गजल

- अलका मल्ल

मेरो मायालुले सायद मलाई सम्झि रहेको होला
मैले झै धरधरी एकान्तमा आँसु बहाई रहेको होला

बालापनको चञ्चलतामा उसलाई केहि भन्न सकिन
नजानेरै उसले पनि सायद मलाई खोजी रहेको होला

मौनतामा अल्झिएर मैले मनका भाव पोख्न सकिन
मेरो मनमा जे थियो सायद उसको मनमा पनि होला

संगै रमेका दिनहरुले बिर्सेर दिनहुं भुलिदिन सकिन
उसलाई पनि मलाइझै यसरीनै तड्पाइ रह्यो होला

बित्दै गएको दिनहरु संगै अन्तर्जगतमा भेट्टाउन सकिन
मेरो मायालुले पनि सायद मलाई खोजि रहेको होला

काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 22 कार्तिक, 2076

लेखकका अन्य रचनाहरु