रसवादी आवरणमा गिरीको "सम्झनाका तरेलीहरु"

- दीपेन्द्र के.सी.

"वाक्यं रसात्मक काव्यम्" अर्थात रसयुक्त वाक्य नै काव्य हो । चौधौं शताव्दीका पर्ूर्वीय साहित्य चिन्तक विश्वनाथले साहित्यको प्रमुख आधार रसलाई मानेका छन । तर रसवादका व्याख्याता भने नाट्यशास्त्री भरत हुन र उनले नाटकको कथानकसंगै प्रस्तुति र पात्रको माध्यमबाट मंचित नाटकको प्रभावबाट जुन प्रकारको आनन्द प्राप्त हुन्छ त्यो नै रस हो भनेर यसलाई सरलीकृत गरेका छन् । तथापी साहित्यका अन्य विधामा पनि साहित्यको अध्ययनबाट पाठकले जुन प्रकारको आनन्द प्राप्त गर्दछ त्यो नै रस हो । यिनै मतहरु पर्ूर्वीय साहित्य दर्शनमा सिर्जनाको आत्मीकरण, अनुकरण वा भावानात्मक वरणको मियो रहेका छन् ।

साहित्य हेतुसंग रसवादको सघन सम्बन्ध रहेको हुन्छ । यथार्थमा कृतिको र्सार्थकता भनेको रसवादले तय गरेको मार्गमै नीहित हुन्छ तर अपवादका रुपमा भिन्न वैशिष्ट्य अंगालेका, असाधरण कथानक मात्र नभै असामान्य प्रस्तुतियुक्त कृतिबाट समग्रमा वरण गरिने अप्रत्यक्ष रसका अंगहरु आधुनिक अध्येताहरुले औंल्याउन थालेका छन् ।

नेपाली साहित्यको सर्न्दर्भमा मुना मदन, प्रेमपिण्ड, गौरी,रामायण जस्ता रसवादी चरित्रका अति सफल र लोकप्रिय प्रतिनिधि कृतिहरु हुन् जसका सामाजिक प्रभाव र आदर्श चीरकालपर्यन्त रहिरहन्छन् । विशेषतः रसको वैशिष्टय प्रवृत्ति प्ााठकले कृति अध्ययन गर्दैर् जांदा त्यांहाका पात्र र चरित्रमा आफुलाई समाहित गर्दै पात्र रुंदा रुने, हांस्दा हास्ने वा कृतिको अर्न्तवस्तुमा प्रवेश गरेर प्रतिक्रिया जनाउनु हो । संस्कार, प्रवृत्ति आवेग, संवेदना, भावना र भावातिरेक यसका जड हुन् क्रिया, प्रतिक्रिया, अनुभाव, प्रभाव र साधारणीकरण रसका चरित्र ।

प्रवासी स्रष्टाहरुमा विमल गिरी सायदै नवीन पात्रका रुपमा रहे । श्रव्यकृति "उपासना" का रचयिता -गीतकार) का रुपमा उद्भाषित उनै गिरीको गीतिसंग्रह "सम्झनाका तरेलीहरु"ले अंगालेका रसवादी आचरणहरुको , गुणहरुको, संयोगहरु अनि चरित्रहरुको यहां संक्षिप्त अवलोकन गर्ने प्रयास गरिएको छ । र्

कर्मथलो बेल्जियममा क्रियाशील गिरीको कृति प्रकाशक संस्था अनेसासकै नियमितता रहेछ । वि.सं २०६६ प्रकाशन वर्षरहेको गीतिसंग्रहको रसपक्षको वैशिष्ट्यतालाई आवरणमा उपस्थापन गराउने अभ्रि्रायको प्रस्तुति हो यो ।

न्ावरस मध्ये सवै गीतहरु ठ्याक्कै श्रृङ्गारिक तर वियोगात्मक श्रृङ्गारिकले नडोर्याए पनि यसको वाहुल्यताले कृतिलाई थिचेको भान वा रचयिताको आत्मीय अन्तर्वेदना, अन्तर्घर्ुु वा कल्पशैली वियोग रहेको ठम्याउन मुस्किल पर्दैन । कृतिको प्रारम्भमै "दैव लाग्यो जीन्दगीमा" शर्ीष्ाकको प्रवेशसंगै कारुणिक रस प्रवाह गरेर विविधता र शव्द शव्दमा रसको संचार गरेका छन् । जसका रसमयी उदगारहरुका प्रभावमा पाठकले रसिला फलाहार र आला चाकाका मह झैं सुरुप्पै पार्ने मीठास प्राप्त गर्दछ आत्मीक आल्हादन अनुभव गर्दछ ।र गीतकारले अंगालेको गेयात्मक विम्व आफैमा अनुभूत गर्दछ । यो नै कृतिको वैशिष्टय र र्सार्थक पक्ष हो ।

लेखकले रसमयी प्रस्तुतीकरणमा सिंगो शर्ीष्ाकलाई प्रतिनिधित्व गराउदैं सग्लो रुपमा अर्थिने गरी साधारणीकरण गरेका छन् । जसले गर्दा पाठकले कृति अध्ययन गर्दा पाना पाना, शव्द शव्द र अक्षरहरुमा डुवेको पत्तै पाउंदैन । यो नै रस पक्षको सवल उपस्थापन हो ।

कृतिको केन्द्रीय पक्ष वियोगात्मक श्रृङ्गारिकता हो यसैले पनि यसलाई श्रृङ्गारिक गीतिकाव्य भनी ठम्याउदा अत्युक्ति नहोला । ग्ाीतका शिल्प उन्नयनमा अभ्यस्त गीतकार स्वयं आलम्वित पात्र वनेका छन् भने शव्दको रसास्वादनले पाठकहरु उद्दीप्त भएका छन् । गीत वाचन गर्दा लाग्छ पाठक स्वयं पर्ूवदीप्तीको लहरो समातेर सम्झनाका तरेलीका फांटहरु चाहारिरहेको छ ।

गीतमा मिलाइएका अन्त्यानुप्रासका मिठास, लोकशैलीका छोटा मौलिक शव्द संयोजन अन्ततोगत्वा रसमै समाहित भएका छन् । कृतिका अंशहरुले वोकेका कथानकसंग जसरी भाववाकत्व व्यापार हुन्छ त्यसले पाठकलाई उव्देलित गराउंछ यो नै कृतिबाट प्राप्त हुने रसास्वादनको चरमोत्कर्षहो ।

गीतकारले समेटेका मायाँप्रीति, वियोग, विछोड, सामाजिक आस्था, कर्तव्य, नैतिक उपदेशिक सन्देश र आत्मीय अनुभवको केन्द्रीय चरित्र आफूमा पाउंछ यो नै रसवादी दृष्टिकोणको सफल प्रयोग हो । रसवादी धाराभित्र पनि मानवीय संवेदनालाई च्वास्सै छुनसक्ने करुण, श्रृङ्गारिक जस्ता प्रतिनिधि रसलाई प्रधानता दिएर रसभित्र पनि लोकप्रिय शाखाको पहिचान गरेका छन् । शर्ीष्ाकका कान्तिहरु, श्लोकको आदि, मध्य र अन्त्यको कौशलताले कायकल्पको परिणति दिलाउन सक्ने रसकीय शिल्प भेटिन्छ । त्ार रसभूमिमा

रहेरपनि गीतकारले रसका कुनै एकल पक्षमा नलागी छ्यासमिसे रसधाराहरुमा वहकिएको प्रष्टै हुन्छ ।

"दैव लाग्यो जीन्दगीमा" शर्ीष्ाकबाट उदघाटित काव्यले प्रारम्भमै गीतकारको रसवादी रुझानलाई उजगार त गर्छ नै साथमा श्रृङ्गारिक वियोगको मियोमा कृतिको फन्कोको संकेत पनि । त्यहाँ उर्लेको विरह "दैव लाग्यौ जीन्दगीमा डुवाइगयौ सागरमा, उडीगयौ वादलसंगै वागमतीको वगरमा" लाग्छ यिनै हरफहरु काफी छन् पाठकहरुका मन अमिल्याउन विरहमा । यसरीनै वग्दै जान्छन उनी अप्राप्ति र अतृप्तालाई "जीन्दगीलाई फूल सम्झें" भन्दै फेरि शान्त शौम्य रसधारमा फड्किदैं"जीवन जिंउछौ निर्धाहरु"मा सामाजिक उपदेश, सदभावको अपेक्षाका साथ "जीवन जिउंछौ निर्धाहरु पखेरी र पाखामा, दोहोरी र मारुनी गीत गाउंदै आफनै भाखामा" शान्त र सुन्दर अतीतको विशिष्ट दृष्टान्त हो यो । कता कता वियोगको केन्द्रै लाग्ने "च्वास्स मुटु दुख्दो रैछ आफनै मान्छे टाढिदिंदा, मन हलुङ्गो भैदिन्थ्यो कि एकान्तमा वसी रुंदा" जस्ता वियोगको सुन्दर व्याथाहरु भेटिन्छन् ।

यसरी नै "कैंयौ विते हिैउदहरु" मा आत्मीयजनको विछोडमा परदेशको विनिमयको पीडादायी रस सोस्नै पर्ने हुन्छ नै, र्"ेएकान्त प्यारो लाग्छ" जस्ता आत्मै कोतर्ने विरह पनि । प्रकृतिका विम्व संगालेका "खोलो तरौं सांघु छैन"बाट असाहयपना दर्शाउनेमात्र होइन "चुप्प चुप्प म्वाई खान्थ्यौं एकार्कालाई पालो गरी, सल्वलाउथे हातहरु स्वचालित मेशीनसरी" जस्ता शटीक र शालीन संयोगात्मक श्रृङ्गारिक यौनको सहज प्रस्तुतिले पाठकहरुमा रसवषर्ाको निश्चितता नै गरिदिन्छ । श्रृङ्गारिकको वाहुल्यतावाट वाहिर आउंदा अन्य रसहरुको उपस्थापन कृतिको आलंकारिकताका लागि देखा पर्दछन । कृति हातमा पर्दा पनि गीतका माध्यमवाट राष्ट्रिय चिन्तन खोज्ने, शान्त भाव खोज्ने, वैदिक देववाणीका उपदेशहरुबाट नैतिकताको शन्देस फैलाउन अग्रसर देखिने विविध सामर्थ्य पर््रदर्शन गरेको छ । "इज्जत गरौं एकार्कालाई आफनै वंश ठानी, पछुताउनु पर्ला एकलै के भयो यस्तो भनी" । "आत्मा सजाउ स्वाभिमानको" शर्ीष्ाकले भन्छ आफू परदेशिएर गएपनि प्रकृतिको र्स्वर्ग स्वदेशमै रमाउन मात्रै होइन अपहृत मुस्कानको व्याथा ओकलेका छन् शान्त रसको सहायताले । फेरि मोडहरुमा भेटिन्छन उनै श्रृङ्गारिक वियोगका यात्रीहरु कतै निरास शान्त र वियोगात्मकको सामञ्जस्यमा साँस्कृतिक सोच हावी गराउंदै तोकिएको जीन्दगीप्रतिको निराशामा "भाग्य हार्यो विधाताले वियोग संधैभरी, मूल फुट्छ परेलीमा छल्क्यो छालसरि" कुंदिएका शव्दहरु ।

यो कृति रसको प्रतिनिधि मात्र नभएर संगम पनि हो । यहाँभित्र मायाँप्रेम, विछोड मिलन, पारम्परिक नेपाली सोच, प्रकृति, वातावरण, जीवनशैली, चरित्रहरुलाई स्थायी भाव, विभाव, अनुभाव र व्याभिचारी भावसंगै खेलाउंदै कृतिको आनन्दप्राप्तिमा उत्प्रेरित गरेका छन् ।

"डस्यौ मलाई जताततै" जस्ता करुण मात्र होइन "सौर्न्दर्यको घुम्टो खोली" जस्ता उत्कृष्ट रोमाण्टिक श्रृङ्गारिक भेटिन्छन त्यहाँ । "तिमी मेरी फूलको थुंगा मुहार जुनतारा,

मुस्काइरहुं चन्द्रमा झैं विर्सिएर सारा" अहा ! कस्तो मधुर कल्पना, लाग्छ यी किशोरवयका आत्मिक वाणी हुन् जुन स्रष्टा निस्कपट साक्षी वनेका छन् । यसवाट रसानुभूति नगर्ने युगल सायदै पाइएला । यी इत्यादि मात्रै होइन यहाँ सँग्रहित केही गीतहरु संगीतबद्ध भैसकेर प्रसिद्धि हासिल गरिसकेका छन् । ती पनि सात्विक रसका प्रतिनिधिहरु हृुन् । यी व ाहेक पनि रसवादका सहयोगी अवयवहरु प्ा्रस्तुतिमा सहजता, सरस सरल शव्द, छोटा छोटा अभिव्यक्तिहरु, स्तरीय अन्त्यानुप्रासहरु, सुन्दर लय र गेयात्मकता, प्राकृतिकताले यसलाई पर्ूण्ाता दिएको छ ।

(लुभेन, बेल्जियम)

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 चैत्र, 2075

लेखकका अन्य रचनाहरु