म तिम्रो नजरमा सधैं बस्न आएँ
म ता याहीँ बस्छु भनी बास आएँ
डिलैमा म रोकूँ कति आँसुलाई
उघारी तुवाँलो गरी आस आएँ
बुझी भाव प्यारा ति चञ्चल् नयन्को
म बिर्सी अतित् त्यो बनी लास आएँ
सफा स्निग्ध प्यारो धराधाम सम्झी
म ता द्वेषको लौ गरी नास आएँ
नराम्रो जति जे भयो लौ अतित्मा
सबै हुन्छ माफी भनी पास आएँ
छचल्केसरी छातिमा प्राणप्यारी !
म ता प्रेमगङ्गा लिई प्यास आएँ ।
प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 5 श्रावण, 2076