घाँस निर्णायक

- सुधिर कुमार सुमन

"पोहोर गायन प्रतियोगिता मा पनि त्यो गधा ले काग लाई प्रथम बनाइदिएको थियो।एसपाली सुन्दरी प्रतियोगिता मा कस्ता लाई जिताउने हो?के चासो राख्नु यार यस्तो कार्यक्रम मा"। कोइलि ले पोहोर हारेको भंडास निकाल्दै भन्यो।

"हैन एसपाली त अरु दुई जना निर्णायक पनि थपेको छ अरे आयोजक ले।गधा पो लम्फु छ।अरु त बिद्वान नै होलान नि"। हरिण ले एसपाली गतिलो निर्णय आउने आशा मा भन्यो।

कार्यक्रम को दिन सबै जंगल को बिच चौर मा भेला भए। सबै सुन्दरी हरु विशेष पहिरन मा आएका थिए।
बिराली को क्याटवाक सबैले मन पराए।
मयुर को सौन्दर्य मा सबै मोहित भए।
मृगनयनी आँखा सन्काउँदै बुर्कुसी मार्दै आएकी मृग ले सबै को मन लुटि।
आफ्नो सुडौल ,गठिलो शरीर प्रदशन गर्दै ढोई ले सबैलाई जिब्रो टोक्ने बनाइ। अरु धेरै प्रतिस्पर्धी भएपनी कार्यक्रम हेर्ने को मन लुट्ने मा यिनिहरु नै सफल भए।दर्शक दिर्घा मा बिजेता को रुप मा यिनिहरु कै चर्चा चल्यो।

"आज को सुन्दरी प्रतियोगिता मा पहिलो दोस्रो र तेस्रो क्रमस: दुम्सी,लोखर्के,र गोहि भएका छन सबैलाई आयोजक बाट बधाइ।" आयोजक ले निर्णय सुनायो।

एसपाली पनि पोहोर झैं दर्शक हरु हेरेको हेरेइ भए।एक आपस मा कानेखुसी गर्न थाले।
"गधा ले त यस्तै निर्णय गर्छ भन्ने लागेकै हो।द्दितिय तृतिय त तैबिशेक ठिकै छन।यो दुम्सी लाई चाहिँ कुन आँखा ले सुन्दरी देखे होलान।उल्लु र स्याल पनि उहीँ ड्याङ्ग का घाँस निर्णायक रहेछन।"

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 आसाढ, 2076

लेखकका अन्य रचनाहरु