शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन भित्र पहाडी पटाक्षेप

- तोयनाथ आचार्य

समालोचक परिचय
गण्डकी प्रदेश अन्तरगतको पर्वत जिल्लाका स्रष्टा तथा समीक्षक राजेन्द्र पहाडी त्यस क्षेत्रका एक अब्बल सर्जकमा गनिन्छन् । पर्वत साहित्य सङ्गमको लगातार दुई कार्यकाल अध्यक्ष भैसकेका यिनी नेपाली साहित्यका समालोचना, समीक्षा, कविता, निबन्ध, मुक्तक, गजल, हाइकू, लघुकथा आदि विधामा कलम चलाउँछन् । हालसम्म यिनका एकदर्जन कृति प्रकाशित भैसकेकाछन् भने केही प्रकाशनको तयारीमा रहेकाछन् । नेपाली साहित्य क्षेत्रका सिर्जनाहरुलाई समाजशास्त्रीय दृष्टिबिन्दुबाट पर्गेल्ने काममा सम्भवतः यिनी धवलागिरि क्षेत्रकै एकमात्र समीक्षक पनि हुन् भन्न सकिन्छ । यिनका आफ्ना सिर्जनाहरु स्वभावतः समाजशास्त्रीय कोणबाट सिर्जित भएको पाइन्छ भने अरुका रचनाहरुमा यिनले हेर्ने नजर समाज विज्ञानकै ऐना हुने गरेको भेटिन्छ ।
अनौपचारिक रुपमा विद्यार्थी जीवनदेखिनै साहित्यका विविध विधाहरुमा कलम चलाएपनि स्रष्टा राजेन्द्र पहाडीले औपचारिक रुपमा २०४७÷४८ सालतिर पर्वत सन्देश पत्रिकामा मेरो देश शीर्षक कविता प्रकाशन गरेर साहित्यिक सिर्जनाको क्षेत्रमा प्रवेश गरेका हुन् । विधागत रुपमा पर्गेल्ने हो भने यिनले नेपाली साहित्यका विविध प्रकाशन तथा सिर्जनाहरुमा समाजपरक दृष्टिगोचर गरी समीक्षा लेख्ने गरेको पाइन्छ । नेपाली साहित्यको सामाजिक यथार्थवदी धारामा रही नेपाली साहित्यमा समाजशास्त्रीय सिद्धान्तमा आफ्नो कलम चलाउन यिनी सफल देखिन्छन् । उनले सामाजिक यथार्थवादी धारामा कलम चलाएर नेपाली साहित्यलाई अगाडि बढाउने कार्यमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।
नेपाली साहित्य सिर्जना गर्दा स्रष्टा पहाडीले साहित्यमा सामाजिक चिन्तन गरी त्यसको वास्तविक अध्ययन अनुसन्धान गरी विश्लेषणात्मक निर्णयहरु लेखनीय साहित्यमा प्रस्तुत गर्ने गरेको देखिन्छ । यसै योगदानका खातिर यिनी नेपाली साहित्यको क्षेत्रमा समाज रुपान्तरणको संवाहक एवं मार्गदर्शकको रुपमा आफूलाई प्रमाणित गर्न सफल भएका छन् भने सामाजिक जागरणको लागि पसिना बगाइरहेका छन् । पहाडी नेपाली साहित्यको उत्थानमा निरन्तर लागि साहित्य साधना गर्ने स्रष्टाको रुपमा चिन्न सकिन्छ । उनका पुस्तकाकार १२ वटा कृति क्रमशः १) महिलाविरुद्ध हिंसा–एक सामाजिक विवेचना– २०६६ (समाजशास्त्र) २) सामाजिक सर्वेक्षणका आधारभूत तरिकाहरु– २०६७ (समाजशास्त्र) ३) शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन– २०६७ (समालोचना) ४) पर्वत साहित्य सङ्गम ः संक्षिप्त सिंहावलोकन– २०६७ (इतिहास÷साहित्य) ५) सर्वदलीय घरको समाजशास्त्रीय नालीवेली– २०६८ (समालोचना) ६) नेपालमा समाजशास्त्र र मानवशास्त्र (सहलेखन)– २०६८ (समाजशास्त्र) ७) नेपालको शान्ति प्रक्रियामा स्थानीय शान्ति समिति तथा अन्य सरोकारवालाको भूमिका– २०६८ (राजनीति) ८) नेपालमा महिला हिंसा– २०६९ (समाजशास्त्र) ९) बोल्नेको पीठो बिक्छ– २०६९ (सञ्चार) १०) शिक्षामा सुशासन– २०६९ (शिक्षा) ११) बियाड– २०७० (हाइकूसङ्ग्रह) र १२) विद्यालय क्षेत्र सुधार योजना र शिक्षामा नागरिक सहभागिता– २०७१ (शिक्षा) रहेका छन् । यसै बर्ष उनका दुई कृतिहरु क्रमशः १) सृष्टिमा दृष्टि (समीक्षासङ्ग्रह)– २०७६ र २) शिक्षा चिन्तन (शैक्षिक लेखसङ्ग्रह)– २०७७ प्रकाशन भएकाछन् ।
बहुमुखी प्रतिभाका धनी राजेन्द्र पहाडी एउटै क्षेत्रमा मात्रा सिमित नभइ विविध क्षेत्रसँग आवद्ध रहेका छन् । पहाडी विभिन्न पत्रपत्रिका तथा रेडियोहरुमा आवद्ध भई नेपाली भाषा साहित्यलाई उजागर गर्न लागि परेको पाइन्छ । यिनले सन् २००४ देखि आजसम्म निरन्तर चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको कार्यक्रम मनिटरको रुपमा काम गरिआएका छन् भने कुश्मामा रहेको रेडियो कुशुम ९० मेगाहर्जको संस्थापक सदस्य एवम् सञ्चालक समितिको सचिवको रुपमा क्रियाशील रहेकाछन् । पेशाको हिसावले प्राध्यापन पेशामा आवद्ध रहेतापनि नेपाली साहित्यको उत्थानको लागि दिएको योगदानले गर्दा नेपाली साहित्यको वृद्धि र विकासमा फराकिलो रुपमा विस्तारित भएको पाइन्छ । नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्ने एवम् मोफसलमा रहेका साहित्य स्रष्टा र साहित्यिक रचनाहरुको उजागर तथा ती रचनाहरुले नेपाली साहित्य विकासमा पु¥याएको योगदान चर्चा परिचर्चा आदिबाट पृथक साहित्यकारको रुपमा स्थापित भएको पाइन्छ । क्रियाशील साहित्य स्रष्टाको प्रयासमा स्थापित विभिन्न पत्रपत्रिकामा आवद्ध भई जिम्वेवारीपूर्वक कार्य सम्पादन गरी नेपाली साहित्यमा महत्वपूर्ण योग्दान पु¥याउन सफल स्रष्टाको रुपमा आफूलाई चिनाउन सफल स्रष्टा पहाडी देखिन्छन् । यिनको सम्पादनमा विगत १६ वर्षदेखि ‘समुदाय र सृजना’ त्रैमासिक पत्रिका आजपर्यन्त प्रकाशन भैरहेको छ ।
साहित्य विधाका विविध रचनाहरुमध्ये वास्तविक परिस्थिति, चालचलन, व्यवहारलगायत समाजमा देखिने अवसरवादी प्रवृत्ति, आर्थिक दुरअवस्था, नारीहरुले भोग्नुपरेका पीडा आदिलाई टपक्कै टिपी विश्लेषणात्मक रुपमा प्रस्तुत गर्न सक्नु नै साहित्यकार पहाडीको पृथक पाटो हो । सामाजिक यथार्थ, मनोवैज्ञानिक सन्दर्भ, युद्धजन्य परिस्थिति, नारीवादी चिन्तन, राजनैतिक सन्दर्भ, वैज्ञानिक सन्दर्भ, व्यङग्य, विसङ्गतिमाथिको निर्मम प्रहार, आञ्चलिक सन्दर्भ आदि प्रवृत्तिहरुलाई विषयवस्तु बनाई यथार्थवादी शैलीमा प्रस्तुत गर्ने साहित्यकारका रुपमा पहाडी देखिन्छन् ।
धवलागिरि अञ्चल पर्वत जिल्लाअन्तरगत सौन्दर्यले भरिपूर्ण प्रकृतिको काखमा स्थित कुश्मा नगरपालिका– ६ मैत्रीचोकमा २०३० वैशाख १८ गतेका दिन साहित्यकार राजेन्द्र पहाडीको जन्म भएको थियो । यिनले पर्वतको सदरमुकाम कुश्मास्थित नारायण माध्यमिक विद्यालयमा २०४६ सालमा एस.एल.सी. उत्तीर्ण गरे । काठमाण्डौं ठमेलस्थित सरस्वती क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह अध्ययन गरे र तत्कालीन रत्नराज्य लक्ष्मी क्याम्पस काठमाण्डौंबाट स्नातक र समाजशास्त्र विषयमा स्नातकोत्तर तहको अध्ययन केन्द्रीय क्याम्पस कीर्तिपुरबाट पूरा गरे । त्यसपश्चातको अध्ययनकै क्रममा यिनले पृथ्वीनारायण क्याम्पस पोखराबाट राजनीतिशास्त्र र शैक्षिक योजना तथा व्यवस्थापन विषय गरी दुईवटा विधामा पुनः स्नातकोत्तर तहको अध्ययन पूरा गरे ।
पहाडीका समालोचनात्मक कृतिहरु दुईवटा भेटिन्छन् । २०६७ सालमा कवि शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन र २०६८ सालमा प्रकाशित कथाकार इन्द्रकुमार विकल्पका कथासङ्ग्रहमा समाजशास्त्रीय नालीवेली रहेका छन् । यसका अतिरिक्त उनका असङ्ख्य लेखरचना र अन्तर्वार्ताहरु विभिन्न पत्रपत्रिकाहरुमा छरिएर रहेका छन् । यसरी हेर्दा पहाडी निबन्ध र समालोचना विधामा पूर्ण सफल साहित्यकार हुन् भन्न सकिन्छ । युवा साहित्यसेवी राजेन्द्र पहाडी निबन्ध, कविता, कथा, गजल, समालोचना, लेख÷आलेख आदि क्षेत्रमा कलम चलाउने बहुमुखी प्रतिभाका धनि व्यक्तित्व हुन् भन्न सकिन्छ । यिनका सृजनामा समाजशास्त्रीय पुट रहेतापनि भाषा शैली सरल, सरस र बोधगम्य छ । उनी समाजप्रति संवेदनशील स्रष्टा हुन् । यस आलेखमा पहाडीले पर्वतकै अर्का जानेमाने साहित्यकार शान्तिनारायण श्रेष्ठका कवितामाथि लेखेका समालोचनात्मक कृति ‘‘शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन’’ र त्यसमा उल्लेखित गरेको समाजशास्त्रीय विश्लेषणको साङ्गोपाङ्गोलाई उठाउने प्रयास गरिएको छ ।
शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन समालोचनाको अध्ययन
समाजशास्त्रीय समालोचनाले साहित्य तथा कलालाई समालोचना गर्दा समाजलाई केन्द्रमा राख्दछ । साहित्यको समाजशास्त्रले साहित्य सामाजिक युग तथा पर्यावरण जस्ता भौतिक पक्षहरुबाट प्रभावित हुने हुँदा समाजको गतिसँगै साहित्य पनि बदलिन्छ भन्ने मान्यता राखेको पाइन्छ । यहि मान्यतामा आधाति भइ समीक्षक राजेन्द्र पहाडीले आफ्ना कृतिहरुमा समाजशास्त्रीय दृष्टिकोण बाट समाजको यथार्थलाई चिरफार गर्ने गरेको पाइन्छ ।
कृति परिचय
वि.स. २०६७ मा प्रकाशित शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन समालोचना राजेन्द्र पहाडीको पहिलो समालोचनात्मक कृति हो । पहाडी २०४६ सालमा मेरो देश शीर्षकको कविताबाट नेपाली साहित्यमा औपचारिकरुपमा प्रवेश गरी साहित्यका हरेक विधाहरुमा कलम चलाउन सफल भएका छन् । विभिन्न पत्रपत्रिका समालोचनात्मक विश्लेषण गरेतापनि पहाडीको पहिलो समालोचनात्क कृति शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन हो । यस कृतिमा कवि शान्तिनारायणश्रेष्ठका प्रकाशित कविताहरुमा आधारित भई विविध समयसान्दर्भिकतामा संरचित कृतिहरुलाई चिरफार गर्दै त्यसमा समाजशास्त्रीय दृष्टिकोण राख्नु नै समालोचक पहाडीको पृथक प्रतिभा यस कृतिमा रहेको देखिन्छ । यो कृति गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालय कुश्मा पर्वतबाट प्रकाशन गरिएको हो ।
समालोचक पहाडीले शान्तिनारायण श्रेष्ठका कवितालाई समाजशास्त्रीय दृष्टिकोणबाट अध्ययन गरी कृतिलाई दुई खण्डमा विभाजन गरेको पाइन्छ । पहिलो खण्डमा समालोचक पहाडीले कवि शान्तिनारायण श्रेष्ठको जीवनी र विविध पक्षबाट उनका प्रतिभाहरुलाई उजागर गरी विविध कुना काप्चाबाट कविको अध्ययन गरी परिचय दिएका छन् । कवि शान्तिनारायणको जीवनकालमा उनले नेपाली साहित्यमा दिएको योगदान जस्ले गर्दा अन्य साहित्यिक प्रतिभालाई पनि मार्गनिर्देशकको रुपमा व्यतिmगत पाटाहरुलाई बुझ्न मद्वत हुनेगरी प्रष्टाइएको पाइन्छ । समालोचक पहाडीले यस कृतिमा कविको परिचय दिने क्रममा विभिन्न कोणबाट साहित्यसेवी श्रेष्ठका दुःख, पीडा, खुसी, हाँसो, मिलन, विछोड, र जटिलतायुक्त मानवीय संमवेदनाहरुलाई नजिकैबाट चिनाउने गरी विविध पक्षलाई बाहिर ल्याउने कार्य यस खण्डमा गरिएको पाइन्छ । दोस्रो खण्डमा साहित्यकार शान्तिनारायण श्रेष्ठलाई स्रष्टाको दृष्टिकोणबाट चिनाउने कार्य गरेका छन् ।
मानव सभ्यताको क्रममा समाजको स्थापनार्थ खबरदारी गर्नु साहित्यिक सेवकको धर्म हो भन्दै पहाडीले साहित्यिक कटु यथार्थलाई साहित्यले उद्घाटन गर्न सक्नुपर्छ भन्ने कुरामा समाजिक साँस्कृतिक रुपान्तरणको माध्यमबाट समुन्नत नेपाल निर्माणका लागि तथा आदर्श समाजको स्थापनाका लागि काव्य रचना गर्न सक्ने भन्दै कविताका विविध पाटाहरुलाई समाजशास्त्रीय दृष्टिकोण राख्दै समाजका विविध पक्षलाई बाहिर ल्याउन सफल भएको पाइन्छ ।
साहित्यकारको व्यक्तिगत जीवनको अध्ययन
राजेन्द्र पहाडीले शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय दृष्टिकोण नामक समालोचनामा साहित्यकारका व्यक्तिगत जीवनको बारेमा चर्चा र लेखकीय परिचय दिनका लागि कृतिलाई दुई भागमा विभाजन गरी विविध शीर्षकमा आधारीत भई साहित्यकारको जीवनीलाई चिनाएको पाइन्छ । यस कृतिको भूमिकामा समलोचक पहाडीले स्रष्टा शान्तिनारायणका कविताहरुको बाह्य रुप जे जस्तो भाएतापनि सारगत मूल्य पहिचाहन गर्ने जमर्काे प्रस्तुत गरेको बस्तुको गुण, मात्रा, उपयोगिताका आधारमा त्यसको मूल्य फरक फरक हुन सक्छन् । एउटै बस्तुलाई पर्गेल्ने आँखाहरु फरक फरक हुँदा मूल्यमा पनि उतार चढाव भेटिन सक्छ मेरो हेराइमा यिनी र यिनका सिर्जना जस्ता लागे त्यस्तै लेखेँ (पहाडी, २०६७) भनी उद्घोष गरेकाछन् । यसबाट पनि भन्न सकिन्छ साहित्यकारको व्यक्तिगत जीवनको अध्ययन गहिराइसम्म पुगी खोतल्ने कार्य पहाडीबाट भएको पाइन्छ ।
सामालोचक पहाडीले साहित्यकार शान्तिनारायणको व्यक्तिगत जीवनीलाई निकै नजिकबाट विश्लेषण र मूल्याङ्कन गरी व्यक्तिगत मूल्य निर्धारण गरेका छन् । साहित्यकारको व्यक्तिगत जीवनको अध्ययन गरी सो अध्ययनलाई कृतिको पहिलो खण्डको परिचयात्मक प्रारम्भ शीर्षकमा साहित्यकारको परिचय पहाडीले प्रस्तुत गरेको पाइन्छ । नेपाली साहित्यलाई एउटा उचाईमा पु¥याउन सफल साहित्यकार शान्तिनारायण्को जन्म १९९६ भाद्र १७ गते एक्लो छोराको रुपमा सामान्य कृषक परिवारमा बाबु रुपनारायण श्रेष्ठको र आमा मनकुमारी श्रेष्ठको कोखवाट पर्वत दुर्लुङ मौजे कुश्माको उर्वर माटोमा पदार्पण गरेका हुन् । कुस्माको रैथाने नेवार जाती अन्तर्गतको श्रेष्ठ थर काश्यप गोत्र बंसज भएका श्रेष्ठ नेपाली साहित्यको काव्य विधामा पृथक वान्की, शैली र वनावटका साथै चिरपरिचित साहित्यकारको रुपमा चिनिन सफल भएको पाइन्छ । साहित्यकार शान्तिनारायण श्रेष्ठले १०÷१२ वर्षको उमेरबाट कविता लेख्न थालेको र सानै उमेरदेखि समाजसेवाको क्षेत्रमा उनको उल्लेख्नीय भूमिका रहेको कुरा यस कृतिमा प्रस्तुत गरेको पाइन्छ । नेपाली साहित्यको क्षेत्रमा मौलिक साहित्यलाई आत्मसाथ गरी परिवर्तित समयमा साहित्य पनि समाजको इच्छाअनुसार परिवर्तन हुन सक्नुपर्छ । समाजका विविध तथ्यहरुलाई बाहिर ल्याउनुपर्छ भन्दै शैक्षिक चेतनालाई जागृत गराउने खालका स्वरहरु पनि उनका साहित्यमा पाइएको कुरा पहाडीले व्यक्त गरेका छन् । श्रेष्ठका हालसम्म १५ वटा विविध विधाका कृतिहरु प्रकाशित भईसकेका र विभिन्न स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाहरुमा लेख रचनाहरु प्रकाशन गर्ने गरेको पाइन्छ (पहाडी, २०६७) ।
सामाजिक क्षेत्रको विकास गर्नका लागि शैक्षिक चेतनाको विकास हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै श्रेष्ठ २०१० सालमा कुश्मा क्षेत्रमा प्राइमरी स्कुल खोली शिक्षाको आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यका साथ आँट बोकी अगाडी बढी युवा साहित्यकारका बीच देउसी भैलो खेल्ने गीति लयको कविता रचना गरी गाउँदै अर्थ सङ्कलन गरी समाज सुधारमा लागि परेको पाइन्छ (पहाडी २०६७ः२) । यसरी सामाजिक चेताना अभिवृद्वि गर्न श्रेष्ठको उत्साह र प्रेरणाले गर्दा समाजमा परिवर्तन गर्न शिक्षाको विकासलाई जोड दिएको पाइन्छ । समाज परिवर्तनका संवाहक श्रेष्ठ आफ्नै सम्पादनमा प्रकाशित आँकुरो मासिक साहित्यिक संङ्ग्रह वर्ष १ अङ्क १ दीपकको नामबाट सुभेच्क्षा शीर्षकको कविता प्रकाशन गरी समाजिक धरातललाई समेत प्रस्तुत गर्न सफल भएको कुरा पहाडीले उल्लेख गरेका छन् । श्रेष्ठले राष्ट्रप्रेमका स्वरहरुलाई प्रस्तुत गरी शुभेच्छा कविताभित्र आफ्नो राष्ट्रप्रतिको भक्तिभाव दर्शाएका कुरालाई समेत पहाडीले प्रस्तुत गर्न सफल देखिन्छन् । नेपालीहरु स्वदेशमा रहेका प्रकृतिका सौन्दर्यदेखि नेपालीहरुको वीरतालाई हरेक कार्यमा एकताका साथ अगाडि बढ्न र देशको गौरव बढाउन नेपालीहरुको वीरतालाई खोतल्ने कार्य भएको पाइन्छ ।
मानवीय सेवालाई परमधर्म र साहित्य सृर्जनालाई सतकर्म मान्ने साहित्यसेवी श्रेष्ठलाई चिनाउने क्रममा समालोचक राजेन्द्र पहाडीले श्रेष्ठको समग्र जीवनको अध्ययन गरी साहित्य रचनामा साहित्यिक व्यक्तित्वको कार्यलाई उजागर गरेका छन् । श्रेष्ठ जिन्दगीका थुप्रै मीठा नमीठा अनुभवका खानी हुन् भकारी हुन् मध्यमस्तरको व्यापार कृषि, ठेक्कापट्टा, कलाकारिता, समाजसेवा अदिजस्ता थुप्रै क्षेत्रको भुत्तमान अनुभव श्रेष्ठसँग रहेको कुरा पहाडीले उल्लेख गरेका छन् । शान्तिनारायणका जीवनका विविध दुःख, पीडा, हाँसो, खुसी, मिलन, बिछोड यी सबैसँग नजिकबाट गुज्रेका लामो समयसम्म जागिरे जीवनमा जटिलतायुक्तमानव जीवन पद्वतिलाई नजीकैबाट चिन्ने र अनुभूत गर्ने अवसर पाएको कुरालाई पहाडीले आफ्नो समीक्षामा उल्लेख गरेका छन् । सामान्यतः स्रष्टाहरुले नेपाली समाजको सार्वभौमिक विविधतामा आधारित भएर आफ्ना सिर्जनाहरु बाहिर ल्याउने कार्य गरेको पाइन्छ । जीवन सोचेजस्तो सहज, सरल नभएको विसंगतिपूर्ण, अपूर्ण अनेकौ अन्यौलतामा थिल्थिलिएको र जीवनका यिनै तरेलीबाट एउटा चेतनशील सम्पूर्ण मानव जातिको आर्थिक उत्थान हुनुपर्ने कुराको आग्रह गर्दै यही र यस्तै प्रकृतिका आग्रह बोकेर स्रष्टाको कित्तामा उभिन्छन् भन्छन् समालोचक पहाडी (पहाडी, २०६७ः५) ।
समाज रुपान्तरणको लागि साहित्यकारले समाजप्रतिको प्रेम भाव समयसान्दर्भीकतालाई प्रस्तुत गरी जीवन भोगाइ र मानव सभ्यतालाई समय सापेक्षताका आधारमा प्रस्तुत गरिनुपर्छ । विद्यमान कुसंस्कार, कुसंस्कृति, निरंकुशता, वर्वरता विरुद्ध आवाज बुलन्द गरी समाज परिवर्तनका स्वरहरु जिम्मेवारीकासाथ साहित्यकारले बाहिर ल्याउनुपर्छ । यी र यस्तै सन्दर्भलाई पहाडीले शान्तिनारायण श्रेष्ठका सिर्जनाहरुमा आधारित भई उनको जीवनभोगाई र परम्परावादी सोच, चिन्तन, रुढीलाई समूल परिवर्तन गरी आदर्श समाजको स्थापना गर्नका लागि साहित्यिक रचनाहरु गरिनु पर्दछ । समाजमा व्याप्त रहेका विविध क्षेत्रसँग साहित्यकारको जीवनी गाँसिएकोहुन्छ । साहित्यकारले जीवन भोगाईका अनुभव र समाजको मूल्यलाई प्रतिनिधित्व गर्न सक्छ । समाजमा रहेका यथार्थलाई समाजशास्त्रीय अध्ययनबाट खोतल्न सकिन्छ यसको मुख्य आधार समाज र साहित्यकारको व्यक्तिगत जीवन हो भन्ने तर्क राख्दछन् समीक्षक पहाडी । उनी तर्क गर्दछन्, साहित्यकारले व्यक्तिगत जीवनमा कस्ता परिस्थितिहरुसँग सामना गरी आफ्नो जीवनको अस्तित्वको खोजि गरिरहेको छ त्यही अनुसार साहित्यमा पनि आफ्ना स्वरहरु अभिव्यक्त भएको हुन्छ । त्यसैको आधारमा साहित्य र समाज अभिन्न अङ्ग भएर आउँदछ । सामाजिक सन्दर्भमानै साहित्यको खोजी गरिन्छ । साहित्य समाजबाटनै विकास हुने र त्यही समाजलाई आधार मानी साहित्यकारले आफ्ना रचनाहरु बाहिर ल्याउने कार्य गर्दछ ।
लेखकीय जाती, वातावरण र काल
समयको अन्तरालसँगै साहित्यमा पनि परिवर्तन आउने हुँदा साहित्यकारले समयको कुन खण्डमा आफ्ना रचनाहरु सिर्जना गरेको छ त्यसैको आधारमा साहित्यमा समाजको प्रभाव परेको हुन्छ । लेखकीय जाती, वातावरण र काल कालका वारेमा विस्तृत अध्ययन तथा व्याख्या कवितासँग शान्तिनारायणको मोह भन्ने शीर्षकमा पहाडीले गरेका छन् । कालखण्डका दृष्टिले केही अघि देखिनै साहित्य क्षेत्रमा लागेको भएतापनि विक्रम संम्वत् २०२० को आरम्भ देखि भने जमेरै कविता सिर्जनामा लागेको र नेपाली साहित्यका मूर्धन्य शिखर व्यक्तित्वहरुले जस्तै कवि शान्तिनारायणले पनि चुनौती र अप्ठयारोको बीचबाट सुन्दर साहित्यिक गंगा बगाउन चाहन्छन् । मधुरतापूर्वक सत्यम् शिवम् सुन्दरम्मा आधारित जीवनधारा सुम्सुम्याउन रुचाउँछन् कवि श्रेष्ठ । वर्तमान मानव समाज र स्वभावप्रतिको असन्तुष्टि र विद्रोहलाई सहजरुपमा प्रकट गर्दछन् उनले आफ्ना सिर्जनामा । शान्तिनारायणका कविताहरु विषय समायोजन र प्रस्तुतिका दृष्टिले जटिलतार दुर्वोध्यतालाई स्थान नदिइकन सरल ढङ्गले साङ्गोपाङगो गर्नु नै उनको विशेषता रहेको छ (पहाडी,२०६७ः९) । साहित्यमा कविले वास्तविक साहित्यको छुट्टै जीवनवोधको यथार्थ प्रतिबिम्बित गरी यथार्थ पक्षलाई बाहिर ल्याउने गरेको पाइन्छ । साहित्यकारले समयसापेक्ष रुपमा आफ्ना साहित्यहरुमा समाजमा रहेका यथार्थ पक्षहरुलाई उजागर गर्नुपर्छ । समालोचक राजेन्द्र पहाडीका मतअनुसार वास्तवमा पङ्ती मिलाएर लेख्दैमा कविताले कविताको रुप पाउन सक्दैन लेखाईलाई तार्किकतामा ढालेर समानता, सहभागिता, सशक्तीकरण, समावेशीकरण, मूल प्रभाहीकरण आदि नीति र आदर्शको कुरा गरेर पनि कविताले प्राण हाल्न सक्छ भन्न सकिदैन, अनावश्यक शव्दको थुप्रो लगाएर मात्र सार्थक साहित्य सिर्जना संम्भव हुँदैन भन्दै साहित्यलाई उचाइमा पु¥याउन र साहित्यमा यथार्थवोध हुनुपर्छ भन्नै तार्किक विचारहरुलाई समावेस गरेको पाइन्छ ।
समाजशास्त्रीय दृष्टिकोणका आधारमा साहित्यले समाजको यथार्थलाई चित्रण गर्नुपर्छ । आमूल परिवर्तनका लागि गरिने सामाजिक क्रान्तिको अपरिहार्यतालाई ओझेलमा पार्न र अनावश्यक भ्रम छर्ने कार्य किमार्थ गरिनु हुँदैन । कविले युग परिवर्तनको पक्षधर बनाएर उभ्याउनै पर्छ भन्छन् पहाडी । कवि शान्तिनारायण आफू बाँचेको समयको रापिलो विश्लेषण गर्दै आफ्नो र आफुभित्र जागृत भएको क्रान्ति चेतनालाई आफ्ना साहित्य मार्फत अभिव्यक्त गरेका छन् (पहाडी, २०६७ः१०) । साहित्यमा लेक, बँेसी, धनी, गरिव, सुख दुःख, सबै विषयलाई उठाउने गरीएको हुन्छ । पिता पुर्खाले आर्जन गरेका बीरता जसले सामाजिक वातावरणलाई नै राष्ट्रप्रेमको भाव पैदा गराउँदै राष्ट्रप्रति समर्पित गराउने खालको युग सापेक्ष वातावरणको सिर्जना साहित्यमा हुनुपर्छ । आफ्नो स्वार्थसिद्व गर्नतर्फ नलागि आजको मानवजाति सामाजिक स्वार्थ परिपूर्तिमा लाग्नुपर्छ । वस्तुतः साहित्यकार कहिल्यैपनि समाजभन्दा बाहिर गई आफ्नो जीवनलाई सुन्दरमय बनाउन सक्दैन भन्ने तर्क समाजशास्त्री राजेन्द्र पहाडी गर्दछन् आफ्नो समीक्षात्मक लेखनीका क्रममा । समाजशास्त्रीय समालोचनाका आधारलाई हेर्दा साहित्यकार अप्रजातान्त्रिक, पश्चगामी जड हुन सक्दैन भन्ने उनको विचार छ । समाजशास्त्रीय अध्ययनले त्यही कठोर स्थितिमा मानवीय भावनालाई व्यक्त गर्न लागि परेको हुन्छ । समकालीन तरल राजनीतिबाट प्रभावित निरीह प्रशासन र त्यसले बुनीरहेको दिशाहीन भविष्यबाट आत्र्रmोसित हुँदै श्रेष्ठ आफ्ना रचनाहरु बाहिर ल्याई जनताको भरभरोसा मानिएका नेताहरुको नेतृत्व गर्ने द्वेद चरित्र र शैलीमाथि शंका ब्यक्त गर्दछन् (पहाडी, २०६७ः११) । समकालीन समाजमा मौलाउँदै गएको राजनैतिक प्रशासनिक ढिलासुस्ती र भ्रष्टचारलाई कलमको माध्यामबाट उदाङ्गो पारी कर्मचारीतन्त्रमा देखापरेको मनपरितन्त्र, भ्रष्टाचार र घुसखोरी लोकतन्त्रका लागि अभिसाप हो भन्दै वर्तमान यथास्थितिको विरोध र कुशासनको बिरोधमा समाजमा अस्तित्वमा रहेका विसंगत अभ्यासलाई सँच्चाउन खवरदारी गर्नु एउटा कलमकर्मीको प्रथामिक दायित्व हो भन्दै पहाडीले विवेकशील मानव समुदायको खाँचो भएको महसुस यहाँ गरेको पाइन्छ । सामाजिक विकृति र विसङ्तीमाथि कडा प्रहार गर्नुका साथै यौन विम्व र प्रेम प्रणयको चित्रण गरेको पाइन्छ । पछिल्लो कालखण्को उत्तरवर्ती समय कुरुपतामथि कठोर प्रहार गर्दै कल्पना सौन्दर्य दृष्टि छर्न प्रयत्न गर्नु शान्तिनारायण श्रेष्ठको सकरात्मक प्रभाव हो भन्छन् पहाडी । सामाजिक यथार्थको धरालतलमा रहि समाजमा जे जस्तो देखिन्छ त्यसैलाई साहित्यका माध्यामबाट सुधारको चेतना फैलाउनु समाजमा व्याप्त चरम गरीवी शोषण अन्याय विसंङ्गतिलाई बाहिर ल्याउन सक्नुपर्छ । (पहाडी, २०६७ः१४) ।
श्रेष्ठले विभिन्न परम्परा चाडपर्व आदिको अवसरमा विविध सन्दर्भमा तथा नयाँ बर्ष हिन्दू धर्मावलम्वीहरुको महान चाड विजयादशमीको अवसर पारी आफ्ना रचनाहरुको माध्याबाट समाजसुधारको भावनाहरु आफ्ना सिर्जनामा खर्च गरेको पाइन्छ । पहाडीले परम्परालाई पनि चित्रण गरेका छन् । समाजमा मौलाउँदै गएको आधुनिकता शहरीकरण र पश्चिमीकरण पक्रियाको आधुनिकरणको बिरोधमा कलम चलाई समसामयिकतालाई उजिल्याउने कार्य गरिएको पाइन्छ । पहाडीले श्रेष्ठका कवितामा मानव जीवनका सिङ्गो संरचनालाई जस्ताको तस्तै हेर्न र अनुभव गर्न सकिन्छ भन्दै वर्ग समुदाय क्षेत्र तह र तप्तकालाई केही न केही सन्देश प्रवाह गर्न सक्ने सक्षमता श्रेष्ठका सिर्जनाले दिएको पाइन्छ भन्ने कुरा प्रस्तुत गरेका छन् । समालोचक पहाडीले लेखक श्रेष्ठले सामाजिक यथार्थलाई बाहिर ल्याउनको लागि समाजमा आफ्नो घरको अवस्था एकदमै कमजोर रहेतापनि बाहिर धाकधक्कु लगाएर हिँडने अल्लारे युवालाई सतर्क गराउँदै आफ्नो मेहनत र परिश्रममा बाँच्नको लागि आग्रह गरेको पाइन्छ । परिश्रम नगरी अल्लारे पारामा जीवन बिताउनेहरु समाजका मात्र बोझ नभएर राष्ट्रकै बोझ हुन् तसर्थ युवालाई सत्मार्गमा लगाई नैतिकतामा बाँच्न आग्रह गर्दै लेखकले आफ्ना सिर्जनालाई सचेत गराउदै सतकर्म, सत्विचार, सत्आचरणमा बसेर देशको सेवामा जुटन युवा पुस्तालाई आग्रह गर्दै समाजको नकरात्मक प्रवृत्तिलाई बाहिर ल्याई समाज र राष्ट्रको विकासमा युवा वर्गलाई जुटन आग्रह गरेको प्रसङ्गलाई यथार्थरुपमा प्रस्तुत गरेको पाइन्छ ।
साहित्यको आर्थिक—भौतिक धरातल
राजेन्द्र पहाडीले शान्तीनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन समालोचनामा समाजशास्त्रीय चिन्तनका आधारहरु अन्तर्गत साहित्यको आर्थिक भौतिक धरातललाई प्रस्तुत गर्ने क्रममा समाज र समय चेतना नामक शीर्षकमा उल्लेख गरेका छन् । धौलागिरि हिमालको काख अवस्थित पर्वत जिल्लामा जन्मिएर त्यहाँको हावापानी माटोसँग खेलेका कवि आफूलाई औषत नागरिकभन्दा भिन्दै रुपमा प्रस्तुत गर्ने जमर्को गरेको देखिन्छ । कालगत स्वभाव प्रतिबिम्बित गर्ने क्रममा समाजको नकारात्मक यथास्थिति प्रति असहमति, असन्तुष्टि, विद्रोह र आत्र्रmोशको भाव बढी सशक्तताका साथ अभिव्यक्त भएको पाइन्छ । धूर्त, मूर्ख, बुद्वु र चेपारेहरुलाई यिनी कविताका सहायताले चुनौती दिन चाहन्छन् । अलिकति जान्ने बुझ्ने भएपछि धन वा सम्पती जोडेपछि आफ्नो जन्मस्थलनै चटक्कै बिर्सेर हिँडने प्रवृत्तिलाई छेडखान गरेर उनले सुन्दर शैलीमा शब्द संयोजन गरका छन् । (पहाडी, २०६७ः २१) । समयको आवहनलाई ठम्माएर साहित्य सिर्जना गर्दा नै वास्तविक सिर्जनधर्मिता प्रकट हुन्छ भन्दै पहाडीले साहित्यकार श्रेष्ठले आफ्नो जागीरे जीवनमा विभिन्न जिल्लास्थित भूमिसुधार कार्यलयहरुमा काम गरेको अनुभव समेत बटुली जनतालाई त्यसको महत्व र उपादेयता के हो भन्ने जानकारी दिने हेतुले “सफल पारौ भूमि सुधार” शीर्षकको सन्देशमुलक कविता सिर्जना गरेका कुरालाई पहाडीले प्रस्तुत गरेका छन् ।
मानवीय जीवनमा आर्थिक तथा भौतिक धरातलले प्रभाव पारेको हुन्छ । मानिसका आधारभूत आवश्यकताहरु परिपूर्ति गर्न आर्थिक संस्थाहरुको जन्म हुने गर्दछ । भौतिक धरातलले मानिसको कुन स्थानमा के कसरी आफ्नो जीवनशैलीलाई प्रस्तुत गरेको छ त्यो सम्वबन्धि जानकारी भौतिक धरातलबाट प्राप्त गर्न सकिन्छ । मानिसका एउटै आवश्यकता पनि स्थान अनुसार फरक फरक पर्न सक्छ । त्यही अनुसार उसका आवश्यकताहरु पनि फरक पर्न सक्छ । सम्पत्ति आर्थिक संस्थाको मूख्य आधार हो (क्षेत्री, ३०६४ः३७) । प्राचिन देखि आधुनिकसम्म सम्पतिको उत्तराधिकारीका सम्बन्धमा नियम तथा कानुन बनेको पाइन्छ । आर्थिक तथा भौतिक जीवनबाट साहित्यको अभिन्न सम्बन्ध रहेको हुन्छ । आर्थिक क्षेत्रमा परिवर्तन आउँदा साहित्यको विचारधाराको स्वरुपमा पनि परिवर्तन आउँछ । समाजशास्त्रीय अध्ययन गर्ने क्रममा समाजको आर्थिक ढाँचा अनुसार नै साहित्यको सिर्जना हुन्छ (क्षेत्री, २०४ः३८) ।
समाजलाई समानुपातिक रुपमा विकास गर्नुपर्छ र जनताको श्रम र परिश्रमको मूल्याङ्कन गरिनुपर्छ । शोषण रहीत समाजको निमार्णार्थ सबै जनताको उत्तिकै भूमिका रहेको हुन्छ । आर्थिक अवस्थाका कारणबाट जनतालाई विभाजन गर्ने परम्परालाई हटाई सर्वसाधरण जनताको उन्नतिमा लागि पर्नुपर्छ भन्ने जस्ता आर्थिक सन्देश दिने खालका कविताहरु सफल पारौ मूमिसुधार शीर्षकलाई पहाडीले प्रस्तुत गरेका छन् । त्यसैले साहित्यमा एउटा वैकल्पिक समाज ब्यबस्थाको तस्विर निमार्ण गरेर यथार्थ समाजको चित्रण गरी परम्परावादी समाज ब्यबस्था प्रति विरोध जनाउँदै वर्तमान मानव स्वभाव अनि समाज जटिल र समस्यामूलक हुँदै गएको कुरालाई बुझ्नको लागि समाजशास्त्रीय समालोचनाका आधारहरुलाई बुझ्न आवश्यक देखिन्छ । उच्चस्तरीय वौद्धिक व्यक्तिहरुले समाजका विविध वर्ग तथा समुदायको भौतिक धरातलमा रही समाजमा लेखक कुनै न कुनै वर्गमा उभिएको हुन्छ लेखकले आफ्ना साहित्यमा त्यही धरातललार्ई चित्रण गरी व्यक्तिहरुका व्यवहार र चिन्तनबाट प्रभावित भई साहित्य सिर्जना भएको हुन्छ । यसरी समाजका हरेका वर्गीय समस्यालार्ई समाजशास्त्रीय दृष्टिकोणको माध्यामबाट आँकलन गरी साहित्यको सिर्जना भएको हुन्छ ।
समालोचक पहडीले“समाज र समयचेतना”शीर्षकमा साहित्यकार शान्तिनारायण श्रेष्ठको दुई विपरीत धुव्रमा उभिएर लेखिएका अंशहरुलाई प्रस्तुत गरी समाजमा जवसम्म शोषण र कुरीतिहरु निर्मुल पर्न सकिदैन तवसम्म समाज र राष्ट्रको पनि विकास हुन सक्दैन भन्ने कुरालाई चित्रण गरेका छन् ।
भाषाशैली
भाषा मानिसको अनुभव, अनूभूति र विचारको सम्प्रेषणका निम्ति प्रयोग गरिने सशक्त साधन वा माध्यम हो । भाषाका कारणले नै मानिस सामाजिक प्राणीका रुपमा व्यवहार गर्न सक्षम भएको हो । भाषा पैत्रृक सम्पति नभएर समाज प्रदत्त आर्जित सम्पति हो । भाषा सामाजिक बस्तु भएकाले यसको विकास आर्जन र प्रयोग समाजबाटै हुन्छ । त्यसैले गर्दा भाषालाई सामाजिक संस्था पनि भनिन्छ (क्षेत्री, २०६४ः ५०) । भाषाका माध्यामबाट कुनै पनि समाजको संस्कृति मूल्यमान्यता आदिलाई पहिचाहन गर्न सकिन्छ । भाषा र विचारको सम्बन्धबाट रचना तथा साहित्यको जन्म हुने आधार समाज हो साहित्यमा प्रयोग भएको भाषाको अध्ययनबाट समाजका सवै पक्षको अध्ययन हुन सक्छ । भाषा समाज सापेक्ष भएकाले समाजको विचार विनिमयको माध्याम हो । यसले सामाजिक गतिविधिमा क्रियाशीलता ल्याउँछ । सामाजिक ढाँचा अनुसार रुपान्तरित पनि हुन्छ । त्यसैले भाषामा भाषिक वर्ग समुदायगत भाषिक व्यवस्था प्रयोजनपरक भेद आदि देखिएको हुन्छ । (क्षेत्री, २०६४ः ५१) । त्यसैले भाषाको समाजमा भाषिक प्रयोगगत विविधता देखिन्छ । यसरी भाषाको माध्यामबाट समाजको अध्ययन व समाजका माध्यमाबाट भाषाको अध्ययन गर्न सकिन्छ । समालोचकीय भाषा रुपतत्व भन्दा बढी बस्तुतत्वको प्रयोग गर्ने गरिएको पाइन्छ । भाषा र समाजका बीच घनिष्ट सम्बन्ध रहेको हुन्छ (कडवेल, १९५६ः२) ।
“भाषा प्रेमले सिर्जना भाएका कविताका वान्कीहरु” शीर्षकमा समीक्षक पहाडीले भाषाप्रतिको अनुरागले सष्टाको परिचयको दायरालाई मात्र फराकिलो पार्दैन वान्की आफ्ना प्रस्तुतिहरुलाई ओझिला, गहन र मर्मस्पर्शी बनाउन पनि सहयोग गर्दछ भनेका छन् । कवि शान्तिनारायण नेवार परिवारमा हुर्केका हुनाले नेवारी भाषाप्रतिको दख्खल रहन पुगेको, मातृभाषा जान्नु र सोहि भाषाको प्रयोग गरी साहित्यसिर्जना गर्नु फरक फरक कुरा हुन् तर पनि कविले नेवारी भाषामा कविता रचना गरेर मोफसलका मातृभाषी कविको सुचिमा आफूलाई राख्न सक्षम भएको पाइन्छ (पहाडी, २०६४ः४६) ।
आफ्नै समाज वरपरको परिवेशले केही न केही लेख्नका लागि अभिप्रेरित भई नेवारी भाषामा समेत कविता लेखी नेवारी समुदायलाई सामूहिक वेथितिका विरुद्व जागरुक बनाउन सचेतीकरण गर्नु र नेपाली भाषा जस्तै गरी नेवारी भाषामा पनि कविता सिर्जना गरी सामाजिक अन्याय असमानता र सामन्ती प्रवित्तिको उछितो काडेको भन्दै पहाडीले कविले भाषा प्रतिको ज्ञानलाई पनि उजागर गरेका छन् । समालोचनाको क्षेत्रमा भाषामा बस्तुतत्वको प्रधानता रहेको हुन्छ । साहित्यकारले समााजमा जस्तो देख्छ त्यसलाई नै उतार्ने हुँदा त्यसैमा आधारित भई आफ्ना रचनाहरु सिर्जना गर्ने र समालोचना गर्दा समालोचकीय भाषालाई अध्ययन गरी कृतिको विश्लेषण गर्ने गरिन्छ ।
साहित्यको विकासमा विभिन्न स्तरमा आइपर्ने परिवेश र पात्र सुहाउँदो भाषाको प्रयोग गर्दा पनि बाचक आफ्ना भाषिक वैयक्क्तिकता सीमाबाट फैलिएर भाषाका विविध भाषिकासम्म पुग्दछ जस्ले गर्दा प्रत्येक पात्रले आफ्नै भाषिक प्रयोग गर्न पाउँछन् र साहित्य विश्वासिलो बन्दछ । यसैबाट साहित्यमा बास्तविकताको भ्रम सिर्जना हुन्छ (क्षेत्री, २०६४ः ५१) ।
सामाजिक सशक्तीकरण, चेतनाकरण र क्रान्तिचेतका विषयमा मात्र होइन कवि श्रेष्ठले माया पिरतीका सन्दर्भमा पनि नेवारी भाषका कविाता रचना गरी नेवारी भाषाको संरक्षण, सम्र्वद्वन र पवद्र्वनमा रचनात्मक मद्वत पु¥याएको भन्दै “छन्त जक लुभंका” शीर्षक गीतिकविता प्रस्तुत गरेको पाइन्छ । कतै संस्कृत, नेपाली, अङ्ग्रेजी, परिवेश अनुकूलको पर्वते उपभाषिकाहरुको शब्दहरु प्रयोग भएको पाइन्छ । सरल सुमधुर सुवोध्य, भावपूर्ण र वर्तमान मानवजीवनमा भोग्नुपरेका कतिपय अप्ठ्यारा स्थितिहरु प्रस्तुत गरेको पाइन्छ । उनका कवितामा कतै प्रेम प्रणयभाव कतै राष्ट्रभक्तिको भाव प्रस्तुत भएको पाइन्छ । उनका सबैजसो कविताहरुमाथि समीक्षकबाट अत्यन्त सरल, सरस तथा मधुर सभ्य भाषाशैलीको प्रयोग गरी समालोचना गरिएको छ ।
रञ्जना लिपीको प्रयोग गरी भाषिक संरक्षणका क्षेत्रमा पनि साहित्यको माध्यम बनाई निरन्तर जुटेको पाइन्छ । नेवारी समुदायका भाषाहरुलाई पनि युवा पुस्तामा आफ्नो मौलिक भाषा संस्कृति रहनसहन प्रतिको मोह घटदै जान थालेका सन्दर्भमा कविको यस प्रकारको सुरुवातले नयाँ पिँडीललाई नयाँ सन्देश प्रवाह गर्न र मातृभाषाको सार्थक प्रयोगले व्यक्तिको परिचयलाई मात्र होइन समुदायकै पहिचाहनलाई राष्ट्रिय उचाईमा पु¥याउन सहयोग हुनाले श्रेष्ठको भाषिक संवेदनशीलता र प्रशंसनीय छ । भाषा र संस्कृतिको यथोचित संरक्षण तथा जातीय पहिचानको खोजीका लागि मातृभाषामा काव्य रचना गर्ने अरुलाई थप प्रेरणा मिल्ने भन्दै पहाडीले व्याख्या गरेकाछन् ।
समाजमाथि लेखकीय प्रभाव
समाजका प्रत्येक सदस्यहरुबीच साहित्यको प्रवाह निरन्तर विनिमय भइरहेको हुन्छ । साहित्यकारले पाठक वा समाजमा उमारेका समाजिक प्रवाहहरुको विवेचना समाजशास्त्रीय अध्ययनमा आधारित भई अध्ययन गर्न आवश्यक देखिन्छ ।
“आञ्चलिक प्रस्तुतिमा कविको रुचि” शीर्षकमा समालोचक राजेन्द्र पहाडीले वास्तविक साँचो साहित्य सेवक जननी र जन्मभूमि प्रति कृतघ्न हुन सक्दैन । वस्तुसत्यबाट प्रभावित भएर कतिपय आफ्ना रचनामा कवि शान्तिनारायणले आञ्चलिक तथा रैथाने विषयवस्तुलाई पनि जिवन्त ढंगले उठाएका छन् भन्दै साहित्यकारले समाजको चित्रण गरी सोही समाजलाई प्रभाव पार्न सफल भएको उल्लेख गरेका छन् । स्थानीयताको सारगर्भित सौन्दर्य पटाक्षेप गर्न कविले सुनियोजित स्थान विशेषको अध्ययन गरी सोहि समाजको यथार्थलाई चित्रण गरी सामाजिक, आर्थिक तथा राजनैतिक पक्षका कारणबाट समाजमा पर्ने प्रभाव साहित्यमा माध्यामबाट खोजिनु पर्छ । स्थानीय पहाड, पर्वत, कन्दराका आवाजलाई सुसेलीको भाकामा उठान गरी सिङ्गो समाजलाई नै चित्रण गरिनु पर्छ भन्ने मान्यतामा आधारित भई साहित्यको मूल्य आधार नै लेखकीय प्रभाव हो ।
साहित्यकार शान्तिनारायणका कविता नेपालभित्र मात्र नभएर प्रवासबाट पनि प्रकाशन हुनुले साहित्यको प्रभाव राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तारसम्म पार्न सक्ने प्रभावको आधारमा कृतिलाई विश्लेषण गरी समालोचना गरेका छन् समीक्षक पहाडीले । प्रविधि अभावका कारणबाट पनि पुस्तक तथा पत्रपत्रिका प्रकाशन गर्न अत्यन्तै कठिन विक्रमाव्दको दोस्रो दशकमा पनि राष्ट्रिय स्तरका पत्रपत्रिका तथा पुस्तकहरुमा साहित्यिक सिर्जनाहरु छापिनु साथै भारतको सिक्किमबाट प्रकाशित हुने पत्रपत्रिकाहरुमा लेख रचनाहरु प्रकाशन हुनुमा लेखकले समाजमा पार्न सक्ने प्रभावलाई महत्व दिँदै पहाडीले प्रस्तुत गरेका छन् । नेपाली सहित्यप्रतिको लगाव, निरन्तरता, समर्पणका कारणले स्वदेश तथा विदेशमा रचनाको माग हुनु र विदेशी भूमिबाट प्रकाशित भएका रचनाहरुमा पनि देश प्रेम भाइचारा र वन्धुत्वको भावलाई झल्काउनु र देशको समस्या र तिनको समाधानका कुञ्जी बुनी देश र भेषलाई प्राण भन्दा प्यारो मान्ने मौलिक नेपाली विशेषताबाट साहित्यकार भिन्दै रहन सकेका छैनन् भन्छन् समालोचकले । (पहाडी, २०६७ः४१) ।
देशको माटोलाई हत्केलामा लिएर राष्ट्र र राष्ट्रियताको सम्वद्र्वनका लागि काम गर्ने देशको माटोमा सर्वेच्चताको पक्षमा पैरवी गर्न सक्षम भएको र बननरसबाट प्रकाशित हुने आमा मासिक पत्रिका कञ्चनजंगामा “पर्वतदेखि” शीर्षकमा पसिनाको मूल्य मा राष्ट्रप्रति जिम्मेवारीपूर्वक प्रस्तुत गरेको करालाई पहाडीले दर्शाएका छन् । साहिीित्यक लेखन कार्य वुद्वि विलासको क्षेत्र मात्र नभई समाज जागरणको जिम्मेवार तत्व पनि हो भन्दै साहित्यले समाज र राष्ट्र लाई चित्रण गरी चेतनाको माध्ययमबाट समाज परिवर्तनको शंखघोष गर्न सक्ने शक्ति समाजमा फैलाउन सफल भएको पुस्तकालय शीर्षकको कवितालाई प्रस्तुत गरेका छन् । साहित्य लेखनमा लाग्नेहरुले लेखने भन्दा पढने काममा दत्तचित्त भएर लाग्नु पर्दछ भन्ने मान्यता राख्दै पढने र अरुलाई पनि पढाउने र आफ्नै अध्यक्षतामा पुस्तकालय स्थापना गरेर छहारी प्रदान गरी समाजका अफ्नो छुट्टै पहिचाहन लिन सफल भएको भन्दै चर्चा गरेका छन् । कवि, कलाकार तथा साहित्यकारहरु दिायोजस्तै आफू जलेर अरुका लागि उज्यालो दिने व्यक्तिहरु हुन् भन्दै साहित्यकारहर समाजप्रति उर्जाशील भैरहनु, अध्यन र अनुसन्धानको क्षेत्रमा जुटिरहनुपर्र्छ र समाजमा आफैले भोगेका देखेका जानेका र अनुभव गरेका कुरालाई काव्यका विषयबस्तु बनाउनु पर्छ भन्ने आग्रह समालोचक पहाडीको रहेको छ । उनको विचारमा कवि शान्तिनारायण श्रेष्ठका कतिपय रचनाहरुमा पाकोपना झल्किन्छ भने कतिपय ठाउँमा खँदिलो प्रस्तुतिको अभाव भेटिएको कुरा प्रस्तुत गरेका छन् । समाजमा सुव्यवस्थाका नाममा विकास भैरहेको अवस्थामा मानवीय मूल्यको ह्रास, वेथिति आदि प्रतिको सचेत खवरदारी साहित्यकारका कृतिहरुका विशेषता हुन् र धेरै ठाँउमा निजात्मक अनुभूति रहेको भन्दै पहडीले चर्चा गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्यसमेत रैसकेका तथा बिम्व कवि रमेश श्रेष्ठको दृष्टिकोणमा कविको चिनारीलाई यसरी प्रस्तुत गरेका छन् “आफ्ना बाटाहरु आपैmले खनेर आफ्नै गतिमा बगिरहने नदीजस्तै सिर्जनाको अंगालोमा बाँधिएर समयले डो¥याइरहने एउटा अथक यात्री शान्तिनारायण श्रेष्ठका रचनाहरु नेपाली ग्रामीण जनजीवनको स्पर्श निस्कने धुनहरुका मूच्र्छनाहरु हुन् ।” भन्दै कविले सामजप्रतिको प्रभावलाई औँल्यएको कुरा पहाडीले प्रस्तुत गरेका छन् । वास्तवमा साहित्यकारका साहित्यकरुमा मानवताको अभिव्यक्ति मात्रै नभएर चेतना अन्तरदृष्टि र संवेदनालाई संवाहित गरी साहित्यमा आफ्ना अभिब्यक्तिहरुको आफ्नो निजीपन र मौलिकता पाइन्छ । साहित्यकार साहित्यमानै रमाउने र साहित्यिमानेै समाजलाई चित्रण गर्ने गर्दछन् र सामाजिक न्याय गर्ने गर्दछन् भन्ने कुरालाई दर्साएका छन् । राष्ट्र, राष्ट्रियता र सामाजिक अपन्त्वप्रतिको अशक्ति साहित्यमार्फत धारिलो ठंगले अभिव्यक्त गरेका छन् । देशका लागि जीवन आहुती दिने शहिद प्रति स—सम्मान श्रदा व्यक्त गर्दछन् । शोक,व्यथा, पीर, दुःख अभाव मनव जीवनका पाटाहरु हुन् । सकरात्मक सोच राखेर एकका लागि सबै र सबैका लागि एकको मन्यता राखेर अघि बढ्ने हो भने हाम्रो समाज समृद्व, सभ्य र सुन्दर हुन समय नलाग्ने कुरा दर्साउँदै पहाडीले लेखकको समाजमाथि साहित्यकारले पारेको प्रभावलाई प्रस्तु गरेका छन् । पहाडीले साहित्यकार शान्तिनारायणका सिर्जनाले समाजमा पारेको प्रभाव र उनलाई समाजका अन्य स्रष्टाले के कसरी चिन्दा रहेछन् भनी विभिन्न जिल्लामा रहेर समाजको चित्रण गर्ने साहित्यकारहरुको अभिव्यक्तिलाई कृतिको खण्ठ “ख” मा “स्रष्टाको दृष्टिकोणमा कवि शान्तिनारायण श्रेष्ठ” शीर्षकमा प्रस्तुत गरेका छन् । उनको निश्कर्षमा कवि शान्तिनारायण श्रेष्ठ नेपाली साहित्य र समाजका क्षेत्रमा वास्तवमा बहुआयामिक परिचय दिन सफल छन् । स्रष्टाहरुले साहित्यकारले समाजमा पारेको प्रभावका आधारमा के कति रुपमा चिनिन्छन् भन्ने कुरालाई प्रस्ट पारेका छन् ।
साहित्यमा प्रतिफलित समाज
“राजनैतिक व्यङग्यवाणको रुपमा कविको कलम” शीर्षकमा समालोचक पहाडीले कविले बर्तमान यथास्थितिबाट माथि उठी समाजलाई रुपान्तरण साहित्यको माध्यमबाट गर्न सकिन्छ भन्दै राजनीतिले साहित्यलाई लतार्नेकी साहित्यले राजनीतिलाई डो¥याउने भन्ने बिवादलाई निरर्थक मान्दै वस्तुपरक ठोस तथ्यमा आधारित भएर साहित्य सिर्जनामा लाग्ने हो भने त्यस्तो साहित्यले समाज र देशलाई चिनाउन मद्धत गर्दछ भन्ने धारणा रहेको पाइन्छ । पहाडीको दृष्टिकोणमा आफ्नो व्यक्तित्व आफैले निमार्ण गर्नुपर्छ । लेखकीय गुटवन्दी समूहवन्दी र गिरोहका माध्यमबाट सस्तो प्रचारमा उत्रेर आफ्नो र आफ्नाहरुको मात्र स्वर्थसिद्व गर्ने कुरामा विश्वास नगरी इमान, जमान र नैतिकतालाई खुल्ला बजारमा घटिघटाउ गरेर उपल्लो कोटिको देखिने कुनै चाहना राख्नु उचित होइन भन्ने समीक्षक पहाडीको मत रहेको छ ।यस समालोचनामा पनि उनले कवि श्रेष्ठ सामान्ती व्यवहार थिचाहा र मिचाह प्रवृत्तिका पछि नलागी समाज सुधारको पक्षमा लेखक उभिएको कुरालाई प्रस्तुत गरेका छन् । यथार्थमा कवि लेखकहरु समाजका बिना वर्दिका प्रहरीहरु हुन् भन्दै व्याख्या गरेको पाइन्छ । समाजमा भएका कमी कमजोरीहरुलाई जस्ताको तस्तै प्रस्तुत गरेर सचेत नागरिक समाजको भूमिकामा जुटी समजका बेथितिप्रति सचेत गराउँदै सुधारका उपायहरु देखाइदिनु सर्जकको दायित्व हो भन्दै पहाडीले समाज सुधारका निम्ति प्रस्तुत भएका कविताहरुलाई खोतल्ने कार्य गरेको पाइन्छ ।
“भ्याटको ठेक्का खुल्यो” शीर्षकमा चाकडीका लागि सत्तासिन उच्चपदस्थ कर्मचारी ठालूहरुको दैलो चार्नेहरुलाई छिः छि दूरःदूर गर्दै लेखनमार्फत धज्जी उडाउँछन् । अमनचयनको अभाव,महँगी, चोरी, डकैती, दादागिरि व्यभिचारी आदिको विरोधमा उनी खरो शैलीमा प्रस्तुत भएको र स्थानीय परिवेशमा घटेका वास्तविक घटनालाई जस्ताको तस्तै टपक्क टिपेर दुःखी गरिव, पिछडावर्ग र सिमान्तकृतका लागि राजनीति गर्ने ठूलाठालूले आफ्नो स्वार्थ र उनीहरुको हैकम प्रति असन्तुष्टि व्यक्त गरेको कुरालाई पहाडीले सामजिक समस्यालाई साहित्यमा प्रस्तुत गरी समाजको चित्रण गरेको भन्दै व्याख्या गरेको पाइन्छ । समाजका सानातिनालाई मात्र ऐनकानुनका कुरा लागू हुने उच्च वर्गलाई चैन जस्ता कार्यहरु विद्यमान भएको नेपाली समाजमा त्यस्ता प्रवित्तिको विरुद्व आवाज उठाई सामाजिक सम्पत्तिका रुपमा रहेका स्रोत र साधनहरु प्रति सवैको समान अधिकार रहेको र बस्तुगत संसारमा घटिरहने दृष्यगत घटनाहरु एकपछि अर्को जोडिएर आइपुग्छन् भन्दै जीवन भोेगाइ र अनुभवलाई प्रस्तुत गर्न सफल भएको पाइन्छ ।
समकालीन यथार्थ प्रकटीकरणमा कविको भूमिका शीर्षकमा साहित्यिक चिकित्सकका रुपमा मनोसामाजिक संरचनालाई सल्यक्रिया गर्ने र समस्या निधान गर्ने कुरामा सफल भएको भनी भनिएको छ । गरिबी, बेरोजगारी, रोग, भोक अशिक्षा नेपाली समाजका आधारभूत चुनौतीहरु हुन् । समान अधिकार र अवसर सबैको सरोकारको विषय हुनुपर्छ । व्यक्तिगत आवरणमा अधीर, अस्थिर र चञ्चल देखिएता पनि साहित्यिक सूत्राधारका रुपमा मधुर, सरस, सपाट र सरल वाक्य विन्यासमा गर्न खप्पिस रहेका छन् कवि श्रेष्ठ भनी समालोचकले प्रशंसा गरेका छन् । धन, सम्पत्ति, सत्ता र शक्तिको मातले अन्धो र बेविचारी बन्दै गएको वर्तमान उपभोगवादी तथा उपयोगितावादी समाजमा कविले धनको सार्थक प्रयोग गर्नका लागि सुझाव प्रस्तुत गरेका छन् भनी व्याख्या गरिएको छ । आधुनिक समाजमा बढिरहेको धन सम्पत्ति प्रतिको मोहलाई ध्यान दिँदै उनले धनमाथि नै कविता रचना गरेर आफ्नो धारणा व्यक्त गरेका छन् (पहाडी, २०६७ः३५) । सुन्दर, शान्त, विशाल र समृद्ध नेपालको निमार्ण गर्नका लागि नेपालीहरु लाग्नुपर्नेमा नेपालीहरु बीच नै बढिरहेको असमानजन्य घृणा, कपट र विरोधाभाष प्रति चिन्तित हुँदै समाज अनि राष्ट्रको विकास प्रति सकरात्मक निकासको मार्ग निर्देशन गर्नुपर्ने कुरालाई चित्रण गरिएको छ । सन्तुलित र सुसभ्य सिर्जनामार्फत जनजागृति, चेतनाकरण र संगठनलाई जोड दिने साहित्य आजको युगको माग हो भन्ने टिप्पणी गर्दै सचेतनाविहीन स्रष्टा र उसको सिर्जना दीगो जीवन्त हुन सक्दैन भन्ने समीक्षक पहाडीको तर्क रहेको छ । साहित्यको सहायताले समाजको सकारात्मक कायपलट गर्ने वातावरण तयार गर्नु सर्जकहरुको सरोकारको क्षेत्र बन्न सक्नुपर्छ । कवि शान्तिनारायणले आफ्ना रचनाहरुमा परम्परागत र नूतन रचनाशिल्प प्रयोग गरी यथास्थितिको विरुद्व परिवर्तनमुखी आवाज बुलन्द गरी गतिशीलता र रुपान्तरणको पक्षमा कलम चाल्नु समाजका लागि शुभ थालनी भएको छ भन्ने तर्क गरिएको छ । गरिवी, अभाव, शोषण, बेरोजगारी आदि जस्ता समस्याको उपयुक्त निकास विना नेपाल समृद्व बन्ने चाहना पुरा हुँदैन भनी कविले समाजको समृद्धिको रुपरेखा प्रस्तुत गरेको कुरालाई पहाडीले प्रस्तुत गरेका छन् ।
कवि शान्तिनारायणको कविताको संसारमा देश प्रेमको सरिता सलल बगेको निश्कर्ष छ समालोचक पहाडीको । कविता सरसर्ती हेर्दै जाँदा मूलतः स्वच्छन्दवादी, राष्ट्रवादी, प्रकृतिवादी, यथार्थवादी, मानवतावादी कविको अनुभूत हुन्छ (पहाडी,२०६७ः३७) । अतिसार, अचाक्ली एवं अपमान नसहने र स्वाभिमानलाई उच्च महत्व दिने तथा मेचीलाई चोट लाग्दा महाकालीलाई दुख्नुपर्छ र तराई मधेशलाई घाउ लाग्दा हिमाल झुक्नुपर्छ भन्ने मान्यता राखि आफूजन्मेको हुर्केको राष्ट्र र राष्ट्रियता प्रति यति सघन तथा दर्विलो स्नेह र निस्वार्थ आस्था कविको सवल पक्ष हो भन्ने निर्णय सुनाएका छन् समालोचकले आफ्नो समीक्षामार्फत । पहिला देश चिनाएर मात्रै आफू चिनिने इच्छा सबैका लागि अनुकरणीय छ । विगत इतिहासको गौरवपूर्ण विरतालाई सम्झदै भावी समाजको रुपरेखा कोर्न चाहन्छन् कवि तथा साहित्यकारले । उच्चकोटीको स्वाभिमानले ओतप्रोत कवि श्रेष्ठ साच्चिकै राष्ट्रपे्रमी हुन् भन्न सकिन्छ । आफ्नो जन्मभूमिप्रतिको गहिरो आस्था समर्पण, सामीप्यता र सानिध्यता यिनको उदाहरणीय सवल पक्ष हो नेपालको सिमा क्षेत्रभित्र बस्ने सबै नेपाली इमान्दारीका साथ कार्यक्षेत्रमा जुटने हो भने देशको नवनिर्माण टाढाको कुरा होइन भन्ने तथ्यमा कवि प्रष्ट छन् । देशको गरिमालाई शीरमा राखेर काम गर्दा मात्र सबैको भलो हुन्छ भन्ने कुरालाई कविताको माध्यामबाट सम्झाउन लागि परेको र देश आफै बोल्दैन हामिले बोलाउनु पर्छ, आफै उठ्दैन हामीहरुले हातेमालो गरेर उठाउनुपर्छ भन्ने सन्देश दिदै माटोप्रतिको आस्थालाई छताछुल्ल पारेको कुरा पहाडीले प्रस्तुत गरेका छन् ।
निष्कर्ष
समालोचक राजेन्द्र पहाडीको कवि शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन कृतिमा सामाजिक विषयवस्तुलाई समाजशास्त्रीय सिद्वान्तको आधारमा समालोचना गरेको पाइन्छ । यस कृतिमा समाजशास्त्र र साहित्य वा साहित्य र समाजशास्त्र बीचको सम्बन्धलाई समयाअनुकूल नयाँ आयाम थपेको पाइन्छ । युवा साहित्यकार राजेन्द्र पहाडीको पहिलो समालोचनात्मक कृति भएकाले र उनी आफू नेपाली भाषाको विद्यार्थी नभई समाजशास्त्र÷राजनीतिशास्त्र र शिक्षाशास्त्रको विद्यार्थी भएकाले पनि प्राविधिक कारणले केही त्रुटि देखिएतापनि समग्रमा कृति सफल भएको देखिन्छ । वास्तवमा यो कृति विषय र विचारको अन्तरसम्बन्धलाई मध्यनजर गरी सरसर्ती पढ्दा सरल तथा सरस भाषामा लेखिएको भएतापनि केही विम्बको प्रयोगले क्लिष्ट बन्न पुगेको पाइएतापनि समाग्रमा कृति सफल रहेको देखिन्छ । समीक्षकले उनका भाव, विचार र वौद्विकतालाई पाठक सक्षम पूर्णरुपले सम्प्रेषण गरेका छन् । प्रस्तुत कृतिमा समाजिक मूल्य मान्यता र परम्परालाई गहन अध्ययन गरी समाजशास्त्रीय सिद्वान्तको आधारमा कृतिलाई कसी लगाएको देखिन्छ ।
कुनैपनि कलाकृतिमा निहित सौन्दर्य मूल्यहरुको खोजि अध्ययन र मूल्याङ्कन गरी समाजशास्त्रीय विश्लेषण गर्न आवश्यक हुन्छ भन्ने तथ्यलाई बुझी राजेन्द्र पहाडीले समाजशास्त्रीय दृष्टिले कवि शान्तिनारायणका कविताहरुको जाँच तथा परख गरेको पाइन्छ । मानवतावादी विचारको आधारमा समाजशास्त्रीय सिद्वान्तका आधारमा कृतिको सत्य तथ्य प्रस्तती गरी कृतिको गहिराइमा पुग्न सफल भएको पाइन्छ । भाव र विचारको प्रभावकारीता यस कृति भित्र पाइन्छ । भाव तथा विचार प्रस्तुति निकै कलात्मक र आकर्षक छ । समाज र साहित्यको विश्लेषण गर्दा सामाजिक यथार्थ र अन्तर विरोधको प्रभावभित्र रहेर गर्नुपर्छ भन्ने तथ्य प्रति सचेत भएको पाइन्छ ।
साहित्यकारको जीवन चिन्तनको प्रभाव उसका साहित्यमा पार्छ भन्ने मान्यतालाई अनुसरण गर्दै समालोचक पहाडीले कविताको अन्तरबस्तु समाजिक यथार्थ, सचेतना, जीवनदृष्टि, समाकालीन यथार्थको प्रकटीकरण आञ्चलीकरणजस्ता पक्षलाई समेटेर सामाजिक यथार्थको दृष्टिले शान्तिनारायण श्रेष्ठका कवितामा कसी लगाएको पाइन्छ । मानव जीवनलाई जटिल, कुरुप, दुरुह बनाउने राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक विसङ्गति बिरुद्व सुसंकृत, सजीव, सुन्दर र रचनात्मक समाज निमार्णको ध्येय साहित्यमा हुनुपर्छ भन्ने मान्यता राखेको पाइन्छ । यस अर्थमा शान्तिनारायण श्रेष्ठका कवितामाथि समालोचक राजेन्द्र पहाडीको समाजशास्त्रीय अन्तरदृष्टि सफल रहेको भन्न सकिन्छ ।

जलजला गाउँपालिका, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 बैशाख, 2077

लेखकका अन्य रचनाहरु