भरिया

- कृष्ण उपाध्याय

हिजो यहाँ तालीको गडगडाट थियो
जब्बर भाषण सुन्दै
काँइलो बाँदर लड्ने भिरमा बन्दुक बोक्ने भा´ थ्यो|
आज यहाँ कडा नृत्य छ
उ सुरिलो गीत सुन्दै
चिल्ला अट्टालिका भित्र रक्सी बाड्ने भा´ छ

उ झापाली पनि भयो
उ रोल्पाली पनि भयो
उ ओखलढुङ्गे पनि भयो
नहुँदा खुकुरी र गुलेली-मट्याङ्ग्रा बोक्यो
हुँदा बन्कुक बोक्यो

हिजो खुकुरी र बन्दुक बोक्दा देश बोक्यो
आज विदेशमा भारी बोक्दा पनि देशै बोक्यो
काँइलीलाइ अलिकती खर्च पठाउदा पनि देशै बोक्यो
नत्र जब्बर भाषणेले किन त्यसो भन्थे?

हिजो काँइलो बोलेन, बोक्यो मात्र
आज काँइलो बोल्दै छ
`बोक ! बोक !! बोक्ने बोक्नेले त हो नि´!!!

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 18 चैत्र, 2076

लेखकका अन्य रचनाहरु