कति साँझहरू यहाँ
तिम्रो पर्खाइमा ढल्दै छन्,
कति आँसुहरू यहाँ
तिम्रो यादमा बग्दै छन् ।
मिलन साँचेका फूलहरू ओइलिएर झरिसके
सपना देख्ने आँखाहरु आँसुमै डुबिसके।
कति यादहरू यहाँ
काँडा भएर बिझ्दै छन्,
कति साँझहरू यहाँ
तिम्रो पर्खाइमा ढल्दै छन्
प्रिती साट्ने चरीहरु टाढा-टाढा उडिगए,
मायाले बाँध्ने अँगालोहरू साना-साना भइदिए ।
कति सम्झनाहरू यहाँ
घाऊ भएर दुख्दै छन्,
कति साँझहरू यहाँ
तिम्रो पर्खाइमा ढल्दै छन् ।
कति साँझहरू यहाँ
तिम्रो पर्खाइमा ढल्दै छन्,
कति आँसुहरू यहाँ
तिम्रो यादमा बग्दै छन् ।
प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 भाद्र, 2076