ए मेरी हजुर !

- ईगम खालिङ

रुपेनले सानो छोरालाई रेखागणित पढ़ाइरहेछ, टेबलमाथि सब्जी काट्दै । टेलिभिजनमा एउटा च्यानलको समाचारले पाकिस्तान अधिकृत काश्मिरमा भारतीय सेनाद्वारा सर्जिकल स्ट्राइकको बहस दिइरहेको छ ।
छेउमा आएर उभेकी श्रीमतीसित अचानक नजर जुझेपछि उनका हातहरु काप्छन् हेर्दै एउटा पुरानो चोट, मनको टेलिभिजनमा । उनी एकैचोटि दुइटा टेलिभिजनको एउटै ब्रेकबाट झसङ्ग झस्कन्छ—आज ब्याङ्क जानुछ, सब्जी ल्याउनुछ अनि मिटिङमा पनि जानुछ । चिया नपिएर सेलाएको देखेर श्रीमती कराई—“चिया आज पनि सेलाएछ । अब, म फेरि बनाउँदिन है !”
रुपेन हाँसिरहन्छ रेखा कोरिएर चियाबाट सब्जी, सब्जीबाट टेलिभिजन, टेलिभिजनबाट होमवर्क-कपी, होमवर्क-कपीबाट श्रीमती हुँदै चोटसम्म । चोट कसैले देख्यो पो कि भन्ने शंकाले उ सकी नसकी एउटा गीत गाएर आफैसित टोलिन्छ यसरी—
फूलको थुङ्गा हौ कि,
बगेकी गंगा हौ कि,
मायाको हौ कि गजुर,
ए मेरी हजुर ?

कालेबुङ, दार्जीलिङ,

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 आसाढ, 2076

लेखकका अन्य रचनाहरु