साहित्यमा लघुकथाको प्रभाव

- श्रीबाबु कार्की "उदास"

नेपाली साहित्यमा मौलादो विधाका रूपमा अगाडि बढेको लघुकथा लेखन समकालिन साहित्यमा निक्कै लोकपि्रय भएको छ । लघु भन्ने साथ छोटो, सानो अर्थात संक्षिप्त भन्ने बुझिन्छ । पाश्चात्य साहित्यका समालोकहरू लघुकथालाई पनि कथाकै शब्दिक अर्थबाट अथ्र्याउने गर्दछन् ।

लघुकथालाई फरक विधा र छुट्टै दृष्टिकोणबाट पाश्चात्य मनिषीहरूले नहेरे पनि विशेषतः भारत र त्यसका छिमेकी देशहरूमा लघुकथा लेखन एउटा सशक्त विधाको रूपमा अगाडि बढेको देखिएको छ । विश्व साहित्यको परिभाषामा कथालाई 'सर्ट स्टोरी' भनेर मानक प्रदान गरे जस्तै लघुकथालाई पनि त्यही कथाको रूपमा हेर्ने गरेको पाइन्छ ।

लघुकथा पनि नेपाली साहित्यमा अन्य रचना सरहकै सशक्त गद्य रचना भित्र पर्दछ । आकारको रूपमा सानो र सुक्ष्म देखिए पनि लघुकथाबाट प्राप्त आश्वास्वादन कुनैपनि कथाबाट प्राप्त हुने स्वादभन्दा कम आाक्न सकिन्न । यो आधुनिक समयको एउटा सटिक र समयसापेक्ष उपलब्धिपूर्ण साहित्यिक विधा हो । यसको स्वाद भान्सामा तयार गरिएको चखिलो र तिख्खर अचार जस्तै हुन्छ । कथाले जसरी उपन्यासबाट आˆनो पृथक् पहिचान बनाएर ˆनै स्वतन्त्र र भिन्न अस्तित्व कायम गरेको छ । त्यस्तै लघुकथाले पनि आˆनै छुट्टै अस्तित्वका लागि सशक्त भूमिका निर्वाह गर्दै आएको छ । उपन्यासको संक्षेपिकरण कथा नभएजस्तै कथाको संक्षेपिकरण लघुकथा होइन, नकि लघुकथा तन्काएर कथा बन्दैन । लघुकथा र कथाबाीचको एक प्रकारको नाता नजिकको भए पनि लघुकथा र कथालाई एउटै विधाका रूपबाट हेर्न खोज्नु घोर अन्याय हुन जान्छ । विभिन्न विद्वानका आाखामा लघुकथाको परिभाषा फरक-फरक भए पनि नेपाल र भारतका कतिपय साहित्यकाहरूले लघुकथाको अस्तित्वलाई स्वीकार गर्न आनाकानी गरेको पाइन्छ । उनीहरू लघुकथा भनेर छुट्टै विधाका रूपमा मान्यता दिन नहुने धारणा राख्छन् । उनीहरूको भाषामा- लघुकथा भनिएका सबै कथाहरू स्वयं कथा नभएर चुट्किला पनि लेखिएका छन्, त्यसैले चुटकिला हटाएर छोटो आकारमा लेखिएका कथात्मक विधालाई कथाकै मानकभित्र अटाउनु पर्दछ, भन्ने गर्दछन् । वरिष्ट साहित्यकार एवम् समालोचक तारानाथ शर्मा नेपाली लघुकथालाई चुट्किलाको सङ्ज्ञा दिनुहुन्छ । यद्यपि अन्य वरिष्ठ साहित्यकारहरू भने शर्माको विचारमा सहमत देखिनु हुन्न । लघुकथाको परिभाषा गर्दै वरिष्ठ साहित्यकार मनु ब्राजाकी भन्नुहुन्छ 'लघुकथा जीवन आकाशलाई हेर्ने दूरविन हो ।" वास्तवमा लघुकथा छोटो खिरिलो भए पनि त्यसले बोकेको भावको सघनतालाई कम आाक्न सकिादैन ।

लघुकथामा समाजमा भएका अत्यन्त संक्षिप्त र सूक्ष्म विषयमा पाठकीय जिज्ञासा उत्पन्न गर्दै कथा रचना गर्न सकिन्छ । कुनै पनि विषयलाई लघुकथाको एउटा प|mेममा अटाए र प्रस्तुत गर्न सक्नु नै लघुकथाको विशेषता हो । यसमा विराट विषयलाई पनि कौतुहलतापूर्वक उठान गरी बैठान गर्न सक्ने अहं तागत हुन्छ । एउटा कुशल लघुकथाकारले चातुर्यपूर्वक कथालाई संक्षिप्तता गर्दै गम्भिर विषय सम्प्रेषण गर्ने सामथ्र्य राख्छ । कुनै पनि घटनालाई अनावश्यक शब्दगुम्फन तोडेर न्यूनता दिादै कथा पूर्णत्व भर्नु लघुकथाको असली विशेषता हो ।

समसामयिक विषयमा सामाजिक दर्पण गराउन सक्ने यो विधामार्फत हामी र हाम्रो परिवेशमा भए गरेका ढिला-सुसती, विसङ्गती, छलकपट, स्वार्थीपना अवमूल्यन, गरिबी, विवशता, भ्रष्टाचार, राजनीतिक विकृति-विसङ्गती, जीवनको अवमूल्यन जस्ता आम विषयमा कलम चलेको पाइन्छ । विभिन्न व्यक्तिले आ-आˆनै नवीन शैली र शिल्प मार्फत लघुकथा लेखेर सामाजिक चेतनामा सूचना र बौद्धिकता थप्न लघुकथा सफल भएको छ । लघुकथाले पाठकलाई कवितामा झैा द्रुत प्रभाव पार्न सक्ने सामथ्र्य हुन्छ । यो आधुनिक विश्वको लोकपि्रय साहित्यिक विधा हो । यो नेपाल, भारतमा मात्र होइन विश्वभर यस प्रकारका कथा लेखिएको पाइन्छ । अमेरिका, रूस, जस्ता राष्ट्रमा पनि यस प्रकारका छोटा कथाहरू लेखिएको पाइन्छ ।

नेपालमा यति धेरै लोकपि्रय लघुकथाको लामो इतिहास नभए पनि सन् १९५१ मा जयनारायण गिरीको कसिङ्गर लघुकथा सङ्ग्रह प्रकाशन लगत्तै पूर्णप्रसाद ब्राहृमणको झिल्का' लघुकथा सङ्ग्रह प्रकाशित भएको देखिन्छ । गिरी र ब्राहृमण पछि निक्कै समय सुताएको लघुकथा लेखन पछि फाट्ट-फुट्टमात्र देखा पर्न थाल्यो । यो कालमा दुर्लभलाल सिंह जगदीश नेपाली, विश्वम्भर प्याकुरेल ध्रुव मधिकर्मी, विनयकुमार कसजु किश्वर पहाडी, अशेष मल्ल, नारायण तिवारी, गोरखवहादुर सिंह मनुव्राजाकी आदि लघुकथामा आˆनो छुट्टै पहिचान बनाइसकेका स्रष्टाहुन भने २०४६ सालको राजनीतिक परिवर्तनको लहरसागै लघुकथा विधाले अत्याधिक मौलाउने ठाउँ पायो । ०४६ सालको परिवर्तनपछि आएको लघुकथा लेखनको बाढीले नेपाली लघुकथाको विधागत उचाइको यो क्षेत्र एकाएक समृद्ध बन्न पुग्यो । यतिबेला लघुकथा नछाप्ने पत्रपत्रिका सायदै भेटिएला (!) लघुकथा पत्रपत्रिकामा छापिएको मात्र हैन पाठकीय दृष्टीकोणबाट समेत निकै पि्रय विधा भएको छ ।

लघुकथाले छोटो कालखण्डमा पारेको प्रभावलाई गम्भीरतापूर्वक हेर्ने हो भने आगामी दिनमा लघुकथामात्र लेखेर पनि आˆनो साहित्यिक अस्तित्व उच्च राख्न सकिन्छ

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 26 श्रावण, 2065

लेखकका अन्य रचनाहरु