14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

यात्रा अनुस्मृतिमा यात्रा गर्दा

कृति/समीक्षा सदानन्द अभागी August 1, 2021, 12:31 pm

सदानन्द अभागी अज्ञातका कविता (कवितासङ्ग्रह) २०४७ प्रकाशनमा ल्याई कविको रूपमा आपूmलाई स्थापित गराउनु भएका प्रा. कपिलमणि शर्मा रेग्मी (कपिल अज्ञात) ले हालसम्म नेपाली साहित्यको फाँटमा १९ कृतिहरू प्रदान गर्दै, एक विशिष्ट कवित्व प्रतिभा, वरिष्ठ समालोचक, मुक्तककार, गजलकार, निबन्धकार, नियात्राकारको रूपमा आपूmलाई परिचय गराउन सफल देखिनु भएको छ


अग्निपुराणमा रसचिन्तन

कृति/समीक्षा प्रा.डा.गंगाप्रसाद अधिकारी August 1, 2021, 12:22 pm

प्रा.डा.गंगाप्रसाद अधिकारी सारकथन (abstract)
प्रस्तुत लेख अग्निपुराणमा रससम्बन्धी के कस्तो चिन्तन पाइन्छ भन्ने विषयको अध्ययनसँग सम्बद्ध छ । वैदिक युगदेखि नै परमात्माको आनन्दमय चैतन्य स्वरूपका रूपमा लिइँदै आएको रस तत्त्वका बारेमा व्यवस्थित ढङ्गले भरतमुनिकृत नाट्यशास्त्रमा विशद रूपमा साङ्गोपाङ्ग वर्णन गरिएको पाइन्छ


अस्तित्ववादी दर्शन र सार्त्रको नाटक नो एग्जिट: एक चर्चा

विचार ज्ञान बहादुर क्षेत्री August 1, 2021, 12:19 pm

ज्ञान बहादुर क्षेत्री अग्रकथन
विशिष्ट सर्जक समालोचक प्रा.डा. गोविन्दराज भट्टराईसँग कुराकानी भइरहन्छ। आजको दिनमा नेपाल र नेपाल बाहिरका नेपाली साहित्य सर्जकहरुलाई बौद्धिक नेतृत्व प्रदान गर्ने सर्वमान्य अगुवा डा भटराई नै हुनुहुन्छ। उहाँका कृतिहरुमा विशेष गरी डायस्पोरा सिद्धान्त र समालोचना अनि उत्तरआधुनिक विमर्शमा सारा विश्वका नेपाली सर्जक र तिनीहरुको सिर्जनालाई समेटिएको छ


समृद्धि

कथा नारायण मरासिनी August 1, 2021, 11:57 am

नारायण मरासिनी लगभग तिन दसक भएको थियो म काठमाडौं बस्न थालेको । तत्कालीन अवस्थामा गाउँबाट एसएलसी पास गरेपछि क्याम्पस पढ्ने रहरमा काठमाडौं छिरेको थिएँ । पछिल्लो दसकदेखि चाहिँ आफ्नो परिवारसहित बसेको थिएँ, जीवनसँगिनी र एउटा छोराको साथमा । गाउँबाट रित्तो हात सहर पसेको मान्छे म । लगभग एक दसक त किताब कापीको झोला बोकेर क्याम्पसको कक्षाकोठा चहार्दैमा बित्यो


पहिलो कविता

लघुकथा ईगम खालिङ August 1, 2021, 11:53 am

ईगम खालिङ सविताको परिवार दार्जीलिङको सानो गाउँबाट दिल्लीजस्तो महानगरमा बसाइ सरेको एक बर्ष भइसकेको छ। उनीहरू बसेको ठाउँ कङ्क्रिटैकङ्क्रिटका भवनहरूले भरिएको छ। कहिलेकाँही उसलाई महानगरको यान्त्रिकीकरणले बेसरी पोलेर ल्याउँछ। उसलाई स्कूल जान मन लाग्दैन। आफ्ना नयाँ साथीहरूसित पनि मन लाग्दैन


.....छँदैछु नि

हास्यव्यङ्ग्य कृष्ण प्रधान August 1, 2021, 11:50 am

कृष्ण प्रधान बड़ो अजब र गजब़को स्वाभाव हुन्छ यी मान्छे नामक दुइखुट्टे जनावरको । एउटै समाजमा बसोबास गरे पनि कोही गम्भीर देखिन्छ भने कोही छटपटे । कोही चतुर ; कोही लाटा । कसैलाई आफ्नो समाजप्रति सोह्रै आना समर्पित देखिन्छ भने कसैलाई उनी बसेको समाजप्रति लुतो न कनाइ केही नभएको पनि देखिन्छ ।

एउटा समाजमा थरि-थरिका मान्छे नाउँका जनावरहरू देखिन्छन्

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित