ओठमा हल्का लाली नभैदिया भए...
तिमी हिस्सी काली नभैदिया भए ...
माया यति मिठो हुँदैनथ्यो होला
'काली' दिलवाली नभैदिया भए...
सुसेलेर मैले बोलाउँदाखेरि
घुर्की अनि गाली नभैदिया भए...
तिमीलाई कहाँ बसाउनु फेरी
दिलमा ठाउँ खाली नभैदिया भए...
गन्तव्यको बाटो अलग हुन सक्थ्यो
भेट यसपाली नभैदिया भए...
प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 5 श्रावण, 2076