बेथिति

- मान सिंह साउद

यो प्यारो भूमिको विशाल पहरा, नेपाली यही देशको ।

बादल झै नभमा छ उच्च शिरको, छाती छ हिमालको ।।

हावा झै रसराजको प्रचण्ड रविको , माधुर्य श्री चन्द्रको ।

गहिरो सागर समून्द्र तटको, सुशान्त शालिनको ।।

।।१।।

यो प्यारो भुमिको विशाल नाभिमा, तातो प्रचण्ड रापको ।

कुकार्य भुमिको गर्दछ जो जनहरु ,भोगी हुन्छ पातकको ।।

कदलि झै सजाई उच्च शिरको जो भार सारा रह्यो ।

त्यस्ता महापुरुष हुन भनि अहिले, पुज्नु साराले प¥यो ।।

।।२।।

सबको लालच अभद्र अहिले ,नरवानर झै गरी ।

यो के देख्नु प¥यो द्रोह जहिले, घर भडुवा मै परी ।।

धर्म कर्म र रिति रिवाज छोडी, बन्छन धनी यहा त्यसै ।

झुटो बात गरी जनहरु खुबै ,सन्यासी बन्दछन सबै ।।

।।३।।

अर्कालाई सहयोग छैन केवल यहां ,स्वार्थी चाकडी खुबै ।

मान्दैनन् पिता,माता र गुरुहरु कसै सत्रु पो ठान्छन् तसै ।।

हत्या, हिङ्सा,कुकार्य त्यसै, उपकार ठान्छन सबै ।

धर्मै को नाम बेचिकन खुबै, सादु बन्छन यहा त्यसै ।।

।।४।।

मानवले मानवलाई किन यसरी, किनबेच गर्नु प¥यो ।

कानुनले यी सबै दोषी हरुलाई, दण्डित गर्नु गर्नु प¥यो ।।

के भै राछ अहिले किन यै नेपालको भुमिमा ।

सुन्नै लाज लाग्छ यो घडी हिडेर जाउ म कहा ।।

।।५।।

स्वाभिमान बनि उठाई शिर त्यो, नेपाली भै वांच्नु नि ।

कांधमा काध मिलाई कोटी जनता,सूमार्गमा हाक्नु ति ।।

सिङगो राष्ट भरि फैलिरहोस है सहिदको त्राटक ।

कहिलै नआओस जनहरुको छलकपट र नाटक ।।

।।६।।

नवदुर्गा ३ डडेल्धुरा

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 7 जेठ, 2076

लेखकका अन्य रचनाहरु