नालापानीमा नन्दिताको सहादत

- ॠतु आसीक

प्रिय! नन्दिता
जीबन यासबेला बगिरहेको छ
हो!जीबन फेरि पनि बगिरहेको छ
भेरी जस्तेै सलल सलल
जीबन हो कुनै बेला पहिरो जान सकछ
घरमा सुतेकाहरु बितेका छन
घर पनि सुरक्षित त भएन
पहिरो गएर ताण्डब मचाइ रहेको छ
कसेैलाइ थाहा हुदेेन
पहिरो गए पछिको शुन्यता
जीबनले त भोगिरहेको हुन्छ
त्रासदीमा नया जीबनको लागी बाचिरहेको हुन्छ प्रिय! नंदिता !
तिमीलाई सम्झना होला?
मैले भन्ने गरेको थिए
तिमी सपनीमा आउनु ल ?
मेरो बोली खस्न न पाउदै
तिमीले यसै भनेकी थियौ
पखेटा जोडी देउ न त् म आउला
समयको संयोजनमा
भूगोलको दुरी जहा भए पनि
मन त् यतै कतै हुदोरहेछ
तिमी भन्ने गर्थेउ त्
यीनै शब्दहरु
तिमी छौ र त् म छु
म छु र त् तिमी छौ हो प्रिय! नन्दिता
तिमी सङको बिछोडको नियति
नालापानी देखी भोगिरहेको छु
धेर्यताको अकुशले बाधिेएर
तिमीलाइ पर्खिरहेछु
जीबन बगिरहेको छ
आशाका प्रज्बलित भएर जीबन ऊठिरहेको हुन्छ

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 13 फागुन, 2076

लेखकका अन्य रचनाहरु