राजेन्द्र पहाडीकृत ‘‘नेपालमा महिला हिंसा’’ र मेरा अनुभूतिहरु

- शान्ति पुन

एउटा असल अध्यापकका रुपमा उभिएर विद्यार्थीका साथै हजारौ व्यक्तिहरुलाई ज्ञानको ज्योती छर्ने आदर्श र प्रिय गुरु राजेन्द्र पहाडी असल गुरु साथै लेखक, समालोचक, प्रशिक्षक र अनुसन्धानकर्ता हुनुहुन्छ । सबैको माननीय पहाडीज्यूले आजको जल्दोबल्दो कुरालाई दृष्टिगत गर्दै ‘नेपालमा महिला हिंसा’ (२०६९) पुस्तक लेख्नुभएको छ । उहाँले आजसम्म लेख्नुभएको पुस्तकहरु १) महिलाविरुद्ध हिंसा–एक सामाजिक विवेचना– २०६६ (समाजशास्त्र) २) सामाजिक सर्वेक्षणका आधारभूत तरिकाहरु– २०६७ (समाजशास्त्र) ३) शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन– २०६७ (समालोचना) ४) पर्वत साहित्य सङ्गम ः संक्षिप्त सिंहावलोकन– २०६७ (इतिहास÷साहित्य) ५) सर्वदलीय घरको समाजशास्त्रीय नालीवेली– २०६८ (समालोचना) ६) नेपालमा समाजशास्त्र र मानवशास्त्र (सहलेखन)– २०६८ (समाजशास्त्र) ७) नेपालको शान्ति प्रक्रियामा स्थानीय शान्ति समिति तथा अन्य सरोकारवालाको भूमिका– २०६८ (राजनीति) ८) नेपालमा महिला हिंसा– २०६९ (समाजशास्त्र) ९) बोल्नेको पीठो बिक्छ– २०६९ (सञ्चार) १०) शिक्षामा सुशासन– २०६९ (शिक्षा) ११) बियाड– २०७० (हाइकूसङ्ग्रह) र १२) विद्यालय क्षेत्र सुधार योजना र शिक्षामा नागरिक सहभागिता– २०७१ (शिक्षा), १३) शिक्षा चिन्तन– २०७६ (शिक्षा) मध्ये यहाँ चर्चा गर्न खोजिएको पुस्तक ‘‘नेपालमा महिला हिंसा’’ हो । लेखक राजेन्द्र पहाडीका हरेक लेखरचनाहरु जति पढे पनि पढुँपढुँ लाग्ने खालका हुन्छन् । उहाँको पुस्तकहरु काल्पनिक नभई यथार्थ खालको हुन्छन् र उहाँको सोच र लेखाइलाई कदर गर्नका साथै पढ्ने पनि गर्र्छु । हरेक साहित्य रचना मलाई मन पनि पर्छ ।
‘नेपालमा महिला हिंसा’ पुस्तक पढ्दै गर्दा मलार्ई एकछिन मानसिक छटपटि चल्यो । यो पुस्तक पढ्दा सायद अरुलाई पनि यस्तै हुनेगर्छ जस्तो मलाई लाग्छ । जब यो पस्तक पढे तब मलाई आजको युगमा पनि महिलामाथी यस्तो व्यवहार गर्न सुहाउँदैन रहेछ, स्वतन्त्र भएर बाँच्न पाउनु मान्छेको जन्मजात नैसर्गिक अधिकार रहेछ भन्ने कुराको भान भयो । महिलाहरुलाई पनि पुरषसरह हक अधिकार दिनुपर्छ भन्ने ज्ञान आयो र गुरु तथा लेखक राजेन्द्र पहाडीज्यूले यसरी महिलाको बारेमा कुरा उठाएको देख्दा मलाई पनि एक प्रकारको उत्साह उत्पन्न भयो । केही लेख्ने इच्छा जाग्यो तर मेरो काँचो दिमागमा ज्ञान नहुँदा एउटा प्राथमिक पाठकका रुपमा उहाँले लेख्नु भएको ‘नेपालमा महिला हिंसा’ पुस्तकबारे पाठकीय समीक्षा गर्न मन लाग्यो र मनका छालहरु पोख्न मन लाग्योे । यस पुस्तकको प्रकाशन सिक्रेड नेपाल, पर्वतले गरेको हो भने पुस्तकको भूमिका प्रा.डा. लोकराज बराल, नेपाल समसामयीक अध्ययन केन्द्रका कार्यकारी अध्यक्षले लेख्नुभएको छ भने धन्यवाद प्रकट टिकाराम भुसाल (सिक्रेड नेपाल टीम लिडर) ले गर्नुभएको छ ।
१७ औं शताब्दीबाट सुरु भएर २१ औं शताब्दीसम्म आउँदा अनेक कुरा विकसित भए तर महिलाको अस्तित्व भएन । अनेक चालचलन, रीतिरिवाज, परम्परा बदलिए तर पुरष प्रधान समाज र देश बदलिएन, न त महिलामाथी बनाइएको नितिनियम बदलिए । उहाँले यस पुस्तकमा हजारौ वर्षदेखि समाजमा विद्यमान महिलामाथीको अत्याचार एकाएक हटेर जाला भन्ने अपेक्षा गरिएको होइन, तथापी यसका लागि सम्बन्धित सबैले सकारात्मक प्रयास जारी राख्नुपर्दछ भन्ने कुरा राख्नु भएको छ । आफ्नो मनमा उथल पुथल भएका कुराहरु उहाँले पुस्तकमा उतार्दै आशावादी बन्नु भएको छ ।
अध्याय ः – १
सभ्य समाज बनाउनको लागि समाजमा हिंसा निर्मुल पार्न अति आवश्यक हुन्छ । हिंसाले राष्ट्रलाई नराम्रो बाटोतर्पm लैजान्छ । अरुलाई दुःख र कष्ट दिनु काटमार गर्नु हिंसा भन्ने बुझिन्छ भने आजको समयमा महिला हिंसाले उग्ररुप लिएको छ । आजको समस्यालाई दृष्टिकोण गर्र्दै उहाँले यस पुस्तकमा महिला हिंसाका बारेमा चार हरफ उतार्नु भएको छ ।
”काटमार कुटपिट, अनेक घोचाइ खप्छे गर्भपतन बलात्कारका सिकार घरमै हुन्छे बेचविखन, वेश्यावृत्ति, मन शरिरलाई पिडा यातनाका नटुङ्गिने आँधी झेल्छे महिला” यो हरफ मानवअधिकार सचेतना माला बाट उतार्नुभएको हो । तर यो हरफले नै वर्णन गरेको छ । महिलाको दर्द र विडा कति छ भनेर समयले कोल्टे फेरे पनि महिलाले फेरेको छैन । महिला मानव भएर पनि मानव अधिकार पाएको छैन । जुनसुकै देशमा, जुनसुकै जातका शिक्षित वा अशिक्षित सबै महिला कुनै न कुनै हिंसाबाट ग्रसित छन् । महिला हिंसा हाम्रो देशमा मात्र नभई विश्वको हरेक, देशमा भइरहेको छ । महिला हिंसालाई कुनै धर्म, संस्कृति, वर्ग, जातले छेक्न सकेको छैन । दक्षिण एशियालाई सबैभन्दा बढि महिला हिंसाको क्षेत्र मानिन्छ । जनसंख्यामा पुरुषभन्दा बढि ५१ प्रतिशत संख्या ओगट्ने महिलालाई हद भन्दा बढि अत्याचार गर्नु अपराध हो । अत्यधिक विकसित देशहरुमा गएर महिला हिंसा बारे अध्ययन गर्ने हो भने हरेक महिला कुनै न कुनै हिंसाले तडपिएको देखिन्छ । महिलाविरुद्र हुने भेदभाव अन्त्य गर्नको लागि महासन्धि र बालआधिकार महासन्धिलाई स्वीकार गरेता पनि कार्यन्वयनमा भने नआएको कुरा उठादै सन् १९६० मा मिरावल दिदिबहिनीको निर्मम हत्या काण्डले महिला हिंसाको विरुद आवाज उठेको कुरा पनि अवगत गराउनु भएको छ । मनिलाको पिडापुर्ण संसारमा गएर महिलाले भोग्ने आरोप अन्याय भोग्ने हो भने मात्र महिलाको जीवनलाई वुझ्न सकिन्छ ।
हाम्रो समाजमा खास गरी एकल महिला माथी गरिने अत्याचार आजको दर्दनाक समस्या बनेको छ । यदि विवाह पछि श्रीमति मर्याे भने श्रीमानले जीवनभर जे पनि गर्न पाउने तर श्रीमान मर्याे भने श्रीमतिले पोते, चुरा तथा रातो कुनै पनि रङ लगाउने नदिएर जीउने अधिकार समेत दिइदैन अथवा भनौ जीवनको रङ खोसिन्छ । जहाँ महिलाको कुनै गल्ती हुदैन । हरेक महिलालाई हाँस्दा उत्ताउलो, नबोल्दा लाटि भनि अपमान गरिन्छ । हुन त महिला हिंसामा महिलाको पनि हात हुन्छ । जस्तै ः समाजमा आफ्नो छोरी लक्ष्मी भनिन्छ तर बुहारीलाई छोरी सम्म पनि मानिदैन । पहाडी ज्युले यस पुस्तकमा छोरीको जन्म हारेको कर्म, छोरो पाल्ने सहरमा, छोरी पाल्ने कुनामा, छोराको नाता हाडको छोरी नखरमाउली तन्नेरीलाई दोष जस्ता उखानटुक्का निकाली महिलाको चरित्रमाथी औला उठाउने, कर्मजोर बनाउने जस्ता कुराहरु पनि प्रस्ट पार्नु भएको छ । परम्परागत रितिरिवाजले बनाएको आफ्नो पतिलाई परमेश्वर मान्नु पर्छ, जे भने पनि मान्नु पर्छ , पुज्नु पर्छ भन्ने रितिरिवाजले महिलालाई देवी मान्नु पर्छ भनि सिकाएन । ग्रामिण भेगमा छाउपडि झुमा, देउकी जस्ता प्रथा अझै डगमगाएको छ । कुनै महिलाहरुले अधिकार पाएका छन भने अभैm आधाभन्दा बढि महिला अधिकारबाट बन्चित छन् ।
काटमार र महिला हिंसाले आज पनि डरलाग्दो रुप लिएको छ । लेखन ज्युले हरेक देशका नारीमाथी हुने हिंसा बारे चर्चा गर्नु भएको छ । दक्षिण अफ्रिकामा प्रत्येक ९० सेकेण्डमा एउटि महिला बलात्कृत हुन्छिन भने ब्राजिलमा हरेक ४ मिनेटमा एउटि महिला पुरुषद्वारा विर्गेन्छन र अन्य देशमा पतिद्वारा श्रीमतिहरुलाई हरेक दिन शारिरिक यातना तथा मानसिक यातना दिइने कुरा गर्नुभएको छ । महिलाले आफ्नो जन्मघर छाडनुका साथै दाइजो लैजान पर्ने, नलगेमा हिंसा सहनुपर्ने र बिना इच्छा विवाह गर्नुपर्ने प्रथाहरुले पनि महिला हिंसा बढेको छ । जुन शरिरबाट जन्म लिई, जुन वक्षस्थल चुसि ठुलो हुन्छ र ठुलो भएपछि फेरि त्यहि शरिरको प्यासमा अपहरण, बलात्कार जस्ता अपराध गर्छ, आफ्नौ खुन बगिरहेको दाजु, भाई, बुबा, काका जस्ता अन्य आफन्तले पनि आफ्नै दिदिबहिनी, आमाहरुलाई शारिरिक यातना दिने गर्छ । पितृसत्तात्मक समाज हुनाले पनि पुरुषले गरेको अपराधलाई पनि सामान्य विषय मान्दछ । समाजमा सन्तान जन्माउदा छोरा नै चाहिन्छ भन्ने परिवार अधिकांश छन् । महिलाले मृत्युसंग लेडेर बच्चा जन्माउछिन तर बच्चा छोरी भएमा गाली खान बाध्य हुन्छिन । महिनाबारी जस्तो शारिरिक विकास क्रममा पोषण दिनुका सट्टा अशुद्ध ठानी गुफामा पठाइन्छ ।
महिलाले आफुले बनाएको खानासमेत श्रीमानको अनुमति लिई खान पर्छ । आफुले पालेको कुखुरा, बाख्रा समेत श्रीमानलाई नसोधी बेच्न नपाउने जस्ता अच्चमको नियमले महिलालाई बाँधेर राखेको छ । महिलालाई पढ्न दिइदैन र जस्ले खोज्न चाहन्छ उसलाई समाजले नराम्रो मान्छ । महिलालाई बच्चा जन्माउने साधन मानिन्छ । जबसम्म छोरा जन्मदैन तबसम्म बच्चा जन्माउन पर्ने र छोरा नभएमा नराम्रो दोष लगाइन्छ । पहाडी ज्युले यस पुस्तकमा महिलाले नै महिलालाई नै कमजोर बनाउन अघि बढ्छन भन्नुभएको छ । समाजमा पुुरुषहरु भेला हुंदा राजनितिक, व्यापारीक कुरा गर्छन भने महिला भेला हुँदा अर्काको घर कस्तो छ ? के छ ? भनि कानखुसी गर्नका साथै आफ्नो छोरीको तारिफ गर्ने र बुहारीको २ वटा नराम्रो बानीलाई ४ वाक्यमा बदल्छन् । एक नारीको सौता बनेर जीवन बर्बाद पार्न जाने व्यक्ति पनि नारी नै हो भन्ने यथार्थलाई पनि उर्तानु भएको छ । उहाँले सन् २००९ मा आधिकारिक रुपमा दर्ता हुन आएका महिला अधिकार सम्बन्धी घटना मध्य ५९ महिलाहरु बोक्सिको आरोपमा यातना, १९ महिलामाथी बलात्कारको प्रयास भएको जस्ता अपराधहरु लेख्नु भएको छ ।
रबरको पनि तन्किने हद र सिमा हुन्छ भने महिला त मानव हो । उसले अधिकार पाउनुको सट्टा हदभन्दा बढि पिडा दिइन्छ । एउटि ६ महिनाकी बालिका देखी लिएर ७५ वर्षसम्मकी महिलाहरुलाई बलात्कार गर्ने अपराध दिन दुईगुणा र रात चारगुणा बढि रहेको छ । महिलालाई पैसाका लागि फकाएर, झुक्याएर वा जबरजस्ती बेश्या पैसामा लगाइन्छ जसकारण महिला अझ हेलित हुन्छन् । सधै महिलालाई दुर्बल सोच्ने समाजले सबल र आत्मविश्वासी बन्न सक्ने अधिकार दिदैन । एउटै कोखबाट जन्म लिएको छोरा र छोरीमा फरक छुट्टयाइन्छ । छोराले घरको अंश र सम्पति पाई जीउने आधार पाउछ तर छोरीले जन्मघर समेत आफ्नो भन्न पाउदैन । जन्मघर माइतघर बन्छ भने विवाह गरेको घर पतिघर बन्छ जस्ले महिलालाई बेघर बनाउछ । उहाँले महिला प्रतिको भ्रम भनाइहरु प्नि उतार्नु भएको छ ।
१. फ्रेजरले भनेका छन् ः – पुरुष देवता बन्दछ र महिला उसको पुजा गर्दछ ।
२. रुसो भन्छन ः – स्त्रीको पुरै शिक्षा पुरुषको सन्दर्भमा हुनुपर्दछ । स्त्रीहरुले पुरुषको आज्ञा मान्नु पर्छ र उसको अन्याय स्वीकार्नुपर्छ ।
इत्यादि भनाइहरु लेख्नुभएको छ ।
के महिलाले पुरुषलाई देवता मान्न पर्छ भने महिलालाई देवि मान्न पर्दैन ? महिला के जनावर हो ? जस्ले पुरषको हरेक आज्ञा मान्न पर्ने ? अन्याय सहन पर्ने ? इत्यादि प्रश्नको उत्तर खोेजेमा यहि उत्तर आउछ किनकि महिला दुर्बल, कमजोर, चलि आएको चलन को इत्यादि हुन्छ तर महिलालाई पनि शिक्षा दिएमा उनिहरु पनि दक्ष, सबल बन्न सक्दछन् । युग फेरिन्छ भने चलन पनि त फेर्न सकिन्छ ।
पहाडीज्युले विवाहले महिलालाई चुरा दिन्छ पोते दिन्छ, स्वतन्त्रताको खाली सिँउदोमा सिन्दुर दिन्छ र भनिन्छ सौभाग्य पाई भनेर तर यो सबै वास्तवमा पुरुषको गुलामीको चिन्ह बन्छ, जुन नारीको लागि दुभागर््य हुन्छ, भन्नुभएको छ । पुरुषको दीर्घायुको लागि महिलाले चुरा, पोते, सिन्दुर लगाउछिन तर महिलाको दीर्घायुको लागि पुरुषले केहि लगाउन पर्दैन । जस्ले गर्दा पुरुष सदा स्वतन्त्र हुन्छ । विवाह पछि महिलामाथि पुरुषको सम्पुर्ण हक लाग्छ भन्नाले, महिला बच्चा जन्माउने मेसिन हो भन्ने भनाइहरुको गर्दा पनि महिलामाथी हिंसात्मक कार्य गर्छन । आजको युगमा छोरीलाई शिक्षा नदिई बुद्धि नभएको भनि आरोप लगाउने, एउटै काम एउटै समयमा गरे पनि ज्याला पुरुषलाई बढि महिलालाई कम दिने चलन छ । महिलालाई बहिरी ज्ञानबाट बन्चित राखिन्छ र पुरुषहरुले व्यापार व्यवसायको सन्दर्भमा टाढा राख्दछन् । विज्ञापनको क्रममा पनि महिलाको अस्मितामा आँच आउने गरि सामानहरुको प्रचार प्रसार गरिन्छ । महिलालाई शक्तिको रुपमा नभई सौन्दर्य र मुल्यको रुपमा नङग्याइ खिल्ली उडाइन्छ । पतिले गरेको अन्याय सहदै मानव हक अधिकार वा महिला अधिकार भनेको के हो ? भन्ने कुरा बुझाउन पर्ने अवस्था हुँदा समेत समाजले आँखा चिम्लिएको छ । परिवारको आकार समेत पुरुषले निर्णय गर्दछ र जन्मान्तर नहुनाले महिलाको मृत्यु हुन्छ । महिलाको साक्षरताको स्थिति पुरुषको भन्दा कम देखिएको र ५० प्रतिशत जनसंख्या ओगट्ने महिलाको स्वामित्वमा १० र बाँकी ९० प्रतिशत पुरुषको स्वामित्वमा रहेको पनि प्रस्टै उल्लेख गर्नुभएको छ ।
पुस्तकमा समाजमा अन्धविश्वासको कारणको पनि महिलामाथी अझ समस्या थपेको छ । जस्तै ः रजस्वला हुनु अगाडि नै कन्यादान गर्नुपर्छ भन्ने भनाईले बालविवाह बढ्दछ । एउटि नारिले छोरा पाउनु पर्ने दबावमा वर्षै पिच्छे छोरी जन्माउछे र जन्मेको छोरीहरु पनि हिंसामा पर्दछन् । विहानको झिसमिसे देखि बेलुकीको ११ बजेसम्म काममा महिलाहरु खटिन्छन तर जस मिल्दैन । छोराछोरीलाई मातृवात्सल्य दिने समय पाउदैन सबै इच्छा चाहाना मार्नुपर्छ र पनि अनेक आरोप खप्नुपर्छ । हाम्रो देश नेपाललाई “नेपाल आमा” भनिन्छ । शास्त्रमा नारी गुणका खानी हुन, जननी जन्मभुमिश्च स्वर्गदेवि गरियसि भनि लेखिएको भएता पनि सबै अनृुसारको व्यवहार भने आएको छैन । एक तथ्याङक अनुसार विश्वका ४ करोड ६० लाख महिलाहरुबाट जालिन्दा गर्भपतन हुन्छ २ करोड असुरक्षित गर्भपतन हुने गर्छ भनि महिलाको दर्दनाक अवस्था उतरिएको छ ।
अध्याय ः – २
पुस्तकको अध्याय दुईमा (२) महिला हिंसामा जेण्डरको पनि वर्णन गर्नु भएको छ । महिला पुरुषविच गरिने विभेदलाई लेङ्गिक हिंसा बुझिन्छ । मानव सभ्यताको सुरुवातमा महिला र पुरुषलाई नङ–मासुको रुपमा लिइन्थ्यो तर समयसँगै वित्तसत्तात्मक भावनाले छोदै आयो । महिला हिंसालाई खोज्दै जाँदा जेण्डर बारेमा जानकारी लिन जरुरी हुन्छ । जेण्डर
भन्नाले महिला र पुरुष दुबै विषय हो । यसले समाजभित्र रहेको अन्यायलाई हेर्न र अन्त्य गर्न घचघच्याउछ । छोरा छोरीहरुलाई सानैबाट परम्परागत व्यवहार गरिन्छ त्यसै अनुसारको मान्यता र सोचाइ दिइन्छ जसकारण मर्द र छोरी अबला र कमजोर रुपमा हेर्न थाल्दछन् । समाजमा महिला र पुरुषविच हेरिने र गरिने सिमारेखाले महिलालाई कमजोर बनाउछ । महिला र पुरुषको शारिरिक बनावट अलग अलग भएता पनि अधिकार भने एउटै हुनुपर्छ । महिला र पुरुषबिच मा समाजले गर्ने व्यवहार भुमिका जिम्मेवारी, स्रोत साधन, अधिकार दिन्छ । कस्तो मानसिक विकास गराँउछ त्यसको अर्थ बोध गर्नु नै जेण्डर वा समविकास भनिन्छ । आज पनि महिलाको अवस्था नाजुक रहेको छ । जेण्डरले महिला पुरुषको उचनिच समान बनाउन चासो राख्दछ । आदर्श मानिने बुद्धले पनि नारिले पुरुषले आज्ञा मान्नुपर्छ भने रामायण महाभारतमा पनि नारि तल छिन जस्तै ः रामायणमा सिताले पतिव्रता हुँदा पनि अग्निपरिक्षा दिन परेको थियो । महिलालाई बाटो छेक्ने अश्लील ठट्टा गर्ने जस्ता क्रियाकलापबाट सचेत हुनुपर्छ । जस्तै ः छोटा कपडा नलगाउने अपरिचित व्यक्तिलाई विश्वास नगर्ने आदि गर्नुपर्छ भनि पहाडी ज्युले सचेत समेत गराउनुभएको छ ।
गरिबी भन्नाले गाँस, बाँस, कपास नहुनु बुझिन्छ । गरिबीले पनि महिला हिंसा बढाउँछ । समाजमा कतिपय महिलाहर शिक्षित हुन चाहन्छन तर गरिबीले रोकेको छ । गरिबीले नै महिलालाई वेश्यालय कमाउन पठाउछ । वर्षमा कम्तीमा १० लाख महिला र बालीकाहूरु वेश्यावृत्रिमा धकेलिन्छन । हिंसामा पर्नुको कारण आत्मविश्वास नराख्नु, आत्मानिर्भर नहुनु, श्रीमानले छाड्ने डर हुनु । विवाहपछि युद्ध भएमा बढि पुरुष युद्धमा जान्छन तर लड्ने क्रममा ज्यान गयो भने महिलाहरु विधवा हुन्छन र छोराछोरी टुहुरा हुन्छन जस्ले गर्दा जीउन असहज हुन्छ । बालिका र युवतीहरुले यातना सहन गर्नुपर्छ । यस्तै विगतमा माओवादी विद्रोहमा लाग्ने र उनिहरुलाई दबाउन प्रहरी र सेना परिचालनमा मर्ने १३ हजार २ सय ७० वेपत्ता राज्यबाट १ हजार ७ सय माओवादीबाट ५ सय २० र ६ सय नागरिकको खोजखबर भएन । यस समय बलात्कृत छोरी, बेपत्ता छोरी, विधवा हजारौ रहेको छ । युद्धको समयमा यौनशोषण, प्रहरी र माओवादीबाट हत्या, यातनाको स्मरणले आज पनि मानसिक समस्या पारेको दर्दनाक कुरा पुस्तकमा राखिएको छ ।
लेखक पहाडीज्युले यस पुस्तकमा अध्याय छुट्टाई लेख्नुभएको छ । अध्याय १ मा महिला हिंसाको परिचय अध्याय २ मा जेण्डर र हिंसाको सम्बन्ध, अध्याय ३ मा महिला हिंसाको कारण अध्याय ४ मा हिंसाका सरोकारका क्षेत्र, अध्याय ५ मा महिला सहभागिता र कानुनी व्यवस्था, अध्याय ७ मा हिंसा कम गर्ने उपाय आदि । राज्यले महिला बालबालिका, बृद्धबुद्धाहरुको पक्षमा कडा कानुन बनाएको छ तर कार्यन्वयन हुन सकेको छैन । हाम्रो समाजमा सानालाई ठुलाले निर्बलीयालाई बलियाले अन्याय, दुव्र्यवहार गर्ने चलन छ । भए खानेले तल्लो स्तरकालाई अन्याय गर्दा कसैले बोल्न सक्दैन । त्यसैले पनि घृणा लाग्दा घटनाहरु घट्ने गर्दछ । रितिरिवाजले पनि पुरुषलाई उच्च पद दिन्छ । हरेक पक्षमा महिलाको भन्दा बढि पुरुषको हक लाग्छ जस्तै ः सम्पतिमाथी अधिकार, कानुनी अधिकार निर्णय प्रक्रियामा । पुरुषको कारणले मात्र नभई आफ्नो सोच र व्यवहारले पनि हिंसामा पर्दछन । शताब्दियौं देखि चुलो चौकी गर्नु पर्छ भन्ने भनाइले पनि महिला चुलो चौको गर्न बाध्य छन् । हामे समाजमा कुनै परिवारमा ससुराले सासुलाई सासुले बहारीलाई, बहारीले केटाकेटिलाई, केटाकेटीले गाईवस्तुलाई पिटछन । यसरी झन झन हिंसाले सबै साना–ठुलामा प्रभाव पार्दछ । खेल या विज्ञापन दुबैमा महिलालाई होच्याइन्छ । सामान्य गाँउखाने खेलमा समेत महिलालाई ल्याइन्छ । जस्तै ः आमा कोप्ची छोरी सुकुमारी = गुलाफ सानी नानीको पेट चिरिएको – गँहु, आमा भन्दा छोरी चर्कि – खुर्सानी इत्यादी भनेर महिलालाई देखाइन्छ ।
अध्याय ः – ३
नारीलाई भगवानको शक्ति भनिन्छ तर समाजमा महिला हिंसा देख्दा सबै महिलाहरुले आपैmले आपैmलाई छोरीको जन्म हारेको कर्म रहेछ भन्न बाध्य छन । हरेक धर्मले अहिंसा हुनुपर्छ भन्छ तर त्यहि धर्मसंगै रुपमा मानिन्छ । श्रीमानलाई देवता मान्नुपर्छ भन्ने भनाइले पनि श्रीमानले दिएको पिडा प्रसाद सरह स्वीकार्नु परेको छ । आजसम्म पनि महिलाले स्वतन्त्र हुने अधिकार पाएको छैन । हरेका महिलालाई चिनाउदा श्रीमानको नामबाट चिनाइने जस्तै ः हाकिमकी श्रीमतीलाई हाकिम्नी, बुहारीलाई दुलही, फलानोको बुढि छोरी भनिन्छ । हाम्रो समाजमा छोरीलाई घरभित्र खाना बनाउने, कुचो लगाउने काममा लगाइन्छ तर छोरालाई सभा समारोहमा, कार्यलयमा पठाइन्छ । छोरीलाई पढाएमा टाउको टेक्छन तर छोरालाई पढाएमा कामकार्य सम्हाल्न सक्छन भन्ने, जस्ता विभेदका कारण महिला पछि परेका छन । नारीवादको बारेमा पनि पुस्तकमा लेखिएको छ । लिङ्गको आधारमा महिलाप्रति गरिने विभेद र पितृसत्तात्मक विचारको विरुद् आवाज उठाउनु नारीवाद हो । कुनै नारिले पुरुषको अपमान सहन चाहदिन्न र आत्मनिर्भर बन्न जागिर गर्दछिन भने त्यो नारिवाद विचार हो । महिला विभेदको साथै सरकार समाज र पुरुषद्वारा गरिएको सबै किसिमको दमनबाट मुक्त हुन गरिने संघर्ष नारिवादको मान्यता भित्र पर्ने कुरा बताउनुभएको छ । हरेक नेपाली समाजमा बहुविवाह सामान्य भइसकेको छ । कानुनले श्रीमतिको मृत्यु भएमा १० वर्षभित्र सन्तान नभएमा श्रीमानलै अर्काे विवाह गर्न पाउने गराएको छ तर महिलाले श्रीमान कस्तो भएमा अर्काे विवाह गर्न पाउने कुरामा मोन छ । आजको समयमा श्रीमति श्रीमतीमा अनावश्यक खोट लगाइ अर्काे विवाह गर्दछन् । बहुविवाहमा पुरुषमात्र गलत नभई महिला पनि गलत हाृ किनकि एउटा नारि भई अर्काे नारिको सौता बनेर टोक्न जाने महिलाहरु दोषी हुन । यदि श्रीमानले अर्काे विवाह गरेमा मर्द र श्रीमतीले अर्काे विवाह गरेमा नखरमाउली भनिन्छ । यदि श्रीमतीले श्रीमानले गरेको बहुविवाह प्रति आवाज उठाएमा समाजले चरिश्रहीनको नाम दिने हाम्रो समाजको तितो तर सत्य यथार्थ उहाँले पुस्तकमा देखाउनु भएको छ ।
लेखक पहाडीज्युले महिला हिंसा र देहव्यापारको पनि पुस्तकमा चर्चा गर्नु भएको छ । उहाँले अन्तरिम संविधान २०६३ जारी हुनु हघिसम्म नेपाल अधिराज्यको सविधान २०४७ को धारा २० ले शोषण विरुद्धको हक र जीउ मास्ने, बेच्ने कार्य (नियन्त्रणा), ऐन २०४३ को दफा ३ र ४ मा महिलामाथी कुनै शोषण गर्नु भनेको अपराध हो भनि उल्लेख गरिएको भएता पनि देशको सामाजीक, राजनैतिक कारणले गर्दा महिला वा बालबालिकाहरुले अन्याय सहनु परेको छ । जुन परिवारको बालिकाहर अशिक्षीत र गरिब हुन्छ त्यहि घरका महिलाहरु बढि बेचिन्छन । यौन व्यवसायमा जाने ९० प्रतिशत महिलाहरु कृषि पेसामा, संलग्न, एक्ला, आर्थिक अवस्था कमजोर भएकाहरु पर्दछन । तथ्याङकलाई ध्यानमा राखेर हेर्दा हाम्रो नेपालबाट प्रतिवर्ष ५ हजारको हाराहरीमा नेपाली चेलीहरु भरत लगायत अन्य देशको कोठीमा बाध्यताले बेचिन्छन । बेश्यालयमा पुरुष पन सम्बन्धित हुन्छन् । पुरुषले रकम दिएर यौन सन्तुष्टि लिए पनि पुरुषलाई केहि भनिदैन तर महिलालाई रकम लिएर यौन सन्तुष्टि दिएमा उसलाई समाज बिगार्ने भनि आरोप लगाइन्छ । पुरुषहरु सबै गलत हुदैन कुनै पुरुषहरु महिलाको सम्मान गर्दछ तर उसलाई फेरि महिलाले नै तल पार्ने चलन छ । सोझा पुरुषलाई महिलाले मानसिक रुपमा हिंसा गर्दछन् । कुनै महिलाले श्रीमानलाई दाइजोको धाक लगाउने, अनावश्यक कामको लागि कचकच गर्ने गर्दछन् । श्रीमान विदेशमा रगतको पसिना बगाई पैसा कमाइ पठाउछन तर घरमा श्रीमती परपुरुषसंग लागेर अनावश्यक खर्च गरि दुःख दिन्छन । कुनै महिला अधिकार पाउदैन्न तर जस्ले पाउछन उनिहरु अधिकारको दुरुपयोग गर्दछन् । श्रीमतीलाई श्रीमानको मृत्युपछि विधवा नाम दिइन्छ । जीवनभर अन्धकार जीवन जीउनुपर्छ । विधवालाई चाडपर्वमा उपस्थित नहुने पुजा धार्मिक अनुष्ठानमा अलग बस्ने जस्ता चलनले आफुलाई घृणित र कमजोर महसुस गर्दछ । मानिसले बनाएको धर्मशिास्त्र अनुसार महिलालाई अत्याचार गरिन्छ तर त्यहि धर्मशास्त्र मानिसले परिवर्तन गरि समान अधिकार दिन सक्दैन । विधवा तथा कारणले एक्लो भएको नारीलाई कमि आजभोली एकल महिला भनिन्छ । विधवाहरुलाई बाटोमा देख्दा साइत पर्दैन, अशुभ हुन्छ जस्ता भनाइले समाजमा जरा गाडेको छ । मृत्यु प्राकृतिक नियम हो भन्ने कुरा थाहाँ हुँदा पनि बुझ पचाइ विधवाहरुलाई बोक्सी, अलिच्छिनी इत्यादि जस्ता आरोप लगाइ अपमान गरिन्छ । भनि उहाँले सबैलाई ज्ञान दिनु भएको छ ।
अध्याय ः – ४
लेखक पहाडीज्युले यस पुस्तकमा महिला हिंसाबारे अध्याय बनाएर लेख्नुभएको छ । यसमा अध्याय सात सम्म लेखिएको छ । जुन अध्याय ४ (चार) मा हिंसाबा सरोकार क्षेत्रबारे चर्चा गर्नुभएको छ । मानव अधिकार र हिंसाबारे चर्चा गर्नु भएको छ । जहाँ बालबालिका दलित माथीको हिंसा, पहुच र नियन्त्रणको चर्चा पनि गरिएको छ । हाम्रो समाजमा पारिवारिक बेमेल, कलह तथा द्वन्दका कारणले लाखौं बालत्रबालिकाहरु पिडा खपेर बाचि रहेको छन् । लामो समयसम्म चलेका सशस्त्र द्वन्द्वका कारणले नै बालबालिका अन्याय, अपाङ्ग अवस्थामा पुगेको छन । आफ्नो अगाडि हिंसात्मक घटना हुँदा उनिहरुमा पनि प्रभाव पर्दछ । नेपालमा बालबालिकालाई अन्याय गर्न हुन्न भनि ऐन कानुन बनेका छन तर सहि कार्यान्वयन हुन सकेको छैन । बढि बालबालिका हिंसामा पर्नु समस्या मात्र नभई देशको भविष्य पनि अन्धकार हुन जान्छ । हिमाल देखि तराइ सम्मका महिला र बालबालिका हिंसाका सिकार छन् । भविष्यका कर्णाधार बालबालिका कुनै पनि हिंसामा पर्न दिनु हुँदैन । उहाँले राजनितिक तथा अन्य हिंसाबाट बालबालिकाहरुलाई बचाउन हिंसा उत्पन्न हुने क्षेत्रहरु नियन्त्रण गनुपर्दछ । बालबालिकाहरु शान्ति क्षेत्र हुन त्यसैले द्वन्द्वको कुनै पनि पक्षबाट बालबालिका, विद्यालय, बालआश्रम, अस्पताल, खेलमैदान जस्ता क्षेत्रलाई लक्ष्य बनाउन हुदैन । यस्ता क्षेत्रहरुलाई हिंसा मुक्त क्षेत्र बनाउनुपर्छ भनि वर्णन गर्नु भएको छ ।
हाम्रो नेपाली समाजमा दलित महिलालाई अत्यन्तै नराम्रो दृष्टिकोणले हेरिन्छ । तल्लो जातले बनाएको भाडाँ, जुत्ता, कपडा आदि चोखो मानि लगाउछन् तर अफसोच सहि निर्माण गरेको सामान उपल्लो जातले लगाएपछि निर्माणकर्ताले छोएको अशुद्ध हुन्छ भनि पशुतुल्य व्यवहार गर्दछन । उपल्लो जात र तल्लो जात बिच प्रेम अस्विकार्य हुन्छ । दलित जातिले जति सुकै पढेर पनि जागिर पाउन कठिन हुन्छ । राजनितिमा, विद्यालयमा, रेष्टुरामा, दलितलाई अपमान गरि जाँगिर दिइदैन । यस्ता दलित प्रतिको नराम्रो धारणा र विश्वास हटाउन सबैले प्रयास जारि गर्न आवश्यक छ । दलित महिला दलित भएकोले, महिला भएकोले र दलित महिला भएकाले अझ तिनै तर्फबाट मार खप्नु परेको छ । तराइ तथा सुदुर पश्चिमका दलितहरु ह्लिया, चरुवा, खलो प्रथा जस्ता शोषण प्रधान व्यवस्थाका चरम रुपहरुबाट पिडित छन् । तथ्याङ्क अनुसार ७२ प्रतिशत दलितहरु भूमिहिन छन् । भूमि भएका मध्ये ९७ प्रतिशत लाई आफ्नो उब्जन्निले तिन महिना पनि खान पुग्दैन र देशका ३ लाख हलि मध्ये ९९ प्रतिशत दलित समुदायका छन् । बाहुन क्षेत्रीको औसत आयु ६० वर्ष छ भने दलित को ७० वर्ष छ । उपल्लो जातका मानिसहरु कुकुरसँग उठबस चलाउछन तर दलितसँग उठबस चलाउदैन । दलित महिलाहरु अज्ञानि, अशिक्षित हुनाले आफुमाथिको अन्यायलाई डटेर बाहिर लाउन सक्दैन्न एकै देशका नागरिक भएर पनि कसैलाई काखा र कसैलाई पाखा गरिएको बारे उठान गर्नु भएको छ ।
उहाँले समाजमा हुने दमन र अन्यायलाई हटाउन पहुच र नियन्त्रण बारे पुष्टि गर्नु भएको छ । पहुच भन्नाले स्रोत र साधनको उपयोग गर्नु हो भने नियन्त्रण भनेको स्रोत साधनलाई कहाँ, कसरी र कहिले प्रयोग गर्ने भन्ने निर्णय गर्ने अधिकार हो । पहुच हुने बितिक्कै स्रोत र साधनबाट आएको उत्पादनलाई सहि उपयोग हुन्छ भन्न सकिदैन । जस्तैः महिलाले खेतमा काम गर्छन तर श्रमिकले उब्जेको अन्न पात सिमित मात्रामा उपभोग गर्ने अधिकार भएपनि जमिनको खरिद विक्री र जमिनको धितो राख्ने ऋण लिने कार्यहरु गर्न सक्दैन्न । यस्तै नियन्त्रणमा पनि अन्न बेच्ने वा नबेच्ने निर्णय लिनु र कुनै पनि निर्णय लिन वा स्रोतमाथिको नियन्त्रणमा महिलाहर पछाडि छन् । महिलाहरुमा आत्म विश्वास नभएका कारण पनि कमजोर छन् । महिलाहरु बिचमा रहेको असमानता हटाई समतामूलक समाज स्थापना गर्न महिलाहरुको नियन्त्रण शक्ति बढाउन उचित अवसर दिदै जानुपर्छ ।
मानव अधिकार मानिसले मानिस भएको नाताले प्राप्त गर्ने अधिकार हो । अस्तित्व र पहिचानको आधारशिल पनि हो । वर्तमान समाजमा भेदभाव विरुद्को अधिकार महिला अधिकार, अशक्तहरुको अधिकार जस्ता विभिन्न अधिकारहरु मानव अधिकारको रुपमा उल्लेख छ । मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८ ले प्रस्टसंग वर्ण जाति, भाषा, लिङ्ग, धर्म, सम्पत्ति इत्यादि कुनै पनि कुराको विभेद नगर्ने आहवान गरेको छ । मान्छेहरु जन्मले स्वतन्त्र छन् । तिनिहरु सबैको मर्यादा र अधिकार समान छ । कसैलाई दाँसी बनाउन पाइदैन व्यस्क स्त्रीलाई पनि पुरुष सरह विवाह गर्न पाउने र विवाह विच्छेद गर्न पाउने अधिकार, समान कामको समान ज्याला पाउन पर्छ र अमानविय हिंसाहरुलाई आलोचना गरि निर्मल पार्नुपर्छ भनि अत्यन्तै महत्त्वपुर्ण कुराहरु यस पुस्तकमा लेखिएको छ । हिंसामा परेकी महिलाहरुमा आफुलाई सम्हाल्न र परिवर्तन गर्ने क्षमतामा कमि हुन्छ आत्मविश्वास कम हुन्छ । उनिहरु एक्लोपन भएको महसुस गर्छन । कुण्ठाका कारण आत्महत्याको सोच लिन्छन, बच्चाहरुलाई वास्ता नगर्ने बढि रिसाउने गर्दछन जसकारण घरपरिवार तहसनहस हुन्छ त्यसैले महिलाहरुलाई हक अधिकार दिलाउनुपर्छ । महिलाहरु प्रतिको गलत धारणा सोचाइ हटाई समान अधिकारको धारणा ल्याएमा महिलाहरुलाई अधिकार दिलाउनस सकिन्छ ।
पहाडीज्युले अध्याय पाँचमा महिला सहभागिता र कानुनी व्यवस्था शिर्षक राख्नु भएको छ । जसभित्र महिलाहरुको वर्तमान अवस्था कानुनी व्यस्था, महिला पक्षिय सुविधाहरु, महिला पछाडि हुनुका कारणहरु को प्रसङ्ग ल्याउनु भएको छ । आज २१ औं शताब्दीमा पनि महिलाहरुको महिलाहरुको डरलाग्दो अवस्था पुर्ण रुपमा हटन सकेको छैन । पुरुष सरह महिला पनि विकासको कार्यमा अग्रसर भएका देशहरुमा स्रोत र साधनको उपयुक्त सदुपयोग हुन्छ । सामाजीक, राजनैतिक, शैक्षिक सम्पुर्ण क्षेत्रमा महिला वगृको समान सहभागिता आवश्यक छ तर नेपाल लगायत अन्य कुनै देशहरुमा धार्मिक सास्कृतिक कारणले महिलाहरु विकासमा बाधा डालेको छ । वास्तविक सहभागिता त्यसलाई भनिन्छ जहाँ हरेक निर्णयमा आफ्नो धारणा राख्न पाउने ठिक र बेठिक निर्धक्क संग छुट्टयाउन पाउछ । नेपालको कुल घर परिवार मध्ये ५० प्रतिशत घरमुली पुरुष र १५ प्रतिशत घरमुली महिला रहेका छन् । तराईमा अझ पनि घुम्टो प्रथा हटेको छैन जहाँ पतिको अनुहार हेर्न पनि पाउदैन र आमाबुबाको निर्णयको विरुद्ध नगई उहाँहरुको निर्णय शिरोधार्य गर्न बाध्य हुन्छन् र आगामी दिनहरुमा दुःख र कष्ठ भोग्न बाध्य हुन्छन् । ५१ प्रतिशत ओगटेको महिलाहर मध्य १० प्रतिशत विभिन्न पेसामा संलग्न छन् । राजनितिक तथा संविधान सभाको निर्वाचनहरुमा पनि महिलाहरुको सन्तोषजनक स्थान दिइएको छैन । नेपालमा वि.स. २०४८ को चुनावमा ८ जना, वि.स.२०५१ मा ७ जना र वि.स. २०५३ मा १२ जना महिला प्रतिनिधिमा पुगेको थिए भनि महिलाको स्थानबारे पनि खोल्लेर पुस्तक लेख्नुभएको छ ।
पुरुषहरुले आफ्नो स्वतन्त्रताको गर्व गर्छ तर महिलाहरु आपैmले आपैmलाई अभागी ठान्दछन । नेपाल सरकारले ३३ प्रतिशत छात्रवृत्ति महिलाका लागि छुट्टायाउनुपर्छ । नेपाली समाज विकास हुन महिला र पुरुषको स्थान समान हुन जरुरी हुन्छ । धर्मका आधारमा महिलालाई अन्याय गर्न हुदैन । समयसंग महिलाहरु अघि बढ्न सक्नुपर्छ । जब महिलाहरु संक्षम हुदै जान्छन तब पुरुषहरुले पनि दमन गर्न छाड्दछन भनि महिला विकासमा आफ्नो धारणा राख्नुभएको छ । नेपालमा वि.स.२०६२÷०६३ को जन आन्दोलन–२ को सफलता पछि खारेज गरिएको नेपालअधिराज्यको संविधान २०४७ को धारा (११) २ ले कुनै पनि नागरिकलाई धर्म, जात र लिङ्गको आधारमा भेदभाव गरिने छैन भनि भनिएको थियो । धारा (११) ५ समान कामका लागि महिला र पुरुषको पारिश्रमिकमा भेदभाव गरिने छैन भनिएको थियो भने वि.स.२०४७ सालको संविधानले नै महिलाहरुले आमाको नामबाट नागरिकता बनाउन नपाउने, विदेशी महिलाले नेपाली केटासंग विहे गरेमा नागरिकता पाउने तर नेपाली महिलाले विदशी केटासंग बिहे गरेमा नागरिकता नपाउने जस्ता भेदभाव भएको थियो भने अन्तरिम संविधानले २०६३ मा व्यवस्था सुनायो जसमा प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य तथा प्रजनन सम्बन्धी महिलाको हक हुने छ । बेचबिखन दास र छुवाछुतको विरुद् सामाजीक न्याय समानुपातीक हकबारे बोलेको छ । नेपालको कानुनले महिलाहरुलाई मध्यनजर गर्दै निकै सुविधा बनाएको छ । यदि काही पुरुषले जबरजस्ती करणीको क्रममा एक घण्टाभित्र पिडित महिलाले पिडा दिने व्यक्तिलाई मारेमा सजाय नहुने लोग्ने परस्त्रीसंग करणी गरेको ठहरमा सम्बन्ध विच्छेद गर्न पाउनु, विच्छेदपछि बालकहरुलाई आमाले पाल्न पाउने जस्ता सुविधाहरु बनाएको छ तर पनि महिलाहरुको अवस्था पुर्ण रुपमा सुध्रिएको छन् ।
महिलाहरुले पतिलाई भगवानसरह मान्न पर्ने, कुल घरानकी श्रीमती र दाइजो ल्याएमा सामाजीक मान प्रतिष्ठा बढ्ने विश्वास, महिलामाथि महिलाकै शोषण, अन्याय र हिंसा महिलामा व्याप्त गरिबी अभाव आदिका कारणले महिलाहरु पछाडि पर्दछन । यस्ता समस्या हटाउन महिला सशक्तिकरण का लागि प्रष्ट र प्रभावकारी कार्यक्रम तय गरी लागु गर्ने, हिंसाबाट पिडित परिवारलाई क्षतिपुर्ति दिने, कहिलेकही यौनजन्य हिंसाका कारणबाट पनि एच.आइ.भी.÷एड्स लाग्न सक्दछ, यस्तो रोगबाट बच्न जनचेतना पैmलाउन सकिन्छ । दिलो विवाह प्रजनन स्वास्थ्य इत्यादि बारे समेत अध्ययन गरिन्छ । विभिन्न सन्चार माध्यमका उच्च तहका सम्पादकमण्डल प्रभावकारी सदस्यहरु त्था सम्पादकहरुलाई सघन किनकि उनिहरुले आफ्नो आफ्नो सन्चार माध्यमहरुमा लैङ्गिक र्सवेदनशिलताका आधारमा सामम्तीहरु उत्पादन र प्रसारण गर्न सक्नुपर्छ । छोरी पराई घर जाने हो भनेर आवश्यक लालनपालन दिन जरुरी नठान्ने हाम्रो सोचमा परिवर्तनको खाँचो छ । “छोरा हुन वा छोरी दुबै बराबरी” को उक्तिलाई अब वास्तविकतामा परिणत गर्न सक्नुपर्छ ।
घरेलु हिंसा (कसुर र योजना) ऐन–२०६६ मा भएको व्यवस्थाहरु कसैलाई घरेलु हिंसाको निमित्त कसैलाई दुरुत्साहन गर्न नहुने, उजुरी दर्ता भएको निकायले तुरुन्त कारबाही चालिनु पर्ने, पिडितले चाहेमा सोभैm अदालतमा पनि उजुरी दिन सक्ने, घरेलु हिंसा गर्ने व्यक्तिलाई तीन हजारदेखी पच्चीस हजार रुपैयासम्मको जरिवाना र ६ महिनासम्म कैद र सजाय दुबै गर्न जस्ता नियमका साथमा महिला मानवअधिकार भित्र पर्ने प्रमुख विषयहरु = गर्भधारण गर्न पाउने, प्रसुति सेवा पाउने, तलबसमित सुत्केरी बिदा पाउने, महिलाले सन्तान जन्माउने वा नजन्माउने निर्णय लिन पाउने, स्तनपान गराउन पाउने आदि कुरा पुस्तकको अध्याय पाँचमा यी सबै कुराहरु उल्लेख गरिएको छ ।
पहाडीज्युले अध्याय ६ मा महिलाको विगत र हिंसाविरुद् चालिनु पर्ने कदमबारे चर्चा गरिएको छ । नेपाली हिन्दु नारीहरु अहिले जुन अवस्थाबाट बाचिरहेका छन् । त्यसका पछाडि लामो इतिहास रहेको छ । शुरुमा जङ्गली अवस्थामा समान हैसियतमा स्त्रीपुरुषहरु समयको क्रममा उनीहरुको कार्यमा तथा काम गर्ने प्रवृत्तिमा नयाँ तरिकाले विभाजन भयो । प्रारम्भमा मानवजाति सिकारमा आश्रित थियो । सिकारका कार्यहरु जोखिम भएका कारण पुरुषहरु सम्लग्न हुन्थे र अन्य सरल कार्यमा बालबालिका र महिलाहर खटिन्थे । समयको सन्दर्भमा बाह्य आर्थिक स्रोतको खाजी तथा उपयोगमा पुरुषको नियन्त्रण हुन थाल्यो । महिलाहरु बालबच्चा स्याहार्ने र घरायसी काममा सग्लग्न हुनाले पुरुषहर बाह्य काममा जान थाले । अठारौ शताब्दीमा युरोप तथा विश्वमा औधोगिकीकरणको प्रक्रिया तीब्रदरमा बढन थाल्यो । औधोगिकीकरणको सिलसिलामा महिलाहरुका लागि रोजगारीका अवसरहरु बढ्न थाले । महिलाहरु रोजगारीको क्रममा घरबाहिर जान थाले । महिलाहरु संक्रिया बनेता पनि असमानता नहटेकाले उनिहरु आवाज उठाउन थाले त्यसपछि भने थोरै भएपनि परिवर्तनको महसुस गर्न थाले ।
पुस्तकमा ६ प्रकारको काल छुट्टायाइ परिवर्तनको वर्णन गरिएको छ । जस अन्तर्गत ः–
१. वैदिक काल ः – बैदिककालीन हिन्दु समाजमा महिलाहरुको स्थान अरु समयको भन्दा तुलनात्मक रुपमा उन्नत थियो । यस कालमा नारी र पुरुष भनि छुट्टयाइएको थिएन । त्यतिबेला ‘पति गृहमा गई रानीको पद ओगट्न सक्षम बन’ भनि नारीहरुलाई आर्शीवाद दिइन्थ्यो । यस कालमा छोरीको सम्मान हुन्थ्यो तर छोराको भन्दा अलि कम नै मानिन्थ्यो । पुत्र प्राप्तिका लागि कसैले प्रार्थना गरिन्छ तर पुत्रीको लागि कसैले प्रार्थना गर्दैन ।
२. उत्तर–वैदिककाल ः – यस कालमा महिलालाई राम्रो मान्ने चलन हट्दै गयो । वैदिककालमा ऋम्वेदमा पतिकै लागि पत्नी शब्द बनेको हो भनिएको थियो भने यस उत्तर–वैदिककालमा ऋम्वेदमा स्त्रीहरुसंग मित्रता हुन सक्दैन भनि भनिएको थियो । यस कालमा दासी बनाउने चलन पनि आइसकेको थियो । स्त्रीहरु दुर्बल हुन्छन् । यिनिहरुलाई सम्पति दिइनु हुदैन भन्ने सोचाइले छोइ सकेको थियो ।
३. स्मृति युग ः– इतिहासमा महिलाको सबैभन्दा दयनिय भएको युग स्मृति युग हो । यस युगमा महिलाले आमाको रुपमा मात्र सम्माउन पाउथे । महिलाको सम्पुर्ण स्वतान्त्रताको अपहरण गरियो र यस कालदेखि नै सती प्रथा अनिवार्य रुपले लागु भएको थियो ।
४. लिच्छविकाल ः – यस कालमा महिलाले आफ्नो पतिले जुन धर्म मान्दछ उसले पनि मान्नपर्ने भन्ने थिएन । महिला धार्मिक कार्यमा स्वतन्त्र थिए । यो समयमा सति प्रथा पनि थिएन । यस समयमा नारीको सम्मान हुन्थ्यो । लोग्ने मरेमा, हराएमा श्रीमतीले दोस्रो विवाह गर्न पाउने चलन पनि थियो ।
५. मध्यकालीन युग ः– यस युगमा महिलाप्रति कानुन कडा भयो । कसैले शिक्षा लिन पाएनन । पर्दा प्रचलन बढदै गयो । महिलाहरुलाई घरको काममा थोपारिन्थ्यो । यस युगमा कसैले सति जान नचाहेमा जबरजस्ती लगिन्थ्यो । यस कालमा राजपरिवार, ब्राहम्हणहरुमा विशेष सति जाने चलन थियो । तर सामान्य नागरिकहरुले यो प्रथा खासै मानेनन् ।
६. आधुनिक युग ( वि.स. २००७ सम्म ) ः– मध्यकालको समाप्तिपछि र नेपाली समाजले प्रजातान्त्रिक अवस्था प्राप्त नगरिसकेको बीचको समयावधि सहज थिएन । उच्च कुलका विधवाहरुलाई राम्रो दुष्टिले हेरिदैन्थ्यो । यो कालमा पनि लोगनेको मृत्युपछि जबरजस्ती सति पठाइन्थ्यो । राणा शासकहरु चेलीबेटिलाई आफ्नो भोगविलासको साधन मान्दथे यतिबेला समाज बहुविवाह सति प्रथा अनमेल विवाह जस्ता प्रथाहरुको मैदान बनिसकेको थियो ।
समाजशास्त्री पहाडीज्युले यसरी कालखण्डसमेत छुट्टयाइ छुट्टयाइ लेखेर वर्णन गर्नुभएको छ । यस आधुनिक युग पछि मात्र महिलाको विषयमा विकास आउन थाल्यो । वर्गीय आधारमा समाजको व्याख्या र विश्लेषण गर्न सकिएमा महिलामाथिको दमन, विभेद जस्ता असमानतालाई हटाउने सोच माक्र्सवादी महिलावाद हो । माक्र्सवादीहरु उत्पादन व्यवस्था वा प्रणालीको विकाससँगै सामाजिक सांस्कृतिक प्रणालीमा प्रभाव पार्दछ । मानव समाजको ९० प्रतिशत ओगट्ने शिकारी समाजमा जति लैङ्गिक विभेद थियो त्यसको हजारौ गुणा त्यसपछि विकास भएको पूजीवादलाई आधारित गरि विकास भएका समाजमा छ भन्ने तर्क माक्र्सवादी महिलावादीको छ । आधुनिक माक्र्सवादीका अनुसार वर्तमान विश्व व्यवस्थालाई हेर्दा विश्वव्यापी असमानताहरु ब्ढिरहेको छन् । माक्र्सवादीहरु वर्तमान संरचनामा सुधार गरि सबै परिवर्तनबाट लैङ्गिक विभेद हटाउ्न सकिन्छ भन्ने मान्यतामा विश्वास गर्छन तर पनि उनीहरु वर्तमान संरचनामा समान ज्याला, काममा समानता इत्यादिमा जोड दिन्छन् ।
पहाडीज्युले हिंसाका विरुद्धमा जनवकालत हुनुपर्छ भन्नुभएको छ । जनवकालत भन्नाले मानव–मानवविच भेदभाव हुने अवस्था समाप्त गरि समानता ल्याउने उद्देश्यले गरिने कामलाई बुझिन्छ । अधिकार नपाएका मानिसहरुको न्यायपूर्ण समाज स्थापना गर्न समाजको नराम्रो पक्ष हटाउन जनवकालत गरिन्छ । जनवकालत गर्ने व्यक्तिले सबैभन्दा पहिले मुद्रा पहिचान गर्नुपर्छ । जनवकालत आजको आवश्यकता हो । कमजोर पीडित पक्षलाई समस्या वा दुःखको अवस्थाबाट छुटकारा दिलाई न्याय दिन सरकारलाई जिम्मेवारी र पारदर्शी बन्न घचघच्याउन, विधमान शोषण, अन्याय, विभेद अन्त्य गर्न आदिको लागि जनवकालतको आवश्यकता पर्दछ । समाजमा परम्परादेखी चलिआएको विभेदपुर्ण व्यवहारहरु आजसम्म पनि हट्न सकेको छैन । लैङ्गिक विभेदका कारण महिला कमजोर र लाचार छन् । उहाँले पुस्तकमा लैङ्गिक समता र समानताको पनि वर्णन गर्नुभएको छ साथै महिलालाई आत्मनिर्भर बनाउन सशक्तिकरणको आवश्यकता बारे पनि प्रकाश पार्नु भएको छ । महिला सशक्तिकरणले महिला पुरुषसरह काम गर्न सक्दैन्न भन्ने पुरातन मान्यतालाई झुटो सावित गर्दै महिला प्रति सकारात्मक सोचको विकस गरि महिलाको आत्माविश्वास बढाउनु पनि सशक्तिकरण हो । महिला सशक्तिकरणका आधारभुत सुचकहरुमा चेतनाको विकास पर्दछ । चेतनाको विकासले महिला सशक्तिकरणमा बल पु¥याउछ । महिलाहरु परम्परागत कुरितिबाट मुक्त हुन चाहन्छन । चेतनाको विकासले समस्याको पहिचान गरि भविष्यको लागि योजनाको निर्माण गर्न तर्क लाग्दछन ।
१. गतिशिलता ः – गतिशिलता बढाउनु पनि महिला सशक्तिकरणको उद्देश्य हो । महिलाहरु बाहिरी कामहरुमा संलग्न गराउनु, किनमेल र विक्रीमा वितरण गर्न सक्नु गतिशिलता बढाउनु हो ।
२. निर्णय क्षमता ः – महिलाहरु आफ्नै बारेमा समेत निर्णय लिन सक्दैन्न तिनीहरुलाई आत्मविश्वास साथ निर्णय लिन सक्ने बनाउनु यसको उद्देश्य हो । जस्तै ः कामको बाडकाँड शिक्षा स्वास्थ्यले सवालमा निर्णय लिन सक्नु आदि
३. आर्थिक सुरुक्षा ः – आर्थिक सुरक्षाको उद्देश्य हरेह आर्थिक क्रियाकलापमा सहभागी बन्न पाउने अधिकारको सुनिश्चितता गरि महिलाको क्षमता विकास गर्दछ ।
४. सामुहिक प्रयास ः – सामुहिक प्रयासमा महिलाले सहभागि जनाउनुपर्छ । समाजका समस्याहरु सामुहिक प्रयत्नबाट समाधान हुने हुनाले महिला प्रतिको विभेद हटाउन पनि सामुहिक प्रयत्नको आवश्यक छ । भनि उहाँले पुस्तकमा यस्ता कुराहरु राख्नु भएको छ ।
सकारात्मक विभेद भन्नाले पछि परेकाहरुलाई अगाडि ल्याउने हतियार हो । महिला पुरुषबीचको असमानता हटाउन महिलाहरुलाई प्रोत्साहन दिनुपर्छ । विभेद शब्दको अर्थ भेदभाव हो । तर असमान, अन्याय मा परेकाहरुलाई अगाडि ल्याउन नकारात्मक भन्दा सकारात्मक दृष्टिकोणले हेर्नुपर्छ । सकारात्मक विभेदले सशक्तिकरणमा पनि सहयोग पुराउछ । सबैलाई समानता सम्बन्धी मौलिकहक प्रदान गरेको भए पनि महिला, दलित, जनजाती, मधेस, आर्थिक, किसानका हब्टिले पिछडिएको वर्ग, अपाङ्गहरुको सरंक्षण, सशक्तिकरणका लागि कानुनद्वारा विशेष गर्न सक्ने व्यवस्था गरेको छ । हिंसा पीडित महिलाहरुले सुरक्षाका निम्ति आफ्नो विश्वासिलो मान्छेसँग सरसल्लाह लिने, कुनै न कुनै आयआर्जनका काममा आफुलाई लगाउने, जस्तोसुकै काम गर्न सक्छु भन्ने सकारात्मक सोच राख्नुपर्दछ अनि बल्ल महिला हिंसाबाट बच्न सक्दछ । भनि उहाँले अध्याय ६ को अन्त्य गर्नु भएको छ । पहाडीज्युले अध्याय ७ मा हिंसा कम गर्ने उपायबारे चर्चा गर्नुभएको छ ।
हाम्रो समाजमा विधमान धेरै समस्याको उठानबिन्दु हामीले नै विकास गरेको एंव पुरातनवादी सामजिकीकरण प्रक्रिया पनि हो । हाम्रो समाजमा रहेका हिंसालाइ हटाउन सकारात्मक दृष्टिकोणको आवश्यक पर्दछ । सामाजिकीकरणले समाज र समुहप्रति हर्ने दृष्टि र सोचाइ बनाउछ । घरायसी संस्कारले गर्दा नै उसको जीवनपर्यन्त रहने स्वभाव, मानसिक एंव व्यवहार निर्धारित हुन्छ । समाजमा लैङ्गिक विभेद पनि विधमान रहेको छ । यसको सुरुवात पनि परिवारबाटै हुन्छ । महिला र पुरुषलाई चिनाउने नाम पनि अलग अलग हुन्छ । हाम्रो परिवारमा छोरी जन्मन्छे आमा समेत हेलित हुन्छन् । यदि छोरो भएमा मन फुलाएर खुसि हुन्छन । छोरा र छोरी प्रति समाजमा अलग अलग व्यवहार गरिने हुँदा बाल मानसिकमा असर पर्दछ साथै समाजमा ठुलो भएपछि उ अझ हेलित हुन्छे । त्यसैले समाजका नकारात्मक धारणालाई हटाई सकारात्मक सामाजिकीकरणको प्रक्रियालाई थालनी गर्नुपर्दछ । हुन त कानुनी व्यवस्थाले भेदभाव विरुद् कानुन बनाएको छ । अश सम्बन्धी हकमा छोरीलाई छोरा सरह र धर्मपुत्रीलाई धर्मपुत्र सरहको अधिकार छ । आफ्नो सम्पत्ति आफ्नो इच्छा अनुसार बिक्री गर्न पाउछिन । श्रीमती प्रसुति हुँदा श्रीमानलाई पनि स्याहार विदा दिने व्यवस्था गरिएको छ । यदि समाजलाई सक्रारनत्मक ढंगले परिवर्तन गरेमा महिला र पुरुषबिचको असमानतालाई कम गर्न सकिन्छ । यसलाई सहयोग गर्ने संकेतहरु धेरै छन् । समयसंगै जातीयताका आधारमा गरिएका प्रतिबन्धहरु खुकुली बनेको छन भने शिक्षाको विस्तार बनेको छ । अन्तरजातीय विवाहले कतिपय विवाह टुटेको छ तर आज जातपात केहि नभनि स्वभाव मिल्ने वा आफ्नो रुचिको व्यक्तिसंग अन्तरजातीय विवाह गर्दछन् । जसले स्वतन्त्रताको ज्ञान बृद्धि गर्छ ।
पहिले विधवाले कुनै पनि अवस्थामा दोस्रो विवाह गर्न हुदैन् भनिन्थ्यो तर अचेल विधवाले पुनः विवाह गर्ने चलन छ । दोस्रो जीवनसाथी रोज्ने चलनले सानैमा विधवा बनेका महिलाहरुलाई नयाँ जीवन दिन्छ । यसले महिलाले खप्नुपर्न दुःख, कष्ठ हटेर जान्छ ।
आमा बुबाको इच्छ अनुसारको केटासंग विवाह गर्नुपर्ने र बाध्य हुनुपर्ने समय आजको युगमा लगभग हराइ सक्यो । आजभोली केटा र केटी बिच मन मिलेमा उनिहरुको इच्छा अनुसार विवाह गर्न सक्दछन् । आफ्नो इच्छा अनुसार विहे गरि घर सम्हाल्न पाँउदा भविष्य पनि सकारात्मक हुन्छ ।
महिला शिक्षाको विकासमा दियो बलेको छ । शिक्षाले व्यक्तिको अन्तनिहित सम्भावनाहरुलाई बाहिर ल्याउछ । महिलालाई विद्यालय पठाउन हुन्न भन्ने धारणा राखि दुःख, कष्ट दिने गर्दछन् । आजको समयमा महिलाप्रति विभिन्न जनचेतना, सशक्तिकरण आदि आएको छ जसले गर्दा महिलाहरु विभिन्न कार्यमा सहभागि हुन सक्दछन । यसतै पहाडी ज्युले धेरै खालका विकासका संकेतहरु लेख्नुभएको छ जस्तै ः सन्तानलाई नयाँ धारणा, महिलाहरुको अग्रसरता...आदि
यस्तै उहाँले ग्रन्थहरुमा नारीलाई ऋग्बेदमा भनिएको छ – तिमीहरु समान हो । तिमीहरुको हृदय पनि समान छ । चाहाना र इच्छा पनि समान हुँदा संगसंगै बस र संगसंगै बढ ,त्यस्तै शहिद शुक्रराजले भनेका थिए, नारीबिनाको घरलाई न घर कहिन्छ, नारी नै दरबार हो भनि विभिन्न भनाइहरु पनि रहेका छन् । जेण्डर प्रति संवेदनशील बन्न सक्नुपर्छ । जस्तै ः चेयरम्यान को सट्टा चेयरपर्सन प्रयोग गर्नुपर्छ, ःबल एयधभच को सट्टा ज्गmबल च्भकयगचअभ शब्द प्रयोग गरौ भनि समानता ल्याउन खोजीएको छ । महिला पक्षका विभिन्न निकायले जस्तै ः राज्य, नागरिक समाज, गैरसरकारी संस्था, राजनिनिक पार्टी, संचार क्षेत्र, घर परिवार आदिले ठुलो भुमिका खेल्दछ भनि उल्लेख गर्नुका साथै पहाडीज्युले अन्त्यमा सबै विषयवस्तुलाई समेटि निष्कर्ष लेख्नुभएको छ । यस पुस्तक अन्त्यमा सबैलाई प्रेरित गर्दै बन्द भएको छ ।
अन्त्यमा म लेखक राजेन्द्र पहाडीज्यूलाई हार्दिक धन्यबाद भन्न चाहन्छु । उहाँको रचनाले म मात्र नभई जति पनि व्यक्तिले यो पुस्तक पढ्दछ तिनिहरुमा नयाँ ज्ञान आउन मद्दत गर्छ । कुनै पनि महिला हिंसा ग्रसित समाजका व्यक्तिहरुको हातमा यो पुस्तक परेमा त्यो समाजको विकासमा उसको हात बढ्दछ । उहाँको लेख्ने र प्रभाव पार्ने क्षमता प्रति प्रशंसा गर्ने क्षमता मसंग छैन । जे भएपनि उहाँले आजको जल्दोबल्दो विषय प्रति पुस्तक रचना गरी सबैलाई ज्ञान दिदै जानुभएको छ । सोचाइ बदलो समाज आपैm बदलिन्छ । राजेन्द्र पहाडीज्युको लेख रचना सिर्जना गर्ने क्षमता अभैm बढोस् र उहाँको समाज बद्ल्ने आशा साकार होस् । अस्तु ः
बनौं, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 13 फागुन, 2076

लेखकका अन्य रचनाहरु