लिंडा

- डा. सावित्री श्रेष्ठ

“डाक्टर, आज पनि नेपालबाट एउटा बिरामी आएको छ ।” सेतो गाउन लगाएकी डाक्टर लिंडा मेरो आँखामा आँखा गाडेर भन्छिन् ।
“पैसावाला होला ।” म उनलाई सरसर्ती हेर्दै भन्छु । “पैसावाला होइन बल्की नेपालमा उपचार हुन नसकेर आएको— आँखाको उपचारको लागि... नेपालमा कुशल आँखा–विशेषज्ञको अभावै छ ।”
“प्लिज लिंडा यो सब मलाई सुनाउने नगर ।” म भन्छु । “किनकी यी सबबाट तिम्रो चेतनामा आघात पर्छ हैन उनी रोषपूर्ण दृष्टिले चोट पार्छे मलाई ।”
“लिंडा मलाई बुझ्ने प्रयास गर ।” म उनलाई सम्झाउने हेतुले भन्छु ।
“डा. राहुल मैले जति बुझेकी छु, त्यति नै सायद काफी छ” भन्दै लिंडा आफ्नो कामतिर लाग्छे । भर्खर आफ्नो ड्युटी सकेर आएको मात्रै र करिडोरमै देख्ने वित्तिकै भन्नु पर्ने जति सबै भनेर लिंडा आफ्नो कामतिर लागी । म भने आफ्नो अवस्था नियाल्दै लिंडाका भनाइहरू सम्झँदै क्वाटरतिर लाग्छु । लिंडाले सजिलै कलात्मक र सभ्य रूपले मलाई कसरी लालची र निम्न कोटीको सावित गरेर गई, म बुझ्छु । कोठामा पुग्दा म आपूmभित्र पिडाको अनुभव गर्छु । प्रत्येक पल्ट नेपालबाट कुनै पनि बिरामी क्यानडा आउँदा लिंडा मलाई यसरी नै घोच्ने गर्छे । मलाई लाग्छ, उनी गहिरो भावुकतामा छे कठोर यथार्थता भन्दा निकै पर ।
आज म क्यानडाको एउटा उच्चकोटीको अस्पतालमा छु— महिनाको दस हजार रूपैयाँ कमाउँछु । आज मैले सानो इच्छा पूर्तिको लागि तिलमिलाएर बस्नु परेको छैन । जीवन र यसको लागि आवश्यक वस्तुहरूको लागि कम से कम तड्पिनु परेको छैन । जबसम्म नेपालमा बसे एउटा सुटको इच्छा समेत दबाउनु पथ्र्यो । परिवारको खाँचोसम्म पूरा गर्न म प्रायः असमर्थ हुन्थे । छोरा डाक्टर भएपछि के के न गर्न पाइएला भन्ने मेरी स्नेहमयी जननीको सपना मेरो अवस्थामा कस्तरी विचलित हुन पुगेका थिए । जब कि यहाँ आएको पाँच वर्षभित्र नै मैले कत्रो वैभव पाइसकेको छु । यहाँ मसित पैसाबाट हुन सक्ने सबै सुविधाहरू छन् अनि लिंडा पनि छिन् । र पनि म त्यति सन्तुष्ट हुन सकेको छैन जति हुनुपर्ने हो । अभैm मलाई के के नपुग्दो लाग्छ । हुन सक्छ यो मभित्रको मातृभूमिप्रतिको स्नेह नै होस् जसलाई ब्युँझाएर राख्न लिंडा सधैँ सतर्क देखिन्छ । यस्तै सोचाइमा मलाईए निद लागेर आउँछ र कति बेला निदाएछु थाहा नै हुन्न । टाढाबाट एउटा मिठो आवाज गुन्जिएको सुन्छु, “राहुल ! राहुल !”
अनकनाएर आँखा खोल्छु— लिंडा मुस्कुराइरहेकी हुन्छ । “कतिबेला देखि सु¥िया ? खाना खान जाने हैन ? ऊ शुद्ध नेपालीमा सोध्छे । कुन्नि कसरी उसले यस्तरी धाराप्रवाह नेपाली बोल्न सकी । सायद ऊभित्र अपार लगनशीलता र अभिलाषाले नै होला । मलाई उठाएर ऊ लुगा फेर्न जान्छे, म हातमुख धुन्छु अनि लुगा लगाई केश मिलाउन थाल्छु— लिंडा आइपुग्छे एकदम तैयार भएर । आज उसले साडी लगाएकी छे । उसको गोरो अनुहार हल्का निलो रङ्गको साडीमा पूmल जस्तै आकर्षक देखिएको छ । हामी दुवै बाहिर जान्छौँ । हामी सधैँको साँझमा जाने गरेको होटलमा पुग्छौँ । मेरो र उनको पनि रुचि अनुसारको लिंडा अर्डर गर्छे । आकेएष्ट्राको मधुरो धुन, हल्का नीलो प्रकाश, अनि लिंडाको साथ म आपूmलाई एकदम रम्य महसुस गरिरहेको हुन्छु । राहुल मैले एउटा निर्णय गरिसकेँ” अनायास लिंडा भन्छे ।
म खाँदाखाँदै सोधिदिन्छु आँखैको भाषाले, के ? “अब म नेपाल जान्छु ।”
“के रे ?” मेरो हातबा चम्चा खस्छ ।
“हो, राहुल तिमी हिँड चाहे नहिँट म भने अवश्यै जान्छु । आखिर त्यो तिम्रो भएकोले मेरो पनि देश भएको छ ।” एकदम झोकिन्छु “अनि यो किन बिर्संदै छौ कि म तिम्रो पति हुँ ?”
लिंडा उदास हुँदै सुस्तरी भन्छे, “राहुल तिमी किन यस्तरी कठोर छौ ? यदि तिमीले एक पटक पनि आफ्नो देशमा नलगेको भए हुन्थ्यो तर तिमीले लग्यौ, गाउँ–गाउँमा घुमायौ, अनि त्यहाँका अस्पतालहरूको अवस्थासित परिचित गरायौ । मैले त्यहाँका मानिसहरूको आत्मीयता भुल्न सकिन, अझ बाटो–बाटोमा परिरहेका रोगीहरू, अस्पतालको नाजुक अवस्था, डाक्टरहरूको अभाव मान्छेहरूमा निहित असन्तोष झन् भुल्न नै सकिरहेकी छैन । यो सब सम्झँदा म आपैmँलाई दोषी भैmँ पाउाछु । यदि यो सब देख्दै नदेखेको भए अर्कै कुरा तर देख्दादेख्दै पनि चुप लाग्ने हो भने त देखेको र नदेखेकोमा फरक नै के भो ? फेरि तिमी यहाँको विशिष्ट आँखा–विशेषज्ञ, मेरो पति यस्तो लाग्छ । यस्तो लाग्छ मैले तिमीलाई नेपालीहरूबाट खोसेर लिए डाक्टरको अभाव भएको त्यस देशसँग अझ एउटा डाक्टर खोसेर लिए ।”
“उफ लिंडा ! तिमीले यस्ता भावनाहरू आफ्नो छातीभित्र लुकाएर राखेकी छ्यौ भन्ने मैले बल्ल आज थाहा पाउँदैछु । तर लिंडा, धेरै भावुक हुनु पनि राम्रो होइन । म मान्छु नेपालीहरूको अवस्था दयनीय नै छ । यदि हामीले पनि त्यहीँ गएर बसिदिने हो भने त्यहाँका दयनीयहरूको सङ्ख्यामा हामी पनि थप हुन जानेछौँ । अभावपूर्ण र दयनीय जीवन मैले बिताइसकेको छु । आवश्यकताले मान्छेलाई जब घचघच्याउँछ तब मान्छेभित्रको आदर्श, सेवाभावना सबै हावा भएर उडिदिन्छ तसर्थ लिंडा मैले अनेकौँ प्रयत्न गरेर यहाँ आएँ । तिमी जस्तो जीव्न साथी पाएँ । थाहा छ लिंडा तिमीसँग विवाह गर्नुमा मेरो एउटा स्वार्थ पनि थियो भने पनि हुन्छ !”
“के स्वार्थ ?” लिंडा छक्क पर्दै बिचमै सोच्छे । “यहीँकी एउटी नेपाली नारीलाई देशको मायाले सताउला र यहाँ बस्न नसक्ला भनेर नै पनि मैले तिमीलाई बढी रुचाएथेँ तर तिमी कुन्नि किन यस्ती छ्यौ ? आरामपूर्ण जीवनमा हुर्केर पनि दुःख पाउन चाहन्छौ आफ्नो देशबाट टाढा अन्तै कतै जान चाहन्छौ, अनि ... । म अगाडिको वाक्य पूरा गर्न सक्तिन किनकी लिंडाको आँखाभरि आँसु भइसक्छन् र ती आँसुहरूले सहजै म विचलिन हुन पुग्छु । लिंडा, होसमा आऊ, मान्छेहरू के भन्लान्, म उनलाई झकझक्याउँछु । अनि उनी सम्हालिँदै रुमालले आँसु पुछ्दै भन्छिन्, थाहा छैन राहुल, म किन यस्ती छु । सानैदेखि नै तर राहुल मलाई माफ गर म आफ्नो निर्णयमा अटल छु । अवश्यै म यहाँबाट परको हिमालयको देशमा जानेछु र त्यहाँको अवस्थामा सकभर परिवर्तन ल्याउन प्रयास गर्नेछु ।” जब उनले निर्णय नै गरी सकिन् त म के गर्न नै सक्छु र । हामी मौन एवं उदास घर फर्कन्छौँ आ–आफ्नै भावनामा बहँदै, सँगै भएर पनि आज असङ्ख्य दूरीको महसुस गर्दै ।
लिंडाको निर्णयले मलाई मानसिक चोट पु¥याइरहन्छ । उनले मेरो भिरूपनालाई सोभैm ल्वापा ख्वाइदिई र मैले उफ् सम्म भन्ने ठाउँ पाइन । मैले दिन सक्ने हरेक किसिमका तर्कहरू उनको सामु कमजोर सावित भइदिन्थे । एउटा म छु आफ्नो माटोसँग मिल्न नसकेर यसरी बाहिरिएको र एउटी उनी छिन् जो अरूके व्यथालाई आफ्नो छातीमा महसुस गर्न आफ्नो ऐन आराम परिवार र पतिलाई पनि छोडी जीवनमा नदेखेका यथार्थताहरूसँग मुकाबिला गर्न कटिबद्ध छिन् । मैले हेर्दाहेर्दै लिंडा नेपाल जाने दौडधुपमा लागिरही, पासपोर्ट बनाई र हवाईजहाजको टिकट पनि ल्याई । म भने मानसिक विफलताको चरम चुलीमा रहेर पनि उनी सँगै चुपचाप गएर आफ्नो भुल स्वीकार्न पनि चाहन्नथे । आपूmभित्रको हीनताको लहरलाई जबर्जस्ती पन्छाउँदै म आपूmले आपैmँलाई विश्वास दिलाउने असफल प्रयास गर्थे । लिंडा फर्कनेछिन्, जुन उत्साह लिएर उनी जाँदैछिन् त्यो केही दिनमै सेलाएर जानेछ ।” तर जति सम्झाए पनि म आपूmभन्दा लिंडा नै सही भएको पाउँछु । र एक दिन... लिंडा साँच्चै नै मलाई एक्लै छाडेर गई । जाँदा आँखाभरि आँसु र अधरभरि मुस्कान सजाएर भनिथी, “राहुल, म तिम्रो प्रतीक्षा गर्नेछु ।”
लिंडा गइसकेपछि झन् प्रत्येन दिनहरूले मलाई मानसिक यातनातिर डो¥याउन थाल्छ । दिनभरि काममा व्यस्त राखेर यी सब कुराहरू भुल्न खोजे पनि रातको एकान्तमा मैले आपूmलाई आन्तरिक संघर्षबाट मुक्त गर्न सक्तिन । लिंडाका पत्रहरूले झन् मलाई हीनताभाव गराई नै रहन्छ । उनका पत्रहरू आई नै रहन्छ स्नेहपूर्ण पत्रहरू, म पनि एक दिन नेपाल फर्कनेछु भन्ने विश्वासले भरिएका पत्रहरू । आफ्नो पत्रहरूमा नेपालको विषम परिस्थितिहरूको उल्लेख गरी रहिन्छिन् । एउटा पत्रमा लेखेकी थिइन्— रोहित ! नेपाल मैले सोचेभन्दा पनि बढी जटिल र खतरनाक स्थितिबाट गुज्रिरहेको रहेछ । यहाँका जनतामा व्याप्त असन्तोषले उग्र रूप लिँदैछ । प्रत्येक दिन जसो जुलुस र नाराहरू घन्किरहन्छन् शोषण, अन्याय अत्याचारको विरुद्ध । पुलिसका लाठी र बुटले घायल विद्यार्थीहरूको अस्पतालका बेडहरू भरिएका छन् । म पनि उनीहरूको संघर्षको औचित्य बुझ्दैछु र उनीहरूको सपनालाई वास्तविकतामा बदल्न मबाट हुन सक्ने सहायता गर्दैछु ।
यस प्रकारका पत्रहरूले कलेजमा पढ्दाको जीवन, डाक्टर भइसकेपछि भोगेका समस्याहरू, अनि आजको क्यानडाको रमझम मेरो आँखा अगाडि सरसर्ती आउँछ । सुरु सुरुमा डाक्टरी पढ्दा एउटा बेग्लै जोश हुने गथ्र्यो सेवा–भावनाको, देशप्रेमको तर डाक्टरी डिग्री लिएर आउँदासम्म डाक्टरी पेशा एउटा खुब चलेको व्यापार जस्तै रहेछ भन्ने धारणा बसिसकेको हुन्छ । त्यसैले म आफ्नो लागि बढी मोल दिन सक्ने बजारको खोजमा थिएँ जुन नेपाल जस्तो गरिब देशले दिन सक्दैनथ्यो । तर आज यहाँ आएर भौतिक सुख सुविधाले सम्पन्न भई सकेर पनि त्यो आत्मसन्तुष्टि पाउन सकिन जुन म सम्झन्थेँ । यो सम्पन्नतापछि प्राप्त हुनेछ । लिंडाको सामु त झन् कति असजिलो हुन्थ्यो । फेरि आश्चर्यजनक रूपले संवेदनशील थी ऊ नेपालप्रति । सायद लिंडाले गर्दा नै मैले आफ्नो देशप्रति कुनै कुनामा रहेको मायालाई कुल्चन सकेको थिइन । मैले यत्रो सम्पन्न भएर पनि क्यानडाका डाक्टरहरूको अगाडि आपूm एउटा गरिब नेपाली बाहेक केही नभएको कुरा लुकाउनु पथ्र्यो । हुन पनि म पैसाको निम्ति आत्मसम्मान बेचेर आएको एउटा भाडाको मजदूर बाहेक अरू केही थिइन ।
लिंडा नेपाल गएकी १० महिना भइसक्छ । र यति समयभित्र मेरो आफ्नो देशप्रति रहेको स्नेहको झिल्को सायद अब विशाल तप्काहरूमा परिवर्तन भइसक्छन् । र आज त्यसैको उज्यालोमा क्यानडाको विलासितापूर्ण जीवन कति खोक्रो कति जीवन विहिन रहेछ भनेर बुझ्दै जान्छु । बाटोमा उभिएका सल्लाका रुखहरूले पनि अब मलाई आफ्नै देशका सल्लेरी वनहरूको याद दिलाउन थाल्छ । हावाले तिनीहरूको पात हल्लाउँदा कहिले फर्कन्छौ ? भनेको जस्तो लाग्छ । वास्तवमा नेपाल फर्कने इच्छा प्रबल हुँदाहुँदै पनि लिंडा समक्ष मैले मुख खोल्न सकिरहेको हुन्छ । यसरी दिन बितिरहेको बेला अचानक मेरो हातमा भाइको टेलिग्राम आइपुग्छ— “भाउजु सुरक्षा कानुन अन्तर्गत जेलमा हुनुहुन्छ । सकभर छिट्टै आउनुस् ।”
अनायास मेरो आँखा अगाडिका जालीहरू एकएक बिलाउँदै गए । स्वार्थ र हीनताका कसिङ्गरहरू सबै पश्चातापका आँसुहरूले बगाएर लगे । अनि टेलिग्रामलाई मुठीभित्र कच्याककुचुक पारेर आपूmले आपैmँलाई भने, “लिँडा मलाई माफ गर । आउँदैछु, आपूmले गरेका अपराधहरूको प्रायश्चित गर्ने कठोर सङ्कल्प लिएर । म फर्कँदैछु ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 आसाढ, 2076

लेखकका अन्य रचनाहरु