गजल

- डा. बच्चु कैलाश कैनी

जिन्दगी यात्रा हो तिमीसंग भेट भयो
मन मिल्यो मुटुमा माया 'सेट' भयो ।

मैले प्रस्ताव गरें तिमीले स्विकार्यौ
पहिलो महिनामा हाम्रो 'डेट' भयो ।

रोमान्समा कति महिना बर्ष बिते
पछाडी फर्कन अलि 'लेट' भयो ।

यात्रामा संगै उकाली ओराली गर्दा
माया बढ्यो र थकान 'चेट' भयो ।

डार्टफोर्ड, बेलायत ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 5 श्रावण, 2076

लेखकका अन्य रचनाहरु