गीत

- राजकुमार श्रेष्ठ

फूल हौ की जून हौ झ्यालमा ऊदायौ
लजाऊदै लुकी लुकी नज़र जुधायौ

दर्शन गर्न आएकोथें हजुरैको घर
आमाले नी भने होलान् सुहाऊने रैछ बर
जब सामु पर्यौ तिमी शिर झुकायौ
लजाऊदै लुकी लुकी नज़र जुधायौ

गुलाबी ती ओठ तिम्रो जब मुस्कान् खुल्यो
मेरो मन्को फुल्बारीमा प्रितीको फुल फुल्यो
नाम सोधेँ जवाफमा थर छुटायौ
लजाऊदै लुकी लुकी नज़र जुधायौ

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 आसाढ, 2076

लेखकका अन्य रचनाहरु