आस्था

- सुरेन उप्रेती

आस्था त विभिन्न प्रकारका होलान तर म मेरो धार्मिक आस्थालाई यहाँ समक्ष पस्कँदै छु । मलाई सानो छँदा देउता भने पछी सारै डर लाग्थो । देउता भनेका चाहीँ सारै अशल इमान्दार होलान । पक्षपातको त प पनि गर्दैनन भन्नेमा म विश्वस्त थिँए । देउता भनेका फुटवल खेलका रेफ्री जस्तै हुन । कुनै कुनै रेफ्रि छोडेर । कुन खेलाडी कता गयो ,बललाई कता हान्यो । गल्ती कसले गर्र्यो । गल्ती गर्नेलाई तुरून्तै कार्ड देखाएर लखेट्ने सम्म गर्छन रेफ्रीले े। भगवानले पनि त्यस्तै गर्लान भन्ने मलाई विश्वाश थियो । अर्र्को तिर देउता खुशि भए भने विधा ,धन,बुद्दी आवस्यक जुनसुकै बस्तु पनि जुटाई दिन्छन । विवेकका महासागर जस्ता होलान देउता भन्नेमा म विश्वश्त थिएँ । उनको पूजा आजा गरेर विहान चुर्लुक्कै सकिन्थ्यो । चण्डी ,गीता त नित्यपाठ नगरी भात त के चिया पनि न पिउने । अझ कती किताव त मुखाग्रै बनाएको थिएँ । जाडो गर्मी केहीले रोक्दैन थियो । पुषका कठाङग्रिने विहानमा पनि हिमालबाट बग्दै अएको तमरनदीको चिसो पानीमा चुर्लुम्म डुबेर नुहाउनु पर्ने मलाई । कति पटक त चिसाले समातेर महिना दिन सम्म पनि थला परेको छु । तर आफ्नो आस्थामा एक इन्च पनि तलमाथि आएन । बाटो हिँड्दा ठूलो रूख ,ठूलो ढुँगा देख्नु नहुने । ती त साँचिकै भगवानका वासस्थान जस्तो लाग्थ्यो । ती ढुँगा र रूखमा अविर लगाइदिएर पाती चढाउनै पर्ने । टाउको जरामा राखेर घोप्टो पर्दा सँगैका साथीले डाँडाकाटी सक्थे । आफुभने हस्याङ र फस्याङ गर्दै गयो फेरि देउराली आउँछ । देउरालीलाई पाती र ढुँगा चढाउनै पर्र्यो । म सँग हिँड्दा कहिलै भनेको ठाउँमा बास बस्न नपुगिने । त्यसैले मलाई लिएर बाटो हिँडन जो कोही नमान्ने । भात खाँदा पनि ,देउतालाई ,राजालाई चढाउँदा आधा भातै सकिने । उस्तै ठाउँमा वासबस्न पुगियो भने त आफुले भात चढाउँदा वरीपरि बसेका केटाकेटीले थुक निलेको देख्दा घाँटीबाट भात नै तल जान मान्दैन थियो । लोटा भरीको पानीले कोक्ल्याक कोक्ल्याक पारेर आन्दोलन दवाउन पुलिसले हानेको पानीको फोहरा मmै्र पानी छोडेपछी मात्र घाँटीबाट भात तल झथ्र्यो । आफु बाहिर चुठ्न निस्किए पछी केटाकेटीहरू रहलपहल भातखान कुस्ती नै गर्थे । मलाई मेरा आस्थाका भगवान सँग झनक्क मायालागेर आउथ्यो । विचरा ती केटाकेटीको त्यो भात खाने रहर पनि पूरा नगर्ने भनेर । ती केटाकेटीहरू बिहानै देखि दाउरा घाँस,गाई बाखा चराउने गर्थे तर अहँ भगवानले कहिलै दयाको दृश्टी लगाएनन । उनमा कहिलै उनीहरुले खान पाउनु पर्छ भन्ने भावना पलाएन । उस्तै उमेरका कती केटाकेटीहरू शहरमा भातखान नमानेर आधा भात फ्याँल्थे । तिनिहरूलाई न केही काम गर्नु परथ्र्यो न गाई बाखा चराउनु नै । खाजा र खाना बोकेर स्कुल जान्थे । मलाई यो पक्षपात देख्दा पनि भगवान सँग निक्कै वितिक्ष्णा जाग्न थाल्यो । गाउँमा सोझा सिधाहरुलाई जान्ने बुझ्नेहरुले सताउँथै । न्याए माग्न अनुनय गर्थे । अहँ सुनुवाइ हुँदैन थियो । ए बाबा मान्छेले त वास्ता गरेनन गरेनन्न भगवानले पनि वास्ता नगर्ने । बलियाले निर्धालाई सताउँदा मान्छेले न्याय नदिए पछि कमसेकम भगवानले त त्यो हेर्नु पर्छ । नत्र सोझो सिधाले कसरी बाँच्नु । के यो सन्सार भनेको बलहुनेहरूको मात्रै हो त । जस्ता अनेक प्रश्नहरू आएर मेरो सोझोमनलाई हैरान बनाउँथे । अब म पनि यी भगवान भनेका को चैँ रहेछन । सबै मान्छे किन यिनका पछाडी भाग्छन भन्ने जिज्ञाशाको डोरी समातरेर पछिलागेँ । कहाँ यसको सोझो उतर पाइएला भनेर भैँतारिन थालेँ । कहाँबाट हो मोदनाथ प्रश्रितले लेखेको देवाशुर सँग्राम नामक पुस्तक फेलापर्यो । के खोज्छस कानो आँखा । अब त सब भेद खुलीगयो नी यी भगवानहरुको । कहाँबाट आए भगवानहरु देवीहरु केगर्थे को थिए । सबै फर्ररै भयो । तेहर्याएर चौहर्याएर पढें । त्यसै बेला मलाई काठमाणडै पढ्न जान मौका मिल्यो ।
काठमाणडैको बागवजारमा डेरा लिएर बस्न शुरू गरेँ । तर घरबेटी दिदी चाँही सारै धार्मिक प्रवृतिकी परिछन । विहानै कमलादी गणेश मन्दिरमा गएर पूजाआजा गर्ने । मन्दिरबाट फर्कंदा उनको तिलचामले कपालका विचमा दुई पहाड छुट्याउने खोलो जस्तै पारेर सिँउदोमा सिँदुर भरेको हुन्थ्यो । निधारमा र गालामा चन्दन र विगुत दलेको हुन्थ्यो । हातमा अलिकति फूलपाति फलफूल र सिंदुर र वेलपत्तामा चन्दन ल्याउन चाहिँ छुटाउँदिन थिन । झट्ट देख्नेहरु उनलाई कुनै भिक्षुणी भन्दा फरक देख्दैन थिए । अझ उनी तीन शब्द वोल्दा एउटा शव्दमात्र खास कुरो भन्थीन । बाँकी दुई शब्द चैं राम राम भन्थिन । उनको पुरै जीवन नै भगवान भक्तिमा लिन भएझैं लाग्दथ्यो । मन्दिरबाट फरर््िकएर आए पछि पनि घण्टौं सम्म पाठ पूजामा नै हुन्थिन्न ।
घरभेटी दिदीहरु चौथो तलामा बस्थे । उनीहरुको भान्सा र पूजाकोठा चैं पाँचौ तलामा थियो । घरको पछाडि पट्टी भूँइतलामा पानीको धारा र ट्ववाइलेट थियो । त्यो धारा खोले पछी माथि पाँच तलामा पानी चढदैन थियो । दिदी पूजा गर्ने पानी चैं आफैं भरेर माथि लान्थिन । पानी बोकेर माथि जाँदा विनावी भनेर एम्वुलेन्सको साइरन जस्तो श्वरले विहान चार बजे तिर चिच्याउँदै काठको भर्याङ बजाउँदै माथि चढथिन । कसैले अन्जानबस ढोकाबाट बाहिर पाइला राखेको थाहा पाइन भने पानी घ्याप्पै घोप्टयाएर तथा नाम गाली बर्बराउँन थाल्थिन । लाग्थ्यो उनी दुर्भाषा ऋषि नै हुन । भेटिन भने सखापै र्पािछन । उनले भनेको श्राप लाग्ने हो भने त्यो मान्छै पाँच मिनेट पनि टिक्दैन थियो होला ।
ती घरबेटी दिदी हरेक महिना घरको भाडा उठाउन भन्दै महिना मर्नु एक दिन अगाडि नै बिहान पाँच बजे आएर ढोका ढकढक्याउन थाल्थिन्। । आँखा मिच्दै ढोका खोलेर हेर्यो दुर्भाषा दिदी ढोकाका दुई तिर हात राखेर बाटो छेकेर बसेकी हुन्छिन् । ए वावु आज त महिनाको अन्तिम दिन हो नी भोली देखि बस्ने मन छ की छैन । भाडा त तिर्नु पर्यो नी । राती ढिला सम्म पढेर निधाउने वित्तिकै उठन’ पर्दा विधार्थीको त हुर्मतै हुने ।
घर बेटीका दुईजना कलेज पढ्दै गरेका छोराहरु थिए । बुढामान्छे भने बबरमहल तिर सरकारी अफिसमा नायक सुब्बा थिए । एउटी विवाह गरेर गएकी छोरी कहिले काँहीमात्र आउँथिन। घरमा अर्की एउटी महिला पनि बस्थिन । उनो्लई सबैले कान्छी दिदि भनेर सम्वोधन गर्थे । छोटो कपालकाटेकी फाटेको चोलो र पुरानो छोटो सारी प्रायश उनको परिचय हुन्थ्यो । काठमाण्डौको पुषमाघे जाडोमा पनि उनका खुट्टाले जुत्ता चप्पल देख्न पाएका थिएनन । पत्रै पत्र भएर फुटेका कुर्कुच्चबाटा रगत डव्डवाएको प्रश्टै देखिन्थ्यो । उनी त्यस घरमा पानी ल्याउने भाँडाहरु माझ्ने घर भर्याङ पुच्छ्ने आदिकाममा निरन्तर खट्थिन । कहिले काँहि भर्याङ् पुच्छेको भएन भन्दै राम राम दिदीले भर्याङबाट घिसार्दै पाँचौ तलाबाट भूई सम्म ल्याउँथिन । उनको शरिर रक्ताम्मे हुन्थ्यो । उनको भात पानी बन्द हुन्थ्यो । उनी भोकै भौंतारिंदै भाडाका कोठामा बस्ने मान्छेहरु सँग चिया खान आठाना देउन भन्दै हात पर्सािर्थन । दन्तमन्जन र ब्रस नदेखेका उनका दाँतहरुले उनमा गरिएको अमानविय यातनाको पर्दाफास गरी रहेको हुन्थ्यो । उनी सडक वालवालिका भन्दा कठोर अबस्थाबाट गुज्रिरहेको कुरा उनको मलिन अनुहार र पहिरनले प्रश्ट्याउँथ्यो । चियखाने आठाना दिदा पनि राम राम दिदीले नदेख्ने गरी भात्र दिन’ पर्थ्यो । नत्र कान्छी दिदीले थप यातना भोग्न पर्ने ह’न्थ्यो । पैसा दिनेहरुलाई समेत घरबाट निकालिने चेतावनीको दण्ड व्यहोनर्’ पर्थ्यो ।
समय वित्दै जाँदा ती कान्छी दिदीको बारेमा पनि थोर वहुत थाहा हुँदै गयो । उनी पू्र्व एक नम्वरमा जन्मिएकी रहिछन । उनको वालविवाह भएछ । उनी १५ बर्षकी हुँदा उनका श्रीमानले परंम्धामको बाटो पक्डेछन । उनको रेख देख गर्न उनका दाजु भाउजु काठमाण्डु आएछ । विस्तारै ती कान्छी दिदी काम गर्नेमा परिणत भई छन र ती भाउजु राम राम दिदी घरवेटी भैछन । उनका नासु दाजु पनि बहिनीले पाँचतला माथि घैलामा बोकेर ल्याएको पानी तताएर नुहाउँछन । एक घण्टा पूजा गर्छन । छोराहरु पनि त्यही कान्छी दिदीले तप तप आँशु झार्दै ल्याएको पानी तताएर नुहाउछन । पूजा गर्छन र चन्दन र राता टिको लगाएर क्याम्पस पढन जान्छन्न । यो सबै जाने पछि मेरो आस्थामा ठूलो आघात परर्यो । मेरो सोझो मनले के महषुस गर्यो भने जो बढी धार्मिक आडम्वरको ढोङ गर्छ । उसले तेती नै धेरै अपराधहरु लुकाएको हुन्छ । त्यो पापको प्रायश्चित्त गर्नका लागि यो सबै नौटंकी गर्दा रहेछन् । उनीहरु विवेक सुन्य बन्दै जाँदा रहेछन । त्यस्तो एक अबोध वालविधवा माथि यस्तो अत्याचार हुन्छ भने खै भगवान । के को आस्था । मेरो मन सारै कुँडियो । त्यस पछी कुनै मन्दिर मश्जिद चर्च र गुम्वा वा अरु कुनै धार्मिक स्थलमा जाँदा मेरो शिर झुक्न छोड्यो । आस्था सबै पानी पानी भएर गयो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 आसाढ, 2076

लेखकका अन्य रचनाहरु