसले उत्तरआधुनिकताको सर्न्दर्भलाई राम्ररी आत्मसाथ गरेका छन् । अर्को भूगोलका उत्तिकै चर्चित सिर्जना, व्यवस्था वा परिपाटीलाई हाम्रा कृति मूल्यांकनको मापदण्ड बनाउने संस्कारलाई भत्काउनर्ुपर्छ । त्यसको सट्टा सपहिचान अन्तरक्रियात्मक सहकार्य अगाडि बढाउनर्ुपर्छ । आफ्नो र्सार्वभौम विशेषता अक्षुण्ण राखेर विश्वसग सहकार्य गर्नु सबभन्दा उत्तम बाटो हो । त्यही उत्तरआधुनिकताको सरल सपाट बुझाइ पनि हो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 11 श्रावण, 2065

लेखकका अन्य रचनाहरु