दि इण्ड

- अजवी पौड्याल

एक साझ ट्विटरको भित्तातिर अल्मलिइरहेकी थिए । सरकारले यो गरेन, सिरहामा दाइजोको निहुमा श्रीमती जलाइयो, विरगञ्जमा प्रेमप्रस्ताव स्विकार नगर्दा एसिड प्रहार, काकाद्धारा भतिजी बलात्कार, उपचार नपाएर सुत्केरीको मृत्यु यस्तै यस्तै समाचारले दिमाग हल्लाइरहेको थियो ।
यसैपनि अचेल पत्रिकाको हेडलाइन हेर्न डराउछु म । महिला र बालिका हत्याको समाचारको लिंक खोलेर पढ्ने हिम्मत हराइसकेको छ । कुनै पनि अपराधका घटना सुन्नै चाहन्न । दुर्धटनापछिका तिता कथा पढ्नै चाहन्न । महिला हिंसा र बाल अपराधका दुःखद कहानी हेर्ने चाहन्न ।
मोवाइलको स्क्रिन स्क्रोल गरीरहदा एउटा गजवको फोटोमा आखा अडियो । सगै पढ्ेकी साथी जयाले नया फोटो ट्विटरमा अपलोड गरेकी रैछ । दि इण्ड क्याप्सन लेखिएको उक्त फोटो अली भिन्न थियो । कुनै विशाल तालको किनारमा एक युवकसंग हात समाएर उभिएको फोटो सुन्दर देखिन्थ्यो । पृष्ठभूमिमा निलो रंगमा तालको दृष्य । फोटोलाई स्याडो मोडमा राखिएको थियो जसले गर्दा मान्छेको अनुहार प्रस्टाउन सकिन्नथ्यो । देख्दा रोमान्टीक लाग्ने फोटोमा क्याप्सन ‘दि इण्ड’ किन लेखेकी होला ? मनमा शंकाले डेरा जमायो । गुगलमा दि इण्ड टाइप गरेर भेटेजतीका अर्थ र इमेजहरु हेर्न थाले । अह कतै पनि संगै भएको फोटोमा दि इण्ड लेखिएको थिएन् ।
जया महिला अधिकारका विषयमा कलम चलाउछे । बालिका र महिलामाथी हुने हिंसाको विरुद्दमा चर्कै बहस गर्छे । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलनमा सहभागी भैरहन्छे । लाजीम्पाटमा रहेको एक गैरसरकारी संस्थामा उसले मिडिया कोडिनेटरको जिम्मा पाएकी छ । कानुनकी विद्याथी जया आफ्नो बिषयमा पोख्त छे । सामाजीक संस्कार र संस्कृतिले गर्दा नै महिलाहरु खुलेर अगाडि बढ्न नसकेको बताउने जया काम र जिम्मेवारी पुरा गर्ने बिषयमा कटिबद्ध छे ।
शनिवारको सन्ध्याकालीन समय । प्रदशनी मार्गको विश्वभाषा क्याम्पसको प्राङणमा भेटिएका छौ हामी । रातो स्कर्ट र कालो टिर्सटमा निकै खुलेकी छ उ । मिडियामा आएका केहि ताता बिषयमा एकछिन गफियौ हामी । ट्विटरको फोटो र क्याप्सनको विषयमा जिज्ञासा राखे । फोटोमा संगै उभिएको युवक अभि भएको र आफूहरु निकै राम्रो साथी भएको बताइ । दि इण्ड किन त ? ‘कुनै सम्वन्ध शुरुवात हुदै सकिएको हुन्छ । जुन सम्वन्ध अगाडी लैजाने कुनै बाटो नै हुदैन । यसरी नै भेटिनासाथ छुटिएका थियौ हामी ।’ ओठमा मुस्कान छर्दै केहि महिना अघिको यात्रामा पु¥याइ मलाई । उ भन्दैे थिइ एक सत्य कथा ......

जमलस्थित होटल एल्लो प्यागोडा परिसर । पार्किङ्गमा स्कुटि रोकि घोप्टो परेर डिक्कीमा हेलमेट अड्काउदै थिए म । कार्यक्रम शुरु भैसकेको थियो । चर्को जाममा परेर आधा घण्टा ढिलो भैसकेको थियो । सिघा हुन नपाइ पछाडिबाट कसैले ग्वार्लाम्म अंगालो हालेर कानैमा आएर फुसफुसायो, सेक्सी केटी । सामुन्नेमा थियो अभिनव उर्फ फोटापत्रकार ।
सामाजिक सञ्जाल अवसर कि चुनौती विषयक अन्र्तक्रिया चलिरहेको थियो । राउण्ड टेवलमा सरकारको उच्च पदाधिकारीहरुदेखि लिएर विभिन्न संस्थाको प्रतिनिधि समेत थिए । हतारहतार खाली कुर्सिमा गएर बसे । महिलामन्त्रि बोल्दै थिइन । छेउकी सहकर्मीले हातमा कागजको डल्लो थमाइदिइन् । सानो चिट खोलेर हेरे, लेखिएको थियो, ‘ओइ सेक्सी, सिरियस भएको राम्रो देखिएन, तिमीलाई हासेको सुहाउछ,।’
कसैको सेक्सी केटी भन्ने संवोधन संगै मेरो मनमा सम्झनाको पहिरो जान थालेको थियो । कागजमा लेखिएको अक्षर अघि जिस्काउने अभिनवको थियो । मेरो अपोजीटमा क्यामरा लिएर उभिरहेको युवकको चोर आखाले मलाई हेरिरहेका थिए । मैले मुसुक्क मुस्काएर उसप्रति प्रेम दर्शाए ।
माघ महिनाको चिसो रात उसै त निदाउन हम्मे हम्मे थियो मलाई । सानो आकारको झ्यालबाट हामीलाई चाहिने अक्सिजन मात्रै कोठाभित्र आउथ्यो सायद । फुसफुस परेको हिउले डाडा पखेराहरु सेताम्भे बनाएको थियो । बाहिरको तापक्रम माइनस २ डिग्री पुगीसकेको थियौ । संयोगले भेटिएको अपरिचित अभिसंग एउटै खाटमा निदाउने तरखर गर्दे थिए । बाध्यताविच आइपरेको यो कठिन अवस्थामा चुपचाप निदाउनु हामी दुवैका लाग चुनौतीपूर्ण थियो । आफ्नो शरिर र मनमाथी आफैले लगाम कस्नु थियो । अपरिचित लोग्ने मान्छे डर संगै शंकाले कस्दैथ्यो मलाई ।
दुवै जना विवाहित थियौ । प्रेम, विवाह र यौनको विषयमा पूर्ण जानकार संगै अनुभवी पनि । त्यसै भनिएको होइन रैछ, अल्लारे उमेरको भर हुदैन । यस्तै केहि उत्सुकता, केहि रहर र केहि चाहनासंगै बडो कठिन तवरले गुज्रदैथ्यो समय ।
म एक सामाजिक संस्थामा काम गर्थे । वेलावेला घर बाहिर हिडिराख्नु पथ्र्यो । कर्णाली प्रदेशका विकट जिल्लामा बालबालीकाको शिक्षाको क्षेत्रमा संस्थाले काम गर्ने गथ्र्यो । दुर्गम र विकट ठाउको यात्रामा गैराख्नु पर्ने र त्यहाको प्रत्यक्ष जानकारी ल्याएर रिपोर्ट पेश गर्नुपथ्र्यो ।
डोल्पा जील्लाको विकट गाउमा रहेको एक सरकारी स्कुलमा जानुपर्ने थियो । सदरमुकाम दुनै देखी दुई दिनको हिडाइमा पुग्न सकिन्थ्यो त्यहा । काठमाण्डौको कुनै राष्टिय मिडियामा आवद्ध फोटोग्राफर अभिनव नेपालगन्ज एयरपोर्टमा भेटिएको थियो । संजोगले उ र म जाने ठाउ नजिक नजिक परेछ । केहि समयको बार्तालाप संगै हामी केहि दिनको सहयात्री बन्ने भयौ ।
दुर्गम गाउको बास्तविक कथालाई उसले दृष्यमा उतार्न चाहन्थ्यो । काठमाण्डौको रैथाने उ विकट गाउको जनताहरुप्रति बिशेष सहानुभुति राख्थ्यो । नेपाल प्राकृतिक रुपमा अत्यन्तै सुन्दर भएको बताउदै उसले हिडन व्युटिलाई क्यामरामा कैद गर्न चाहन्थ्यो । एकअर्कामा अपरिचित हामीहरु यात्राको क्रममा मनमिल्ने साथी भैसकेको थियौ ।
घाटिँमा क्यामेरा भिरेको उ घरिघरि फोटो खिचिरहन्थ्यो । अलिकती फरक दृष्य देख्यो कि टक्क रोकिन्थ्यो र पोज पोजले क्यामरा तेर्साउथ्यो । लुकेरै मेरा कतिपय फोटो खिचिदिइसकेको थियो । अनुमती नलिइकन उसले गरेको यो बदमासी मलाई पनि मन परेको थियो साच्ची । कति कुरा नभने पनि मिठा लाग्ने रैछन् । गीतमा त्यसै भनिएको होइन.....
कति कुरा नभनेरनै मिठा मिठा हुन्छन्,
भनिएका कुरा बरु झुठा झुठा हुन्छन् ।
थाकेर सुस्ताउदै आराम गरेको वेला होस कि, उसलाई छाडेर लमक लमक हिडेको अवस्था होस उसले मेरा अनेक हाउभाउलाई क्यामरामा कैद गरेको थियो । उसको मनमौजी व्यवहारसंगै क्यामराको लेन्सको चलायमान गती र क्लिक संगै दौडिन्थ्यो ।
टेलिफोनमा कहिकतै मात्र टावर देखिन्थ्यो । टावरको सिग्नल देखिनासाथ उसले घरमा रहेकी श्रीमतीलाई फोन गरिहाल्थ्यो । प्रिय म यहा पुगे, यस्तो छ..बर्णन गथ्र्यो । घरिघरि फोनमा बोलेझै गरि भन्थ्यो ‘मैले त नया गलफ्रेण्ड भेटे ।’ मलाई अनेक प्रश्न सोधेर हैरान बनाउथ्यो । जव म ठुस्कीएर हिड्थे उ चर्को स्वरमा कोहि न कोहि संग बात माथ्र्यो । भन्थ्यो, मेरो मुटु दुखेको छ, मलाई गाह्रो भएको छ । जव म दौडेर उ नजीक उ नजीक जान्थे, अठ्हास छाडेर हास्थ्यो । भन्थ्यो ‘कोहिकोहिलाई मेरो माया पनि लाग्दो रैछ ।’ दुई दिनसम्म अन्जान अभि कतिवेला मेरो आत्मिय बन्यो पत्तै पाइन मैले ।

मैले पनि घरमा फोन गरेर यात्राका अवस्था, फोन नलाग्ने समस्या, बाटोघाटो र पुग्न सकिने समय जानकारी गराएकी थिए । श्रीमानजी ले घरिघरि फोन गर्न कोषिस गरिरहेको मिसकल म्यासेजले देखाउथ्यो । म दुर्गमको यात्रामा हुदा उसको अनुहार उज्यालो हुदैनथ्यो । प्रत्यक्ष रुपमा नजाउ भन्न नसकेपनि नगइदिए हुन्थो भन्ने उसको चाहना बुझेर पनि मनमनै दवाएकी थिए । आखिर कुरा जिम्मेवारीको थियो ।
यात्रामा गफ गर्ने साथी पाउदा हिडाइको पत्तै पाइन मैले । ढुंगाले छाएका घरहरु, झुरुप्प बस्ती भएका गाउको बाटो पार गर्दे हामी उकालो बाटो समाएका थियौ । निकै ठाडो उकालो उक्लिएपछि एउटा चौतारी भेटियो । छेउमा रहेको घरमा धुवा पुत्ताइरहेको थियो । बाहिर काठको बेन्ची राखिएको थियो । केहि खान पाउने आसले धुवा आएको तिर लाग्यौ हामी । भित्र गाइगुई हल्ला सुनिन्थ्यो । गोल्ड स्टार जुत्ता लगाएका केहि पुरुषहरु गुन्द्रिमा बसेर केहि पिउदै थिए । उनीहरु माथी लेकमा रहेको स्कुलमा पठाउने शिक्षकहरु रहेछन् । सदरमुकाम जान हिडेका उनीहरु सिमिको झोलमा चाउचाउ मिसाएर बनेको खाजा खादै रहेछन् ।
हामीले खानेकुरा सोध्र्यो । त्यहा सिमिको सुप र कोदोको रोटो खान पाइने रैछ ।
म किचनमै पुगेर भुइमा थचक्क बसे । खुट्टा दुखेर उभिन पनि नसक्ने भएकी थिए । आफैले बोकेको झोला पनि निकै गरुङो लागिरहेको थियो । थकाई यति लागेको थियो कि जहा बस्यो त्यहि निदाउथे ।
खाजा पसलकी दिदिले आगोमा कराई बसालीन् । थोरै तेल हालेर एउटा खुर्सानी राखिन् । एउटा भाडाबाट उसिनेको कालो रंगको सिमि कराइमा राखेर एकछिन चलाइन् । भुङ्रोमा बसालेको चियादानी उठाएर कराईमा भरिने गरि पानी मिसाइन । एकछिनमा पानी उम्लियो । दराजबाट तिनवटा चाउचाउ निकालेर सिमिको झोलमा मिसाइन । एक प्रकारको खाजा तयार भयो । हामी लगायत अन्य ६ जनाको लागी खाजा तयार भयो । खाजा खाएर हामी पुनः यात्रामा हिड्यौ ।
अभि निकै सहयोगी थियो । उसले अन्तर्रजातिय विबाहदेखी प्रेम गर्दाका कतिपय किस्साहरु सुनाइरहेको थियो । स्थानीय मानिस भेट्यो भने सबैलाई नमस्कार गर्दे हिड्थ्यो । कति जनाले त हामीलाई निकै पर पुगुन्जेल सम्म हेर्थे । जहा गएपनि भिज्न सक्ने अनौठो कला थियो उसंग । सबैको माया बटुल्न खप्पीस थियो उ ।
एक गाउदेखी अर्को गाउ पुग्ने विचतिर स सानो पसलहरु देखिन्थे । स्थानीय लोकल चामलको भात, उसिनेको आलु वा सिमिको दाना, कोदो या गहुको बाक्ला बाक्ला रोटिहरु खाजाको विशेष परिकारका रुपमा पाइन्थे । शहर छाडेर जति टाढा पुगेपनि चाउचाउ र विस्कुट भने पाइन छाडेको थिएन् ।
बाहिरबाट लगीएको विस्कुट, चाउचाउ भने अत्यन्तै महंगो पथ्र्यो । चिसो सिजन थियो । ठाउठाउमा हिउ जमेर बाटो बन्द भएको सुनिन्थ्यो । जनजिवन अत्यन्तै कष्टकर थियो । स्कुलहरु बन्द प्रायः थिए । निकै कम ठाउमा मात्र सार्वजनिक सवारी पाइन्थ्यो । सदरमुकाम छेउका सडकमा डोजरले हिउँ पन्छाएर बाटो सुचारु गरिएको थियो । बाकि विकट गाउहरु हिउँमग्न थिए ।
पहिलो दिनको यात्रामा बास बस्ने ठाउ आइपुग्यो । बर पिपलको चौतारि भएको ठाउमा एउटा घरजस्तो होटल थियो । एकजना मात्र आउने खवर पठाएको थियौ । अभिको गन्तव्य पुग्न अझै २ घण्टा हिड्नुपथ्र्यो । उसले टिठलाग्दो अनुहार बनाएर मलाई हेरिरहेको थियो ।
गाउका होचा होचा घरहरु लहरै जोडिएका थिए । टिनको छानोमाथि माटोले लेपन गरिएको थियो । जहा जाडोमा घाम ताप्ने, बिस्कुन सुकाउने र विश्राम गर्ने थलो बनाइएको हुन्थ्यो । अक्सर घरहरु ढुंगामाटोले बनाइएको दुई तले हुन्थे । तल्लो तलामा गाइ गोरु बाँधिएको हुन्थ्यो । माथिल्लो तलामा खाना पकाउने र सुत्ने ओछ्यान बनाइन्थ्यो ।
होटल भएकाले यो घरमा केहि कोठा छुट्टै बनाइएको रहेछ । पाहुना आएकाले अन्य कोठाहरु प्याक थिए । हामीले एउटा मात्र बुक गरेकाले एउटा कोठा मात्र हाम्रो लागि थियो । अभि हतार हतार घरधनीसंग कुरा मिलाउन गयो । हामीहरु श्रीमान श्रीमती भएकाले एउटै कोठामा बस्नलाई समस्या नहुने भन्दै झुट बोलेछ उसले । म तिमीसंग संगै बस्दीन भन्दै घुर्कि देखाएँ मैले ।
उ बोल्यो जया केहि पिर मान्नु पर्देन । म तिमीलाई केहि गर्दिन ।
बाटोमा भेटिएको अपरिचित मान्छेलाई कसरी विश्वास गर्नु । मत सक्दिन संगै बस्न । मेरो जवाफ थियो ।
यदि म अपरिचित नै लाग्छ भने केहि छैन म मेरो ठाउमा जान्छु, । अप्ठारो अवस्थामा अरुको होइन, आफैलाई बढि विश्वास गर्नु पर्छ जया ।
उसले फेरि हिँड्नको लागि झोला उठायो । बाहिर माघेझरी बर्सन शुरु गरिसकेको थियो । म धर्मसंकटमा परे । जा भनु दूई दिनदेखिको असल साथी गुमाउने र बाकि यात्रा एक्लै गर्नुपर्ने बाध्यता । नजान भनु अपरिचित मानीससंग एउटै कोठामा रात कटाउनुपर्ने । धर्मसंकटमा परे म ।
उसले शर्त राख्यो, चिन्ता नगर म भुईमा सुत्छु । सजिलै उपाय निकाल्यो उसले । मैले मौन स्विकृति जनाए । हामी दुवै आआफ्नो झोला वोकेर कोठा छिर्यौ ।
निकै साधुरो कोठामा ढुसि गन्हाएको थियो । माटोको थुम्को माथि काठका लपेटा विच्छाएर बनाएको एक अजिव खालको विस्तारा थियो । भेंडाको उनबाट बनाइएको राडिको काम्लो ओड्नको लागि बेडमा पट्याएर राखिएको थियो । मिडियम खालको स्थानीय खाट थियो कोठामा ।
भुइमा परालले बनाइएको गुन्द्री लमतन्न सुतेको थियो । भित्ताहरुमा धागोले बुनेर बनाइएका सजावटका फुलहरु झुण्डाइएको थियो । गुन्द्रीमा झोला राखेर खाटमा पल्टिए म । एक खालको नमिठो गन्ध नाकमा ठोकियो । उ गुन्द्रीमा बसेर मोवाइलमा टावर खोजिरहेको थियो । घरबेटी दाइले नुन र टिमुर हालेको चिया ल्याइदिए । तातातो चियाको चुस्किसंगै आआफ्नो शुरमा थियौ । कोठामा स्तव्धता छायो । सायद मलाई जस्तै उसलाई पनि अफ्ठारो लागेको होला ।

केहि बेरमा खाना तयार भो । हामीहरु खाना खान गयौ । पसले दाइले हामी आउनुको कारण ? कता पुग्ने कहिले फर्कने लगायत परिवारको बारेमा अनगिन्ती प्रश्न सोधे जवाफ अभिले नै दिन्थ्यो । म प्रायः मौन थिए । बैनीले लजाउदो रैछ नि भर्खर बिहे गरेको हो ? घरवेटी दिदीले प्रश्न गर्नुभो । अभिले हतारिदै बोल्यो, यिनको हिड्ने बानी छैन, थाकेर बोल्ने जागर नगरेकी हुन् भनी जवाफ फर्कायो । मैले अभिलाई घुरेर हेरे, उसले इसारामा माफी माग्यो । खासमा दुई जनाले वोल्दा हामी फरक फरक हौ भन्ने यर्थाथ खुस्केला भनेर म चुप बसेकी थिए ।
खानासंगै चिसो काट्नका लागी लोकल रक्सि थोरै पिउन आग्रह गरे दाइले । टिमुर र जिम्मुले झानेको कोदोको तीनपाने सगुन हा भन्दै दिदिले मलाई गिलास थमाइदिइन । नाजवाफ भए म । नमिठो मानी मानी एकै स्वाटमा गिलास रित्ताए । अभि बडो गजव मानेर मेरो तमासा हेरिरहेको थियो । घरवेटी दाइले एकैपटक खान हुन्न भन्दै सम्झाए मलाई ।
एकैछिनमा झम्म लाग्यो । टाउकोमा केहि घुमेजस्तो । केही अफ्ठारो भएजस्तो । केही रमाइलो, केही असहज । जिन्दगीकै पहिलो मातेको अनुभव थियो मेरो । बडो अजवको अनुभव । सबैजना जिस्काउदै थिए मलाई ।
अभिले विस्तारै समाएर कोठामा पुर्यायो मलाई । खुट्टा लरवरिएर धानिन पनि सकेकि थिइन म । यत्तिकै भुसुक्क निदाएछु म । वेलावेला के के भनेर बर्बराउथे रे म ।
बिउँझिदा रातको २ बजेको थियो । मोवाइलमा गेम खेलेर भुइमाा पल्टिएको थियो उ । म उठेर हिड्न खोजे, उसले हातमा समाएर सुत भन्दै थमथमायो । पातलो कम्मलको भरमा चिसो भुईमा उ निदाउने दुस्प्रयास गरिरहेको थियो । मलाई सारै ग्लानी लायो । उठेर खाटमा सुत्न आउने आग्रह गरे । बिचमा सिरानीको बार हालेर उ र म एउटै ओड्ने ओडेर पल्टियौ ।
उसले सास फेरेको पनि नजिकैवाट सुन्थे म । एक किसिमको अनौठो मिठो गन्ध थियो उसंग । उ घरि यता फर्कन्थ्यो घरि उता । अलिकती यताउता सर्नासाथ हाम्रो शरिर आपसमा स्पर्श हुन्थ्यो । छोइन्थ्यो । बेग्लै काउकुती लाग्थ्यो मलाई सायद उसलाई पनि । उ पनि केहि वोलेन म पनि केहि भन्नै सकेकी थिइन । झुक्किएर छोइएको उसको स्पर्श मलाई कताकता रमाइलो लागिरहेको थियो । सायद उसलाई पनि ।
बाहिर माघेभरी झभझम बर्सिरहेको थियो । पानी परेर बलेनीमा चुहिएको तपतप आवाजले मिठो धुन सिर्जना गरेको थियो । मौसमले समेत हामीलाई सामिप्यताको लागी चुनौती दिइरहेको थियो । आफैले आफैलाई सम्हाल्न मुस्किल परिरहेको थियो ।
मनले अझ बढि आत्मियता चाहन्थ्यो सायद । शरिरले अरु केहि उन्माद । तन र मनले निकटताको लागि स्विकृति दिएको थियो । सुइय सुस्केरा हाल्दै उसले भन्यो, जया किन नसुतेकी । निद लागेन ? उम... अलि असहज हुदै भने मैले । तिमी किन नसुतेको नि ? प्रश्न तेर्साए मैले । तिमीले आज पुरा रात अनिदो बनाइदियौ अघि चिसो भएर अहिले अरु नै केही ... । उसले घुमाउरो पाराले आफ्नो इच्छा समेत जाहेर गरयो यही उत्तरसंगै ।
लामो लामो सास फेर्दै कोल्टो फर्किएँ म । यर्थाथ जस्तोसुकै भएपनि म आजको रात विर्सन खोजिरहेकी थिए म अरु कोहिसंग छु भन्ने । सायद उ पनि मेरो केहि प्रतिक्रिया आवोस् भनेर रोकिएको थियो । माइनस १० डिग्री सेन्टीग्रेड तापक्रमले कोठामा अत्यन्तै चिसो बनेको थियो । मेरो कपाल सुमसुमाउदै उसले नजिकै आएर फुसफुसायो, तिमी जे चाहन्छौ म त्यसको लागि तयार छु । निदाउन सक्छौ भने कोशिस गर होइन भने परिस्थितीसंग सम्झौता गर । मेरो शरिर मेरो अधिकार उसले डाइलग सुनायो ।
बिचको सिरानी हटाएर अलिक नजिक तान्यो मलाई । प्रतिकार गरिन मैले । उसको यो जिद्धीपन साच्चिकै मनपरेको थियो मलाई । अंगालोमा कसेर ओठमा चुम्यो । शरिरभरि चुम्वन बर्षायो मलाई । दुवै निःशव्द थियौ । मुटु जोडजोड्ले धडकिरहेको थियो । एक हुनको लागि न उसले आग्रह गर्यो न मैले नै प्रतिकार । त्यो अनकन्टार गाउमा आत्म स्विकृतिले एक हुदै थियौ हामी ।
एक पलमै कस्सियौ हामी । कसले के पायो ? को कसको मान्छे हो विल्कुल मतलव थिएन हामीलाई । कतिवेला हामी तृप्त भयौ त्यो उन्मादबाट । केहि थाहा थिएन । बिउँझदा घडिले ७ बजाइसकेको थियो । अत्यन्तै लाज लाग्यो मलाई । चर्को आवाज दिएर वोलाएँ उसलाई । चिया लिएर कोठामा पस्दै रहेछ । हामी एक अर्कालाई हेर्न सकेका थिएनौ । चिया दिदै गर्दा उसले कानैमा फुसफुसायो सेक्सी केटी । म रातोपीरो हुदै नजर झुकाए ।
जया निरन्तर बोलीरहेकी थिई । म कथा सुन्दै छु कि फिल्म हेर्दे छु । दोधारमा थिए । उ भन्छे ‘अर्को दिन अभि र म गन्तव्य पुग्यौ । काम सकाएर फोक्सुन्डो ताल घुम्न निस्कीयौ । त्यहि तालको छेउमा खिचिएको फोटो हो त्यो । धेरै पछि अस्ति भेट भयो अभिसंग सम्झना स्वरुप ट्विटरमा पोष्ट गरेकी हुँ । केहि दिनमा म काठमाण्डौ फर्किए । अभि डोल्पामै थप केहि दिन बसेको थियो । जसरी भेटियो त्यसरी नै सकियो सम्वन्ध पनि । कुनै गुनासो पनि छैन अभिसंग कुनै अपेक्षापनि ।
जया पुन बोली, दि इण्ड आवर मोमेन्ट ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 पौष, 2076

लेखकका अन्य रचनाहरु