बियाड हाइकूसङ्ग्रहमा बिम्बविधान

- डा.षडानन्द पौड्याल

सार
(प्राचीन तथा समकालीन समयमा प्रवाहित भएका सामाजिक वस्तुसत्यबाट हरेक मानिसको मनमा एक प्रकारको छाया चलायमान् भएको हुन्छ । मानिसलाई सिर्जनारूपी कर्तव्य पथमा अगाडि बढ्न समकालीन जीवनमा परेका तिनै प्रतिबिम्ब मुख्य कारक बनेका हुन्छन् । समाजमा डोलायमान् भइरहेका समयका बाछिटा पहिल्याउन कवितामा सूक्ष्म विन्यासका साथ समयका डोबहरूको पहिचान गरिएको हुन्छ र सर्जकको मनमा परेको छाया कवितामा प्रतिबिम्ब बनेको हुन्छ । सर्जकले तिनै प्रतिबिम्बका माध्यमबाट जीवनचेतनालाई आपसमा जोड्छ । यस लेखमा हाइकूको सैद्धान्तिक पक्षको पहिचानका साथै बियाड हाइकूसङ्ग्रहमा समयको सत्य उजागर गर्न सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक, प्राकृतिक र सांस्कृतिक क्षेत्रबाट प्रकट भएको बिम्बविधान पहिल्याउन अभीष्ट राखिएको छ ।)
बीजशब्द बिम्बविधान, समाज र जीवनको सत्यापन, समयका बाछिटा । शब्दसङ्ख्या ४१३०
१ विषयप्रवेश
राजेन्द्र पहाडी (२०३०) नेपाली साहित्य सिर्जना, समालोचना र सामाजिक सचेतनाका क्षेत्रमा ख्याति आर्जन गरेका व्यक्ति हुन् । समकालीन समाजमा जेजस्ता विचार प्रवाहित भएका छन्, तिनलाई टपक्क टिपेर साहित्य सिर्जनामा सजाउन रुचाउने पहाडीले समाजका सत्य पहिचान गरी समकालीन जीवनले भोगेका जीवनका यथार्थ खोजी गर्ने अभीष्ट लिएका हुन्छन् । यिनका सिर्जना समाज र जीवनमा खाटाबस्न नसकेका घाउमा मल्हमपट्टी गर्न केन्द्रित रहेको पाइन्छ । समाज र जीवनको सत्यापन गर्ने दृष्टिले पहाडीका सिर्जना र समीक्षा सामाजिक चेतनाका धारबाट प्रवाहित भएका हुन्छन् । सामाजिक सत्य पहिचान गरी सामाजिक यथार्थका कोणबाट सिर्जना गर्ने पहाडीले महिलाविरुद्ध हिंसा—एक सामाजिक अध्ययन (२०६६), शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन (२०६७), पर्वत साहित्य सङ्गम ः सङ्क्षिप्त सिंहावलोकन (२०६७), सामाजिक सर्वेक्षणका लागि आधारभूत तरिकाहरू (२०६७), सर्वदलीय घरको समाजशास्त्रीय नालीबेली (२०६८), नेपालमा समाजशास्त्र र मानवशास्त्रको परिचय (२०६८) सहलेखन, नेपालको शान्ति प्रक्रियामा स्थानीय शान्ति समिति तथा अन्य सरोकारवालाको भूमिका (२०६८), नेपालमा महिला हिंसा (२०६९), बोल्नेको पीठो बिक्छ (२०६९), शिक्षामा सुशासन (२०६९), बियाड (२०७०), विद्यालय क्षेत्र सुधार योजना र शिक्षामा नागरिक सहभागिता (२०७१) जस्ता सिर्जना र विचारपरक कृतिहरू प्रकाशित गरेका छन् । यस अतिरिक्त समसामयिक पत्र—पत्रिकाहरूमा पहाडीका कथा, निबन्ध, कविता, समालोचना प्रकाशित भएको पाइन्छ भने साहित्यिक पत्र—पत्रिका सम्पादन, सङ्कलन, प्रकाशन र समाजसुधारका क्षेत्रमा यिनको क्रियाशीलता रहेको छ ।
नेपाली साहित्यको सेवामा निरन्तर समर्पित रहेका पहाडीले आधुनिक नेपाली कविता विधामा जापानिज शैलीको उपयोग गरी बियाड हाइकूसङ्ग्रह प्रकाशन गरेका छन् । यस सङ्ग्रहमा तीन हरफका १७२ वटा कवितापुञ्ज समावेश गरिएको छ । नेपाली जीवनले निरन्तर व्यहोर्दै आएका वास्तविकताको जगमा उभिएर सामाजिक, अर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक क्षेत्रले समाजमा पारेका अहिरा गर्त पहिल्याउन सूक्ष्म विन्यासका साथ सामाजिक छाया हाइकूसङ्ग्रहमा परेको छ । यस हाइकूसङ्ग्रहमा समकालीन नेपाली जीवनले व्यहोरेका सत्य पहिचान गरी समाजिक जीवनको प्रतिबिम्ब उजागर गर्न शकलमा सकल भर्ने प्रयास गरेका छन्
२ हाइकू कविताको रचनाविधान
आक्षरिक रचनाविधान हुने हाइकूको जन्मथलो जापान स्वीकार गरिएको छ । पहिलो हरफमा पा“च अक्षर दोस्रो हरफमा सात र अन्तिम हरफमा पा“च अक्षर गरी जम्मा सत्र अक्षरमा संरचना हुने हाइकू सिर्जना परिधिको विश्वकविता साहित्यमा नया“ प्रयोग हो । जम्मा तीन हरफमा संरचान गरिने र सत्र अक्षरको सीमा भएको कविताको लघु रूपअन्तर्गत समेटिने हाइकूको तीन हरफका छुट्टा छुट्टै मान्यता रहेको पाइन्छ । कविताको पहिलो हरफमा बिम्बको पहिचान गरिन्छ भने दोस्रोमा समस्या र तेस्रो हरफमा समस्याको निदान पहिल्याउने आग्रह राखिएको हुन्छ । गागरमा सागर भर्ने आत्मीय चिन्तनका साथ एउटा हाइकू संरचना गर्दा बिम्बले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राकृतिक, जातीय, भौगोलिक, विद्युतीय अन्तरजाल, जीवन भोगाइ, अघटित घटना जस्ता अनेकन् क्षेत्रमा विद्यमान रहेको सत्य पहिचान गरी त्यसले समाजमा पारेको छाया कस्तो छ ? पहिलो हरफमा प्रतिबिम्ब सजाउने काम गरिएको हुन्छ । दोस्रो हरफमा विवेच्य क्षेत्रमा विद्यमान रहेका समस्याबाट सिर्जना भएको समाज र जीवनको यथार्थ पहिचान गरिन्छ र त्यसले सिर्जना गरेको समस्या स्थापना गरिएको हुन्छ । दोस्रो हरफमा विशेष गरी तीनवटा शब्दको चयन र सात अक्षरको योग भएको अवस्थामा समस्या उजागर हुन्छ । आक्षरिक विधानमा कविताको संरचना हुने भएकाले अक्षरको योग दुई, दुई र तीन वा दुई तीन र दुई हुन्छ । समस्याको जड पहिल्याउन तीन वा दुई अक्षर भएको हरफको बीचमा रहेको शब्द मुख्य मानिएको हुन्छ । अर्थात् बीचमा रहेको शब्दले पूर्वापरक्रम जोड्छ र दुवै शब्दले ध्वनित गर्ने अर्थको पहिचान गरी समस्या पहिल्याउने काम गरिन्छ । तेस्रो हरफमा समस्याको निदान पहिल्याउने प्रयास गरिएको हुन्छ । कविताका अगिल्ला दुई पङ्क्तिले स्थापना गरेका सामाजिक प्रतिबिम्ब र समस्याको निदान गर्दा बीचको पङ्क्तिमा रहेको माझको शब्द मुख्य हुन्छ । यदि दुईवटा शब्दको योगमा दोस्रो हरफ रचना भएको रहेछ भने अगिल्लो वा पछिल्लो शब्द मुख्य बनेको हुन्छ । यस प्रकारको आन्तरिक रचनाविधानबाट हाइकू कविता सिर्जना भएको हुन्छ । बियाड हाइकूसङ्ग्रहका कवितामा संरचना पक्ष यसरी स्थापना भएको छ—
का“डा रोपेर ----- -------बाटो घोडेटो
आशा ग¥यौ फूलको ----- पुग्दा गाउ“ गाउ“मा
मौका छोपेर ।। ----- नया“ नेपाल ।।
पहाडी, २०७० ः १९) ।
हाइकू कविताको पहिलो हरफमा बिम्बको संयोजन गरिन्छ । कवितालाई स्फोटपरक बनाउन बिम्बको संयोजन हुन्छ । ध्वनिकाव्यका दृष्टिले वस्तु, रस र अलङ्कारमध्ये कुन विषयलाई प्राथमिकता दिइएको हो, त्यसबाट सिर्जित समस्याको निदान पहिल्याउन बिम्ब खोजी भएको हुन्छ । बियाड हाइकू सङ्ग्रहको भूमिकामा हाइकूका केही कुरा शीर्षकमा रामकुमार पा“डे लेख्छन्—“हाइकू कविताभित्र बिम्बको प्रतिविम्ब हुन्छ । यही बिम्बले नै कविताको प्राण दिएको हुन्छ । हाइकू लेख्दा आफ्नै वरिपरिको प्राकृतिक, सांस्कृतिक वस्तु, घटना र दृश्यबाट बिम्ब बटुली जीवन जोडेर प्रभावकारी पार्न सकिन्छ (पा“डे, २०७० ः ७) । लघु संरचना भएको हाइकू कविता आफै“मा निकै शक्तिशाली मानिन्छ । कविताले स्वीकार गरेको गति र पद्धति सानो आकारबाट ठूलो क्षेत्रको पहिचान गराउने प्रकृतिको हुन्छ अर्थात् कवितामा व्यक्त भएको एउटा शब्दले समाज, परम्परा, जीवन, मान्यता, घात, प्रतिघात, उहापोह जस्ता संसारका अनेकन् सन्दर्भलाई एकसाथ अथ्र्याउन सक्ने सामथ्र्य राख्छ । एक प्रकारको सूक्तिमयतालाई ग्रहण गर्ने रचनाविधानमा हाइकू आधारित हुन्छ । ध्वनि, स्फोट, सूक्त, मन्त्रका विवृत्तिलाई स्वीकार गरी समाज र जीवनको सत्यापन गर्न हाइकूको बा≈य तथा आन्तरिक संरचना तयार भएको हुन्छ ।
हाइकू कविता जापानिज भाषाबाट विश्वका समग्र भाषा—साहित्यमा प्रभावित भएको सिर्जना हो । जापानिज, चाइनिज, कोरियन जस्ता भाषाहरू शाब्दिक विन्यासमा रहेको पाइन्छ । जापानिज भाषामा ध्वनिको समग्र स्वरूप शब्दमा आधारित रहेको हुन्छ । भाषाका ध्वनिप्रतीकलाई शाब्दिक प्रतीक बनाई भाषाको लेखन हुने हुनाले हाइकू कवितामा स्वर र व्यञ्जनको संयोगमा निर्मित शब्दभन्दा अक्षरबाट निर्मित शब्दको प्रयोग विशेष उपयोगी स्वीकार गरिएको हुन्छ । वर्णहरूको संयुक्त प्रस्तुति कुनै एक प्रतीकमा रह“दा उच्चार्य अवस्था ध्वन्यात्मक भाषाको भन्दा फरक हुन्छ । यस प्रकारको भाषिक स्वरूप पहिचान गर्न भाषामा शब्दप्रयोगका दृष्टिले नेपाली भाषाको जननी वैदिक संस्कृत भाषामा सार र स्वरको व्यवस्था संयुक्त व्यञ्जनका रूपमा रहेको पाइन्छ । यसमा अक्षरहरूको उच्चार्य अवस्थालाई जनाउन वैदिक भाषामा अक्षरहरूको तल, माथि, पछाडि, ओल्लो, पल्लो अक्षरमा उच्चार्य अवस्थालाई जनाउने सारस्वरबद्ध चिन्ह दिइएको हुन्छ । यसले स्वरको गतिलाई जनाउनका साथै उच्चार्य शब्द कसरी प्रयोग गर्ने भन्ने मान्यता पहिल्याएको हुन्छ । जब भाषाको उच्चार्य अवस्थालाई पहिल्याउने गरी भाषामा व्यवस्था गरिएको हुन्छ, त्यस अवस्थामा एउटा भाषिक प्रतीकमा अनेकन् अक्षरको संयोजन भएको हुन्छ । सामान्य दृष्टिमा लिपिमा रहेका अक्षर धेरै देखिए पनि उच्चार्य अवस्थामा एउटा प्रतीक पहिचानस“ग जोडिएको पाइन्छ । यस्तै जापानिज भाषामा शाब्दिक विन्यास गर्दा उच्चार्य अवस्था महŒवपूर्ण मानिएको हुन्छ । नवीन सिर्जनपद्धति मानिएको जापानिज हाइकूमा यस प्रकारको आक्षरिक रचनाविधान रहेको पाइन्छ । शाब्दिक विन्यास भएका भाषाबाहेक अन्य भाषामा भने अक्षरसंरचनाका मान्यताबाट हाइकू कविता अर्थिएको छ ।
आक्षरिक व्यवस्था रहेको भाषामा हाइकूको रचनाविधान स्वरवर्णको प्रयोगबाट अर्थिएको हुन्छ । यसमा ध्वनि पहिचान गर्ने माध्यम मुख्य रहेको हुन्छ । स्वरवर्णको संयोग नभएसम्म एउटा अक्षर वा सेलेबल बन्न सक्दैन । सिङ्गो अक्षर पहिचान गर्न स्वरवर्ण अनिवार्य हुन्छ । यस मान्यताका दृष्टिले हाइकूको रचनाविधान पा“च, सात र पा“च आक्षरिक पद्धति अर्थात् स्वरवर्णमा आधारित रहन्छ । नेपाली भाषामा यस प्रकारको स्वरवर्ण पहिल्याउने पद्धति हाइकू कविताको रचनाविधान स्वीकार्य ठानिएको छ । यदि हलन्त शब्द वा वर्णलाई सिङ्गो अक्षर स्वीकार गर्ने वा बीचको हलन्त वर्णलाई सिङ्गो अक्षर स्वीकार गरेर अक्षर गणना गरिएको रहेछ भने हाइकूको रचनाविधान मिल्दैन । यसर्थ हाइकू कविताको रचनाविधान नेपाली कविता साहित्यमा ध्वनियुक्त अक्षर रहने विवेच्य मान्यतामा आधारित छ ।
३ बियाड हाइकूसङ्ग्रहको विवेचन
बियाड हाइकूसङ्ग्रह (२०७०) मा समावेश गरिएका १७२ वटा भावनाका पुञ्जहरू समाज र जीवनको सत्यापन गर्ने शकल हुन् । यस सङ्ग्रहका समग्र कवितामा बिम्ब पहिचान गर्ने अभीष्ट राखिएको छ । पहाडीका भावना नेपाली समाजको सत्य पहिचान गर्ने र समस्त मानवलाई निर्देश गर्ने दिशातर्फ अग्रसर भएको पाइन्छ । यिनका कवितामा बाहिरी आवरणमा आधुनिक पोसाकबाट सजिएको मानिस भित्रभित्र खोक्रो अनि निरुपाय भएको जस्तो सामाजिक बिम्ब ग्रहण गरिएको छ । मानिसले विचार नगरीकन दूध, दही, घ्यू, वा महको पोखरीमा हामफल्यो भने शरीरमा चोटपटक नलागी उसलाई मृत्युबाहेक अरू केही मिल्दैन र सामाजिक समस्या समाधानका लागि हरेक कोणबाट उपाय सोच्न गाह्रो हुन्छ, जसका लागि मन, मस्तिष्क र बुद्धिविलाश आवश्यक हुन्छ । यस प्रकारको चिन्तन ग्रहण गरेका पहाडीका हाइकूहरूमा समकालीन समाज र जीवनको छाया प्रकट भएको छ । यिनको समग्र सिर्जनाको विषयलाई केन्द्रमा राखेर जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययनका सिलसिलामा हाइकूसङ्ग्रह बियाडको समीक्षा गरेको पाइन्छ । सामाजिक पृष्ठभूमिबाट सिर्जना भएका यिनका हाइकूको सार समाजमा उज्यालो आलोक पहिचान गर्ने सन्दर्भ हुन् भनी अध्ययनमा निष्कर्ष निकालिएको छ (आचार्य, २०७५ ः ३) । बियाड हाइकूसङ्ग्रमा प्रतिबिम्बित छाया पहिचान गर्न भने सकिएको छैन । यस्तै बियाड हाइकूसङ्ग्रहभित्र समावेश गरिएका हाइकूहरूलाई आधार बनाएर मतीप्रसाद ढकालले बियाडभित्र टुसाएका हाइकूहरू शीर्षकमा भाषिक विन्यासका विषयलाई उठाएका छन् । यस लेखमा सर्जकको भावनाको अन्तर्तहको पहिचान गर्नेभन्दा वर्णविन्यासका जटिल सन्दर्भको अन्वेषण गरी शब्दमा खेल्ने व्याकरणिक क्षिद्र खोजी गर्ने सारवस्तु उपयोग गरेका छन् । कविता सिर्जना गर्दा व्याकरणका विषय तलमाथि नपरून् भन्ने चेतना ढकालको समीक्षाको सार बनेको छ (ढकाल, २०७२ ः ३२) । निरञ्जन पौडेलले राजेन्द्र पहाडीको हाइकूसङ्ग्रह बियाडको एक सर्वेक्षण शीर्षकमा समीक्षा प्रस्तुत गर्दा सामाजिक सत्यका विषयको खोजी गरेका छन् । हाइकूसङ्ग्रह आफै“मा आकार प्रकारका दृष्टिले सानो होला तर यसभित्र विद्यमान रहेको गहनता विषयको संयोजनका आधारमा यो कृति उत्कृष्ट छ भन्ने ठम्याइ यिनको रहेको छ (पौडेल, २०७५ ः ३८) ।
राजेन्द्र पहाडी नेपाली कवितामा समाजमा विद्यमान रहेको सत्य पहिचान गर्ने र जीवनले व्यहोर्न विवश बनेका असङ्गतिका गहिरा गर्त छामछुम गर्न रुचाउने सर्जक हुन् । यिनले बियाड हाइकूसङ्ग्रहमा समकालीन समाजको मानिस बाहिरी तानाबानाका तुलनामा आफ्नै मनको अन्तरमा चलायमान् भइरहने सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र प्राकृतिक विषयबाट उठान भएका पदचिन्ह छाड्न चाहेको हुन्छ भन्ने सामाजिक यथार्थका विषयको स्थापना गरेका छन् । सामाजिक जीवनमा परेको प्रतिबिम्बबाट निर्णयात्मक निष्कर्ष निकाल्न सकिने छायाप्रति ग्रहण गरी बियाड हाइकूसङ्ग्रहमा बिम्ब पहिचान गरेका छन् ।
४ बिम्बविधान
जीवनको सत्य पहिचान गर्न सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक, प्राकृतिक, सांस्कृतिक क्षेत्रमा प्रतिबिम्बित भएका जड समस्याबाट विषयको सत्य प्रकट गर्न समग्र कथनमा एउटा शब्दको मात्र खोजी गरी समस्याको निदान पहिल्याउने पद्धति बिम्बविधान हो । यसमा परिचित शब्दचित्रहरूको मिश्रित प्रवाहद्वारा अपरिचित बनाउ“दै भावाभिव्यक्ति गरिन्छ । अपरिचित बनाउने प्रक्रियाले भावाभिव्यक्तिको प्रसार प्रक्रिया लम्ब्याएर बिम्बले क्रमिकताको सहयोगमा सजीवता र पूर्णताको अभिवृद्धि गर्दछ । बिम्बको योजनाले चेतना फराकिलो पर्दछ (बराल, (सम्पा.). २०५५ ः ५२४) । एउटा शब्दका माध्यमबाट समग्र साहित्य र जीवनमा हलचल ल्याउने गरी कवितामा शब्द विन्यास चयन गर्दा बिम्बको उचित स्थापना स्वीकार गरिएको हुन्छ । जीवन र व्यवहारमा प्रचलित बनेका मान्यताबाट प्रकट भएका सत्य पहिचान गर्न साहित्यमा बिम्ब संयोजन भएको हुन्छ । जीवनलाई अथ्र्याउने र दार्शनिक चेतनाको प्रकटीकरण गर्न साहित्यमा बिम्बको समन्वय आवश्यक हुने भएकाले यसको खोजी कवितामा गरिन्छ । बिम्बका माध्यमबाट समकालीन जीवनका यथार्थ प्रक्षेपण गर्ने र यिनका माध्यमबाट जीवनबोध गराउने आग्रह कवितामा विद्यमान रह“दा कतिपय अवस्थामा वैयक्तिक बिम्ब खोजी गरिएको हुन्छ । सर्वसंवेद्य बिम्बको प्रयोग गरी कविता सिर्जना गर्दा कवितामा स्थापना भएका भाव सर्वसम्वेद्य भएका हुन्छन् र सर्वग्र≈य पनि बनेका हुन्छन् । विशेष गरी थोरैमा धेरै भनिएका कवितामा कविले वैयक्तिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, धार्मिक बिम्बको प्रयोग गरेको पाइन्छ । यसबाट कविको सिर्जनकलाको विशिष्ट पहिचान सिर्जनामा अन्तरङ्ग उजागर गर्ने दृष्टिले जनिएको हुन्छ । यसर्थ बिम्बले शब्दचित्रको संरचना गरी शब्द वा वाक्यांशको आफ्नै स्वाभाविक अर्थमा उभिएर भावको क्रमिकता, वितरण र उ“चाइ—गहिराइको आयाम थपेर कलात्मक सशक्तता बढाउ“छ (बराल,(सम्पा.). २०५५ ः ५२३) ।
सिर्जनकलाका दृष्टिले कवितामा बिम्बको प्रयोग विशेषतः समकालीन सत्य र आद्य चिन्तनस“ग जोडिएको पाइन्छ । “कला तु षोडशो भागो बिम्बोऽस्त्री मण्डलं त्रिषु” अर्थात् चन्द्रमाको सोह्र भागको एक भागलाई कला र प्रकाशलाई बिम्ब मानिएको हुन्छ । सिर्जनकलाको उपयोग गरी त्यसको छाया उपयोग गर्दा कवितामा बिम्ब संयोजन हुन्छ । समकालिक, ऐतिहासिक, धार्मिक, पौराणिक वा प्राचीन बिम्बलाई ग्रहण गरी त्यसका माध्यमबाट समकालीन जीवनलाई अथ्र्याउने प्रयास गर्दा कवितामा आद्य बिम्बको प्रयोग सन्निहित रहेको हुन्छ । राजेन्द्र पहाडी आफ्ना सिर्जनामा सार्वभौम तथा वैयक्तिक चिन्तन जोडिएका बिम्ब प्रयोगमा रुचि राख्छन् । यिनका कवितामा आद्य बिम्बको प्रयोग समकालीन जीवनको सत्य पहिचान गर्न प्रयोग भएको हुन्छ र बिम्बका माध्यमबाट सामाजिक सत्य उजागर गर्ने अभीष्ट राखिएको हुन्छ । यसर्थ पहाडीका समग्र हाइकू सिर्जनाहरू सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, भौगोलिक र प्राकृतिक क्षेत्रबाट चयन गरिएको बिम्बबाट विवेचित बनेका छन् ।
४.१ सामाजिक बिम्ब
समाजमा विद्यमान रहेको वस्तुसत्यको सूक्ष्म निरीक्षण गरी त्यसमा अन्तर्निहित रहेको गतिशील वास्तविकताको पहिचान गर्नु सामाजिक सत्य पहिचान गर्नु हो । सामजिक जीवनका समकालिक सत्यभित्र अन्तरङ्ग बनेका जीवनका इच्छा र आकाङ्क्षालाई सूक्ष्मदर्शक यन्त्रले जस्तै पारख गरी त्यसमा रहेका सूक्ष्म रहस्यलाई पहिल्याउनु सामाजिक यथार्थवादी लेखकको वण्र्य विषय हो । त्यसैले सामाजिक यथार्थवादी लेखकहरूले समय र समाजअनुसार जीवनको मूल्य पहिचान गरी वस्तुपरकताका विषयलाई उठाएका छन् (श्रीवास्तव, सन् १९६८ ः ५४७) । बियाड हाइकूसङ्ग्रहमा समाजको सत्य पहिचान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट निर्माण भएको नेपाली जीवनलाई केन्द्रमा राखेर विषयको सत्यापन गरिएको छ । स्वदेश तथा विदेशमा वस्तुको उत्पादन साथै त्यसले समाजमा एक प्रकारको लहर सिर्जना गरेको बिम्ब पहिचान गरिएको छ । हरेक मानिसको चाहना नित्य नवीनताका विषयमा रमण गर्ने बलवती आकाङ्क्षा रहने र त्यसले समाजलाई विशेष प्रभावित बनाउने हु“दा मानिसको जीवनलाई ग्रसित बनाएको क्षेत्र यिनका रचनामा बिम्ब निर्धारणको आधार बनेको छ । परम्परा बनाम् आधुनिकताको जगमा मानिसका विचार जोडिंदै जा“दा प्रचलित मान्यताभित्रका जीवन विषयक सत्य परिवर्तनको सङ्घारमा उभिन पुग्छन् अनि खानपान, आवस, परिधान र सामाजिक मान्यता फेरिन्छन् । व्यक्तिले चाहेर मात्र उसका चिन्तन परिवर्तनको पक्षमा उभिएका हुन्नन्, समाजले स्वीकार गरेको धारणाबाट मानिस परिवर्तनको भेलमा होमिएको हुन्छ । नेपाली समाज सङ्क्रमणमा रहेको हुनाले सत्य पहिचान गर्न नसकेर पनि आफै“ होमिएको सामाजिक यथार्थ यिनले पहिचान गरेका छन् । मोही, कोक, फेन्टा, पण्डित, समकालीन जीवन, आशाको पासो, शून्य भावना, सिस्नो रोप्नु, हावाको खर्च, दैलो ढपक्क, कुहेको फर्सी, कोरा भावना, अ“धेरी रात, कोदो रोप्नु, चिल्लो बोकेर, रित्तो सडक, मनको लड्डु अकाट्य मृत्यु, घाम तापेर, अघोरी, रुमानी, तुषारो, चक डस्टर, चिल्लो बिरुवा, जस्ता शब्द र पदहरूको चयन गरी सामाजिक सत्य प्रकट गर्न एक प्रकारको जुनेली छाया सजाउन रुचाउ“छन्, जसले समाजको प्रतिबिम्ब प्रकट गर्दछ ।
समकालीन जीवन भनेको परम्पराका मानकलाई रूढ मान्यता ठानेर विचार र व्यवहारको ख्याल नगरी कागले कान लग्यो भनेपछि कागका पछाडि दौडने व्यवहारबाट निर्देशित भएको छ । सामाजिक, सांस्कृतिक दृष्टिले गरिबीको रापमा परेको एक्लो वस्तु न त सुरक्षित नै हुन्छ, न त शोभनीय नै हुन्छ, भनेझैं नेपाली परम्पराका मान्यता समाजका आस्था बनेका मानिसबाट स्वतः भत्काइएका छन् । नेपाली समाजमा प्रतिबिम्बित भएको सत्य पहाडीले उजागर गरेका छन्—
मोही पोखेर ----- -------चक डस्टर
कोक फेन्टा घोकेर ----- -------शिक्षकको जागिर
आए पण्डित ।। ----- -------भोको टक्कर ।। पहाडी, २०७० ः ६५) ।
समाजमा बेइमानीको गतिलो चक्र पूरा गरेर सामाजिक सम्मान आर्जन गरेका मानिसहरूबाट असल काम सम्पादन होला भनेर आशा गर्नु भनेको आफ्नै विचारमा विष घोल्नुबाहेक अरू केही होइन । सदियौंदेखि गतिलो मार्गचित्र तयार गर्न नसकेका मानिसहरूले समाजको शोषण गर्न तयार गरेका कुचक्रमा परेका जीवनका सत्य खोजी गर्दा पहाडीका कवितामा प्रकारान्तरले गति र पद्धतिको पहिचान गर्न नसकेका जीवनका यथार्थ स्थापना गरिएको छ । समाजको स्वार्थी समूहले तयार गरेको चक्रव्यूहमा परेका मानिसहरूले आफ्नो शोषण कसरी भएको हो ? त्यसको वास्तविकता पहिल्याउन नपाउ“दै जीवन विसर्जन गर्न बाध्य भएका हुन्छन् । नेपाली समाजमा परम्परादेखि यिनै मान्यताको जगमा अडिएको समाजका मानिसहरू किताबी ज्ञानबाट दीक्षित भए पनि व्यावहारिक ज्ञान आर्जन गर्ने सामथ्र्य विकास गर्न नसकेको यिनले देखेका छन् । रसपान गर्न पल्केका भव“राहरूले फूलको रस लिएर मात्र सन्तोष लिन्नन्, परागसेचन गरी आफ्नो स्वामित्व लिने सन्तान जन्माउने उपक्रम गरेका हुन्छन् । पीडा, व्यथा, घात, प्रतिघात, अपहेलन व्यहोर्न विवश बनेको फूल नेपाली समाजको बिम्ब बनेको छ र त्यसको पीडा समन गर्ने सामाजिक चिन्तन विकसित नभएको यिनले पहिल्याएका छन् । यसर्थ बियाड हाइकूसङ्ग्रहमा सामाजिक जीवनको सत्यापन यसरी गर्छन्—
स्वार्थी भ“वरा ----- -------बिना क्षमता
रस चुस्दै फूलको ----- -------फलाकेर सिद्धान्त
गर्छ मैथुन ।। ----- ------- नेता बनेका ।। (पहाडी, २०७० ः ४९) ।
४.२ आर्थिक बिम्ब
धनाढ्य परिवारमा जन्मिंदैमा मानिस असल वा उपकारी बन्न सक्दैन, अकुत सम्पत्ति आर्जन गर्दैमा मानिस सफल बन्न पनि सक्दैन तर मानवजीवनको हरेक पक्ष भने आर्थिक दृष्टिकोणबाट मापन गरिने र अर्थिने हुन्छ । दैनिक समस्याबाट पार पाउने विषयदेखि समग्र जीवनमा आदर्श, उच्चता, सामाजिक मर्यादा, मान, यश, कीर्ति जस्ता विषय आर्थिक पक्षका साथ निबन्धन भएको हुन्छ । आर्थिक सबलतालाई केन्द्रमा राखेर व्यक्तिले आर्जन गर्ने सामाजिक मान्यताभित्र केवल अर्थकरी भाष्य निरूपण गरिएको समकालीन जीवनबाट बोध हुन्छ । सामाजिक जीवनको सत्य पहिल्याउन र त्यसले समाजमा पारेको प्रभावको निरीक्षण गर्न आर्थिक कारणबाट सिर्जना भएको विषयलाई बिम्बका रूपमा सजाउने काम सिर्जनामा गर्दा व्यवहारबाट निर्देशित बनेको मार्ग खोजी गरिएको हुन्छ । आर्थिक अभावबाट सिर्जना भएको जीवनको मुख्य पक्ष र वैभवका कारणबाट उत्पन्न भएको समस्या साहित्यमा बिम्ब निर्धारणको कारण बन्छ । यस दृष्टिले गरिबीको भारबाट आहत बनेको जीवन र आर्थिक सबलताका सन्दर्भबाट समाजमा परेको छाया कवितामा व्यक्त भएको हुन्छ । पहाडीका हाइकूमा विदेश लाग्नु, चिल्लो कार, भोको पेट, विश्वको धनी, न्यानो जुन, कालो बादल जस्ता पद र पदावलीबाट आर्थिक बिम्ब पहिचान गरिएको छ । आर्थिक अभावबाट सिर्जना भएको समस्याको पहिचान गरी त्यसले जीवनमा पारेको प्रभावको निरीक्षण गरी त्यसको जगमा रहेको समस्याको निरूपण गरिएको छ । जस्तै
न्यानो जूनको ----- ------- कालो बादल
मनभरि ओडेर ----- ------- बस्र्यो बिना सूचना
सुते“ मजाले ।। (पहाडी, २०७० ः २४) --------- दुःखी चुलोमा ।। (पहाडी, २०७० ः २५) ।
४.३ राजनीतिक बिम्ब
जसले जुन नियम पालन गर्नुपर्ने हो, त्यसले त्यही नियम पालन गर्नुपर्छ, सामाजिक जीवनका सबै नियम, आचरण र विधि सधै“ पालन गर्नु अनिवार्य छैन । नीति निर्माणको तहमा रहेका मानिसहरूका आचरण र व्यवहारले राष्ट्र तथा अन्तर्राष्ट्रमा एक प्रकारको प्रतिबिम्ब तयार भएको हुन्छ, जसले व्यक्ति र संस्थाप्रति आस्था जगाउने काम गर्छ । यस प्रकारको सामाजिक जीवनबाट निबन्धन भएको अनि समकालीन नेपाली जीवनले व्यहोरेको यथार्थ अन्वेषण गरी पहाडीले कवितामा राजनीतिक बिम्ब पहिचान गरेका छन् । यसैले राज्यको नीति निर्माण गर्ने तहबाट सामाजिक जीवनमा प्रतिबिम्बित भएको छाया पहाडीका सिर्जनामा प्रशस्त मात्रामा परेको पाइन्छ । राजनीतिक परिवर्तनबाट मानिसहरूले राखेका इच्छा, आकाङ्क्षा पूरा हुन नसकेको अवस्थामा समाजमा एक प्रकारको स्वरलहरी पैदा भएको छ । सामाजिक चिन्तनमा व्यक्त भएका आक्रान्त मनस्थितिका सत्य पहिचान गर्दा राजनीतिका कारणबाट सिर्जना भएका तथ्य समाज र जीवनमा सलबलाएका छन् । पहाडीले विश्वराजनीतिका प्रभावबाट नेपाली समाजमा सिर्जना भएको समस्या र नेपाली राजनीतिक चक्रले पारेका डोबहरूको पहिचान गरी त्यसका छाया उतार गर्ने अभिप्राय कवितामा लिएका छन् । नागरिकका मनस्थिति पहिल्याउने र समाजको मनोविज्ञान कसरी प्रवाहित भएको छ ? यसको तथ्य उजागर गर्ने दृष्टिले धमिलो राजनीति, घर जलाउनु, रातो झण्डा, रा“को झोसेर, कालो शासन, भोको पेट, घुम्ने कुर्सी जस्ता पद तथा पदावलीबाट यिनका कवितामा राजनीतिक बिम्ब संयोजन गरिएको छ । बियाड हाइकूसङ्ग्रहमा राजनीतिक प्रतिबिम्ब यसरी प्रकट भएको पाइन्छ—
रातो झण्डमा ----- ------- भोको पेटमा
मृत्यु चिन्ह कोरेर ----- -------छैन घर राशन
गए मलामी ।। (पहाडी, २०७० ः २८)-------निस्तो भाषण ।। पहाडी, २०७० ः ९२) ।
४.४ भौगोलिक बिम्ब
हरेक साहित्य सर्जकले आफूले जीवन व्यतीत गरेको भूगोलमा विद्यमान रहेका यथार्थ सत्य सजाउन रुचाउ“छ । आफूले अनुभूत गरेको भूगोलका मानकबाट जीवनमा परेको प्रभाव र त्यसले सामाजिक, सांस्कृतिक, भाषिक, प्राकृतिक समन्वयबाट भौगोलिक वैशिष्ट्य स्थापना भएका सत्य पहिचान गर्छ । वैयक्तिक जीवन र सामाजिक जीवनमा भूगोलले स्थापना गरेका प्रतिबिम्ब कला—साहित्यमा निरूपण गर्दा भौगोलिक बिम्ब उतार गरिएको हुन्छ (पौड्याल, २०७५ ः १४८) । भूगोलमा विद्यमान रहेका समस्याबाट सिर्जना भएको त्रासद् वा सुखद् अवस्था कवितामा संयोजन गरिएको अवसरमा भौगोलिक बिम्ब प्रकट भएको हुन्छ । विशेष गरी भूगोलका मानक पहिचान गर्ने हेतुले हिमाल, तराई र पहाडको प्रतिबिम्ब कवितामा खोजी भएको हुन्छ तर सर्जकले जुन ठाउ“मा जीवन व्यतीत गरेको छ, त्यसको छाया सिर्जनामा पर्दछ । भौगोलिक परिवेशका दृष्टिले सिर्जना भएको समस्या र त्यसको निदान गर्ने माध्यम पहिचान गर्न नसकिएको अवस्थामा मानिसहरूको मनमा परेको छाया कविताको विषयवस्तु बनेको पाइन्छ । पहाडीका कवितामा ठाडो उकालो, ओरालो, नालापानी, कुश्मा, कालीगण्डकी, माटो, नाङ्गो हिमाल जस्ता पद तथा पदावलीको प्रयोग गरी भौगोलिक बिम्ब पहिचान गर्ने अभीष्ट राखिएको छ । भूगोलमा बसोवास गर्ने मानिसहरूको जीवनमा परेको प्रभावको पहिचान गरिएको छ र त्यसको प्रतिबिम्ब कवितामा उजागर गरिएको छ । यिनका कवितामा भौगोलिक बिम्ब यसरी सजिएको छ—
नालापनीमा ----- -------नाङ्गै हिमाल
धपाउन अङ्ग्रेज ----- ------- जलवायु फेरियो
लडे नेपाली ।। (पहाडी, २०७० ः ३९) ----- ------दंगै परियो ।। (पहाडी, २०७० ः ९२) ।
४.५ प्राकृतिक बिम्ब
समाज र जीवनमा जेजति सबल र दुर्बल क्रियाकलाप हुन्छन्, ती सबै प्रकृतिबाट नियन्त्रित अनि निर्देशित हुन्छन् । आन्तरिक आलोकको आवरणमा प्रकृतिका अन्य प्राणीसरह मानिसलाई पनि अथ्र्याउने गरिन्छ । आहार, निद्रा, भय र मैथुन अनि आपराधिक मनोवृत्तिका दृष्टिबाट मानिस र पशुमा समानता रहन्छ । प्रकृतिले प्रदान गरेको सबल उपहार भनेको यही हो । प्राकृतिक शक्ति मानिसको नियन्त्रणभन्दा बाहिर रहने र समाजसञ्चालनका नैतिक बन्धनका तन्तुलाई भञ्जन गर्न प्रकृति अपराजेय मानिने सत्य पहिचान गर्न पहाडीका कवितामा प्राकृतिक बिम्ब पहिचान गरिएको छ । आफ्नो स्वार्थरक्षाका लागि मानिसले बनाएका बन्धन भनेका क्षणिक छन् । तिनले समकालिक समाजमा केही प्रभाव पारेका होलान् तर आधारस्तम्भ नभएका चिन्तन स्वतः हराउ“दै जान्छन् । उज्यालो किरणले अन्धकारको नाश गरेजस्तै प्रकृतिका अगाडि माया र चेतन जस्तै अन्य शक्ति क्षीण हुने पहाडीले पहिचान गरेका छन् । प्रकृतिलाई नियन्ता स्वीकार गर्न बाध्यपार्ने जन्म, मृत्यु, न्यानो, जुन, खुला आकाश, सा“झको बेला, हरियो वन, बाक्लो कुहिरो, कालो बादल, सिरसिर हावा, फुटेको फा“ट जस्ता पद तथा पदावलीको प्रयोग गरी प्राकृतिक बिम्ब पहिचान गरेका छन् ।
खेल मायाको ----- -------फा“ट फुटेको
हचुवाको भरमा ----- -------उत्ताउलो बहर
हुन्न सफल ।। (पहाडी, २०७० ः ५१) ----- -------हेर कुदेको ।। (पहाडी, २०७० ः ८४) ।
४.६ सांस्कृतिक बिम्ब
समकालिक समाजमा प्रचलनमा रहेका सामाजिक व्यवहारका सत्य आफै“मा संस्कृति हुन् । समाजले संस्कृतिलाई जीवन्त बनाउ“ भने संस्कृतिले समाजलाई अन्य सन्दर्भबाट भिन्न बनाउने सामथ्र्य राख्छ । आपसी समन्वयका आधारमा समाज र संस्कृति एकअर्काका परिपूरक बनेका हुन्छन् । स्वाभाविक अवस्थामा घटित हुने विषय समाजमा अनन्त प्रकारका हुन्छन् । मानवजीवनको सत्य प्रकट गर्न आउने यावत् विषय यसमा प्रभावी बनेका हुन्छन् (वर्मा, सन् १९७६ ः ५१) । सामाजिक व्यवहारका आधारबाट सांस्कृतिक प्रतिबिम्ब पहिचान गर्न सामाजिक मान्यताका विषयको खोजी गरिएको हुन्छ । परम्परादेखि स्वीकार गरिएका मान्यता, रीति—रिवाज, आचरण, व्यवहार, खानपान, आवास, परिधान, बोली, चालढाल जस्ता विषय सांस्कृतिक बिम्ब ग्रहण गर्ने तथ्य हुन् । संस्कृतिका विषयमा हावर्ड फास्टको अभिमत छ—“होमरका लागि देउता, राक्षस, भूतप्रेत र पिशाचहरू उनको संस्कृतिको एक हिस्साको रूपमा रहेका थिए । ती वस्तुगत यथार्थको एक हिस्सा नभए पनि ती प्राचीन ग्रिसका जनताको सांस्कृतिक ढा“चाको एक हिस्सा थिए र त्यस रूपमा हामी तिनलाई स्वीकार गर्छौं” (अनु.भण्डरीसमेत, २०६६ ः ३०) ।
राजेन्द्र पहाडी नेपाली संस्कृतिले जीवनमा पारेको प्रभाव पहिचान गर्न रुचाउ“छन् । परम्परादेखि प्रचलित बनेको सनातन नेपाली संस्कृतिले जीवनमा पारेको प्रभावको सत्य खोज्छन् । त्यसका अन्तरङ्गबाट निस्सृत भएको तथ्य उजागर गर्न दियो, शुभभाव, शिरको टोपी, असार पन्द्र, पानी, प“धेरो, स्याल, डा“ङ्ग्रे कराउनु, गाउ“को रीत, तुलसीको मठ, तीजको व्रत, उल्टो ओदान, पुरानो जा“ता,े लिस्नो, दसै“का खसी, घर डढ्नु, हुकिचिल कराउनु जस्ता पद तथा पदावलीका अधारमा पहाडीका कवितामा सांस्कृतिक बिम्ब पहिचान गर्ने अभीष्ट राखिएको छ ।
घर डढेर ----- -------मध्य रातमा
खरानीको थुप्रो भो ----- -------हुकिचिल करायो
दैव लागेर ।। (पहाडी, २०७० ः ५६) ----- ------स्वप्न हरायो ।। पहाडी, २०७० ः ६९) ।
४.७ आद्यबिम्ब
प्राचीन समयदेखि समाजमा प्रचलित बनेको इतिहास, धर्म, र सामाजिक व्यवहारबाट मिथकको पहिचान गरी तिनले समकालीन जीवनमा पारेको प्रभावको सत्य पहिल्याउन आद्यबिम्ब प्रयोग गरिएको हुन्छ । तत्कालीन समयदेखि सूक्तिमयताका लागि सिर्जनामा सजाउने गरिएको इतिहास, धर्म र सामाजिक व्यवहारको विषयले समकालीन जीवनमा प्रभाव छाडेको हुन्छ । बिम्बको चयन गर्ने सर्जकले यिनको खोजी गर्दछ । पहाडीले पूर्वीय परम्परामा स्थापना भएका आचरणलाई स्वीकार गरी आद्यबिम्ब खोजी गरेका छन् भने इतिहासमा भएका घटनावलीलाई अन्तरङ्ग बनाएर पनि जीवनको सत्य पहिचान गरेका छन् । परम्परादेखि सामाजिक व्यवहार बनेको विषयबाट यिनले बिम्ब ग्रहण गरेका छन् । हरेक मानिसको जीवनमा निरन्तर अर्थिंदै आएको आद्य प्रयोगको विषय, सन्दर्भ र पहिचान बनेको सत्य यिनले खोजी गरेका छन् । विशिष्ट परिस्थितिमा अर्थिन सक्ने शब्दबिम्ब र त्यसको स्थापना बियाड हाइकूसङ्ग्रहमा उचित किसिमबाट सजाएका छन् । आद्य चिन्तनबाट समकालीन जीवनलाई अन्वेषण गर्ने अभिप्रायका साथ पहाडीका कवितामा आद्यबिम्ब प्रकट भएको छ । यिनले बियाड हाइकूसङ्ग्रहमा सामन्त, नाथुराम, रामराज्य, कृष्णा गण्डकी जस्ता शब्द तथा पदावलीको प्रयोग गरी कवितामा आद्यबिम्ब स्थापना गरेका छन् । जस्तै
कृष्णा गण्डकी ----- -------थियो सामन्त
शालिग्राम यज्ञमा ----- -------भागबण्ड मिलेर
ध्यान बन्धकी ।। (पहाडी, २०७० ः ३६)---- ------भयो आफन्त ।। (पहाडी, २०७० ः ८९)
५ निष्कर्ष
बियाड हाइकूसङ्ग्रह (२०७०) मा १७२ वटा सिर्जनाका पुञ्ज समावेश गरिएको छ । यस सङ्ग्रहमा समावेश भएका हाइकूहरू सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृति, नैतिक, भौगोलिक जस्ता सामाजिक जीवनका क्षेत्रमा प्रतिबिम्बित भएका असङ्गत जीवनका यथार्थ पहिचान गर्न तयार गरिएका छायाचित्र हुन् । सामाजिक जीवनले निरन्तर व्यहोर्दै आएका विसङ्गत पक्षलाई पहिचान गरी समस्याको निदान पहिल्याउन र समाजका सचेत पाठकलाई मथिङ्गल हल्लाउन सामथ्र्य राख्ने पदविन्यासमा यिनका हाइकूमा गहन भाव संयोजन गरिएको छ । हाम्रो सामाजिक जीवनले व्यहोर्दै आएको अ“ध्यारो ढुकुटीमा के—कस्ता आश्चर्यजनक वस्तुसत्य छन्, समयअनुसार हाइकूरूपी सानो झिल्को बालेर समाजको आ“खा खोल्न सकिन्छ भन्ने मान्यताभित्र पहाडीका हाइकू संरचित छन् । समाजको मानिसलाई अर्तीउपदेश दिनुभन्दा सिर्जनाका माध्यमबाट विचार प्रवाह गर्दा समाजमा चेतना भर्न सकिने मान्यताका परिधिबाट पहाडीका हाइकू विवेचित बनेका छन् । नाकमा दलिएको फोहोर शरीरको अन्य भाग जति सफा गरे पनि गनाउन छाड्दैन, भने झैं आस्था र विश्वास गरिएको वस्तुबिम्बको पहिचान हराउन थाल्यो भने मानिस जतिसुकै अग्लिएको भएपनि उसको पहिचान धराशायी हुने यथार्थ यिनले कवितामा खोजी गरेका छन् । तसर्थ नाक अर्थात् पहिचानको आधार बनेको बियाडको सफाइ अनिवार्य भएको देख्ने यिनले हाइकू कविताका माध्यमबाट सामाजिक जीवनका प्रतिबिम्ब पहिचान गरी समकालीन मर्ममा प्रहार गर्न रुचाएका छन् ।
ब्याड सिर्जनाको आरम्भस्थल हो भने जीवनलाई पल्ववित गराउने आधारभूमि हो । कथ्य भाषामा रहेको शब्दबिम्बको संयोजन गरी ब्याड शब्दलाई बियाडमा रूपान्तरण गर्दा आफै“मा एक प्रकारको जीवनबोधी बिम्ब बनेको पाइन्छ । शीर्षकबाट ध्वनित भएको अर्थ र त्यसले जीवनमा पारेको प्रभाव पहिचान गर्न पहाडीका हाइकू सबल बनेका छन् । अतः सन्निरेखाको मर्ममा प्रहार गर्ने अभीष्ट राखिएको बियाड हाइकूसङ्ग्रहका सिर्जनामा बिम्बविधान केन्द्रीय विचार बनेको छ ।
६ सन्दर्भ विवरण
आचार्य, तोयनाथ “राजेन्द्र पहाडीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन” स्नातकोत्तर
तह अप्रकाशित शोधपत्र. बागलुङ ः धवलागिरि बहुमुखी क्याम्पस, २०७५ ।
ढकाल, मतिप्रसाद “बियाडभित्र टुसाएका हाइकूहरू” जनमत मासिक. वर्ष, ३२, अङ्क ९,
पूर्णाङ्क २१७. (२०७२). पृष्ठ ३२—३३ ।
पहाडी, राजेन्द्र बियाड. पर्वत ः पर्वत साहित्य सङ्गम, २०७० ।
पौडेल, निरञ्जन (२०७५). “राजेन्द्र पहाडीको हाइकूसङ्ग्रह बियाडको एक सर्वेक्षण”. समुदाय र
सिर्जना.वर्ष ५, अङ्क ३६. (२०७५). पृष्ठ ३७—३८ ।
पौड्याल, षडानन्द काजी रोशनको काव्य—साधना. बागलुङ ः धवलागिरि साहित्य प्रतिष्ठान, २०७५ ।
फाष्ट, हावर्ड साहित्य र यथार्थ. (अनु.भण्डरीसमेत). (तृ.सं.). काठमाडौ“ ः विजेन्स टे«डिङ, २०६६ ।
बराल, ईश्वरसमेत (सम्पा.). नेपाली साहित्यकोश.काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञा—प्रतिष्ठान, २०५५ ।
वर्मा, भगवती चरण साहित्य के सिद्धान्त तथा रूप. दिल्ली ः राजकमल प्रकाशन, सन् १९७६ ।
श्रीवास्तव, शिवनारायण हिन्दी उपन्यास. (दो.सं.). वाराणसी ः सरस्वती मन्दिर, सन् १९६८ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 पौष, 2076

लेखकका अन्य रचनाहरु